स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

2:07:00 pm

लाङटाङमा ज्वालामुखी विष्फोट

सामग्री प्रस्तुति Ram Prasad Panta


सुरेन्द्र पौडेल, काठमाडौं, पुस ५- रसुवाको लाङटाङ हिमाल क्षेत्रमा ज्वालामुखी विष्फोट भएको छ। बिहान साढेँ दस बजे एक्कासि धुँवा र ‍आगोको ज्वालासहित ज्वालामुखि विष्फोट भएको थियो। धुँवाको मुस्लो देखिएपछि लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेका सेनाको गणले त्यसबारे सैनिक मुख्यालयलाई जानकारी गराएको थियो।
ज्वालामुखी विष्फोट लाङटाङ हिमालाबट चार किलोमिटर उत्तरपूर्वमा रहेको जनाइएको छ। विष्फोट स्थलबाट नजिक रहेका गाउँ लिङलिङ शेर्पा गाउँ र वृद्धिङ एक दिन टाढाको दूरीमा रहेको छ।
घटनाको स्थलको यथार्थ बुझ्न सेनाको हेलिकप्टर त्यसतर्फ गएको सैनिक प्रवक्ता सुरेश शर्माले बताए।

5:56:00 am

आपसी सम्बन्धमा गर्न नहुने गल्ती

सामग्री प्रस्तुति Ram Prasad Panta

गल्ती सबैबाट हुन्छ, तर एउटै गल्तीलाई बारम्बार दोहोर्‍याउनुको अर्थ आपसी सम्बन्धमा मतभेद र चिसोपन जन्माउनु हो । आपसी सम्बन्धलाई मजबुत राख्न समय -समयमा आफ्ना गल्तीमा विचार पुर्‍याउनुपर्छ, कारण यी गल्तीबाटै व्यक्तिले शिक्षा हासिल गर्छ ।

साथी परिवर्तन गर्ने गल्ती गर्नुहुँदैन

कुनै पनि व्यक्ति परफेक्ट हुँदैन । प्रायः जोडी के सोच्छन् भने यदि मेरो जीवनसाथी मलाई माया गर्छ भने मेरो खुसीका लागि ऊ किन परिवर्तन हुन सक्दैन ? जुन साना  कुराका लागि आफ्नो जीवनसाथीमा परिवर्तनको अपेक्षा राखिन्छ, ती कुरा तिनका लागि पनि सानै लाग्छ भन्ने छैन । यस्तो स्थितिमा यदि आफ्नो खुसीका लागि उसले  आफूलाई बदल्ने प्रयास गरे पनि उसको मनमा गलत कुराको बास बस्न थाल्छ । आफ्नाका लागि ऊ जबर्जस्ती परिवर्तन हुनुको अर्थ आफूले उसलाई आफ्नो  अनुकूलतामा ढाल्न खोजिदैछ भन्ने कुरा उसलाई लाग्छ र आफूले उसलाई माया गर्नुहुन्न भन्ने सोच उसमा विकसित हुन पुग्छ । आफ्नो चाहना पूर्ति गर्ने माध्यमका रु पमा उसलाई प्रयोग गरिँदै भन्ने सोचको विकासले आपसी सम्बन्धमा तित्तता जन्माउँछ ।

कम्युनिकेसन ग्याप

आफ्नो साथीलाई तपाईं कति बुझ्नुहुन्छ भन्ने कुराले ऊसितको सम्बन्धको सुमधुरता निश्चित गर्छ, तर यसको अर्थ यो पनि होइन कि हरेक समयमा उसको मन- मस्तिष्कलाई पढ्नु वा केही नै नभनी उसको आवश्यकतालाई बुझ्नु । आफ्ना साथीसित आफ्ना कुरा सेयर गर्नु र उसको कुरा सुन्नु अत्यन्त आवश्यक छ । यसबाट  दुवैलाई एक-अर्काप्रति सुविधा महसुस हुन्छ । कुरा बाँड्नाले आपसी प्रेम बढ्छ । कैयन् व्यक्ति आफ्नाबारेमा आफ्नो साथीले केही कुरा व्यक्त नगरी नै सबै कुरा बुझोस् र  त्यसैबाट उनको आफूप्रतिको लगाव र प्रेमको मूल्याङ्कन गर्छन् । यो सोच गलत हो । यसले आपसी सम्बन्धमा फाटो ल्याउँछ । कुराकानी तथा संवादबिना कुनै पनि  समस्याको समाधान सम्भव छैन ।

झगडालाई बानी बनाउनुहुँदैन

आपसी झगडा वा विवादलाई अधिकार व्यक्त गर्ने हतियारका रूपमा प्रयोग गर्ने गल्ती गर्नुहुँदैन । किनभने साथीलाई आफूअनुकूल नियन्त्रण गर्नु प्रेम होइन । यदि एक  जना साथी यसबाट आहत हुन्छ भने त्यो कसरी प्रेम हुनसक्छ ? आपसमा जतिसुकै मतभेद र झगडा भए पनि त्यसलाई बेडरुममा प्रवेश गर्न दिनुहुँदैन । सुत्नुपूर्व ती कुरा  सुल्झाउनु बुद्धिमानी हुन्छ । मनमा क्रोध राखेर एक-अर्काबाट  तर्केर अर्थात् विपरीत दिशामा फर्केर सुत्ने गल्ती गर्नु ठीक होइन ।

धन्यवाद र सरी भन्न विर्सनुहुँदैन

पार्टनरको आफूप्रतिको प्रशंसा, कुनै उपहार वा कुनै त्यस्तो काम जसका कारण आफूलाई खुसी प्राप्त भएको छ भने धन्यवाद शब्द अभिव्यक्त गर्नु आवश्यक हुन्छ । यसैगरी  आफूबाट कुनै गल्ती भए क्षमा माग्न पनि विर्सनुहुँदैन । क्षमा माग्नाले कुरा

बढ्न पाउँदैन र आफ्नो गल्ती स्वीकारिएको पनि प्रस्ट हुन्छ । धन्यवाद र क्षमा माग्दा आफ्नो आत्मसम्मानलाई ठेस पुग्नुहुँदैन ।

सम्झौतावादी बन्नुपर्छ

कुनै पनि सम्बन्धलाई कायम राख्न व्यक्ति संयमित र सम्झौतावादी बन्नु आवश्यक छ । एउटा स्वस्थ र बलियो सम्बन्धका लागि साथीको कुरालाई मान्नु, स्वीकार गर्नु  अत्यन्त आवश्यक छ । यदि मतभेद उत्पन्न भए, त्यसमा आपसी कुराकानीको माध्यमबाट समाधानको बाटो खोज्नु बुद्धिमानी हुन्छ । गल्ती चाहे जो कोहीबाट किन नहोस्  एक जना त झुक्नैपर्ने हुन्छ, तर यसमा सन्तुलन हुनुपर्छ, सधैँ एउटा पक्षले मात्र सम्झौता गर्नु र अर्को पक्षले जहिल्यै बाध्य बनाउनु  ठीक होइन ।

शारीरिक सम्बन्धलाई बेवास्ता गर्नुहुँदैन

आपसमा कुनै कुराका कारण विवाद भए पनि यौन सम्बन्धप्रति उदासीनता हुनुहुँदैन । कतिपय महिलाहरू आफ्नो कुरा मनाउन यौनलाई हतियारका रूपमा प्रयोग गर्छन् ।  यसो गर्नु ठूलो भूल हो । यौन आपसी प्रेम व्यक्त गर्ने उपाय हुनुका साथै एउटा आवश्यता पनि हो । यसलाई बेवास्ता गर्नुको अर्थ आपसी सम्बन्धमा दूरी बढाउनु हो । यो  आत्मीय क्षणमै आपसी मतभेद, तिक्तता आदिलाई भुल्न सकिन्छ र नयाँ सुरुवातका लागि तयार हुन सकिन्छ ।

शंका गर्नुहुँदैन

आफ्नो साथीमाथि विश्वास गर्न सिक्नुपर्छ । हरेक कुरामा शंका गर्नु वा एक-अर्काको मिनेट मिनेटको प्रतिवेदन लिनाले आपसी सम्बन्धमा दूरी बढ्छ । यदि साथीले कुनै  महिला वा पुरुषको कुरा गर्दैछ भने त्यसमा बिनाकारण शंका गर्नुहुँदैन । यदि मनमा संशय उठ्छ भने त्यसलाई अप्रत्यक्ष रूपमा सोध्नुपर्छ । आफ्नो मनमा कुनै शंका  जन्माउनुभन्दा कुरा बुझ्नु उचित हुन्छ । वैवाहिक जीवनको आधार नै आपसी विश्वास भएकाले यसमा शंकारूपी मन्द विषलाई प्रवेशको बाटो दिनुहुँदैन ।