यस्तो पो बिहे !
बिहे थियो तर कुनै तामझाम थिएन । माला र नयाँ पोसाकका कारण बरवधू सामान्य रूपमा नायक-नायिकाजस्तै देखिएका थिए । दाइजो, भव्य उपहार र परम्परागत लफडा हुने त कुरै भएन ।धादिङस्थित महादेवबेंसी बजारमा शनिबार बिहे गराउन जम्मा भएको समूहका सहभागी भन्दै थिए, 'बिहे हुनु त यस्तो पो ! सेना समायोजनको बहस चलिरहेका बेला माओवादी जनसेना र नेपाली सेनाका जवानबीचको बिहे हुनुको सन्देश नै अलग छ ।'प्रसंग हो माओवादी जनसेनामा रहेकी धादिङ, थाक्रे-३ महादेवबेंसीकी सलिसा अर्याल र नेपालगन्ज बेलासपुर स्थायी घर भएका नेपाली सेनाका जवान श्रीकुमार आचार्यबीच भएको विवाहको । प्रगतिशील बिहे नाम दिइएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि बनेका धादिङ क्षेत्र नम्बर १ का सभासद् पुष्पविक्रम मल्लले भने, 'यो बिहेको सांस्कृतिक मात्र होइन राजनीतिक अर्थ पनि छ ।' स्थानीय महादेवबेंसीकी अर्याल र उनको गाउँनजिक कोइरालेडाँडामा रहेको नेपाली सेनाको टुकडीमा सेवारत आचार्यबीच झन्डै एक वर्ष लामो प्रेम चल्यो । 'सम्बन्धका कारण पनि हामी बिहेको बिन्दुसम्म आइपुग्यौँ,' छापामार प्रशिक्षणप्राप्त वधू सलिसाले भनिन्, 'हामीले जे गर्य...