अर्काको छोरो --krishna Adhakari
Posted by Nisthuripardeshi - कृष्ण Adhikari अरू कुमारी केटीहरू सपनामा आफ़्नो राजकुमार खोज्छन् रे तर मैले त्यस्तो सपना कहिल्यै देखिनँ । जस्तो पर्छ त्यस्तै टर्छ भन्ने लाग्थ्यो । एउटा जिन्दगी हो भोगौँला भन्ने हिम्मत थियो तर अरूले सपनामा खोज्ने राजकुमार मैले विपनामा नै पाएँ । रोहणले मलाई दिएको माया म यहाँ वर्णन गर्न सक्तिन । बेलैमा छोराछोरी हुर्काउने हो भने त्यसपछिको जवानी सुन्दर हुन्छ रे, हामी पनि त्यतापट्टी सोच्ने हो कि ? एक दिन रोहणले प्रस्ताव ल्याए । मैले स्वीकार गरेँ । हाम्रो त्यो सहमतिमा जन्मेको छोरो आज राम्रो स्कुलमा बोडर्स छ । गत असारदेखि दस वर्ष लागेको छ । त्यसपछि दोस्रो सन्तानका लागि हामीले सोच्तै सोचेनौ ।एक दिन रोहण अन्यमनस्क हुँदै अफिसबाट आए र थचक्क सोफामा बसे । मैले आजसम्म उनलाई यस्तो थकित र गलित कहिल्यै देखेको थिइन । छेउमा गएँ निधार छामे, सुमसुम्याए र सोधेँ- के भयो मेरो राजा आज तिमीलाई ? उनले मेरो कम्मरमा हात बेरेर कुममा चिउँडो टेकाउँदै भने हेर न मलाई जस्तो अवसर अरू कसैलाई आए थाप्लो ठोकी ठोकी हामफाल्दै जाने थिए । मेरो अफिसलाई अमेरिका जाने एउटा कोटा आएको छ । मेरो बाहेक अरूको यो...