Posts

Showing posts from April 12, 2009

समयले कोल्टे फेरेको छ ।

ऊ थकित भएर आउँथ्यो र मेरो छातीमा बास खोज्थ्यो । केही समय मसँग लडीबुडी गरेपछि झन् थकित भएर मेरो काखमा सुत्थ्यो । म पनि त्यसबेला प्रेमिका र मातृत्व दुवै भावमा एकैपल्ट खनिएर आउँथंे र एकोहोरो उसको शिरलाई सुम्सु्म्याइरहन्थे । ऊ अबोध बालकसरि उसको आमाको काखमा सुतेको झैँ निश्चिन्त भएर मेरो काखमा कुर्ताको फेरमा सुत्थ्यो । मलाई पनि उसको भाव र समर्पण देखेर माया लागेर आउँथ्यो र उसलाई एकैपल्ट हृदयमा लुकाउँ झैँ लाग्थ्यो । समयले कोल्टे फेरेको छ । आज ऊ इराकमा छ । इराकमा अमेरिकन सैनिकहरूको लागि काम गर्छ । हरेक पल डर र त्रासमा बाँच्छ । उसले भन्छ यो सब मलाई पाउनको लागि हो रे । म पनि उसको यो शब्दमा गर्व गर्थें र सुगन्धको सास फेर्थें । उसले हप्ताको एक पटक मलाई इमेल गर्छ र दुई-तीन पटक नबुझिने फोन गर्छ । हामी दुवै जना शङ्करदेवमा एमबीएस पहिलो वर्षमा सँगै पढ्थ्यौँ । पहिलो दिनमा नै हामी एउटै बेन्चमा बस्यौँ र कक्षा सिद्धिदा हामी दुवै जना साथी भयौँ । त्यसपछि हामीसँगै साथमा धेरैबेर हराउन थाल्यौँ । विस्तारै फिलिम हेर्न र घुम्न पनि जान थाल्यौँ । ऊ कीर्तिपुरमा साथीहरूसँग बस्थ्यो । उसको वास्तविक घर रामे...

नयाँ बर्षको शुभकामना

Image
नव बर्ष 2066 को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। साथै नवबर्षले तपाईमा नया जोश जागर र उमङ्ग ल्याओस। तपाईले चालेका प्रतेक् पाइलाहरुले सगरमाथाको शिखर चुम्न सफल होउन,साथै सुस्वास्थ्य एबम दिर्गायुको कामना ।।।