स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

11:41:00 pm

गोरीमा युद्ध तीव्र १५ सयभन्दा बढी मारिए

सामग्री प्रस्तुति Ram Prasad Panta

रुसी युद्धविमानले जर्जियाबाट चोइटिएको क्ष्ाेत्र ओस्सेतियाबाट नजिकमा पर्ने गोरीको मध्यगाउँमा रहेको सैन्यक्ष्ाेत्रमा आक्रमण गरेको छ । सैन्य-इलाकामा आक्रमण गरेको भए पनि जर्जियाका अधिकारीले कैयौं सर्वधारणको मृत्यु भएको बताएका छन् । जर्जियाको संसद्ले राष्ट्रपतिको आदेशअनुरूप १५ दिनसम्मका लागि युद्धको घोषणा गरेको छ । यसअघि, रुसले दक्षिण ओस्सेतियाको राजधानी त्सखिन्भालीलाई 'स्वतन्त्र' बनाएको बताएको थियो । तर, जर्जियाले यसमा आफ्नो नियन्त्रण कायम रहेको बताएको छ । रुसले दक्ष्ािणी ओस्सेतियामा थप सैनिक पठाउने घोषणा सैनिकअधिकारीले गरेका छन् । जर्जियाली पक्ष्ालाई युद्धबिरामका लागि बाध्य बनाउन रुसले यो कदम चालेको राष्ट्रपति दिमित्री मेदभेदेभले बताएका छन् । दुई रुसी युद्धक विमानलाई जर्जियायाली क्षेत्रमा झारिदिएको रुसी सैनिक अधिकारले स्वीकारेका छन् । ओस्सेतियाका पृथकवादी समूहविरुद्ध जर्जियाले बिहीबार आक्रमण गरेको थियो । त्यस आक्रमणको बदलामा रुसले आफ्ना सैनिक जर्जियाको सीमा क्ष्ाेत्रमा पठाएको थियो । सोभियत संघ-कालमा ओस्सेतिया जर्जियाको भू-भागको रूपमा रहेको थियो । सोभियत संघ विघटनसँगै ओस्सेतियाले आफंैलाई स्वतन्त्र घोषणा गरेको थियो । तर, संयुक्त राष्ट्रसंघका कुनै पनि सदस्य मुलुकले यसलाई मान्यता दिएनन् । दुई दिनदेखि जारी रहेको युद्धमा आफ्ना १५ सैनिकसहित १५ सय मानिसको मृत्यु भएको रुसी विदेशमन्त्री सेर्गी लाभरोभले बताए । अमेरिकी विदेश मन्त्री कोन्डेलिजा राइसले रुसलाई आफ्ना सैनिक फिर्ता बोलाएर जर्जियाको सीमा सम्मान गर्न आग्रह गरेकी छिन् ।

11:33:00 pm

यस्तो पनि हुदोरहेछ नि ८६ श्रीमती, १७० सन्तान

सामग्री प्रस्तुति Ram Prasad Panta

नाइजेरियाका मोहम्मद बेलो आबुवाकर ८४ वर्षका भए । ८४ वर्षको उमेरमा उनले ८६ श्रीमती बिहे गरेका छन् भने कम्तीमा एक सय ७० छोराछोरीका बाबु बनिसकेका छन् । पूर्वशिक्ष्ाक तथा धर्मगुरु आबुवाकार आफ्ना श्रीमती तथा छोराछोरीका साथ नाइजेरियाको नाइजर स्टेटमा बस्छन् । भगवान्को सहयोगले ८६ श्रीमतीलाई व्यवस्थापन गर्न सकेको उनी बताउँछन् । '१० श्रीमती हुने मानिस त ढलेर मथ्र्याे होला, तर मलाई भगवान्ले शक्ति दिनुभएको छ । त्यसैले म ८६ श्रीमतीलाई पनि नियन्त्रण गर्न सक्ष्ाम छु,' उनले भने । आफू श्रीमती खोज्न नगएको तर, श्रीमती आफ्नो उपचार गर्ने कलाले मोहित भएर आफूतिर आकषिर्त भएको उनी बताउँछन् । 'म उनीहरूलाई खोज्दै गएको होइन । उनीहरू मसँग आएका हुन्,' उनी भन्छन् । भगवान्ले नै आफूलाई ८६ बिहे गर्न अह्रराएको उनीको दाबी छ । तर, नाइजेरियाका धर्मगुरु यो मान्न तयार छैनन् । उनीहरू आबुवाकारको परिवार धार्मिक समुदाय भएको आरोप लगाउँछन् । अधिकांश मुस्लिम विद्वान्हरूका अनुसार कुरानले पुरुषले सबै श्रीमतीलाई समान व्यवहार गर्न सक्ने अवस्थामा चार श्रीमतीसम्म बिहे गर्न मात्र छुट दिएको छ । तर, आबुवाकर यो मान्न तयार छैनन् । उनी श्रीमती बिहे गर्ने आफ्नो कौशलतामा भरपर्ने बताउँछन् । उनका श्रीमती र छोराछोरी उनको प्रशंसाका गीत गाउँछन् । उनका धेरै श्रीमती उनीभन्दा धेरै कम उमेरका छन् । कतिपय श्रीमती त उनका छोराछोरीभन्दा पनि कम उमेरका छन् । आवुबाकरकोमा उपचार गर्न जाँदा प्रेममा परेको उनका श्रीमतीहरू बताउँछन् । आवुबाकरले हेरेपछि आफ्नो रोग निको भएको उनीहरू दाबी गर्छन् । 'आबुवाकरलाई भेटेपछि मेरो टाउको दुख्ने निको भयो,' सारिफात बेलो अवुबाकर भन्छिन् । २५ वर्षको हुँदा उनले ७४ वर्षका आबुवाकरसँग बिहे गरेकी हुन् । ग्यानियत मुहम्मद बिलोले अबुवाकरसँग बिहे गरेको २० वर्ष भयो । स्कुल पढ्दापढ्दै सरसल्लाहका लागि आमाले उनलाई अबुवाकरकहाँ लगेकी थिइन् । अबुवाकरले पछि उनलाई बिहेको प्रस्ताव राखे । तर, बूढो मानिससँग बिहे नगर्ने भनेर पहिले त उनले अस्वीकार गरिन् । तर, आफूले बिहे गरेको मानिससँग सम्बन्धविच्छेद भएपछि उनीले अबुवाकरको प्रस्ताव स्वीकार गरिन् । 'म अहिले संसारकै सबैभन्दा सुखी महिला भएकी छु । ८६ श्रीमती भएका मानिसलाई कसरी श्रीमतीको राम्रो ख्याल गर्ने भन्ने थाहा हुन्छ,' उनी भन्छिन् । अबुवाकर र उनका कुनै पनि श्रीमती काम गदर्ैैनन् । महाजम्बो परिवार धान्ने अर्काे कुनै आयस्रोत पनि छैन । परिवार धान्ने आयस्रोतका बारेमा उनी खुलस्त बताउँदैनन् ।

1:37:00 am

बन्यो 'यतीको खोजीमा'

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडांै/ 'यतीको खोजीमा' नाम राखेर निर्माण गरिएको फिल्म कोरियाको आन्सान सहरमा प्रदर्शन गरिएको छ । एक वर्ष लगाएर निर्माण गरिएको यो फिल्म हिमाली भू-भागमा सुटिङ गरिएको निर्देशक सान्तोष ढकालले बताए । फिल्ममा निर्देशक सन्तोषले रहस्यमय हिममानव यतीलाई एनिमेसनबाट प्रस्तुत गरेका छन् । नेपालको अमूल्य जीवजन्तुको रक्षा गराँ भन्ने सन्देश यो फिल्ममा समेटिएको छ । नायिकाको भूमिकामा अमेरिकी नागरिक पामेला सान्टरेली रहेकी छिन् भने अन्य कलाकार दिव्येश्वर गौतम, स्वामी कृष्ण, सुनिता गन्धर्व, पेमा शेर्पा आदि रहेका छन् ।

12:41:00 am

यस्तै रहेछ यो अभागी जिन्दगीको कथाहरु ............

सामग्री प्रस्तुति Ram Prasad Panta

यस्तो पनि हुदो रैछ जिन्दगीमा कहिले कहिले
ऋचालाई माया गर्नु ठूलो भुल गरेछु मैले
प्यारी ऋचा
धेरै - धेरै सम्´ना अनि मायाका अनन्त शृंखलाहरु तिमीलाई । माथिका दुई लाईन कविता मैले त्यत्तिकै लेखेको होइन । तिमीले यो कोमल मुटुमा पुर् याएको गहिरो चोटको घातक दुश्परिणाम हो यो कविता । जुनदिन देखि तिमी मेरो मन-मन्दिरकी देवीको रुपमा स्थापित भईसकेकी थियौ । मेरो मनकी रानी भई मेरो अपार प्रमिलो मुटुको िसंहासनमा राज गरिसकेकी थियौ । लाग्थ्यो तिमीलाई मन पराउनु तिमीलाई माया गर्नु मेरो जिन्दगीकै सवैभन्दा ठूलो सौभाग्य हो । अनि लाग्थ्यो म संसारकै यस्तो भाग्यमानी युवक हँु जसले तिमी जस्ती सुशील र सहृदयी साथी पाएको छ ।
अफसोच ऋच्ाा
आज प्रेमले बन्द भएका यि मेरो आँखाहरु ´सङ्ग ´स्किन पुगि आँखाका ढकनीहरु खुल्न पुगेका छन् । परेलीका पर्दाहरु उघि्रएका छन् र तिम्रो वास्तविक रुप देखेर मेरा यी निर्दाेष र निस्कलंक आँखाका नानीहरु चकित बनेका छन् । मैले त सपनामा पनि सोचेको थिइँन कि तिमीबाट मैले जिन्दगीमा यस्तो व्यवहार पाउँला भनेर । तर आज आखिरमा त्यही भएको छ जो मैले जिन्दगीमा परिकल्पना समेत गरेको थिइँन । माया भनेको दोहोरो हुनुपर्छ एकोहोरो मायाको कुनै अर्थ छैन । म सधैं-सधैं यस्तै ठान्ने गर्छु । बस तिमीले पनि यस्तै ठान्यौ र त हाम्रो दूई मुटुले एकै हुने इच्छा व्यक्त गर् यो । हाम्रो दूई जोर युवा आँखाले एक हुने अभिलाषा प्रकट गरे त्यसैले त हामीले हाम्रा शालीन र मायालु आँखाहरुलाई खेल्न दियौ निर्धक्क र निविध्नसँग माया र प्रेमको अथाह सागरमा । तर त्यो त सब केहि दिनको लागि मात्रै रहेछ । शायद हाम्रो त्यो मायालु साथ र सम्पर्क भगवान्लाई पनि मान्य भएन । अर्थात् खोट देखे हामी दुई मध्ये एकको जीवनमा मायामा र त अलग गराईदिए हामीलाई । तर पनि म अनभिज्ञ छु ।
पि्रय ऋचा आज मेरा आँखाहरु अविरल आँसुका ढिकाहरुले टिलपिलाईरहेका छन् । गहबाट अनायासै खस्छन् आँसुका थोपाहरु । तर पनि म आफुलाई नियन्त्रण गर्ने प्रयास गर्छु । तथापि नियन्त्रणमा आउँदैनन् मेरा दुःख र पिडाहरु । छाती एकनासले चहराईरहन्छ । मुटु नै फुट्लाजस्तो व्यथाले छातीभित्र कता-कता पोलिरहन्छ । तर पनि ऋचाु म बाँचेकै छु हजारौ मान्छेहरुको भिडमा हिडिराखेकै छु । तिमीलाई हरियाली बनाएर म उजाड भएको थिए । तिमीलाई भरिलो बनाएर म रित्तिएको थिएँ । हो ऋचा तिमी हाँसी दिँदा म संसार नै उज्यालो देख्थें त्यसैले त यो छातीभरि-भरि तिम्रो नाम लेख्थंे । सपना वा विपनामा पनि तिम्रै मात्र नाम जप्थंे । तर आज पागलसरी भएको छु म । सातो गएको बालकले ´ैं टोलाएर एकोहोरो हेरिरहन्छु तिम्रो तस्बिरतिर । तिमी गएको रित्तो र शुन्य क्षितिजतिर तिम्रो प्रतिक्षामा आज पनि ……………………………………।
……………॥ आजलाई विदा ऋच्ाा मौका पाएभने फेरी भेटैला । ………………
उहि तिम्रो नभएको प्रेमी
राम प्रसाद अन्जान बनबासी
मलेखु हाल- अनाकोन्डा इराक

12:32:00 am
सामग्री प्रस्तुति Ram Prasad Panta

ओइली ´र्छ जवानी ………………………
- प्रकाश पन्त ( धादिंग , मलेखु)
ओइली ´र्छ जवानी त्यो साँच्नु हुन्न सानी
रङ्गिन यो दुनियामा एक्लै बाँच्नु हुन्न सानी ।
गाँउमा खाली कुरा चल्छ तिमी ठूली हुदै गाको
उलँदो बैश लिई कम्मर भाँच्न हुन्न सानी ॥
सपनीमा सधैं देख्छु विपनीमा कहिले काहीँ
स्वस्नील रातसँगै सधैं नाच्न हुन्न सानी ।
त्यो वैशको प्याला सानी स्वाट्टै म पिइदिन्छु
पिरतीको भुमरीमा पे्रम जाँच्न हुन्न सानी ॥
तृप्तिको बढ्दो नशा सुम्सुम्याउने हातहरु
बहलाउने अभिलाषा दुनियाँ रोज्न हुन्न सानी ॥

4:53:00 am

वाईसीएल विघटन गर्न प्रचण्डको निर्देशन

सामग्री प्रस्तुति Anjan Banbasi

काठमाडौं । निर्धारित मितिभित्र माओवादीले सहमति कायम गरी राष्ट्रिय सरकार गठन गर्न नसकेपछि राष्ट्रपति डा। रामवरण यादवले नयाँ सरकार गठन गर्नका निम्ति माओवादीलाई थप तीन दिन म्याद दिएका छन् ।राष्ट्रपति डा। यादवले सात दिनभित्र राष्ट्रिय सहमति कायम गरी नयाँ सरकारको गठन गर्न दिएको म्यादभित्र माओवादीले सहमति कायम गर्न नसकेपछि चार ठूला दलको सहयोगमा थप तीन दिन सहमति खोज्ने मौका दिन आग्रह गरेपछि राष्ट्रपतिले माओवादीलाई दिएका हुन् ।अन्तिम दिन मंगलबार अबेरसम्म चार ठूला दलबीच भएको छलफलले मूर्त रुप लिन नसकेपछि राष्ट्रपति समक्ष तीन दिन समय माग्ने सहमति भएअनुरुप साँझ राष्ट्रपतिलाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड शितल निवास गएका थिए । हिजोको छलफलमा एमालेलगायतका दलहरुले प्याकेजमा नै सहमति खोज्नुपर्ने भन्दै सम्मानजनक सहभागिताको प्रस्ताव राखेको बुझिएको छ ।एमालेको हिजै बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री माओवादीले लिने भएपछि मन्त्रालय अन्य दललाई रोजाएर दिनुपर्छ । अरु दलले रोजेको मन्त्रालयमा माओवादीले आँखा लगाउन नहुने उल्लेख गर्दै यदि माओवादीले प्रधानमन्त्री छोडेमा मन्त्रालय रोजेर लिनुपर्ने निर्णय गरेको छ । यद्यपि मन्त्रालयसम्बन्धी निर्णय चारदलीय कार्यदलको बैठक आज बिहानैदेखि बसेको छ । प्रतिनिधि सहभागी रहेको कार्यदलले गर्ने छ ।जसरी पनि सरकारमा जानुपर्छ भन्ने मान्यता राखेको नेकपा माओवादीले सरकारमा जानका निम्ति राष्ट्रिय सहमति जुटाउन १५ दिनभित्र वाईसीएलको अर्ध सैनिक संरचना भंग गर्ने कब्जा गरिएका सम्पत्तिलगायत विगतमा भएका सहमति कार्यान्वयन गर्न सहमत भई वाईसीएलको अर्धसैनिक संरचना भंग गर्नलगायत विगतका सहमति कार्यान्वयन गर्न पार्टी पंक्तिलाई प्रचण्डले निर्देशन दिएका छन् ।यसैबीच माओवादी सभासद् एवं नेताहरुले वाईसीएल भंग नहुने दाबी गरेका छन् । वाईसीएल र जनसेना भंग होइन उनीहरुले विद्रोह गर्ने चेतावनी दिएका छन् ।

3:26:00 am

'ए’ डिभिजन क्लब एन्फामा दर्ता

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं, २२ साउन अखिल नेपाल फुटबल संघ (एन्फा) मा आठवटा 'ए' डिभिजन क्लब दर्ता भएका छन् । क्लब दर्ता गर्न तोकिएको अन्तिम समय १९ साउनसम्ममा ती क्लबहरू एन्फामा दर्ता भएका हुन् । एन्फामा दर्ता भएका क्लबमा पmेन्ड्स, थ्री स्टार, ब्वाइज युनियन -अरुण वैद्य अध्यक्ष रहेको) र जाउलाखेल रहेका छन् । यसैगरी, विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरीको टोली पनि एन्फामा दर्ता भएका छन् । न्युरोड टिम -एनआरटी) पनि एन्फामा दर्ता भएको छ । तर, एनआरटीका महासचिव विनय श्रेष्ठले एन्फामा दर्ता नभएको र फुटबलका दुवै संघमा क्लब दर्ता नगर्ने सोचाइ रहेको नयाँ पत्रिकालाई बताए । यद्यपि, स्रोतका अनुसार एनआरटी सचिव नवीन सुवालको हस्ताक्षरमा क्लब एन्फामा दर्ता भइसकेको छ । एन्फामा संकटा, मनाङमस्र्याङ्दी, आरसिटी र मच्छिन्द्र दर्ता भएका छैनन् । एन्फाले जारी गरेको सार्वजनिक सूचनामा दर्ता नभएको क्लब स्वतः एक डिभिजन तल झर्ने उल्लेख थियो । तर, क्लब झार्ने वा नझार्ने विषयमा बैठकपछि निर्णय गरिने जानकारी एन्फा प्रवक्ता ललितकृष्ण श्रेष्ठले दिए । एन्फासँगै नेपाल फुटबल संघले पनि क्लबलाई दर्ता गर्न आह्वान गरेको थियो । नेपाल फुटबल संघले साउनको मसान्तसम्म दर्ता समय तोकेेकाले क्लब दर्ता प्रक्रिया अझै जारी रहेको छ । हालसम्म नेपाल फुटबल संघमा 'ए' डिभिजनमा संकटा, आरसिटी र मनाङमस्र्याङ्दीलगायतका क्लब दर्ता भइसकेका छन् । 'विभागीय टोलीले नेपाल फुटबल संघमा पनि दर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्,' नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरले भने । दुई साताअघि भएको छलफलमा नेपाल प्रहरी, नेपाल आर्मीका प्रतिनिधि उपस्थित भएर सो प्रतिबद्धता व्यक्त गरेको तुलाधरले जानकारी दिए । अन्तिमपटक लिग हुँदा 'ए' डिभिजनका १५ क्लब थिए । नेपाल फुटबल संघले पनि दर्ता नगरिएका क्लब स्वतः एक डिभिजन तल झर्ने सूचना सार्वजनिक गरेको थियो । दुई फुटबल संघको नियमका कारण एक संघमा माथिल्लो डिभिजनमा रहेको क्लब अर्कोमा तल्लोमा रहने निश्चित भएको छ । यसैगरी 'बी' डिभिजनका लागि काठमाडौं, बाँसबारी, बौद्ध टुसाल, स्वयम्भू, कोइलापानी कोल्डस्टार -नवलपरासी), वीरगन्ज युथ क्लब, हिमालयन शेर्पा र कुमारी क्लब गरी आठ टोली एन्फामा दर्ता भएका छन् । कुल १६ 'बी' डिभिजन टोली रहेकोमा १० टोली नेपाल फुटबल संघसँग नजिक छन् । तीमध्ये सानो गौचरण युथ क्लब तटस्थ रूपमा बस्ने भएको छ । 'हामीले खेल्ने-नखेल्ने निर्णय गरेका छैनौं, हामी तटस्थ नै रहने छौं,' सानो गौचरणका अध्यक्ष तरुण राईले बताए । एन्फामा दर्ता भएका आठमध्ये दुई टोलीलाई भर्खरै माथि लगिएको हो । यसैगरी, गत साता भएको छनोट प्रतियोगिताबाट 'सी' डिभिजनका लागि छनोट भएका श्री भगवती टोखा क्लब, भारसिटी युवा क्लब, चारुमति र मध्यपुर युथ एसोसिएन एन्फामा दर्ता भएका छन् । यसैगरी, 'सी' डिभिजनका लागि एन्फामा दर्ता भएका अन्य क्लबमा सानेपा, क्यानन, सामाजिक युवा, नवज्योति, नक्साल युवामण्डल, सक्षम नगर युवा, च्यासल, सातदोबाटो युथ, श्री कुमारी र गरुडा क्लब दर्ता भएका छन् । बालमुकुन्द नेपाल/नयाँ पत्रिका

3:23:00 am

बुलेट-प्रुफ ब्रा अब महिला प्रहरीलाई

सामग्री प्रस्तुति Ram Prasad Panta

जर्मनीका महिला प्रहरीको सुरक्षाका लागि 'बुलेट-प्रुफ ब्रा' को प्रयोग सुरु गरिने भएको छ । महिला प्रहरीको सामान्य ब्रामाथि बुलेट-प्रुफ ब्रा लगाउनुपर्ने बाध्यता भएकाले यो पूर्ण सुरक्षित नभएको जर्मन प्रहरीले बताएको छ । हैमवर्गकी प्रहरी वरिष्ठ अधिकारी कार्मन किबेटले भने 'गोली लाग्दा बुलेट-प्रुफ ज्याकेटमा भएको धातु र प्लास्टिकको सानो टुक्रा भित्र धकेलिन्छ । यो टुक्रा महिला प्रहरीको सामान्य ब्रा छिचोल्दै शरीरभित्र छिर्न सक्छ । सामान्य ब्रा सुरक्षाका लागि खतरा छ त्यसैले यसलाई परिवर्तन गर्न जरुरी छ ।' बुलेट-प्रुफ ब्राको दुई महिनासम्म महिला प्रहरीमा परीक्षण गरिएको थियो । त्यसपछि यसलाई युनिर्फमको हिस्सा नै बनाइएको छ । यो ब्रा सामान्य सेतो रङको खेलकुद ब्राजस्तो देखिन्छ । यसमा जर्मन भाषामा 'प्रहरी' लेखिएको छ । प्रत्येक महिला प्रहरीलाई आफ्नो साइजअनुसार तीन ब्रा दिइने बताइएको छ । जर्मन प्रहरीले तीन किसिमका ब्रा डिजाइनलाई अनुमति दिएको छ । जर्मन प्रहरी प्रवक्ताका अनुसार 'हामी हाम्रो कर्मचारीको सुरक्षालाई सबैभन्दा माथि राख्छौँ । यसको नमुना नयाँ बुलेट-प्रुफ ब्रा हो ।' जर्मनीमा तीन हजार महिला प्रहरीले यस ब्राको प्रयोग गर्न सक्छन् र महिला प्रहरीलाई यसको प्रयोग गर्न आग्रह गरिँदैछ । तर, यो नयाँ ब्रा लाउने/नलाउने प्रहरीको व्यक्तिगत इच्छामा भर पर्ने बताइएको छ ।

3:05:00 am

कार्वाही पछि गुण्डागर्दी तिर

सामग्री प्रस्तुति Ram Prasad Panta

नेपाली जनप्रगतिशील मञ्च कतारले संगठनको नियम विपरित ठगी दलाली र गुटबन्दी गर्दै हिडेको भनेर कार्वाही गरेका व्यक्तिहरुले अहिले गुण्डागर्दी पनि सुरु गरेको पत्ता लागेको छ। संगठनमा आङ्खनो पक्षमा निकै व्यक्तिहरु छन् भन्ने भ्रम श्रृजना गरिरहेको अवस्थामा सम्पूर्ण क्षेत्रिय तथा एरिया समितिहरुले विज्ञप्ती मार्फत उक्त षड्यन्त्रको पर्दाफास गर्दै ठगी दलाली को पक्षमा नरहेको स्पष्ट गरेपछि अत्तालिएका मुठ्ठीभर व्यक्तिहरुले नया षड्यन्त्रको सुरुवात गरेका छ। नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष जनार्दन गिरीको घरबाट फोन आए अनुसार पटक पटक फोन गरि घरमा छोरीहरुलाई तिम्रो बुबालाई कतारमा ज्यान मार्ने षड्यन्त्र हुदैछ त्यसैले उहालाई कतारमा राजनीति गर्न छोडेर घर आउन भन्नु , म उहाको साथी हो हामीले भनेको उहाले मान्नुहुन्न त्यसैले मैले घरमा फोन गरेको हो भन्दै बारम्वार फोन गर्ने गरेको र पछिपछि त झन् फोन गर्ने र उठाएपछि सुनेर मात्रै बस्ने गरेको पनि बताएको छ। अध्यक्ष गिरीकी छोरी गोमा गिरीले बताए अनुसार आफूलाई नेपाली जनप्रगतिशील मञ्च कतारको केन्द्रिय सदस्य कृष्णदेव यादव भनेर परिचय दिएको बताएकि थिइन्। साथै ९८४१९२४६८१,९८०७८१२७६० लगायत १०,१२ बटा नम्बरहरु बाट फोन आएको पनि बताएकी थिइन्। स्वयं जनार्दन गिरीे भने आङ्खनो घरको फोन नम्बर अहिले मञ्चको कोषाध्यक्षबाट कार्वाहीमा परेका केशबराज सुवेदी बाहेक कसैलाई पनि थाहा नभएको बताउनुहुन्छ। नेपाली जनप्रगतिशील मञ्चलाई तहसनहस बनाउने उद्धेश्यले संगठन भित्र घुसेका व्यक्तिहरुलाई बेलैमा पहिचान गरि कार्वाही गरेपछि अत्तालिएका व्यक्तिहरुले नै यो किसिमको घृणित षड्यन्त्र गरेको दावी गर्नु हुन्छ। फोन गरेको भनिएको व्यक्ति नेपाली जनप्रगतिशील मञ्च गठन हुने वित्तिकै नेपाल फिर्ता भइसकेको र हालसम्म कसैसंग पनि सम्पर्क नभएकोले विकृत मानसिकताका व्यक्तिहरुले उक्त व्यक्तिको नाम प्रयोग गरिएको हो ? गिरीले थप्नुभयो। त्यस्तै ३ अगस्ट बेलुका उक्त विषयमा केशवराज सुवेदीसंग बुझ्न जादा उल्टै जनार्दन गिरीलाई अब तेरो ज्यानको खैरियत छैन , तेरो ज्यान खतरामा छ जोगिएर हिड भनेर थर्काएकोले घर परिवारलाई आतंकित बनाउने कुकार्य पनि यिनीहरुले नै गरेको हो भनी नीज गिरी संगै गएका मञ्चका केन्द्रिय सदस्य दिल बहादुर खड्काले बताउनु भएको छ।