स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

3:46:00 am

परदेशी हुदाका फोटोहरु

सामग्री प्रस्तुति Ram Prasad Panta

I am in my Room K-026 Kulak Con. Co
I am in Office ( OM&L Service Desk)
My my room again - 7/23/08
8/21/08 In my Office ( Joint Base Balad) OM&L Service Desk

3:21:00 am

आफ्नै बाल्यकालको फोटोसंग रुम्दैछू ......

सामग्री प्रस्तुति Ram Prasad Panta

In this time I am only 1 years old . This photo give me childwood memories.
This photo, When i was 2 years old In that time we are live in kumpur V.D.C. This place is located at 4-5 KM from Melekhu, Dhading. From this place we can see whole malekhu bazar & Gajuri Bazar also It's cool place and peaceful place.

3:06:00 am

भारतसंगको असमान सन्धीका कारण पीडित जनता

सामग्री प्रस्तुति Ram Prasad Panta

भारतको असमान सन्धीका कारण पीडित जनता :- सुनसरीका कोसी बाँध पीडितहरु सुरक्षित स्थानतर्फ लाग्दै। भारतीय पक्षले आफ्नो भूमिलाई सिंचाई तथा बाढीबाट बचाउन नेपालमा बनाएको बाँध समयमा नै मर्मत सुधार नगर्दा बाँध फुटेर भएको दुर्घटनामा ६० हजारभन्दा बढी मानिस घरबारविहीन र लाखौ विगाह भूमि बगरमा परिणत भएकोछ।

काठमाडौं। राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता र अखण्डताको पक्षमा उभिन सबैलाई आग्रह गर्नुभएको छ। आज बिहान आठ विद्यार्थी संगठनका विद्यार्थी नेताहरुसँगको भेटमा राष्ट्रपति यादवले यस्तो बताउनुभएको हो राष्ट्रिय एकताको विकल्प नभएको भन्दै उहाँले राष्ट्रिय समस्याका विषयमा सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले भारतसँगको असमान सन्धीहरुको कारण देशले अहिले अकल्पनिय विपति भोग्नुपरेको समेत स्पष्ट पार्नुभयो। विद्यार्थीहरुले राष्ट्रपति भवनमा पुगेर सप्तकोशी बाँधबाट पिडितहरुलाई राहत र पुनर्स्थापनाका विषयमा राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए। राष्ट्रपति यादवले विद्यार्थीहरुको ध्यानाकर्षणप्रति समर्थन जनाउँदै सरकारलाई थप दबाब दिन आग्रह गर्दै आफ्नो पूर्ण समर्थन रहने आश्वासन दिनुभएको विद्यार्थी नेता ठाकुर गैरेले जानकारी दिनुभयो। तेस्तै नेकपा माओवादी र मधेसी जनअधिकार फोरमबीच कोशी नदीको बाँधको अनुसन्धान गर्न एक उच्चस्तरीय छानविन आयोग गठन गर्ने सहमति भएको छ। माओवादी र फोरमका नेताहरुबीच प्रधानमन्त्री निवास नयाँ बजारमा आज बिहान भएको छलफलमा यस्तो सहमति भएको हो। दलहरुबीचको छलफलमा फोरमले सप्तकोशीसहित पटकपटक डुबानमा पर्ने विभिन्न बाँधका विषयमा अनुसन्धान गर्न आयोग गठन गर्नुपर्ने माग राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति जनाउनुभएको थियो। द्धपक्षिय छलफलमा बाँध भत्किएपछि भएको क्षति र पिडितहरुको पुनर्स्थापनाका लागि प्रशासनिक अनुसन्धान थालिने सहमति समेत भएको फोरम अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो। यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपिडितका उद्धार र पुनर्स्थापनामा ध्यान दिन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज विभिन्न मन्त्रालयका सचिवहरुलाई यस्तो निर्देशन दिनुभएको छ। प्रधानमन्त्री प्रचण्डले सचिवहरुसँग सरकार संचालनका विषयमा पनि छलफल गर्नुभएको स्रोतले बताएको छ। छलफलमा माओवादीका वरिष्ठ नेताहरुको पनि सहभागिता रहेको थियो।

काठमाडौं । नेपालमा दोस्रो कम्युनिस्ट प्रधानमन्त्री बन्ने सफल पुष्पकमल दाहालको चीन भ्रमणबारे भारत सरकार असन्तुष्ट भएको बताइन्छ ।प्रधानमन्त्री दाहालको चाहनाअनुसारको समय ओलम्पिकको समापन हुने समय परेकाले भारतभन्दा पहिले चीन भ्रमण गर्न लागेको अवस्थामा भारतले भने चीन जानुपूर्व भारत आएको हेर्न चाहेको बुझिएको छ । यद्यपि प्रधानमन्त्री दाहाल ओलम्पिकको समापन समारोहमा भाग लिन शनिबार चीन जाने कार्यक्रम तय भइसकेको बताइन्छ । एकातिर मन्त्रिपरिषद् विस्तार नभएको र अर्कोतिर नेपालमा दैविक आपत्ति परिरहेकोले प्रधानमन्त्री दाहालले चीन भ्रमण कुनै पनि हालतमा जाने छन् । भारत सरकारभन्दा चीन सरकारसँग नजिकको सम्बन्ध राख्न चाहने माओवादी अध्यक्षसमेत रहेका दाहाललाई भारत सरकारले तत्कालको चीन भ्रमण रोक्न आग्रह गरेको छ । माओवादीका विदेश विभाग प्रमुखसमेत रहेका सीपी गजुरेलले भारत सरकारको तर्फबाट छिट्टै चीनको भ्रमण नगरेको भए राम्रो हुन्थ्यो भन्ने सुझाव आएको कुरा स्वीकार गरे । तर भारतीय विस्तारवादको व्यापक विरोध गरेर नथाक्ने माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालको विदेश भ्रमणको विषयमा समेत हस्तक्षेप गर्दैगर्दा कुनै नेताले कुनै प्रतिकि्रया दिएका छैनन् । दाहाल प्रधानमन्त्री भएलगत्तै बधाई एवं भारत भ्रमणको निम्ता दिन आएको भारतीय टोलीले समेत चीनभन्दा पहिले भारत आउन आग्रह गरेको बताइन्छ । दाहाललाई प्रधानमन्त्री बनाउन भारतमा समेत चर्को दबाब दिने भारतीय नेताहरु अहिले चीनतर्फ नरम देखिएपछि सम्बन्ध चिसिने सम्भावना बढेको छ ।

1:33:00 am

मेरा साथीहरु ..............

सामग्री प्रस्तुति Ram Prasad Panta

लक्ष्मी सिंह, झापा
कन्नी
सबीना सेनेगिएल

नेकपा माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिसँग शपथ लिने बेला लगाएको एउटा पोसाक देखेर माओवादी नेताहरू नै चकित परे। अस्ति सोमबार प्रधानमन्त्री प्रचण्डले पार्टी निर्णयअनुसार नै पोसाक लगाउनुभए पनि सर्टमाथि लगाउनुभएको टाईका बारेमा भने पार्टीले निर्णय नगरेको फेलापरेको छ। प्रधानमन्त्री प्रचण्ड सर्ट, कोट, पाइन्ट, टाई र भादगाउँले टोपी लगाएर शपथग्रहण कार्यक्रममा सहभागी हुनुभएको थियो। शपथग्रहण गर्नुअघि सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय पोसाक लगाएर जाने इच्छा व्यक्त गर्नुभएको थियो। उहाँले राष्ट्रियता कमजोर हुँदै गएको उल्लेख गर्दै दौरा–सुरुवाल लगाएर जाँदा राम्रो हुने आफूलाई लागेको तर त्यसबारे सल्लाह दिन नेताहरूलाई आग्रह गर्नुभएको थियो। तर, अधिकांश नेताले भने त्यसको विरोध गर्दै साधारण पोसाकमा शपथग्रहण गर्न सल्लाह दिएका थिए। 'हामीले विगतमा पनि पुरानो राष्ट्रिय पोसाकको विरोध गर्दै आयौँ,' उनीहरूको भनाइ थियो, 'अब त्यही पोसाक लाएर जाँदा पार्टीपङ्क्ति पक्कै पनि खुसी हुने छैन, तपाईं विवादमा पर्नुहुने छ।' अधिकांश नेताहरूले त भादगाउँले टोपी पनि आवश्यक नभएको बताएका थिए। तर, प्रचण्डले भने भादगाउँले टोपी कुनै पनि हालतमा लगाएर जाने बताउनुभएको थियो। 'कम्तीमा एउटा चिजबाट त जनतालाई सन्तुष्टि दिनुपर्छ,' प्रचण्डले भन्नुभएको थियो। शपथग्रहणमा प्रचण्डले टाई लगाएकोमा भने नेताहरूल्ो असन्तुष्टि व्यक्त गरेका छन्। गत वर्ष स्वीटजरल्यान्ड भ्रमणमा जाँदा होस् वा कुनै कूटनीतिक नियोगका प्रतिनिधिसँग भेट्दा होस्, प्रचण्डले टाई लगाउनुभएको छैन। यता, शपथग्रहणका सहभागीहरूले भने राष्ट्रिय पोसाक नलगाएकोमा असन्तुष्टि पोखेका छन्। कतिपयले त यतिसम्म भने, 'भादगाउँले टोपीसहित दौरा, सुरुवाल र कोट लगाएको भए प्रचण्डको व्यक्तित्व विशाल देखिने थियो र त्यसबाट परमानन्द प्रकरणमा आहत भएको राष्ट्रियतामाथि राहत पुग्ने पनि आशा थियो।' कसैको दबाबमा हो वा कसैलाई खुसी पार्नका लागि, प्रचण्डले राष्ट्रिय पोसाक नलगाउनाको खास कारण भने प्रचण्डले खोल्नुहोला वा नहोला, भन्न गाह्रो छ।' तेस्तैगेरी प्रचण्ड प्रधानमन्त्री भइसकेपछि नेकपा माओवादीले राज्य संयन्त्रको कुनै पनि निकायसँग निहुँ नखोजे हुन्थ्यो भन्ने जनचाहना भए पनि माओवादीले जनताको यस्तो चाहनाप्रति सरोकार राख्न चाहेन। खासगरी नेपाली सेनालाई फेरि पनि दुःखी बनाउने कार्य नेकपा माओवादीले गरिदिएको छ। शताब्दीयुँदेखि राजाप्रति वफादार रहँदै आएको भनिने नेपाली सेना नेपालको लोकतान्त्रिकरणको क्रममा भएको परीक्षामा उत्तीर्ण भइसकेको छ। राजतन्त्र कि गणतन्त्र भन्ने विवादबाट समेत आफूलाई अलग राखी सेना कुनै व्यक्ति या परिवारविशेषको नभई सिङ्गै देशको हो भन्ने प्रमाणित गराइसकेको अवस्थामा पनि माओवादीले सेनाप्रति दर्शाएको व्यवहारलाई पूर्वाग्रही मानिएको छ। प्रधानमन्त्री पदमा माओवादी अध्यक्ष प्रचण्डको चयन भएपछि उहाँलाई सुरक्षा दिने काम स्वतः राष्ट्रिय सेनाको हुनुपर्नेमा पार्टी समर्थित जनसेनालाई प्रधानमन्त्री सुरक्षाको जिम्मेवारी दिने प्रयत्न गरिएकोले राष्ट्रिय सेनाप्रति माओवादीको पूर्वाग्रह झल्किएको हो। विश्वमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्ति तथा राष्ट्रिय महत्त्वका सम्वेदनशील निकायहरूको सुरक्षा राष्ट्रिय सेनाले गर्ने प्रचलन रहिआएको छ। तर यहाँ सेनाको मनोबल नै गिराउने गरी प्रधानमन्त्रीको सुरक्षा प्रबन्ध गर्न खोजिनुलाई अस्वाभाविक मानिएको छ। यस सम्बन्धमा हिजो मंगलबार प्रधानमन्त्री प्रचण्ड र प्रधान सेनापति रुक्माङ्गद कटवालबीच भएको भेटवार्तामा पनि यस सम्बन्धमा कुराकानी भएको बुझिएको छ। कुराकानीका क्रममा प्रचण्डले प्रधानसेनापति कटवाललाई राष्ट्रिय सेनाको मनोबल गिराउने प्रकारको कुनै कार्य नहुने विश्वास दिलाउनु भएको बुझिएको छ।

सुनसरी, ४ भदौ कोसीको भेलले बगाएका २७ जनाको शव बुधबार भारतको सुपौल जिल्लामा फेला परेको छ । उनीहरू सुनसरीको श्रीपुरमा एउटै घरको छतबाट बगेकाहरू हुनसक्ने आशंका गरिए पनि पुष्टि भइसकेको छैन । सुपौलका स्थानीय पत्रकार राकेश पटेलका अनुसार फेला परेका शवमा अधिकांश महिला, बालबालिका र वृद्धहरू छन् । कोसी नदी बिहारको सोही मार्ग भएर बग्ने गरेको भएकाले ती शव सुनसरीबाट बाढीले बगाएर ल्याएको यकिन भएको हो । शवहरू फेला परेको ठाउँ सुनसरी इनरुवादेखि २० किलोमिटर दक्षिण-पश्चिममा पर्छ । शव फेला परेको विषयमा सुनसरीको प्रशासनले केही बताउन चाहेको छैन । सुनसरीका प्रहरी प्रमुख यादव खनालले सञ्चारविहीन भएका कारण केही बुझ्न नसकिएको बताए । प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीले भने शव फेला परेको विषयमा भारतीय पक्षसँग जानकारी लिने प्रयास भइरहेको जानकारी दिए । उद्धार गर्न गएको डंुगा सम्पर्कविहीन बाढीपीडितको उद्धारका लागि सुनसरीको हरिपुरतर्फ गएको नेपाली सेना र सशस्त्र प्रहरीको संंयुक्त उद्धार टोली चढेको डुंगा बुधबार राति ८ बजेसम्म सम्पर्कविहीन भएको छ । बाढीका कारण सयौं मानिस जोखिममा परेको सूचनाका आधारमा सुनसरीको लौकहीबाट हिँडेको चारवटा रबरको डुंगामध्ये एउटा राति ८ बजेसम्म सम्पर्कमा नआएको सशस्त्र प्रहरी बल बराहाबाहिनी पकलीका डिआइजी कृष्णकुमार तामाङले बताए । सम्पर्कविहीन डंुगाको खोजी जारी रहेको उनले जानकारी दिए । तर, सो डुंगा दुर्घटनामा भने नपरेको उनले दाबी गरेका छन् । अप्टिकल फाइबर काटिएका कारण फोन सम्पर्क हुने अवस्था छैन । उनीहरूले बोकेको सेटको पनि ब्याट्री चार्ज सकिएको हुनसक्ने आशंका तामाङले गरे । 'भोलि -बिहीबार) बिहानसम्ममा सम्पर्कमा आउलान्,' उनको अनुमान छ । स्थानीय प्रत्यक्षदर्शीले भने हरिपुर क्षेत्रबाट करिब ३५ जनालाई उद्धार गरेर सुरक्षित स्थानतर्फ ल्याउने क्रममा बाढीको भेलले ढंुगा बगाएको दाबी गरेका छन् । सशस्त्रका प्रवक्ता कमल बस्नेतले पनि एउटा ढंुगा सम्पर्कमा नआएको बताए । उनका अनुसार सो डुंगामा दुई सशस्त्र प्रहरी र दुई सैनिक छन् । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले बाढीपीडितसहितको ढंुगा पल्टिएर बेपत्ता भएको सूचना आएको, तर पुष्टि नभएको बताए । पाँच हजारको उद्धार बाढीपीडितको उद्धारका लागि तीनवटा सेनाको हेलिकोप्टर र डंुगा अहोरात्र परिचालित रहेको सेनाको पूर्वी पृतना हेडक्वार्टरले जनाएको छ । पृतनापति रामबहादुर गुरुङले बाढीग्रस्त क्षेत्रको प्रत्यक्ष निरीक्षण गर्दा आफूले सयौंलाई अझै घरको छत र रूखको टुप्पोमा बसेको देखेको बताए । कतिपयलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा नमानेको उनको भनाइ छ । 'हेलिकोप्टरबाट सैनिकले हात दिँदा उनीहरूले तिमीहरू जाउ भन्दै फर्काए,' पृतनापति गुरुङले भने, 'आफ्नो सम्पत्तिको मायाले गर्दा उनीहरू हेलिकोप्टरमा आउन डराएको हुनसक्छन् ।' सुनसरीका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले बुधबार राति ८ बजेसम्ममा डुबान क्षेत्रबाट पाँच हजारलाई उद्धार गरिसकिएको जानकारी दिए । भण्डारीका अनुसार अझै आठ हजारभन्दा बढी उद्धारको पर्खाइमा छन् । पानी नपरेमा शनिबारसम्ममा सबैलाई उद्धार गरिसक्ने पनि उनले बताए । बाढीबाट कति विस्थापित भए भन्ने यकिन तथ्यांक अझसम्म प्रशासनले दिन सकेको छैन । स्थानीय बासिन्दा तथा जिल्लाका सामाजिक संस्थाले भने एक लाखको हाराहारीमा विस्थापित भइसकेको दाबी गरेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, वाइसिएल कार्यकर्ता, सर्वसाधरणसहित दुई हजारभन्दा उद्धारमा खटिएका छन् । बाढीपीडितका लागि राहत संकलन कार्य तीव्र गतिमा भइरहेको राहत संकलन समितिका संयोजक तथा सुनसरीका स्थानीय विकास अधिकारी गुरूप्रसाद सुवेदीले बताए । प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि राहत संकलन र वितरण तीव्र भएको उनको भनाइ छ । हाल राहत सामग्रीका रूपमा चामल, चिउरा, भुजा, नुन, चाउचाउ, बिस्कुट, कम्मल, गुन्द्रीलगायत सामग्री संकलन भइरहेको छ । इनरुवाका विद्यालय तथा क्याम्पसमा अस्थायी शिविर खडा गरेर बसेकामध्ये धेरै बालबालिका बिरामी पर्न थालेपछि स्वाथ्यकर्मीको विशेष टोली परिचालन गरिएको छ । आधा दर्जन स्वास्थ्य टोली हाल क्रियाशील रहेका छन् । बाढीबाट प्रभावित बालबालिकामा महामारी फैलन सक्ने भएकाले सेनाको स्वाथ्यकर्मी टोली पनि तयारी अवस्थामा राखिएको दैविक प्रकोप उद्धार समिति सुनसरीको संयोजकसमेत रहेका प्रजिअ भण्डारीले बताए । 'आवश्यक परे काठमाडौंबाट पनि स्वाथ्यकर्मीको थप टोली झिकाउने तयारी भइरहेको छ,' उनले भने । उता, बाढीका कारण सुनसरी र सप्तरीबीचको सम्पर्क टुटेका कारण सुनसरी सदरमुकाम आउन नसकेका २५ हजारजति बाढीपीडित सप्तरी प्रशासनको शरणमा पुगेका छन् । कोसी ब्यारेजमा आएर बसेका उनीहरूलाई उद्धार गरी संरक्षण दिइएको सप्तरीका प्रजिअ जिवच्छ मिश्रले बताए । उनीहरूका लागि बस्ने, खाने र उपचारको सबै मिलाइएको प्रशासनले जनाएको छ । हाल १२ वटा शिविरमा ६ वटा स्वास्थ्य टोली परिचालन गरिएको छ । प्रेम बास्तोला/नयाँ पत्रिका

5:16:00 am

भारतले तीन विकेटले जित्यो

सामग्री प्रस्तुति Ram Prasad Panta

दाम्बुला / श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय खेल भारतले तीन विकेटले जितेको छ । भारतको सो जितसँगै पाँच एकदिवसीय शृंखला १-१को बराबरीमा पुगेको छ । टस जितेर पहिले फिल्डिङ गरेको भारतले श्रीलंकालाई एक सय ४२ रनमा समेटेको थियो । भारतीय बलरको सामना गर्न कठिनाइ भएपछि श्रीलंकाली टोली ३८ ओभर तीन बलमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो । प्रत्युत्तरमा भारतले ३९ ओभर चार बलमा सात विकेट गुमाई एक सय ४३ रनको योगफल तयार गर्‍यो । भारतीय बलरको आक्रमणमा परेपछि श्रीलंकाले एक समय ११ रन जोड्दा चार विकेट गुमाएको नाजुक अवस्थामा पुगेको थियो । जाहिर खानले दोस्रो ओभरमा कुमार सांगकारालाई पहिलो विकेटका रूपमा पबेलियन पठाए । त्यसपछिका तीन बलमा उनले दुई विकेट लिए । यद्यपि, घरेलु टोलीको योगफल सुधार्न थिलान थुसाराले सात चौका प्रहार गर्दै ४४ रन जोडेका थिए । तर, उनको प्रयासले टोलीलाई खेलमा चुनौती कायम राख्ने योगफल तयार गर्न कुनै मद्दत गरेन । प्रत्युत्तरमा आएको भारतले पनि गतिलो सुरुवात गर्न सकेन । सुरुको पाँच ओभरमै टोलीले दुई विकेट गुमायो । तर, महेन्द्रसिंह धोनीले ३९ रन तथा सो खेलबाट डेब्यु गरेका सुब्रमनिम बदि्रनाथले अविजित २७ रन जोडेपछि भारत विजयी हुन सकेको हो । घरेलु भूमिमा भारतविरुद्ध सर्वाधिक कम योगफल बनाएको श्रीलंकाले यो दोस्रोपटक हो । यसअघि, टोलीले एक सय ८१ रनको योगफल तयार गरेको थियो । दुई टोलीबीच तेस्रो एकदिवसीय खेल कोलम्बोमा आइतबार हुनेछ ।

5:13:00 am

पत्रकार महासंघका पदाधिकारी दुर्घटनामा

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं/ नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा, कोषाध्यक्ष रमेश विष्ट र केन्द्रीय सदस्य जगत नेपाल सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । उनीहरू चढेको बा६च २८८३ नम्बरको कारलाई होटल याक एन्ड यतीले भाडामा चलाएको बा१ज ९६०६ नम्बरको माइक्रोबसले सोमबार बेलुका केशरमहल चोकमा ठक्कर दिँदा झा, विष्ट र नेपाल घाइते भएका हुन् । दुर्घटनाबाट अध्यक्ष झाको दाहिने हात दुई ठाउँमा भाँचिएको छ भने कोषाध्यक्ष विष्टको टाउको फुटेको छ । सदस्य जगत नेपालको हात फ्याक्चर भएको छ । दुर्घटनालगत्तै तीनैजनालाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो ।

4:10:00 am

मेरा साथीहरु जो सधे कल्पनामा रहे ..... !

सामग्री प्रस्तुति Ram Prasad Panta

मुना, मीनू र दीदी
बॉस कीनाथ र रिचर्ड ( प्लुम्बेर २५)
महेश (भारत), म र प्रदीप (श्री लंका)

3:57:00 am

रात्रीकालीन साथीहरु

सामग्री प्रस्तुति Ram Prasad Panta

3:50:00 am

म र बिजय कोठामा ( के-२६ कुलक कों.कंपनी)

सामग्री प्रस्तुति Ram Prasad Panta

3:17:00 am

म र माहि गुनती, भारत

सामग्री प्रस्तुति Ram Prasad Panta

3:15:00 am

म र मनुअल लोड ( फिल्लिपेंस)

सामग्री प्रस्तुति Ram Prasad Panta

3:09:00 am

म र नेल्सन ओफिसमा

सामग्री प्रस्तुति Ram Prasad Panta

2:58:00 am

यो मेरो फोटो ..........

सामग्री प्रस्तुति Ram Prasad Panta

2:32:00 am

साँस्कृतिक कार्यक्रम आयोजना गर्ने

सामग्री प्रस्तुति Ram Prasad Panta

गोरखा प्रबासी संघको संरक्षकत्वमा सम्पूर्ण कतारबासी नेपाली कलाकारहरुलाई एकत्रीत गर्दै नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने हेतुले गठित मनकामना साँस्कृतिक परिबारको तदर्थ समितिको भेला तथा जलपान समारोह यही १५ अगष्ट २००८ का दिन दोहामा सम्पन्न भयो । सो समारोहमा गोरखा प्रबासी संघका सल्लाहकार संयोजक जि।बि। परियार मनकामना साँस्कृतिक परिबारका सल्लाहकार गोबिन्द अर्याल बिभिन्न बिधाका कलाकारहरु तथा गोरखा प्रबासी संघका कार्य समितिका पदाधिकारीहरुको समेत उपस्थीति रहेको थियो । सो समारोहमा उपस्थीत अतिथिहरुले कतारको सन्दर्भमा मनकामना साँस्कृतिक परिबारले खेल्नु पर्ने भुमिका र दायित्वका बारेमा प्रकाश भ्ाएको थियो । उक्त साँस्कृतिक परिबारले १९ सेप्टेम्बर २००८ का दिन बिबिध साँस्कृतिक कार्यक्रम सहित आफ्नो घोषणा सभा गर्न गइरहेको सो परिबारका तदर्थ समितिका अध्यक्ष आश ब। गुरुङ्गले बताउनु भयो । उहाँले मनकामना साँस्कृतिक परिबारको स्थपना उदेश्य तथा भाबी दिनहरुमा यस साँस्कृतिक परिबारले खेल्नु पर्ने भुमिकाको बारेमा मन्तव्य राख्दै सम्पुर्ण कतारबासी नेपाली दाजुभाई दिदी बहिनीहरु उद्योगपति तथा व्यापारीहरुमा सहयोगको अपेक्षा राखेको बताउनु भयो । सो समारोहमा कलाकारहरु कमला लामा माया लामा गिता राना इन्दिरा अर्याल लगायतका चर्चित महिला कलाकारहरुले आ-आफ्नो बिधाको प्रस्क्तुती गर्नु भएको थियो । सो कार्यक्रममा दोहोरी गायकहरु प्रेम अर्याल डम्बरदेब ओझा राम सुनार लगायतका गायकहरुको गुल्मी जिल्ला र गोरखा जिल्ला बिच दोहोरी प्रतियोगिता समेत भएको थियो । सो जलपान समारोहमा कतारमा निर्माणाधिन चलचित्र तिमै्र लागिको सम्पूर्ण कलाकार तथा फिल्म युनिटको समेत बिशेष उपस्थीति रहेको थियो । उक्त कार्यक्रमको संचालन गोरखा प्रबासी संघका सचिब गणेश बानियाँले गर्नु भएको थियो भने जलपानका लागि व्यबस्थापन अल अमिन इन्टरप्राइजेज कम्पनीका सम्पूर्ण नेपाली दाजुभाईहरुले गर्नँु भएको थियो

काठमाडौं । माओवादी भ्रातृ संघ संगठनले मिस नेपाल प्रतियोगिताको विरोध गर्दै कुनै पनि हालत गर्न नदिने तयारी गरिरहेकाबेला मिस नेपालको आयोजक प्रतियोगी पूर्वमिस नेपालका प्रतिनिधि मण्डलले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु लाई भेटेका छन् । नवनिर्वाचित प्रधानमन्त्रीसँगको भेटमा उनीहरुले भदौ ७ गतेको फाइनल कार्यक्रमका सहभागी तथा आम जनताको आवागमनमा भयमुक्त वातावरण सिर्जना गरिदिन आग्रह गर्दै ज्ञापनपत्र पनि बुझाएका छन् । भेटमा प्रधानमन्त्रीले प्रतियोगिताको विषयमा सकारात्मक रुपमा सोच्ने बताएको मिस नेपालको आयोजना द हिडेन ट्रेजरले जानकारी दिएको छ । तर आफ्नै विभिन्न भ्रातृ संगठनले कुनै पनि हालतमा सुन्दरी प्रतियोगिता हुन नदिने भन्दै संघर्षका कार्यक्रम साथै भदौ ७ गते उपत्यका बन्द घोषणा गरिसकेकाले अब प्रधानमन्त्रीले कस्तो निर्देशन दिने हुन् त्यो भने हेर्न बाँकी छ । तेस्तैगारी इतिहासमा सबैभन्दा बढी सैनिक सुरक्षा पाएको भए पनि नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई जनमुक्ति सेनाले समेत सुरक्षा दिने भएको छ । प्राप्त समाचारअनुसार माओवादीको हिजो बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको सुरक्षार्थ ३३ जना जनमुक्ति सेना खटाउने निर्णय गरेको छ । प्रचण्डको सुरक्षार्थ सुरक्षाको पहिलो घेरामा जनमुक्ति सेना राख्ने र त्यसपछि नेपाली सेना र नेपाल प्रहरी राखिँदैछ । प्रधानमन्त्रीको सुरक्षार्थ एक सय ४० सैनिक र ७० प्रहरी खटाइएको छ । माओवादीले प्रधानमन्त्रीको सुरक्षार्थ जनमुक्ति सेना पनि परिचालन गर्ने निर्णय गरेपछि गठबन्धनका अन्य दलले आपत्ति जनाएका छन् । राष्ट्रिय सेनालाई अविश्वास गरेर प्रधानमन्त्रीजस्तो पदमा पुगेको मानिसले विद्रोही छापामारलाई सुरक्षार्थ खटाउनु राष्ट्रिय सेनाको मनोबल घटाउने कार्य भएको भन्दै निर्णय फिर्ता लिन आग्रह गरेका छन् । प्रचण्ड माओवादीका मात्रै होइन राष्ट्रका पनि प्रधानमन्त्री भएकाले त्यस प्रकारको निर्णय गरेर माओवादीले गल्ती गरेको धारणा राखेका छन् । पार्टीको निर्णयसँगै जनमुक्ति सेनाका छापामारले प्रचण्डलाई हिजो शपथ ग्रहणका बेला सुरक्षा घेरा बनाएका थिए ।उता सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले देशको कार्यकारी प्रधानमन्त्री पदको सपथ लिइरहेका बेला बीचमै प्रधानसेनापति रुक्मांगत कटवाल उठेर हिँडेको खबर छ । तत्कालिन विद्रोही माओवादी र राष्ट्रिय सेनादेखि नै कटाक्ष रहेको उनीहरुको सम्वन्ध माओवादी शान्तिमार्गमा आउँदा पनि सुध्रन सकेको थिएन । अहिले राष्ट्रिय सेनालाई विश्वास नगरी आफ्नै सेनाको पहिलो घेराबन्दी सुरक्षा प्रधानमन्त्रीलाई चाहिएपछि उनीहरुको सम्वन्ध सुध्रने देखिन्न ।

1:21:00 am

भत्कियो कोसीको बाँध, ४० हजार विस्थापित

सामग्री प्रस्तुति Ram Prasad Panta

सुनसरी, २ भदौ सुनसरीको पश्चिम कुसाहास्थित सप्तकोसीको बाँध फुटेपछि आधा दर्जन गाविस डुबानमा परेका छन् भने ४० हजार स्थानीयवासी विस्थापित बनेका छन् । बाढीमा परी कम्तीमा पाँचजना हराइरहेका छन् । बाँध फुटेपछि सुनसरीका पश्चिम कुसाहा, हरिपुर, श्रीपुर, लौकही, प्रकाशपुरलगायत गाविस पूरै जलमग्न भएका छन् । रातिदेखि नै मानिस सुरक्षित स्थानतर्फ सर्न थालेका छन् । पैदल यात्राबाट कहीँ जाने स्थिति नभएकाले मानवीय र धनमालको क्षति यकिन हुन सकेको छैन । आइतबार राति ११ बजेदेखि सप्तकोसी नदीमा पानीको बहाव एक्कासि बढ्न गई बाँध कटान तीव्र भएको थियो । भारत सरकारले बनाएको सप्तकोसी बाँधको पश्चिम कुसाहामा पर्ने १२१० र १२९० नम्बरको बाँध फुटेको सुनसरीका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले बताएका छन् । सुनसरीको श्रीपुर र हरिपुर गाविसमा पर्ने दुई गाउँका स्थानीय बासिन्दालाई उद्धार गर्न नसकिएको सेनाले जनाएको छ । ती गाउँका पाँचजनालाई बाढीले बगाएको खबर आएको र बाँकीको उद्धार प्रयास भइरहेको सशस्त्र प्रहरीको सिद्धकाली गणका गणपति खड्गबहादुर राईले बताए ।
फोटो :- बिरेन्द्र
काठमाडांैबाट आएको सेनाको हेलिकोप्टरले कोसीटप्पु वन्यजन्तु आरक्षका लागि खटिएको सेनाको श्रीबक्स गुल्मका सैनिक र आरक्ष केन्द्रका कर्मचारीहरूलाई उद्धार गरिरहेको छ । उनीहरूको उद्धारपछि स्थानीय बासिन्दालाई पनि उद्धार गरी सदरमुकाम इनरुवा ल्याइने गणपति राईले बताए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली डुबान क्षेत्रमा तैनाथ छन् । पानीको बहाव तीव्र रहेकाले सुनसरीका अन्य एक दर्जनभन्दा बढी दक्षिणवर्ती गाविस खतरामा छन् । अर्ना र चराको एक मात्र संरक्षित क्षेत्रको रूपमा चिनिएको कोसीटप्पु आरक्ष केन्द्र पनि पूरै डुबानमा छ । आरक्ष केन्द्रका रुखहरूको टुप्पा मात्र देखिएका छन् । कतिपय स्थानीय बासिन्दा बाढीबाट जोगिन रुखका टुप्पामा चढेर उद्धारको प्रतीक्षा गरिरहेका छन् । उद्धारकर्मीहरू जान नसकेका कारण कतिपय स्थानीय बासिन्दा रोइरहेका छन् । स्थानीय बासिन्दा आफ्नो घरबार छोडेर कपडा र वस्तुभाउ लिएर सदरमुकाम इनरुवा, मधुवन र लौकहीमा आउने क्रम जारी छ । ४० हजार विस्थापित भएपछि राहत र उद्धारका लागि जिल्ला दैवी प्रकोप उद्धार समिति सुनसरीले सहयोगका लागि सबैसँग आग्रह गरेको छ । सोमबार दिउँसो बसेको आपतकालीन बैठकले प्रभावित गाविसका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा आउन आग्रहसमेत गरेको छ । विस्थापित भएकालाई सोमबारको रात जिल्ला प्रशासन कार्यालयले सुनसरी सदरमुकाम इनरुवाका सबै मावि, निमावि र प्राविमा बस्ने र खाने व्यवस्था गरेको छ । उनीहरूलाई राहतका लागि सहयोग गर्न प्रशासनले सबैलाई आग्रह गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । भारत सरकारको बेवास्ताका कारण बाँध भत्कन गई हजारौं स्थानीय बासिन्दा घरबारविहीन भएपछि उनीहरूको उद्धार, राहत प्रदान गर्न तथा बाँध पुनर्निर्माण गर्न क्षेत्रीय प्रशासन कार्यालय धनकुटाले पनि सुरक्षा निकाय र उद्धारकर्मी परिचालन गर्ने निर्णय गरेको छ । भारत सरकारले सम्झौताअनुरूप मर्मतसम्भार नगरेकाले बाँध फुटेर जिल्ला नै खतरामा परेको प्रजिअ भण्डारीले बताए । भारत सरकारले कोसी ब्यारेज सय वर्षका लागि लिजमा लिएको हो । यो अवधिमा कुनै समस्या आए वा मर्मत गर्नुपरे भारतले गर्नुपर्ने सम्झौता गरे पनि भारतको तर्फबाट समयमै ध्यान नदिँदा बाँध फुट्न गई सुनसरी जिल्ला नै खतरामा परेको हो । बाँध फुटेपछि नेपालको एक मात्र अर्ना र विभिन्न प्रजातिका चरा पाइने कोसीटप्पु वन्यजन्तु आरक्ष केन्द्रमा पनि पानी पसेर जलमग्न भएको संरक्षण अधिकृत मनोज शाहले बताए । दुई साताअघि नै बाँध फुट्ने संकेत देखिएको र प्रशासनलाई जानकारी गराएको तर नियन्त्रणका लागि कुनै पहल नगरिएकाले यो परिस्थिति आइपरेको शाहले बताए । स्थानीय बासिन्दाले बाँधहरू कटान भइरहेको जानकारी दिएको र आफ्नो कार्यालयको तर्फबाट पनि तत्कालै भारत सरकारलाई जानकारी दिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । तर, समयमा ध्यान नदिँदा घटना भएको उनले बताए । कटान भइरहेको बाँध सोमबारदेखि नै मर्मत गर्ने आश्वासन भारतले दिएको तर सोमबारबाटै बाँध फुटेको उनले बताए । बाँध फुटेपछि सोमबार बिहान कोसी ब्यारेजमा भारत र नेपालका सुरक्षा अधिकारीहरूबीच बाँध पुनर्निर्माण गर्ने विषयमा कुराकानी भएको छ । कुराकानी भारतको तर्फबाट सुपोल जिल्लाका डिएम सरिफ आलाम र सुनसरीका प्रमुख जिल्ला अधिकारी भण्डारीबीच भएको थियो । कुराकानीमा बाँध निर्माणका लागि आवश्यक सामग्री र जनशक्ति सोमबारबाटै पठाउन भारतीय पक्ष्ा सहमत भए पनि सोमबार रातिसम्म कोही पनि आइनपुगेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । बाँध फुटिसकेकाले अब तत्काल बाँध निर्माण गर्ने सम्भावना कम रहेको उनले बताए । भ्ाारत सरकारले लिजमा लिई प्रयोग गर्दै आएको कोसी ब्यारेजको पानी निकासीका लागि पर्याप्त ढोका नखोलिँदा बढेको पानीको चापका कारण बाँध कटान सुरु भएको थियो । सम्भावित खतरालाई मध्यनजर गर्दै सुनसरी प्रशासनले उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ भने जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरू, रेडक्रसकर्मीहरू घटनास्थलमा छन् । स्थिति नियन्त्रण गर्न प्रशासनले बिहान १० बजेदेखि त्यहाँका सबै ढोका पूर्णरूपले खोलिदिएको छ भने सो क्षेत्रमा उत्पन्न्ा खतरालाई मध्यनजर गर्दै प्रशासनले पौडीवाजसमेत परिचालन गरेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । विस्थापित बासिन्दा पूर्व-पश्चिम राजमार्गको हरिपुर खण्डको सडकमा बसेका छन् ।

2:56:00 am

प्रधानमन्त्रीद्वारा एक्लै शपथ !

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं । झण्डै दुई दर्जन पार्टीको साथ पाएर निर्वाचित भएका प्रधानमन्त्री पुष्पकमल दाहालले लामो कसरत गर्दा पनि शपथ अगाडि नयाँ सरकारको स्वरुप तयार गर्न असफल भएका छन् ।सामान्यतया प्रधानमन्त्रीको शपथ अगाडि नै सरकारको स्वरुप निर्माण गरी प्रधानमन्त्रीको शपथपछि मन्त्रीहरुले पनि शपथ लिने परम्परा रहे पनि यसपटक प्रधानमन्त्री दाहालले एक्लै राष्ट्रपति समक्ष शपथ लिने भएका छन् । गठबन्धनका प्रमुख दलहरुबीच मन्त्रालय बाँडफाँडमा कुरा नमिलेपछि दाहालले एक्लै शपथ लिने भएका हुन्

राष्ट्रपति समक्ष प्रधानमन्त्रीले आज दिउँसो ३ बजे शपथ लिने कार्यक्रम रहेको छ । गठबन्धनका प्रमुख तीन दल माओवादी एमाले तथा फोरमबीच प्रधानमन्त्रीको शपथ अगाडि नै मन्त्रालय बाँडफाँडको टुंगो लगाउने तयारी भए पनि गठबन्धन दलभित्रै पनि सरकारमा को को सहभागी हुने भन्ने आन्तरिक खिचातानी भएकाले आजै मन्त्रीको टुंगो लाग्ने सम्भावना कम रहेको छ । अन्य दलभित्र सहमति भई मन्त्रालय टुंगो नलगाए भोलिसम्म माओवादीले आफ्नो पार्टीका मन्त्रीलाई मात्र लिएर सरकार गठन गर्ने तयारी भएको बताइएको छ । पछि थप्ने गरी तत्काल माओवादीले आफ्नो तर्फबाट डा। बाबुराम भट्टराईलाई अर्थ रामबहादुर थापालाई रक्षा तथा कृष्णबहादुर महरा पम्फा भूसाल जयपुरी घर्तीको मन्त्रालय टुंगो नलागेको लगायतलाई लिएर सरकार गठन गर्ने बुझिएको छ ।त्यस्तै एमालेभित्र सुरेन्द्र पाण्डे भीम रावल रामचन्द्र झा पृथ्वीसुब्बा गुरुङको टुंगो लागे पनि सरकारमा कसले प्रतिनिधित्व गर्ने नेताहरुमा नै खिचातानी भइरहेको छ । विष्णु पौडेल वामदेव गौतम अमृत बोहरा ईश्वर पोखरेल कसले सरकारमा एमालेको नेतृत्व गर्ने खिचातानी भएको छ ।त्यस्तै फोरममा पनि उपेन्द्र यादवले विजय गच्छेदारले नेतृत्व गर्ने वा अन्य नेताले नेतृत्व गर्ने भन्ने विषयमा विवाद उत्पन्न भइरहेको छ । मालेबाट सीपी मैनाली आफैं जाने भन्दै भूमिसुधार मन्त्रालय दाबी गरेका छन् ।यसैबीच नवनिर्वाचित प्रधानमन्त्री दाहालले कोट पाइन्टमा नै शपथ लिने भएका छन् । एमाले शीर्ष नेतासँग आइतबार भएको छलफलमा कानुनी व्यवस्था परिवर्तन नगरेसम्म दौरासुरुवालमा शपथ लिने कानुनी र विगतका प्रचलनलाई अंगाल्न सुझाव दिइएको भए पनि अन्तर्राष्ट्रिय मान्यताको उदाहरण दिँदै दाहालले कोट पाइन्ट लगाउने जानकारी दिएका थिए ।

3:10:00 am

उपराष्ट्रपतिको घरमा विस्फोट

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं/ उपराष्ट्रपति परमानन्द झाको घरमा बम विस्फोट भएको छ । लोडसेडिङ भएको बेला आइतबार साँझ करिब साढे सात बजे मोटरसाइकलमा आएका दुईजनाले बम पड्काएका हुन् । विस्फोट हुँदा उपराष्ट्रपति झा सपरिवार घरभित्रै थिए । झा र उनका परिवार सकुशल छन् भने सुरक्षामा खटिएका एक सैनिक जवान घाइते भएका छन् । गम्भीर घाइते प्युठ श्रीप्रसाद सर्बुजालाई सैनिक अस्पतालमा भर्ना गरिएको छ । झाको घरको पछाडिपट्टबिाट बम हानिएको थियो । घटना भएलगत्तै उपराष्ट्रपतिको घरको निरीक्षणका लागि गृहसचिव उमेश मैनाली, प्रहरी महानिरीक्षक ओमविक्रम राणा, महानगरीय प्रहरी आयुक्त हेमबहादुर गुरुङ र महानगरीय प्रहरी परिसरका एसपी सर्वेन्द्र खनाललगायतका प्रमुख प्रहरी अधिकृतहरू गौरीघाटमा पुगेका थिए । प्रहरी स्रोतका अनुसार उप- राष्ट्रपतिको निवासमा आक्रमणकारीले सुतली बम प्रहार गरेका थिए । सेन्ट्रीपोस्टमुनि नै विस्फोट भएकाले सैनिक प्युठ घाइते भएका हुन् । विस्फोट भएलगत्तै बम प्रहार गर्ने समूह खोज्न र उपराष्ट्रपतिलाई सुरक्षा दिन व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले अहिलेसम्म कसले बम पड्काएको हो सो पत्ता लगाउन सकेको छैन । महानगरीय प्रहरी प्रभागका अनुसार उपराष्ट्रपतिको निवास क्षेत्र सामान्य छ । विस्फोट गराउनेले घटनास्थलमा कुनै पर्चा र संकेत नछोडेको प्रहरी निरीक्षक गंगा पन्तले जानकारी दिइन् । उनले भनिन्, 'हामी अनुसन्धान गरिरहेका छौं, तर यसैले घटना घटाएको हो भन्ने आधिकारिक कुनै तथ्य फेलापरेको छैन ।' उनका अनुसार विस्फोबाट उपराष्ट्रपतिको घरको एउटा झ्यालको सिसा फुटेको छ ।

2:20:00 am

एकै बेतमा सात सन्तान

सामग्री प्रस्तुति Ram Prasad Panta

कायरो/ इजिप्टको तटीय सहर अलेक्जान्दि्रयामा एउटी २७ वषीया महिलाले शनिबार एकै बेतमा सात सन्तान जन्माएकी छिन् । एल सात्वी अस्पतालका निर्देशक यमाद दार्बिसले गजला खामिस नामकी ती महिलाको स्वास्थ्यस्थिति राम्रो रहेको बताएका छन् । ती सातै बच्चा अपरेसन गरेर जन्माइएका हुन् । नवजात शिशुमा चार छोरा र तीन छोरी छन् । उनीहरूको तौल ३.२ देखि ६.१७ पाउन्डसम्म रहेको दार्बिसले बताएका छन् । उनीहरूलाई चार विभिन्न अस्पतालका इन्कुवेटरमा राखिएको छ । 'यो अत्यन्त दुर्लभ गर्भावस्था हो । मेरो ३३ वर्षको व्यावसायिक जीवनमा मैले यस्तो कहिल्यै देखेको थिइनँ,' दार्बिस भन्छन् । आठ महिनाको गर्भावस्थामा मिर्गौलामा दबाब परेपछि दार्बिस खामिसको अपरेसन गर्ने निधोमा पुगेका थिए । खामिसका यसअघि तीन छोरी छन् । छोरा पाउने लोभमा उनले प्रजनन औषधि सेवन गरेकी थिइन् । फलस्वरूप अहिले सात सन्तान जन्माउन पुगिन् । उनी बेहैइरा प्रान्तका किसानकी श्रीमती हुन् । दुई महिनाअघि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । 'प्रारम्भिक परीक्षणबाट यी शिशुमा कुनै पनि प्रकारको विकलांगता वा अपूर्ण अंग भएको देखिएन,' दार्बिस भन्छन् । इजिप्टका स्वास्थ्यमन्त्रीले यी शिशुलाई दुई वर्षसम्म निःशुल्क रूपमा दूध र डायपर उपलब्ध गराउने घोषणा गरेका छन् ।

2:16:00 am

कक्षाभित्र बन्दुक ल्याउन अनुमति

सामग्री प्रस्तुति Ram Prasad Panta

टेक्सास/ संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यको विद्यालय क्षेत्रमा शिक्ष्ाकलाई कक्षाकोठामा बन्दुक ल्याउन यस वर्षको शरद ऋतुदेखि अनुमति दिने जिल्ला निरीक्षकले शुक्रबार बताएका छन् । ग्रामीण क्ष्ाेत्रमा अवस्थित ह्यारोल्ड इन्डिपेन्डेन्ट स्कुलको बोर्डले शिक्ष्ाकलाई कक्षाकोठाभित्र बन्दुक ल्याउन पाउने नीतिलाई पारित गरेको जिल्लाका निरीक्षक डेभिड थेवेटले बताए । उनका अनुसार, अभिभावकले यसमा कुनै आपत्ति जनाएका छैनन् । ह्यारोल्डमा एक सय १० विद्यार्थी अध्ययनरत छन् । सुरक्षा पक्षलाई मध्यनजर गर्दै शिक्षकलाई कक्षा कोठामा बन्दुक ल्याउन दिइएको थेवेटले बताएका छन् । कक्षामा गोप्य रूपमा हातेबन्दुक ल्याउन चाहने शिक्ष्ाकले बन्दुक दर्ता गर्नुका साथै विद्यालयबाट बन्दुक ल्याउने अनुमति लिनुपर्ने उनले बताए । कक्षाकोठाभित्र हातेबन्दुक ल्याउन चाहने शिक्ष्ाकले जोखिमय स्थिति व्यवस्थापन तालिम लिएको हुनपर्नेछ । अमेरिकाका विद्यालयमा समयसमयमा बन्दुक प्रहार हुने गरेकाले विद्यालयको अनुमति लिएर विद्यार्थी र शिक्षकलाई गोप्य रूंपमा बन्दुक ल्याउने दिने माग उठिरहेको छ । एकपटक, अमेरिकी कंग्रेसले राष्ट्रव्यापी रूपमा हातेबन्दुकलाई विद्यालयमा प्रतिबन्ध लगाएको थियो । तर, अमेरिकी सर्वाेच्च अदालतले बन्दुक बोक्न पाइने पक्षमा फैसला गर्‍यो । तर, राज्य तथा स्थानीय निकायले आफ्नो कानुन लागू गर्न पाउँछन् । टेक्सासमा विद्यालयको अनुमतिबिना हातेबन्दुक ल्याउन प्रतिबन्ध छ ।

3:51:00 am

कुखुरा वेचेर चामल खरीद गर्दैछन

सामग्री प्रस्तुति Ram Prasad Panta

- केशव शर्मा , रुकूम (नेपाल)
आफुसग भएको अनाजले खान नपुगेपछि रोल्पाका ग्रामीण भेगका मानिस कुखुरा वाख्रा वेचेर चामल खरीद गरीरहेका छन । जिल्लाका उत्तरीभागका धवाङ ह्वामा राङसी जेलवाङ लगाएतका गाउ विकास समितिहरुमा खाद्यान्न अभाव भएपछि उनिहरुले खानकैलागी आफुसंग भएका कुखुरा वाख्रा भाडाकुडा लगाएतका वस्तु वेचेरै भएपनि खाद्यान्नको जोहो गरीरहेका छन । रोल्पाका धेरै गाउमा भोकमरी समस्या देखिएको छ । जिल्लाका राङ्सी भाबाङ घर्तीगाउ ओत मिरुल कोटगाउ तथा धबाङका गाउमा बढी भोकमरी देखिएको हो । अभाव भएपछि गाउमा मकै र गहुूको व्यापक रुपमा खोसाखोस हुन थालेको छ । तर गाउमा अन्न पाउन छोडेपछि मानिसहरु टाढा टाढासम्म पुगेर अन्न बेसाहा गर्न थालेका छन् । राङ्सीका नारायण बाूठाका अनुसार गाउमा स्थानीय उत्पादन पाउन सकिएको छैन । एक पाथी मकैको मोल १ सयसम्म भएको उनले बताए । विगतका वर्षहरुमा एक पाथी मकैको मूल्य ४० मा पाउन सकिन्थ्यो । राङ्सीको २ ५ र ६ वडामा व्यापक भोकमरी भएको छ यसैगरी कोर्चाबाङमा ५० घरलाई भोकमरीले सताएको छ । स्थानीय राजनीतिकर्मी प्रेम घर्तीका अनुसार गाउमा दलित र मगरहरु भोकमरीको पीडामा परेका छन् । ओतमा पनि भोकमरी परेको छ । गाउमा अन्न उत्पादन हुन नसकेका कारण यसपालि भोमारी बढेको गाउलेहरुले बताए । जिल्लामा एकातिर हालको समयमा खाद्यान्न समस्या दैखिएकौ छभनै अर्कोतर्फ यसपालीको मकैमा रोग लागेकाले अवको सिजनमा खाद्यान्न समस्या झन वढेर जाने देखिएको छ । त्यसैले यसको दिर्घकालीन समाधानका लागी समयमै पहल गर्नुपर्ने देखिन्छ । रोल्पाका उत्तरी गाउविकास समितिहरुमा कृषकको आफ्नो उत्पादनले वर्षभरी खान नपुग्ने भएकाले उत्पादन भित्राएको ३ ४ महिनापछि खाद्यान्न वेसाहा गर्दै जिविकौपार्जन गर्दै आएका छन । जिल्ला कृषि विकास कार्यालयका अनुसार रोल्प्ाामा वर्षैसाल भोकमरी पर्दै आएको छ । २ लाख १० हजार जनसंख्या रहेको रोल्पामा करिब ८० प्रतिशत परिवारले वर्षैसाल बेसाहा गरेर बाूच्दै आएको कार्यालयले जनाएको छ । कृषि विकास अधिकृत शरदचन्द्र श्रेष्ठका अनुसार गाउमा नयाू प्रविधि र नयाू सीप प्रयोगमा ल्याउन नसकेकाले अन्न कम अत्पादन भएको हो कृषिले तयार एक तथ्याङ्कका अनुसार रोल्प्ाामा २२ हजार मेटि्रक टन अन्न छिमेकी जिल्ला वा बाहिरबाट खाद्यान्न वार्षिक रुपमा आयात गर्नु पर्छ । जिल्लाका करिब २० प्रतिशत किसानलाई मात्र आफैले उब्जाएको अन्नबाट वर्षभरि खान पुग्छ यता खाद्य संस्थान कार्यालयले रोल्प्ाामा सातामा ३ दिन चामल विकि्र गर्दै आएको छ । खाद्य संस्थान रोल्पाले गाउ विकास समितिको सिफारिसमा सदरमुकामका मानिसलाइ प्रतिव्यक्ति १० किलो तथा सदरमुकाम वाहिरका जनतालाइ प्रतिव्यक्ति ३० किलो चामल विकि्र गर्ने गरेको छ । तर यसरी विकि्र गर्ने चामल सदरमुका व्यापारीहरुले परीवारनै लाइनमा वसेर लिने अनि गाउवाट आउने सर्वसाधारणलाइ वैच्ने गरीरहेको गुनासो सर्वसाधारणहरुको रहैको छ । उनीहरुले सदरमुकाम वासीलाइ चामल विकि्रनगरी भोकमरी फैलीएका गाउविकाससमितिहरुमा चामल विकि्र गरीनुपर्ने धारणा राखैका छन । संस्थानले रोल्प्ाामा आरुवा मोटा जापानिज मोटा र भारतीय मोटा चामल बिक्री गर्दै आएको छ ।

2:40:00 am

यात्रा बंकरदेखि बालुवाटारसम्म

सामग्री प्रस्तुति Ram Prasad Panta

१ फागुन २०५२ :गणतन्त्र स्थापनाका लागि माओवादी नेतृत्वमा सशस्त्र जनयुद्ध सुरु । ३१ साउन २०६५ :माओवादी अध्यक्ष प्रचण्ड गणतन्त्र नेपालका प्रधानमन्त्री निर्वाचित । जनयुद्ध सुरु गरेको १२ वर्ष पाँच महिनापछि माओवादी अध्यक्ष प्रचण्डले गणतान्त्रिक नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्दै इतिहास बनाएका छन् । चुनाव सकिएको चार महिनापछि संविधानसभाको सबैभन्दा ठूलो दलका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका हुन् । संविधानसभा चुनावमा दुई क्षेत्रबाट चुनिने पाँच सभासद्मध्ये एक हुन् प्रचण्ड । उनी रोल्पा २ र काठमाडौं १० बाट चुनिएका हुन् । सशस्त्र जनयुद्ध थालनीपछि राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएका प्रचण्ड र उनका सहकर्मीहरूलाई आतंककारी घोषणा गरेर २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले टाउकाको मोल तोकेको थियो । संयोगै हो, गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्री बन्ने होडमा प्रचण्डका प्रतिस्पर्धी थिए उनै देउवा । देउवाले भन्दा चार गुनाभन्दा बढी मत ल्याएर प्रचण्ड प्रधानमन्त्री भएका छन् । माओवादी सशस्त्र युद्ध हाँक्ने प्रचण्डलाई मन पराउनेहरू उनलाई 'स्वप्निल' नेता भन्छन् भने विरोधीहरू महत्त्वाकांक्षी भन्छन् । प्रचण्डलाई 'पहिलो राष्ट्रपति'को प्रस्ताव गरेर माओवादी संविधानसभा चुनावमा होमिएको थियो । संविधानसभा चुनावमा माओवादीले कार्यकारी राष्ट्रपतिको प्रस्ताव गरेको थियो । तर, चुनावपछि राष्ट्रपतिलाई 'सेरेमोनियल' मान्ने व्यवस्था भएपछि प्रचण्ड प्रधानमन्त्री बन्न तयार भएका थिए । नेपाली राजनीतिको दुनियाँमा 'ट्याक्टफुल' नेताका रूपमा चिनिन्छन् प्रचण्ड । संसद्वादी दल र राजालाई उपयोग गरेर होस् या फुटाएर, प्रचण्डले नेतृत्व गरेको माओवादीले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्दै आएको विश्लेषकहरूको भनाइ छ । प्रचण्ड राजनीतिक खेलमा माहिर मात्र होइन, कुशल संगठक पनि मानिन्छन् । आफ्नै पार्टीभित्र र बाहिरको द्वन्द्वलाई पहिचान गरी समाधान गर्न र समन्वय गर्न उनी सिपालु मानिन्छन् । सैन्य तथा दर्शनको क्षेत्रमा उनलाई यो तहमा पुर्‍याउने हस्ती मानिन्छन्- मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई र रामबहादुर थापा बादल । मुक्तिराम र भवानी दाहालका ६ छोरी र दुई छोरामध्ये सबैभन्दा जेठा छोरा हुन् प्रचण्ड । उनका एक मात्र भाइ गंगाराम दाहालले वनविज्ञानमा विद्यावारिधि गरेका छन्, उनी इन्डोनेसियामा बस्दै आएका छन् । प्रचण्डका बहिनीहरू अप्सरा भण्डारी, सीता अधिकारी, कमला पौडेल, विष्णु भण्डारी र सरस्वती पाठक हुन् ।गोठाला प्रचण्डःकास्कीको ढिकुरपोखरी-२ लेवाडेमा निम्नमध्यम वर्गीय किसान परिवारमा प्रचण्ड २०११ मंसिर २६ मा जन्मेका थिए । आठ वर्षको उमेरसम्म उनी 'बाख्रा गोठालो' लागेका थिए । परिवार चितवनको शिवनगर झरेपछि दुई वर्षसम्म पनि प्रचण्डले स्कुल नगई भैंसी चराए । संयोग ! गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव पनि सानो छँदा भैंसी गोठला नै थिए । हुन त उनी ०१७ देखि ढिकुरपोखरीकै महेन्द्र प्राविमा भर्ना भएका थिए । तर, स्कुल गएनन्, क्लास पनि चढेनन् । परिवार ०१९ मा चितवनस्थित शिवनगर- ८ भीमसेननगर झर्‍यो । दुई वर्ष भैंसी चराएपछि मात्र उनी नारायणी विद्यामन्दिर शिवनगरमा भर्ना भए । तर, एकैचोटि तीन कक्षामा भर्ना भए । चार कक्षामा दोस्रो भए । पाँचबाट उनी सिधै सातमा उक्लिए । १० कक्षामा उनी प्रथम भए । डा. बाबुराम भट्टराई बोर्ड प्रथम भएको ०२६ मा नै प्रचण्डले दोस्रो श्रेणीमा एसएलसी पास गरे । एसएलसी रिजल्ट आउँदा उनका बुबा मुक्तिराम बर्दियामा जग्गा खुलेको भन्दै बर्दिया गएका थिए । उनकी आमाले दुई सय रुपैयाँ सापटी खोजेर पढ्न काठमाडौं पठाएकी थिइन् । पाटन संयुक्त क्याम्पस पाटनमा आइएस्सीमा भर्ना भए । पाटन क्याम्पसमा ०२७ देखि ०२९ सम्म आइएस्सी पूरा गरे । त्यसपछि उनी चितवन फर्किए । चितवनस्थित रामपुर कृषि क्याम्पसबाट उनले कृषिमा स्नातक गरे । स्नातकोत्तर अध्ययनका लागि उनी फेरि काठमाडौं छिरे । जनप्रशासन पढे । तर पूरा गरेनन् । घरजम१० कक्षा पढ्दा ०२६ वैशाखमा सीता पौडेलसँग प्रचण्डको मागीबिहे भयो । प्रचण्डपत्नी सीता माओवादी केन्द्रीय सल्लाहकार हुन् । प्रचण्ड दम्पतीका तीन छोरी र एक छोरा छन् । माहिली छोरी रेणु समानुपातिकबाट सभासद् छिन् । रेणुका पति अर्जुन पाठक माओवादीको नेवा राज्य समिति सदस्य छन् । जेठी छोरी ज्ञानु दाहालका पति अर्जुन खत्री 'सागर' माओवादी चितवन सदस्य छन् । कान्छी छोरी गंगा दाहालको बिहे भारतको सिलगुढीमा नारायणविक्रम प्रधानसँग भएको छ । प्रधान जनयुद्धकालमा मोहन वैद्य किरणसँगै सिलगुढीमा पक्राउ परेका थिए । प्रचण्डपुत्र प्रकाश दाहाल माओवादी राज्य समिति सदस्य छन् । छविलाल भए पुष्पकमल कक्षा १० मा छँदा छविलाल दाहालबाट उनले नाम परिवर्तन गरे- पुष्पकमल दाहाल । भूमिगत राजनीतिमा प्रवेश गरेपछि उनले कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम प्रयोग गरे । तर, सशस्त्र जनयुद्धले उनलाई प्रचण्डको रूपमा स्थापित गरिदियो । उनले पकटपटक भनेका छन्, 'मलाई प्रचण्ड नाम नै प्यारो लाग्छ ।'आइएस्सी सकेर प्रचण्ड चितवन फर्किए । उनले एसएलसी पास गरेको विद्यालय नारायणी विद्यामन्दिर मावि शिवनगरमै ०२९ मा पढाए । यही वर्ष उनले नवलपरासीस्थित डण्डा माविमा पनि पढाए । राष्ट्रिय स्वयंसेवक तालिमअन्तर्गत उनलाई तेह्रथुम आठराईमा खटाइएको थियो । तर, उनले गोरखा आरुघाटको भीमोदय माविमा पढाउने अवसर मिलाए । आरुघाटमा ०३३ देखि ०३५ सम्म पढाए । उनले ०३२ मा अमेरिकी सहयोग संस्था युएसएडमा पनि काम गरे । राजनीतिमा साइत एसएलसीको समयमा नै प्रचण्डलाई राजनीतिको हावाले छोएको थियो । संयोग ! शिवनगरको नहरदेखि तलको बस्तीमा कम्युनिस्ट र माथि रहेछन् कांग्रेस । प्रचण्डको घर नहरदेखि तल थियो, त्यसैले प्रचण्डले ०२८ मा पुष्पलाल समूहको पार्टी सदस्यता लिए । त्यतिखेर पुष्पलाल समूहमा रहेका (पछि सर्वहारावादी श्रमिक संगठनका नेता) रूपलाल विश्वकर्माले उनलाई सदस्यता दिएका थिए । ०३१ मा प्रचण्डसहित रामबहादुर थापा बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेल मिलेर 'माक्र्सवादी अध्ययन समूह' गठन गरे । ०३४ मा खम्बसिंह कुँवरबाट सदस्यता लिएर उनी चौथो महाधिवेसनमा प्रवेश गरे । गोरखाको आरुघाटबाट मास्टरी छाडेर चितवन फर्किएपछि उनी पार्टीको पूर्णकालीन कार्यकर्ता भएर हिँडे । पूर्णकालीन भएको एक वर्षपछि अर्थात् ०३६ मा चौथो महाधिवेसनको चितवन जिल्ला समितिमा पुगे । ०३८ मा क्षेत्रीय ब्युरो सदस्य र अखिल नेपाल युवक संघको महासचिव बने । ०४० मा उनी संघको अध्यक्ष बने । उनले अयोध्यामा भएको पार्टीको प्लेनममा भाग पनि लिए । त्यही वर्ष मोहनविक्रम सिंह र निर्मल लामा गरी पार्टी दुई भागमा विभाजित भयो । उनी लागे मोहनविक्रमतिर । ०४१ मा नेकपा मशालको पाँचौं केन्द्रीय महाधिवेसनबाट उनी केन्द्रीय समितिमा निर्वाचित भए । उनी ०४२ मा नेकपा मशालको पोलिटब्युरो सदस्य भए । पार्टीभित्र द्वन्द्व चर्किएपछि ०४२ मा फेरि मोहनविक्रम सिंहले नेतृत्व गरेको पार्टी पनि फुट्यो । मोहन वैद्य किरणले नेतृत्व गरेको बहुमतपक्षतिर लागे प्रचण्ड । मोहनविक्रम सिंहको नेकपा मसाल (पातलो स) र मोहन वैद्य किरणले नेतृत्व गरेको मशाल (मोटो श) को रूपमा चिनियो । प्रचण्ड भए महामन्त्री ०४४ मा भएको 'सेक्टर आन्दोलन'को असफलतापछि मोहन वैद्य किरणले महामन्त्री पद त्यागे । महामन्त्री भए प्रचण्ड । ०४६ मा प्रचण्ड नेकपा मशालको महामन्त्री बने । उनले ०४६ को आन्दोलनमा पार्टीको भूमिका राजधानीमै बसेर निर्वाह गरे । ०४८ मा रूपलाल विश्वकर्माले नेतृत्व गरेको सर्वहारावादी श्रमिक संगठन, निर्मल लामाले नेतृत्व गरेको चौथो महाधिवेसन र प्रचण्डले नेतृत्व गरेको नेकपा मशालबीच एकता भएर बन्यो- नेकपा एकता केन्द्र । र, त्यसको महामन्त्री बने प्रचण्ड । नेकपा एकता केन्द्रको चुनावी मोर्चा संयुक्त जनमोर्चा नेपाल बन्यो । डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको जनमोर्चाले ०४८ को संसदीय चुनावमा नौ सिट जितेर तेस्रो ठूलो दल बन्यो । संसदीय व्यवस्थाको भण्डाफोर गर्न भन्दै मोर्चा संसद्मा थियो, पार्टीले सशस्त्र जनयुद्धको तयारी गर्‍यो । तत्काल जनयुद्ध थाल्ने विषयमा प्रचण्ड र निर्मल लामा समूह (जसको नेतृत्व अहिले प्रकाशले गरेका छन्) बीच द्वन्द्व चर्कियो । अन्ततः ०५१ मा नेकपा एकता केन्द्र विभाजित भयो । प्रचण्ड समूहले बनायो नेकपा माओवादी र प्रकाश समूहले उही नाम कायम गर्‍यो- नेकपा एकता केन्द्र । सशस्त्र संघर्ष गर्नुपर्छ भन्ने समूहको नेतृत्व गरेका प्रचण्ड ०५१ मा नेकपा माओवादीको महामन्त्री बने । ०४६ को जनआन्दोलनताकादेखि जनयुद्ध थालनीसम्म ललितपुरमा डेरा लिएर बसेका थिए प्रचण्ड । तर, जनयुद्धको थालनीसँगै उनी र उनका सहकर्मीको कडा भूमिगत जीवन थालनी भयो ।जनयुद्ध थालिएको एक महिनापछि स्याङ्जाको एउटा गाउँमा पोलिटब्युरो बैठक बस्यो । बैठकपछि प्रचण्ड केही समय लुम्लेको कृषि फाराम बसे । त्यसपछि उनी भारतको सिलगुढी छिरे । जनयुद्ध थालिएको पाँच महिनापछि सिलगुढीमा केन्द्रीय समितिको बैठक बस्यो । नेपाल आउन-जान सजिलो भएकाले माओवादीको हेडक्वार्टर सिलगुढीमै राखियो, एक वर्षसम्म । भूमिगत रूपमा उनी गाजियावाद, पञ्जाब, जालान्धरमा बसेर जनयुद्ध हाँके । प्रचण्ड डेढ वर्ष मुम्बई पनि बसे । माओवादी अध्यक्ष २०५७ मा भएको माओवादी दोस्रो राष्ट्रिय सम्मेलनबाट माओवादी महामन्त्री प्रचण्ड पार्टी अध्यक्ष बने । सशस्त्र संघर्ष गर्न गठन भएको जनमुक्ति सेनाको सर्वोच्च कमान्डर बने २०५८ म्ाा । भारतमा माओवादी नेता भकाभक पक्राउ पर्न थालेपछि प्रचण्ड नेपाल फर्किए । हेडक्वार्टर रोल्पा सर्‍यो । जनयुद्धका पछिल्ला वर्ष हेडक्वार्टर रोल्पा र रुकुममा बस्यो । शाहीकालमा पनि प्रचण्ड रोल्पा-रुकुमै रहे । प्रचण्डले ०६३ सम्म भूमिगत राजनीतिक जीवन बिताए । प्रचण्ड असार २ ०६३ मा बालुवाटारमा सार्वजनिक भए । त्यस दिनयता प्रधानमन्त्री प्रचण्डको खुला राजनीति सुरु भयो । माओवादीको प्रत्यक्ष भूमिकामा शान्ति-सम्झौता, अन्तरिम संविधान र व्यवस्थापिका संसद्को अभ्यास पूरा गर्दै संविधानसभा चुनाव पनि सम्पन्न भएको छ । चुनावपछिको चारमहिने खिचातानीपछि शुक्रबार माओवादी अध्यक्ष प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । रोल्पा र रुकुममा बंकरमा बसेर जनतालाई सपना बाँड्ने प्रचण्ड अब प्रधानमन्त्री निवास बालुवाटारमा बसेर जनताका सपना पूरा गर्ने भूमिकामा पुगेका छन् । प्रचण्डले गणतन्त्र स्थापनाका लागि हाँकेको जनयुद्धमा १३ हजार दुई सय ४६ मानिस मारिए । सयौं अहिले पनि बेपत्ता छन् । गणतन्त्र स्थापना भएर शक्तिशाली प्रधानमन्त्री भएका प्रचण्डले जनयुद्ध र जनआन्दोलनका सहिद र बेपत्ता परिवारको सपना र विश्वास कसरी पूरा गर्छन् ? जनता प्रतीक्षा गरिरहेका छन्, प्रचण्डको अग्निपरीक्षा सुरु भइसकेको छ । - नवीन विभास/नयाँ पत्रिका

2:34:00 am

हिन्दुहरुको महान पर्व रक्षाबन्धन मनाईदै

सामग्री प्रस्तुति Ram Prasad Panta

आज नेपाल अधिराज्यभर हिन्दु धर्मावलम्बिहरु ऋषि तर्पणी अर्थात रक्षाबन्धन पर्व मनाउँदैछन्। जनै लगाउनेले आज ऋषिहरुको सम्झनागर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी र दत्तिवनले स्नानगरी बिशेष मन्त्रद्धारा मन्त्रिएको जनै लगाउने गर्दछन्। पौराणिक मान्यता अनुसार रक्षाबन्धनको सम्बन्ध दानबी शक्तीबाट दपेटिएको देवशक्तिलाई देबराज ईन्द्रका गुरु बृहस्पतिद्धारा रक्षाबिधान तयार गरी जोगाईएको तथा बामन अवतार बिष्णुद्धारा दैत्यराज बलिलाई बचनबद्ध गराई तिनैलोक लिएको स्मृतिसँग जोडिएको छ। आज बाँधिएको यो डोरी गाईतिहारका दिन गाईको पुच्छरमा बाँधेमा मृत्युपछिको बैतरणी पार होईन्छ भन्ने जनधारणा छ। कृषि प्रधान हाम्रो मुलुकमा खेतिपातिको काम सकिने तथा बर्षाभरीको हिलोपानिमा चलेर गर्मि सर्दीले प्रभावित शरीरमा पुनः उर्जा ल्याउन नौ जातका अंकुरीत गेडागुडि मिसाएर पकाएको पौष्टिक तत्वयुक्त क्वाँटि खाने गरिन्छ। जनैमा प्रयोग भएका ९६ धागा ९ गुना ३ डोरा ५ ग्रन्थि मध्ये ९६ धागाले चार बर्ष पूराभई पाँचौं बर्षमा प्रबेश भएपछि बर्तबन्ध गरीने भएको हुँदा बाँकिजिबन अबधि ९६ बर्ष रहेको कुरा जनाउँछ।