स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

7:25:00 am

Japan grants Rs 1.7b for road project

सामग्री प्रस्तुति Ram Prasad Panta

The government of Japan has agreed to provide Rs 1।77 billion in grants for improvement of the Kathmandu-Bhaktapur road।Japanese Ambassador to Nepal, Tatsuo Mizuno, and Secretary of the Ministry of Finance, Rameshore Prasad Khanal, signed the agreement to this effect and exchanged notes on behalf of their respective governments, in Kathmandu, on Thursday। Finance Minister Dr Ram Saran Mahat and visiting Japanese Deputy Foreign Minister Osamu Uno were also present at the signing ceremony The Japanese grant will be used to procure equipment and services necessary for implementation of the project. Approximately 9.1km segment of the Kathmandu-Bhaktapur Road section of the Araniko Highway will be upgraded by expanding the existing two-lane road to four-lanes. The Project will also take into consideration advanced traffic engineering so as to enable smooth traffic movement as well as protect commuters from traffic accidents, a statement issued by the Japanese embassy said

7:13:00 am

Maoists pick Ram Raja for President’s post

सामग्री प्रस्तुति Ram Prasad Panta

Maoist-backed Ram Raja Prasad Singh filed his nomination for the post of President today। Maoist leader Dr Baburam Bhattarai was among the five CA members who proposed his candidacy।Nepali Congress general secretary Dr Ram Baran Yadav and CPN-UML leader Ramprit Paswan also filed their nominations for the post on behalf of their respective parties.UML’s Astha Laxmi Shakya, NC’s Man Bahadur Bishowkarma, Maoist-backed Shanta Shrestha and former SC justice Parmananda Jha filed their nominations for Vice-President’s post. Jha is backed by United Democrartic Madhesi Front.The Maoists, who have 226 votes in the CA, today officially decided to back Singh and Shrestha for the posts of President and Vice-President. There are 594 voters in the CA, as the newly appointed CA members Biswa Nath Upadhyay and Padma Jyoti are yet to be sworn in and five constituencies remain vacant after winners from two seats vacated those constituencies.Maoists expect Madhesi parties to back Singh. MJF chairman Upendra Yadav, however, said his party would support Singh if the Maoists backed Jha for the Vice President’s post.“Or else, all the possibilities will be open for us,” Yadav said, adding that the politics was a game of possibilities.Earlier, Maoist leader Dr Bhattarai said they wanted to strike a balance between hilly region and Madhes and between men and women, and therefore decided to back Singh and Shrestha for the high offices.UDMF has 91 votes in the 601-member CA. Nepali Congress and the UML have 113 and 108 votes, respectively. Two out of the three CA members of NSP-A, two Nepali Janata Dal members and one CA member of Dalit Janajati Party are expected to side with the UDMF. The elections for the posts will be held on Saturday.

7:10:00 am

नेपाली राष्ट्रिय टोलीको घोषणा

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं/ भारतको हैदरावादमा हुने एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । प्रमुख प्रशिक्षक विराटकृष्ण श्रेष्ठ तथा सहायक प्रशिक्ष्ाक उपेन्द्रमान सिंह र बालगोपाल महर्जनले २५ सदस्यीय टोलीको छनोट गरेका हुन् । डिफेन्डर राकेश श्रेष्ठको नेतृत्वमा रहने टोलीको गोलरक्षकमा रितेश थापा, विकास मल्ल र समित राजभण्डारी रहेका छन् । यसैगरी, अन्य डिफेन्डरमा अन्जन केसी, लोकबन्धु गुरुङ, विराज महर्जन, सागर थापा, सुमन सुवेदी, चुनबहादुर थापा, रविन श्रेष्ठ र विकास सिंह क्षेत्री रहेका छन् । मिडफिल्डका लागि विजय गुरुङ, विसन गौचन, नीराजन खड्का, भोला सिलवाल, अनन्तराज थापा, पर्वत पाण्डे, रञ्जित श्रेष्ठ, राजु तामाङ र सन्दीप राई छन् । यसैगरी फरवार्डमा सन्तोष साहुखल, युगलकिशोर राई र नीराजन रायमाझी छन् । 'हाम्रो अवस्था, म्याचको नेचर र समूहका प्रतिद्वन्द्वीअनुसार खेलाडी छनोट गरेका छौं,' प्रमुख प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने, 'खेलाडीको अनुभव, नेतृत्वक्षमता र पर्सनालिटीलाई पनि छनोटको आधार बनाइएको छ ।' प्रशिक्षणका क्रममा खेलाडीको प्रदर्शन, यसअघिका खेलमा गरेको प्रदर्शनलाई पनि छनोटको आधार बनाइएको श्रेष्ठले जानकारी दिए । 'हाम्रो लक्ष्य समूहबाट अगाडि बढ्नु रहेकाले सोहीअनुसार फाइटिङ स्पिरिटका खेलाडीलाई टोलीमा समावेश गरेका छौं,' श्रेष्ठले बताए, 'कठिन भए पनि समूह चरण पार गर्न सक्ने क्षमता टोलीसँग छ ।' छनोट भएका २५ खेलाडीसहितको नेपाली टोली २१ जुलाईमा कोलकाता प्रस्थान गर्नेछ । जहाँ नेपाली टोलीले दुई अभ्यास म्याच खेल्ने तयारी भइरहेको छ । २२ जुलाईमा इस्टबंगालविरुद्ध र २६ जुलाईमा चिराग फुटबल टोलीविरुद्ध नेपाली टोलीले अभ्यास खेल खेल्नेछ । 'अभ्यास खेलमा गरेको प्रदर्शनका आधारमा अन्तिम २३ खेलाडीको छनोट गरिनेछ,' प्रशिक्षक श्रेष्ठले जानकारी दिए । दुई खेलाडी भने त्यहीँबाट नेपाल र्फकने छन् । नेपाली राष्ट्रिय टोली दुई अभ्यास खेलपछि २८ जुलाईमा हैदरावाद प्रस्थान गर्नेछ । दुई समूहमा विभाजन गरी सञ्चालन हुन लागेको प्रतियोगिताको अन्तिम चरणमा नेपाल समूह 'बी'मा रहेको छ । सो समूहमा उत्तरकोरिया, म्यान्मार र श्रीलंका रहेका छन् । हैदरावादमा नेपाली टोलीले पहिलो खेल ३१ जुलाईमा म्यान्मारविरुद्ध खेल्नेछ । २ अगस्टमा उत्तरकोरिया र ४ अगस्टमा श्रीलंकाविरुद्ध नेपालले खेल्नेछ । 'श्रीलंका र म्यान्मार बलियो भए पनि पराजित गर्न नसकिने टोली होइनन्,' श्रेष्ठले भने, 'त्यसैले उनीहरूलाई पराजित गर्ने हाम्रो तयारी हुनेछ ।' तयारीका लागि छोटो समय पाए पनि खेलाडीले गरिरहेको मेहनत र कोलकाताको अभ्यासपछि टोलीमा अझ सुधार आउने विश्वास प्रशिक्षक श्रेष्ठको छ ।

6:42:00 am

तीन छोराछोरीसहित सिंगापुर

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं, २ साउन पूर्वराजा ज्ञानेन्द्रका छोरा पारसले देश छाडेको १६औं दिनमा बुहारी हिमानीले पनि नेपाललाई 'बाइबाइ' भनेकी छिन् । पति पारससँगै बस्न उनी बिहीबार अपराह्न तीन छोराछोरीसहित सिंगापुर उडेकी छिन् । पारस पहिला सिंगापुर जाने र त्यहाँ आफ्ना लागि घर र छोराछोरीका लागि स्कुल खोजेपछि श्रीमती र छोराछोरीलाई बोलाउने समाचार नयाँ पत्रिकाले १८ दिनअघि छापेको थियो । पूर्वनिर्धारित कार्यक्रमअनुसार पारसले १६ दिनअघि र हिमानीले बिहीबार नेपाल छाडेका हुन् । पारसजस्तै हिमानी पनि सिल्क एयरको एमआई ४११ उडानबाट उडेकी हुन् । उनका साथमा धीरेन्द्रकी कान्छी छोरी दिलासा पनि सिंगापुर गएकी छिन् । हिमानीले आफन्तसहित १२ः१५ मा निर्मल निवास छोडेकी थिइन् । बा.२च १८८२ नम्बरको निजी कारमा पछिल्लो सिटमा बसेर १२ः३० मा उनी त्रिभुवन विमानस्थल पुगेकी थिइन् । पाँचजना सैनिक तथा सशस्त्र प्रहरीको कडा सुरक्ष्ाा घेराभित्र उनी विमानस्थल पुगेको सुरक्षा स्रोतले जनाएको छ । हिमानीलाई बिदाइ गर्न विमानस्थलमा धीरेन्द्रका ज्वाइँद्वय डा. राजीव शाही र अविनेश शाह पनि पुगेका थिए । अविनेश दिलासाका श्रीमान् हुन् । गम्भीर मुद्रामा रहेकी हिमानी निर्मल निवासबाट निस्केपछि कसैसँग नबोलेको सुरक्ष्ाा स्रोतले जनाएको छ । विमानस्थलमा पुग्दा पनि उनी भावुक थिइन् । उनले अनुहार लुकाउन चाहेकी थिइन् । फोटोग्राफरहरूले तस्बिर लिन खोज्दा उनले कपालले अनुहार छोपिन् । १ः१५ मा उड्नुपर्नेमा जहाज ढिलो भएका कारण हिमानी १ः३० मा उडेकी थिइन् । विमानस्थल पुग्नासाथ उनी भिभिआइपी कक्षबाट भित्र प्रवेश गरेकी थिइन् । पारसको परिवारका पाँचैजना सिंगापुर गएपछि खाली भएको निर्मल निवासको सुरक्षा सेना र सशस्त्र प्रहरीले दिइरहेका छन् ।

बेइजिङ/ चीनमा नक्कली या कृत्रिम सौन्दर्य प्रतियोगिताको आयोजना गरिँदैछ । त्यसलाई 'मिस प्लास्टिक सर्जरी' नाम दिइएको छ । त्यस प्रतियोगितामा विश्वभरका प्लास्टिक सर्जनहरूले आफ्नो दक्ष्ाता प्रदर्शन गर्ने अवसर पाउनेछन् । सरकारी सञ्चारमाध्यमका अनुसार आगामी अक्टोबरमा यो प्रतियोगिता हुनेछ । त्यसमा प्लास्टिक सर्जरी गराएका महिलाहरूले मात्र भाग लिन पाउनेछन् । उनीहरूले आफ्नो सौन्दर्य प्राकृतिक नभएर मानवको शिल्पकला भएको प्रमाणित गर्नुपर्नेछ । चाइना डेली अखबारका अनुसार चीनमा बढी संख्यामा महिलाहरू प्लास्टिक सर्जरी गराउँदै छन् । त्यहाँ प्रत्येक वर्ष सौन्दर्यमा २० अर्ब युआन खर्च हुने गरेको छ । चीनमा लाखौं ब्युटिपार्लर खुलेका छन् । करिब ६० लाख मानिसले रोजगारी पाएका छन् । सौन्दर्य नै सफलताको मार्ग हो भन्ने विश्वासले गर्दा ब्युटिपार्लरमा जाने क्रम बढेको त्यस अखबारले जनाएको छ ।

1:37:00 am

नेपाल

सामग्री प्रस्तुति Ram Prasad Panta

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक दक्षिण एशियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो। यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ। यसको कूल क्षत्रफल १,४७,१८१ वर्ग कि.मि छ। यो क्षत्रफल पृथ्वीको कूल क्षत्रफलको ०.०३% र एशिया महादेशको ०.३% पर्दछ। लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशंकर हिमालको नजिक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रामाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ। नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको कूल लम्वाई ८८५ कि.मि छ। उत्तर देखि दक्षिणको चौडाई भने एकनाशको छैन। पूर्वी भाग भन्दा पश्चिमी भाग केही चौडा छ। त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ। यसमा अधिकतम चौडाई २४१ कि.मि र न्युनतम चौडाई १४५ कि.मि रहेको छ। यसर्थ नेपालको सरदर चौडाई १९३ कि.मि रहेको छ। नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ। नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन्। यो प्रतिशत भारतको भन्दा बढी छ, अतः नेपाल विश्वकै सबै भन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो। एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ। यहाँ तराईका उष्ण फाँट देखि चिसा हिमालयका श्रृंखलाहरु अवस्थित छन्। संसारका सबै भन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ नेपालमा पर्दछन् जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो। नेपालको प्रमुख सहर एवं राजधानी काठमाडौं हो। काठमाडौं, ललितपुर र भक्तपुर शहरहरुलाई काठमाडौं उपत्यका भनेर चिनिन्छ । अन्य प्रमुख सहरहरुमा भरतपुर, बिराटनगर, भैरहवा, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर पर्दछन्। नेपाल भन्ने शब्दको उत्त्पत्तिको बारेमा ठोस प्रमाण केही छैन, तर एक प्रसिद्ध विश्वास अनुसार यो शब्द ने मुनि तथा पाल (ओडार) मिलेर बनेको हो। निरन्तर रुपमा राजा-रजौटाहरुको अधिनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको अहिले नेपाल भनेर चिनिने यो खण्डले वि. स. २०४६ सालको आन्दोलन पश्चात संवैधानिक राजतन्त्रको नीति अवलम्बन गर्‍यो। तर यस पश्चात पनि राजसंस्था एक महत्त्वपूर्ण तथा अस्पष्ट परिधि तथा शक्ति भएको संस्थाको रूपमा रहिरह्यो। यो व्यवस्थामा हुँदा पहिले संसदीय अनिश्चितता तथा सन् १९९६ देखिको ने.क.पा.(माओवादी)को जनयुद्धको कारणले राष्ट्रिय अनिश्चितता देखियो। माओवादीहरू राजनीतिको मूलाधारबाट अल्लगिएर भूमिगत रुपमा राजतन्त्र तथा मूलाधारका राजनैतिक दलहरुको बिरुद्धमा गुरिल्ला युद्ध सञ्चालन गरे। उनीहरुले नेपालको सामन्ती व्यवस्था (उनीहरुको अनुसार यसमा राजतन्त्र पनि पर्दछ) फ्यांकेर एक माओवादी राष्ट्र स्थापना गर्ने प्रण गरेका छन्। यही कारणले नेपाली गृहयुद्ध सुरु भयो जसको कारण १३,००० मानिसको ज्यान गईसकेको छ। यही विद्रोहलाई दमन गर्ने पृष्ठभूमिमा राजाले सन् २००२मा संसदको विघटन गरी निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरेर प्रधानमन्त्री मनोनित गर्दै शासन चलाउन थाले। सन् २००५मा उनले एकनासै संकटकालको घोषणा गरेर सबै कार्यकारी शक्ति ग्रहण गरे। सन् २००६को लोकतान्त्रिक आन्दोलन (जनाअन्दोलन-२) पश्चात राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे तथा अप्रिल २४, २००६मा भंग गरिएको संसदलाई पूनर्स्थापना भयो। मे १८, २००६ मा आफूले पाएको सार्वभौमसत्ताको उपयोग गर्दै नयाँ प्रतिनिधि सभाले राजाको अधिकारमा कटौती गर्यो तथा नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्यो। अन्तरिम ब्यबस्थापिका सन्सदले पहिले नै घोशणा गरिसकेकोसंघीय लोकतान्त्रिक गणराज्य संविधान सभाको पहिलो बैठकबाट मे २८, २००८ मा आधिकारिक रूपमा कार्यान्वयन भएको हो।