Posts

Showing posts from March 1, 2009

त्यत्तिकै छाडियो सभासद्लाई

काठमाडौं/ कोठीबाट रंगेहात पक्राउ परेका कांग्रेस सभासद् कृष्णप्रसाद यादवलाई प्रहरीले अभियोग नै नलगाई रिहा गरेको छ । कान्ति बाल अस्पतालपछाडि रहेको कोठीबाट सादा पोसाकका प्रहरीले उनलाई यौनसम्पर्क गर्दागर्दै शुक्रबार पक्रेको थियो । सभासद् यादवसँगै कोठी सञ्चालक सुनिता खड्का र तीन यौनकर्मी महिला पनि समातिएका थिए । पक्राउ परेलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंमा पाँच घन्टा राखेर बेलुका साढे १० बजे महानगरीय प्रहरी वृत्त सिंहदरबार ल्याइएका यादवलाई प्रहरीले आइतबार कुनै अभियोग नै नलगाई त्यत्तिकै रिहा गरेको हो । अन्य चारलाई भने सार्वजनिक अपराधअन्तर्गत अनु्सन्धानका लागि जिल्ला प्रहरी कार्यालय काठमाडौंबाट अनुसन्धानका लागि सात दिनको म्याद लिएर हनुमानढोकाको हिरासतमा राखिएको छ । प्रहरी स्रोतका अनुसार रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित सभासद्लाई छोड्न गृह मन्त्रालयबाट दबाब आएपछि काठमाडौं परिसरले कुनै अभियोग नै नलगाई रिहा गरेको हो । प्रहरीले सभासद् यादवसहित अन्य चार युवतीलाई सार्वजनिक अपराधअन्तर्गत अनुसन्धानका लागि जिप्रकाबाट म्याद थप्ने तयारी गरेको थियो । उच्चस्रोतले भन्यो, 'तर सभासद् यादवको नाम ह...

माओवादीले पनि सुरु गर्‍यो सेना भर्ना

काठमाडौं/ नेपाली सेनाको पछिल्लो भर्ती प्रकरणको विवाद सेलाउन नपाउँदै माओवादी जनमुक्ति सेनाले पनि थप सैन्य भर्ती गर्ने घोषणा गरेको छ । जनमुक्ति सेनाका प्रमुख नन्दकिशोर पुन पासाङले सोमबार विज्ञप्ति जारी गर्दै जनमुक्ति सेना भर्नाबारे जानकारी दिएका हुन् ।पासाङका अनुसार मंगलबारदेखि जनमुक्ति सेनाको भर्ना-प्रक्रिया सुरु हुनेछ । उनले सातवटै डिभिजन हेडक्वार्टरमा सम्पर्क राख्न भर्ना हुन इच्छुक युवालाई आग्रह पनि गरेका छन् ।'सम्झौताको उल्लंघन गर्दै नेपाली सेनाले तीन हजारभन्दा बढी संख्यामा सेनाको थप र नयाँ भर्ना गरेको कार्यलाई समर्थन गरेकोबाट सिद्धान्ततः जनमुक्ति सेनालाई समेत विभिन्न कारणवश अनमिनमा पहिलो दर्तामा सूचीकृत ३१ हजार तीन सय १५ संख्यामा न्यून हुन गएको हाम्रो जनमुक्ति सेनाको संख्या थप गर्न बाटो खुलेकोले प्रेस विज्ञप्तिमार्फत १८ वर्ष उमेर पुगेका स्वस्थ, इच्छुक र सक्षम तथा जुझारु तथा बलिदानी भावनाले लेस नेपाली युवा वर्गमा जनमुक्ति सेना भर्नाका लागि हार्दिक अपिल गर्दछ,' पासाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । १२ जेठ ०६३ को सेना तथा हतियारको व्यवस्थापन सम्झौताका आधारमा सातवटा अस्थायी शि...

खेलाडीमाथि आतंकबादी हमला

म्युनिख ओलम्पिकपछि खेलाडी लक्षित पहिलो गम्भीर आक्रमण लाहोर/ पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टोलीमाथि मंगलबार हतियारधारी समूहले आक्रमण गरेको छ । पाकिस्ताविरुद्धको खेलका लागि श्रीलंकाली टोली बसबाट गद्दाफी रंगशाला गइरहँदा सो आक्रमण भएको थियो । आक्रमणबाट सात खेलाडी, एक अम्पायर र सहायक प्रशिक्षक घाइते भएका छन् । ६ प्रहरी र पाकिस्तान क्रिकेक बोर्डका एक ड्राइभरको निधन भएको छ । हतियारधारी समूहले श्रीलंकाली टोली रहेको बसमा गोली, बम र रकेट लन्चरले आक्रमण गरेका थिए । गोली लागी घाइते भएका दुई खेलाडीलाई अस्पताल भर्ती गरिएको छ । उनीहरूको जीवन खतरामुक्त रहेको बताइएको छ । अम्पायर अहसान राजाको अवस्था गम्भीर रहेको छ । पाँच खेलाडी र श्रीलंकाली टोलीका इङ्लिस प्रशिक्षकलाई भने सामान्य चोट लागेको पाकिस्तानी अधिकारीले जनाएका छन् । घाइते भई अस्पताल भर्ना गरिएका दुई श्रीलंकाली खेलाडीमा थिलान सामाराविरा र थारांगा पर्नाभिताना रहेका छन् । पर्नाभितानाको छातीमा र सामाराविराको तिघ्रामा गोली लागेको थियो । स्रोतले १५ जना घाइतेलाई अस्पताल भर्ना गरिएको जानकारी दिएको छ । अम्पायर अहसान राजाको पेटमा गोली लागेको थ...