स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

5:31:00 am

नेपालले घातक बलिङ गरेपछि समूह विजेता

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं/ नेपाल एसिसी ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको समूह 'बी'को विजेता भएको छ । प्रतियोगिताअन्तर्गत बुधबार मलेसियाको सेलङ्गर टर्फ क्लबमा भएको खेलमा कुवेतलाई सात विकेटले पराजित गरेपछि नेपाल समूह 'बी'को विजेता भएको हो । नेपालले समूह 'बी'का चार खेलको नतिजा शतप्रतिशत आप\mनो पक्षमा पार्‍यो र आठ अंकका साथ समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्न सफल भयो । यद्यपि, कुवेतसँगको खेलअघि नै नेपालले सेमिफाइनलमा स्थान बनाइसकेको थियो । समूह विजेता भएको नेपालले शुक्रबार साविक विजेता युएईसँग खेल्नेछ युएई समूह 'बी'को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । समूह 'बी'को उपविजेता हङकङले सोही दिन समूह 'ए'को विजेता अफगानिस्तानविरुद्ध खेल्नेछ । शक्ति गौचन र मेहबुब आलमले घातक बलिङ गरेपछि नेपालले समूहको अन्तिम खेलमा शानदार जित हासिल गरेको हो । बुधबारको खेलमा टस जितेको कुवेतले पहिले ब्याटिङ गर्दै ३८ ओभर एक बलमा सम्पूर्ण विकेटको क्षतिमा एक सय तीन रनको योगफल तयार गरेको थियो । प्रत्युत्तरमा नेपालले २९ ओभरमै विजयी एक सय चार रनको लक्ष्य पूरा गर्‍यो । सो लक्ष्य तयार गर्ने क्रममा नेपालले मात्र तीन विकेट गुमाएको थियो । टोलीको जितमा अविजित रहेका शरद भेषवाकर -२८) र पारस खड्का -२६) ले उल्लेखनीय योगदान दिए । यसबाहेक प्रारम्भिक ब्याट्सम्यानका रूपमा आएका कनिष्क चौगाईंले १९ र मेहबुब आलमले ६ रन जोडेका थिए । दुवै ब्याट्सम्यान मोहम्मद जाभेदबाट एलबिडब्लू भएका थिए । अर्का ब्याट्सम्यान दीपेन्द्र चौधरी -३) लाई पनि उनै मोहम्मदले बोल्ड गरेका थिए । यसअघि, कुवेतका मोहम्मद मुराद -१९), साउद कमार -१८) र हिसाम मिर्जा -१६) ले मात्र टोलीका लागि तुलनात्मक राम्रो खेले । कुवेतका ब्याट्सम्यानलाई लामो समय क्रिजमा टिक्न नदिने क्रममा मेहबुब आलम र शक्ति गौचनले तीन/तीन विकेट लिएका थिए । म्यान अफ द म्याच आलमले दस ओभरमा एक मेडन राखेर ३४ रन खर्चंदै तथा गौचनले आठ ओभरमा चार मेडन राखेर पाँच रन खर्चंदै सो विकेट लिएका हुन् । यसैगरी, कप्तान विनोद दासले दुई तथा पारस खड्का र राजकुमार प्रधानले एक/एक विकेट लिएका थिए ।

5:09:00 am

राष्ट्रिय सुरक्षामाथि खतरा

सामग्री प्रस्तुति Ram Prasad Panta

लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ' भनेझैं राष्ट्रपति चुनावमा तीन बल्ड्याङ खाएको माओवादी नेता प्रचण्ड–बाबुरामले सबैलाई उपयोग गर्दागर्दै अन्ततः उनीहरु नै विदेशी गुप्तचर सञ्जालबाट उपयोग भएको पत्तै पाएनन्। उनीहरुको यही उपयोगको नीतिले 'राजनीति' कमजोर 'उपयोगनीति' बलियो भएको कारण राष्ट्रियता नै धरापमा पर्ने खतरा बढेको छ। कुनै पनि मुलुकको राष्ट्रियताको प्रमुख मेरुदण्ड भनेको सेना र सुरक्षा हो। त्यसको समाप्तिपछि त्यहाँ वैदेशिक सुरक्षा प्रवेश गर्दछ। उदाहरणको लागि भुटान साक्षी छ। नेपालको राष्ट्रिय सुरक्षा समाप्त गर्न पछिल्लो पटक माओवादीको आडमा बेलायतको गुप्तचर संस्था 'एमआई (फाइभ) सक्रिय रहेको उच्च स्रोतले बताएको छ। नेपालको राजनीतिमा भारतीय गुप्तचर संस्था 'रअ' पहिला देखिनै सक्रिय थियो। माओवादीको आडमा बेलायती जासुसी संस्था एमआई (फाइभ), 'रअ' को गठबन्धनमा नेपाली सेनालाई कमजोर पार्ने योजना बन्दैछ। पछिल्लो पटक यो खेलमा अनमिन पनि सामेल भएको देखिन्छ। काठमाडौंस्थित बेलायती दूतावासका सैनिक सहचारी जेरेमी एलिस नेपाली सेना समाप्त गर्न सक्रिय भएको कुरा दृष्टिको असार १७ गतेको अंक ३३ मा समाचार प्रकाशित भइसकेको छ। उनले केही साता अघि बेलायतबाट उपमन्त्री लर्ड म्याकल ब्राउनलाई बोलाएर माओवादी नेताहरुसँग संवाद गराएको रहस्य खुलेको छ। माओवादी सेना समायोजनको आडमा एमआई (फाइभ)ले आ207ना गुप्तचर नेपाली सेनामा घुसाउने र माओवादी जनसेनालाई वैधानिकता दिने उद्देश्यअनुरुप बैंककमा सेनामा समायोजनबारे गोष्ठी आयोजना गर्दैछ। नेपाली सेनामा समावेशीका कुरा 'रअ'ले जेएनयुकी छात्रा इन्द्रा अधिकारीमार्फत् उठाउन लगाएको छ। यता ब्रिटिश दूतावासमार्फत् बेलायती मन्त्री ब्राउन (जो राष्ट्रसंघका पूर्व महासचिव समेत हुन्) ले काठमाडौंबाट फर्किएर राष्ट्रसंघमा अनमिनको म्याद थप्न दबाब दिएका छन्। नेपालको राष्ट्रिय सुरक्षा समाप्त गरेर नेपाललाई भुटान बनाउँदै चीनविरुद्ध सैन्य गुप्तचरी गर्न माओवादीको आडमा राष्ट्रसंघलाई रबरस्ट्याम्पको रुपमा मार्टिनजस्ता व्यक्तिको प्रयोग गरेका छन्। राष्ट्रिय सुरक्षा समाप्त पार्ने 'रअ', अनमिन, एमआई (फाइभ)को गठजोडदेखि नेपालका राजनीतिक दल समयमै सचेत हुन सकेन भने लोकतन्त्रसँगै राष्ट्रिय अस्मितानै समाप्त हुनेछ। सबैभन्दा प्रमुख प्रश्न हो, बेलायत र भारतजस्ता मुलुकलाई साम्राज्यवादी भन्ने नेकपा माओवादी आफ्ना सेना नेपाली सेनामा हुल्न किन कसरत गरिरहेका छन्? मार्टिन किन यो खेल खेलिरहेका छन्? यसभित्रको उद्देश्य स्पष्ट छ नेपाली सेना समाप्त गरेर नेपाललाई भारतको सुरक्षा छाताभित्र राख्नु हो। यसबाट दुईटा फाइदा छ– एउटा माओवादी क्रान्तिकारी धार समाप्त हुनेछ, अर्कोतर्फ त्यसैको आडमा राष्ट्रिय सुरक्षा समाप्त हुनेछ। जसलाई माओवादी उपयोग बनेको छ। यहाँसम्मकि सुगौली सन्धिदेखि नेपालबाट भीसा दिँदै आएको ब्रिटिश दूतावासले लोकतन्त्र आएपछि अहिले यहाँको भीसा नयाँदिल्ली सारेर अन्तर्राष्ट्रिय रुपमा नेपाललाई भारतको अंग देखाउने दुस्साहस गरिराखेको छ। यसको स्पष्ट उद्देश्य राष्ट्रिय रुपमा गलत सन्देश दिएर नेपाललाई भारतको सुरक्षा छाताभित्र राख्ने रणनीतिमा आधारित छ। यता मार्टिनले अनमिनको क्षेत्रलाई असीमित बनाएर नेपालको राष्ट्रिय सुरक्षा समाप्त गर्न केन्द्रित छ। चितवनको शक्तिखोरमा माओवादी क्याम्पभित्र व्यापारी रामहरि श्रेष्ठको हत्या हुँदा मार्टिनको अनमिन कहाँ थियो? के को निमित्त उसले असीमित अधिकार खोजेको छ? यतिबेला मार्टिन आफ्नो जागिर थाम्न अनेक बहाना बनाएका छन्। कुनै क्यारियर नभएको मार्टिनलाई शक्तिखोरको हत्याको घटनाले स्पस्ट पारेको छ– नेपालमा अनमिनको आवश्यकता छैन। यदि अनमिनको भूमिका कहीँ न कहीँ छ भने असफल मार्टिन जस्तोको आवश्यकता छैन भन्ने कुरा नेपाल सरकार र राजनीतिक दलले समयमै बुझ्न आवश्यक छ। दुई समानान्तर शक्तिकेन्द्र बन्न नदिने बरु भारतीय गुप्तचर संस्था 'रअ'को योजनामा एकल शक्तिकेन्द्र बन्ने प्रचण्ड–बाबुरामको रहर राष्ट्रपतिको पराजयपछि समाप्त भएको छ। राजाबाट राष्ट्राध्यक्ष खोसेर प्रचण्ड–बाबुराम डक्ट्रिनले सीआईएको वरिपरि पुर्‍याएको छ। अब हारजंग हत्यादेखि बाँदरमुडे हुँदै काजोल र रामहरि हत्याकाण्ड अन्तर्राष्ट्रिय अदालतमा पुग्ने सम्भावना नकार्न सकिँदैन। राष्ट्रपतिको चुनावपछि एकाएक नेपाली राजनीतिमा अमेरिका हावी भएको छ। प्रत्यक्ष रुपमा सीआईएको भूमिका प्रचण्ड निवासमा नदेखिए पनि 'रअ'का नेपाल प्रमुख आलोक जोशीलाई प्रयोग गरेर अमेरिकाले एमाले र माओवादीलाई नदीको दुई किनारा बनाउन सफल भएको छ। एमाले, माओवादीका नेताहरुले महिनौं लगाएर तयार पारेको सहमतिपत्रमा हस्ताक्षर हुन नदिनु नै अमेरिकीहरुको सफलता हो। नेपालको प्रमुख राष्ट्रपति कम्युनिष्ट नेतालाई बन्न नदिने योजनामा प्रचण्ड–बाबुरामलाई फसाउन सफल अमेरिका अहिले माओवादीको सरकार बन्न नदिने कुरामा केन्द्रित छ। कतै प्रचण्डले सरकारमा नजाने घोषणा गर्नुको पछाडि पनि तिनै अमेरिकीहरुलाई खुशी पार्ने योजना त होइन? वृष वृक्ष रोपेपछि फल पनि विष नै फल्छ। चुनवाङ बैठकबाट 'रअ' सँग नजिक बनेर राजतन्त्रविरुद्ध जाने लाइनले राजाबाट शक्तिकेन्द्र खोसेर पेन्टागनलाई बुझाएको छ। अब माओवादी विगतको हारजंग, कास्कीमा जस्तो अवस्था आएमा उम्कने सम्भावना रहने छैन। यसको श्रेय बाबुराम हुन्। उनले भनेका छन्– यो आ207नो नीतिगत विजय हो। यता 'रअ'को लाइनमा बाबुराम डक्ट्रिनका पुच्छर पुष्पकमल दाहालले 'रअ'का विश्वासपात्र रामराजालाई उम्मेदवार बनाउनु र तमलोपा, सद्भावनाजस्ता पार्टीको ध्रुवीकरणले उसको बचेखुचेको साख पूर्णरुपमा समाप्त भएको छ। यो घटना र राष्ट्रलाई माओवादीकै कारणबाट पुगेको क्षतिलाई समयमै माओवादीको देशभक्त धारले संघर्ष गरेन भने मोहन वैद्यको अवस्था मोहनचन्द्र र वीरगन्जमा पार्टीभित्रको 'रअ' धारको आक्रमणमा परेका 'विप्लव'को अवस्था रविन्द्र श्रेष्ठको भन्दा फरक बन्ने छैन। समग्रमा चुनवाङ बैठकले लिएको माओवादी धारले नेपाली माओवाद यहाँसम्म आइपुग्दा नयाँ महेन्द्र चौधरीको जन्म गराएर फिजी बनाएको छ। अब माओवादीको चुनवाङ बैठकको 'रअ' सँग घाँटी जोड्ने धारको आवश्यकता नेपालको राष्ट्रिय सुरक्षा समाप्त गरेर भुटान बनाउनेतिर उद्यत छ। त्यसपछि सिक्किम भारतमा विलय गरेपछि लेन्डुपको औचित्य समाप्त भएजस्तै बाबुराम–प्रचण्ड डक्ट्रिनको औचित्य पनि समाप्त हुनेछ। यसबाट पार्टीलाई बचाउन माओवादीले महाधिवेशनमार्फत् देशभक्त नेतृत्व चयन गरेर राष्ट्रियताको निमित्त देशभक्त मोर्चाको नेतृत्व गर्न सक्नु एक मात्र विकल्प हो। अर्जुन ज्ञवाली/दृष्टि साप्ताहिक

3:40:00 am

मेरो लासको डोली बाटो लाग्दा ...............

सामग्री प्रस्तुति Ram Prasad Panta

- राम प्रसाद पन्त " अंजन बनबासी" - इराक, बलाद तिमी खुशीभइ हिँडनु, मलाई बाँसको डोली चढाउँदा ! तिमी गर्व गरी हाँस्नु, मेरो सवयात्रा अगाडि बढाउँदा !! मेरो शुभकामना छ तिमीलाई, तिमी खुशीसँग बाँच ! अतित त सबैको हुन्छ अब, तिमी नयाँ संसारमा हाँस !! शायद कतै मबाट गल्ती भयो होला, सपना सम्झिदिनु ! तिम्रा बाचा पुरा गर्न सकिन कि, त्यसलाई सन्जोग मा लिनु !! मेरो लासको डोली बाटो लाग्दा, तिमी सिन्दुरको खोजी गर्नु ! मेरो चितामा आगो सल्किँदा, तिमी सिन्दुरले सिउँदो भर्नु !! मेरो लास चितामा छटपटिँदा, तिमी सुहागको पलङमा सुत्नु ! मेरो लास खरानी हुँदा, तिमी ओँठमा लाली पहिरी उठ्नु !! मसानघाटमा धुवाँ निभ्दा, तिमी नयाँ लुगा लगाउनु ! तिम्रो अतित सबै खरानी हुने छ, अनी तिमी मन भरी अघाउनु !! मेरा मलामीहरु फर्किँदा, तिमी दोबाटोमा हेरी राख्नु ! तिम्रो रोजाईको नयाँ सिन्दुर, सिउँदो भरी फेरिराख्नु !! मेरो बारीमा मखमली नटिप्नु तिमी, फूलेर झर्नु दिनु ! म मर्दैमा के जान्छ र ! मलाई मर्न दिनु !! तिम्रो संसार छदैछ नि ——–फूली झर्नुदिनु

3:19:00 am

नरोउ आमा तिमी

सामग्री प्रस्तुति Ram Prasad Panta

गहभरी आंसु बोकी नरोउ आमा
तिमी तिम्रो आंसु पुस्न म चाडै फर्कदै छु
आएको थिएं पर्देसिएर बिरानो मुलुक मा
धन कमाइ तिमीलाई सुख दिने आसमा
आमा को मामता के हुन्छ बल्ल मैले बुझें
साथी सङ्गी दिदी दाजु भाई सम्झना बोकी
धन कमाउने आस लाई यही बिट मर्दै
गुन्द्रुक ढेंडो मै रमाउन् आफ्नै प्यारो नेपाल रोजें
तिम्रो यादले तड्पायो मलाई बिरानो मुलुकमा
बिरामी भएर थला पर्दा बाबु भन्ने कोही छैन
मन भरी पिडा बोकी गल्ली गल्ली भौंतारिदा
के भयो तिमीलाई भनी सोधीदिने कोही छैन ।
अब सुख दु:ख सबै तिमी सँगइ साट्नेछु
तिम्रै सामु अब म मात्री भुमी सिङार्ने छु
आफ्नै पौरख पसिना मा रम्न अब सिक्ने छु
तिम्रो आसु पुछी असल छोरो को परिचय दिने छु
गह भरी आसु बोकी नरोउ आमा तिमी
तिम्रा सपना साकार पार्न अब
मजन्म भुमी नेपाल को न्यानो माया सांची
नेपाली भुमी र आकाशमा रम्दै अघी बढ्ने छु