राजधानीमा २४ सै घन्टा दुईतले मेट्रोबस चलाइने
काठमाडौ, मंसिर २ - महानगरपालिकाले २४ सै घन्टा चलाउने गरी मेट्रो बस ल्याउने तयारी गरेको छ । एकै पटक धेरै यात्रु ओसार्ने उद्देश्यले सञ्चालन गरिएको मेट्रो बस दुईतले हुने छ । यसका लागि महानगरपालिकाले इच्छुकलाई इच्छापत्र बुझाउन आह्वान समेत गरिसकेको छ । कात्तिक १ गते गरिएको आह्वानपछि जय जनता नामको कम्पनीले इच्छा देखाएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । 'धेरै यात्रु एकै पटक बोक्न सकियोस् भनेर दुईतले बस सञ्चालनका लागि हामीले काम सुरु गरेका छौं,' उनले भने, 'सुरुमा कम्तीमा १० बस ल्याउन लगाउने योजना छ ।' जय जनताको प्रस्ताव राम्रो लागे बस सञ्चालन गर्न पाउने उनले बताए । 'योग्य नभए पुनः आह्वान गर्छौं,' उनले भने, 'त्यसबाट एउटा कम्पनी छनोट गर्छौं ।' छनोट भएको कम्पनीले आफ्नै लगानीमा बस ल्याउनुपर्छ । यसबाट हुने आम्दानी पनि त्यही कम्पनीले पाउने छ । 'राजधानीमा साना साधन भएका र सवारी चाप बढी देखिएकाले यस्तो गर्न लागेका हौं,' उनले भने, 'महानगरपालिकाले बस सञ्चालन गर्ने कम्पनीलाई रुट उपलब्ध गराउने, वाषिर्क करमा छुट दिन...