Posts

Showing posts from January 25, 2009

त्रिविमै पढाइन्छ- बुद्ध भारतमा जन्मेका हुन्

Image
बुद्ध भारतमा जन्मिएका भनेर एउटा संवाद राखिएको हिन्दी फिल्मी 'चाँदनी चोक टु चाइना'लाई सरकारले प्रदर्शनका लागि प्रतिबन्धित गरेका वेला हाम्रै पाठ्यक्रममा 'बुद्ध भारतमा जन्मेको' लेखिएको फेला परेको छ । त्रिभुवन विश्वविद्यालयको एक पाठ्यक्रममा समेत बकाइदा 'बुद्ध भारतमा जन्मेको' उल्लेख छ । त्रिविको स्नातकोत्तर तह दोस्रो वर्षको अंग्रेजी विषयमा पढाइ हुने पाठ्यपुस्तक हिस्ट्री अफ नलेजको पेज नम्बर २१ मा लेखिएको छ- Siddhartha Gautama, the Buddha (Enlightned One), had been born about 563 bc to a princely family of northern India. (सिद्धार्थ गौतम, बुद्ध ५६३ तिर उत्तरी भारतको एउटा खानदानी परिवारमा जन्मेका थिए) । चाल्र्स भ्यान डोरेनद्वारा लिखित हिस्ट्री अफ नलेज नामक सो पुस्तक ०५६ सालमा पाठ्यक्रम परिवर्तन भएयता त्रिविअन्तर्गतका स्नातकोत्तर तहमा पढाइँदै आइएको छ । त्रिवि केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थीले गौतम बुद्ध नेपालमा जन्मेको तथ्यबारे कुरा उठाउँदा शिक्षकहरूले बेवास्ता गर्ने गरेको गुनासो गरे । स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत नारायण संगमले नयाँ पत्रिकासँग भने, '...

प्रधानमन्त्रीको सम्बोधनको पूर्ण विवरण

आदरणीय आमा-बुबा, दिदी-बहिनी तथा दाजु-भाइहरू, सबैभन्दा पहिले म आफ्नो विवेक, सुर्‍याइँ र आत्मबलिदानको अजेय शक्तिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुन्दर ढोका खोलिदिने दस वर्षको जनयुद्ध, उन्नाइस दिनको जनआन्दोलन, मधेस आन्दोलन तथा सुदूर अतीतदेखिका अरु सबै आन्दोलनहरूमा सहादत प्राप्त गर्ने सदैव स्मरणीय सहिदहरूप्रति यहाँहरू सबैका तर्फबाट सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। आज म प्रधानमन्त्रीका रुपमा मात्र होइन, एउटा नागरिकका रुपमा समेत यहाँहरू समक्ष केही भन्न लागिरहेको छु। सरकार सञ्चालनको पाँच महिनाको अत्यन्तै कटु अनुभवपछि म अब के टुङ्गोमा पुगेको छु भने परम्परागत ढङ्गले मात्र नयाँ नेपालको राष्ट्रिय संकल्प पूरा हुन असम्भव छ। नयाँ नेपाल बनाउने नेपाली जनताको आकाङ्क्षालाई पूरा गर्न संविधानसभामा रहेका सबै राजनीतिक दलहरूबीच विगतमा भएको १२ बुँदे समझदारीजस्तै नयाँ शिराबाट राजनीतिक सहमति कायम गर्नुपर्ने हुँदा म मुलुकका सबै राजनीतिक दललाई त्यसको लागि हार्दिक अपिल गर्दछु। म अलिकति पृष्ठभूमि तिर जान्छु। २०६४ साल चैत २८ गते संविधानसभाको ऐतिहासिक निर्वाचन सम्पन्न भयो। निर्वाचनको नतिजा सार्...

चाँदनी चोक नेपालभर प्रतिबन्धित

Image
हालै मात्र प्रदर्शनमा आएको हिन्दी चलचित्र चाँदनी चोक टु चाइनामा ँगौतम बुद्ध भारतमा जन्मेको’ भन्ने बेहोरा उल्लेख भएका कारण त्यसको विरोध भएपछि सरकारले नेपालभर सो चलचित्रको प्रदर्शनमाथि प्रतिबन्ध लगाएको छ। चलचित्रको न्यारेसनका क्रममा पाँचै मिनेटभित्र गौतम बुद्ध भारतमा जन्मेको भन्दै व्याख्या गरिएकाले सो चलचित्रको प्रदर्शन रोक्नुपर्ने माग गर्दै बुधबार राजधानीमा व्यापक विरोध र नाराबाजीका साथ प्रदर्शन भएपछि चलचित्र विकास बेडको सल्लाहमा सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार बिहानै सम्बन्धित हलहरूलाई चाँदनी चोक टु चाइना प्रदर्शन नगर्न आदेश दिएको थियो।यस सम्बन्धमा मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले एक प्रेस विज्ञप्ति जारी गरी उक्त चलचित्रको प्रदर्शनप्रति बढ्दो जनविरोधलाई ध्यानमा राखी नेपालका पचहत्तरै जिल्लामा त्यसको प्रदर्शन रोक्ने सम्बन्धमा सबै जिल्ला प्रशासन कार्यालयलाई आवश्यक निर्देशनका लागि गृह मन्त्रालयलाई अनुरोध गरिएको जनाएका छन्।विज्ञप्तिमा जनाइएअनुसार अन्तर्राष्ट्रिय रूपमा नै सो चलचित्रको प्रदर्शन रोक्नका लागि कूटनैतिक पहल गरिदिनका लागि परराष्ट्र मन्त्रालयमा अनुरोध भइसकेको छ। मन्...