इराक हिडेंका महिला दुबई एयरपोर्टमा अलपत्र
- धर्मेन्द्र कुमार यादब,दुबई नेपालबाट रोजगारको लागि अबैधरुपमा इराक जान लागेका ४ महिला दुबई विमानस्थलमा अलपत्र अबस्थामा रहेका छन् । नेपालको विभिन्न फरक फरक एजेन्टबाट आएको कुरा बुझिएको छ । यस पंक्तिकारलाई दुबई एयरपोर्ट भित्र रहेको विषेश सुत्रको जानकारी अनुसार पिडीतहरुसाग प्रत्यक्ष सम्पर्क गर्दा यथार्त र बास्तविक रहेको बुझिएको छ । उनीहरुलाई इराकको सुलेमानिया लैजाने भनेर ल्याएको र २३ फरवरी देखि इराकको नक्कली भिसा रहेकोले अलपत्र अवस्था रहेको छ । सो समुहमा १८ जना भन्दा बढि पुरुष हरु पनि रहेका छन् । भिसा,ˆलाईट र टिकट नक्कली भएको कारण ४ जना पुरुष नेपाल फर्किसकेका छन् । झापाको डम्बर र इराकमा गंगा भन्ने ब्यक्तिको सम्पर्कबाट कोहि लम्जुङ,धरान,झापा,कास्की तथा अन्य ठाउाका ब्यक्ति हरु रहेको बताईएको छ । इराक पुगेकी गुरुङ थरकी धरानकी एक महिला -नाम गोप्य) इराकमा अलपत्र परेको साथै अनेकौं पुरुषहरु बिच काम गर्दा उनको हालत अति गम्भिर रहेको साथै मानसिक र शारिरीक रुपमा पिडीत ती महिलाले दुबई एयरपोर्टमा अलपत्र महिला हरुलाई इराक नआउनु नेपालै फर्केर जाने सल्लाह दिएकी छन् । अब हामिले नै अनुमान लगाउने कुरा हो ती एक...