साँचो मायाले संसार जित्छ - कोपिला अधिकारी
आहा क्या रमाइलो - कहिल्यै बिर्सन नसक्ने कुराहरु भएको त्यो दिन। त्यो दिन मेरो स्मरणमा सधैं आइरहन्छ। १४ फेब्रुअरी, जुन दिनलाई अन्तर्राष्ट्रिय स्तरमा मायालु जोडीहरुले एक अर्कामा र्समर्पण हुने आशा र विश्वासमा मनका कुरा व्यक्त गर्दछन्। पश्चिमी संस्कृति भए पनि यो दिनलाई पछिल्ला वर्षरुमा नेपालीहरुले पनि विशेष महत्त्व दिन थालेका छन्। पत्रपत्रिका, रेडियो, टेलिभिजनहरुले पनि यस दिनकै लागि भनी विशेष मसलेदार खुराकहरु पस्किने गरेका छन्। कुरा त्यो दिनको हो- २०६३ साल फागुन २ गते, १४ फेब्रुअरी भ्यालेन्टाइन डे। सो दिनलाई प्रेम दिवसको रुपमा मनाइने गरिन्छ। २०६३ को भ्यालेन्टाइन डे धेरै कुराहरुले फरक छ मेरा लागि। सम्भवतः त्यो दिनमा मैले थाहा पाएदेखि अहिलेसम्मकै बढी हिमपात भएको थियो काठमाडौंमा। हाई, हेलोका थुप्रै साथीहरुसँग कलेजमा भेट भयो। मेरा आँखाहरुले मेरा मिल्ने साथीहरुलाई खोजी रहेको थियो। केही समयपछि राजले मलाई फोन गर्यो। त्यस लगत्तै ऋषिलाई भेटें। हामी तीन जना भएर प्रतिमा र प्रमिसालाई खोज्दै गयौं। त्यो दिन कक्षाकोठा पनि सुनसान थियो। सबै जना क्यान्टिन र भृकुटीमण्डपको पार्कमा रमिरहेक...