स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

-Ram Prasad panta " Anjan Banbasi" दिन असोज २७ गते विहान हुनु पर्छ विहान कामहरु सकेपछि नेपालको समाचार हेर्नु पर् यो भन्दै कम्प्यूटरमा बस्छु आफ्नो डियुटी रातिमा भएकोले विहानै समाचार हेर्ने गर्दछु केहि नेपालका समाचार साईटहरु खोल्दै जान्छु प्रमुख समाचार जताततै विषय राष्ट्रिय झण्डा फेरिनु पर्छ भन्ने माओबादीको माग हेर्दा केहि जस्तो लागेन समाचारहरु पढ्दै जादा कता-कता नेताहरुलाई गालि मात्र गर्न आयो मनले मानेन ति नेताहरुसँग रिसमात्रै आयो परापूर्वककाल देखि रहँदै आएको ´झण्डा आखिर परिवर्तन चाहि किन गर्नु पर्ने भएछ पूर्खाले हामीलाई निशानी स्वरुप छोडेर गएको हाम्रो त्यही निशानी माथिको यो प्रहार मलाई असहय भयो हामी नेपालीको रौं-रौंमा रगत सरी दौडिरहेको हाम्रो यो निशानी माथि आक्रामण गरेको छ माओवादीले यो अझैँ पनि विश्वास लागिरहेको छैन । रातो र चन्द्र सूर्य अंकित झण्डा पूर्खाले दिएको यो निशानि माथि किन माओबादी आज आँखा लगाउँदै छ त किन बारम्बार राष्ट्रिय अम्मिता माथि आक्रमण गरिरहन्छ यस्तै प्रश्नहरुले डेरा जमाएको छ कहिले पशुपतिनाथ कहिले विभिन्न मुर्ति त कहिले राष्ट्रिय गौरवमा हुदा-हुदा अब राष्ट्रिय झण्डा आज उसलाई कुन चाहि परिवर्तनको भुतले समाएको छ के टाई र सुट लगाउदैमा नयाँ परिवर्तन आई हाल्छ त हिजो जङ्गलमा रमाउने स्याल आज शहर पसेको छ अनि उ तर्सिएको छ थाहा छैन उसलाई के गर्न हुन्छ अनि के गर्न नहुने हो भनेर सायद जङ्गलीपन अझैँ बाँकी नै छ । हिजो यहि माथि उल्लेखित गित आउदै हिड्ने माओवादी आज यसैको निशानी मेट्ने कोसिसमा लागिपरेको छ राखिर किननेपालको राष्ट्रिय झण्डा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झण्डा हो सबैलाई थाहा भएकै कुरा हो अहिलेको झण्डा अन्तराष्ट्रिय स्तरमा नै विषेश महत्व राख्दछ । नेपालको जस्तो ´झण्डा विश्वको कुनै पनि देशको झण्डा भन्दा फरक छ यो पनि बु´झदा हून्छ कि यो कुनै राजाले प्रयोग गरेको झण्डा होईन झण्डा दुई त्रिकोण मिलेर बनेको छ । माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सुर्य छ जसले आकाशमा चन्द्र र सूर्य रहुन्जेल नेपाल रहिरहेको कुरा जनाउदछ निलो किनारा शान्तिको प्रतिक हो अनि सिमि्रक रङ नेपालको राष्ट्रिय रङ हो यिनैको समिश्रण हो हाम्रो देशको झण्डा मौलिक पहिचान बनाउने झण्डा फर्नु हुदैन साथै कुनै पनि राष्ट्रियतासँग जोडिएको कुनै पनि कुरा कसैको हिटले त्यो परिवर्तन हुनुहुदैन माओवादी किन हर कुरामा राजतन्त्रको अवशेषको कुरा लागि अगाडि ल्याउछ किन अझैँ पनि विश्वास भएको छैन नेपाली जनताले राजतन्त्रलाई जरादेखि उखेलेर फालेको नेपालीमा उखान छ खै केलाई बारम्बार कोट्यो भने त्यो पनि गन्हाउछ रे सुतेको बाघलाई बारम्बार जिस्कायो भने त्यसले आक्रमण गर्दछ भन्ने थाहा हुदा हुदै पनि किन त्यसलाई बारम्बार जिस्काई रहने अनि हरेक परिवर्तनसँग ब्राम्हणबादको कुरालाई अगाडि ल्याउने के प्रचण्ड बाबुराम ब्राम्हण होईन आज माओवादीले झण्डा परिवर्तन गर्नू पर्छ भन्दैछ भोलि अर्का समुहले अर्का राष्ट्रिय गरिमाको विषयलाई परिवर्तनको प्रस्ताव अगाढि ल्याउने छ के जुन समुहले जस्तो प्रस्ताव अगाढि ल्याए पनि त्यसलाई परिवर्तन गर्दै जाने हो भने भोलि पुरा देश नै परिवर्तनको कुरा अगाडि आएमा के यो गर्नु तयार छ वास्तवमा माओवादीसँग झण्डा परिवर्तनको विषयमा उठान गर्नुको पछाडि कुनै पनि स्पष्ट आधारहरु छैन यो त राष्ट्रपति र प्रधानसेनापति प्रकारणलाई जनताको आँखा छारो हालेर त्यो मुछालाई पाखा लगाउने प्रयास स्परुप आएको अंश हो सबै परिवर्तनलाई ब्राम्शणबाद राजतन्त्र र हिन्दूत्व को गन्ध आयो भन्दै माओवादी कुन परिवर्तनको कुरा गर्दैछ आखिर माओवादीले कस्तो परिवर्तन चाहिरहेको छ के माओवादीसँग त्यसको स्पष्ट आधारहरु छन् कि त्यो जनताको आँखा छारो मात्र हाल्ले काम मात्र गरिरहेको छ । के राष्ट्रिय महत्वका कुराहरु परिवर्तन गर्दैमा देश परिवर्तन हुन्छ के राष्ट्र सम्पति सक्दैमा देशले मुहार फेर्छ माओवादीसँग भएको मात्र कुतर्क हो राजतन्त्रको गन्ध आयो र हिन्दूहरुको मात्र ´ण्डा जस्तो देखियो कहिले पशुपति नाथ कहिले कुन नाथ भन्दै माओवादीले यो बहसलाई अगाडि बढाउनको कारण केवल विवाद निम्त्याएर अगाडि बढिरहेको जातिय खाडल थप बढाउदै लैजाने मनसाय मात्र देखिएको छ हैन भने संयूक्त राष्ट्रसंघ देखि विश्वका धेरै राष्ट्रले वाहीवाही गरेको विशिष्ट पहिचान बनाउन सफल राष्ट्रिय झण्डा किन परिवर्तन गर्न आवश्यक पर् यो अब नेपालको नाम पनि त परिवर्तन गर्नु पर् यो नि त यो पनि त हिन्दूत्व र राजतन्त्रसँग मेल खान्छ होला नि त किनकी कता हो मैले पढेको थिए कि नेपाल भन्ने नाम चाहि ने भन्ने ऋषिले पालन गरेकोले त्यसलाई नेपाल भनिएको अब यहाँ ऋषिले त हिन्दू भन्ने देखिन्छ नि त्यसो हो भने के नेपाल नै परिवर्तन गर्न तिर पनि त लाग्नु पर् यो नि त होईन र यि र यस्ता परिवर्तन चाहने हो भने माओवादी आफु पहिला परिवर्तन हुन पर्छ त्यस पछि यि र यस्ता परिवर्तनको सपना देख्दा हुन्छ त्यो पनि सपनामा । जस्लाई राष्ट्र राष्ट्रियता के हो भन्ने कुराको कुनै ज्ञान नै छैन उसको मुखबाट राष्ट्र राष्ट्रियताको कुरा आउनु आफैमा हाँसोको पात्र बनिरहेको छ । परिवर्तन गर्नु नै छ भने परिवर्तन गर आफ्ना ति कार्यक्रर्ता जो आज पनि सामजको कलङ्गको विल्ला भिरिरहेका छन् परिवर्तन नै गर्ने हो भने जनताको सामु ल्याउन पर्ने हौ ती हत्याराहरु जसले विरेन्द्र शाह रामहरि श्रेष्ठ जस्ता निर्दाष जनताको ज्यान लिएका छन् के तिनीलाई जनताले सजाय दिन नपाउने अनि कुन नागरिक सर्वोच्चताको कुरा गर्दैछौ खै के नै गर् यौ जवसम्म पदमा थिए कटुवाल तब सम्म सलाम खादै हिड्यौ कुन नागरिकको सर्वोच्चताको कुरा गरेको हो ति वाईसिल र अरु आफ्ना भातृसंगठनको लागि नागरिकको सर्वोच्चताको कुरा गरेको हो भने चाहिएन हामीलाई त्यो नागरिकको सर्वोच्चता त्यो विल्ला त्यहि आफ्ना कार्यकर्ता लागि लगाईदिनु जो माओवादी जनता सम्झिन्छ । नेपाली जनताले यसरी नै परिवर्तनको लहरलाई निरन्तरता दिने हो भने याद गर्नु यि नेताहरुलाई पनि परिवर्तन गर्नेछन् नेपाली जनताले पहिले राजा परिवर्तन गरे फेरि राष्ट्रिय चिन्ह परिवर्तन गरे प्रजातन्त्रलाई परिवर्तन गरी गणतन्त्र ल्याए देशको संविधान परिवर्तन गर्नको लागि संविधान सभाको निर्वाचन गरे यि र यस्ता पाराले परिवर्तन गर्नु पर्ने हो भने नेताहरुले हामीलाई परिवर्तन गर्नु अघि यहि नेपाली जनताले नेताहरुलाई परिवर्तन गर्ने साहस गर्ने छन् ।आज खै ति नागरिक जो देशभक्ति नागरिक हूँ भन्द कहा गए ति आवाजहरु जुन देशको कुनै पनि बेला आच आयो भने त्यसको प्रतिकारमा आवाज उठाउने छु भन्ने ति नागरिक आज किन कान तेल हालेर बसिरहेको छ परिवर्तनहरु त धेरै नै आएको हो नेपाली जनतामा हिजो हृतिक रोशनले नेपाल मन पर्दैन भन्यो रे भन्ने हल्ला माथि राष्ट्रको निमित्त ज्यान दिने नागरिक आज सुस्ता भारतको भुमिमा परिणत हुदा पनि किन हात बाधेर बसेका छन् हिजो भारतीय विस्तारबादको विरुद्धमा आन्दोलन गर्ने स्वयम माओवादी कुन कार्यक्रम गरेर विरोध गर् यो माओवादीको ति वाईसिएल खै त सुस्ता बचाउनको लागि तयार भएको कि सुस्ता नेपाली भुमि थिएन आज राष्ट्रिय अस्मिला माथि आच आउदा पनि किन केहि आवाजहरु निस्किदैन आज किन ति आवाजहरु निस्किनबाट हिचकिचावाट हुदैछ के ति आवाजहरु देश हितमा नआउने भयौ सकेको हो त के ति आवाजहरु अबका दिनमा नआउने भएकै हो भने जाग अनि उठ आज फेरी यो राष्ट्र माथि तिम्रो त्यो आवाज र योगदानको महशुस हाम्री नेपाल आमालाई चाहिएको छ । बारम्बार हुने यस्ता राष्ट्रिय गरिमा माथि हुने आक्रमणको अन्तय हुनु पर्दछ । आजैबाट यस्ता राष्ट्रिय गरिमामय बस्तुहरुको हामीले संरक्षण गर्न सकेनै भने हामी आगामी पिढिलाई के दिने के छ हामीसँग उनिहरुलाई दिनको लागि के हामीले तस्बिरमा देखाउने कि यो हाम्रो राष्ट्रिय महत्वमा कुराहरु लागि । हे नेताहरु जो अनेक कुर्तक गरेर राष्ट्रिय अस्मिता माथि आँच आउने कार्य जहाँ कतैबाट हुन्छ भने त्यसलाई नेपाली जनताले कदापी माफि दिने छैन् यि चिल्ला कुरामा अब कुनै पनि नेपाली जनता लाग्ने छैन् आफ्नो देश आफ्नो पहिचान माथि कुनै पनि प्रहार हुन्छ भने त्यसको प्रतिकार गर्न नेपाली जनता फेरि पनि सडक तताउन सक्षम छन् यो न भुलौ कि कैयौ यस्ता आन्दोलन नेपाली जनताले जितेका छन् ।नेताहरुको यो खुट्टा तानातानको यो प्रवृत्तिले आज नेपालको आर्थिक सामाजिक राजनितिक शैक्षिक क्षेत्रमा ठुलो असर पुर् याईरहेको छ विकास यो त ´नै दयनिय अवस्थामा पुगेको छ देशमा विकासको नाममा केहि भएको छैन संसद् जुन देशको सम्पूर्ण विकासको थलो हो त्यो कति दिन अवरोध भयो यो नेपाली जनतालाई पनि थाहा नहोला । आखिर संसद आवरोध किन हुन्छ यहि तरीकाबाटै संसद् चल्ने हो भने के अबको ९ महिनामा नेपाली जनताले नयाँ संविधान पाउलान् त के ति सभासद्हरु नयाँ संविधान बनाउन कि्रयाशिल छन् त कि विदेश भ्रमण मो´ मस्तिमा ने गहिरहेको छ अबको ९ महिनामा नयाँ संविधान नआए त्यसको जिम्मेदारीको त अनि सोचेका छैन त्यो बेला देश कुन स्थितिमा पुग्ने छ देशलाई नयाँ निकास दिएर देश विकास तिर लाग्दै आर्थिक क्रान्तिमा लाग्नु पर्नेमा कुनै न कुनै वखाडा निकालेर संसद् अवरोध गर्नु भन्दा अरु नयाँ काम केहि पनि भएन माओवादी हिजो नागरिक सर्वेच्चाता र राष्ट्रपतिको कादम भन्दै आन्दोलन गर्दै संसद् अवरोध गर् यो अब थाहा हुदै गयो कि यो आन्दोलनको पनि परिणम त्यहि पुराना आन्दोलन जस्तै हुने भयो भन्ने अनि माओवादीले फेरि नयाँ बखडा निकाल्यो राष्ट्रिय गरिमामा हात हालेर । के माओवादीसँग कुनै मुद्धा नै नभएको हो त राजनितिक गर्नको लागि हिजो सरकारमा नहुदा वेपत्ता नागरिकको खोजी हुनुपर्दछ भन्ने तिनै नेताहरु जब सरकारमा गए त्यसको नाम मात्रै पनि आएन खोज्ने काम त कता हो कता खै त ति वेपत्ता नागरिकहरु हुन त नेपालमा कुनै सरकार आए पनि हुनुवाला त केहि हैन त्यहि पनि माओवादी एक पृथक वातावरणबाट आएको हो भन्ने जनतालाई लागेको थियो र जनताले भेट गरेर उसलाई सबै भन्दा ठुलो दलको रुपमा संसदमा पूर् याए तर जुन जोगी आए पनि कानै चिरिएको भने जस्तो जुन नेता वा पार्टिलाई संसद्मा पुर् याए पनि जनताको हातमा त्यहि पिडा र दुख भन्दा अरु कुनै पनि पार्टि वा नेताले दिन सकेन ।

10:55:00 am

प्रतीक्षाभित्रको प्रेम उत्सर्ग-पारसमणि शम

सामग्री प्रस्तुति Ram Prasad Panta

त्यस समय शायद उ त्यही आठ-नौ वर्षको थियो होला। घरमा बिहेको धुम-धाम थियो। बिहे त उसको दाजु लाक्पाको थियो। तर परोक्ष रूपमा त्यो बिहे उसको पनि थियो। उसलाई त्यो के थाहा। बिहे त दाजुको भइरहेको थियो। उसको होइन। सात भाइमा उ सबैभन्दा कान्छो। बिहे भएको हो दाजु लाक्पाको। दाजु लाक्पाको उमेर त्यही 30-को थियो। 30 वर्षको उमेरसम्म लाक्पाको बिहे किन भएन भने उनीहरूको बाबु थुब्देनलाई बिहेको क्रम रोक्नु पर्छ भन्ने ज्ञात नै कहाँ भएको थियो र जब बाबुको उमेरले पचास नाग्यो तब मात्र उसले बिहे गर्ने आफ्नो अभियान रोक्यो। उ शिथिल बनेको थियो। उसको शरीर छिया-छिया भएको थियो। 17 वटा उसले भित्र्याएको थियो। काजी थुब्देनले परम्परा र धर्मको पालन गर्नेक्रममा 17 वटी भित्र्याए छ। बाबु थाकिसकेपछि मात्र पालो आएको हो लाक्पाको। अब लाक्पाले कतै बाबुको परम्परालाई अघि त लगाउने होइन... परम्परा अनुसार तीन-चारवटी त ल्याउनु नै पर्छ। काजी परिवारको मान-सम्मानको कुरो हो।लाक्पाले तीन महीनाको लामो यात्रापछि सात डाँड़ा पारी गएर भाउजू लिएर आएको छ। नथुला भञ्ज्याङ पारीको देश ल्हासाबाट उसले डोमालाई बिहे गरेर ल्यायो। डोमा गुम्बाकी पुजारी झैं स्वच्छ देखिन्छे। हिमालको चमक झैं कान्तियुक्त उसको रूप छ। कति सुन्दर छ डोमा, डोल्मा झैं। सुनाखरी फूलको सुन्दरता छ उसको रूपमा। आफ्नो लोग्नेभन्दा 13 वर्ष कान्छी। डोमा 17 की हो। लाक्पा 30-को। बाबु-आमाले सात हिमाल पारीको लोग्नेलाई दिएर पठाएपछि ल्हासाको सुन र सुन्दरता लिएर उ आएकी हो।लाक्पाको शरीरलाई छ्याङले गलाइसकेको छ। बिहानदेखि नै छ्याङ लिने लाक्पाको बानी त्यही 13-14 –देखि नै बसेको हो। भैंसीको जत्रा ठूल्ठूला उसका आँखा सधैं मातेको हुन्छ। उसको अनुहार सनै सनै डढ़न थालेको छ। यात्रामा उ थाक्छ। उसको स्वरमा एक प्रकारको रूखोपन छ। उसको बोलीमा निराशा झल्कन्छ। यो मान्छेको शरीरमा कुनै ताकत छ के... डोमालाई बाटोमा नै शंका लागेको थियो। तर के गर्ने जीवन नै उसँग बिताउनु छ। बाबु-आमाले दिए। आखिर सात गाउँको काजीको छोरो हो लाक्पा।डोमाले लाक्पाको घरमा आएपछि देखी उसले सातजनासित जीवन बिताउनु रहेछ। लाक्पाका भाइहरू सेराप, छिरिङ, गिर्मी, नाम्गेल, टाशी र क्रर्मा। कर्मा त्यही आठ-नाैको रहेछ। अरू पाँचको उमेर बिहेको लायक भइसकेको रहेछ। टाशीको उमेर त 18 रहेछ। जेठीका सन्तान सात भाइ। 17 वटी मध्ये पाँच वटी मरिसकेछन्। जेठी पनि मरिछ। मरेकाहरूमा तीनवटीका सन्तान थिएनन्। साैताहरू धेर भएर 5 वटी त एक-दुइ महीना बिताएर काजी लेण्डुपलाई छाड़ेर पोइल गइसकेका छन्। रहल सासूका कुल 25 जना सन्तान छन् 14 छोरी, 11 छोरा। तर धर्म अनुसार डोमाले सात भाइसित जीवन बिताउनु पर्ने छ। परम्परा के छ भने जेठोले बिहे गरेर ल्याएकी स्वास्नी सबै भाइहरूकी स्वास्नी हुन्छे। पहिलो सन्तान जेठोको, देस्रो माइलोको, तेस्रो साइलोको....। यही क्रम चलिरहन्छ। फेरि माइलोले बिहे गरेर ल्याएकी स्वास्नीचाहिँ जेठाकी स्वास्नी हुन्न तर उ मुनीका अरू भाइकी स्वास्नी हुन्छे। डोमाले पनि परम्पराको पालन गर्नुपर्ने छ। उसले पनि आफ्ना देवरहरूको बिस्तर तताउनु पर्नेछ।वर्ष दिनपछि डोमाको एउटा छोरो जन्मियो। परम्परा अनुसार छोरो बाबु लाक्पा भएको थियो। तर नवजात शिशुको बाबु को हो डोमालाई पनि थाह थिएन। प्रत्येक रात उसले लोग्ने फेरेकी थिई। तर योचाहिँ पक्का थाह थियो नवजात शिशु लाक्पाको विर्यको फल थिएन। किनभने लाक्पामा पाैरूष्य क्षमता नै थिएन। उ शिथिल थियो। नामकी स्वास्नी थिई डोमा उसकी। लाक्पालाई पनि छोरो आफ्नो विर्यको होइन भन्ने कुराको राम्रोसित ज्ञान थियो। धर्म र परम्परालो छोरो उसलाई दिएको थियो। यस एक वर्षको अन्तरालमा डोमा अब बिस्तारै सबैकी भाउजू भइसकेकी थिई किनभने सेराप, छिरिङ, गिर्मी, नाम्गेल र टाशीले पनि बिहे गरिसकेका थिए। अब उ नितान्त लाक्पाकी स्वास्नी भएकी छ। अब उसले रात-बिरात आेछ्यान साट्नु पर्दैन। उ लाक्पाकी प्यारी स्वास्नी भएकी छ। शिथिल लाक्पालाई उसले छोरो दिएर ठूलो गुण लगाएकी छ। कर्मा अझै सानो छ। डोमाले दिनदिनै छोरोको लालन पोषण गर्न थाली। कान्छो देवरको पनि उ खुब ख्याल गर्छे। आफ्नो छोरोको भन्दा धेर याद गर्ने गरेकी छ। समयमा खान-पान सबै उसले हेरिरहेकी छ। आमाले गर्नुपर्ने सबै काम उ गरिरहेकी छ। कर्मा पनि भाउजु भनेपछि हुरूक्क हुन्छ। डोमाबिना खाना खाँदैन, कर्मा। सुत्न पनि डोमा नै चाहिन्छ। बीस वर्षकी डोमालाई आफ्नो लोग्ने लाक्पासित सुत्नुभन्दा किशोर कर्मासित सुत्न आनन्द लाग्छ।दिन बित्तै गए। डोमाको छोरा काटुक पनि ठूलो हुँदै गयो भनो काका कर्मा पनि दिनदिनै जवान भइरहेको छ। कर्माको पुष्ट हुँदै आएका पासुला सुम्सुमाउन पाउँदा डोमालाई जुन आनन्द लाग्छ त्यो कहाँ लाक्पाबाट हुन्छ र। आफ्नो छोरो काटुकलाई भन्दा बढ़्ता माया गर्छे डोमा, कर्मालाई। कर्मासितको सआनन्दले डोमा दिन दिनै हँसिलो बन्दै आएकी छ। वास्तवमा डोमालाई कर्माको असाध्य माया लाग्न थालेको छ। उ कर्मालाई जिस्काउँछे। म्वाई खान्छे। कर्मा पनि भाउजू भनेपछि हुरूक्क हुन्छ। भाउजू बिना रहँदैन।बिस्तारै कर्मा पनि 16 वर्षको भयो। उसको हृष्टपुष्ट शरीरमा डोमा पुरुष देख्न थालेकी छ। आफ्नो लोग्ने लाक्पासित उसले छटपटाएर रात बिताएकी छ। लोग्नेबाट प्रत्येक रात उ तिरस्कृत छ। उसलाई लाग्छ लोग्नेका कसिला पाखुराले उसलाई प्रत्येक रात कुज्याएर राखोस्् तर लाक्पामा यो सामर्थ कहाँ छ र। यो सामर्थ त कर्मामा छ। कर्माको पाखुरालो उसलाई कज्याउन सक्छ। चरम सुख दिनसक्छ। आखिर परम्पराले कर्मा पनि उसको लोग्ने हो।कर्मा पनि अब ठूलो भयो भनेर काजी बूढ़ोले एक दिन उसलाई पनि सात हिमाल पारी ल्हासा व्यापार गर्न पठाउँछ। कर्माले ल्हासा जान अघि डोमासित बिदा माग्छ अनि डोमाले गहभरि आसु पार्छे। उसले कर्मालाई कहिले फर्किने हो भनेर सोध्न पनि सकिन। कर्मा चाैरीमा चढ़ेर टाड़ा ल्हासाका लागि प्रस्थान गर्छ। धेरै परसम्म डोमाले हात हल्लाएर कर्मालाई बिदा दिने प्रयत्न गर्छे तर सकिन। उ रोई। चिच्याई। कराई। मनमनमा।कर्मा हिँड़ेपछि डोमाको रातको निद्रा पनि हराएको छ। उसका आँखाले सधैं नथुलातिर दृष्टि गाड़ेको हुन्छ। सपनामा उ कर्मालाई देख्छे। ल्हासाको दरबारमा कर्मा र उ ड्डलेको, साथै चाैरीमा चड़ेर हिमाल डुलेको। जङ्गलभित्र हिँउ चितुवा र भालुसित कर्माले सहजजासित लड़ाई गरेर दुवैलाई मारेको। कर्मा कहिले आउँछ... मनभित्र बारम्बार यही प्रश्न छ – उसको मनमा। कर्मालाई किन टाड़ा पठाए ससुराले, मनमनमा ससुरालाई उ पापी भन्छे।ल्हासाबाट फर्केर आउने प्रत्येक कामदारलाई उ कर्माबारे सोध्छे। कर्मालाई ल्हासा जानेका हातमा खबर पठाउँछे। कर्माको खबर पाएको दिन डोमा आनन्दको चिर निद्रामा पर्छे। कर्माले ल्हासाबाट आएर सोझै उसको गालामा म्वाई खाएको सपना उसले देख्ने गरेकी छ।कर्मा ल्हासा गएको पनि चार वर्ष बितेछ। यी चार वर्ष बिताउन डोमालाई चार जूनी बिताए झैं लाग्यो। एक दिन लाक्पालाई काजीले कर्मा आउने कुरो गरिरहेको डोमाले सुनी। डोमाको मन तोरीको फूल फुले झैं फुल्यो। हिमालमा लाली गुराँस डकमक्क भए झैं उसको जीवन फुलेको उसले अनुभव गरी। उसले प्रत्येक कुरामा कर्माको दिप्तियुक्त अनुहार देखेकी थिई।कर्मा आउँने दिन उ बिहानै धारामा गएर सफा भई यतिका वर्ष प्रतीक्षा गरेको व्यक्ति उ सामु आइरहेको थियो। आज उ हर्षित छ। उसको मन प्रफुल्ल छ। सात डाँड़ा पारीबाट उसको सुख आइरहेको थियो। तर भाग्यले डोमा माथि उल्टो खेल खेलिदियो। कर्मा त आइपुग्यो तर उसको कर्मा त आएन छ। कर्माले ल्हासाबाट नै बिहे गरेर आएछ। साथमा छोरी पनि।डोमाले दश-दश वर्ष जस्तो प्रतीक्षा गरी, जसको तपस्या गरी आज उसैले उसको तपस्यामा पानीपानी बनाइ दियो। कर्मा उदेखि टाड़ा भइसकेका थियो। आफ्नो लोग्नेलाई भन्दा बढ़ी माया गरेकी थिई। कर्मा ल्हासा गएदेखि डोमाले प्रत्येक पल उसको सम्झनामा बिताएकी थिई। तर पनि कर्माले उसको प्रेम बुझ्न सकेन। लोग्नेसित सुतेर पनि उसले कर्मालाई सम्झेकी थिई। लोग्नेको कमजोरीलाई पनि उसले कर्मालाई सम्झेर सहेकी थिई। दश वर्षसम्म उ बाँझो बसेकी थिई कर्मालाई सम्झेर। तर कर्माले त डोमालाई विदेश गएर रत्ति भर पनि सम्झिएनछ। डोमाले गहभरि आँशु पारेर यी सबै कुरा सम्झी। उसको छात्ती पोलेर आयो। उसले देखि उसको जीवनको घाम अस्ताएछ। उसले लाक्पालाई सम्झी। आफैंमा घिन लागेर आयो। लाक्पाको काही परेको शरीर र वासना शून्य जीवनदेखि उसलाई दिक्क लागेर आयो। अब उसले त्यही छ्याङले डढ़ेको लाक्पासित नै जीवन बिताउनु छ। उसले सोची म किन यस्ति। काजी बूढ़ोले 17-17 वटी बिहे गर्यो। म पनि यस्तै हुन्छ भनेर जानेकी भए पहिले नै हिँड़्ने थिए। खान लाउनले मात्र मान्छेलाई कहाँ हुँदो रहेछ र। मान्छेलाई मान्छेकै उपस्थित चाहिन्दो रहेछ। उसलाई लाग्यो बिस्तारै उसको जमिन भसिरहेछ। उसको मुख सुकिरहेछ। उसका आँखाबाट आउँदै गरेका आँशु पनि रोकिए। मन रोए पनि उसको आँशु आएन। छोरोले ल्हासाबाट बुहारी लिएर आएको खुशीयाली घरमा भए पनि डोमाको जीवनका सबै सुखहाँसो सिधियो, आज।दश वर्ष जसको आशामा उसले जीवन बिताई आज उसले उसको ख्याल नै नगरी बिहे गर्यो। लाक्पासित सुत्न उसलाई मन लागेन। लाक्पासित सुत्न उसलाई घिन लागेर आयो। घिन किन नलागोस पनि वासनाको ठाउँमा छ्याङको गन्ध आउँछ भने। डोमा उठी बाहिर गई। लाक्पा घोर निद्रामा पर्यो केही बेर मै।भोलिपल्ट बिहान कसैले लाक्पालाई आएर भन्यो डोमाले घाँटीमा पासो लगाइछ।(कथाकार पारसमणि शम सिक्किमका युवा कथाकार-उपन्यासकारको रूपमा परिचित छन्)

10:47:00 am

Bijaya Dashaiko suvakamana

सामग्री प्रस्तुति Ram Prasad Panta

1:40:00 am

आइन्स्टाइन र न्युटनलाई चुनौती दिन

सामग्री प्रस्तुति Ram Prasad Panta

रिजन कार्की नेपाली किशोर हुन् । रिजनको 'रिजन' -गर्न खोजेको काम) प्रमाणित भए उनको मात्र होइन, नेपालकै प्रतिष्ठा उच्च हुनेछ । वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो दाबी पुष्टि गर्न उनी सोमबार अमेरिका उडेका छन् । उनको दाबी हो, 'विश्वले मान्दै आएको आइज्याक न्युटनको गुरुत्वाकर्षण सम्बन्धी नियम र अल्बर्ट आइन्स्टाइनको स्पेस टाइम कर्भेचर सिद्धान्त गलत छ ।' यसै वर्ष विराटनगरको बुढानीलकण्ठ सेकेन्डरी स्कुलबाट एसएलसी दिएका रिजन कार्की विश्वस्वीकार्य वैज्ञानिकलाई चुनौती दिन अमेरिका उडेका हुन् । १६ वषर्ीय कार्कीले न्युटनको गुरुत्वाकर्षणसम्बन्धी नियम र आइन्स्टाइनको स्पेस टाइम कर्भेचर सिद्धान्त गलत भएको प्रमाणित गर्ने दाबी गर्न नासामा नाम दर्ता गराएका हुन् । आफन्तहरूको आर्थिक सहयोगमा नाम दर्ता गराउन सफल रिजन नासाको लगानीमा सम्मेलनमा भाग लिँदै छन् । नासाको आयोजनामा वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय अन्तरिक्ष सम्मेलन -आइएसडिसी) अमेरिकाको फ्लोरिडाको आलान्डोमा मे २८ देखि ३१ सम्म हुँदै छ । अमेरिकी वैज्ञानिकहरूको संस्था नासाले नेसनल स्पेस सोसाइटीमार्फत नेपाली किशोर रिजनलाई सम्मेलनमा भाग लिन बोलाएको हो । सो सम्मेलनमा रिजनले पावर प्वाइन्टबाट आफ्ना डकुमेन्ट प्रस्तुत गर्ने तयारी गरेका छन् । रिजनको 'रिजन' साँच्चिकै प्रमाणित भयो भने उनको मात्र होइन, देशकै ठूलो प्रतिष्ठाको विषय हो । तर, दुःखको कुरा उनी उड्नु एक दिनअघिसम्म उनलाई आफ्नो भ्रमणबारे यकिन थिएन । कारण थियो- पैसा । आर्थिक सहयोगका लागि उनले धेरै सरकारी तथा गैरसरकारी संस्थालाई गुहारे, तर धेरैले उनलाई पत्याएनन् । उनले आशा मारिसकेका थिए तर सहयोग गर्‍यो नोबल एकेडेमीले । जहाजमा लाग्ने भाडादेखि पकेट खर्चसमेत नोबल एकेडेमीले दिएको छ उनलाई । 'केही गर्न खोजेको मान्छेलाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो,' रिजनलाई आर्थिक सहयोग गरेका नोबल एकेडेमीका अध्यक्ष सुरेन्द्र श्रेष्ठले भने, 'उनको सिद्धान्त प्रमाणित भयो भने राष्ट्रकै इज्जतको कुरा हो ।' तर, रिजनसँगै अमेरिका जाने तरखर गरेका शिक्षक पनि आर्थिक स्रोत जुटाउन नसकेर रोकिएका छन् । सम्मेलन अवधिभर नोबल एकेडेमी र अमेरिकामा रहेको दावाली मिलन केन्द्रले खाने, बस्नेदेखि कार्यक्रमस्थलसम्म आवतजावतको व्यवस्था मिलाएका छन् । आर्थिक स्थितिका कारण उनले अमेरिका उड्ने आवश्यक तयारी गरेका थिएनन् । तर, जब आइतबार भ्रमण निश्चित भयो तयारीका लागि उनले धपेडी गर्नुपर्‍यो । सोमबार दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुपर्ने रिजन एक बजेसम्म नयाँ पाइन्ट किन्न बजारमा भौंतारिरहेका थिए । रिजनसँग कुराकानी गर्न १२ बजे नयाँ पत्रिकाकर्मी नोबल एकेडेमीमा पुग्दा उनी करिब एक घन्टापछि मात्र सो ठाउँमा आइपुगेका थिए । तर, उनी आफ्नो दाबीप्रति ढुक्क छन् । 'मैले नयाँ सिद्धान्त लेखेको छु, यसले पुराना सिद्धान्तलाई बाइपास गरेको छ,' रिजनले अमेरिका जानुअघि नयाँ पत्रिकासँग भने, 'डार्क इनर्जी र डार्क म्याटर हल भएको थिएन, तर मैले गरेको छु । गुरुत्वाकर्षणको नयाँ प्रतिवादी सिद्धान्तमार्फत यो समस्या मैले हल गरेको हुँ ।' उनले आफ्नो दाबीले अहिले नपाए भविष्यमा सिद्धान्तको मान्यता पाउने विश्वास पनि व्यक्त गरे । न्युटनको 'कुनै दुई आकाशीय पिण्डहरूको गुरुत्वाकर्षण बल ती दुई पिण्डबीचको गुणनफलसँग अनुक्रमानुपातिक र ती दुई पिण्डबीचको दूरीको बलसँग व्युत्क्रमानुपातिक हुन्छ' भन्ने नियम पूर्ण नभएको दाबी रिजनको छ । त्यसैगरी आइन्स्टाइनको स्पेस टाइम कर्भेचर सिद्धान्त पनि गुरुत्वाकर्षणसम्बन्धी शक्तिले फैलिइरहेकोे ब्रह्माण्डबारे कुनै व्याख्या नगरेकोले त्यो सिद्धान्त अपूर्ण भएको उनको दाबी छ । रिजनले कक्षा ६ सम्म पूर्वी पडाडी जिल्ला भोजपुरको सरस्वती निम्नमाध्यमिक विद्यालयमा पढेका हुन् । बुबा पेसाले शिक्षक भएका कारण बुबाको सरुवासँगै उनी पनि विराटनगर झरेका थिए । सरस्वती निमाविमा ६ कक्षा पढेका रिजनलाई विराटनगरको बुढानीलकण्ठ स्कुलमा दुई कक्षा घटाएर चारमा भर्ना गरिएको थियो । साभार - नया पत्रिका

3:36:00 pm
सामग्री प्रस्तुति Ram Prasad Panta

रिजन कार्की नेपाली किशोर हुन् । रिजनको 'रिजन' -गर्न खोजेको काम) प्रमाणित भए उनको मात्र होइन, नेपालकै प्रतिष्ठा उच्च हुनेछ । वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो दाबी पुष्टि गर्न उनी सोमबार अमेरिका उडेका छन् । उनको दाबी हो, 'विश्वले मान्दै आएको आइज्याक न्युटनको गुरुत्वाकर्षण सम्बन्धी नियम र अल्बर्ट आइन्स्टाइनको स्पेस टाइम कर्भेचर सिद्धान्त गलत छ ।' यसै वर्ष विराटनगरको बुढानीलकण्ठ सेकेन्डरी स्कुलबाट एसएलसी दिएका रिजन कार्की विश्वस्वीकार्य वैज्ञानिकलाई चुनौती दिन अमेरिका उडेका हुन् । Read More
भत्किएका परेलीका डिल समान मेरो जिवन लेख्न त शुरु गरे तर सम्बोधन गर्न शब्दहरुको कमिले होला सम्बोधन नगरी कनै शुरुवात गरे आज तिमीलाई मेरो भोगाईहरु लेख्न त्यस्ौले होला आजभोलि किन-किन एकान्तमा आत्मा कहालिन्छ । अतित्को मिठो सम्´नाले मुटु विथोलिन्छ अनि मनको अन्तरंगमा पिडाका लप्काहरु दन्किदिन्छन् । तैपनि एउटा यस्तो जिन्दगी जसको विष्मातमा ´रिदिने दूई थोपा आँसु छैन हर्षमा मुस्कुराईदिने एक निस्वार्थ मुस्कान छैन त्यही कथित जिन्दगीलाई नै अप्राप्य खुशीको आशामा सकीनसकी थामिरहनुलाई आफ्नो पूरुषार्थ ठानिरहेको छु आज म । बम बारुद्ध अनि ति मानिसहरुको चिट्चिट्टाहाटबाट निस्किएको आवाजहरु मात्र ठोकिने गरिन्छ मेरा कानमा आजभोलि यो मरुभुमिमा म त चँुडिएको चंगा जस्तै विना उद्देश्य कहिले वादलपारी लरबिरंदै त कहिले यो मरुस्थलमा पछािरंदै उडिरहेको छु । Full Story> मैले देखेको सपना विगत पाँच वर्षदेखि म त्यो केटीको खोजीमा थिएँ। मेरी पूर्व प्रेमिका…। नढाँटी भन्छु, म त्यसको हत्या गर्न चाहन्थेँ। मेरो जीवन त्यस्तो विलखबन्द यात्रा थियो जसको वरिपरि केवल भीर थियो र प्रतिगमनको म जन्मजात शत्रु थिएँ। म बारम्बार एउटै कुराले उत्पीडित थिएँ र त्यो मेरो जन्मसँगै अभिन्नरूपमा टाँसिएर आएको जातीय पीडा थियो। गरिवी त त्यसको अभिन्न अंग छँदै थियो। त्यसले मानौ व्यक्तित्व नै धारण गरेर मसाग दुश्मनी गरिरहेको थियो। प्रेममा, विश्वासमा,यात्रामा,मनोविज्ञानमा र जीवनका हरेक पाइलामा चुनौती दिइरहेको थियो र मलाई पराजित पनि गरिरहेको थियो।मेरा साथीहरू त प्रशस्त हुन्थे तरतिनको भीडमा म नितान्त एक्लो हुन्थेँ। त्यसैको फाइदा उठाएर त्यो डिप्रेसनकै पञ्जा फिँजाएर मेरो घाँटी निमोठिरहेको हुन्थ्यो। मलाई दिमागभित्रबाट बारम्बार कसैले आत्मघातका लागि उक्साइरहेझैँ लाग्थ्यो।Full Story> गजल ः जिस्किन थाल्यौ फाट्दा मुटु नदेख्नेले लुगा फाटदा देख्यौ पि्रया रुख चढाइ बन्चाराले फेद गिडी ढाल्यौ पि्रया पुर्णिमाको जुनमापनि कालो दाग आँैलाएर दोबाटोमा अल्झाइ पाइला अन्तै चाल्यौ पि्रया भ्रुण मै मरे कोपीला रुखो बोटको के रš रुप चिनो दिइ सम्झनाको भित्र भित्रै पोल्यौ पि्रयाRead More> तिमी पीडा नायक हौ। जुन आकाशमा विस्तारै देखियो। मैले साह्रै कर गरेपछि त्यस साँझ उसले भन्यो—’घटनाको पीडा मैले अनुभव गरेको छु। सुन्नेले मात्रै अनुमान गरिदिन सक्छ। उसले यसलाई कुनै चलचित्रको कथा ठानिदिन सक्छ। यो घटना सम्झेपछि मलाई रक्तचाप बढ्लाजस्तो हुन्छ। पृथ्वी हल्लिएजस्तो हावाका लप्काहरु एकैचोटी तातो मुस्लो बनेर आएजस्तो हुन्छ। आज म मेरो मुखबाट अन्तिम पटक यस विषयमा भन्दैछु। सत्य राम राम यसपछि म कसैलाई पनि यस विषयमा चिम्टी पनि बताउने छैन।’ मध्ययम स्तरको शहरीया रेष्टुरेन्टमा ऊसाग मेरो यो तेश्रो भेट थियो। रेष्टुरेन्टको माथिल्लो तलामा हामी थियौँ। टेबुलमा केही नेपकिन पेपर थियो। अँग्रेजीमा लेखिएको मेनु हामीलाई हेरिरहेको थियो। र सँगै नुन र चिनीका छुट्टा छुट्टै डब्बा थिए। ऊ एकछिन रोकियो। मैले वेटरलाई बोलाएँ। थप एक बोतल ल्याउन भनेँ। काँचको सानो कदको गिलास, चीसो पानीकोबोतल र हृवीस्कीको ठूलो बोत्तल हाम्रो अघि केही क्षण नविराइ हाजिर भयो। ऊ अझै चुपचाप थियो।Read More>

3:32:00 pm
सामग्री प्रस्तुति Ram Prasad Panta

गजल ः जिस्किन थाल्यौ फाट्दा मुटु नदेख्नेले लुगा फाटदा देख्यौ पि्रया रुख चढाइ बन्चाराले फेद गिडी ढाल्यौ पि्रया पुर्णिमाको जुनमापनि कालो दाग आँैलाएर दोबाटोमा अल्झाइ पाइला अन्तै चाल्यौ पि्रया भ्रुण मै मरे कोपीला रुखो बोटको के रš रुप चिनो दिइ सम्झनाको भित्र भित्रै पोल्यौ पि्रया गाइ मारेर गधा पुज्ने चलन चल्ती तिम्रो रैछ धोइ पाप पखाल्नलाइ लाख बत्ति बाल्यौ पि्रया सँगै हिड्ने सहयात्री नहुने रहेछ जिवनसाथी बनी काल हिजो आज जिस्किन थाल्यौ पि्रया

3:30:00 pm
सामग्री प्रस्तुति Ram Prasad Panta

कथा ः विचरा कथाकार ः सुमन बगाले मान्छे जुन दिन प्यारो हुन्छ त्यो दिन उ मरीसकेको हुन्छ । वाँचुन्जेल कसरी वाच्यो कुनै वास्था हुदैन जब उसको लाश कतै वेवारीसे देखेँ वा कुनै मुर्दा बोक्ने घारोमा लम्पसारीदा मात्र मान्छेको मुखबाट कठ्यै मान्छे मरेछ हेर त विचरा । त्यो दिन त्यो क्षणमात्र हो उ जसको नजरमा परेको छ त्यहि दिन बिचरा हुन्छ । जब म सात वर्षको थिएँ मेरी आमाले यो सँसार छोडीन । म साथमा नै थिए तर काहाबाट आएछन तिम्रा दुतहरु थाहै भएन बाबु पानी पानी भनेकी थिइन म त आफनै सुरमा भिमसेन थानमा चढाएको नेवारी कोदोको पानी ल्याएर थिए दिदैथिएँ एकछिनपछि त हलन चल पशुपति छेउको पिपलको मुडो लडेको झै डšरšग ढलिन । दुइदिन सम्म सँगै बसेँ उठ्छिन कि भनेर तर उठने त काहा हो काहा छन मलाइ नै गन्ध दिन थालिन मैले गुन्डा पारेर राखीदिए । सबै हेर्थे विचरा भनि मन अमिलो पार्थे । त्यसैले त भगवान मलाइ यो विचरा भन्ने शब्द नै मन पर्दैन । मेरी आमालाइ यो गति मा पुराउने पनि थिए होलान् विचरा भन्ने त्यो हुलमा । रातभरी कयौ नारीहरुलाइ नग्न नचाएर मस्ती नारीको अस्तित्वमा झुमी विहान त्यहि पाप पखाल्नलाइ पशुपतिमा धाउनेपनि धेरै देखेको छु मैले । शशीरमा जवानीको रसहुदा सस्तै पैसामा खरिद गरे नानाभाती गरे । के मेरी आमाले कसैको यौनप्यास मेटाउदा गल्ती गरेकी थिइन त मान्छेले आफनो स्वार्थको लागी जिउदै मान्छेलाइ बेच्दा चाही धर्मको हत्या नहुने मेरी आमाले कसैको अथाह प्यास मेटाउदा धर्मको हत्या हुने मेरी आमाले त धर्म गरिन जसको प्यासीपिडालाइ केहि समयको लागी भनेपनि शान्त पार्थिन । जसको लागी हरेक पुरुष आफनो सारा जिवन नै वर्वात गर्न पछि हटैनन् । मेरी आमाले त सर्वसुलभमा प्रदान गर्दै आएकी थिन्ा । आफनै अस्तित्व बेचेकी थिन कसैको विगार त गरेकी थिइन । एक्कासी मेरो मस्तिस्कमा यि कुराहरुले लडाइ गर्न थाल्थे तर विना निश्कर्ष आफैमा हारेको हुन्थेँ । दुइ दिनपछि एउटा भक्तालु आएर तेरी आमा मरेर भगवानको घर गइसकी । यसलाइ नजिकैको पशुपतिको वागमतिमा फाल्नुपर्छ भने बल्ल थाहा भयो मालाइ मेरी आमा मरिछे भनेर । मरेपछि त आर्यघाट लानुपर्छ भन्ने थाहा थियो किनकी दिनहु मैले मरेका मान्छे देखेको थिएँ । मैलेपनि लगी आमालाइ खरानी बनाइदिएँ । राती जाडो हुन थाल्यो पेटमा डमरु बज्न थाल्यो बल्ल मलाइ आमाको कमी महसुस हुन थाल्यो ।म पाच वर्षको हुदा देखी नै मेरी आमाकेा स्तिर निकै दिनप्रति दिन खस्किदै गएको थियो । गालामा पाउडर ओठमा लाली निकै कमि हुदैथियो कोठापनि सामानहरु घटदैथिए । मेरी आमाको अनुहारमा खुशी थिएन । मलाइ लाग्थ्यो मेरो एक राते बाउले आज निकै धेरै दुख्ख दिएछ कि । म लाचार थिएँ म केहि गर्न सक्दिन थिएँ । तर पछि ठुलो भएर आमालाइ त्यो धन्दाबाट मुक्त गर्ने भने मेरो ठुलो सपना थियो । जुन भक्तजनको आवजबाट चकनाचुर भयो । मलाइ त मर्न देखी पनि घृणा लागीसक्यो । तरपनि म मर्दैछु मलाइ यो पापी सँसारमा मर्न मन छैन भगवान । मलाइ नमारी तिमी माथी नै लगेर फासी देउ मलाइ सयौ दिन लगाएर तड्पाइ तडपाइ मार म माजुर छ तर मलाइ मरिसकेपछि विचरा भन्ने शब्द सुन्नबाट दुर राखिदेउ कि त मलाइ अजम्बरी बुटि देउ जसले गर्दा म अन्नत अन्नत जिवन जिउन सकुँ । मलाइ यहा आरम सुखसयलभरपुर्ण जवानी रšगीचšगी जिन्दगी भएर म अन्नत अन्नत सम्म जिउन पाउ भनेको होइन भगवान तिमीलाइ अगवत नै होला मेरो हालत । तिमी त भगवान हौ नि देख्न सक्छौ नी लाग्छ तिम्रो गलत निर्णयले नै मलाइ यो सजाय भोगीरहेको छु । तिमीलाइ थाहा छ भगवान तिम्रो दुतहरु आएर मलाइ जिस्काइरहन्छन् । अस्ती एउटाले जिस्काउदा जिस्काउदै मेरो खुट्टा पो चुड्यो मलाइ आजभोली यो समाज लšगडो भन्छन भगवान । गर्वमै निमोठिएको फुललाइ पनि तिमी किन यसरी लावारीस बनाएर तड्पाउछैा भगवान मैले कहिले सम्म तिम्रो यो ऋण तिर्न लाग्ने हो मलाइ थाहा छैन । जन्मदा न बाउ चिने न आफन्त । मैले मेरी आमालाइ हजार बार सोधे होला भगवान जति मैले तिम्रो नामपनि लिएको छैन होला । म तेरो वाउ भएको ठाउमा जान्छु अनि तपनि आएपछि देखाइदिउला भन्ने गर्थिन । कि तिमी नै मेरो बाउ हो मेरी आमा तिमी भएको ठाउमा आएकी छिन रे त त्यो भक्तजनले भनेको । कि मेरी आमा तिमीलाइपनि राम्री लाग्यो तिमी त लाटो रहेछौ भगवान । मेरी आमाले कहिले असन चोक विर हस्पिटल अगाडी पछाडी कहिले भोटेवाहाल रत्नपार्क र वसपार्क यता उता चाहार्दैमा कुमारीतत्व गुमाइसकेकी थिइ । मेरो आमाले मर्ने बेलामा तड्पिएर भन्दै थि बाबु त पनि आउनेछस कति समय जिउनेछस हासेर जिउनु तेरो मृत्यु भोली पक्कै छ । म त आजसम्म जति पिडा मन भरि दुखाइ शरिर भरि हुदापनि हासेकै छु । अगी नै भने नि तिम्रा सन्तानले जिस्काउदा जिस्काउदै मेरो खुट्टा लगे अस्ती भर्खर पशुपतिको सिडीमा बैशाखीको साहाराले लत्रेको गुल्टिदै म तल पुगे शशीरपनि चोटै चोट लाग्यो त्यैपनि दुखेन मलाइ । दुख नै मेरो साथी भएपछि दुख देखेर नै म रोए भने दुखलेपनि छोडेर गयो भनि म केा भनेर बाच्ने त्यसैले मलाइ दुख्दैन नि भगवान । देख्यौ भगवान म कस्तो आज्ञाकारी पुत्र आमाले मृत्युशैयामा पुग्दा बोलेकी सबै मैले पुराइरहेको छु । म आज सम्म हासेकै छु । दिए खाइदिन्छु नदिए भोकै सुतिदिन्छु । सत्य भगवान आजसम्म जवरजस्ती गरेको छैन र गर्दिनपनि । सधै पेट भरिराखेर भोकपनि रिसाायेा भने म कोसँग खुशी हुनसक्छु र भगवान त्यसैले म भोकसँगपनि मिलिरहेकोछु टाढा नबनाइदेउ ल । मेरा अरुपनि दरिद्रताका साथीहरु छन् । तिमीलाइ भन्दिन किनकी तिमीले ति साथीहरुलाइपनि मबाट टाढा बनाइदेउ भने म यो अल्पआयु जिन्दगी कसको साहारामा वाच्ने त्यसैले गोप्य ल । भगवान मेरो मृत्यु पक्कै छ मलाइ थाहा भइसक्यो मेरी आमाले आफनो जवानीको रšमा उठवस गर्दैमा म पसेछु त्यो गर्वमा । मलाइ मेरी आमाप्रति कुनै गुनासो छैन । जन्मलिन पाउनु नै ठुलो कुरो हो । मेरी आमालेपनि त्यहि पापी पेट र मलाइ हुर्काउन कति मिहिनेत गरीन । म गर्वशायमा हुदा कति ग्राहक घटे होलान । उनीले चाहेको भए कुनै मेडीकलसँस्थामा गएर मलाइ पतन गर्नपनि सक्थिन र फेरी नया जवानी भर्न सक्थिन तर उनीलाइ पनि आमा हुने रहर जागेछ कि किन हो नाजायज भएपनि जन्म दिएर आमा बन्ने रहरमा रुमालिएर नौ नैा महिना दुख सहेर भएपनि यो सँसारमा जन्म दिइन । जुन दिन मेरो आमा आफनो जवानीको मोलतोल गरेर मेरो एकराते बाउसँग उठबस गरिन त्यो दिन नै म र मेरो आमाकोलागी अभिसाप भएछ । मेरी आमा त भन्दैथी रे मैले अरुसँगपनि धेरै उठबस गर्नु छ कति प्यासीहरुको प्यास मेटाउनु छ यो जिवन लामो सम्म देख्नुछ खोल नलगाइ कन सहवास नगरौ भनेर तर बेचिएकी मेरो आमाको कुरा त्यो मेरो एकराते बाउले किन सुन्थ्र्यो र व्याकुल प्यास मेटाइ भित्रै मदेशेले पान खाएपछि छोक्रा फाले झै थुकेर हिडेछ । फलस्वरुप त्यो छोक्राबाट म र छोक्राबाट निस्केका भाइरसबाट मलाइ र मेरी आमालाइ एडस भएछ । जुन मेरी आमाले म जन्मेपछि मात्र थाहा पाइछिन । यदि पहिला नै थाहा पाएकी भए सायद यो धर्तिमा मेरो जन्म हन्थे न कि भगवान स्मरण रहोस जव मेरी आमाको गर्वमा वास वस्न पुगेँ त्यो थाहा भए देखी मेरी आमा कुनै एक भारतिय व्यापारीको घरमा घरधन्दाको काम जागिरे भइन । उनी सच्चा आमा बन्न चाहान्थीन मलाइ सकुशल जन्म दिएर तर विडम्बना ति व्यापारीलेपनि ओभरटाइम लगाउन थालेपछि र आमाको कमजोर हुदै गएको स्वास्थ स्थितीबाट मेरी आमा एक्लीइन । म आमाले जताजता डोराउदै लगिन म तेतै तेतै लागे सुन्दर कोठाबाट सुरु भएको मेरो यात्रा पशुपतिको वृद्धा आश्राम पछाडीको काल्लामुनी सम्म सँगै लिएर आज मलाइ मेरो आमा छोडेर एक्लै गइन । साझपख आजभोली नराम्ररी ज्वारो सहित टाउको दुख्छ शशिरैभरि पिडा हुन्छ अब लाग्छ भगवान मपनि तिमीसामु छिटटै आउदैछु । मलाइ कमजोर नसम्झ भगवान म तिमीसँग आएर तिमीलाइ बदला लिएरै छोडनेछु । यमलोकमा राज गरेर तिमीलाइ पनि यो पातालमा झारेर म जस्तै गर्वमा नै निमोठाएर जन्म दिनेछु अनि तिमीलाइ थाहा होला यो पातललोकमा यसरी जन्मीदाको पिडा कस्तो हुन्छ भनेर । मान्छेले कि पढेर जान्छ कि त परेर । मैले त भोगे तिमीलाइपनि भोगाएर नै पोख्त बनाउनेछु । तिमीलाइ कता कता डर लागीसक्यो होला । यो कस्तो व्याक्ति जन्मियो भनेर । यस्तो कठोर त आजसम्म कुनै सन्तती थिएन यो कसरी यस्तो भयो भनेर । माफ गर भगवान जन्मदैमा केाहि पापी अर्धमी चोर हुदैन त्यो त सबै तिमीबाट ठगिएका व्याक्तिहरु हुन जसले आफनो सानो व्याक्तिगत आधारभुत जिवाकोपार्जन गर्नकालागी गरेका सँर्घष मात्र गरेका हुन । त्यसमध्य मपनि एक हुँ तर म यिनीहरु भन्दा धेरै नै ठँगिए भगवान । तिमीले मलाइ गर्वको सँसार र यो पातलको सँसारमापनि उत्तिकै पिडा दियौ त्यसैले म तिमीलाइ यो बदला लिने मैले अठोट गरेँ । म जस्तै उजाडिएका धेरै छन् यहा तर म यिनिहरु लाक्षी भन्दा विल्कुल फरक छु । तिमीले दिएका दर्दले नै मेरो मन ढुšगा भन्दापनि साह्ो भइसक्यो । मपनि एक मान्छे भएर जन्मेको थिएँ नि भगवान मरेापनि कयौ इच्छा रहरहरु थियो । मेरो मनमापनि मानवता थियो तर तिमीले यो सबै मेरा आकाक्ष्याँलाइ लताएर मलाइ यस्तो कठोर परजिवी बनाइदियौ कि जसले तिमीलाइ नै डस्न पछि पर्नेवाला छैन । मेरो के गल्ती थियो र मलाइ यत्तिको सजाय दियौ यसको चित्त बुझदो उत्तर देउ म हजारैा जुनी पनि यस्ता पिडा सहेर बाच्न सक्छु । तर मलाइ विश्वास तिमीले दिन सक्दैनौ । किनकी नजानेर हेास या लापर्वाहीले तिमीले गल्ती गरिसकेका छौ । नडराउ भगवान तिमीले यस्ता गल्ती धेरै गरिसकेका छौ तिमीलाइ यसमा कुनै पछुतो भने लाग्ने छैन । मैले आज भोली माग्न छोडीसके एक महिना नै हुन लागीसक्यो जिउ सुकेर विसौली पुगीसक्यो स्वास फेर्नपनि गाह्ो हुन्छ मेरी आमालाइ जस्तै भएको छ मलाइ । तर म मेरी आमा जस्तो लाचरी दुनियाको नजरमा विचरा बन्न चाहान्न धिस्रीदैछु भगवान भोली त म वागमतिको किनारमा पुगिसकेको हुनेछु । प्रतिक्षा गर भगवान अब कति नै होला र मेरा यि दिन मात्र प्रतिक्षा गर भाग्ने कोशीश नगर्नु । तिम्रो लापरवाही धेरै चल्दैन यहा । तिमीले गल्ती गरिसकेका छैा । जो कुनै होस गल्ती गरिसकेपछि सजाय पाउनु नै पर्छ र तिमीले पाउनेछौ पनि र आगामी आउने सन्ततीले त मैले झै गर्वबाट रोएर जन्म लिने प्रथा सदा सदाका अन्त हुनेछ ।

3:55:00 am

भत्किएका परेलीका डिल समान मेरो जिवन

सामग्री प्रस्तुति Ram Prasad Panta

लेख्न त शुरु गरे तर सम्बोधन गर्न शब्दहरुको कमिले होला सम्बोधन नगरी कनै शुरुवात गरे आज तिमीलाई मेरो भोगाईहरु लेख्न त्यस्ौले होला आजभोलि किन-किन एकान्तमा आत्मा कहालिन्छ । अतित्को मिठो सम्´नाले मुटु विथोलिन्छ अनि मनको अन्तरंगमा पिडाका लप्काहरु दन्किदिन्छन् । तैपनि एउटा यस्तो जिन्दगी जसको विष्मातमा ´रिदिने दूई थोपा आँसु छैन हर्षमा मुस्कुराईदिने एक निस्वार्थ मुस्कान छैन त्यही कथित जिन्दगीलाई नै अप्राप्य खुशीको आशामा सकीनसकी थामिरहनुलाई आफ्नो पूरुषार्थ ठानिरहेको छु आज म । बम बारुद्ध अनि ति मानिसहरुको चिट्चिट्टाहाटबाट निस्किएको आवाजहरु मात्र ठोकिने गरिन्छ मेरा कानमा आजभोलि यो मरुभुमिमा म त चँुडिएको चंगा जस्तै विना उद्देश्य कहिले वादलपारी लरबिरंदै त कहिले यो मरुस्थलमा पछािरंदै उडिरहेको छु । शायद मेरो दुर्भाग्य नै होला अनन्तमा बर्षा र आँधीको प्रहारसँग म च्यातिएछु निष्ठूरी चट्याङ् पनि मेरो जीवनको पाखामा नै परिदिएछ । विक्षिप्त मेरो जिवन आखिर अँध्यारो गल्लीमा रुमल्लिरहेको बस्तीभित्रको बेवारिशे आकृति बन्न पुगेछ जो असह्ा पीडाले निष्प्राण खोक्रो रुपमा परिणत भैसकेको थियो । म त्यो पल अ´ै पनि स_िम्´रहन्छु जब तिमी गोधुली साँ´मा क्षितिज चियाउँदै अनि कल्पनाको सागरमा डुबुल्की मारेर विश्वासका खम्बाहरु उभ्याउने गथ्र्यौ मलाई जीवनको कठिन यात्रा पार गर्न सिकाउँथ्यौ । तिम्रा ती सहानुभुति अनि प्रेरणाको साथले नै मेरो जिन्दगीमा एउटा अनुपम बहार आएको थियो जसले मृतप्रायः मेरो जिजीविषालाई पुनः जगाउन थालेको थियो । तिमी भन्ने गथ्र्यौ ´रनाहरुमा थोपा-थोपा मिले ´ै दूई आत्माका भावनाहरु मिलाउँदै हामी पनि मनभरीका वेग र आवेगमा संगमका लहरहरुमा मिल्न सक्छौ । आखिर तिमै्र चाहाना अनुरुप विश्वासको प्यालामा जिन्दगीको मदिरा थप्दै ह्दयको क्षितिजमा श्रद्धाका रंगहरु भर्दै हामीले यात्रा शुरु गर्यौ अनि मनको मिलनका आशामा तिमी र म अघि बढ्दै गर्यौ खुल्ला आकाशका दुई पंक्षीहरु जस्तै । जुन र तारा मिले ´ै हिमाल मुस्कुराए ´ै कता- कता प्रकृति नै हर्षित भए ´ै आभास हुन्थ्यो त्यस बखत मलाई । तिमी कति महान थियौ कति उदार थियौ जो आफ्ना सारा रहरहरुलाई थाँती राखेर संसारभरका खुशीहरु केवल मेरै निम्ती संगाल्दै सप्तरंगी ईन्दे्रणीका रेखाहरुले सजाए ´ै मेरो खण्डहर जीवनलाई सजाउन चाहन्थ्यौ ।माया गर्नेहरु सबै सफल हुने भए पनि यो संसारमा विडोड शब्दको उत्पत्ति हुने थिएन । म पनि त्यो विछोड शब्दबाट सार् है डराउँथें । अनि त्योदेखि टाढा बस्न चाहन्थे । सोच्थेंं पिडा कस्तो हुन्छ कहाँबाट आँउछ हाम्रो यात्राको दौरानमा तिमी अलि अगाडि पुगिछौ म तिमी भन्दा अलि पछाडि छाडिएछु । यो अगाडि पाइलाको फरकमा हामी फेरी पनि एक्ला-एक्लौ भएछौ अनि वेग्ला-वेग्लौ नितान्त बेग्ला-वेग्लै । जिन्दगीको यो दोधार पलमा खै कसरी मनलाई सम्´ाउनु सपनीको संसारमा सधैं आएर जिस्क्याउने गछर्यौ ब्यूँ´न्छु विछ्यौनामा एक्लै हुन्छु मानिसहरुको मा´मा पनि मैले आफुलाई नितान्त एक्लो पाइरहेको छु तर पनि के नै गर्न सक्छु र बस तिम्रो यादमा दिनहरु काटिरहेको छु । मनमा हरपल तिमीलाई नै सजाएर राखेको छु । जिन्दगीको यात्रामा सायद मैले तिम्रो साथ पाउन सक्दिन तर पनि हरेक पल मैले तिमीलाई त्यति नै चाहदै आएको छु । जिन्दगीमा सधैं चाहेकै हुनुपर्छ भन्ने रहेनछ कहिले काहीँ चाहँदा-चाहदै र गर्दा-गदौ पनि ती चाहानाहरु पूरा हुँदा रहेनछन् । म जति तिम्रो नजिक पुग्न खोज्थें सामिप्यताको बन्धन तोड्दै तिमी ´न टाढा पुगिसकेको हुन्थ्यौ मेरो निम्ती फगत मृगतृष्णा बनेर मैले ठम्याउनै सकिन खै कहाँबाट असमानताको पर्खाल खडा भईदिएछ विश्वासघातको आँधी चलिदिएछ अनि मलाई एउटा अपुरो अधुरो यात्रामा छाडेर तिमी ऋतुसरी बदलिईदिईछौ । यो पनि म कसरी सोच्न सक्थें र कि त्यति छिट्टै आस्थाका पर्खालहरु लरबराउनेछन् भावनाका पर्खेटाहरु भाँँचिनेछन् अनि अटुट लाग्ने तिम्रा बाचाहरु खोक्रो र फोस्रो भई शुन्यतामा विलाउनेछन् केवल सम्´नाले भिजाएका परेलीहरु अनि चोटहरुले सजिएको मेरो मुटु पे्रमोपहार स्वरुप मलाई नै सुम्पिएर आज तिमी खुशी छौ कि छैनौ म कसरी भन्न सक्छु र तर म त नदीका दुई किनार ´ै टाढिएको हाम्रो स्वप्निल संसारभित्र आफ्नो अतित चियाउँदै प्रत्येक दिन प्रतिक्षा अनि सम्´नाको भेलमा अविरल बगाई रहेको छु । जीवनको फुलबारी सजाउने उमंगमा बसन्तको बहार खोज्न निस्केको म आज अाजुलीभरी काँडामा उपहार र नयनभरी हिउँदको ´री लिई फर्किरहेछु अनि भत्किएका परेलीका डिलबाट नतमस्तक मेरा सारा लक्ष्यहरु चुहाईरहेछु । यस्तो लाग्थ्यो संसार एउटा सुन्दर बगैंचा हो जसका सारा फूलहरु पनि मेरो जीवनमा बहार ल्याउनको निम्ती आतुर छन् तर मलाई के थाहा सुन्दर ती फूलहरु एकाएक ओईलाई ´रिदिनेछन् मेरो जिवनलाई उजाड-उजाड बनाएर । कुनै दिन थियो कि शिशिरको नांगो रुखमा पनि जिवन मुस्कुराएको देख्ने गर् र्थे तर आज त बसन्तको हरियालीमा पनि जीवन रोईरहेको देख्छु । थाहा छ हाम्रो विश्वासको महल त भत्किसकेको छ छातीभित्रका भावनाहरु तुषारोले कठ्याङ्ग्रिसकेका छन् तैपनि तिमी जति नै टाढा भए पनि मैले चाहेर पनि तिमीलाई भ्ाूल्न सकिन । चाहे तिमी सम्´ वा विस्र गहभरीका आँसु अनि मनभरीका व्यथा सहेरै पनि यो निरिह मुटुमा अनन्तसम्म तिम्रो याद सजाईराख्ने छु । एउटा अप्राप्य निधीको रुपमा सदा सदाको निम्ती मेरो मानसपटलमा केवल स्मृति बनि नाँचिरहनेछौं तिमी अनि त्यहि प्राप्तिको मर्मभित्र मर्माहित भई तिमै्र ह्दयको परिवेशमा बरबाद भई हाँसिरहनेछु म । तैपनि सम्´नाको सिमा भित्र प्रेम पल्लवीत गराउने ´ुठो आशामा आकाश र घर्तिको मिलन हेर्दै मौन ह्दयको जलनसँगै मीठो मिलनको प्रतिक्षा गरिरहेको छु । निष्तब्ध रातमा टिलटिल-टिलटिल गर्दै चम्किएको एक्लो तारा ´ै जीवन जिउने संघर्ष गर्दै अथाह पिडाको सागरमा डुबेरै पनि बाचास्वरुप तिमीले टोकेको औंलाको चोटबाट रगतको नदी तिमै्र तस्तिरमा वगाउँदै हरपल नशाको बेहोशीमा उजाड विपनाको बगैंचाभित्र एउटा नमीठो सम्´ाैतामा रमाउने दुष्प्रयास गर्दैछु । आखिर मुटु नै हो जति सम्´ाउन खोजे पनि कहिले काँही चसक्क घोच्दोरहेछ नमीठोसँग दुख्दोरहेछ अनि व्यर्थै बाँचे ´ै जीवनको क्षण-क्षण विताउन युगौं लाग्दोरहेछ । अ´ै मुटुमा दन्केको वियोगको ज्वालालाई आँसुको धाराले निभाउने अथक प्रयास गर्दा-गर्दाै ´न दन्कँदोरहेछ । हुन त अब चोट उम्लिन्छ आँसु नपोखिएर अरु के नै पो पोखिन्छ र जे होस् अब त समय पनि धेरै टाढा छैन होला जब सुक्नेछन् मेरा सारा आँसुहरु अनि पिडाले रोकिनेछ जीवनको बाटो तब तिमी आउनेछौ होला मेरो लागि श्रद्धाका दुई थोपा आँसु चढाउन तर त्यतिखेर तिमी चाहे खुशी मनाउ या आँसु बगाऊ कारण मेरो जिन्दगी आफ्नै चोखो विश्वाससँगै चीर निन्द्राको विछ्यौनामा सुस्ताइरहेको हुनेछ अनि प्राप्तिका चाहानाहरु जस्तै खरानी भई खुल्ला गगनमा उडीरहनेछ जहाँ कुनै आँधीको पर्वाह हुने छैन कहीँ कतै मिलनको आशा रहने छैन ।
तिमी विनाको एक्लो यात्री
अन्जान बनबासी

3:17:00 am

मैले देखेको सपना

सामग्री प्रस्तुति Ram Prasad Panta

विगत पाँच वर्षदेखि म त्यो केटीको खोजीमा थिएँ। मेरी पूर्व प्रेमिका…..। नढाँटी भन्छु, म त्यसको हत्या गर्न चाहन्थेँ। मेरो जीवन त्यस्तो विलखबन्द यात्रा थियो जसको वरिपरि केवल भीर थियो र प्रतिगमनको म जन्मजात शत्रु थिएँ। म बारम्बार एउटै कुराले उत्पीडित थिएँ र त्यो मेरो जन्मसँगै अभिन्नरूपमा टाँसिएर आएको जातीय पीडा थियो। गरिवी त त्यसको अभिन्न अंग छँदै थियो। त्यसले मानौ व्यक्तित्व नै धारण गरेर मसाग दुश्मनी गरिरहेको थियो। प्रेममा, विश्वासमा, यात्रामा, मनोविज्ञानमा र जीवनका हरेक पाइलामा चुनौती दिइरहेको थियो र मलाई पराजित पनि गरिरहेको थियो। मेरा साथीहरू त प्रशस्त हुन्थे तर तिनको भीडमा म नितान्त एक्लो हुन्थेँ। त्यसैको फाइदा उठाएर त्यो डिप्रेसनकै पञ्जा फिँजाएर मेरो घाँटी निमोठिरहेको हुन्थ्यो। मलाई दिमागभित्रबाट बारम्बार कसैले आत्मघातका लागि उक्साइरहेझैँ लाग्थ्यो। त्यो मेरो कानमा एकोहोरो घन्टी बजाइरहेको हुन्थ्यो, मानौ म आफैँसँग भनिरहेको हुन्थेँ, मेरो जीवन हारेको जीवन हो। त्यसपछि मेरो किलकिले थिच्दै त्यो भन्थ्यो, तँ मेरो युद्धबन्दी होस्, यस कारण म तँलाई मनलागी यातना दिन्छु। म त्योसँग विद्रोह गरिरहेको हुन्थेँ र बारम्बार त्यसको बन्धनबाट मुक्त हुन छट्पटाइरहेको हुन्थेँ। अन्त्यमा, त्यो मेरो छातीमा एसएलआर तेर्स्याउँथ्यो र मारिदिने धम्की दिन्थ्यो। पछि थाहा हुन्थ्यो, त्यो त मेरो चिरप्रतिद्वन्द्वी उही जात नै हुन्थ्यो। डाक्टर देखाउने हैसियत हुँदो हो त आधुनिक चिकित्सा विज्ञानले मलाई सिजोफ्रेनिक वा यस्तै केही भनिदिनसक्थ्यो। हिमवत् खण्डको हाम्रो महान् समाजशास्त्रले बनाएको सिजोफ्रेनिक यो, एउटा नामी हास्यको विषय हुनसक्थ्यो। गरिवी मलाई पुस्तेनी सम्पतिका रूपमा प्राप्त थियो, र बेरोजगारी त मेरो आफ्नै जातिगत सम्पति छँदै थियो। हाम्रो देशमा लोकतन्त्र आए पनि ढोकतन्त्रप्रेमीहरूको जुन प्रशासन थियो, त्यसले मलाई जीवनभरि नै बेरोजगार राख्ने खतरा सतप्रतिसत बढेर गएको थियो। त्यसमाथि देशले जातीय असमानताको नाका भत्काइदिए पनि समाजले यसलाई अक्षय पैतृक पुँजीका रूपमा सुरक्षित राखेको थियो। जातकै कारण म झण्डै एक दलित युवकको नियति भोगिरहेको थिएँ। हो, जातीय पीडाकै कारण, सम्भवतः म संसारकै सबैभन्दा दुःखी युवक थिएँ र त्यो दुःखी युवक डाक्टर देखाउने हैसियतमा थिएन। मेरी प्रेमिका हाम्रो समाजमा उँचो जातकी थिई र प्रचलित समाजशास्त्रलाई चुनौती दिँदै मसँग प्रेम गरिरहेकी थिई। राम्री र मायालु त भन्नै पर्दैन, किनभने ती प्रेमीका आँखा थिए। ऊ सिनेमाकी कुनै नायिकाजस्तै सानदार र आकर्षक व्यक्तित्वयुक्त थिई र प्रेमको मामलामा केही आक्रामक पनि। स्पष्ट थियो, मजस्तो सुदामा टाइपको प्रेमीबाट ढुक्क थिई र त्यहाँ खलनायकको सिनेम्याटिक कुनै रोल हुनसक्दैनथ्यो। प्रेम त त्यसलाई त्यतिकै गर्थेँ तर अगाडि बढ्न हच्कन्थेँ। जातीय पीडा जति नै भोग्नुपरे पनि त्यस्तो आधुनिक युवक जो प्रेम र अनुरागका अनेक आयामसाग साक्षात्कार गरिरहेको छ, प्रेमिकाको आक्रामकतासँग किन डराउँछ ? म अक्सर सपना देख्थेँ, प्रेमिका मसँग प्रेमको याचना गरिरहेकी हुन्थी। जवाफमा म कमजोर, वाणीविहीन र निरुपाय हुन्थेँ। यही मौका छोपेर मेरो जात मविरुद्ध उचाल्दै उसलाई भनिरहेको हुन्थ्यो, ‘त्यस्तो मानिसलाई तिमी प्रेम गरिरहेकी छ्यौ, जो प्रेमका लागि किमार्थ योग्य पात्र होइन।’ के मेरै जात मविरुद्ध यति ठूलो षड्यन्त्र गरिरहेको थियो ? प्रेमिका ऊप्रति आश्वस्त देखिन्थी र उडन्ते सिनेमाको प्लटमा जस्तै मबाट एक्कासी टाढिएर उसको नजिक हुन्थी। दुश्मन कति शक्तिशाली हुन्थ्यो भने उसका विरुद्ध मेरो एउटै प्रतिक्रिया हुन्थ्यो मौनता, केवल मौनता। ••••• यस्तैमा त्यो दुर्घटना भएको थियो। के भएको थियो ? सहरको नामूद गुण्डाले प्रेमिकालाई बलात्कार गरेको खबर सहरभरि फैलियो। के मेरो सपना विपनाकै पूर्वाभास थियो ?मलाई आफू उभिएको जमिन भासिएको अनुभूति भयो। म अर्को भीषण उत्पीडनको तलाउमा खसेको थिएँ। गरिवीको उत्पीडन अब केही थिएन। प्रतिशोधको भावनाले म कतिसम्म उम्लिएँ भने मेरो जीवनको एउटै लक्ष्य गुण्डाको हत्या गर्नु भयो। सजिलो त यो काम छँदै थिएन (एक निहत्था युवकले सहरकै नामूद गुण्डाको हत्या गर्नु)। शेक्स्पियरको वियोगी नायक ह्याम्लेटजस्तै आफ्नै बर्बादी निम्त्याउन अब म तयार थिएँ।म निकै सावधानीसाथ कम्मरमा आठ इञ्चको छुरी भिरेर त्यसको हत्या गर्न हिँडे। राति त्यो एक्लै हिँड्ने गल्लीमा ढुकेर बसेँ। यो, कस्तो पत्याइनसक्नु दृश्य थियो ? मेरी प्रेमिका हाँसीखुसी त्यसैसँग अंकमाल गरेर आइरहेकी थिई। मलाई आफ्नै आँखामाथि विश्वास भएन। के यो अर्को दुस्वप्न थियो ? (प्रेमिकाको बलात्कार अहिलेसम्म पनि म दुस्वप्न ठान्ने गर्छु र बारम्बार त्यो दुस्वप्नमात्र होस् भन्ने कामना गर्छु।) मैले आँखा मिचेर हेरेँ, अहँ त्यो सपना थिएन। आफैँलाई चिमोटेँ, हकारेँ, त्यो कटु विपना नै थियो। मेरो उद्देश्य गुण्डाको हत्या गर्नु थियो। जेसुकै होस्, पहिले यसलाई सिध्याउँछु, त्यसपछि मात्र छिनोफानो गर्छु। म दृढ भएँ। मौका ढुकिरहेको चितुवाजस्तै त्यसमाथि आक्रमण गरेँ। प्रेमिका आत्तिएर मृगजस्तै उछिट्टिइ। गुण्डा फेला पर्‍यो। दृश्य यस्तो प्रतीत हुन्थ्यो, गुण्डा अब सज्जन भएको छ, मचाहिँ गुण्डा भएको छु। म आक्रमण गरिरहेको थिएँ र त्योचाहिँ प्रतिरक्षामात्र गरिरहेको थियो। त्यो, सहरको नामूद गुण्डा थियो र मल्लयुद्धको अनेक जुक्ति जान्दथ्यो। त्यसमाथि सारा सहरबासीलाई लुटेर शारीरिकरूपले पनि निकै तन्दुरुस्त भएको थियो। एउटै कुरा, त्यसले प्रतिरक्षामात्र गर्‍यो, नत्र त्यतिन्जेल मलाई सिध्याउन पक्कै ऊ सफल हुन्थ्यो। यस्तो प्रेमकथा, कस्तो भनूँ, मिलान कुन्देराको प्लटजस्तो, प्रेमिकाका लागि म ज्यान बाजी लगाइरहेको थिएँ तर त्यो मैमाथि थुकिरहेकी थिई। मसँग अब कुनै शब्द थिएन। मलाई लाग्यो, प्रेमिकाले मलाई मेरो निम्छरो जातकै कारण धोका दिएकी थिई र त्यो बलात्कार तिनीहरूकै मिलीमतोमा प्रायोजितरूपमा भएको थियो। मेरो प्रतिशोध एकाएक गुण्डाबाट प्रेमिकातर्फ सर्‍यो। प्रष्ट थियो, यो मेरो जातीय अस्मितामाथि अर्को जब्बर असहिष्णु प्रहार थियो। मैले तत्काल त्यसमाथि आक्रमण गरेँ। अब गुण्डाको ठाउँमा म थिएँ र मेरो ठाउँमा गुण्डा थियो। हाम्रो भूमिका अघिल्लो दृश्यबाटै फेरिएको थियो। त्यसले मेरो पाखुरा परक्क बटारेर मर्काइदियो र प्रेमिकालाई सुरक्षा दियो। त्यसपछि प्रहरी बोलाएर मलाई पक्राइदियो। हेर्नुस् त, एउटा गुण्डो उसैबाट पीडित मान्छेलाई गुण्डा सावित गर्छ र प्रहरी बोलाएर पक्राइदिन्छ। म आफूलाई त्यो संघारमा पाउन थालेँ जहाँ विडम्बनाकै सिमाना सकिन्छ तर त्यसको शृंखला कहिल्यै सकिन्ना।•••• म दुई वर्ष थुनामा परेँ। मेरो इमान्दारीको कदरस्वरूप तोकिएको समयभन्दा दुई महिनाअघि छुटेँ। तर, दुनियाँलाई के थाहा, मेरो जीवनको एकमात्र लक्ष्य फेरि पनि प्रेमिकाकै हत्या गर्नु थियो ! एउटा कुरा, म आफ्नो जातीय पहिचानविपरीत जन्मजातै अहिंस्रक प्रवृत्तिको थिएँ। कतिसम्म भने उधुमै सताइरहेको झिंगा मार्न पनि हच्कन्थेँ। अञ्जानमा जब मबाट कीरा-फट्याङ्ग्रा मारिन्थे, लामो समयसम्म पश्चातापले मलाई सताइरहन्थ्यो। केटाकेटीमा मैले कुखुराको एउटा चल्लो कुल्चिँदा त्यो आन्द्राभुँडी र कलेजो बाहिर निकालेर तत्काल मरेको थियो। त्यो पापबोधले पाँच दिन ज्वरोले थलिएँ। अहिलेसम्म पनि त्यसका लागि बारम्बार आफूलाई धिक्कार्छु। हेर्नुस्, त यो समाज त्यही मानिसलाई हत्याराको सर्टिफिकेट दिन तम्तयार छ ! प्रेमिका कहाँ थिई, के गर्थी, मलाई केही थाहा थिएन। कसैले सूचना पनि दिँदैनथ्यो, दुनियाँलाई थाहा थियो, त्यसमाथि आक्रमणकै कारण म थुनामा परेको थिएँ। म उसलाई खोज्दैखोज्दै निकै भौतारिएँ। दुर्भाग्य मेरो जीवनमा शरीरकै अभिन्न अंगजस्तो थियो। आमाले मलाई जन्म दिइन्, मानौ कर्त्तव्य पूरा भयो र बितिन्। बाबु दीर्घ रोगी, जो मेरो पूर्वकिशोर उमेरमै बिते। म दिदीको ममतामा हुर्किएँ। तिनले धेरै दुःख गरेर मलाई पढाइन्। म होनाहार भएर धेरैका लागि प्रेरणाको स्रोत बनिरहेको थिएँ। दुर्भाग्य हेर्नुस्, एक दिन चोर, डाँका, गुण्डा वा हत्याराजस्तै थुनामा परेँ। दिदी असाध्यै दुःखी भइन्। भाइलाई ठूलो मान्छे बनाउने सपना थियो। त्यो यो अन्यायमूलक राज्यको पांग्रामुनि धूलिसात भएको थियो। अब के विकल्प बाँकी थियो दिदीको जीवनमा ? एक दिन सुनाे, यो, अन्यायमूलक राज्यलाई धूलिसात पार्ने प्रणसहित दिदी ‘जंगल’ छिरिन्। दुर्घटना मेरो जीवनमा एकपछि अर्को क्याराभान बनेर आइरहेको थियो। चाँडै नै एक दिन अर्को दुःखद् खबर आयो, शत्रुको गोली लागेर अनकण्टार घोप्टेभीरमा दिदीले वीरगति प्राप्त गरिन्। कठै, दिदीको अवशेष कतै प्राप्त भएन रे ! के मेरो जीवन दुर्घटनाहरूको विश्वसंग्रहालय थियो ? म पौने छ अरब मानिसको संसारमा नितान्त एक्लो भएर बाँचिरहेको थिएँ। तपाईँलाई थाहा छ, यति एक्लो र अभागी त निर्जीव ढुंगा पनि हुँदैन।मेरो जीवनमा अब के बाँकी थियो त ? अब त प्रेमिका भेटिन्छे भन्ने कुरामै लगभग निराश थिएँ। के गरूँ ?•••• र, एक दिन……… त्यो दिन आयो। मैले उसलाई बीच बजारमा भेटेँ। त्यो सर्लक्क दुब्लाएकी थिई। आँखामा अभिन्न उदासी थियो। तर, उत्तिकै व्यक्तित्वयुक्त, राम्री र चमकदार। त्यसको सौन्दर्यमा मुग्ध हुनु र पूर्व सम्बन्ध सम्झेर भावुक हुनु घाटा थियो। म सधैँ कम्मरमा आठ इन्चको छुरी बोकेर हिँड्थेँ। जब भेट्छु, आफ्नो लक्ष्य पूरा गर्छु। म सजग भएँ, जति ढिलो गर्‍यो त्यति घाटा थियो। तर, असनको भीडमा थिई। म त्यसलाई पछ्याउँदै हिँडिरहेको थिएँ। कहिले त्यो झुलुक्क देखिन्थी, कहिले टाउकोमात्र देखिन्थ्यो। उसले नदेखोस् भनेर मानिसहरूको छेको लाग्दै हिँडिरहेको थिएँ। एकपल्ट उसलाई हातैले भेट्ने दूरीमा पुगेँ र कम्मरमा घुसारेको चक्कु स्पर्श गरेँ। झस्किएँ। यत्रा मानिसको भीडमा आक्रमण गर्ने साहस भएन। केही क्षण चुपचाप उभिइरहेँ। ऊ पर पुगिसकेकी थिई। जिन्दगीभरि म हरेक पाइलामा यसैगरी चुकिरहेको थिएँ। तत्काल हत्या गर्ने मौका गुम्दै गएकोमा मैले आफैँलाई हकारेँ। अब ऊ निकै कम चहलपहल भएको बाटोमा पुगी। गोविन्द गोठालेको पात्रजस्तै म उसको पछिपछि त थिएँ तर किन हो दिनको प्रकाशमै हत्या गर्ने साहस भएन। मेरो हृदय र दिमागबीच बारम्बार द्वन्द्व चलिरहेको थियो। दिमाग भन्थ्यो, द्विविधा नै तेरो जिन्दगीको असफलताको जरा हो, अतः लक्ष्य प्राप्त गर्नु छ भने तुरुन्त आक्रमण गर। हृदय भने आनाकानी गरिरहेको थियो। मेरो चेतनशील दिमाग सधैँ भावुक हृदयसँग पराजित हुन्थ्यो। होस्, म यसको हत्या एकान्तमै गर्छु (हत्याको ग्ल्यामर वास्तवमा एकान्तमै प्राप्त गर्न सकिन्छ)। ऊ गाडी चढी। ढोकानजिकै खाली सिटमा बसी। उसलाई के थाहा, उसैलाई छुरी रोप्ने मौका खोज्दै एउटा युवक, जो उसकै पूर्व प्रमी हो, निरन्तर पछ्याइरहेको छ ! म पनि गाडी चढेँ र पछाडि गएर उभिएँ। एकै छिनमा गाडी प्याक भयो। दुवै हातमा गह्रौँ झोला बोकेकी डालिली शरीरकी एउटी युवती मेरो पिठ्यूमा आफ्ना भारी स्तन दबाएर उभिई। यस्तो स्थितिमा कुनै युवक कति रोमाञ्चित र उत्तेजित हुन्छ भन्ने थाहा छ। सबै थाहा छ तर म त शितांग थिएँ। ममा त्यसको कुनै प्रभाव परेन। यति थाहा छ, कोटेश्वर पुगेपछि त्यो ओर्ली। म पछाडिको खाली सिटमा बसेँ। कुलेश्वरतिरबाट आएको टेम्पोबाट हतारहतार झरेर प्लस टु पढ्ने दुई नवयुवती खाली सिटमा मसँग टाँस्सिएर बसे। तिनका फ्रक घुँडाभन्दा कति माथि थिए भने सेता पुष्ट तिघ्रा झलझलाकार देखिन्थे। अग्लो सिटमा त्यसरी बस्दा तिनको हालत कस्तो हुन्छ, तपाईँ प्रष्ट अनुमान गर्न सक्नुहुन्छ। वरिपरिका युवक सायद मप्रति इष्र्या गरिरहेका थिए। के म यो सिट तिनका लागि छाडिदिऊँ ? तिनीहरूका लोभी आँखा बारम्बार नवयुवतीका शरीरका त्यही भागमा पर्थे। अन्ततः झोलाले छेकेर तिनीहरू आफ्नो सुरक्षाको असफल प्रयास गर्न थाले। यो दृश्यले पनि मलाई कुनै उत्तेजना दिएन। के म ढुंगा भइसकेको थिएँ ? सायद, प्रेमिकाको हत्या गर्ने उद्देश्यबाहेक मेरा सबै उत्तेजना मृत भइसकेको थिए। प्रेमिका बसेकी सिटको छेउ खाली भयो। एउटा भुँडे अधवैँसे ऊसँग टाँसिएर बस्यो। प्रेमिका अलि भित्तातिर कोच्चिई। त्यो उसलाई निकै अभद्र तरिकाले लोभिएर हेर्न थाल्यो। त्यो पक्कै उसको रहरलाग्दो शरीर कागतीजस्तै निचोर्न चाहन्थ्यो जुन यो भीडमा सम्भव भएन। यस कारण उठ्दा हातमा स्तनको दबाब पर्नेगरी उसको अगाडि डण्डीमा हात तेस्र्यायो। अधवैँसेको चर्तिकलाले पनि मलाई कुनै प्रभाव पारेन। झण्डै बाह्र किलोमिटरको यात्रापछि ऊ उठी र निकै संयमित तरिकाले अधवैँसेको तेर्सिएको हातबाट आफ्ना स्तन जोगाई। दुवै हातमा गह्रौँ झोला झुण्ड्याएर ऊ दक्षिणतिर लागी। के म उसलाई सघाइदिउँ ? अहो, मलाई यो के भएको ? के ऊ अझै मेरी मायालु प्रेमिका हो र ? ऊ त मेरो जीवनकै सबैभन्दा ठूलो र एकमात्र शत्रु भइसकेकी थिई ! यस्तो चालाले जीवनमा अर्को एकपल्ट फेरि म आफ्नो लक्ष्यमा असफल हुनसक्छु। मैले फेरि एक पल्ट आफैँलाई हकारेँ। ऊ गाउँतिर जाने गाडी चढी। सिटमा बसेर ऊ रातो कपाल भएकी किशोरीसँग गफ गर्न थाली। किशोरी प्लस टु पढ्ने रैथाने छात्रा भएकी अनुमान उसको युनिफर्म र कुराकानीबाट सजिलै गर्न सकिन्थ्यो। त्यो बातैपिच्छे पूरै यात्रुको ध्यानाकर्षण हुनेगरी झर्ना छङछङाएझैँ हाँस्थी। दुवै जना अन्तिम विसौनीमा ओर्लिए। केही क्षणपछि छात्रासँग छुट्टिएर ऊ पश्चिमतिर लागी। म लगातार उसको पिछा गरिरहेको थिएँ।प्रेमिका कोठेबारी र सानो बगैँचा भएको चिटिक्कको घरभित्र छिरी। अहा, बगैँचामा गुलाब, सेतो कमल, गोदावरी र ड्याफोडिल ढकमक्क फुलेका थिए। पहिला ऊ फूल चुँड्नमात्र रुचाउँथी, अब फूल सजाउन पनि जानिछ। के साँच्चै अब ऊ परिपक्व भएकी थिई ? ऊ भुइँतलाको दक्षिणपट्टी कोठाको झ्याल खुलै राखेर कपडा फेर्न थाली। उसले मलाई देखी। मेरो सास टक्क रोकिएला झैँ भयो। के उसले मलाई चिनी ? सायद चिनिनँ। पक्कै उसले मलाई एउटी युवतीले कपडा फेरेको हेरेर आनन्द लिने गुण्डो आवारा सम्झेकी हुनुपर्छ। त्यसैले झ्यालको खापा अलि घर्काई। म पाइलैपिच्छे मौका गुमाइरहेको थिएँ। अब के गर्ने ? म निकै बेर अलमलिएँ। दिउँसो मेरो योजना असफल पनि हुनसक्थ्यो। आक्रमणअघि नै उसले मलाई देखी भने पक्कै चिच्याउनेछे। त्यसपछि गाउँलेहरूले मलाई बाँकी राख्लान् ? म फेरि थुनिनेछु अनि लक्ष्य पूरा गर्न नसकेको मानसिक तनावले चाँडै नै मर्नेछु। सोचेँ, मध्यराति ढुक्कले यसको हत्या गर्छु। नजिकै चौतारोमा चुनावी आमसभा भइरहेको थियो। संसारमा गरिबको राज्य छैन भन्छन्, तर पनि यो देशमा ल्याउने हाम्लाई मन छ, जीवन शर्माको गीत माइकमा बजिरहेको थियो र स्वरमा स्वर मिलाउँदै नेता-कार्यकर्ता नाचिरहेका थिए। यो देशमा सर्वहाराको राज्य स्थापना कसरी हुनसक्छ ? गीत र नाच सकिएपछि, हँसिया-हथौडा अंकित रातो क्याप लगाएको नेता व्याख्या गर्न थाल्यो। त्यहाँ सबैलाई गाँस, बास, कपासको व्यवस्था हुन्छ। कोही ठूला हुने छैनन्, कोही साना हुने छैनन्, सब बराबर। उसको बातैपिच्छे हँसिया-हथौडा अंकित झण्डा बोकेका कार्यकर्ताहरू ताली पिट्थे। ताली बजुन्जेल नेता चुप लाग्थ्यो र फेरि औँला ठड्याई-ठड्याई, उर्लिएको खहरेजस्तै स्वरमा भाषण दिन थाल्थ्यो। म त्यहाँ धेरै बेर टिक्न सकिना। मेरो मन कतै पनि स्थिर रहन सक्दैनथ्यो। म दिनभरि नजिकैकै जंगल र खोलाकिनारमा भौतारिएँ। गोठाला केटाकेटी मलाई देखेर अचम्म मानिरहेका थिए। घाँस र पत्करको भारी बोकेर घर र्फकन लागेका युवतीहरू मलाई देखेर झसंग हुन्थे। -के मेरो रूपरङ त्यति डरलाग्दो भइसकेको थियो ? के मेरो बेहाल रूपकै कारण प्रेमिकाले मलाई नचिनेकी हो ? वास्तवमा मैले ऐना नहेरेकै जुग भइसकेको थियो।) माथि सल्ला सुसाएको र तल रुखका हाँगा भाँचिएलाझैँ गरी हुरी चलेको वातावरणबीच म निकै अबेरसम्म जंगलमा भौतारिइरहेँ। राति ११ बजे गाउँ सुनसान थियो। म उसको घरपरिसरको पर्खाल नाघेर भित्र छिरेँ। दक्षिणतिरको झ्याल अझै खुला थियो। कोठामा मधुरो बत्ती बलिरहेको थियो। झ्यालसागै जोडिएको खाटमा सफा तन्ना ओछ्याइएको र सिरक गोलो पारेर सिरानमाथि राखिएको थियो। भित्र बच्चा रोइरहेको सुनिन्थ्यो। म एकछिन उदास भएर भित्रतिर हेर्न थालेँ। प्रेमिका वा गुण्डा कतै देखिएनन्। हातमा टर्च थियो, जसको आवश्यकता अहिले थिएन। कम्मरमा भिरेको छुरी निकालेँ। प्रेमिका देखापरी। मेरो सास फेरि टक्क अडिएझैँ भयो। त्यसको पिठ्युँमा एउटा बालक रोइरहेको थियो, सायद ज्वरोग्रस्त थियो, र काखमा सानो बच्चा दूध चुसिरहेको थियो। ऊ ती दुवैलाई झुलाएर फकाइरहेकी थिई। कति मायालाग्दा बालकहरू थिए ! म त टोलाएर एकोहोरो हेरेको हेर्‍यै भएँ। हरे, एकाएक यो मलाई के भयो ? मेरा आँखाबाट बरर्र आँसु झरे। भक्कानै फुट्लाजस्तो भयो। मलाई आफ्नै बाल्यकाल प्रत्यक्ष भएझैँ लाग्यो। दिदी मलाई हरदम यसैगरी बोकेर हिँड्थिन्। मेरै लागि तिनले कतिकति दुःख झेलिन्। खासमा ती मेरी आमाभन्दा कैयन् गुणा बढी आमा थिइन्। मायाकी प्रतिमूर्ति ती दिदीलाई कहाँ भेट्नु मैले अब ? धक्का मुटुमै यसरी पर्‍यो, म त थरहरी हुनथालेँ, कतै मेरो इहलीला यहीँ नसकियोस्।•••• मेरो हातबाट छुरी खस्यो र छिनमै म शितांग भएँ। त्यो दृश्यमा हरेक नारीलाई म त ममताकी प्रतिमूर्ति देख्न थालेँ। त्यसैका लागि दानवीर शत्रुले जस्तै मैले त्यसलाई ज्यान माफी दिएँ। प्रेम, सेवा, बलिदान, पुण्य, निरर्थक कृतज्ञता सायद मेरो निम्छरो जातित्वमै थियो। सायद त्यसैले मैले आˆनो चिर योजना विगतका असफल सपनासागै छाडिदिएँ। म भन्न सक्दिना, तर प्रतिदानरहित प्रेम सायद मेरो रगतमै थियो…..र सायद म अझै त्यसलाई एक अदृश्य प्रेमीले जस्तै प्रेम गर्थेँ। म त्यहाँबाट बाढीजस्तै निस्किएँ र अँध्यारो चिर्दैर् हिँडेँ। मभित्र अब कुनै आक्रोश थिएन। आक्रोश रित्तिएपछि मान्छे प्रतिकूल वातावरणबाट पीडित हुन्छ। म दुई दिनदेखि भोको थिएँ। त्यसमाथि तिर्खा, थकाइ र जाडोले घेरा हालेर आक्रमण गरिरहेका थिए। पन्ध्र प्रतिशत ढल्न बाँकी रूखजस्तै ढल्ने समय टारेर म छिटोछिटो हिँडिरहेको थिएँ। चिसो बतास र खोलाको सुसेली अनि टाढाबाट आइरहेको कुकुरको एकोहोरो भुकाइले वातावरण टिठलाग्दो थियो। दाहिने खुट्टा कतै जोडले ठेसियो र मेरो मुख एउटा ढुंगामा जोडले ठोक्कियो। निधारबाट नाकको डाँडी हुँदै मनतातो रगत छातीतिर ओर्लियो। …………..। ……………………। …………………….। प्रेमिकासामु किन हो म कृतज्ञ भएर उभिएको थिएँ। प्रेमिका उदास नजरले मलाई हेरिरहेकी थिई। पश्चातापले उसको हृदय उत्तीसको गिण्डोजस्तै चिरिएर दुई फ्याक भएको थियो। त्यसलाई मैले जतनसाथ फर्काएँ। मभित्र अब जीवनको सुन्दर संगीत झंकृत भइरहेको थियो। पूर्वतिरको क्षितिज हल्का रातो हुँदै गएको थियो। मधुरो रंगीन उज्यालोबाट प्रकट भएर दार्शनिक सुकरात मसँग हात मिलाउन यतै आइरहेका थिए। (अहो, प्यारा सुकरात, यो दर्शनको अपेक्षा मैले सपनामा पनि गर्न पाएको थिइना।) उनलाई स्वागत गर्न मुस्कुराउँदै मैले दुवै हात फैलाएँ।
अंजन बनबासी

3:05:00 am

तिमी पीडा नायक हौ।

सामग्री प्रस्तुति Ram Prasad Panta

जुन आकाशमा विस्तारै देखियो। मैले साह्रै कर गरेपछि त्यस साँझ उसले भन्यो—’घटनाको पीडा मैले अनुभव गरेको छु। सुन्नेले मात्रै अनुमान गरिदिन सक्छ। उसले यसलाई कुनै चलचित्रको कथा ठानिदिन सक्छ। यो घटना सम्झेपछि मलाई रक्तचाप बढ्लाजस्तो हुन्छ। पृथ्वी हल्लिएजस्तो हावाका लप्काहरु एकैचोटी तातो मुस्लो बनेर आएजस्तो हुन्छ। आज म मेरो मुखबाट अन्तिम पटक यस विषयमा भन्दैछु। सत्य राम राम यसपछि म कसैलाई पनि यस विषयमा चिम्टी पनि बताउने छैन।’ मध्ययम स्तरको शहरीया रेष्टुरेन्टमा ऊसाग मेरो यो तेश्रो भेट थियो। रेष्टुरेन्टको माथिल्लो तलामा हामी थियौँ। टेबुलमा केही नेपकिन पेपर थियो। अँग्रेजीमा लेखिएको मेनु हामीलाई हेरिरहेको थियो। र सँगै नुन र चिनीका छुट्टा छुट्टै डब्बा थिए। ऊ एकछिन रोकियो। मैले वेटरलाई बोलाएँ। थप एक बोतल ल्याउन भनेँ। काँचको सानो कदको गिलास, चीसो पानीकोबोतल र हृवीस्कीको ठूलो बोत्तल हाम्रो अघि केही क्षण नविराइ हाजिर भयो। ऊ अझै चुपचाप थियो। मैले दुवै गिलासमा आधा आधा हृवीस्की लगाएँ। र छेवैको वोतलबाट पानी खन्याएँ। उसले आफ्नो बोतलमा पानी नभर्न भन्यो। ‘पानी नहाली पिउँदा बढी कडा हुन्छ नि।’ ‘केही छैन मैले धेरै कडा चिज पचाइसकेको छु।’ मैले ओठ छुवाएर अलिकति पिएँ। स्न्याक्सको एक टुक्रा चपाएँ। उसले घुटु घुटु तीन चार मुख लिएर गिलास झण्डै रित्यायो। मैले खाली हुँदै गएको गिलास फेरि आधा भरिदिएँ। विस्तारै राता बन्दै गएका आँखा झिमझिम गरेर उसले भन्यो—’यो कथा म क्याम्पस पढ्दादेखि शुरु भएको हो। क्याम्पस पुरानो पर्खाल र भित्ताहरु बेरिएको थियो। तर त्यहाँ प्रत्येक वर्ष नया विद्यार्थी थपिन्थे। त्यहाँका वेन्च मक्किसकेका थिए। टिनको छानो खिया लागेको थियो। दर्किएर पानी पर्दा साह्रै आनन्दमय संगीत घन्किन्थ्यो। बगैँचा जस्तो पोथ्राइला हरिया रुखहरु थिए। बगैँचाको पर्खाल नाघेपछि एकापट्टी उकालो गएको र एकापट्टी ओरालो झरेको विस्तारै पिच बिग्रिँदै गएको अलकत्रे बाटो लमतन्न सुतेको थियो। त्यहाँ हिँड्ने मान्छेहरु प्राय विद्यार्थीको आँखाको तीरबाट बच्दैन थिए।’ उसले फेरि गिलासमा दुई मुख लगायो। घाँटीबाट ओरालो लागेको तरल पदार्थले जिब्रोमा झड्का दियो होला मुख बिगार्‍यो। र केही टुक्रा स्न्याक्स चपायो। ‘क्याम्पस?’, आफैलाई एकोहोरो प्रश्न गर्‍यो—’त्यहाँ पुरानो बुद्धि भरिएका पुराना बुढा मास्टरहरु थिए। विद्यार्थीको आवरणमा देखिने राजनीतिका झोलेहरु थिए। खस्रक्क अनुहार खस्किएका र केही झरझराउँदा केटीहरु थिए। प्रत्येक पुराना कक्षाको खुट्टा भाँचिएको बेन्चीमा बसेका नया विद्यार्थीलाई मास्टरहरु शिक्षाका पुराना सिद्धान्त घोकाउँथे। क्याम्पस, त्यहाँका मास्टरहरु, पढाइ सबै समान थिए—उस्तै पुराना। प्रत्येक वर्ष आउने विद्यार्थी मात्र त्यहाँ नया हुन्थे। मेरो ऊसँग त्यहीँ क्याम्पसमा भेट भएको थियो अत्यन्त सामान्य तरिकाले। हामी दुवै एकै वर्ष प्रवेश गरेका नया विद्यार्थी थियौँ। ऊ सामान्य थिई। गोरो र चाक्लो निधार, केश्रा परेका ओठ, नीला र गोला आँखा, छिनेको कम्मर र मिलेको नितम्ब, सुकसुकाउँदा खिरिला औँलाहरु उनको सामान्य प्रारम्भिक भौतिक बयान यस्तै हुन सक्थ्यो। शुरुमा हामी औपचारिक मात्र थियौँ। बिस्तारै अनौपचारिक भयौँ। थाहै नपाइ सम्बोधनहरु बदलिए। एकान्त भेटहरु बाक्लियो। एक अर्कालाई बढी नै सम्झने भयौँ। थाहै नपाइ यति नजिक भयौँ कि हामी बीच कुनै खाले छेकबार रहेन। हामीले एक अर्कालाई चुम्यौँ। दरिलो आड भरोसामा हिँड्यौँ। कतिसम्म भने हामीलाई एकअर्काको तस्वीर बिनाको निद्रा असम्भव भयो। एक अर्काको याद बिनाको गाँस असम्भव भयो। प्रत्येक दिन साँझ अबेरसम्म कुनै मन्दिर, देवल, पार्क र सडक वा कतै एकान्तमा अँगालिएर बस्नु हाम्रा लागि सामान्य भयो। यी दिनहरुमा जीवन कल्पनाको लामो लिस्ट बन्यो। सामान्यजस्ता लाग्ने असामान्य दिनहरु वा असामान्यजस्ता लाग्ने सामान्य दिनहरु यति छिटो बिते कि त्यो पत्तो नै भएन। वर्षा लाग्यो, हिउँद लाग्यो, जाडो लाग्यो, गर्मी बढ्यो। तर न वर्षामा झरीले हामीलाई रोक्यो न हिउँदको जाडोले हामीलाई छेक्यो। ती एकान्त मिलनका दिनहरुमा एक अर्काको दरिलो पञ्जा मिलाएर दुवैले दुवैको प्रशंसामा शब्द खर्चियौँ— ‘मलाई तिम्रो आँखा मन पर्छ।’ ‘मलाई तिम्रो ओठ मन पर्छ।’ ‘म तिमीलाई हेरिरहन चाहन्छु।’ ‘म सधैँ तिमीसँगै रहन चाहन्छु।’ आँखामा आँखा जुधाएर दुवैले दुवैलाई सोध्यौँ— ‘हामीले कसरी एक अर्कालाई मन परायौँ?’ ‘हामी कसरी भेटियौँ ?’ ‘शायद अब हामी छुटट्नि सम्भव छैन।’ ‘हामी शायद यो जुनीमा भेट हुन कै लागि जन्मिएका थियौँ।’ ‘हामीसँग बोराका बोरा दुखहरु छन् र पनि सुखी भएका छौँ।’ प्रत्येक भेटमा ऊ कहिले बिहेको प्रस्ताव आएको कुरा गर्थी, कहिले कसैले प्रेमपत्र पठाएको कुरा गर्थी, कहिले नुहाउन लाग्दा कसैले मलाई कोठामा आएर यसरी प्रेम प्रस्ताव राख्यो भन्थी। परिवारसँग ऊ असन्तुष्ट थिई। भाइ विद्यालय तहमै थियो। बहिनीहरु जुम्ल्याहा थिए र कतै गाउँमै थिए। बाबु चाहिँ रक्सीको लती थियो। आमा यी सबै कुरा अनुभव गरेर घरमै बस्थी। उसले विछोडिएको पुरानो प्रेमबारे पनि मलाई बताएकी थिइ। तर यी रमाइला दिनहरु धेरै बितेनन्। हामीले सोचे जसरी समय जान सकेन। विस्तारै सम्बन्धमा छेकबार आयो। गाढा सम्बन्धको रङ विस्तारै फिकाजस्तो बन्दै गयो। यही निरबाट हामी विस्तारै टाढियौँ। यो घटना खासमा ठूलो घटना थिएन। सामान्य थियो तर हामीबीच त्यही सामान्य कुरा असामान्य भयो। पुरानो क्रमभंगता र नयाक्रमको शुरुवात हुनु पर्ने घटनाको त्यस्तो ठोस कारण केही थिएन। उसको व्यक्तिगत दैनिकी मैले उसले थाहै नपाउने गरी पढी भ्याएको थिएँ। त्यहाँ उसको जीवनको धेरै कुरा प्रष्ट थिए। दैनिकी पढिसकेको केही दिनपछि मैले उसलाई केही पटक कुनै पुरुषको मोटरसाइकल पछि ढेपिएर बसेको देखेको थिएँ। केही पटक सिनेमा हलमा कुनै अर्कै पुरुषको हात समाएर छिरेको भेटेको थिएँ। र सोध्दा उसले मलाई त्यो कुरा ढाँटेकी थिई। मैले पनि केही पत्तो नपाएजस्तो गरिदिएको थिएँ। तर उसले मलाई त्यो कुरा कहिल्यै खुलस्त बताइन। मेरो मनमा उब्जेको शंकाको कुरो यत्ति थियो। यति कारणले हामी बीचको निरन्तर भेटघाटको क्रमभंग भएको थियो। त्यसपछि विस्तारै भेटघाट पातलियो। भेटघाट पातलिँदा म मन कुँड्याएर बसेँ। भित्र कतै देखेजस्तो अनुभव लिएर बसेँ। त्यसको झण्डै महिना दिन पछि माघको कुनै एउटा चीसो साँझ हामी उही पुरानो ठाउँमा भेटियौँ। शायद त्यो हाम्रो दोश्रो अन्तिम भेट थियो। छेउमा लेउ लागेको मैलो पोखरी थियो। नजिकैको देवलमा हामी बस्यौँ। खुँडे जुन आकाशमा देखिएको थियो। यो हाम्रो निकटताको तीन वर्षपछिको घटना हो। नीला गोला आँखाबाट अश्रु वर्षा गरेर उसले मलाई हेरी। ‘म प्रत्येक साँझ तिम्रो सम्झनामा भिजेकी छु। के तिमीलाई त्यसको कुनै आभाष छ? सिमलको भुवा झैँ जीवनमा म कति डुल्नु? हेर्नका लागि प्रत्येक दिन उसैगरी घाम उदाउँछ। त्यसैगरी साँझ पर्छ। रात कालो हुँदै जान्छ र फेरि विहान हुन्छ। तिमीसँग भेट नभएका यी सबै दिन मेरा लागि काला भए। सबैलाई माया गर्न सकिएला। तर यी हजारौँ लाखौँ मान्छेहरु बीच तिमीजतिको मेरो मनको प्रेमी बन्न कोही सक्ने छैन। यो मेरो अन्तिम सत्य हो। किनकी तिमी मेरो अन्तिम सत्य हौ’, उसले भनी। म बोलिन। ऊ निकै बेर मेरो कमजोर कुमको सहारा लिएर रोई। आँशुको भल बगाई र मेरो छातीको फाँट भिजाई। मैले उसका कुरा विश्वास पनि गरिनँ र अविश्वास पनि। मैले बिनाकारण मेरो मनलाई यति कठोर बनाएँ कि कसैले म त्यति कठोर पनि हुन सक्छु भन्ने अनुमान पनि गर्न सक्दैन थियो। मैले भनेँ—’मलाई माफ गर म दाइँ गरेको पराल जस्तो गुजुल्टिएको छु। अब म उड्न सक्छु बिना नियन्त्रण त्यान्द्रा त्यान्द्रा भएर। म तिमीलाई आफूजस्तो निरुद्देश्य त्यान्द्राहरुमा उडाउन चाहन्न।’ ‘तिम्रो पाराले मलाई भित्र कतै डर लागिरहेको छ। शायद अब तिमी मेरो सिन्दुर कुनै हालतमा बन्न सक्दैनौ भन्ने सोचले मलाई किचिरहेको छ। म तिमीलाई कुनै हालतमा भुल्न सक्ने छैन त्यो पनि मलाई थाहा छ। तर तिमी मेरा लागि सधैँ सिन्दुरजस्तै रातो हुनेछौ। म तिम्रो रातोलाई मेरो सिउँदो ओठ र गालाहरुमा दलेर आनन्दित हुन चाहन्छु। म देख्छु तिमी त्यो रातोमा रगत बन्छौ र मुटुबाट शिरा र धमनीहरु हुदैँ मेरा अङ्ग अङ्गमा सल्बलाउँछौ। मेरा प्रत्येक चोटहरुमा तिमी त्यही रातो भएर बाहिर आउँछौ। मेरा खुशीहरुमा तिमी त्यही रातो भएर मेरा गालाहरुमा छाउँछौ। खासमा म प्रत्येक रातोमा तिमीलाई देख्छु’, मेरो अँगालोमा रोए पछि ऊ निकै हल्का भई। मैले उसको चौडा गोरो निधारमा चुमेँ। शायद उसको चाक्लो निधारमा यो मेरो अन्तिम चुम्बन थियो। मेरा आँखाहरु पनि विस्तारै रसाए। मैले आँखाको आँशु नपोखियोस् भनेर परेलाको ढकनी लगाएँ। तर पनि केही थोपा ढकनीको भारले थिचिएर बाहिर बग्यो। शायद मलाई आँखाले रुन सिकायो, मुखले प्रत्येक पीडामा मौन रहन र कानले बहिरो हुन सिकायो। म यस्तै पीडाहरु सिकेर बाचेँ। मलाई लाग्छ— मान्छेले हाँस्न पनि आफै सिक्यो, दुखमा रुन पनि आफै सिक्यो। जन्मनु दुख थियो। र मान्छे जन्मिँदै रोयो। र म अहिले पनि जीवनका कति पीडाहरुमा आँशु बहाइरहेछु। प्रत्येक मान्छेलाई आमाको गर्भबाट पृथ्वीको गुरुत्वाकर्षणले धर्तीमा झारिदियो र ऊ रोयो। र मान्छे सके सम्म आफैमा आनन्दित हुन चाहिरहृयो। अरुको पीडा उसले सोचेन। शायद त्यही भएर होला आफूलाई के के न ठान्दा पनि मान्छे दुखी हुन्छ केही होइन भन्ने ठान्दा पनि दुखी नै हुन्छ। प्रेमी वा प्रमिका वा शत्रु नै सम्झिँदा पनि मान्छे दुखी हुन्छ। दुख सम्झिँदा पनि दुखी हुन्छ र दुःख बिर्सिन खोज्दा पनि मान्छे दुःखी हुन्छ। किन त्यसो हुन्छ? किन सम्बन्धहरु विना कारण जोडिन्छन् र विना कारण टुक्रिन्छन्। सामान्यजस्ता लाग्ने कारणहरु किन भयानक भएर खडा हुन्छन्? जानै नपर्ने पहाडजस्तो सम्बन्धको भित्तो कसरी कमजोर बन्दै धसि्रँदै जान्छ? यस्ता प्रश्नहरु मसँग अनुत्तरित छन्। त्यसपछि हाम्रो भेट पूर्ण रुपमा पातलियो। मैले बिहे गरेँ। सुनेँ ऊ निकै विक्षिप्त भई। उसलाई भेट्नेहरु सुनाउँथे रोएर थाकेकी छ। आँशुहरु बगाउँदिन तर ऊ हाँस्न सक्दिन। केही समय पछि थाहा पाएँ ऊ कुनै प्राइभेट कम्पनीको रिसेप्सनको जागिर छाडेर भिक्षुणी हुन गई । सम्बन्ध टुक्रिएको दश वर्ष पछि आज मेरो त्यही भिक्षुणीसँग भेट भयो। ठानेको थिएँ उसले बिर्सिसकी। उसलाई सम्झिने म मात्र एक्लो बाँकी छु। तर हिजोकै जस्तो सादा रुप रङ भएकी उज्यालो अनुहारकी गेरु वस्त्रमा भेटिएकी यौटी युवतीले मेरो हात समाइ। उसको हातको स्पर्श उस्तै नरम थियो। खिरिला औलाहरु उस्तै थिए। मुस्कान उस्तै थियो। मैले चुमेका निधार गाला र ओठहरु उस्तै थिए। तर मेरो ओठको डाम त्यहाँ थिएन। उसको मुडुलो टाउकोमा चीवरको घुम्टो पनि अब सुहाउँदिलो भइसकेको थियो। गुम्बा छेउको हरियो जंगलबीचको बाटोमा निशंकोच मलाई छोएर उसले भनी—’मेरा लागि तिमी छौ भन्ने सम्झिँदा पनि म दुःखी हुन्थेँ। अब तिमी मेरा लागि रहँदैनौ भन्ने अनुमान लगाएको दिन पनि म दुःखी नै बनेँ। त्यसपछि म जीवनको तत्वबोध गर्न बिना कसैको अनुमति यहाँ आएर बसेँ। तर प्रेमले मलाई बाँधिरह्यो। हामीसँग प्रेम छ र त संसारमा लगाव, समर्पण र पागलपनहरु छन् भन्ने ठानिरहेँ। तिमी छौ र म पनि छु भन्ने अनुभव गरिरहेँ। प्रेम छ र त मान्छेहरु इर्ष्यामा बाँच्न चाहन्छन् भन्ने सोचिरहेँ। शायद इर्ष्यामा मजा हुन्छ। शायद मसँग पनि तिम्रो प्रेमको इर्ष्या छ। इर्ष्यामा आफ्नोपन भेटिन्छ, प्रेमहरु भेटिन्छ। त्यसैले जीवनका सबै मोहहरु त्यागेर मोहविहीन बस्न हिँडेकी मान्छे पनि मोह त्याग्ने मोहमा मात्रै छु। मेरा लागि तिमी पीडा नायक हौ। तिमीले विछोडको पीडा नदिएको भए शायद मैले जीवन बुझ्ने थिइनँ। आँशुहरु बुझ्ने थिइनँ। दुखहरु बुझ्ने थिइनँ। संसार बुझ्ने थिइनँ। यो प्रेमको पागलपन बुझ्ने थिइनँ। शायद म निरश निरश जीवन बाँच्थेँ। अहिले हामीले खेपेका यी दुःखका रङहरु आनन्दका मीठा अनुभूतिहरु पनि हुन्। त्यसैले तिमी मेरो अन्तिम सत्य हौ। मेरो अन्तिम प्रेम हौ।’ मसँग उसले सुनाएका कुराको सम्बोधन गर्ने कुनै उत्तर बाँकी थिएन। यस पटक मैले उसका कुरा सुनेँ मात्र। उसलाई हेरेँ मात्र। केही सपनाजस्तो केही विपनाजस्तो अनुभूति गरेँ मात्र। मेरा परेलाका ढकनीहरुले मेरो गहको बाँध छेक्न सकेनन्। थहै नपाएर मैले गालाको भित्तो आँशुले चिसियो। मेरा केही कुरा नसुनेरै त्यसपछि चीवर लतारेर ऊ गुम्बा तिरै फर्कि। म अर्को पीडा अनुभूति लिएर घर फर्केँ। यहाँ आउने लत त्यसपछि बस्यो। पिउने मात्रा त्यसपछि बढ्यो। मेरो कथा यति हो।’ उसले कुरा सिध्यायो। गिलास एकै मुखमा रित्यायो। भन्यो—’लेखक लेख, म पीडा नायक हुँ। उनको पीडा नायक र आफ्नै पनि पीडा नायक। यो तिम्रो कथाको बिकाउ शीर्षक हुन सक्छ। म तिम्रो कथाको राम्रो पात्र हुन सक्छु। मेरी भूतपूर्व प्रेमिका जसलाई म अहिले पनि माया गर्छु तिम्रो कथामा आउन सक्छे। म मेरो प्रेम र उसलाई एकसाथ तिम्रो कथामा पढेर फेरि एक पटक दुःखी हुन चाहन्छु।’ उसले बाँकी रहेको स्न्याक्सको टुक्रो चपायो। र, उठ्यो। आजको सबै बिल मैले भुक्तानी गरेँ। हामी बाहिर निस्कँदा सडकमा साना गाडी र केही मोटर साइकल फाट्ट फुट्ट चलेका थिए। अघि आकाशमा देखिएको खुँडे जून बादलमा छोपिँदै बिस्तारै मधुरो हुँदै गएको थियो।

5:30:00 am

नेपाली बाघ ढल्यो

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं/ एसियाका क्रिकेट नखेल्ने मुलुकहरूबीच एक दशकसम्म बाघको छवि बनाएको नेपालले एसिसी यू-१९ विश्वकपबाट बाहिरिएको छ । सन् १९९९ देखि लगातार युवा विश्वकपमा सहभगिता जनाउँदै आफूलाई अन्तर्राष्ट्रिय क्रिकेटमा क्रमशः स्थापित गराउने प्रयत्न गर्दै गरेको नेपालले कुवेतमा सञ्चालित एसिसी यू-१९ एलिट कपमा बुधबार अफगानिस्तानसँग ६ विकेटले पराजित हुँदा युवा विश्वकपको आगामी संस्करणको सहभागिताबाट पनि वञ्चित हुनुपर्‍यो । सोही प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा हङकङसँग घुँडा टेकेको नेपाली टोली बुधबार अफगानिस्तानसँग दोस्रो हार बेहोर्न बाध्य भयो । हङकङसँगको हारले घाइते भएको नेपाल बुधबार अफगानिस्तासँगको हारपछि लज्जाको पात्र बनेको छ । प्रतियोगिताअघि प्रर्याप्त प्रशिक्षणको अभाव अनि खेलाडी छनोटमा देखिएको विवादलाई पनि नेपालको हारको कारणका रूपमा अगाडि ल्याउन सकिएला । तर, नेपाली क्रिकेटमा देखिएको असोचनीय सफलतापछि क्रिकेट नेतृत्वमा मौलाएको 'घमण्ड' पनि हारको कारण बन्यो ।अन्तर्राष्ट्रिय ख्याति कमाएका प्रशिक्षक रोय डायसले पनि नेपालको ख्यातिलाई कायम राख्न सकेनन् । अब यता

5:42:00 am

उ टाढा जादै छ

सामग्री प्रस्तुति Ram Prasad Panta

6:17:00 am

समयले कोल्टे फेरेको छ ।

सामग्री प्रस्तुति Ram Prasad Panta

ऊ थकित भएर आउँथ्यो र मेरो छातीमा बास खोज्थ्यो । केही समय मसँग लडीबुडी गरेपछि झन् थकित भएर मेरो काखमा सुत्थ्यो । म पनि त्यसबेला प्रेमिका र मातृत्व दुवै भावमा एकैपल्ट खनिएर आउँथंे र एकोहोरो उसको शिरलाई सुम्सु्म्याइरहन्थे । ऊ अबोध बालकसरि उसको आमाको काखमा सुतेको झैँ निश्चिन्त भएर मेरो काखमा कुर्ताको फेरमा सुत्थ्यो । मलाई पनि उसको भाव र समर्पण देखेर माया लागेर आउँथ्यो र उसलाई एकैपल्ट हृदयमा लुकाउँ झैँ लाग्थ्यो । समयले कोल्टे फेरेको छ । आज ऊ इराकमा छ । इराकमा अमेरिकन सैनिकहरूको लागि काम गर्छ । हरेक पल डर र त्रासमा बाँच्छ । उसले भन्छ यो सब मलाई पाउनको लागि हो रे । म पनि उसको यो शब्दमा गर्व गर्थें र सुगन्धको सास फेर्थें । उसले हप्ताको एक पटक मलाई इमेल गर्छ र दुई-तीन पटक नबुझिने फोन गर्छ । हामी दुवै जना शङ्करदेवमा एमबीएस पहिलो वर्षमा सँगै पढ्थ्यौँ । पहिलो दिनमा नै हामी एउटै बेन्चमा बस्यौँ र कक्षा सिद्धिदा हामी दुवै जना साथी भयौँ । त्यसपछि हामीसँगै साथमा धेरैबेर हराउन थाल्यौँ । विस्तारै फिलिम हेर्न र घुम्न पनि जान थाल्यौँ । ऊ कीर्तिपुरमा साथीहरूसँग बस्थ्यो । उसको वास्तविक घर रामेछाप थियो । मेरो घर काठमाडौँको ज्ञानेश्वरमा थियो । ऊ हेर्दामा राम्रो र सोझो थियो । हाँसी रहन्थ्यो र एकोहोरो बोलिरहन्थ्यो । मेरो लागि जे काम पनि गरिदिन्थ्यो । विस्तारै ऊ मेरो आवश्यकता जस्तो लाग्न थाल्यो । हुँदाहुँदा हामी घनिष्ठ साथीबाट थाहा नपाई प्रेमी बनिसकेछौँ । एकदिन उसले प्रेम प्रस्ताव राख्यो मैले पनि स्वीकार गरेँ । ऊ इराक जाने अघिल्लो दिन पनि हामीसँगै थियौँ । त्यस दिन ऊ सारै भावुक भएको थियो र म पनि भावुक नै थिएँ । किनकिन त्यसदिन मुटुको एकटुक्रा छुट्टँिदै छ कि जस्तो लाग्यो । त्यस दिन उसले धेरैबेरसम्म मेरो हात समाउँदै भनेको थियो- "समी, हाम्रो अमर संसारलाई चाँदी रङ पोत्न सक्ने भएपछि म फर्केर आउँछु । तिम्रो यो सुन्दर रूप, सुकोमल शरीरको साथै अथाह प्रेमको शुभकामना लिएर विदेशी भूमिमा जाँदैछु । मलाई पर्खी बस है ।"मैले उसको शब्दसँगै आँसु खसालेर टाउको हल्लाउँदै हुन्छ भनेकी थिएँ र उसको अँगालोमा बाँधिएकी थिएँ । आज उसको इमेल पढेँ । इमेल सारै भावुक थियो । लेखेको थियो- मलाई माया गर्ने प्रेमिका म तिमीलाई हरेक पल सम्भिmरहन्छु । विदेशको भूमिमा गाली र लात्ती खाईखाई हाम्रोलागि दुई-चार पैसा कमाउन सङ्घर्ष गर्दैछु । अब त बाँच्ने आशा नै हराउँदै गयो । यहाँ दिनहुँ आत्मघाती बम विस्फोट हुन्छ र अन्धाधुन्द रकेट लन्चरहरू छाडिन्छन् । एउटा फिलिपिनी साथी आज डरले मर्‍यो । आज यहाँ ठूलो आत्मघाती बम विस्फोट भयो, हाम्रो क्याम्पको अगाडि । सयौँ जना एकै ठाउँमा ठहरै भए । तीन जना अमेरिकन सैनिकहरू पनि मरे । म आज डरले कामीकामी तिमीलाई इमेल लेख्दैछु । म आज आधा भएको छु । कहिलेकाहीँ त सोच्छु यो डरसँग बाँच्नुभन्दा आत्महत्या गरेर मरुँझैँ लाग्छ । फेरि तिमीलाई सम्झन्छु । घर परिवार सम्झन्छु । बुबा र आमाको मलिन र निर्दोष अनुहार र मेरो बाटो कुरेर बसिरहेका उहाँहरूको आशा र म माथिको भरोसालाई सम्झन्छु । दिदीबहिनीहरूको आशीर्वादलाई सम्झन्छु । यही नै मेरो बाँच्ने सहारा बनेको छ । तिमीलाई याद होला आज मेरो जन्मदिन हो । आजको दिन मेरो कोठामा हामीसँगै थियौँ । गएको वर्ष मैले जन्मदिनको सानो पार्टी राखेको थिएँ र मेरो पाहुना तिमी मात्रै थियौ । त्यसबेला मैले अकस्मात् भनेको थिएँ- "तिम्रोलागि हिमालयको फेदीबाट सुनगाभा टिपेर ल्याउनेछु र तिम्रो कपालमा सिउरी दिनेछु ।" तिमीले पनि दङ्ग पर्दै भनेकी थियौ- "त्यो सुनगाभालाई म चुल्ठोमा लगाउँछु र मन मुटुमा सजाउँछु ।" बितेको एक वर्ष मात्र मेरो अगाडि सम्झना भएर उभिएको छ । के गर्ने नेपालमा बसेर तिम्रो चोखो मायामा रम्दै आमाबाबुको संसारमा सँगै हुने मन थियो तर दुनियाँ ........................................... साभार :- ला थाहा ......?

6:12:00 am

नयाँ बर्षको शुभकामना

सामग्री प्रस्तुति Ram Prasad Panta

नव बर्ष 2066 को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। साथै नवबर्षले तपाईमा नया जोश जागर र उमङ्ग ल्याओस। तपाईले चालेका प्रतेक् पाइलाहरुले सगरमाथाको शिखर चुम्न सफल होउन,साथै सुस्वास्थ्य एबम दिर्गायुको कामना ।।।

6:55:00 am

इराक हिडेंका महिला दुबई एयरपोर्टमा अलपत्र

सामग्री प्रस्तुति Ram Prasad Panta

- धर्मेन्द्र कुमार यादब,दुबई
नेपालबाट रोजगारको लागि अबैधरुपमा इराक जान लागेका ४ महिला दुबई विमानस्थलमा अलपत्र अबस्थामा रहेका छन् । नेपालको विभिन्न फरक फरक एजेन्टबाट आएको कुरा बुझिएको छ । यस पंक्तिकारलाई दुबई एयरपोर्ट भित्र रहेको विषेश सुत्रको जानकारी अनुसार पिडीतहरुसाग प्रत्यक्ष सम्पर्क गर्दा यथार्त र बास्तविक रहेको बुझिएको छ । उनीहरुलाई इराकको सुलेमानिया लैजाने भनेर ल्याएको र २३ फरवरी देखि इराकको नक्कली भिसा रहेकोले अलपत्र अवस्था रहेको छ । सो समुहमा १८ जना भन्दा बढि पुरुष हरु पनि रहेका छन् । भिसा,ˆलाईट र टिकट नक्कली भएको कारण ४ जना पुरुष नेपाल फर्किसकेका छन् । झापाको डम्बर र इराकमा गंगा भन्ने ब्यक्तिको सम्पर्कबाट कोहि लम्जुङ,धरान,झापा,कास्की तथा अन्य ठाउाका ब्यक्ति हरु रहेको बताईएको छ ।
इराक पुगेकी गुरुङ थरकी धरानकी एक महिला -नाम गोप्य) इराकमा अलपत्र परेको साथै अनेकौं पुरुषहरु बिच काम गर्दा उनको हालत अति गम्भिर रहेको साथै मानसिक र शारिरीक रुपमा पिडीत ती महिलाले दुबई एयरपोर्टमा अलपत्र महिला हरुलाई इराक नआउनु नेपालै फर्केर जाने सल्लाह दिएकी छन् । अब हामिले नै अनुमान लगाउने कुरा हो ती एक्ली महिला त्यहाा कस्तो अबस्थामा छिन् भनेर । त्ासर्थ पुरुषहरु इराक जाने घटना सामान्य भएको थियो तर महिलाहरु ज्ााने कुरा नौलो नै हो । यसरी बाध्यताले आर्थिक उपार्जनका लागि जाने ति महिलाहरुलाई अलपत्र पार्ने एजेण्ट तथा ब्यक्तिहरुलाई सजाय दिनै पर्ने देखिन्छ । र यो प्रक्रिया नै बन्द गराउन नेपाल सरकार तथा बिदेश स्थित कुटनितीक आयुक्त हरुले पहल गर्नु पर्ने देखिन्छ । यहाा रहेका केहि सामाजिक ब्यक्तित्वहरुबाट ती महिलालाई नेपाल जाने टिकटको ब्यावस्था गराउने तयारी भईरहेको छ । यस समाचारको विषेश प्रमाण र श्रोत यस पंक्तिकारसाग सुरक्षित र गोप्य छ । साथै महिलाको नाम गोप्य राखिएको छ । कुनै व्यक्ति,संस्था तथा सरकारी निकायले यो प्रक्रिया अन्त्य गर्ने प्रतिबद्घता जाहेर गरेमा मात्र उनीहरुलाई सार्वजनिक गरिने छ । स्मरण रहोस् यस अघि ०२ डिसेम्बर ,२००८ मा इराक लैजाने गिरोहको पर्दाफास भएको थियो । र सो समाचार सत्य तथ्य प्रकाशमा ल्याएकोले यो पंक्तिकार सहित चार पत्रकार मानसिक रुपमा पडित बनाईएका थिए । तर पनि यो प्रक्रियाबारे नेपाल सरकार लगाएतले कानमा तेल हालेर सुतेको पारा गरे । आशा गरौं यो प्रक्रियाको अन्त्य छिटो होस् र सम्पुर्ण प्रवासी नेपालीबाटै यसको शुरुवात होस् ।

4:53:00 am

मेरो मनको कुराहरु

सामग्री प्रस्तुति Ram Prasad Panta

यो मन त मेरो नेपाली नै हो

4:36:00 am

इराकमा नेपाली पत्रिका सुरुवात .....

सामग्री प्रस्तुति Ram Prasad Panta

नेपालीहरु बिश्वको जुनसुकै कुनामा पुगेता पनी समय र परिस्थिती अनुसार केहीनकेही गरिरहेका हुन्छन् आफ्नो घर-आगन देखि परको देशमा पनी आफ्नो नेपालीपन भुल्न सक्दैनन् त्यसोत इराकमा पुगेका नेपालीहरुले पनी एकै हप्ता भित्रमा तीन वटा नेपाली साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरेका छन्। गत फेब्रअरी २४ मा ताजी नाम राखेर पत्रिका प्रकाशन सुरु गर्ने प्रकाशकहरुमा सम्पादक;दिल गर्बुजा मगर,सहसम्पादक;टेक बहादुर थापा,कानुनी सल्लाहकार पदम कार्की,डिजाईनर तथा परिकल्पनाकार नरजङ्ग् थापा रहेका छन्।देश बिदेशको खबर,समसामयिक लेखरचनाहरु,साहित्य,मनोरञ्जन,बिभिन्न गतिविधीहरु आदी पढ्न सकिन्छ पत्रिकामा। यो पत्रिकाको अंक एक बर्ष एकको सम्पादकियमा वर्तमान सरकारको कार्यशैली आशा लाग्दो नभएको उल्लेख गर्दै लेखिएको छ-सरकार स्वयमले निराशा फैलाउन थालेको छ सरकार भनेको देशको नेत्रित्व हो।जनतालाई आशाबादी तुल्याईरहनु उसको प्रथम कर्तब्य हो निरासा बाडेर राज्य चल्दैन। ईराक बाट नेपालीहरुको पहिलो पत्रिका ताजी प्रकाशन भएको हप्ता दिन नपुग्दै मार्च एक तारिखको दिन संयुक्त रुपमा बलाद ताईम्स र बुक्कासाहित्य संगालो नामको साप्ताहिक पत्रिका प्रकाशन पनी सुरु भैसकेको छ। बुक्का साहित्य संगालो पुर्ण साहित्यिक हुने बाँचा प्रकाशक टिमले गरेको छ जसमा सम्पादक कृष्ण अधिकारी,कम्प्यूटर सहयोगी राज कुमार पौडेल बिशेष सल्लाहकार मोहन घिमिरे,डिजाईनर तथा वितरक कुशल गुरुङ्,राम्जी श्रेष्ठ,सल्लाहकारहरु पारसमणी भट्टराई, दीपक पौडेल अनिल प्रसाद तिमल्सिना रहेका छन्। त्यसैगरी बलाद ताईम्सको प्रकाशक यूनिटमा पधान सम्पादक नरुबाबु मगर,सम्पादक मण्डलहरु पदम राज जोसी,प्रकाश सुबेदी,कम्प्यूटर टाईप राकेश पुन मगर,नेटवर्किङ तारा प्रसाद छन्त्याल ,बिशेष सहयोगी मान बहादुर तामाङ रहेका छन्। यो पत्रिकामा पनी समचार घटना र बिचार,प्रेमपत्र साहित्य ,मनोरञ्जन, जानकारी, समसामयिक लेखरचनाहरु पढ्न सकिन्छ।स्वतन्त्र र समुन्नत नेपालको परिकल्पना गर्ने जोकोही राष्ट्रबादी नेपाली देशको स्थिति देखेर चिन्तित हुनु स्वभाविक नै हो आज पनी देशमा हत्या हिंसा,लुटपाट बलत्कार जस्ता जघन्य अपराधले बढवा पाईरहेको छ अर्को तर्फ मधेशीहरु एक मधेश एक प्रदेश जस्तो बिखण्डनबादी माग राखेर आन्दोलन गरिरहेका छन् यदी यो बिशम परिस्थितिमा पनि सरकार मौन रहयो भने नरहयो बाँस अब न बज्छ बाँसुरी भनेझै हुनेछ जनताको चाहना अनुरुपको संविधान लेखन अविलम्व सुरु गरियोस बलाद ताईम्स साप्ताहिककै सम्पादकियमा उल्लेख गरिएकोछ। अमेरिका सरकारको कन्ट्याकमा रहेको कम्पनीमा ताजी,बुक्का र बलाद नामको क्यामहरु छन् जहा नेपाली कामदारुपनी बसिरहेका छन् सोही क्यामहरुको नामबाट तिन नेपाली साप्ताहिक पत्रिकाहरुको नामाकरण गरिएको छ। ताजी साप्ताहिक पत्रिकाका सम्पादक दिल गर्बुजामगरले जानकारी दिनु भयो।

4:56:00 am

त्यत्तिकै छाडियो सभासद्लाई

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं/ कोठीबाट रंगेहात पक्राउ परेका कांग्रेस सभासद् कृष्णप्रसाद यादवलाई प्रहरीले अभियोग नै नलगाई रिहा गरेको छ । कान्ति बाल अस्पतालपछाडि रहेको कोठीबाट सादा पोसाकका प्रहरीले उनलाई यौनसम्पर्क गर्दागर्दै शुक्रबार पक्रेको थियो । सभासद् यादवसँगै कोठी सञ्चालक सुनिता खड्का र तीन यौनकर्मी महिला पनि समातिएका थिए । पक्राउ परेलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंमा पाँच घन्टा राखेर बेलुका साढे १० बजे महानगरीय प्रहरी वृत्त सिंहदरबार ल्याइएका यादवलाई प्रहरीले आइतबार कुनै अभियोग नै नलगाई त्यत्तिकै रिहा गरेको हो । अन्य चारलाई भने सार्वजनिक अपराधअन्तर्गत अनु्सन्धानका लागि जिल्ला प्रहरी कार्यालय काठमाडौंबाट अनुसन्धानका लागि सात दिनको म्याद लिएर हनुमानढोकाको हिरासतमा राखिएको छ । प्रहरी स्रोतका अनुसार रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित सभासद्लाई छोड्न गृह मन्त्रालयबाट दबाब आएपछि काठमाडौं परिसरले कुनै अभियोग नै नलगाई रिहा गरेको हो । प्रहरीले सभासद् यादवसहित अन्य चार युवतीलाई सार्वजनिक अपराधअन्तर्गत अनुसन्धानका लागि जिप्रकाबाट म्याद थप्ने तयारी गरेको थियो । उच्चस्रोतले भन्यो, 'तर सभासद् यादवको नाम हटाएर चारजना युवतीलाई मात्र म्याद थप्न लगियो ।' काठमाडौं परिसरका कुनै पनि अधिकारी सभासद् यादवको रिहाइको बारेमा बोल्न चाहँदैनन् ।

4:53:00 am

माओवादीले पनि सुरु गर्‍यो सेना भर्ना

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं/ नेपाली सेनाको पछिल्लो भर्ती प्रकरणको विवाद सेलाउन नपाउँदै माओवादी जनमुक्ति सेनाले पनि थप सैन्य भर्ती गर्ने घोषणा गरेको छ । जनमुक्ति सेनाका प्रमुख नन्दकिशोर पुन पासाङले सोमबार विज्ञप्ति जारी गर्दै जनमुक्ति सेना भर्नाबारे जानकारी दिएका हुन् ।पासाङका अनुसार मंगलबारदेखि जनमुक्ति सेनाको भर्ना-प्रक्रिया सुरु हुनेछ । उनले सातवटै डिभिजन हेडक्वार्टरमा सम्पर्क राख्न भर्ना हुन इच्छुक युवालाई आग्रह पनि गरेका छन् ।'सम्झौताको उल्लंघन गर्दै नेपाली सेनाले तीन हजारभन्दा बढी संख्यामा सेनाको थप र नयाँ भर्ना गरेको कार्यलाई समर्थन गरेकोबाट सिद्धान्ततः जनमुक्ति सेनालाई समेत विभिन्न कारणवश अनमिनमा पहिलो दर्तामा सूचीकृत ३१ हजार तीन सय १५ संख्यामा न्यून हुन गएको हाम्रो जनमुक्ति सेनाको संख्या थप गर्न बाटो खुलेकोले प्रेस विज्ञप्तिमार्फत १८ वर्ष उमेर पुगेका स्वस्थ, इच्छुक र सक्षम तथा जुझारु तथा बलिदानी भावनाले लेस नेपाली युवा वर्गमा जनमुक्ति सेना भर्नाका लागि हार्दिक अपिल गर्दछ,' पासाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । १२ जेठ ०६३ को सेना तथा हतियारको व्यवस्थापन सम्झौताका आधारमा सातवटा अस्थायी शिविर र २१ वटा उपशिविरमा माओवादी जनसेना बसिरहेका छन् ।

4:49:00 am

खेलाडीमाथि आतंकबादी हमला

सामग्री प्रस्तुति Ram Prasad Panta

म्युनिख ओलम्पिकपछि खेलाडी लक्षित पहिलो गम्भीर आक्रमण लाहोर/ पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टोलीमाथि मंगलबार हतियारधारी समूहले आक्रमण गरेको छ । पाकिस्ताविरुद्धको खेलका लागि श्रीलंकाली टोली बसबाट गद्दाफी रंगशाला गइरहँदा सो आक्रमण भएको थियो । आक्रमणबाट सात खेलाडी, एक अम्पायर र सहायक प्रशिक्षक घाइते भएका छन् । ६ प्रहरी र पाकिस्तान क्रिकेक बोर्डका एक ड्राइभरको निधन भएको छ । हतियारधारी समूहले श्रीलंकाली टोली रहेको बसमा गोली, बम र रकेट लन्चरले आक्रमण गरेका थिए । गोली लागी घाइते भएका दुई खेलाडीलाई अस्पताल भर्ती गरिएको छ । उनीहरूको जीवन खतरामुक्त रहेको बताइएको छ । अम्पायर अहसान राजाको अवस्था गम्भीर रहेको छ । पाँच खेलाडी र श्रीलंकाली टोलीका इङ्लिस प्रशिक्षकलाई भने सामान्य चोट लागेको पाकिस्तानी अधिकारीले जनाएका छन् । घाइते भई अस्पताल भर्ना गरिएका दुई श्रीलंकाली खेलाडीमा थिलान सामाराविरा र थारांगा पर्नाभिताना रहेका छन् । पर्नाभितानाको छातीमा र सामाराविराको तिघ्रामा गोली लागेको थियो । स्रोतले १५ जना घाइतेलाई अस्पताल भर्ना गरिएको जानकारी दिएको छ । अम्पायर अहसान राजाको पेटमा गोली लागेको थियो । सामान्य घाइते भएका खेलाडीमा कप्तान माहेला जयाबर्दने, कुमार सांगकारा, अजन्था मेन्डिस, सुरांका लाकमल र चामिन्दा भास रहेका छन् । रनविरा र सहायक प्रशिक्षक पल फार्बासेलाई पनि सामान्य चोट लागेको श्रीलंकाली क्रिकेट बोर्डले जनाएको छ । आक्रमणको तीन घन्टापछि सैनिक हेलिकोप्टरबाट श्रीलंकाली खेलाडीलाई गद्दाफी रंगशालाबाट बाहिर निकालिएको थियो । श्रीलंकाली टोलीले मंगलबार राति नै आबुधावी जाने र बुधबार श्रीलंका पुग्ने योजना बनाएको छ । १९७२ म्युनिख ओलम्पिकमा प्यालेस्टाइनी हतियारधारीले इजरायली खेलाडीमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय खेलाडीमाथि नै लक्षित गर्दै भएको यो पहिलो गम्भीर आक्रमण हो । खेलस्थलको सय मिटरनजिकै हतियारधारी समूहले सो आक्रमण गरेको थियो । सुरक्षा घेरामा रहेर खेलस्थलतर्फ जान लागेको पदाधिकारी, अम्पायर र खेलाडीको बसमाथि आक्रमण भएपछि सुरक्षाकर्मी र हतियारधारी समूहबीच १५ मिनेट भिडन्त भयो । आक्रमणकारीले बस रोक्ने उद्देश्यले टायर र ड्राइभरलाई गोली हानेका थिए । साथै, बसमा गि्रनेड फालेका थिए । गि्रनेड बसमा भने लागेन । यसअघि, भारत र अस्ट्रेलियाले सुरक्षाको कारण देखाउँदै पाकिस्तानमा हुन लागेको विभिन्न क्रिकेट प्रतियोगिता त्यागेका थिए । १४ महिनापछि पहिलो टोलीका रूपमा श्रीलंका पाकिस्तानमा खेल्न तयार भएको थियो । मुम्बईमा आतंकवादी हमला भएको तीन महिनापछि पाकिस्तानमा यो हमला भएको हो । मुम्बई आक्रमणमा १ सय ६४ व्यक्तिको हत्या भएको थियो । सुरक्षाअधिकारीले मुम्बई आक्रमण र मंगलबारको आक्रमणमा समानता रहेको बताएका छन् । दुवै घटनामा दुई वा दुईभन्दा बढी बन्दुकधारी विभिन्न समूहमा विभाजित भई आक्रमणमा उत्रेका छन् । र, विस्फोटक पदार्थ, बन्दुकसहित पछाडि झोला बोकेका आक्रमणकारीमा समानिते र मृत्युको भए नरहेको सुरक्षाअधिकारीको विश्लेषण छ । कुनै पनि समूहले मंगलबार साँझसम्म जिम्मेवारी नलिएको अवस्थामा सुरक्षाअधिकारीले भने आक्रमणकारीको सम्बन्ध श्रीलंकाली तामिल टाइगरसँग रहेको हुनसक्ने अनुमान गरेका छन् । केही अधिकारीको आंशका पाकिस्तानी आतंककारी संगठन लस्कर ए तोयबामाथि पनि छ । सो घटनालगत्तै पाकिस्तान र श्रीलंकाबीचको टेस्ट रद्द गरिएको छ । लाहोर सरकारले श्रीलंकाली टोली घर र्फकने तयारीमा रहेको बताएको छ । नेपाल भ्रमणमा रहेको श्रीलंकाली राष्ट्रपति महिन्दा राजापक्षले घटनाको भत्र्सना गरेका छन् । उनले आपmना विदेशमन्त्रीलाई तत्काल पाकिस्तान गई टोली फर्काउने व्यवस्था गर्न निर्देशन दिएका छन् । आक्रमणकारीले स्वचालित हतियाबारबाट विभिन्न स्थानमा रही टोलीको बसमाथि आक्रमण गरेका थिए । सोही क्रममा उनीहरूले रकेट र गि्रनेड पनि प्रहार गरेको प्रत्यक्षदर्शी र अधिकारीहरूले बताएका छन् । बस रोक्ने उनीहरूको प्रयास भने सफल हुन सकेन । खेलाडी र पदाधिकारी रहेको बस मुस्किलले रोकिनबाट जोगिएको थियो । टेलिभिजन फुटेजमा देखिएअनुसार पछाडि झोला बोकेका कम्तीमा पनि दुई जोडी हतियारधारीको समूहले सो आक्रमण गरेको हो । आक्रमणका क्रममा सानो रूख र घाँसको मद्दतले लुक्दै गोली प्रहारसहित उनीहरू अघि बढेका थिए । 'आक्रमणको प्रकृति हेर्दा उनीहरू प्रशिक्षण प्राप्त र मनग्ये हतियार बोकेका व्यक्ति थिए । उनीहरूले बन्दुक बोकेको, ताकेको र प्रहरीमाथि आक्रमण गरेको हेर्दा उनीहरू साधारण व्यक्ति थिएनन्,' पञ्जाव प्रान्तका गभर्नर सलमान तासिर भन्छन्, 'मुम्बई आक्रमण पनि यस्तै शैलीमा भएको थियो ।' अन्य भिडियोमा क्षति पुगेको सवारीसाधान र नपड्किएको हातेबम जमिनमा छरिएको देखिएको थियो । आक्रमणकारी भागेपछि सुरक्षाकर्मीले पछाडि बोक्ने दुई झोला र वाकीटकी भेटेको थियो । लाहोर प्रहरी प्रमुख रहमानले आक्रमणमा १२ देखि १४ हतियारधारी संलग्न रहेको आशंका गरेका छन् । 'श्रीलंकाली टोलीको रक्षाका लागि हाम्रा प्रहरीले आपmनो जीवन बलिदान दिए,' उनले भने । नया पत्रिका

5:27:00 am

त्रिविमै पढाइन्छ- बुद्ध भारतमा जन्मेका हुन्

सामग्री प्रस्तुति Ram Prasad Panta

बुद्ध भारतमा जन्मिएका भनेर एउटा संवाद राखिएको हिन्दी फिल्मी 'चाँदनी चोक टु चाइना'लाई सरकारले प्रदर्शनका लागि प्रतिबन्धित गरेका वेला हाम्रै पाठ्यक्रममा 'बुद्ध भारतमा जन्मेको' लेखिएको फेला परेको छ । त्रिभुवन विश्वविद्यालयको एक पाठ्यक्रममा समेत बकाइदा 'बुद्ध भारतमा जन्मेको' उल्लेख छ । त्रिविको स्नातकोत्तर तह दोस्रो वर्षको अंग्रेजी विषयमा पढाइ हुने पाठ्यपुस्तक हिस्ट्री अफ नलेजको पेज नम्बर २१ मा लेखिएको छ- Siddhartha Gautama, the Buddha (Enlightned One), had been born about 563 bc to a princely family of northern India. (सिद्धार्थ गौतम, बुद्ध ५६३ तिर उत्तरी भारतको एउटा खानदानी परिवारमा जन्मेका थिए) । चाल्र्स भ्यान डोरेनद्वारा लिखित हिस्ट्री अफ नलेज नामक सो पुस्तक ०५६ सालमा पाठ्यक्रम परिवर्तन भएयता त्रिविअन्तर्गतका स्नातकोत्तर तहमा पढाइँदै आइएको छ । त्रिवि केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थीले गौतम बुद्ध नेपालमा जन्मेको तथ्यबारे कुरा उठाउँदा शिक्षकहरूले बेवास्ता गर्ने गरेको गुनासो गरे । स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत नारायण संगमले नयाँ पत्रिकासँग भने, 'हामीले तथ्यलाई बंग्याइएको भनी क्लासमै प्रश्न उठायौँ, तर कसैले वास्ता गर्दैनन् ।' नेपालको कपिलवस्तुमा जन्मेका बुद्धलाई 'भारतीय' बनाइएको पाठ्यक्रम नेपाली विद्यार्थीलाई १० वर्षदेखि पढाइँदै छ । तथ्य बिगारेर संवाद राखिएको हिन्दी चलचित्र 'चाँदनीचोक टु चाइना'का विरुद्ध सडकमा उत्रेका विद्यार्थी संगठनहरूले समेत आफ्नै विश्वविद्यालयले त्यही 'अफवाह' पढाइरहेकोप्रति भने अनभिज्ञता व्यक्त गरेका छन् । करिब १० वर्षअघि अभि सुवेदी अंग्रेजी विषयको विभागप्रमुख हुँदा पाठ्यक्रम परिवर्तन गरिएको थियो । त्यसपछि अन्य पाठ्यपुस्तक परिवर्तन गरिए पनि चाल्र्स भ्यानको हिस्ट्री अफ नलेज परिवर्तन गरिएको छैन ।त्रिवि अंग्रेजी केन्द्रीय विभागप्रमुख डा. कृष्णचन्द्र शर्माले स्नातकोत्तर तहको पाठ्यपुस्तकमा गौतम बुद्ध भारतमा जन्मेको उल्लेख भएको विषयमा आफूलाई जानकारी नै नभएको बताए । 'विद्यार्थीलाई पाठ्यपुस्तकको हरेक हरफ नपढाउने भएकोले त्यो कुरा मैले थाहा पाएको छैन,' शर्माले नयाँ पत्रिकासँग भने, 'त्यस्तो छ भने पाठ्यक्रमबाट हटाउँछौँ ।' तत्कालीन अंग्रेजी विषयका विभागप्रमुख अभि सुवेदीले पनि पाठ्यक्रममा गौतम बुद्ध भारतमा जन्मेको भनी उल्लेख भएको कुरा आफूलाई सम्झना नभएको बताए । 'त्यतिवेलाको कुरा अहिले सम्झना भएन,' सुवेदीले प्रतिक्रिया दिए ।अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले नेपालकै पाठ्यक्रममा बुद्ध उत्तरी भारतमा जन्मेका हुन् भन्ने उल्लेख हुनु गम्भीर विषय भएको बताए । 'यो खराब कुरालाई प्राथमिकताका साथ उठाउनुपर्छ,' उनले नयाँ पत्रिकासँग भने, 'बुद्ध नेपालमा जन्मेको कुरालाई असत्य बनाएर हस्तक्षेप गर्ने कुरा असह्य छ ।'नेपाल विद्यार्थी संघका अध्यक्ष प्रदीप पौडेलले त्रिविको पाठ्यक्रममा बुद्धसम्बन्धी समेटिएको सामग्रीबारे आफूलाई जानकारी नभएको बताए । उनले यसले राष्ट्रियता र त्रिविको शैक्षिक अवस्थाको स्पष्ट चित्रण गरेको प्रतिक्रिया दिए । अध्यक्ष पौडेलले भने, 'लामो समयसम्म यस्ता कुरा बाहिर नआउनु र पढाउनेले पनि ध्यान नपुर्‍याएको देख्दा अचम्म लाग्यो ।' साभार:- नेपाली पत्रिका

5:23:00 am

प्रधानमन्त्रीको सम्बोधनको पूर्ण विवरण

सामग्री प्रस्तुति Ram Prasad Panta

आदरणीय आमा-बुबा, दिदी-बहिनी तथा दाजु-भाइहरू, सबैभन्दा पहिले म आफ्नो विवेक, सुर्‍याइँ र आत्मबलिदानको अजेय शक्तिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुन्दर ढोका खोलिदिने दस वर्षको जनयुद्ध, उन्नाइस दिनको जनआन्दोलन, मधेस आन्दोलन तथा सुदूर अतीतदेखिका अरु सबै आन्दोलनहरूमा सहादत प्राप्त गर्ने सदैव स्मरणीय सहिदहरूप्रति यहाँहरू सबैका तर्फबाट सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। आज म प्रधानमन्त्रीका रुपमा मात्र होइन, एउटा नागरिकका रुपमा समेत यहाँहरू समक्ष केही भन्न लागिरहेको छु। सरकार सञ्चालनको पाँच महिनाको अत्यन्तै कटु अनुभवपछि म अब के टुङ्गोमा पुगेको छु भने परम्परागत ढङ्गले मात्र नयाँ नेपालको राष्ट्रिय संकल्प पूरा हुन असम्भव छ। नयाँ नेपाल बनाउने नेपाली जनताको आकाङ्क्षालाई पूरा गर्न संविधानसभामा रहेका सबै राजनीतिक दलहरूबीच विगतमा भएको १२ बुँदे समझदारीजस्तै नयाँ शिराबाट राजनीतिक सहमति कायम गर्नुपर्ने हुँदा म मुलुकका सबै राजनीतिक दललाई त्यसको लागि हार्दिक अपिल गर्दछु। म अलिकति पृष्ठभूमि तिर जान्छु। २०६४ साल चैत २८ गते संविधानसभाको ऐतिहासिक निर्वाचन सम्पन्न भयो। निर्वाचनको नतिजा सार्वजनिक भएपछि साता बिते, महिना बिते तर ताजा जनादेशका आधारमा बन्ने नयाँ सरकारको बाटो लामो समयसम्म पनि खुल्ला भएन। जुन न स्वाभाविक थियो न लोकतान्त्रिक। माओवादीले विपन्न तथा पिछडिएको वर्गलाई प्राथमिकता दिई त्यसैको विवेक र आवेग, श्रम र लगनको सहाराले जडताका किल्लाहरू तोड्दै नयाँ नेपाल बनाउने प्रक्रियाको थालनी गर्ला भन्ने डर यथास्थितिवादी तथा पुनरोत्थानवादी तत्वहरूमा थियो। तर समयको मागलाई रोक्ने तागत कसैमा थिएन। त्यसैले जनादेशको शक्तिको सहाराले त्यो रिक्तता चिर्दै नयाँ सरकार गठन भएको तथ्य यहाँहरूको जानकारीमा छँदैछ। लोकतान्त्रिक विधिअनुरुप नयाँ सरकारको नेतृत्व नेकपा (माओवादी) ले गर्‍यो। त्यो बेला माओवादीमाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा अनेकौँ आशङ्काहरू थिए। माओवादी सत्तामा आयो भने अन्तर्राष्ट्रिय जगतसँग नेपालको सामान्य कूटनीतिक संवाद र सम्बन्धसमेत समाप्त हुनेछ भन्ने तहसम्मका भ्रमहरू व्याप्त थिए। तर यी पाँच महिनामा सरकारले अन्तर्राष्ट्रिय जगतसित मुलुकको कुटनीतिक सम्बन्ध अझ विस्तार गरेर यो भ्रमलाई गलत सावित गरिदिएको छ। उसो त वैदेशिक सहयोग आउँदैन भन्ने गलत प्रचारबाजी पनि कम जबर्जस्त थिएन। तर यस बीचमा कूल रु.४० अर्ब वैदेशिक सहयोग प्राप्त हुने सम्झौता भइसकेको छ, र शान्ति प्रक्रियालाई अझ दरो बनाउँदै लान सकिएको खण्डमा नयाँ बजेट कार्यान्वयन गर्नका निम्ति वैदेशिक सहयोग मनग्गे प्राप्त हुने कुरामा कुनै सन्देह छैन। मित्रराष्ट्र् भारतको सरकार सन् १९५० को सन्धिको पुनरावलोकन गरी समयानुकूल परिमार्जन गर्न तयार हुनु नेपालको राष्ट्रिय स्वाभिमान र दुई देशबीचको सुमधुर सम्बन्धका दृष्टिले महत्वपूर्ण उपलव्धि हो। नेपालको वैदेशिक सम्बन्ध नेपालको स्वाधीनता र समुन्नति तथा आपसी सहयोग र सदभावमा आधारित हुने र नेपाल कुनै पनि छिमेकी वा दूरवर्ती मुलुकको पक्ष वा विपक्षमा खडा नहुने र नेपाल कसैको पनि स्वार्थको क्रिडाभूमि नबन्ने कुरा मैले विभिन्न मुलुकको भ्रमणको क्रममा र अन्य सन्दर्भहरूमा समेत स्पष्ट पारिसकेको छु। आदरणीय आमा-बुबा, प्यारा दिदी-बहिनी तथा दाजु-भाइहरू,अहिलेसम्म अध्ययन गर्‍यौँनयाँ सरकारसँग नागरिकहरूका अत्यन्त धेरै अपेक्षा थिए जुन गलत थिएनन्। तर आज सरकार सञ्चालनको पाँच महिनाको अनुभवपछि मैले आदरणीय नागरिकहरूलाई स्पष्टसँग भन्नुपर्दछ- राज्यसत्ताको पुरानो स्वरुप, संस्कृति र शैलीका कारण नाटकीय सुधार सम्भव हुँदो रहेनछ। फेरि, सत्ता सञ्चालनमा हाम्रो कुनै अनुभव पनि थिएन। निश्चितै रुपमा यी पाँच महिना हाम्रा लागि एक किसिमले यो राज्यको अन्तर्निहित चरित्रको प्रत्यक्ष अध्ययन तथा राज्य सञ्चालनका विधि र शैलीको अध्ययनको महिना थिए। अर्कोतिर एउटा सङ्क्रमणकाल हामीभित्रै पनि त थियो। त्यसमाथि भिन्नभिन्न विचार, दर्शन र संस्कृति भएका दलहरूको यो संयुक्त सरकार भएको हुनाले यसका केही सीमा र जटिलताहरू पनि थिए। चाहना अनुसार काम गर्न सकेन म यो कुरा स्वीकार गर्दछु, सरकारको गति र कार्यसम्पादन नागरिकहरूको चाहनाअनुसार हुन सकेन। तैपनि सरकारले दिशा पहिल्याउनै सकेन भन्ने आरोपचाहिँ म स्वीकार गर्दिनँ। यसबीचमा आन्तरिक राजस्व बढेको छ, ग्रामीणमुखी बजेटको तर्जुमा भएको छ र मधेसमा द्वन्द्वरत विभिन्न समूहहरूसँग संवादको ढोका खुलेको छ। साथै संविधान निर्माण लगायत विभिन्न समितिहरू बन्नुका साथै लामो समयदेखि रिक्त रहेको लोकसेवा आयोगले कार्यकारी स्वरुप ग्रहण गरेको छ। अब यसैगरी रिक्त रहेका विभिन्न कूटनीतिक, न्यायिक, प्रशासनिक तथा प्राज्ञिक सबै निकायहरूले छिटै नै पूर्णता पाउने छन्। आत्म निर्णय सुशासन, संघीयता, समावेशी र समानुपातिकका लागि हामीले लामो संघर्ष गर्‍र्यौँ। परिणामतः आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थितिमा छौं। हिमाल, पहाड, मधेस, तराई र यहाँका नागरिक नै नेपाल हो र यहाँका समस्या नै यथार्थमा नेपालको समस्या हो। नेपालको प्रशासन संयन्त्र, सेना, प्रहरी, शिक्षा, स्वास्थ्य तथा न्यायिक लगायत सार्वजनिक सेवाका क्षेत्रलाई समावेशी बनाउन महिला, जनजाति/आदिवासी, मधेसी/तराईबासी, दलित, मुस्लिम, पिछडिएका क्षेत्र र वर्ग तथा अपाङ्ग आदिलाई सम्पूर्ण सार्वजनिक सेवामा र छात्रवृत्तिको अवसरमा समानुपातिक प्रतिनिधित्व हुने गरी आरक्षणको व्यवस्था गर्ने नीति सरकारको रहेको छ। अब सराप्नलाई राजा छैनन् मैले सुरुमै भनेको थिएँ- म आज नागरिकका रुपमा समेत केही कुरा भन्न चाहन्छु। हिजोसम्म यो देशमा राजामहाराजा थिए। हामी आफ्ना सबै सौभाग्य र दुर्भाग्यका लागि तिनैलाई जिम्मेवार ठान्थ्यौँ। तर सराप्न र दोष दिनका लागि अब ती छैनन्। अब यो देशको लगाम हामी नागरिकहरूका हातमा आएको छ। तर हामी के गरिरहेका छौँ ? कहिलेकाहीँ मलाई लाग्छ, हामी अराजकताको पराकाष्ठातिर गइरहेका त छैनौँ ? बन्द, विरोध र हडताललाई यति सस्तो बनाएर कसरी बन्छ नयाँ नेपाल ? सरकार वा अन्य कुनै पनि पक्षसामु असन्तोष प्रकट गर्ने, विरोध व्यक्त गर्ने वा कुनै माग पूरा गर्न दबाब दिने क्रममा बन्द, चक्काजाम र तोडफोडको सहारा लिनु असन्तुष्ट प्रकट गर्नेहरूको दिनचर्या जस्तो भएको छ। विमति र दाबी प्रकट गर्ने यो संस्कृति र शैली शान्ति-प्रक्रियाको अपेक्षा विपरीत छ। उसो त विमति र दावीको यो संस्कृति र शैली प्रकारान्तरले संविधान लेखन-प्रक्रियामा पनि बाधक भइरहेको छ। अग्रगामी शान्ति र सामाजिक न्यायको पक्षमा उत्पादनशील तथा रचनात्मक ढङ्गले उपयोग हुनुपर्ने युवा ऊर्जाको यसरी दुरुपयोग भइरहेको देखेर म असाध्यै चिन्तित भएको छु। यस प्रसङ्गमा म सम्बन्धित सबैलाई, विशेष गरेर मुलुकको ऊर्जाशील युवा समुदायलाई हार्दिक अनुरोध गर्दछु- नकारात्मक द्वन्द्व र आपसी प्रतिशोधमा खर्च भइरहेको युवा ऊर्जालाई अब उत्पादनशील र रचनात्मक काममा प्रयोग गरौँ। नेपाललाई हामी सबै मिलेर आज राम्रो नबनाए कहिले राम्रो बनाउने ? नेपाललाई हामी सबै मिलेर राम्रो नबनाए कसले राम्रो बनाउने ? यस अवस्थामा मुलुकका राजनीतिक दलहरू खासगरी सरकारमा नै रहेका राजनीतिक दलका भ्रातृ सङ्गठनहरूबीच देखिएको अत्यन्त तिक्ततापूर्ण सम्बन्ध, वैमनस्यता तथा आपसी झडप अत्यन्त अशोभनीय कुरा हो। त्यसैले यसलाई तुरुन्त रोक्न म सम्बन्धित सबैलाई हार्दिक आग्रह गर्दछु। आदरणीय आमा-बुबा तथा प्यारा दिदी-बहिनी र दाजु-भाइहरू, देशभक्तिका सम्बन्धमाकुनै पनि देश केवल सरकारले होइन, जननिर्वाचित सरकारको अग्रसरता र उक्त सरकारद्वारा बनाइने योजनाको आधारमा आम नागरिकले मिलेर बनाउँछन्। जनसहभागिता र जनभागेदारीबिना कुनै पनि राष्ट्र समुन्नत बनेको उदाहरण विश्वको इतिहासमा कहीँ पनि छैन। तर देशलाई केही दिने संस्कृति हामीकहाँ छैन अथवा त्यो एकदमै निम्छरो छ। एक करोडको बङ्गलामा बस्ने र साठी लाखको गाडी चढ्नेले घर अगाडिको खाल्डोमुनि कहिल्यै एक ट्रिप गिट्टी खसाल्दैन बरु त्यो खाल्डो हेर्दै सरकारलाई नै गाली गर्छ। आफैँले फालेको केराको बोक्रोमा चिप्लेर लड्नेले ऐनामा आफ्नो अनुहार हेर्दैन बरु कुनै अदृश्य शत्रुलाई सराप्छ। मानिसहरू चिया पसलमा गफ गरेर, क्यारेम वा तास खेलेर वा मदिरालयमा बसेर दिनदिनै घण्टौँ बिताउँछन्। तर वर्षमा एक घण्टा पनि देशका लागि श्रमदान गर्न तत्पर हुँदैनन्। देशभक्तिलाई हामीले केवल वचनविलास वा भावुक कविता वा कोरा नारामा बुझेका छौँ। देशभक्तिको अर्थ त देशका लागि हामीले गर्ने बौद्धिक, आत्मिक तथा भौतिक योगदान पो हो। यहाँ मैले व्यक्तिविशेषलाई दोषारोपण गर्न खोजेको किमार्थ होइन। मैले त केवल हाम्रा रुचि, लत र आचरणहरूबाट निर्माण भएको हाम्रो प्रवृत्तितर्फ सङ्केत गर्न खोजेको मात्र हुँ। यस्तो प्रवृत्तिमा परिवर्तन र परिमार्जन नभई कसरी बन्छ हामीले थेगोझैँ जप्ने गरेको नयाँ नेपाल ? दाइजो प्रथा निषेधका सम्बन्धमात्यो देश कसरी समुन्नत हुन्छ जहाँ आधाभन्दा बढी जनसंख्या भएका महिलालाई सामान्य मानवसरह व्यवहार गरिन्न ? निश्चितै रुपमा धेरैजसो महिलाहरूका लागि घरहरू अझै पनि यातनागृह सरह छन्। दाइजोजस्तो अमानवीय कुप्रथाका कारण कतिपय बाबु-आमा छोरीको जन्मलाई नै निषेध गर्ने कल्पना गर्न विवश छन्। यो सरकार घोषणा गर्छ- अबको एक सातापछि दाइजो प्रथालाई पूर्णतः निषेध गरिने छ। दाइजो दिने र लिने दुबै कानुनतः दण्डका भागिदार हुनेछन्। सम्पत्तिमा समान अधिकार सुनिश्चित नभएसम्म महिला अधिकार सुनिश्चित हुन सक्दैन। यो सरकार घोषणा गर्छ- छोरोसरह छोरीलाई अंश दिने कानुन कडाइका साथ तुरुन्तै कार्यान्वयन गरिने छ। विवाह वा अरु समारोहहरूलाई किफायती बनाउन यो सरकार कटिबद्ध छ। यस्ता समारोहहरूमा निश्चित संख्याभन्दा बढी मानिस सहभागी हुन नपाउने कानुन कडाइका साथ पालना गरिने छ। महिलाका सम्बन्धमा घरेलु हिंसालाई निषेध गर्दै जाने उद्देश्यले हरेक गाविसमा एक महिनाभित्र घरेलु हिंसा उजुरी केन्द्रहरू स्थापना गरिने छन्। महिलाको आङ खस्ने समस्यामा केही हदसम्म निश्चय नै सुधार गर्ने प्रयास भएको छ। तर हर्निया, ढाड खुस्कने समस्या, पाइल्सको समस्या आदिजस्ता श्रमसँग प्रत्यक्षरूपले सम्बन्धित समस्याहरूमाथि भने कसैको ध्यान पुगेको छैन। आइन्दा सरकारले यी समस्याहरूको एकमुष्ट उपचार गर्ने व्यवस्था गर्दैछ। सरकारले यसअघि नै माघ १ गतेदेखि लागू हुने गरी देशभरका अस्पतालमा निःशुल्क प्रसुति सेवा उपलव्ध गराउने घोषणा गरिसकेको यहाँहरूलाई जानकारी छँदैछ। यसको साथै स्वास्थ्य संस्थाहरूको भूमिका परिभाषित गरी तिनको नियमन तथा सदुपयोग गर्ने प्रबन्ध मिलाइने छ। शिक्षण अस्पतालहरूलाई अनुसन्धान कार्यमा लागिपर्न प्रोत्साहित गरिने छ र निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य पर्यटनको विकासतर्फ लाग्न प्रेरित गरिने छ। आदरणीय आमा-बुबा, दिदी-बहिनी तथा दाजु-भाइहरू, छुवाछुतका सम्बन्धमा यो देशमा आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिकरुपमा सबैभन्दा बढी थिचोमिचो र हँेलाहोचोमा परेको सामाजिक समुदाय दलित समुदाय हो। वादी समुदाय दलितहरूमध्ये पनि सबैभन्दा दलित हो। कथित उच्च जात-जातिहरूका लागि लाखौंको संख्यामा रहेको दलित समुदायका हातको पानी अझैं चल्दैन। मन्दिरका ढोकाहरूसमेत यिनका लागि बन्द छन्। विद्यालय, होटल र धारा-कुवामा भेदभावको संस्कृति अझै कायम छ। जातपातका नाममा यो अत्यन्तै लज्जास्पद राष्ट्रिय कलङ्क हो। आफूजस्तै नागरिकलाई अछूत सम्झने कोही पनि सभ्य मानिस र लोकतन्त्रवादी हुनै सक्दैन, केवल अपराधी हुनसक्छ। लाखौं नागरिकलाई मानिस नठान्ने यो सोचाइ र संस्कृति घोर अमानवीय छ। त्यसैले यो सरकार घोषणा गर्छ- छुवाछूत जघन्य सामाजिक अपराध हो। यसको लागि मौजुदा कानुन अपूर्ण छ भने यथाशिघ्र नयाँ कानुन बनाई छुवाछूतलाई जघन्य कसुरका रुपमा परिभाषित गरी कडाइका साथ कारबाही गरिने छ। यो अपराधलाई निर्मूल पार्न कानुनी व्यवस्था मिलाई हरेक अदालतमा छुवाछूत निवारण सेलको व्यवस्था गरिने छ। यसैगरी हरेक गाविसमा दलितको अनिवार्य सहभागितामा अधिकारसम्पन्न छुवाछूत अपराध निगरानी केन्द्र गठन गरिने छ। छुट्टै कानुनबाट राष्ट्रिय दलित अधिकार आयोग गठन गर्ने तयारी भइसकेको छ। छुवाछूत प्रथा र दलित वा विपन्न समुदायका अशक्त महिलाहरूलाई बोक्सीको आरोप लगाएर अपमान गर्ने र यातना दिने प्रथाजस्ता अनेकौँ सामाजिक र सांस्कृतिक कुप्रथाहरूलाई उन्मूलन गर्नका निम्ति सामाजिक-सांस्कृतिक जागरण अभियानमा सरिक हुन म मुलुकभरिका संवेदनशील तथा सचेत संस्कृतिकर्मीहरूलाई विनम्र आग्रह गर्दछु। यस सन्दर्भमा जनयुद्ध र जनआन्दोलनमा दलित समुदायले पुर्‍याएको योगदानको सम्झना गर्दै दलित समुदायको उत्थानका लागि सहिद दिलबहादुर रम्तेलका नाममा दलित शैक्षिक छात्रवृत्ति कोष स्थापना गरिने छ। मलाई लाग्छ, दलित समुदायका लागि यो निश्चितै रुपमा हर्ष र गौरवको कुरा हो। भूमिका सम्बन्धमा नेपाली समाजमा भूमिहीनहरूको समस्या कहिल्यै सही ढङ्गले हल नभएको समस्या हो। हरेक नागरिकसँग शिर ढाक्नलाई छानो र अरु पेशा-व्यवसाय नभएका नागरिकहरूलाई खोस्री खानलाई माटो हुनुपर्छ भन्ने यो सरकारको प्रस्ट मान्यता छ। तसर्थ विगतमा विभिन्न कारणले दर्ता छूट भएका मोहीहरूलाई निश्चित समय दिएर दर्ताका लागि आह्वान गरिने छ। यसका साथै राष्ट्रिय मजदुर आयोग, सुकुम्बासी, मुक्त कमैया, हलैया, वादी र मुसलमान समुदायसमेतका अपेक्षाहरूलाई स्पष्टरुपले सम्बोधन गर्नका निम्ति अधिकारसम्पन्न आयोगहरू गठन गरिने छन्। जमिनमाथिको सामन्ती भूस्वामित्वको अन्त्य र जमिनको उत्पादनशीलता वृद्धि गर्न उच्चस्तरीय भूमिसुधार आयोग मार्फत् कामलाई प्रभावकारी ढङ्गले तत्काल अगाडि बढाइने छ। कृषि उत्पादन बढाउनका लागि बीउ ब्याङ्क स्थापना गरी बीउविजन, मलखाद कोष, उपकरण लगायतका क्षेत्रमा सीमान्त किसानहरुलाई लागत सहभागितामा सहयोग दिने व्यवस्था गर्नुका साथै देशव्यापीरुपमा माटो परिक्षण गर्ने व्यवस्था गरिने छ। यस उद्देश्यका लागि कृषि कर्मचारीहरू गाउँगाउँ खटाइने भएको छ। यसको साथै पशु स्वास्थ्य शिविरहरू पनि खोलिने भएका छन्। पर्यटन वैदेशिक मुद्राको एक प्रमुख आयश्रोत भएकोले पर्यटन उद्योगको प्रवर्द्धनका निम्ति देशव्यापी प्रचार-प्रसारका आकर्षक कार्यक्रमहरू सञ्चालन गरिने छन्। विदेशी ऋणका सम्बन्धमा विदेशी ऋण र अनुदानले हाम्रो पूर्वाधार निर्माणमा खेलेको भूमिका सामान्यतया सकारात्मक छ। तर सानाभन्दा साना कुरामा पनि विदेशीको मुख ताक्ने प्रवृत्तिले हामीलाई कहिल्यै स्वाभिमानी र आत्मनिर्भर हुन दिनेछैन। यो बाटो फलानो देशले बनाइदिएको हो, यो आकासे पुल फलानो देशले बनाइदिएको हो, यो राजमार्ग फलानो देशले बनाइदिएको हो भनेर मात्र हामी कहिलेसम्म बस्ने ? खै हामी आफैंले बनाएको बाटो, आकासे पुल, लोकमार्ग, रङ्गशाला आदि ? आउनोस्, हामी राष्ट्रिय संकल्प गरौँ- हामी दृष्टान्तका रुपमा एउटा त्यस्तो काम गरेर देखाऊँ जसको पुँजी नेपाली होस्, विज्ञता नेपाली होस्, श्रम नेपाली होस्। हामी छिट्टै नै एउटा कुरा त गरेर देखाऊँ जसमा सबैथोक पूरापूर नेपाली होस्। त्यो काम माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण हुनसक्छ जसमा सार्वजनिक-निजी क्षेत्रको साझेदारीको धारणाअनुसार सरकार, निजी क्षेत्र तथा स्थानीय वासिन्दाको हिस्सेदारी हुनेछ। आयोजनाहरूमाथि आम नागरिकको अपनत्व तथा स्वामित्वबोध गराउने यो प्रभावकारी तरिका हुनेछ। सरकार घोषणा गर्छ- अब सानातिना कुरामा र प्राथमिकताभन्दा बाहिरका क्षेत्रमा विदेशी ऋण लिइने छैन, केवल महत्वाकांक्षी र ठूला परियोजनामा मात्र विदेशी ऋण लिइने छ। देशभित्र उपलव्ध अतिरिक्त श्रमको बढीभन्दा बढी सदुपयोग गरेर विकासको लहर ल्याउने नीति सरकार तदारुकतासाथ कार्यान्वयन गर्दैछ। त्यसनिम्ति यस वर्षको बजेट वक्तव्यमा घोषणा भए झैँ विकास निर्माणका विभिन्न कामहरू राष्ट्रिय अभियानको रुपमा जनसहभागितामूलक ढङ्गले सम्पन्न गरिने छ। मध्य पहाडी लोकमार्ग, उत्तर-दक्षिण लोकमार्ग र तराई-मधेसमा नदी-नियन्त्रणजस्ता विकास-निर्माणका काममा उच्च पदाधिकारीहरू समेतले श्रमदान गर्ने व्यवस्था गरिने छ। म आफैँ यस्ता कार्यक्रमहरूमा सहभागी बन्ने छु। उपभोक्ताका सम्बन्धमाहाम्रो देशमा उपभोक्ता अति पीडित पक्ष हो। उपभोक्ता अधिकार संरक्षणका दृष्टिले हामी निकै नै पछाडि छौँ। हाम्रा धेरैजसो खाद्य सामग्रीहरू स्वास्थ्यका दृष्टिले खान लायकका छैनन्। सरकार अब प्रभावकारी संयन्त्र बनाएर हरेक सेवा र वस्तुको नियमन गर्दैछ। हरेक जिल्ला प्रशासन कार्यालयमा खाद्य सुरक्षा आयुक्त नियुक्त गरिने छ। यसका साथै नापतौल तथा गुणस्तर विभागलाई थप प्रभावकारी र सक्रिय बनाइँदै छ। छिट्टै नै देशभरिका प्रत्येक गाविस र नगरपालिकाका वडाहरूमा सहकारी पसल खडा गरिने छ, जसमा दैनिक उपभोगका अत्यावश्यक वस्तुहरू सुपथ मूल्यमा उपलव्ध गराइने छ। राज्य र नागरिकको सम्पर्क, अन्तर्क्रिया र आदान-प्रदानलाई प्रभावकारी बनाउन सबै नागरिकको विद्युतीय अभिलेख राख्न सुरु गरिने छ। यसको सुरुवात काठमाडौँ महानगरपालिकाबाट गरिने छ। यातायातका सम्बन्धमापूर्व-पश्चिम रेलमार्ग निर्माणका लागि तत्काल अध्ययन कार्यदल गठन गरिने छ। काठमाडौँलाई तराईसँग जोड्ने द्रुतगतिको मार्ग (फास्ट ट्रयाक)को निर्माण कार्य छिट्टै थालिँदै छ। उर्जा संकटका सम्बन्धमामुलुकले यस घडीमा भयावह ऊर्जा सङ्कट झेलिरहेको छ। यो सङ्कट पराश्रयी, अव्यवस्थित तथा योजनविहीन अतीतबाट हामीमाथि थोपरिएको बोझ हो। यो ऊर्जा सङ्कट छोटो समयमा र सजिलै हल गर्न सकिने समस्या होइन। तथापि ऊर्जा सङ्कटको कारण आम नागरिकहरूमाथि हुन गएको कष्टलाई थोरै मात्र भए पनि घटाउन सरकारले हालै ३५ बुँदे कार्ययोजना घोषणा गरेको छ। यसै आर्थिक वर्षभत्र लोडसेडिङलाई अन्त्य वा अति न्यून गर्न तापीय, सौर्य, जैविक र अन्य ऊर्जाको प्रभावकारी परिचालन गरिने छ। भर्खरै थोरै मात्र भए पनि लोडसेडिङ घटाएर नागरिकहरूको पीडा कम गर्न खोजिएको छ। प्रयासको यो क्रम निरन्तर जारी रहने छ। यो सरकार घोषणा गर्दछ- विद्युत उत्पादनका लागि नदी र खोलाहरूका इजाजतपत्र लिने पक्षहरूले आजका मितिदेखि छ महिनाभित्र काम सुरु नगरेमा तिनका इजाजतपत्रहरू बदर गरिने छन्। मन्दीको असरका सम्बन्धमासंयुक्त राज्य अमेरिकाबाट सुरु भएको आर्थिक मन्दीको असरबाट नेपाल अछुतो नरहने कुरा निश्चित छ। यसबीच वैदेशिक रोजगारीमा गएका थुप्रै नेपालीहरू नेपाल फर्काइने क्रम सुरु भइसकेको छ। यसबाट नेपालको बेरोजगारी समस्या झनै विकराल बन्ने स्पष्ट छ। साना तथा ठूला आयोजनाहरू सुरु गरी स्वदेशमै रोगजारी निर्माण गर्नु सिवाय अब अर्को विकल्प छैन। यसबारे गम्भीर गृहकार्य भइरहेको छ र छिट्टै स्वरोजगार योजनालगायतका कार्यक्रम थालनी गरिने छन्। कर्णाली र सुदूरपश्चिम भेग नेपालका अत्यन्तै उपेक्षित भौगोलिक क्षेत्र हुन्। यी क्षेत्रहरूलाई विकासको मूल धारमा समेट्ने ध्येयले कार्यक्रमको विशेष प्याकेज ल्याइँदैछ। उक्त प्याकेजहरूमा यी क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने कार्यमा जोड दिइने छ। कोसी नदी नियन्त्रण तथा बाढी पीडितहरूको पुनःस्थापन तथा राहत वितरणका लागि उच्चस्तरीय कार्यदल गठन गरिने छ। साथै सुदूरपश्चिम र मध्यपश्चिमका बाढी पीडितहरूलाई दिइने राहत कार्यक्रमलाई व्यवस्थित तुल्याउन प्रभावकारी उपाय अवलम्बन गरिने छ। शिक्षाका विषयमा हाम्रो शिक्षा क्षेत्रमा अराजकता र अस्तव्यस्तता व्याप्त छ। शिक्षालयहरू जनजागरणको प्रभावकारी माध्यम हुनुका साथै समुन्नत संस्कृति र सीपको दीक्षा प्राप्त गर्ने थलो पनि हुन्। शिक्षालाई जीवनमुखी तथा स्वदेशमुखी बनाउने ध्येयले शिक्षा क्षेत्रलाई व्यवस्थित र अनुशासित तुल्याउन शिक्षाविद् तथा विद्यार्थी प्रतिनिधिहरू रहेको उच्चस्तरीय शिक्षा आयोग गठन गरिनेछ। साथै खुला विश्वविद्यालयको अवधारणालाई कार्यान्वयन गर्नका निम्ति अध्ययन कार्यदल गठन गरिनेछ। प्रशासनको विषयमा नेकपा (माओवादी)को नेतृत्वमा सरकार गठन भएपछि तत्काल कायम रहेको प्रशासनिक संयन्त्रमा कुनै ठूलो फेरबदल गरेका छैनौँ। प्रशासन संयन्त्रलाई उथलपुथल गर्ने सोचाइ पनि बनाएका छैनौँ। तर यसलाई कसैले पनि हाम्रो कमजोरी नठान्न मेरो आग्रह छ। सरकारको नीति र कार्यक्रम कार्यान्वयन गर्न सहयोग नगर्ने, आफ्नो काम पन्छाउने र सेवाग्राही नागरिकको काम नगर्ने कर्मचारीलाई कडा कारबाही गर्न सरकार पछि पर्ने छैन। घुस दिने पनि दोषीसरकारी कार्यालयहरूमा हुने गरेको ढिलासुस्ती र घुसखोरीजस्ता रोगको उपचार सुरु गरिहाल्ने हेतुले हरेक सरकारी कार्यालयमा टोकन प्रणाली लागू गरिने छ। टोकन प्रणालीअन्तर्गत पहिला आउने सेवाग्राहीलाई पहिले सेवा प्रदान गर्ने व्यवस्था गरिने छ। हरेक कर्मचारीलाई खाजाका लागि दिउँसो एक बजेदेखि दुई बजेसम्म एक घण्टा समय छुट्याइने छ। अरु समय कर्मचारीले अनिवार्यरुपले कार्यालयमा कार्यरत रहनुपर्ने छ। यस प्रणालीलाई साँच्ची नै लागू गर्न छड्के निगरानीलाई प्रभावकारी बनाइने छ। हरेक सरकारी कार्यालयको उजुरी पेटिकालाई व्यवस्थित गरी उजुरीहरूको छानबिनमार्फत् यथोचित कारबाही गरिने छ। मालपोत, यातायात व्यवस्था, प्रजिअ कार्यालयलगायत सबै सरकारी कार्यालयमा सेवाग्राही र कर्मचारीबीच कुनै मध्यस्थ वा दलाललाई प्रवेश दिइने छैन। कुनै काम आज हुन नसके त्यो किन हुन सकेन त्यसको लिखित कारण खुलाई सेवाग्राहीलाई हस्ताक्षरसहित आधिकारिक पत्र दिनुपर्ने छ। हामीले घुसका लागि सधैँ कर्मचारीलाई मात्र दोषी देख्दै आएका छौँ। आइन्दा घुस दिने व्यक्तिलाई पनि दोषी मानिने छ। प्रशासनमा दीर्घकालीन सुधार गर्नका लागि यसअघि नै उच्चस्तरीय पुनर्सरचना आयोग गठन भई काम सुरु भइसकेको जानकारी गराउँछु। न्यायपालिकाका सम्बन्धमा अदालतहरूमा पनि ढिलासुस्ती र घुसखोरीको रोग फैलिएको जनगुनासो नयाँ होइन। यी संस्थाहरूमा अतीतको संस्कार र शैलीबाट सल्केको रोग हो। नागरिकहरूलाई न्याय दिने संस्थाहरूमा रहेको यो रोग दण्डहीनताको जड पनि हो। यो हाम्रा कतिपय न्यायमूर्तिहरू तथा बार एसोसिसियनका अगुवाहरूले सार्वजनिक रुपमा स्वीकार गरेको तथ्य हो। न्याय प्रणालीमा क्रमशः सुधार गरी जनसाधारणका लागि न्यायलाई सुपथ र सुलभ तुल्याउन र अदालतप्रति खस्केको जनआस्थालाई बढाउनका निम्ति सर्वोच्च अदालतसँग परामर्श गरी विशेष कार्ययोजना ल्याइँदै छ। यस प्रयोजनका निम्ति वैकल्पिक विवाद समाधान ऐनको व्यवस्था गरिने छ। न्याय सम्पादनका सम्बन्धमा न्याय परिषदभित्र साप्ताहिक रिपोर्ट लिने कार्यको पनि व्यवस्था गरिने छ। दैनिक जनगुनासो सुनी न्याय प्रक्रियालाई छिटो-छरितो तुल्याउन खुला तथा प्रभावकारी उजुरी पेटिका राखिँदै छ। निरक्षरता उन्मूलन सम्बन्धमामाघ १ गतेदेखि देशव्यापीरुपमा निरक्षरता उन्मूलन अभियान सुरु भइसकेको छ। दर्ुइ वर्षभत्र निरक्षरता उन्मूलन गर्ने यस अभियानमा हात बढाउन सबै विद्यार्थी सङ्गठन, गैसस, युवा सङ्गठन र राजनीतिक दलहरूलाई म हार्दिक अपिल गर्दछु। द्वन्द्वका सम्बन्धमानिकट विगतमा द्वन्द्वहरूबाट बनेका घाउहरूको उपचार गर्न र तिक्ततालाई मेट्दै जान सरकार शान्ति अभियानमार्फत् सांस्कृतिक टोलीहरूलाई देशव्यापी अभियानमा पठाउने तयारीमा छ। सत्य निरुपण आयोग गठन भएपछि कलहलाई सुलहमा, अविश्वासलाई विश्वासमा र आशङ्कालाई समझादारीमा फेर्न र यसरी शान्ति प्रक्रियालाई दरिलो बनाउन यो अभियान प्रभावकारी हुने मेरो विश्वास छ। मिडियाका सम्बन्धमाआजको चमत्कारिक सूचना प्रवाहको युगमा नागरिकका कान, आँखा र मुखसमेत मिडिया हुन्। म मिडियालाई विशेष आह्वान गर्न चाहन्छु- हामी नवनिर्माणको बिन्दुमा छौँ। हामीले सधैँ नकारात्मक समाचार पढयौँ र समाचारमा केवल राष्ट्रको निराशालाई पढ्यौँ। आउनोस्, अब हामी आशा र सम्भावनाका समाचारहरू पढौँ। मिडियाले नागरिकहरूलाई राष्ट्र निर्माणका लागि प्रेरणा दिई प्रोत्साहित गरोस्। मिडियाले नागरिकहरूमा नवजागरणको चेतना भर्न र आत्मत्यागको भावना जगाउन योगदान गरोस्। यो सरकार मानवअधिकार र प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। आदरणीय आमा-बुबा तथा प्यारा दिदी-बहिनी र दाजु-भाइहरू, उद्योगीहरुका सम्बन्धमा औद्योगिक र व्यावसायिक घरानाहरूलाई राष्ट्र निर्माणमा योगदानका लागि म सविनय अपिल गर्दछु। देशमा हाल देखापरेका आम अराजकता र ‘बन्द’ संस्कृतिको अन्त्य गरी औद्योगिक शान्ति र लगानीको वातावरण निर्माण गर्न यो सरकारले दरो अठोट गरेको छ। राष्ट्रको प्रतिष्ठा उँचो नभएसम्म कुनै पनि नागरिकको प्रतिष्ठा उँचो हुँदैन चाहे त्यो जतिसुकै ठूलो व्यावसायिक किन नहोस्। आफ्नो सामाजिक दायित्वलाई आत्मसात् गरी नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल च्यार्म्बर्स अफ कमर्सजस्ता संस्थाले यो अस्पताल, यो विश्वविद्यालय र यो सडक बनाएको हो भनेर गर्व गर्ने दिन कहिले आउला ? आशा गरौँ- हामीलाई छिट्टै नै त्यो दिन देख्न पाउने सौभाग्य प्राप्त हुनेछ। दण्डहीनताका सम्बन्धमादण्डहीनता लोकतान्त्रिक प्रणाली र संस्कृतिको घातक रोग हो। नेपालको राजनीतिक संस्कृतिमा गहिरोसँग जरा गाडेको यस रोगको उपचार अब साहसपूर्वक सुरु गरिने छ। यस सर्न्दर्भमा विगतका आयोगहरुको प्रतिवेदनहरूको सटिक मूल्याङ्कन गरी दोषीहरूमाथि कारबाही गर्ने प्रक्रिया तुरुन्तै अघि बढाइँदै छ। मन्त्रीहरुका सम्बन्धमाप्रधानमन्त्री र मन्त्रीहरू आफ्नो कार्यक्षेत्र, मूल दायित्व तथा प्राथमिकताभन्दा बाहिरका खुद्रा-मसिना काम तथा र्व्यर्थका औपचारिकताहरूमा अल्मलिएको विषयमा नागरिकहरूका तर्फबाट गर्ने गरिएका टिप्पणी तथा आलोचनाहरूलाई मैले ध्यानपूर्वक सुनेको छु। यी टिप्पणी र आलोचनाहरूलाई सम्मान गर्दै आइन्दा प्रधानमन्त्री र मन्त्रीहरूले बिहान वा बेलुका व्यक्तिहरूका खुद्रा-मसिना अनुनय-विनय, गुनासा र दुखेसा सुन्ने र अभिवादन ग्रहण गर्ने कार्यबाट पन्छेर समयमा नै आ-आफ्ना कार्यालयमा पुग्ने, आवश्यकता र औचित्य हेरी सामूहिक वा व्यक्तिगत भेटघाट र छलफलसम्बन्धी सबै कार्य कार्यालयमै गर्ने व्यवस्था मिलाइने छ। साथै प्रत्येक मन्त्रालयको कार्यको साप्ताहिक लेखाजोखा गर्ने व्यवस्था पनि मिलाइने छ। नागरिकहरूसँग निकट र जीवन्त सर्म्पर्क कायम गरी तिनका आँखाबाट सरकारका कामकाजहरूको निरन्तररुपले मूल्याङ्कन गर्न प्रधानमन्त्रीको हैसियतले क्रियाशील रहन म वाचा गर्दछु। प्रधानमन्त्री र मन्त्रीहरूबाट नातावादको व्यवहार गरिँदै छ र उनीहरू विलासमुखी जीवनशैलीतर्फ लहसिँदै छन् भनी नागरिक तहबाट गरिएका गुनासाहरूलाई मैले गम्भीररुपले लिएको छु। आइन्दा नागरिकहरूले यस्ता गुनासा गर्नु नपर्ने स्थितिको सिर्जना गर्न म मन्त्री परिषद्का साथीहरूको सहयोगबाट सामूहिकरुपले प्रयास गर्नेछु। बेपत्ता नागरिकहरुका सम्बन्धमाबेपत्ता नागरिकहरूको यथार्थ अवस्थाको स्पष्ट चित्र बाहिर ल्याई दोषीलाई कानुनसम्मत कारबाही गरेर दण्डहीनताको संस्कृतिको तेजोबध गर्नका निमित्त छिट्टै बेपत्तासम्बन्धी शक्तिसम्पन्न आयोग गठन गरिने छ। साथै द्वन्द्वको कारण हुन गएका विस्थापितहरूको पुनःस्थापनसम्बन्धी नयाँ समझदारी भइसकेको छ, र अब सोको कार्यान्वयन प्रक्रिया पनि सुरु गरिने छ। बजेट कार्यान्वयनका सम्बन्धमानयाँ सरकारको गाउँ-देहातमुखी बजेट अब छिट्टै नै कार्यान्वयनमा जाँदैछ। यस बजेटलाई सही ढङ्गले कार्यान्वयन गर्न सक्दा नेपाल अविकासबाट विकार्सतर्फ, रोजगारीको अभावबाट रोजगारीको उपलव्धतातर्फ, अन्यायबाट न्यायतर्फ, परनिर्भरताबाट स्वनिर्भरतातर्फ र विपन्नताबाट सम्पन्नतातर्फ लम्कने बाटो खुल्नेछ। छिट्टै जनप्रतिनिधिमूलक स्थानीय निकायहरूको गठन गरेर बजेटमा घोषित जनमुखी नीति तथा कार्यक्रमहरूको कार्यान्वयनलाई तीव्र पारिँदै छ। बजेटको कार्यान्वयनमा आ-आफ्नो विज्ञता, उद्यम, श्रम, सीप र लगनले सहयोग पुर्र्‍याउन म सबै नागरिकलाई हार्दिक अनुरोध गर्दछु। संविधान निर्माणका सम्बन्धमा जुन आर्थिक, राजानीतिक, सामाजिक, सांस्कृतिक, जातिगत, लैङ्गकि तथा क्षेत्रगत कारणले जनयुद्ध र विविध क्षेत्रमा विविध प्रकारका विद्रोह तथा आन्दोलनहरू भए ती कारणहरूलाई साँच्ची नै निराकरण गर्न सकिएन भने फेरि पनि मुलुक भयावह द्वन्द्वको चक्करमा फस्ने कुरा निश्चित छ। द्वन्द्वको त्यो विकराल चक्करलाई समाधान गर्ने उपाय भनेको दुइ सेनाको तर्कसङ्गत समायोजन र सबै नेपालीको सहभागिता र सहमतिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्वरुप निर्धारण गरी संविधान लेखन कार्यलाई मूर्त रुप दिनु हो। उसो त संविधान लेखन जनयुद्ध र जनआन्दोलनहरूका उपलव्धिहरूलाई संस्थागत गर्ने वैधानिक आधार पनि हो। यो महान् कार्यलाई तोकिएको समयभित्रै साकार रुप दिने अभियानमा खुला दिलले अग्रसर हुन र नेपालको आर्थिक-सामाजिक नवनिर्माणद्वारा गरिबी निवारण गर्ने कार्यमा सहयोग गर्नर् म राजनीतिक दलहरू, उद्योग व्यवसायीहरू, नागरिक समाज, मिडिया तथा मधेस-तर्राई, पहाड र हिमालका सबै नागरिकहरू तथा अन्तर्राष्ट्रिय समुदायलाई हार्दिक अनुरोध गर्दछु। निश्चितै रुपमा हाम्रो अगाडिको बाटोमा चुनौतीहरू धेरै छन्। तर सबैको सकारात्मक सोचाइ र क्रियात्मक सहयोग जुटाउन सक्दा यी चुनौतीलाई पन्छाउँदै नयाँ तथा जीवन्त, शान्तिपूर्ण तथा न्यायपूर्ण, स्वनिर्भर तथा समृद्ध नेपालको सपनालाई साकार पार्न सकिने सम्भावनाहरू पनि प्रचूर छन्। यी सम्भावनाहरूलाई यथार्थमा बदल्न हामी सबै तन, मन र धनले जुटौँ। नेपालको अखण्ड र समृद्ध भविष्य उज्ज्वल छ। धन्यवाद।