स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

5:37:00 am

विश्वका १० चर्चितमध्ये ज्ञानेन्द्र पनि

सामग्री प्रस्तुति Ram Prasad Panta

दुई सय ३८ वर्ष लामो राजतन्त्रात्मक परम्परालाई पूर्णविराम लगाउने राजाका रूपमा चित्रित ज्ञानेन्द्रलाई अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्समा प्रकाशित समाचारको आँकडाअनुसार विश्वका दस प्रमुख व्यक्तित्वमा पारिएको हो ।चिनियाँ समाचार संस्था सिन्ह्वाले रोयटर्सलाई उद्धृत गर्दै दिएको तस्बिर-समाचारमा ज्ञानेन्द्रलाई छैटौं नम्बरमा राखिएको छ । सिन्ह्वाले सार्वजनिक गरेको सो सूचीको पहिलो नम्बरमा नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाराक ओबामा रहेका छन् । अमेरिकी इतिहासमा ह्वाइटहाउस प्रवेश गर्ने उनी पहिलो अश्वेत नागरिक भनेर तस्बिर विवरणमा उल्लेख गरिएको छ ।दोस्रो नम्बरमा छन् न्युयोर्कका पूर्वगभर्नर इलियट स्पिजर । एक वेश्यासँगको सम्बन्धबारे समाचार प्रकाशित भएपछि उनको चर्चा विश्वभरि फैलिएको थियो । समाचार सार्वजनिक भएको दोस्रो दिन उनले गभर्नर पदबाट राजीनामा दिएका थिए ।जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदालाई तेस्रो नम्बरमा राखिएको छ । विभिन्न आरोपका कारण विवादमा परेका यासुओले आफ्नो प्रधानमन्त्रीय पूर्णकाल नछिचोल्दै राजीनामा गर्नुपरेको थियो ।त्यसैगरी, रुसका नयाँ राष्ट्रपति दिमित्री मेदमेडेभलाई चौथो, क्युबाका नेता राउल क्यास्ट्रो पाँचौँ, थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा र नेपालका पूर्वराजा ज्ञानेन्द्रलाई छैटौं नम्बरमा राखिएको छ । जनआन्दोलन-२ पछि घोषणा भएको गणतन्त्रपछि पूर्वराजा ज्ञानेन्द्र २९ जेठ साँझ ८:३१ मा नारायणहिटी दरबार त्यागेर नागार्जुन गएका थिए ।गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेको तत्कालीन सरकारले उनलाई नागार्जुनमा बस्ने व्यवस्था मिलाएको थियो । त्यसै दिन उनले नारायणहिटी दरबारमा पत्रकार सम्मेलन गरेर शाहवंशीय विरासत मानिने श्रीपेच र राजदण्ड सरकारलाई हस्तान्तरण गरेको घोषणा गरेका थिए । नागार्जुन दरबारमा रहेका वेला 'ऐतिहासिक संस्मरण' लेख्ने तयारी गरेका पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक भेटघाट पनि गरेका थिए । गत दसैंदेखि महाराजगञ्जस्थित निर्मल निवासमा ज्ञानेन्द्रदम्पती बस्दै आएको छ । पूर्वरानी कोमल शाह भने नागार्जुनभन्दा निर्मल निवासमा बढीजसो बस्दै आएकी थिइन् । ज्ञानेन्द्रले निर्मल निवासमा राप्रपा नेपालका कमल थापालगायत पूर्वसहयोगीहरू, पूर्वक्षेत्रीय प्रशासक एवं निकटस्थ पत्रकारहरूसँग भेटवार्ता गर्दै आएका छन् । हाल ज्ञानेन्द्र निर्मल निवासमा श्रीमतीसहित बुहारी हिमानीसँग बस्दै आएका छन् । एक मात्र छोरा पूर्वयुवराज पारस भने सिंगापुर बस्दै आएका छन् । दसैंपछि पारस दुईपटक नेपाल आएर सिंगापुर फर्केका छन् । दसैं-तिहारपछि दोस्रोपटक नेपाल आएका उनी गत आइतबार सिंगापुर फर्केका छन् । फुर्सदमा रहेका ज्ञानेन्द्र पछिल्ला दिनमा आफ्ना निकट सहयोगीसँग बसेर 'पप्लु' खेल्ने गरेको पारिवारिक स्रोतको भनाइ छ । निकट सहयोगीहरू प्रभुशमशेर, शान्तकुमार मल्ल, भरतकेशर सिंहलगायतको घरैमा गएर ज्ञानेन्द्रले तास खेल्ने र मदिरापान गर्ने गरेको स्रोतले जनाएको छ । उता, रोयटर्सले पूर्वराजा ज्ञानेन्द्रका अलावा ओलम्पिकमा गोल्ड मेडलिस्ट पूर्वखेलाडी मारियन जोन्स र २४ वर्षसम्म आफ्नै छोरीलाई झ्यालसमेत नभएको कालकोठरीमा राखेर निरन्तर बलात्कार गर्ने पिता जोसेफ फ्रिजललाई पनि सूचीमा राखेको छ ।रोयटर्सले प्रस्तुत गरेको यो सूची हेर्दा २००८ मा समाचारका रूपमा सबैभन्दा बढी चर्चित बनेका व्यक्तिहरूको सहभागितालाई आधार बनाइएकोजस्तो लाग्छ । समाचार संस्था रोयटर्सको सहारा लिँदै सिन्ह्वाले सामग्रीका रूपमा तस्बिर र केही 'न्युज लिङ्क' मात्र प्रस्तुत गरेको छ । यस विषयमा समाचार रिपोर्ट भने सम्प्रेषण गरेको छैन ।

4:59:00 am

सहिद घोषणा गर्ने निर्णय

सामग्री प्रस्तुति Ram Prasad Panta

- मुना नायक
पुस ९पाल्पा , सरकारले माओवादी जनयुद्धदेखि मधेस आन्दोलनसम्म मारिएका आठ हजार पाच सय जनालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ । उनीहरुलाई केही समयपछि औपचारिक कार्यक्रम गरी सहिद घोषणा गर्ने छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता कृष्णबहादुर महराले केही समयपछि औपचारिक कार्यक्रम गरी ती व्यक्तिहरुलाई सहिद घोषणा गरिने बताए । माओवादी जनयुद्धदेखि मधेस आन्दोलनका क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्री जनार्दन शर्मा ूप्रभाकरू ले मन्त्रीपरिषदको बैठकमा प्रस्ताव गरेका हुन् । <बर> बैठकमा लोडसेडिङ कमगर्ने विषयमा जलस्रोतमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको विद्युत कार्ययोजनामा पनि छलफल भएको थियो । मन्त्रिपरिषदको आउँदो बैठकले यससम्बन्धी विशेष कार्यक्रमको घोषणा गरिने प्रवक्ता महराले जानकारी दिए । यस्तै सरकाले नेपाल विकास माचको बैठक चैत १३ देखि १५ सम्म काठमाडौँमा गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर् याउने दातृनिकायका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । बैठकमा उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले विभिन्न औद्यागिक प्रतिष्ठानहरुमा मजदुर र व्यवस्थापकबीच बढ्दो तनाव अन्त्यको पहलगर्न प्रधाननमन्त्रीको ध्यानाकर्षण गराएकी थिएन् । बैठकमा विभिन्न देशमा रिक्त रहेका राजदूतको नियुक्तिका बारेमा पनि छलफल भएको जनाइएको छ । यस्तै तराईमा सशस्त्र आन्दोलनरत विभिन्न समूहसँग सरकारी वार्ता टोलीले गरिरहेका वार्ताको समीक्षा र आगामी रणनीतिबारे छलफल भएको बुझिएको छ ।

4:49:00 am

इराक पठाउने नेपाली गिरोह दुबईमा पक्राउ

सामग्री प्रस्तुति Ram Prasad Panta

-देवेन्द्र भट्टराई दोहा, मंसिर २० - असुरक्षित र प्रतिबन्धित गन्तव्य इराकमा नेपाली कामदार पठाउने नेपाली गिरोहको एउटा समूह संयुक्त अरब इमिरेट्सको दुबई सहरमा पक्राउ परेको छ । दुबईबाट २ सय किलोमिटरभित्रको रासलखेमाका बस्तीमा इराक लैजान भनी ठीक पारिएका नेपाली कामदारसँगै उनीहरूलाई बिचल्ली बनाउने एजेन्ट पनि फेला परेका छन् । माओवादीको संयुक्त अरबस्थित भ्रातृ संगठन नेपाल जनप्रगतिशील मञ्चले फेला पारेर ल्याएको यो संजालको गिरोहमध्येका दुईको पासपोर्ट दूतावासले जफत गरेको छ । अबुधावीबाट पत्रकार जाकिर हुसैनले दिएको जानकारीमा गोरखा, पालुङटार घर भई हाल संयुक्त अरबमा कार्यरत दामोदर गिरी, शंकर बोगटी र नारायण लम्सालसमेतले आफूहरू मानव तस्करीको गिरोहमा रहेको मंगलबार अबुधावीमा आयोजित एक पत्रकार सम्मेलनमा स्वीकार गरेका छन् । लम्साल नेपाल टेलिभिजनमा प्रशारित हुने 'हेलो नेपाल' कार्यक्रमका लगानीकर्तासमेत हुन् । एजेन्टहरूले आफ्नो समूहबाट मात्रै दुई वर्षको अन्तरमा तीन सयभन्दा बढी नेपाली इराक गएको र प्रत्येकसँग बढीमा अढाई लाख रुपैयाँसम्म लिइने गरेको बताएका थिए । अबुधावीस्थित नेपाली राजदूत अर्जुनबहादुर थापाले भेटिएका पीडित कामदारलाई घर फिर्ता गर्ने र सम्बन्धित एजेन्टलाई कानुनी कारबाहीका लागि नेपाल पठाउने योजना रहेको जानकारी दिए । इराक मामिला पाकिस्तानस्थित नेपाली नियोगले हेर्ने भएकाले आफूले समस्या समाधानमा सीधा पहल गर्न नमिल्ने राजदूतको भनाइ थियो । एजेन्टले मानव तस्करी गिरोहमा संयुक्त अरबस्थित राजन खतिवडा, विष्णु पाण्डे -चितवन), तेज आचार्य, नरेन्द्र पौडेल -झापा), कृष्ण आचार्य, टेकराज भण्डारी -हाल काठमाडौं), कुमार बुढाथोकी, इन्द्र काफ्ले, इन्द्र थापा, विष्णु पाण्डेलगायतका व्यक्ति सक्रिय रहेको उल्लेख गरेका थिए । यस्तै नेपालमा दिनेश अर्याल, सुरेश पौडेल, गणेश कटवाल, नेत्रबहादुर थापा, शेरबहादुर थापा -पोखरा), राम कुंवर -चितवन), कृष्णबहादुर पुन -बागलुङ), क्षितिज म्यानपावर कम्पनीमा काम गर्ने सतीश क्षेत्री, टेकबहादुर थापा, जोनी थापा, नारायण ढुंगाना, सुरेश पौडेल, शर्मिला घिसिङ, गणेश कटवाल -बर्दिया) लगायतका एजेन्ट रहेको पनि जानकारी दिइएको थियो । इराकमा भने टेकराज भण्डारी मानव तस्करीमा सक्रिय रहेको एजेन्टले बताएका थिए । पक्राउ परेका एजेन्टहरू लम्साल, बोगटी र गिरीले १० दिनभित्रमा सबैको लागत रकम र फिर्ती टिकट उपलब्ध गराउने कागज गरेका छन् ।

1:36:00 am

यस्तो पो बिहे !

सामग्री प्रस्तुति Ram Prasad Panta

बिहे थियो तर कुनै तामझाम थिएन । माला र नयाँ पोसाकका कारण बरवधू सामान्य रूपमा नायक-नायिकाजस्तै देखिएका थिए । दाइजो, भव्य उपहार र परम्परागत लफडा हुने त कुरै भएन ।धादिङस्थित महादेवबेंसी बजारमा शनिबार बिहे गराउन जम्मा भएको समूहका सहभागी भन्दै थिए, 'बिहे हुनु त यस्तो पो ! सेना समायोजनको बहस चलिरहेका बेला माओवादी जनसेना र नेपाली सेनाका जवानबीचको बिहे हुनुको सन्देश नै अलग छ ।'प्रसंग हो माओवादी जनसेनामा रहेकी धादिङ, थाक्रे-३ महादेवबेंसीकी सलिसा अर्याल र नेपालगन्ज बेलासपुर स्थायी घर भएका नेपाली सेनाका जवान श्रीकुमार आचार्यबीच भएको विवाहको । प्रगतिशील बिहे नाम दिइएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि बनेका धादिङ क्षेत्र नम्बर १ का सभासद् पुष्पविक्रम मल्लले भने, 'यो बिहेको सांस्कृतिक मात्र होइन राजनीतिक अर्थ पनि छ ।' स्थानीय महादेवबेंसीकी अर्याल र उनको गाउँनजिक कोइरालेडाँडामा रहेको नेपाली सेनाको टुकडीमा सेवारत आचार्यबीच झन्डै एक वर्ष लामो प्रेम चल्यो । 'सम्बन्धका कारण पनि हामी बिहेको बिन्दुसम्म आइपुग्यौँ,' छापामार प्रशिक्षणप्राप्त वधू सलिसाले भनिन्, 'हामीले जे गर्‍यौं, सतप्रतिशत सही गर्‍याँ ।' नयाँ पत्रिकालाई प्रतिक्रिया दिँदै गर्दा सलिसाको अनुहार खुसीले धपक्क बलेको थियो ।सलिसा र श्रीकुमारबीचको प्रेमकथा त्यत्तिकै घतलाग्दो छ । चितवनको शक्तिखोरस्थित माओवादी जनसेना शिविरमा रहेकी सलिसा आफ्ना बेपत्ता बाबु इन्द्रबहादुर अर्यालको खोजीका लागि आफ्नै घर धादिङको महादेवबेंसी फर्केकी थिइन् । 'जनयुद्धको वेला बेपत्ता भएका मेरा बाबुको खोजीका लागि सहयोग माग्ने सिलसिलामा नेपाली सेनाका प्युठ श्रीकुमारसँग परिचय भयो,' उनले आफ्नो प्रेमकहानी सुरु गरिन्, 'त्यसपछि मलाई उहाँको स्वभाव र चरित्र मन पर्न थाल्यो ।'२५ कात्तिक ०६० मा सलिसाका बाबु इन्द्रबहादुरलाई तत्कालीन शाही सेनाले माओवादीको आरोपमा गिरफ्तार गरेर बेपत्ता पारेको थियो । बाबु बेपत्ताको बदला लिन भनेर माओवादी शरणमा पुगेकी सलिसा दस कक्षा पढ्दापढ्दै ०६३ मा 'जनसेना' बनिन् । अनमिनले गरेको पहिलो प्रमाणीकरणमा उनी माओवादी सेनामा योग्य ठहरिएकी थिइन् । 'दोस्रो प्रमाणीकरणका वेला यतै घरतिर भइयो । शक्तिखोर गइएन,' मुस्कुराउँदै सलिसाले भनिन्, 'यता, सेनाको दोस्त फेला पारियो । यतै बसियो ।'बाबु बेपत्ता पारिएपछि तत्कालीन शाही सेनासँग आगो बनेकी सलिसाले अन्ततः सेनाकै जवानसँग प्रेममा फसेको कुरा उनको घर-परिवारलाई थाहा थियो रे । परिवारका सदस्यलाई थाहा हुँदाहुँदै श्रीकुमारको बिदाको मौका पारेर उनीहरू लुकिछिपी 'डेटिङ' गर्ने गरेको स्थानीयवासीले बताए । बिहेमा सहभागी स्थानीय ईश्वर थापाले भने, 'अब त ढुक्क भो नि, जीवनसाथी बनेपछि ।' गाउँमा सानुमैया भनेर परिचित जनसेना सलिसाले बिहेअघि नै सेनामा कार्यरत आफ्ना प्रेमी श्रीकुमारको तस्बिर कोठामा सजाएर राखेकी थिइन् । उनले लजाउँदै भनिन्, 'दिलमा सजाउने मान्छेको तस्बिरलाई कोठामा सजाएको हो ।'बिहेमा उपस्थित केहीले खासखुस गरेको पनि सुनियो । भन्दै थिए, 'सानुमैयाले सेनासँग बिहे गरेपछि कतै आस्था नै परिवर्तन त गरिनन् ?' जिज्ञासा वधू सलिसासँग पनि प्रश्न राखियो । एकक्षण सोचमग्न बनेर उनले भनिन्, 'म अहिले पनि माओवादीप्रति त्यत्तिकै आस्था राख्छु । र, राखिरहन्छु ।' बिहेमा प्रमुख अतिथिका रूपमा माओवादी सभासद् मल्ल मात्र होइन जनमुक्ति सेना चौथो डिभिजन कमान्डर यमबहादुर अधिकारी र जिल्ला सेक्रेटरी आकांक्षालगायत माओवादी कार्यकर्ता सहभागी थिए । बिहेमा अतिथिलाई स्वागत गर्ने क्रममा दुलहीका काका भरतले समाज परिवर्तनकै लागि बाबुलाई सेनाले बेपत्ता बनाए पनि सैनिकलाई नै छोरी दिएको बताए । 'परिस्थिति बदलिएको छ । अब बदलाको भावनाले मात्र काम गर्दैन,' भरत भने, 'यो बिहेलाई सबैले अर्थपूर्ण रूपमा लिएका छन् । हामी त्यसैमा खुसी छौं ।' -रामेश्वर कार्की/नयाँ पत्रिकाधादिङ, १४ मंसिर

6:34:00 am

Iraq bata Patra

सामग्री प्रस्तुति Ram Prasad Panta

This article also Publish in Kantipur National Daily at 1 may 2008 . When I was came here in Iraq. This one also for you guys for remind by this my personal site .....

6:25:00 am

Kasti bhaiyena hola meri Aama

सामग्री प्रस्तुति Ram Prasad Panta

This is my article which is publish in kantipur national daily Thursday 15 may, 2008 .
I would like to share with you guys also so that I put this article just for you.

12:10:00 am

Those Friends I Meet In My alone Journy .......

सामग्री प्रस्तुति Ram Prasad Panta

Let me tell you guys some thing about my new friends. I get those friends when I was working in Joint base balad, Iraq. All of those friends are good . I like those friends who understand each other feeling so that those frineds also like this so I will not forget those friends in my whole life also . They are all from diffenent country but here you are working as a friends. We love each other we sharing our every thing with each other. Every time we are trying to understand each other feeling and problem also .
Those photo are take 25 November 2008 in OM&L Yard at JBB, Iraq
I am with Ma'am Iesha mass in my office
He is akram with me in him office
This is Jivan. He is with me in my office
I am with Gangadhar samalla he is also in my office at that time .
He is manu singh He is with me in him electricial office .

12:01:00 am

With My Friends

सामग्री प्रस्तुति Ram Prasad Panta

KBR OM&L Service Desk at Joint Base Balad

Night sheft Guys

Night sheft Electrical Guys with me

- ध्रुवहरि अधिकारी
'पत्रकार- सञ्चारमाध्यमले स्रोत र आधार उल्लेख गरी सत्य-तथ्य, वस्तुनिष्ठ एवं सन्तुलित सूचना सम्पे्रषण गर्नुपर्दछ ।'प्रेस काउन्सिल नेपालले प्रकाशित गरेको आचार संहितामा समावेश भएको यस मार्गदर्शनको पालना नेपालका समाचारमाध्यमबाट भैरहेको छ त ? समाचारका सजग उपभोक्ताले यस प्रश्नको उत्तर सकारात्मक शब्दावलीमा दिन हच्किने अवस्था छ । किनभने 'स्थापित' मानिएका ठूला आकारका छापा र ठूलो लगानीमा सञ्चालित प्रसारण माध्यमसमेत पत्रकारिताका मूल्य, मान्यता, मर्यादा र मापदण्डको सम्बन्धमा उदासीन रहन्छन् भने साधन-स्रोत हिसाबले टाक्सिएका, सानो लगानीका माध्यमको अवस्था के होला सहजै अनुमान गर्न सकिन्छ ।कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा । यो नेपाली लोकोक्ति रोगव्याधिको उपचारमा संलग्न चिकित्सक समुदायको लागि त सान्दर्भिक छ नै, त्यसको साथसाथै वैद्य -उपचारक) को थर कायम राखेर नेपालको पत्रकारितामा हात हाल्ने व्यक्तिको हकमा पनि लागू हुँदोरहेछ । साप्ताहिक-पाक्षिक पत्रिका सञ्जालको २३ भाद्रको बैठकले 'विमर्श' का चर्चित वैद्यमाथि गरेको कारबाहीलाई नै यस प्रसंगको ताजा दृष्टान्त मान्न सकिन्छ । कपोलपल्पित र झूटो समाचार लेखी लामो समयदेखि पत्रकारिताको मूल्य मान्यता र मर्यादा विपरीत कार्य गरेको हुनाले उपचारक निष्कासनमा परेका रहेछन् । विमर्शबाट थालिएको यस अभियानलाई सञ्जालले निरन्तरता दियो भने नेपालको समसामयिक पत्रकारितामा बाक्लो हुँदै आएको विकृतिको तुवाँलो पन्छिँदै जान सक्छ । यतिसम्मको पाठक वर्गको अपेक्षा समसामयिक नै मानिएला ।चिकित्सको मामिला वैद्य, कविराज र हकिममा सीमित नरहेर आधुनिक पद्धतिबाट उपचार गर्ने डाक्टरहरुको ठूलो समुदायमा विस्तारित भएझैं, पत्रकारिताका मापदण्ड र मर्यादासमेतका विषयहरु साप्ताहिक र पाक्षिक पत्रपत्रिकाको साँगुरो घेरामा रुमल्लिएर बस्न सक्दैनन् । परिस्थिति बिगार्ने र पत्रकारिताको सेवा पक्ष एवं विश्वसनीयतालाई प्रश्न चिन्हमा पारिदिने अवस्था सिर्जना गर्नमा दैनिक निस्कने अखबार, सयकडौंको संख्यामा खुलेका एफएम रेडियो र दर्जनको गन्तीमा पुग्न लागेका टेलिभिजन सञ्जालको भूमिका बढी जिम्मेवार भएको टड्कारै देख्न सकिन्छ । दिनहुँ देख्ने, सुन्ने, पढ्ने माध्यम भएकोले मुद्रण, प्रसारण दुवैतर्फका माध्यमबाट गरिने पत्रकारिताको वृत्ति, प्रवृत्ति ठम्याउन खर्चिला अध्ययन अथवा शोध-अनुसन्धान गरिरहनु पर्दैन, उपभोक्ता समूहले दिनदिनै लेखाजोखा गर्न सक्छ, गरिरहेको पनि छ । प्राज्ञिक प्रयोजनका लागि र्सर्वेक्षण, अन्वेषण, विश्लेषणको महत्व पेशेवर पत्रकारका लागि हुन्छ नै, यो विवादको बुँदा भएन । यसले आफ्नो कार्य क्षेत्रमा अझै झांगिन पाउनुपर्दछ ।कुनै अखबार, रेडियो अथवा टेलिभिजनलाई राजनीतिक दल विशेषको लगानीमा वा प्रभावको माध्यमबाट आफ्नो निर्देशनमा सञ्चालन गर्ने परिपाटीको थालनीयता पत्रकारिता 'पर्चाकारिता' मा रुपान्तरण हुन लागेको सार्वजनिक अनुभव छ । यसमा पनि दल विशेषको आडमा मुखपत्रझैं सञ्चालित समाचार माध्यमले स्वतन्त्र पत्रकारिताको हैसियतबाट नाम, सहुलियत र सम्मानको उपयोग गरिदिन थालेपछि विकृति, विसंगति सीधै दृष्टिगोचर भएका हुन् । यसरी एकातिर पर्चाकारिताको शैलीमा हुने पत्रकारिताले प्रोपगण्डा संयन्त्रको काम गरी आम नागरिकलाई भ्रमित तुल्याएको छ भने अर्कोतिर नाफाको व्यापारको रुपमा पत्रकारिता गर्ने प्रकाशनगृहहरु विज्ञापन-प्रभावित व्यवसाय हुँदै आएका छन् । होडबाजी यसैमा तीव्र देखिन्छ । 'चोरबाटो' बाट छिरेको मानिएको विदेशी लगानीबाट सञ्चालित समाचार माध्यमहरुका कार्यसूचीमा नेपाली पाठक, नेपाली श्रोता र नेपाली दर्शकको हित-भलो हुने कुरा त त्यसै पनि आएन । उसै पनि भएन ।समाचारको औसत उपभोक्ता कुहिरोका काग हुन पुगेका छन् । तिनले कुनै पनि घटना वा विषयबारे साँचो खबर पाउन एउटा छापा पढेर पुग्दैन । आधा दर्जन अखबार अगाडि राखेर तुलना गर्दै पढ्दै गर्न सके मात्र तथ्यको नजिक पुग्न सक्छन् । त्यति गरेपछि पनि पाएको सूचना तथ्य-सत्य नै हुन्छ भनेर ढुक्क हुने अवस्था छैन । विश्वसनीयताको सन्दर्भमा प्रसारणका माध्यम पनि भरपर्दा हुन सकेका छैनन् । एउटा टेलिभिजन प्रसारण संस्थाले राजा ज्ञानेन्द्रले दरबार छोड्नुभन्दा केहीदिन अगावै 'आधा रातमा राजाले दरबार छोडे' भन्ने खबर दियो । खबर गलत भएको जानकारी तत्कालै त्यस बखतका गृहमन्त्रीले दिए तर सम्बन्धित संस्थाले गलत प्रसारणको खण्डन गरी दर्शकसित क्षमायाचना गरेन । एउटा दैनिक अखबारले त त्यतिखेर राजाले दरबार नछोडेको भएपनि पाइतो सारेको त पक्कै हो भनेर पाठकहरुलाई हँसायो । जसले राजनीतिक दलको पकडमा पत्रकारिता गरेको छैन र जसले नाफाको ध्याउन्नले मात्र पत्रकारिता गरेका होइनन् ती समाचार माध्यमहरुले निश्चय नै पनि सेवाभावका साथ मात्र पत्रकारिता गरिरहेका होलान् भन्ने अनुमान सहजै गर्न सकिन्छ । तर यथार्थ यो पनि नहुन सक्छ । किनभने एकथरी माध्यम विदेशी दूतावासका प्रभावमा सञ्चालित हुने गरेको आम अवधारणा छ । यस्तो अवधारणाको आधार ती माध्यमले मुद्रण-प्रसारण गर्ने समाचार तथा अन्य सामग्री हुन् । तिनको माध्यबाट प्रवाहित हुने विज्ञापन र प्रायोजित पृष्ठ-सामग्रीले अन्तर्निहित सन्देश प्रवाह गरिरहेका हुन्छन् । महात्मा गान्धीको नाममा खुलेको छात्रवृत्तिको लागि दरखास्त आह्वान गर्दै दूतावासबाट वितरण गरिएका विज्ञापन पाउने र नपाउने समाचार माध्यमको प्रस्तुति दाँजेर हेर्नासाथ परिस्थिति सहजै लख काट्न सकिन्छ । समाचारको सजग उपभोक्ताले यी र यस्ता अवाञ्छित प्रयोग र प्रवृत्ति ठम्याउन समय लगाउँदैनन् । यसको ताजा उदाहरण सूर्यनाथ उपाध्यायको नामबाट एक दैनिक पत्रिकामा भाद्र २५ गते प्रकाशित टिप्पणी हुन सक्दछ । समाचारको चयन र प्रभाव शीर्षकमा छापिएको त्यस टिप्पणीको पुछारतिर परेको यो वाक्य अहिलेको प्रसंगमा विचारणीय छ ः 'कुनै देशको दूतावासले भनेर विज्ञापन बन्द गराइदेला भन्ने दबाबमा देशको भलोको लागि लेख्नुपर्ने समाचार दबिएर जानु दुर्भाग्यपूर्ण कुरा हो '।पत्रकारिताको आवरणमा कि स्वदेशको राजनीति कि विदेशको कूटनीति सञ्चालन गर्न सघाउ पुर्‍याउनेहरुले पत्रकारिताका स्वीकृत मान्यता, मापदण्ड र मर्यादाको पालना गरिरहेका छैनन् । नाफाको लागि पत्रकारिताको माध्यमबाट व्यापार-धन्दा चलाउनेहरुको उद्देश्य पनि मर्यादा, मान्यताबारे चिन्ता लिने किसिमको भएको देखिँदैन । उल्लिखित तीनवटा श्रेणीमा नपर्ने र कुनै गैरसरकारी संस्था (आई-एनजीओ) को संरक्षण पनि नपाएका समाचार माध्यम कुनै होलान् त र भए कति होलान् ? जेजति होलान् तिनलाई अन्य श्रेणीमा परिसकेकाले टिक्न देलान् ? संविधानले नेपाली नागरिकलाई दिएको सूचनाको हक प्रचलन गराउने मूल उद्देश्य राखी प्रसारण वा मुद्रण जुन माध्यमबाट भए पनि पत्रकारिता गर्र्छौं भनेर लागि पर्नेको भविष्य छ त यस मुलुकमा ? यो एउटा समसामयिक र पेचिलो प्रश्न हो । र, पत्रकारिताबाट पर्नसक्ने दुष्प्रभावबाट सिंगो देश र यसका सम्पूर्ण बासिन्दालाई जोगाउने कि नजोगाउने भन्ने अहम् प्रश्नसित जोडिएको छ ।यस आलेखको थालनीमै उल्लेख गरिएको उखानले औंल्याएको परिस्थितिमा परेको नेपालको पत्रकारिताले गुण, मात्रा र पाक नमिलेको औषधिले बिरामीको भलो गर्न नसकेझैं नेपालका पाठक, श्रोता र दर्शकमा सकारात्मक र सिर्जनात्मक छाप छोड्न सकेको छैन । आफ्नो अज्ञानले होस् अथवा रोजगारदाताको दबाबले होस्, सबैले सञ्चारकर्मीले आफ्नो पेशागत कर्तव्यको निर्वाह गरिरहेका छैनन् । आफू भ्रममा वा दबाब-प्रभावमा छु भनेर जान्दाजान्दै पनि पाठक, श्रोता र दर्शकलाई आफ्नो प्रभावमा पार्ने घृणित कार्य गरिरहेका छन् । तिनबाट पत्रकारका आचार संहिता र पत्रकारिताका स्वीकृत सिद्धान्त तथा प्रक्रियाप्रति सरासर उपेक्षाभाव प्रकट भैरहेको छ ।पत्रकारितालाई चिकित्सा जस्तै जिम्मेवार कार्यक्षेत्रसित तुलना गर्ने क्रममा अमेरिकी पत्रकारिताका विशिष्ट व्यक्तित्व वाल्टर लिप्म्यान -सन् १८८९-१९७४)ले एक ठाउँमा एउटा गम्भीर प्रश्न उठाएका छन् ः एउटा बिरामीको उपचार गर्ने शल्य चिकित्सक (सर्जन) हुन के कस्तो योग्यता आश्यक पर्छ ? एउटा न्यूनतम् विशेष तालिम चाहिन्छ नै । अब यता हेरौं, दिनदिनै सिंगो राष्ट्रको मुटु र मस्तिष्कको चिरफार गर्ने (समाचार प्रक्षेपणजस्तो) कामको निम्ति के योग्यता तोकिएका छन् त ? कुनै पनि देखिँदैनन् ।सन् १९२० मा प्रकाशित -सन् २००८ मा पुनर्'द्रित) लिप्म्यानको पुस्तक 'लिबर्टी एन्ड द न्युज'मा परेको प्रश्नोत्तर शैलीको यस उद्धरणले पत्रकारिताका कतिपय पक्षलाई एकसाथ सम्बोधन गरिनुपर्ने मौलिक जिज्ञासालाई रोचक किसिम तर गम्भीर ढंगले समेटेको छ । लिप्म्यानले यस कथनको विवेचना गर्ने क्रममा प्रशिक्षण अथवा तालिमको अभावमा एउटा संवाददाता 'अप्रशिक्षित सिकारु' -UNTRAINED AMATEUR_ मात्र रहन जान्छ र नियत सफा हुँदाहुँदै पनि सीपको अभावमा तथ्य-सत्य संकलनको काममा 'इमानदार प्रयत्न' सम्म पनि गर्न सक्दैन । घटना एक ठाउँमा हुन्छ र त्यसको जानकारी अर्को ठाउँमा बस्ने पाठकलाई चाहिएको हुन्छ । यसमा हलकाराको काम गर्ने पत्रकारसित सीप र सावधानी भैदिएन भने पाठकले घटनाबारे सत्य-तथ्य जान्न पाउँदैन । र, समाचार पढेपछि उसको मस्तिष्कमा जन्मिने विचार आलोकाँचो वा अपरिपक्व हुन पुग्दछ र त्यसको परिणाम हानिकारक हुन सक्छ ।यहीँनेर आएपछि सूचना वा समाचारको स्रोतको सन्दर्भ आउँछ । स्रोत जुन प्रकृति र स्तरको छ समाचारको विश्वसनीयता त्यसकै अनुपातमा स्थापित हुन्छ, समाचार ग्रहण योग्य बन्छ । यसै कारणले समाचारमा स्रोतको उल्लेख गर्ने मान्यता विकसित भएको हो । र, त्यही शाश्वत मान्यता पे्रस काउन्सिल नेपालका प्रकाशनहरुमा मुद्रण भएको हो । पत्रकारिताको विद्यार्थी छँदा र पछि प्रशिक्षण कार्यमा संलग्न हुँदा यस पंक्तिका लेखकले स्रोतसम्बन्धी अवधारणा र मान्यताको महत्व ठम्याउँदै आएको हो । तर दुःखको कुरो, २०४६ सालपछि आएको खुला वातावरणमा जन्मे-हुर्केका समाचार माध्यमहरुले २०६५ सालको पूर्वार्द्धमा आइपुग्दासम्म पनि 'स्रोत' समाचारको विश्वसनीयतासित सीधा गाँसिएको पक्ष हो भनेर यथोचित सावधानी अपनाउन सिकेनन् । प्रस्तुत गरिएको समाचारको स्रोत के हो वा को हो भनेर खुलाउनुको साटो खालि 'स्रोतले बताएको छ' भन्ने थेगो समातेर फुर्सद लिन खोजेको देखिन्छ, सुनिन्छ । हो, कुनै-कुनै अवस्थामा गोप्य जानकारी दिने सूत्रको परिचय खुलाउन मिल्दैन, तर त्यो अपवाद हो । अपवादलाई नियम वा नियमित आधार मान्न मिल्दैन । परन्तु पत्रकारिताको सामान्य ज्ञान र प्रशिक्षण नपाएका युवकयुवतीलाई एकैपल्ट सम्पादक नियुक्त गरिदिएपछि स्रोतको उल्लेख नै नगरिकन 'स्रोतले बताएको छ' भन्ने अविश्वसनीय तरिका हावी हुनु अपरिहार्य हुन जान्छ । मुहान धमिलिएपछि पाइपबाट घरघरमा पुगेको पानी धमिलिनु, प्रदूषित हुनु सामान्य परिणति हो । धमिलिएको पानी पिएपछि पेटको रोग लाग्ने नै भयो । र, बेलामा भरपर्दो उपचार भएन भने बिरामीको ज्यान जाने नै भयो । त्यसै कारण सूचनाको स्रोतलाई सधैं सङ्लो र पारदर्शी गराउनु आवश्यक भएको हो । अमेरिकी पत्रकार वाल्टर लिप्म्यानको आशयलाई यसै पर्रि्रेक्ष्यमा बुझ्नुपर्दछ ।समाचारको स्रोत र स्रोत प्रयोगको विधि र मान्यताको उपेक्षा गर्दा माथि भनिएझैं विश्वसनीयतामा बट्टा लाग्छ । स्रोतको उपेक्षा हुँदा पाठक अन्योल र द्विविधामा पर्छन् । रहस्यको गाँठो खुकुलो हुनुभन्दा झन् जटिल हुन पुग्छ । पाठकले आफ्नो जिज्ञाशा शान्त भएको अनुभूति गर्नुको साटो प्रश्न र जिज्ञासा थपिँदै गएको अनुभव गर्छन् । कतिपय मामिलामा त एउटा देशको अर्को देशसितको सम्बन्धमै अनाहक प्रतिकुल असर पर्नसक्छ ।यस्तो अवस्थाको झलक दिने दृष्टान्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को पहिलो विदेश यात्राकै विषय हुन सक्छ । ओलम्पिक खेलकुदको समापन समारोह भ्याउने हिसाबले नवनियुक्त नेपाली प्रधानमन्त्री बेइजिङ पुगेको घटनाक्रम जग-जाहेर छ । त्यहाँ रहँदा प्रचण्डले चीनका राष्ट्रपति र प्रधानमन्त्रीसित भेटवार्ता गर्नु र त्यसबाट नेपाल-चीन सम्बन्धलाई टेवा पुर्‍याउने कार्य गर्नु सर्वथा स्वाभाविक प्रक्रिया हो । त्यसै बखत यता काठमाडांैमा 'कान्तिपुर' दैनिकले पहिलो पृष्ठमा ठूलो शीर्षकसहितको समाचार छाप्यो 'चीन भ्रमणप्रति भारत असन्तुष्ट' भनेर । नयाँ दिल्लीमा संवाददाता राख्ने हैसियत भएको नेपालको एक मात्र त्यस छापामा भाद्र ११ गते प्रकाशित सो समाचार त्यसै संस्थाको रेडियो र टेलिभिजनले पनि महत्वका साथ प्रसारण गरे । पहिले छापामा निस्कने अनि त्यही खबर रेडियो र टेलिभिजनले पनि ठूलो स्वरका साथ घन्काइदिने भएपछि एउटै संस्थाले पनि समाजमा ठूलै हलचल भएको अनुभव गराइदिँदो रहेछ । गरायो ।चर्चित समाचारको पेटबोलीमा प्रवेश गरेपछि थाहा हुन्छ- त्यस समाचारको स्रोत भने सारै कमजोर रहेछ । शून्यबराबर । यो टुंगोमा पुग्न यही एउटा वाक्य पर्याप्त होला ः 'प्रधानमन्त्री मनमोहन)सिंह मात्र होइन सम्पूर्ण भारत सरकार खुसी छैन, स्रोतले भन्यो।' परिचय नखुल्ने, दर्जा नकिटिने र पर्दाभित्र रहेर बोल्ने 'स्रोत' को हवाला दिएर दुइ देशको सम्बन्धमै कटुता आउने कुरा लेख्न, छाप्न हुन्छ - संवाददाताले त्यस्तो टिप्पणी गर्ने स्रोतसित तिमी आफ्नो परिचय दिन चाहँदैनौ भने मैले यो समाचार लेख्न मिल्दैन भनी पेशागत जिम्मेवारीमा अड्न सक्नुपर्दथ्यो । र, त्यस्तो समाचार लेखेर नेपाल पठाउनु हुँदैनथ्यो । यता त्यो समाचार आइहाले पनि अंग नपुगेको र अधुरो सूचना समाचारको मापदण्डमा पर्दैन भनेर 'कान्तिपुर'का सम्पादकले छाप्नु हुँदैनथ्यो । 'जे आयो त्यही छापियो' भनेर फुर्सद लिन पाउने व्यक्ति होइन सम्पादक भनेको । उसको दायित्व सामान्य संवाददाताको भन्दा धेरै गुणा बढी हुन्छ ।समाचार लेखन, सम्पादन र प्रकाशन-प्रसारणका आफ्नै विधि र तरिका हुन्छन् । परिपाटी बसेको छ, परम्परा पनि निर्माण भएको छ । प्रचलन र मान्यताका पक्ष आफ्ना ठाउँमा छन् । यस पृष्ठभूमिमा, प्राप्त जानकारी टिप्पणी प्रतिक्रियाहरु सरोकारवाला व्यक्ति, संस्थानसँग रुजु गरेर, भिडाएर र पुष्टि गराएर मात्र प्रयोग गर्नुपर्छ । अर्थात् सूचनाको आधिकारिकता स्थापित भैसकेपछि मात्र समाचार छाप्नु, प्रसारण गर्नुपर्छ। प्रतिक्रिया दिने व्यक्ति, उसको दर्जा र संस्था खुलाउन नसकिने अवस्थामा त्यो सूचना वा समाचार सार्वजनिक गरिनु हुन्न । चर्चित समाचारमा दिल्लीमा बस्ने संवाददाताले विदेश मन्त्रालयको सचिव फलानो वा प्रवक्ता एउटा मात्र भए निजको नाम नदिए पनि हुन्छ) को उल्लेख गरेर मात्र प्रचण्डको चीन भ्रमणप्रति 'भारत असन्तुष्ट' भनी खबर दिन मिल्थ्यो । तर दिल्लीको खबरमा त्यस्तो आधार छैन ।तसर्थ त्यो विश्वसनीय खबर भएन र समाचारको रुपमा लिन सकिने विवरण ठहरिँदैन । बरु यसको साटो भारतका केही छापाहरुमा प्रकाशित समाचार र सम्पादकीय टिप्पणी पढ्दा नयाँ दिल्ली प्रचण्डको चीन यात्राप्रति सन्तुष्ट नभएको पाइयो भनेर खबर लेख्न हुन्थ्यो । र, पत्रपत्रिकामा निस्केका टिप्पणीबारे विदेश मन्त्रालयको प्रतिक्रिया लिन खोज्दा प्रवक्ता फलानोले यस्तो भने वा टिप्पणी गर्न चाहेनन् भनेर समाचारमा जनाउन सक्दथेे । तर विवेच्य समाचारमा त्यस किसिमकोे प्रयास भएको देखिँदैन र काठमाडौंमा बस्ने सम्पादकले पनि यस विषयमा उचित ध्यान दिएको पाइँदैन ।विश्वप्रसिद्ध समाचार संस्था रोयटर्सको नेपाल संवाददाता भै काम गर्दाको अनुभवले 'स्रोत' सम्बन्धी मान्यताबारे मलाई बढी चनाखो तुल्यायो । समाचार बासी हुनु हँुदैन र समाचारको स्रोत स्पष्ट र भरपर्दो हुनु अनिवार्य छ भन्ने दुइ कुरा दुइटा मन्त्र हुनुपर्छ भनेर सम्पादकहरुले बेलाबेलमा सचेत गराउँथे । मान्यता आज पनि त्यही नै हो । तर यसै कुरामा चाहिँ धेरैजसो समाचार माध्यमहरुको ध्यान पुग्ने गरेको देखिँदैन । फलस्वरुप विश्वसनीयता दिनदिनै स्खलित भैरहेको छ ।अब हेरौं 'कान्तिपुर'को यसै सम्बन्धी अर्को समाचार सामग्री । कोशीको तटबन्ध फुट्नाले भएको जनधनको क्षतिको पृष्ठमूमिमा विमस्टेक क्षेत्रीय सम्मेलनको अवसर पारेर नयाँ दिल्ली पुग्नुभएका परराष्ट्रमन्त्री उपेन्द्र यादव भाद्र १२-१६) ले भारतीय नेता एवं अधिकारीहरुसित गरेको भेटवार्ताबारे भाद्र १९ मा प्रकाशित 'दिल्ली डायरी' पनि समाचार सामग्रीमा प्रयोग भएका सूचनाको स्रोत खुलाउने मामिलामा दोषमुक्त रहेको देखिँदैन । जस्तो, एक ठाउँमा सन्धि असमान् भएको कारणले होइन कि पुरानो भएको कारणले पुनरावलोकन आवश्यक परेको हो भनेर नेपालको अवधारणा आओस् भन्ने दिल्लीको अपेक्षाको चर्चा भएको छ । र, त्यो मन्तव्य 'नेपालमा काम गरिसकेका एक पूर्वभारतीय कूटनीतिज्ञ' को रहेछ । तर संवाददाताले हाल बहालमा नै नरहेका ती कूटनीतिज्ञको नामसमेत खुलाएका छैनन् । अनि कसरी स्थापित हुने समाचारको विश्वसनीयता ?चर्चित समाचारको विश्वसनीयताप्रति शंका उब्जिने आधारको उल्लेख 'कान्तिपुर' संवाददाता आफैंले अन्तिम अनुच्छेदमा गरेका छन् ः 'कसरी यस्ता समाचार प्रकाशन-प्रसारण हुन्छन्, विदेश मन्त्रालयले प्लान्ट गरेको हुन सक्छ,' भनेर एक वरिष्ठ भारतीय पत्रकारले भनेको कुरा राखिएको छ । यहाँनेर आइपुग्दा बेलाबखत भारतको विदेश मन्त्रालयले समाचार 'प्लान्ट' -रोप्ने काम) गराउँदो रहेछ र कोशी बाँध फुटेको विषयमा त्यसैगरी काल्पनिक ढंगले समाचार बनाइएको हुन सक्छ भन्ने निष्कर्ष निस्कन्छ । किनभने उपेन्द्र यादवले समयमा बाँध मर्मत नभएकोले कोशीको पानीले विनाश गर्‍यो भनिरहेकै बेलामा 'मन्त्री यादवद्वारा नेपालको गल्ती स्वीकार...' भन्ने शीर्षकमा टाइम्स अफ् इन्डियाले समाचार प्रकाशित गरेछ । यसै कुरालाई लक्ष्य गरी विदेश मन्त्रालयले खबर 'प्लान्ट' गरेको अनुमान कान्तिपुर संवाददाताले गरेको देखिन्छ ।अब स्वतः प्रश्न उठ्छ- समाचार 'प्लान्ट' गराउन सिपालु विदेश मन्त्रालयका कर्मचारीले कान्तिपुर संवाददाताले भेउ नै नपाउने गरी तर उनैमार्फत् बेलाबखत आफूले चाहेको समाचार 'कान्तिपुर' मा पनि 'प्लान्ट' गराएका छैनन ।
( साभारः नेपालीपोष्ट डटकमबाट तर सामग्री पठाई दिनु भएकोमा मित्र मोहन बश्यलजी लागि आभार प्रकट गर्छु . )

10:46:00 pm

विविध जिल्ला प्रशासनमा कसरी छिरेका थिए ?

सामग्री प्रस्तुति Ram Prasad Panta

- रमेशकुमार पौडेल
कात्तिक पाँच गते माओवादी तेस्रो डिभिजनका कमाण्डर विविध साँझ साढे पाँच बजे तिर चितवनको जिल्ला प्रशासन कार्यालयमा आएकै हुन् । यो मेरै आँखाले देखेको कुरा हो । यो दृष्टिभ्रम पनि हुनसक्छ भनेर त्यहाँ आएका व्यक्ति विविध हुन् होइनन् भन्नका लागि क्रस चेक पनि गरेकै हो । पक्का भएपछि मात्रै चितवन पोष्टमा ७ गते समाचार छापियॊ । तर आइतबार रक्षा मन्त्री बादलले विविध त्यहाँ नआएको कुरा सदनमा गरेको सुन्दा अचम्म लाग्यो ।त्यस दिन दिउँसो बादलले चितवन नारायणगढको क्याम्पा चौरमा तिहार मेलाको उद्घाटन गरेका थिए । लगभग चार त्यही बजेको थियो । त्यहाँबाट निस्केर अफिस आइपुग्दा नपुग्दै पाँच बजे जिल्ला प्रशासनका बादलले पत्रकारहरुलाई भेट्ने भन्ने खवर आयो । क्रान्तिकारी पत्रकार संघले सो कार्यक्रम आयोजना गरेको थियो । म लगभग समयमै जिल्ला प्रशासनमा पुगेको थिएँ । तर रक्षमन्त्री बादलले जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिइराखेका थिए । प्रशासन कार्यालयको सभा कक्ष भित्र कार्यालय प्रमुखहरु टन्नै थिए । सभाहलको उत्तर तर्फको झ्यालमा गएर केही बेर मैले बादलको कुरा सुने । त्यती बेला उनले जेल सुधारको कुरा गर्दै थिए । उनले भने ँजेलमा अब धेरै कैदी राखिराख्न आवश्यक छैन । केही सर्तहरु सहित उनीहरुलाई आम माफी दिएर छाडिदिए हुन्छ । फेरि सवैलाई छाड्नु पर्छ भनेको पनि होइन । शोभराज जस्तालाई त छाड्न पनि भएन ।’
पत्रकार भेटघाट अलि अबेला हुने छाटदेखे पछि म झ्याल छाडेर प्रशासनको भवन बाहिर निस्किए । चौरमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष कृष्ण गिरी लगाएत अरु दुई जना साथीहरु हुनुहुन्थ्यो । पत्रकार सम्मेलन सुरु नहुदासम्म चौरमै गफगर्ने योजना हाम्रो बन्यो । यो सल्लाह गरेर हामी बस्न पनि भ्याएका थिएनौ बाहिर सडकमा एउटा सेतो जीप देखियो । गाडी अनमिनको होकी भन्यौ तर गेट तर्फ सोझिए पछि माओवादीले प्रयोग गर्ने नम्बर प्लेट देखियो । पहेलो सेतो र हरियो गरेर तीन रंगको समिश्रण भएको सो नम्वर प्लेटमा बा ०००१ अ सम्मको अक्षर मैले अझै भुलेको छैन । अ पछाडीको नम्वर ४० देखि ५० सम्मको बीचको हुनुपर्छ । अनि गेटबाट छिरेको सो सेतो जीपमा एउटा अनुहार देखापर् यो जो विविध थिए । हामी उभिएकै तर्फ जीप आयो । हामी तिरै आएका हुनाले बाटो छोडिदिनु परेको थियो । त्यस पछि विविध झरे । अघि भित्र देखेको मान्छे विविध हुन भन्ने पक्का उनी झरे पछि झनै भयो । विविधसँग एक दुई चोटी होइन पटक पटक भेटभएको छ । कुराकानी भएको छ । फोटोमा मात्रै देखेको भए पनि झुक्किने कुरा हुन्थ्यो । टाढाबाट देखेको भए पनि के हो के हो भन्ने हुन्थ्यो । तर राम्रैसँग परिचित मान्छे माओवादीकै नम्वर प्लेट भएको जीपमा आएको छ । पोशाक सादा भए पनि उनी यति नजिकबाट गए कि अनुहारमा देखिने अलिअलि पोतोसम्ममा हाम्रो दृष्टि पुगेपछि यो भ्रमहो भन्ने लागेन ।
त्यती बेला साथमा क्यमरा थिएन । अरु कसैले क्यामरा ल्याएको छ कि भनेर खोज्न लागे । त्यति बेलासम्ममा विविध जिल्ला प्रशासनको भवनमा छिरिसकेका थिए । साथीहरुको माझमा पुगेर क्षणभरमै म फेरि बाहिर निस्किए । त्यति बेला प्रशासन भवनको च्यानल गेट नजिक सर्ट पाइन्ट लगाएकी एक जना युवतीले फोनमा यसो भन्दै थिइन ँम यहाँ विविध सरसँग जिल्ला प्रशशासनमा छु । जीवित दाइको बारेमा कुरा गर्नु पर्ने । कारागार जान भ्याइएन त्यसैले यतै छौं ।&#8217 ती युवतीको कुरा सुने पछि विविध नै होइछन् भन्नेमा कुनै दुविधा रहेन । उनले नाम लिएको जीवित भन्ने व्यक्ति रामहरि हत्याप्रकरणमा अदालतले पूर्पक्षका लागि भरतपुर कारागार पठाएका तेस्रो डिभिजनका बि्रगेड कमाण्डर हुन् । युवतीको कुरा गर्दै थिइन म उत्तर फर्केर बसेको त्यही सेतो जीपमा एक पटक फरि नजर लगाए । भित्र महिला र बच्चा पनि थिए ।त्यस पछि म फेरि भवन भित्रै छिरे । एकजना पत्रकारले भने ँविविध र बादल कानेखुसी गरेर उता अर्को कोठा तिर लागे । म क्यामरा खेाज्ने चक्करमा थिए । फेरि बाहिर निस्किए । कान्तिपुर दैनिकका बिनोद त्रिपाठी आउँदै हुनुहुन्थयो । दुर्भाग्य उहाँसँग पनि क्यामरा रहेनछ । विनोद जीसँग विविध आएर बादललाई भेटेको कुरा भयो । भेटघाट गरेको कोठा तर्फ लाग्दै गर्दा म त्यसको नजिकै पर्ने ट्वाइलेट भित्र छिरेको थिए । उनीहरु झट्टै गैइहाल्लान भन्ने लागेको थिए न तर त्यति बेलै निस्केछन् ।
यो दृश्य चितवन पोष्टको अफिसमा आएर चर्चा भयो । तै पनि आत्तिएर सममाचार नलेखिहाल्ने अरु ठाउँमा पनि बुझ्ने सल्लाह भयो । फेरि एक पटक तेस्रो डिभिजनमा बुझ्न लागियो । त्यहाँको एक जना आधिकारीक व्यक्तिसँग मोवाइलमा सम्पर्क भयो । उनले भने ँहो विविध सर हिजो देखि यतै हुनुहुन्छ । सायद आज भरतपुर पनि पुग्नु भयो होला ।’ यस्तो यस्तो गाडी तपाइँहरुकै हो भनेर सोध्दा उनले हो भने ।यति भए पछि जिल्ला प्रशासनमा आएका व्यक्ति विविध होइनन् भनेर शंका गर्ने ठाउँ रहेन । अब उनी त्यसरी हिड्न पाउँछन् या पाउँदैनन् भन्ने बुझ्नु नै थियो । रामहरि हत्या प्रकरणको थुनछेक आदेशका लागि जिल्ला अदालत चितवनमा बहस हुँदाका दिन हामी त्यही थियौं । अदालतले विविधलाई फरार अभियुक्त करार दिएको थियो । उनी फरार अभियुक्त हुन भन्ने थाहा थियो तर त्यसरी घुम्न पाउने नपाउनेमा अझै बुझ्नु पर्ने भयो । कान्तिपुर दैनिकका विनोदजी पनि भोली अदालतमा बुझेर लेख्नेमा सहमत हुनुभयो । उहाँ र म भोली पल्टसँगै गएर अदालत कानुन व्यवसायी र प्रहरीमा बुझ्यौ । उनी त्यसरी हिड्न नपाउने र देखेमा प्रहरीले समात्न सक्ने जानकारी हामीले बटुल्यौं । त्यस पछि कात्तिक सात गतेको चितवन पोष्टमा यो खवर आयो । कान्तिपुरमा नौं गते निस्कियो । कतै पनि कुनै प्रकारको खण्डन आएको थाहा छैन तर संसदको हैसियतमा बस्ने संविधान सभाको बैठकमा कुरा उठेपछि र जवाफ दिन बाध्य हुनु पर्ने अवस्था आए पछि बादलले भेटेको होइन भनेछन् । क्रान्तिकारी नेताले पनि यस्तो झुठ बोल्नु पर्ने यो कस्तो नयाँ नेपाल त्यसो त आफ्नो गल्ती कम्जारीहरु ढाकछोप गर्ने माओवादीहरुको विशेषता नै हो । यो रामहरि प्रकरण नै यस्का लागि काफी छ । गएको बैशाखमा रामहरिको मृत्यु छापामारको कुटाइले भयो । शोभराजले गर्ने भन्दा कम थिएन त्यो हत्याको शैली । चाल्स्र शोभराजलाई आममाफी दिन हुदैन भन्ने बादलले यो बचन बोलेको केही मिनेट पछि नै रामहरि हत्याप्रकरणका फरार अभियुक्तलाई भेटेको कुरा सजिलै किन स्वीकार गर्दथे । धेरै तथ्य र सन्दर्भहरु जोडेर हामीले समाचार छापेका हौ । देखेको कुरा नलेखेर बस्नु हाम्रो धर्मले दिएन । बादल जीहरुलाई देखेको कुरा नलेखेकोमा नै खुसी लाग्दो रहेछ । तर त्यसो गरिएन । तपाइ साच्किै नयाँ नेपालको इमान्दार नेता हो भने भेट गर्नु ठिक हो भन्ने तर्क गर्नुहोस या भेटेर गल्ती गरेछुभन्ने स्वीकार गर्नुहोस । पत्रकारहरुले फोटो खिच्न भ्याएनछन् भन्ने जानेर नै तपाइले झुठो बोल्ने आँट गर्नु भएको होला । समाचारमा पत्रकारले खिचेको ताजा तस्वीर समावेश नहुनुलाईनै बादल जोगीने कबज बन्दै छ ।
( चितवनबाट रेडियो चितवनका सहकर्मी मोहन बश्यलको सहयोगमा )

3:56:00 am

आमाको मृदु सपना कथा

सामग्री प्रस्तुति Ram Prasad Panta

- युवा पाठक निती
ूनानी ढोका खोलन । यतिबेलासम्म कति सुतिराखेको ू एकाबिहानै बाहिर कुनै बृद्धाले बॊलाएको आवाजले मेरो निद्रा भङ्ग भयो । मैले झ्यालको पर्दा खोलेर बाहिर नियालें । झट्ट हेर्दा कुप्रो शरिर मेरो अगाडी प्रतिबिम्बित थियो । प्रष्टसंग बृद्धालाई ठम्याउन त सकिन् तर औपचारिकता पुरा गर्न भित्र बोलाएँ । ूआउनुस् न आमा बस्नुस् । कताबाट आउनुभयो एकाबिहानै ूम घरैबाट नानी ।ूमैले आमालाई अलि ठम्याउन सकिन नीूम शहिद बिष्णुकी आमा भट्राइनी बुढी क्या । शहर पसेपछी मलाई के चिन्थ्यौ र नानीूआमाले आफ्नो परिचय दिएपछि त्यो बिगत मैले स्मरण गरें जुन बिगतमा उनै आमा हाम्री रक्षक भएकी थिइन् । यति धेरै समय भइसकेछ आमाको अनुहार पनि फेरिएछ । त्यसो त कोमल अबस्थाकी ममा पनि हल्का जवानीको रङ्ग चढ्दैछ । आमासंगको भेटले उत्साहित बनायो मलाई । उत्साह झट्टै पोखिहालें । ूओहो † आमा सन्चै हुनुहुन्छ के छ हालखबर ूके हुनु नानी लालाबाला गोठभरि छन् दमले थला परें बा । तातोपानी तताएर खान दिने मान्छे पनि कोही छैन । ूआमाको ब्यथा यति धेरै बल्झिएको छ भन्ने मैले सुनेकी मात्र थिएँ । माथी डाँडाघरे कान्छी औषधी गर्न काठ्माण्डौ गएकी थिई । त्यसैबखत सुनाएकी थिई उसले मलाई यी सब कुरा । आमालाई आफ्नै आँखा अगाडी त्यो हालत देखें मैले र अनभिज्ञता प्रकट गरें । ूओहो † त्यसो भए आजकल कमरेडहरु कोही आउँदैनन् ूकमरेडहरु सबै शहरमा छन् रे । गाउँमा कोही छैनन् आजकल । मत माया लागेर यी यिनै सेना कमरेडहरुको फोटो हेरेर बस्छु बा ।ूकमरेडहरुले आमासंग यति धेरै दुरी बढाएछन् । खोई बिगत त किन बिसे्र किन नदुखेको होला आमाको चोटले उनीहरुलाई म पनि त त्यसै ड्याङकी मुला हुँ । आमालाई शान्त पार्दै भनेंूआमा चिन्ता नमान्नुस् । गाउँमा नआई कसैलाई सुखै छैन नि ।ूखोइ नानी ू आमाको बोलीमा अविश्वास र निराशा देखियो ।यसपाला दशैंमा घर गएको मौका । गाउँले आमा र सखाहरु घरमै आए । आफ्नो अतितलाई सखाहरुको भेटले केहि क्षण भुलाउने कोसिस गर् यो । मलाई दशैंको नशाले घर पुर् याएको होइन मौका नै यही हो संगीसाथीहरुलाई भेट गर्ने । दशैं त कता-कता अमिलो र पिरो भयो । दशै-दशाले भरिएको मेरो गाउँमा दशैं गुलियो मिठो र चङगिलो हुने त कुरै भएन । यस्तै तितो र नमिठो लागेको छ दशैं भट्राइनी आमालाई पनि । म मनमनै गम्दै थिएँ । ूदशैं मान्न घर आएकी नानी ू-आमाको प्रश्नले म सोचबाट ´स्किएँ ।ूहोइन आमा होइन भनौं भने हाे हो भनौं भने होइन ।ू मेरो प्रतिकि्रया आमाले बुि´न् कि बुि´नन् थाह छैन । उनी त मसामु आफ्नै पिरलोहरु पोखिरहिन् ूमलाईं दशैं लागेन नानी कहिल्यै लागेन । मत शहिदकी आमा पो त मत फाल्गुन १ गते पर्खेर बसेकी छु । गुन्युको फेरबाट एउटा धमिलो फोटो झिकेर त्यस फोटोभित्रका आकृतिहरु चिनाउदै भनिन् ूहेर त यो मेरो जेठो छोरो बिष्णु यी माइली छोरी बिनिता अनि यी कान्छी छोरी प्रतिमा । प्रतिमा यी यीनी कान्छी छोरी । कमरेड क्रान्ति पनि भन्थे यिनलाई ।ू मैले गाउँ छोडेको धेरै बर्ष भएको थियो । सहकर्मिहरुको हत्याको खबर त सुनेकी थिएँ । मलाई त्यस खबरले यति मर्माहत बनाएको थियो म बर्णन गर्नै सक्दिन । संगै खेलेका साथीहरु । अझ प्रतिमा त स्कुले साथी पनि हुन् । त्यतिमात्र होइन डब्लुटी पनि त संगै भएको । स्कुले जिवनका क्षणहरु जसरी संगै हामीले रमाइलोसंग बितायौं त्यसरी युद्धकालका सहकार्यहरु पनि रमाइलै थिए । साँच्ची हाम्रो मित्रता यति घनिष्ठ थियो जस्तासुकै चुनौतिहरुको समाना गर्न तयार थियौं हामी । सुर्खेतमा संगै खुट्टामा गोली लाग्दाको क्षण होस् या दुश्मनले गाउँ घेर्दा काल्चे डाँडामा पाँच दिन सम्म भोकै जङगल बस्दाको क्षण । त्यतिखेर प्रतिमाले एक झोला अमिलिको पात टिपेर मेरो सुकेको मुखमा निचोरेर हालिदिएकी थिइन् । उनि शहिद भएको खबर पाएपनि घटनाको बिस्तृत बिबरण सुन्न पाएकी थिइन । गला अबरुद्ध भयो मेरो तैपनि सोधें । ूकहिले शहिद हुनुभयो आमा कमरेडहरु ूमारे नानी असती मोराहरुले । मिति थाहा छैन । यी छोरालाई दुईखुट्टा च्यातेर मारे रे यी दुइटी छोरीलाई इज्जत लुटेर मारे । गर्भेणी छोरी हुन् नानी दुबै । मारे पापीहरुले ति जन्मिन लागेकाहरुलाई पनि गर्भै मारे । तिनको के दोष थियो र ूआमाले यति भनेपछि संबेदना र भाबनाले लछप्पै छोप्यो मलाई । एकक्षण आमाको अनुहारलाई नियालें । आमाको अनुहार मौन छ । सायद आमा एउटा सपना हो र आमाले सपना फुलाउन हरबखत मलजल गरिरहन्छीन । आमाको अनुहारमा आशा झल्किएको छ । त्यो आशालाई प्राप्ती र उपलब्धीमा परिबर्तन गर्नके हामी सक्षम छौं यहि सोंच्दै थिएँ । केहि क्षणपछी बुढी बज्यैले चिया उमालेर ल्याइन । ूचिया खाऔं नानी । ूम झसङग भएँ । ू म त चिया खाँदिन नानी चियापत्तिले दम बढाउँछ रे । ूडाँडापारीकी घाम भइसकेकी आमाको करुण बोलीले भाबुक बनायो मलाई । क्रान्ति आन्दोलन शहिद र कमरेडहरुलाई यति माया गर्ने आमाका अगाडी म त्यसै त्यसै लज्जित भएँ । आमाको काखमा एकक्षण टाँस्सिएँ । आमा एकक्षण भएपनि शान्त होउन भन्ने मेरो अभिप्राय हो । मैले सोंचेजस्तो कहाँ हुन्छ र आमा न हुन् । आमा भएपछी थाहा हुन्छ आमा हुनुको िपंडा । एकहात च्यातेर पाएका छोराछोरी । तिनै छोराछोरीका लागी पल पल तड्पिएर बाँच्नु कति गाह्रो होला लाग्यो मनै आमा हुँ अर्थात शहिद आमा । मुटु भक्कानीयो बोली फुटेन । मलाई त यस्तो हुन्छ आमालाई कस्तो हुन्छ होला आमा हुनु गाह्रो हुन्छ । त्यो पुरुषहरुलाई के थाहा त्यसैले त मनभरी घाउ नै घाउका खाटा बसेका छन् ति कहिल्यै निको हुँदैनन् । ूए नानी यी घाउ पुर्ने मलम लिएर छिट्टै गाउँ फर्क हैू आमा धेरै भइसक्यो तड्पिन थालेको । कहिले गर्बमा त कहिले िपंडामा आमाका आँसु धेरै बगे । आमा फेरी सुँक्क-सुँक्क गर्दै रुन थालिन् । आमा रुनुको अर्थ मैले बुझें । तर सोचें आमा पहिले भन्दा यति धेरै रुनुको कारण के हो सत्य आमा आफ्ना सन्तान ढल्दाको समय यति रोएको मैले कहिल्यै देखेकी थिइन् । दिनरात खाजा भुटेर जङ्गल-जङ्गल पुर् याउँथिन् दुश्मनबाट कमरेडहरुलाई बचाउन कति रात त जाग्राम पनि बसिन् । साँच्ची १८ बर्षे तरुनी जस्तो आमाको जोस कम थिएन त्यतिखेर । अहँ आमा त्यसै रोएकी होइनन् । आमाको यत्रो बिशाल छातीभित्र सानोतिनो घाउले दुखाउनै सक्दैन । साँच्ची आमालाई हँसाउन एकछिन लुपुक्क टाँसिएर मात्र पुग्दैन । हामिले यिनै आमा सामु गरेका बाचा बन्धन कतै खुकुला त भएका छैनन् कतै-कतै म भित्र देखिने फोहोरी गन्ध पनि आमाले पखाइलिदिइन् । सत्य डिग्रीधारी शिक्षित र चेतनशिल गनिने हाम्रा अगाडी हाम्री आमा त्याग तपस्या बलिदान र क्रान्तिकी बिभिषिका हुन् । आमाले खबरदारी सहित भनिन् ूगोलीले नढलेका कमरेडहरु सुख सुबिधा पद र पैसामा नगलुनू । मैले आमाको भाबनालाई सम्बोधन गर्दै भनें ूतपाइहरु जस्तै धेरै आमाले हामिलाई बिग्रन नदिनु आमाू । शहिद आमा साँच्चीकै सचेत छिन् । नुनको अभाबमा तड्पिएको यो गाउँबाट टिका र माला लगाएर पठाएका कमरेडहरु गाउँ फर्किएर आएका छैनन् । ूकतै कमरेडहरुले बाटो बिराउने त होइनन् ू िहंजो राती आमाले कमरेडहरुले खोला तर्दा बिचैमा रोकिएको सपना देखिछन् । मुटु ढुक्क फुल्यो रे पसिना चिट्चिट् छुटेछन् । ूरणनीतिू ूकार्यनीतिू केही थाहा छैन आमालाई । आमाको गाउँलाई नुन र रोटी चाहिएको छ । ूबजारमा बस्ने कमरेडहरुलाई भनिदेउ है नानी । घरी घरी दमले सताउँछ । मेरो गाउँमा झिलिमिलि बत्ती नबल्दा सम्म मलाई कालले लाने छैन ।ू आमाले पछ्यौरीले निधारभरी बगेका पसिना पुछिन् । ूमेरो गाउँलाई नुनओखती र संगसंगै बिजयको रातो टिका लिएर सबै कमरेडहरु गाउँमा आउनु है । अनी म ढुक्कले मरुँला ।ू आमाको यो भनाईले बाटोभरी छट्पटाहट् छुट्यो । साँच्ची शहिद आमाहरुको दशैं कहिले आउला हँ म यहि गम्दै शहरको बाटो लाग्दैछु ।

1:24:00 am

शहीदले बिर्सेको गाउँ

सामग्री प्रस्तुति Ram Prasad Panta

भीरमुनि खोरियामा आइपुग्दा जिपको टायर पञ्चर भयो । झमक्क साँझ परिसकेको थियो । परपरसम्म कतै घर नदेखेपछि म उकालो लागेँ । एक त भरखर-भरखर मोटाएको मान्छे, त्यसमाथि नयाँ गाडी किनेदेखि हिँड्न भनेपछि मरेतुल्य हुन्छु । एउटा झुप्रोमा पिलपिले बत्ती देखेर बोलाएँ । 'आमा, भित्र को हुनुहुन्छ ?' 'छोरा आइस्, बाबू !' बुढी आमा भित्रबाट बोलिन् । असी हिउँद काटेकी बूढी आमा हातमा मलिन टुकी लिएर बाहिर आइन् । नियालेर हेरिन् । बरर आँसु झारेर भनिन् -'म त छोरो आएछ भनेर झुक्किएँ !' 'बास पाइन्छ आमा ?' 'बास किन नपाउनु आफ्नै छोराजस्तो नानीलाई ।' छाप्रो नछाएको दुई वर्ष भयो । पानी चुहिन्छ, श्राप नदिए है यो बूढीलाई मर्ने बेलामा । नानी मसँग यही बासी मकैको रोटी छ । नमिठो छ कसरी निल्छौं ? तर अलिकति भए पनि खाऊ है नानी, साँझको पाउनो, यो बूढीलाई पापमा नपार है !' 'छोरो कहाँ गएको नि आमा ?' मैले कुरा झिकेँ । 'जुलुस उठ्ने बर्षमेरो लुरे पल्ला गाउँका मास्टर नानीसँग देश गएको फर्केन नानी ! मलाई बिस्र्यो । तिम्लाई देखेर मास्टर नानीको झझल्को आयो । मास्टर नानी पनि सहराँ ठूला मान्छे भा'का छन् रे । उनी दुब्ला पातला थिए, तिमी मोटा छौं । उनी देश जन्ता के के जातिका कुरा गर्थे । उनी शीर ठाडो पारेर हिँड्थे । तिमी टाउको झुकाएर कुरा गर्र्छौ । फरक यति हो । ' म चुपचाप सुनिरहेँ, बढी आमा भन्दै गइन् । 'भोलि त तिमी सहराँ जान्छौं । मेरो लुरेलाई भेटेर मेरो खबर भने है नानी ! मर्ने बेलामा एकपल्ट लुरेको मुख हेर्ने धोको छ । मेरो लुरेले सहराँ ठूलो मान पा'को छ रे ! राजाभन्दा पनि ठूलो मान ! थाहा छ नानी, शहीद भएको छ रे मेरो छोरा ! पोहोरसालबाट महिनाको आठ बीस रुप्पे पठाइदिन्छ प्रधानपञ्च नानीको हात । लुरेका बाबु मुग्लान भासिएपछि घरबारी साहुले बन्धक खायो । त्यो निखन्न महिनाको पाँच बीस रुप्पेंले पुग्छ त नानी ? आमाको मुख हेर्न एकपल्ट त घर र्फकन पर्छ नि ! म भने बाटो हेरेर आशामा बाँचेकी छु । छाप्राको दुःख लुरेले बिर्से जस्तो छ नानी, लुरेलाई सम्झाइ दिए है ! पैसा र मानको अभिमानले आमाको आँसुको अपमान गर्‍यो भने समयले नराम्रो दण्ड दिन्छ ।' म बिहान झिसमिसेमा ओरालो लागेँ । असी बर्षो बूढा आँखाले आफ्ना अगाडीका मास्टर नानीलाई ठम्याउन सकेनन । कठै बूढी आमा कहाँ हिजोको भूमिगत मास्टर, कहाँको आजको ठूलो पार्टीको बिशिष्ठ नेता तथा सांसद ! मलाई शहीदकी आमाको वेदनाले र सहयात्री लुरेको सम्झनाले पोलिरहृयो, बिझाइरहृयो निरन्तर निरन्तर।
(यो लघुकथा "शहिदले बिर्सेको गाउँ" लघुकथा सङ्ग्रह बाट साभार गरिएको हो ।)

मोटो शरीर भएका एक जना मित्र मुटुरोग विशेषज्ञ छन् । उनी आफ्ना बिरामीलगायत सबैलाई मोटोपन घटाउन र व्यायाम गर्न सल्लाह दिन्छन् । तर उनको आफ्नै पेटचाहिँ भ्यात्त अगाडि आएको छ । उनी त्यो पेटलाई समय-समयमा मायाले मुसारिरहन्छन् । उनको कमर ँकमरा’ अर्थात् कोठाजस्तै बन्न पुगेको छ । उनलाई मोटोपनको कारणले ४ तला भर्‍याङ चढ्नसमेत स्याँ-स्याँ हुन्छ । अरुलाई कम खाऊ र तौल घटाऊ भन्ने ती डाक्टर आफूचाहिँ मजासँग तारेको मासु, तेल-मसलाले लदबद भएको तरकारी, घिउ हालेको भातजस्ता मोटोपन बढाउने खाना नखाए त खाएको स्वादै आउँदैन भन्छन् । अरुलाई उपदेश दिन धेरै सजिलो हुन्छ । किताबमा पढेर मोटोपन कसरी घटाउने भन्ने सल्लाह दिन पनि गाह्रो हुँदैन । जब तौल घटाउने कुरा व्यवहारमा लागू गर्नुपर्छ तब साँच्ची नै गाह्रो हुन्छ । एकातिर ग्रामीण क्षेत्रमा खान कम भएर र शारीरिक कामको बोझले थुप्रै व्यक्ति कुपोषणको सिकार भएका छन् भने अर्कातिर खासगरी सहरी क्षेत्रमा बस्ने सुविधाभोगीहरुमा व्यायामको कमी, गुलियो-चिल्लो, पाकेटबन्द खानाको बढी प्रयोगले मोटोपनको समस्या देखिन थालेको छ । नेपाल हालसम्म मोटोपनले ठूलो समस्याको रुप लिएको नदेखिए पनि केही वर्षछि यो ठूलो समस्याको विषय बन्ने देखिएको छ । अहिले नै सहरी क्षेत्रमा उच्च रक्तचाप, मुटुरोग, मधुमेह, विभिन्न किसिमका बाथका समस्याले ग्रस्त भएका रोगीहरुको संख्या बढ्दो छ ।व्यापारी, इन्जिनियर, राजनीतिक जुनसुकै क्षेत्रका मानिसमा पनि अहिले मोटोपनको समस्या देखिन थालेको छ । सचेत वर्ग भएर पनि उनीहरुलाई शरीर किन मोटो बनाएको भनी र्सवसाधारणले पनि प्रश्न गर्छन् । आफू मोटो भए पनि केही डाक्टरले अरु रोगीलाई सुझाव दिन्छन् । त्यो बेला रोगीले डाक्टरको बडेमानको भुँडी देखेर पक्कै पनि मनमनमा भन्छन्- ँमलाई सुझाव दिनेले आफूले तौल घटाउन किन नसकेको होला -’ For More Information Click Here

7:12:00 am

प्रियाको सम्झना

सामग्री प्रस्तुति Ram Prasad Panta

लेखक -तीर्थराज वाग्ले
हिमाली काख, कलिलो घाम, बतासे डांडामा,
सुसेली हाल्दै, बजाई पात, नपर्खे सांझमा,
दूर छु म त, नगर दुर, यो साल आउन्न,
मायाले ति म्रै, सताए पनि, फर्कन पाउन्न ।।
सोच्दछु गम्छु, प्रेयसी तिमी, अधीर कतिछौ,
प्रियले भुल्यो, भनेर कतै, बिलौना गर्दैछौ,
एकाग्र म छु, सोच्दिन अरु, तिमी नै मेरी हौ,
विश्वास गर, अटुट प्यार, दृष्टि मै तिमी छौ ।।
दशैं नि गयो, तिहार आयो, खुशी कि आएन ?
आफैमा दंग, स्वतन्त्र संग, कि यादै आएन ?
कलेज विदा, भएको होला, गाउं मै गई हौ ?
विदेशी हाल, शहरी चाल, कि सूर्ता मानी छौ ?
यो मुटु दुख्छ, त्यो भाका सुके, गायौ कि गाइनौ ?
किनेर लुगा, लगाई, मिठो, खायौ कि खाइनौ ?
बेखर्ची थिएं, पठाउं पैसा, के गरी चलायौ ?
विरह गरी, कि आफै अझै, उदेक बनायौ ?
मेरो त यस्तै, व्यस्तको व्यस्तै, फुर्सदै हुंदैन,
यादले तिम्रै, पिरल्छ संधै, न्रि्राले छुंदैन,
फोनमा बोल्ने, धोको ता थियो, यो बोली खुल्दैन,
जाग्राम बस्ने, जागिरे छु म, पढेको मिल्दैन ।।
एकान्त बास, तस्वीर साथ, उमेर गएछ,
कागजी भाषा, प्रेमको लिला, उपाय रहेछ,
नजर घुम्दा, क्यै हल्ला चल्ला, बल्झेला भावना,
आत्मामा गाढा, हर्पल प्रिया, तिम्रै छ सम्झना ।।

7:11:00 am

आज छठ पर्व भव्यतापुर्वक मनाईंदै

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौ १९ कात्तिक । तराईवासी नेपालीको महान् चाड छठ पर्व आज साँझ अस्ताउँदो सूर्य र भोलि बिहान उदाउँदो सूर्यलाई पूजाआजा र अघ्र्य दिई सम्पन्न गिरंदै छ । पारिवारिक सुख शान्ति कल्याण र रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पुरा होस् भनेर मनाइने छठ पर्वका अवसरमा तराईका नदी-तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौंमा बस्ने तराईवासीले विगत केही वर्षदेखि रानीपोखरी र वाग्मती नदी किनारमा भेला भई सो पर्व मनाउने गर्दै आएका छन् । सूर्य आराधनाको यस पर्वलाई ुछठु भन्ने चलन छ । चैत महिनाको शुक्लपक्षमा ुचैती छठु र कात्तिक महिनाको शुक्लपक्षमा ुकात्तिकी छठु मनाउने परम्परा रहे पनि कार्तिकी छठको महत्व ठूलो भएकाले धेरैजसो श्रद्धालुले कार्तिकी छठलाई महत्व दिने गर्छन् । यो पर्वलाई सूर्य षष्ठी स्कन्ध षष्ठी र छठी मइया पूजा पनि भन्ने गरिन्छ । उल्लासमय वातावरणमा मनाइने यस पर्वको पहिलो दिन व्रतालु नुहाएर चोखो भई आफंैले बनाएको सात्विक भोजन गर्ने गर्छन् । ुखरनाु भनिने दोस्रो दिन दिनभर व्रतालु उपवास बसेर साँझको समयमा छठमाईको पूजा गरेपछि ुखरनाुको प्रसाद आफ्ना परिवारलाई दिने र आफूले पनि प्रसाद खाने गर्छन् । व्रतको तेस्रो दिन अर्थात् षष्ठी तिथिमा पवित्र जलाशयमा नुहाएर ठेकुवा पुरी चामलको पिठोको सख्खरसहितको लड्डु विभिन्न प्रकारका फलपुूल उखु नरिवल बेसारको बोट र मिष्ठान्नलाई बाँसले बनाइएको ढाकी नाङ्लो आदिमा राखेर नदी पोखरी नहर र जलाशयको छेउमा गएर अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गर्ने परम्परा छ ।छठ पूजाले आफ्ना परिवारलाई एक ठाउँमा भेला हुने अवसर प्रदान गर्छ । यस अवसरमा नयाँनयाँ वस्त्र धारण र चेलीबेटीलाई आमन्त्रण गरिन्छ ।राष्ट्रपति डा। रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले छठ पर्वका अवसरमा आज समस्त नेपाली दाजुभाइ तथा दिदी बहिनीलाई सुखसमृद्धि एवम् सुस्वास्थ्यको शुभकामना दिनुभएको छ । यो पर्व राष्ट्रिय एकता सहिष्णुता भ्रातृत्व एवम् सामाजिक सांस्कृतिक सद्भाव कायम गर्ने महत्वपूर्ण अवसर पनि हो भन्दै उहाँहरुले यो दिनले सबै देशवासीमा आत्मीयता आरोग्य र सद्भाव ल्याउन सकोस् भन्ने कामना गर्नुभएको छ । - मोहन चितवन

11:52:00 pm

मलेखुको माछा आहा .............. कति मीठो

सामग्री प्रस्तुति Ram Prasad Panta

मलेखुको होटलमा ग्राकको प्रतीछामा रहेका होटलका मान्छेहरु , यहाको माछाको प्रचार नेपाल भारी नै छ । माछा भनको मलेखुको माछा भन्ने सबैको अंतर भावनामा छ ।

आहा कस्तो मीठो होला यो माछा ........................... साथीहरु माछा भनेको ...............

5:08:00 am

बन्दुकको नालबाट निस्कने किताब !

सामग्री प्रस्तुति Ram Prasad Panta

ओशामा बिन लादेन केवल बन्दुक चलाउन मात्रै जान्छन भन्ने तपाईलाई लाग्छ भने छिट्टै त्यो गलत सिद्ध हुँदैछ । हो, त्यहि ओशामा बिन लादेन, जो १० मार्च १९५७मा रियादमा जन्मेका थिए अनी जसले सन १९७९ मा सिभिल ईन्जिनियरिङको पढाई सकेका थिए र हाल अमेरिका द्वारा संसारकै सबैभन्दा खतरनाक आतंककारी घोषित भएका छन। समाचारका अनुसार उनी आजकल किताब लेख्‍नमा व्यस्त छन । पहिले अरेबियन भाषामा लेखिने सो किताबको छिट्टै अंग्रेजी अनुवाद पनि निकालीने भएकोले हाल उनी एकजना मध्य पूर्विय युवकको सहयोगमा सो किताब पुरा गर्न लागेको खबर आएको छ । किताबको प्रकाशन पुर्व नै सो किताबका बारेमा चर्चा परिचर्चा सुरु भैसकेकोले यो किताब 'बेस्ट सेलर' भएमा कुनै अनौठो नमाने हुने अनुमान गरीएको छ । जसले जे सुकै भने पनि उनले किताब लेख्‍न थालेको खबर आएपछि उनका समर्थक मात्रै हैन उनका कट्टर बिरोधिहरु पनि सो किताबको अप्रतक्ष प्रतिक्षामा बस्न थालेका छन । मुख्य त सो किताबले ९-११ को अकल्पनिय आक्रमण, विश्‍वमा चलेको तेलको राजनीति र सबै देशमा बढ्दो अमेरिकि प्रभावको बारेमा पनि लादेनको प्रतक्ष र सनसनिखेज खुलासा गर्न सक्ने सम्भावना रहेकोले सो किताब हातै हात बिक्न सक्ने पनि अनुमान हुन थालेको छ । पाकिस्तानका केहि पत्र-पत्रीकाका अनुशार अल-कायदाको बिरोधमा आएका 'भ्रामक समाचारको' खण्डन गर्नु र आफ्नो किताबबाट आफ्नो बिचारको समर्थन खोज्नु नै सो किताबको मुल ध्येय रहने छ । अल-कायदाको संजाल विश्‍वका करिव पचास देशमा रहेको अनुमान गरीएको छ र यो संजालले आफ्ना समर्थक अन्य स-साना गुटहरुलाई पैसा, भौतिक अनी प्रबन्धनको सहयोग जुटाँउदै आएको छ । यदि अल-कायदाका प्रमुख मानिने लादेनको यो किताब साँच्चै 'बेस्ट सेलर' बन्यो भने सो बाट उठेको रकम फेरी यिनै संगठनका ध्वंसात्मक गतिबिधिमै जाने पनि करिव करिव तय नै छ । तर जे भए पनि किताब नै नपढिकन त्यसको बिरोध गर्ने पक्षमा भने म पनि छैन । (स्रोत: ईण्टरनेट र विभीन्न पत्र-पत्रीका)

5:04:00 am

बान की मुनको सन्देश

सामग्री प्रस्तुति Ram Prasad Panta

संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनको नेपाल यात्रा छोटै अवधिको भए पनि ऐतिहासिक महत्त्वको बन्न पुगेको छ । उनी नेपाल यात्रा गर्ने पाँचौं राष्ट्रसंघीय महासचिव मात्र होइन, बौद्ध संस्कृतिमा गहिरो आस्था राख्ने तत्कालीन महासचिव उ-थान्तपछिका दोस्रा व्यक्तित्वसमेत हुन् । यति मात्र पनि होइन, संक्रमणबाट गुजि्ररहेको नवोदित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थायी शान्तिप्रक्रियाका अत्यन्त महत्त्वपूर्ण सहयोगी पनि हुन् बान की मुन । विश्व संस्थाको सर्वोच्च पदाधिकारीका रूपमा उनको भ्रमणले नेपालको शान्तिप्रक्रियालाई टंुगोमा पुर्‍याउन केही अहं महत्त्वका सन्देश पनि दिएको छ । नेपालका महत्त्वपूर्ण हस्तीहरूसँगको मुनको भेटघाटले उनीहरूको ँमुड’ बुझ्न, नियतको राम्ररी अध्ययन गर्न र थप सहयोगको खाका तयार गर्न अवश्य नै मद्दत पुग्नेछ । सर्वप्रथम त मुनले नेपाली जनतालाई शान्तिस्थापनामा हासिल गरेको उपलब्धिका लागि बधाई दिए र सन् ०१५ सम्म सहस्राब्दी लक्ष्य पूरा गर्नमा जोड दिए । शिक्षा, स्वास्थ्य, लैंगिक समता, गरिबी उन्मूलन, सामाजिक र राजनीतिक समावेशीकरणजस्ता परिसूचकमा जोड दिइएको सहस्राब्दी लक्ष्य द्वन्द्व समाधानका निम्ति सर्वाधिक महत्त्वपूर्ण परिसूचकका आधार हुन सक्छन् भन्ने स्थापित मान्यताको एक पक्षराष्ट्र हो नेपाल । र, यतिबेला जब नेपाल संविधान निर्माणप्रक्रियामा अघि बढ्ने क्रममा छ, माओवादी नेतृत्वमा सरकार बनेको छ, र सरकारबाहिर प्रतिपक्षका रूपमा बसेर एक महत्त्वपूर्ण दल नेपाली कांगे्रसले शान्तिप्रक्रियामा ँहलो अड्काइरहेको’ अनुभव गरिँदै छ, महासचिवको आग्रहपूर्ण सन्देशले सबैलाई एक ठाउँमा आउन अभिप्रेरित गर्छ । दोस्रो, मुनले प्रधानमन्त्री प्रचण्डको न्युयोर्क भ्रमण तथा भेटघाटको स्मरण गर्दै प्रचण्डले शान्तिस्थापनामा नेपाललाई विश्वकै नमुना राष्ट्रका रूपमा खडा गर्न चाहेको उल्लेख गरी सो ँआश्चर्यजनक लक्ष्य’ प्राप्त गर्न प्रधानमन्त्रीसमक्ष सबैलाई एक ठाउँमा ल्याउन आग्रह गर्नुभएको छ । यसबाट नेपालको शान्तियात्रामा प्रचण्डले निर्वाह गरेकोे भूमिकालाई उनले खास महत्त्व दिएको र तदनुकूल आशा गरेको बुझन्िछ । रष्ट्रसंघ महासचिवले जारी शान्तिप्रक्रियामा माओवादी लडाकूहरूको समायोजन र पुनस्र्थापन कार्यलाई विशेष महत्त्व दिँदै सो काम नभएसम्म शान्तिप्रक्रिया पूरा नहुने बताएका छन् । यस अवधारणाले यस्तो महत्त्वपूर्ण मुद्दामा अल्मलिएको नेपाली राजनीतिलाई एकप्रकारले तरंगित पारेको हुनुपर्छ । उनले नेपाली कांग्रेसका सभापतिसँग पनि यी विषय उठाएको अनुमान गर्न कठिन छैन । नेपाली कांग्रेस अहिले सरकारले गठन गरेको तद्विषयक समितिमा सहभागी हुन मानिरहेको छैन र केही प्राविधिक कुरामा असहमति जनाइरहेको छ । सारतः यसैले महासचिवले सरकारलाई नेपाली कांग्रेसको सहभागिता सुनिश्चित गर्न तथा अन्य दलको अभिमत लिनसमेत आग्रह गरेका हुन् भन्न सकिन्छ । तेस्रो, महासचिव मुनले कंगोको द्वन्द्वमा नेपाली सेनाका एक मेजरकोे वीरतापूर्ण उत्सर्गघटना स्मरण गरेर नेपालले अन्तर्राष्ट्रिय शान्ति मिसनमा निर्वाह गरेको भूमिकाको हार्दिक प्रशंसा गरी नेपाली जनताले त्यसैगरी नेपालको शान्तिप्रक्रियामा उत्सर्ग गर्नसक्ने आशय व्यक्त गरे । यसबाट महासचिवले नेपालका दल र जनतामाथि ठूलो भरोसा राखेको स्पष्ट हुन्छ । महासचिवले नेपाली राजनीतिक नेतृत्व र जनताप्रति देखाएको भरोसालाई दृष्टिगत गरी वर्तमान जडताको उपयुक्त निकास खोज्नुपर्ने र उच्चतम राजनीतिक सुझबुझ देखाउनुपर्ने बेला आएको छ । अब पनि कांग्रेसले माओवादीलाई पुरानै दृष्टिले हेर्न मिल्दैन, किनकि उसले अन्तर्राष्ट्रिय मञ्चबाट मान्यता पाइसकेको छ- संरासं महासचिवको नेपालभ्रमणले यही सन्देश दिएको छ ।

4:29:00 am

राजेन्द्रको पुनरागमन

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडाै/ राजेन्द्र भण्डारी नेपाली एथ्लेटिक्स क्षेत्रमा नौलो नाम होइन । मध्यम दूरीका दौडमा विशेष क्षमता प्रदर्शन गर्दै नेपाली खेलजगतमा एकछत्र राज गरेका भण्डारीले दुई वर्षअघि श्रीलंकामा सम्पन्न दसौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिबन्धित शक्तिबर्द्धक औषधि प्रयोग गरी दौडेको प्रमाणित भयो । र, उनीमाथि दुई वर्षको प्रतिबन्ध लाग्यो । गत महिनामात्र उनीमाथि लागेको दुई वर्षको प्रतिबन्ध फुकुवा भयो । प्रतिबन्धपछि उनले पहिलो सहभागिता म्याराथनमा जनाए । लामो दूरीको दौडमा पनि आफू सक्षम रहेको प्रमाणित गर्दै सहभागी ६८ मध्ये पहिलो भए । काठमाडौं एथ्लेटिक्स क्लबले आयोजनामा शनिबार सम्पन्न खुला अन्तर्राष्ट्रिय काठमाडौं म्याराथनको उपाधि जितेका हुन् नेपाल आर्मीका धावक राजेन्द्र भण्डारीले । दुई वर्षपछि पहिलो सहभागिताका रूपमा रहेको म्याराथन दौड २ घन्टा २२ मिनेट १८ सेकेन्डमा पूरा गरेपछि उनले पाँच हजार अमेरिकी डलर पुरस्कार पनि पाएका छन् । 'दुई वर्षको प्रतिबन्धपछि सहभागितामै उपाधि जित्दा खुसी लागेको छ,' पहिलो मध्यम दूरीका धावक रहेका भण्डारीले भने, 'अब म लामो दूरीमा केही गर्ने सोचमा छु ।' प्रतिबन्धित अवधि समाप्त हुनेक्रम अघि बढ्दै जाँदा धावक भण्डारीले उत्कृष्ट पुनरागमन नगरेसम्म एक्लै प्रशिक्षण लिने र रंगशाला पनि नजाने 'कसम' खाएका थिए । त्यसैले चार महिनाअघिदेखि एक्लै प्रशिक्षण सुरु गरेका थिए उनले । 'जबसम्म पुनरागमनलाई सुखद बनाउन्न, तबसम्म अरूसँग प्रशिक्षण नलिने सोचाइ बनाएको थिएँ,' भण्डारी भन्छन् । प्रतिबन्धित अवधिमध्येको ६ महिना पाँचखालमा -सैनिक प्रशिक्षण केन्द्र) प्रशिक्षण, अनि ६ महिना हाइटीमा शान्ति स्थापना गर्न खटिए । 'त्यसपछि केही महिना घरपरिवारलाई दिइयो र पछिल्लो चार महिना प्रशिक्षणमा बिताइयो,' म्याराथनको तयारी धेरै नगरेको जानकारी दिन्छन् उनी । 'जित्छु भन्ने आत्मविश्वास कता-कता थियो, सधैं दौडिरहेका साथीहरूसँग दौडदै छु भन्ने सोच्दा बिहान डर पनि लागेको थियो,' उनी भन्छन्, 'तर पनि पार गरे स्वर्ण नत्र दुर्भाग्य भन्ने सोचेर दौडेँ ।' भण्डारीसँगै त्रिभुवन आर्मी क्लबका खेलाडी रहेका अर्जुनकुमार बस्नेतले दोस्रो स्थान हासिल गरे । उनले २ घन्टा २४ मिनेट ३४ सेकेन्डमा दूरी पूरा गरे । 'दौड सुरु गर्दा पहिलो हुन्छु भन्ने लागेको थियो,' ३३ वषर्ीय अर्जुन भन्छन्, 'तर भक्तपुरबाट अलि पछि परियो, तर पनि आप\mनै साथीले जित्दा खुसी लागेको छ ।' गत महिना रियल काठमाडौं अन्तर्राष्ट्रिय म्याराथनमा पनि दोस्रो भएका अर्जुनले यसपटक दोस्रो भएर तीन हजार अमेरिकी डलर पुरस्कार पाए । त्यसअघि, बेइजिङ ओलम्पिकमा समेत सहभागी भएका धावक बस्नेत आगामी महिना पोखरामा हुने म्याराथनमा पनि सहभागिता जनाउने तयारीमा छन् । लगातारको सहभागिताले पनि पहिलो हुन नसकेको उनी स्विर्काछन् । पहिलो र दोस्रो मात्र होइन आर्मीका सात धावक शीर्ष दसभित्र परे । जेसु एन्ड नेपालय, पmान्सको प्रायोजनमा भएको दौडमा सशस्त्र प्रहरीका अर्जुन ढकाल तेस्रो भए । ढकालले २ घन्टा २८ मिनेट २९ सेकेन्डमा दौड पूरा गरेका थिए । म्याराथनमा ६८ धावकले सहभागिता जनाएका थिए । सोही प्रतियोगिताअन्तर्गत स्कुलस्तरीय छात्र तथा छात्रा ५ किमि दौड पनि सम्पन्न भयो । जसअन्तर्गत छात्रातर्फ वासु मावि भक्तपुरकी सरिता बासी २१ मिनेट २९ सेकेन्डमा दौड पूरा गरी पहिलो भइन् । यसैगरी, शारदा उच्चमावि भक्तपुरकी सुमित्रा कोजु २१ मिटर ३९ सेकेन्डमा दौड पूरा गरी दोस्रो र वासु माविकै अनु तजले २१ मिनेट ५१ सेकेन्डमा दौड पूरा गरी तेस्रो भइन् । छात्रतर्फ ज्योतिदयका दीपक देशारले १६ मिनेट ३० सेकेन्डमा दौड पूरा गरी पहिलो भए । आदर्श आजाद भक्तपुरका सुरेन्द्र ग्वाचा १७ मिनेट ३० सेकेन्डमा दघूरी पार गरी तेस्रो र नालन्दा एकेडेमीका कृष्ण महर्जन १७ मिनेट ५४ सेेकेन्डमा दूरी पार गरी तेस्रो भए । विजेतालाई नेपालका लागि जापानका राजदूत ताजुओ मिजुनोले पुरस्कार वितरण गरे । यसैगरी, चौथोदेखि दसौं भएका खेलाडी र छात्रछात्रातर्फको विजेतालाई रिबोकद्वारा प्रायोजित खेलकुद सामग्री प्रदान गरियो । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव जीवनराम श्रेष्ठलगायतको उपस्थिति थियो ।

4:20:00 am

अब बिरूवाले पनि ब्लग लेख्छ रे

सामग्री प्रस्तुति Ram Prasad Panta

जापानमा बिरूवालाई आफ्ना भावना इन्टरनेट ब्लगमा लेख्न सिकाइएको छ । ४० सेन्टिमिटर लामो गमलामा रोपिएको बिरूवाले क्याफेमा बसेर आफ्नो भावनाको बारेमा नियमित रूपमा ब्लग लेखिरहेको छ । 'मोदिरी-सान' वा जापानी भाषामा हरियो नाम गरेको बिरूवालाई टोकियोको कामाकुरा क्याफेको काउन्टरमा राखिएको छ । यस बिरूवाले सेन्सरको सहयोगमा दैनिक रूपमा ब्लग लेखिरहेको छ । सेन्सरले इलेक्टि्रक सिङनलको मापन गर्छ । बिरूवाले लेखेको भावनालाई कम्युटर एलगोरिदमले जापानी भाषामा अनुवाद गर्छ । 'सुरुमा बिरूवाले कस्तो अनुभव गर्छ भन्नेमा हाम्रो रुचि थियो । हामीले नदेख्नेगरी उनीहरूले अभिव्यक्ति गरिरहेका छन्,' अनुसन्धानकर्ता सातोसी कुरिबायसीले भने । मादोरी-सानको मुटु आकारको पातको सतहमा इलेक्टि्रक संकेत दिइन्छ । यो उज्यालो र मानिसको छुवाइसँग निकै संवेदनशील रहन्छ । बिरूवासँग जोडिएको सेन्सरले बिरूवाको भावनाको मापन गर्छ । बिरूवाले अनुभव गरेका भावना क्याफेमा रहेको कम्युटरमा पठाइन्छ । बिरूवाले पठाएको संकेतलाई कम्युटरले एलगोरिथम्सको सहायताले जापानी भाषामा अनुवाद गर्छ । अनुदित शब्द आफसेआफ मिदोरिज ब्लगमा पोस्ट हुन्छन् । 'आज घमाइलो दिन थियो । मैले घाम ताप्ने धेरै मौका पाएँ । ....आज निकै रमाइलो भयो' गत साता मिदोरिज बिरूवाको ब्लगमा लेखिएको थियो । केही समयअगाडि मात्र मिदोरिजको ब्लगमा लेखिएको थियो 'आज निकै बादल लागेको दिन छ, आज निकै जाडो छ ।' आगामी दिनमा मिदोरिजका भावना अझ स्पष्ट रूपमा प्रतिबिम्बित हुने वैज्ञानिक कुरिबायासीले बताएका छन् । जापानमा मोबाइल फोनद्वारा ब्लग लेख्ने प्रचलन निकै बढेको छ । सन् २००७ मा जापानी भाषामा सबैभन्दा बढी ब्लग पोस्ट भएको टेक्नोक्र्याटिकले उल्लेख गरेको छ । दोस्रोमा अंग्रेजी र तेस्रोमा चाइनिज छन् । युनिभर्सिटी अफ अक्सफोर्ड र ओभिडोको एक अध्ययनअनुसार जापानमा विश्वमा गुणस्तरीय ब्रोडब्यान्ड इन्टरनेट कनेक्सन रहेको छ ।

11:43:00 pm

आतंककारी सुचीवाट नहटाउन

सामग्री प्रस्तुति Ram Prasad Panta

नेपाली जनसर्म्पर्क समिति अमेरिकाले प्रजातन्त्र, वहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, वाईसीएलको ज्यादती, लुटिएको सम्पत्ति फिर्ता लगायतमा माओवादी पार्टर्ीी पर्ूण्ा प्रतिवद्धता नदेखाउंदासम्म आतंककारी सुचीवाट नहटाउन अमेरिकी सरकारलाई दवाव दिने निर्ण्र्ाागरेको छ । मातृपार्टर्ीीेपाली काँग्रेसले माओवादी समक्ष विगतमा राखेका विभिन्न शर्तहरु पुरा गराउनका दवाव दिन लागिएको हो । माओवादीलाई अमेरिकी सरकारले एक्जुकेटिभ अर्डर अर्न्तगत आतंककारी सुचीमा राखेको छ । पार्टर्ीी अघि सारेका शर्तहरु पुरा नहुदांसम्म माओवादीमाथि लगाएको आतंककारीको सुची नहटाउन समितिले अमेरिकी सरकारको ध्यानाकर्षा गराउने निर्ण्र्ाापनि गरेको छ । यसका लागि अमेरिकी सिनेटरहरुसँग भेटघाट, विरोध पर््रदशन र स्टेट डिपार्टमेन्टमार्फ् ज्ञापन पत्र बुझाइने जस्ता कार्यहरु गरिने समितिका अध्यक्ष आनन्द विष्टले वताउनु भयो । अन्य देशमा रहेका नेपाली जनसर्म्पर्क समितिहरुलाई पनि यो अभियानमा सहभागी हुन जनसर्म्पर्क समितिले अनुरोध गरेको छ । अमेरिकामा जनसर्म्पर्क समितिले जारी गरेको विज्ञप्तीमा शान्ति प्रक्रियाको आरम्भदेखि सरकार गठनका अवधिसम्म माओवादीका पक्षबाट पटकपटक सहमति विपरितका काम भईरहेका छन् । यस्तो अवस्थामा माओवादीलाई विश्वास गर्न सकिने स्थिति देखिदैंन । तर्सथ हामी हाम्रो मातृपार्टर्ीीेपाली काँग्रेसले विगतमा अघि सारेका प्रमुख सात शर्तहरुलाई पुरा गराउन माओवादीको ध्यानाकर्षा गराउँदछौं । आइतवार वसेको केन्द्रिय समितिको बैठकले माओवादीको नेतृत्वमा वर्तमान सरकार गठन हुनुअघि सरकारमा सामेल हुन नेपाली काँग्रेसले अघि सारेको शर्तलाई कार्यान्वयन गर्न माओवादीविरुद्ध दवाव सिर्जना गर्ने यस्तो निर्ण्र्ाागरेको हो । काँग्रेसले माओवादीसमक्ष प्रतिष्पर्धात्मक बहुदलीय संसदीय व्यवस्थाप्रतिको प्रतिवद्धता,मानव अधिकार र प्रेस स्वतन्त्रताबारे माओवादीको स्पष्ट अवधारणा, युद्धकालमा माओवादीले कब्जा गरेको सम्पर्ुण्ा सम्पति फिर्ता ,वाइसीएलको ज्यादती अन्त गर्नुपर्ने लगायतका प्रमुख शर्तहरु अघि सारेको थियो । यी शर्तहरुमा माओवादी सहमत हुन नसकेपछि काँग्रेस सरकारबाहिर रहेको र अहिले माओवादीको नेतृत्व तहवाटै संसदीय व्यवस्थाप्रति नकारात्मक टीप्पणी गर्न थालेपछि जनसर्म्पर्क समितिले यस्तो निर्ण्र्ाागरेको हो । माओवादीले सरकारी तहबाटै आफ्नो पार्टर्ीीथिको आतंककारी सुची हटाउन अमेरिका समक्ष अनुनय विनय गर्दै आएको छ । जनसर्म्पर्क समितिको यो पछिल्लो निर्ण्र्ाााई नेपाली काग्रेसले माओवादीलाई आफ्ना शर्तहरु पुरा गराउन कुटनीतिक रुपमा लविङ शुरु गर्न लागेको अर्थमा लिनु उपयुक्त हुने जनसर्म्पर्क समितिका पदाधिकारीहरुले बताएका छन् । समितिका सचिव गौतम दाहालका अनुसार अब यस्तो दवावमुलक कार्यलाई समितिका स्थानीय च्याप्टरहरुमार्फ पनि अघि बढाइनेछ र जनसर्म्पर्क समितिको आगामी महाधिवेशनको एक प्रमुख एजेण्डा मध्ये यो पनि एक हुनेछ ।

5:48:00 am

माओवादीले उग्रवादी कम्युनिष्ट आवरण फर्ेला

सामग्री प्रस्तुति Ram Prasad Panta

हि.दृ. संवाददाता
नेकपा एमाले र मधेसी जनाधिकार फोरमको र्समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड मुलुकको प्रधानमन्त्री बने पनि नयाँ सरकार चलाउन सजिलो छैन । अस्तव्यस्त मुलुकलाई सही राजनीतिक दिशा प्रदान गर्न र आम जनतालाई न्यूनतम राहत र सुरक्षाको ग्यारेन्टी गर्न नयाँ सरकारलाई फलामको चिउरा साबित हुनेछ । माओवादी नेतृत्वको सरकारको अन्तर्रर्ााट्रय जनाधार नभएको र अन्तर्रर्ााट्रय सहयोगबिना नेपालको राजनीति र अर्थनीति चल्न नसक्ने भएकाले माओवादी नेतृत्वले आफ्नो उग्रवादी कम्युनिष्ट आवरण फर्ेर्नुपर्ने देखिएको छ । लोकतान्त्रिक पद्धतिलाई पर्ूण्ारुपले आत्मसात नगरे अन्तर्रर्ााट्रय सहयोग र र्समर्थन पनि प्राप्त नहुने र आन्तरिक रुपमा पनि एक्लिने स्थिति रहेकाले नयाँ सरकार गठन गर्न पाएकोमा दंग पर्नुभन्दा निधार खुम्चयाएर सोच्नुपर्ने बेला आएको छ । राष्ट्रिय सहमतिको र्सवसम्मत सरकार बनाउनमा स्वयम् माओवादी अवरोध बनेकाले लोकतान्त्रिक विधि पुर्‍याएर प्रतिपक्षमा बस्ने नेपाली कांग्रेसले निर्ण्र्ाागरेको हो । प्रचण्डको नेतृत्ववाला नयाँ सरकारले लोकतान्त्रिक विधि अपनाउन सकेन र आ-आफ्नै पाराले चल्ने सोच बनायो भने मुलुक, लोकतन्त्र र स्वयम् माओवादी र उसका साझेदार दलहरुका लागि दर्ुभाग्य हुनेछ । माओवादीले सबैलाई धोका दिँदै आएको पृष्ठभूमिमा अहिले मन्त्रीको लोभमा होमिएका एमाले र फोरमलाई भोलि माओवादीले 'फुटबल' नबनाउलान् भन्न सकिन्न । माओवादीको स्पष्ट नीति र दृष्टिकोण लोकतन्त्रप्रति प्रतिबद्ध छैन । सत्तामा पुग्ने र सत्ता कब्जा गरिरहने मानसिकता बोकिरहेका माओवादीहरुले भोलि लोकतान्त्रिक ढंगले सरकार चलाएर मुलुकको लोकतान्त्रिक शासन व्यवस्थालाई संस्थागत गर्लान् भन्ने कुरामा धेरैलाई विश्वास छैन । यस स्थितिमा माओवादी नेतृत्वको सरकारले लोकतन्त्रको समग्र हित गर्न सक्ने आधार अत्यन्त कमजोर रहेको अहिलेको स्थितिमा नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर खबरदारी मात्र होइन, लोकतन्त्रको रक्षाका लागि सशक्त कदम चाल्नुपर्ने स्थिति आउने भएकाले कांग्रेस नेतृत्व आजैदेखि सचेत हुन जरुरी छ । नेपाली कांग्रेसले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन र सरकारमाथि अंकुश लगाउन सकेन भने माओवादीको उद्दण्डता अतिवाद अरु बढेर जानेछ । माओवादीले अहिलेसम्म विगतमा गरेका कुनै पनि सम्झौता अनुसार काम नगरेका, कब्जा गरेका घरजग्गा फिर्ता गर्नेदेखि विथापितलाई आ-आफ्नो घर र्फकन नदिइरहेको स्थितिमा माओवादी नेतृत्वको सरकारले तुरुन्त विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्दछ । सरकारमा सामेल एमाले र फोरमले माओवादी नेतृत्वलाई दबाव नदिने हो भने माओवादी नेता तथा कार्यकर्ताहरु झन् उग्र र हठी हुने खतरा त्यत्तिकै विद्यमान एकातिर छ भने अर्कातिर माओवादीले एमाले र फोरमलाई गलत ढंगले प्रयोग गरी अस्तित्व नै समाप्त पारिदिने सम्भावना पनि रहेको छ । यस्तो स्थितिमा माओवादीसितको सहकार्य र सहमति साझेदार दलहरुका लागि पनि गम्भीर चुनौतीको विषय बनेको छ । माओवादी नेतृत्व विश्वको समग्र राजनीतिक स्थितिलाई आत्मसात गरी लोकतान्त्रिक ढंगले सत्ता सञ्चालन गर्न नसकेको खण्डमा मुलुकका लागि अर्को विडम्बना हुनेछ - www.himaldristhi.com

5:11:00 am

मत येस्तै भयको छू है

सामग्री प्रस्तुति Ram Prasad Panta

२३सौ बसन्तहरु पार गर्दै गर्दाका दिनहरू येस्तै जादै छ, जिन्दिगीका उकोली अनि ओरालीहरुमा रमौले कोसिश्मा छू अनि दिनहरुको पर्खाईमा छू कतै गन्त्वय विनाको यात्राहरु चालिरहेको यो एक्लो यात्रीको गन्त्वयमा पो पुग्छकि ........ यात्रीकोको यात्रा जारी छ

4:59:00 am

जननेता निधन भएको रहस्योद्घाटन

सामग्री प्रस्तुति Ram Prasad Panta

आन्दोलनको मैदानबाटै बेपत्ता भएका भारतका चर्चित जननेता सुवासचन्द्र बसु (बोस) सन् १९८५ सम्म बाँचेर निधन भएको रहस्योद्घाटन हालै भएको छ। सशस्त्र युद्ध गरी अङ्गे्रजहरूलाई भारतबाट धपाउनुपर्छ भन्ने विचार राख्नुहुने सुवासचन्द्र बसुलाई भारतमै कडा वारेन्ट जारी गरिएको थियो। स्वतन्त्र भारतको लडाइँमा संलग्न एक स्वतन्त्रता सेनानीले सुवासचन्द्र बोसको १९८५ सेप्टेम्बर १६ को राति करिब पौने नौ बजेतिर हृदयाघातबाट निधन भएको बताएका छन्। अयोध्याप्रसाद गुप्ता नाम गरेका ८२ वर्षीय ती सेनानीले नेता बोसको अन्त्येष्टि फैजावादस्थित सरयू नदी किनारको गुप्तार घाटमा भएको पनि बताएका छन्। अयोध्याप्रसादका अनुसार अन्त्येष्टिमा जम्मा पाँचजना मानिस थिए र उक्त स्थानमा उहाँको समाधि पनि बनिसकेको छ। उहाँ साढे सात वर्ष भारतकै बस्ती जिल्लामा, अढाई वर्ष अयोध्यामा र तीन वर्ष फैजावादमा पनि बस्नुभएको थियो। 'नेताजी' नामले चर्चित सुवासचन्द्र बोस भूमिगत हुनुको एक मात्र कारण भारत स्वतन्त्र हुँदा बेलायतसँग गरिएको सम्झौता नै भएको उहाँको ती ८२ वर्षीय सहयोगीले उल्लेख गरेका छन्। त्यतिबेला भारतले बेलायतसँग सम्झौता गर्दा दुईवटा सर्त राखिएको थियो। जसमा एउटा भारत र पाकिस्तानको बाँडफाँड र अर्को नेता बोसको जिउँदो शरीर या लाश बेलायतलाई बुझाउनुपर्ने उल्लेख थियो। जुन सर्त सन् २००२ सम्म लागू हुन सक्थ्यो। उहाँको भूमिगत जीवनका बारेमा आफूले एउटा पुस्तक लेखेको र त्यसमा उहाँका दुर्लभ फोटोहरू रहेको अयोध्याप्रसाद गुप्ताले बताएका छन्। विगतमा सन्त महात्माको भेषमा कतै बसिरहेका छन् भन्ने अनुमान गरिएका बसु नेपालका प्रसिद्ध सन्त खप्तड स्वामी नै हुन् कि भनी अनुमान पनि गर्ने गरिएको थियो। साभार:- weeklynepal.com

3:36:00 am

भेटियो यतिको पईला !

सामग्री प्रस्तुति Ram Prasad Panta

यति र यु. एफ. ओ. दुईवटा यस्ता रहश्यहरु हुन जुन बेला- बेलामा मिडियामा आईरहन्छन, अनि यीनिहरुको अस्तित्वको वारेमा पनि सकारात्म र नकारात्मक दुवै खाले विचारहरु रहेका छन। एकथरि मानिसहरु यिनको अस्तित्वलाई ठाडै नकार्छन भने अर्काथरी बेला बेलामा यस्को अस्तित्वको प्रमाण फेला परेको बताउँछन ।यहि हप्ता संयोगबस यि दुबैको अस्तितवको वारेमा एकै चोटि ईण्टरनेट, कागजी छापा र बिद्युत्तीय समाचार माध्यमहरु भरिएका छन । यु. एफ. ओ. को बारमा आएको खबर यसपाला पनि 'ईतिहासको कथा' भएकोले यहा त्यसको चर्चा गरिने छैन । तर यति, जुन केवल नेपालको उच्च हिमाली भेगमा अझै रहेको विश्‍वास गरिन्छ, को वारेमा फेरि यौटा भर्खरै भएको अध्ययनले यतिको अस्तित्वको प्रमाण दिन कोशिस गरेको छ। ए! अरु त यता पो त

6:00:00 am

ईराकमा एक नेपालीको मृत्यू

सामग्री प्रस्तुति Ram Prasad Panta

- राम प्रसाद पन्त र जिवन पौडेल
ईराक स्थित बलाद बेस क्यम्पमा कार्यरत एक नेपालीको ११ अक्टोबरका दिन बेलुकी मृत्यू भएको छ । कुलाक कम्पनि अन्र्तगत रहेर केबिआर कम्पनीको सुरक्षागार्डमा कार्यरत इलाम घर भई ´ापाको विर्तामोडमा बसोबास गर्दै आउनु भएको मोहन प्रसाद शर्माको ह्दयघात भई निधन भएको हो उहाँ करिब ४१ वर्षको हुनुहुन्थ्यो । २ वर्ष अगाडि पैसा कमाउने र आफ्नो सन्तानसँग सुखिमय जिन्दगी बिताउने आशामा बैदेशिक रोजगारका लागि ईराकको युद्ध भुमिमा आउनु भएको थियो । दशैको खुशीयालीमा रमाईरहेको बेसका नेपालीहरुलाई अकस्मात उहाँको निधन भएको खबरले मर्माहित र स्तब्ध तुल्याएको थियो । उहाँको पाथ्ार्िक शरीरलाई नेपाल पठाउने प्रकि्रया अगाडि बदाएको जानकारी कम्पनीका सम्बन्धित व्यक्तिले दिनु भयो । पार्थिक शरीरलाई अक्टोबर १४ तारिकका दिन ईराकबाट कुवेत पठाई सकेको र त्यहाँबाट नेपाल पुर् याएर सम्बन्धित परिवारलाई जिम्मा लगाउने स्रोतले जानकारी गरायो । उहाँलाई क्षतिपूर्ति स्वरुप प्ररम्भिक चरणमा ६ महिना बराबरको उहाँको पारिश्रमिक र सुरक्षागार्डमा कार्यरत सहकर्मीबाट कम्पनिमा कार्यरत नेपाली दाजुभाईबाट सहयोग उपलब्ध गराउने भन्ने प्रारम्भिक छलफल भईरहेको स्रोतले जानकारी गराएको छ । तर यसको बारेमा भने विस्तृत जानकारीे आउन बाँकी नै छ । उहाँको निधनमा बेसमा कार्यरत नेपालीहरुले अक्टोबर १४ तारिक बेलुकी श्रद्धााजली कार्यक्रमको आयोजना गरि आफ्नो सहकर्मी प्रति भावपूर्ण श्रद्धााजली अर्पण गरेका छन् । उहाँको चिर शान्तिको कामना सहित परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति भागवानले प्रदान गरुन् हामी सबै यहि कामना गर्दछौं । प्राप्त जानकारी अनुसार उहाँको घरमा १ श्रीमती करिब २ वर्षका छोरा र १२ बर्षकी छोरी हुनुहुन्छ ।

6:40:00 am

लुक्ला त्रासदी जसरी देखियो

सामग्री प्रस्तुति Ram Prasad Panta

लुक्ला, जर्मनीका प्रवासी नेपाली र जर्मन नागरिकको सहयोगमा जीर्णोद्धार 'लुक्ला क्याम्गुन गुम्बा' घुमफिर सकेर नवमीका दिन राजधानी र्फकन मंगलबार बिहानै हामी जहाजको प्रतीक्षामा थियौं ।सहयोग जुटाउने आप्रवासी राम थापा र गुम्बास“ग आबद्ध पर्यटन व्यवसायी पासाङ शर्ेपाले सहकर्मी विजयबाबु खत्री, गायिका आनी छोइङ डोल्मा र मलाई गुम्बा हर्ेन निम्त्याएका थिए । अष्टमीका दिन हामी सगरमाथा प्रवेशद्वार लुक्ला बजार पुगेका थियौं । अग्नि एयरको दोहोरो टिकटमा गएको समूहमध्ये मबाहेक अन्यको पहिलो फ्लाइटको टिकट थियो । छिनछिनमै मौसम बदली भइरहने र लुक्लामा जहाज धेरै बेर नरोकिने भएकाले होटल हिमालयका सञ्चालक दावा शर्ेपा र उनको परिवारका अन्य सदस्यले पहिलो टोलीलाई खादा पहिर्‍याएर बिदाइ गरे । आप्रवासी थापा, गायिका आनी, सहकर्मी खत्री हतारिंदै जहाज चढ्ने तर्खरमा तेन्जिङ हिलारी विमानस्थल पुगे । यतीको एउटा जहाज यात्रु छाडेर फर्किसकेको थियो भने अग्निको जहाज इन्जिन बन्द नगरी यात्रु ओराल्दै थियो । अत्यधिक चिसो पानीका कारण मुख नधोई होटलको आ“गनबाटै विमानस्थलमा आउ“दै/जा“दै गरेका जहाजको फोटो र भिडियो रर्ेकर्ड गरिरहेको थिए“ । साढे सात बज्दै थियो । मौसम ब्रि्रने र सफा हुने क्रम जारी भइरहेका बेला लुक्लापारि डा“डामा सानो खेलौना आकारमा एउटा जहाज आइरहेको देखियो । कुन एयरलाइन्सको हो, ठम्याउन मुस्किल भयो । म त्यसलाई पनि कैद गर्ने तर्खरमा थिए“ । धावनमार्गमा पुगेपछि भिडियो खिच्ने योजना मनमा सा“चिरहेका बेला तल दूधकोसीबाट आएको हुस्सुले वारिपारि डा“डा ढाक्यो । पारि आउ“दै गरेको जहाज देखिएन । 'गड्याङ्ग' कतै पहिरो गएझैं आवाज सुनियो । विमानस्थल छेउमै सेतो हुस्सुको बीचबाट एकाएक कालो मुस्लो र आगोको राप दन्किन थाल्यो । ........ Read More .........

6:32:00 am

अर्काको छोरो - krishna Adhakari

सामग्री प्रस्तुति Ram Prasad Panta

- कृष्ण Adhikari
अरू कुमारी केटीहरू सपनामा आफ़्नो राजकुमार खोज्छन् रे तर मैले त्यस्तो सपना कहिल्यै देखिनँ । जस्तो पर्छ त्यस्तै टर्छ भन्ने लाग्थ्यो । एउटा जिन्दगी हो भोगौँला भन्ने हिम्मत थियो तर अरूले सपनामा खोज्ने राजकुमार मैले विपनामा नै पाएँ । रोहणले मलाई दिएको माया म यहाँ वर्णन गर्न सक्तिन । बेलैमा छोराछोरी हुर्काउने हो भने त्यसपछिको जवानी सुन्दर हुन्छ रे, हामी पनि त्यतापट्टी सोच्ने हो कि ? एक दिन रोहणले प्रस्ताव ल्याए । मैले स्वीकार गरेँ । हाम्रो त्यो सहमतिमा जन्मेको छोरो आज राम्रो स्कुलमा बोडर्स छ । गत असारदेखि दस वर्ष लागेको छ । त्यसपछि दोस्रो सन्तानका लागि हामीले सोच्तै सोचेनौ ।एक दिन रोहण अन्यमनस्क हुँदै अफिसबाट आए र थचक्क सोफामा बसे । मैले आजसम्म उनलाई यस्तो थकित र गलित कहिल्यै देखेको थिइन । छेउमा गएँ निधार छामे, सुमसुम्याए र सोधेँ- के भयो मेरो राजा आज तिमीलाई ? उनले मेरो कम्मरमा हात बेरेर कुममा चिउँडो टेकाउँदै भने हेर न मलाई जस्तो अवसर अरू कसैलाई आए थाप्लो ठोकी ठोकी हामफाल्दै जाने थिए । मेरो अफिसलाई अमेरिका जाने एउटा कोटा आएको छ । मेरो बाहेक अरूको योग्यता पुग्दैन । पढ्न पनि पाइन्छ, तलब पनि डलरको भाउमा । हाकिमले जाऊ भन्छ तर तिमीलाई छोडेर मलाई जान पटक्कै मन छैन । म छाँगाबाट खसे जत्तिकै भए । रोहण नभएको दिन मैले सपनामा पनि देखेकी छैन । ऊ नभएको रातको कल्पना पनि गरेको छैन । म चिच्याउँदै भन्न चाहहन्थ्यो, तिमी मलाई एक्लै छोडेर जाने कुरै नगर । फेरि विचार गरें "भाग्यले दिने कर्मले ठेल्ने" भन्छन् । मैले त्यसरी अड्डी लिदा हाम्रो ठूलै अवसर पो गुम्ने हो कि ? म गहभरि आँसु जमाएर चुप लागें । रोहणको मुखबाट पनि एक वाक्य फुटेन । हामी च्याप्प अँगालोमा कसिएर सुत्यौ र अनिदै आँखा लिएर बिहान उठ्यौ ।एक कान दुई कान मैदान भयो रोहणलाई अमेरिका जाने अवसर आएको कुरा । रोहण जान मन गर्दैन रे भन्ने हल्ला पनि खडेरीको भष्मे सल्किए जस्तो सल्किसकेछ । आफन्तहरू, नाता गोताहरू घरमा भेला भएर सम्झाउन थाले बाबै समय आउँछ पर्खिंदै । अब त छोरो पनि स्कुल जाने भैसक्यो । लाजवन्ती छोरो पढाउँछिन् घर थामेर बस्छिन्, केही वर्षको कुरा हो । त्यसपछि तिमीहरूलाई सुखै सुख । रोहणको बारेमा गाउँभरि टीका टिप्पणी सुरु भए, स्वास्नी छोड्न नसक्ने लाछी । कसै कसैले त सुँगुरलाई स्वर्ग जान्छस् भनेजस्तै हो रोहणलाई अमेरिका जा भन्नुसम्म भने । उता अफिसमा, हाम्रो कार्यालयको प्रतिष्ठाको कुरा हो तिमीले नाइँ भन्न मिल्दैन भनेर हाकिमले दबाब दिइरहेका थिए । यी चौतर्फी राप र तापबाट म पनि गलिसकेकी थिएँ । बाकी यता छ है

4:33:00 am

बलादमा नेपालीहरुलॆ धुमधामसँग दशै मनाए

सामग्री प्रस्तुति Ram Prasad Panta

- राम प्रसाद पन्त र जिवन पौडेल
हिन्दूहरुको महान् चाड बडादशैको महत्वपुर्ण मानिने टिकाको दिन इराकको बलादस्थित कुलाक कम्पनी र पिपिआईमा रहेका नेपाली दाजुभाइ अनि दिदीबहिनीहरुले आपुनो घरपरिवारलाई सम्झिदै धुमधाम सँग दशै मनाए । नेपालीहरु विश्वको कुनै पनि ठाँऊमा जे-जस्तो अवस्थामा रहेपनि उनिहरुले आफ्नो भाषा धर्म र संस्कृति अनि रितिरिवाजलाई भुलेका हुदैनन् भन्ने उदाहरण ईराकमा कार्यरत नेपालीहरुले पनि देखाएका छन् । विभिन्न क्षेत्रमा कार्यरत आफ्ना दाजुभाइहरु मिलेर उक्त कार्यक्रमको आयोजना गरीएको थियो । आफ्नो देश अथवा घरपरिवारबाट टाढा रहेपनि आफु भन्दा ठुला दाजुहरुबाट रातो टिका लगाउनेको पनि कार्यक्रममा ठुलो उपस्थिति रहेको थियो । त्यसै भिडमा केहि खाली निघारै भए पनि शुभकामनाहरु आदानप्रदान गर्नमा व्यस्त देखिन्थ्यो भने केहि संगतिको तालमा आफ्ना दुःखहरु विसर्िएर रमाउनमा नै व्यस्त देखिन्थ्यो । आफ्ना घर परिवार छोडेर पैसा कमाउने आशामा आएका नेपालीहरुले आपुनो परम्परालाई नबिसर्ी सबै नेपाली मिलि दशै मनाए । त्यस अवसरमा टिका कार्यक्रम तथा लोकगीतको नृत्य कायक्रमहरुको पनि आयोजना गरिएको थियो । करिब ७ः०० बाट शुरु भएको कार्यक्रम रातको ११ बजे सम्म चलेको थियो । त्यस अवसरमा दुवै कम्पनीमा कार्यरत नेपालीहरुको दुवै कायक्रममा ठूलो मात्रामा उपस्थिीत रहेको थियो । यसरी ईराकमा कार्यरत नेपालीहरुले एक आपसमा आफ्ना दूःख र पिडा विसर्िएर आफ्नो बडादशैंलाई यो वर्षको लागि विदा गरे । ईराकमा रहेका नेपालीले मनाएको बडादशै देख्नेहरु सबै आफु नेपालमा नै रहेको र आफ्नै घर-परिवारसँग मनाई रहेको अभास गर्दै थिए एक अर्कामा ।

विजय दशमी २०६५ को हार्दिक मंगलमय शुभकामना। शुभकामना ! शुभकामना
याद आयो भने आँखा बन्द नगर्नू, भेट भएन भने पनि दु:ख नमान्नू, हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन, तर मित्रताको ढोका भने किहले बन्द नगर्नू । बिजया दशमी २०६५को पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । यस पावन चाडले समस्त नेपालीहरुको घरआँगनमा सुख शान्ति छाओस् दहि,चामलको टिका होस् निधारमा, जमरा पाती अनी दुबोको चोखो फूल होस् कानमा सुख होस् परिवारमा, शान्ती होस् देशमा, दशैमा खुशी को बास होस् सत्रु शैतानको नाश होस्, हरेक परिक्षामा पास होस्, धन,दौलतको रास होस्, सबै परिवार ईस्टमित्रहरुको साथ होस्, दशमी टिकाको आशिक लाओस, दु:ख बिमार सबै टाढा जाओस, पुरा होस् तपाईंको सबै मनोकामना, यही छ मेरो तपाईंलाई विजय दशमी २०६५ को हार्दिक मंगलमय शुभकामना। शुभकामना ! शुभकामना बिजयादसमि तथा दिपावली को पावन अवसर मा समस्त मेरा आफ्न्त परिवार र मलाई चिन्ने सम्पूर्ण देस तथा बिदेस मा रहनु भयका मेरा साथी भाई दिदी बहिनी अनि दौतरी परिबारमा श्री नव दुर्गा माता को आसिर्बाद ले सदा सुखी अनि खुशी राखुन भनि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्चु। अनि हाम्रो देस मा सदा शान्ति फैलिरहोस् भन्ने कामना गर्दछु।

नेपाल आफै तरवारलाई कसरी हलोको फाली बनाएर प्रयोग गर्न सकिन्छ भन्ने कुराको उदाहरण बनेको छ अध्यक्ष महोदय सर्वप्रथम यस महासभाको अध्यक्ष पदमा निर्वाचित भएकोमा तपाइँलाई बधाई दिने अनुमति चाहन्छु र आश्वस्त पार्छु कि मेरो प्रतिनिधि मण्डलको तर्फबाट तपाइँका जिम्मेवारीहरु पूरा गर्न पूर्ण सहयोग रहने कुरामा आश्वस्त गर्न चाहन्छु । म संयुक्त राष्ट्र संघका महासचिवलाई संयुक्त राष्ट्र संघको नेपालको परिस्थितिसम्बन्धी सकारात्मक भूमिका र विस्तृत प्रतिवेदनका लागि धन्यवाद दिन चाहन्छु । अध्यक्ष महोदयसंसारको सबैभन्दा नयाँ गणतन्त्रको प्रथम प्रधानमन्त्रीको हैसियतले संयुक्त राष्ट्रसंघको यस अगस्ट महासभामा सम्बोधन गर्न पाउनु मेरो निम्ति पूर्णरुपमा ऐतिहासिक अवसर हो । यहाँ विश्वभरिका नेताहरुसमक्ष उिभंदा मैले म र मेरो पार्टीले गरेको लामो संघर्ष जुन सत्ताबाट बाहिर पारिएका शताब्दीयौंदेखि दबाइएका बिाचत गरिएका र सीमान्तकृत सर्वसाधारणको मुक्तिको एकमात्र उद्देश्यद्वारा साचालित थियो को बारेमा सोचिरहेको छु । मेरो देशका पहाड र उपत्यकामा रहेका मैदानी भाग र शहरी क्षेत्रमा रात दिन काम गरिरहेका महिला र पुरुष अझै पनि जीवनका सामान्य आवश्यकता पूरा गर्न सकिरहेका छैनन् र उनीहरु र उनीहरुको परिवारको लागि एक दिन बराबर अधिकार र अवसरहरुको प्रयोग गर्दै राष्ट्रको सम्मानित नागरिकको रुपमा बाँच्ने दिन आउने छ भन्ने आशा गरिरहेका छन् । हामी इतिहासको अत्यन्त महत्वपूर्ण ऐतिहासिक राजनीतिक परिर्वतनको मोडमा उभिएका छौं । र म र मेरो पार्टी सकारात्मक ऐतिहासिक परिवर्तनको नेतृत्वकर्ता भएकोमा गौरवान्वित छौं । आज म सुदूर पश्चिमको दलित केटाको आँखामा पूर्वका दबिएका आदिवासी जनजाति महिला घरविहीन थारु महिला भूमि विहीन मधेशी र पहाडका झुप्राहरुमा बसिरहेका किसानहरुको आँखामा चम्किरहेको आशा देखिरहेको छु । म उनीहरुलाई विश्वास र जिम्मेवारीका साथ दिगो शान्ति र समतामूलक प्रगतियुक्त नयाँ नेपालको यात्रामा लैजान चाहन्छु । .... READ MORE ....

12:36:00 am

पेट्रोल आविष्कारपछि मोटरसाइकलमा प्रयोग

सामग्री प्रस्तुति Ram Prasad Panta

- प्रदीप पाण्डेय
मुलुकमा पेट्रोलियम पदार्थ हाहाकार भइरहेकै बेला दाङका विद्यार्थीले पेट्रोलियम पदार्थ उत्पादन गरेका छन् । उनीहरूले सल्लाको खोटोबाट मट्टीतेल, डिजेल र पेट्रोल बनाई प्रयोगमा समेत ल्याएका छन् । यसअघि विभिन्न आविष्कार गरेका विशाल पुन, मार्शल रोका र हरि केसीले पछिल्लोपटक सल्लाको खोटोबाट पेट्रोलियम पदार्थ उत्पादन गरेका हुन् ।सल्लाको खोटो र पानीलाई तताई वाफबाट पेट्रोलियम पदार्थ उत्पादन गरेको विद्यार्थीले जानकारी दिए । उनीहरूले उत्पादन गरेको मट्टीतेलबाट स्टोभ र लालटिनसमेत बल्ने गरेका छन् । यसैगरी आगो बाल्दासमेत प्रयोगमा आइरहेको उनीहरूले बताए । उत्पादित डिजेल र पेट्रोलबाट सवारी साधन सहज रुपले चल्ने दाबी विद्यार्थीको छ । आविष्कार टोली प्रमुख विशाल पुन सल्लाको खोटो र पानीको वाफ दुवैलाई शुद्धीकरण गरे तेल उत्पादन हुने दाबी गर्छन् । उनले सोही प्रक्रियाबाट ग्याससमेत बनाउन सकिने बताए ।छोराले बनाएको मट्टीतेल आगो बाल्दा प्रयोग गरिरहेको बताउने मार्शल रोकाकी आमा हर्कमायाले कहिलेकाहीँ ग्यास अभाव टार्न स्टोभसमेत बाल्ने गरेको जनाइन् । उनले भनिन्, 'हामीले छोराहरूलाई सहयोग गरिरहेका छौं, सरकारले पनि सहयोग गरे उनीहरूको क्षमता सदुपयोग हुने थियो ।' हालसम्म विभिन्न आधा दर्जनभन्दा बढी नयाँ प्रविधि आविष्कार गरिसकेका विद्यार्थीले यसअघि डोजर, पेरिस्कोप, टेलिस्कोप, एएम ब्यान्ड, वाकीटकी, लेजरलगायत सामग्री आविष्कार गरिसकेका छन् । उनीहरूको आविष्कारप्रति कुनै पनि सरकारी निकाय र संघ-संस्थाको ध्यान जान सकेको छैन । हाल घोराहीस्थित भ्याली टप बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीले सबैको सहयोग पाए जिल्लामै प्रशस्त मात्रामा पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिने दाबी गर्छन् । मार्शल रोकाका अनुसार, उत्पादित हुने तेल सस्तो र गुणस्तरीयसमेत हुने गरेको छ । रोका भन्छन्, 'हामीलाई सरकारले सहयोग गरे दैनिक सयौं लिटर तेल जिल्लामै उत्पादन गरेर देखाइदिन्छौं ।' अर्का विद्यार्थी हरि केसी डाल्डा घ्यूबाट पेट्रोल उत्पादन गर्न सकिने भए पनि महँगो हुने बताउँछन् । उनले नेपालमा प्रशस्त सल्लाको खोटो पाइने भएकाले यसबाट सस्तो र गुणस्तरीय तेल उत्पादन गर्न सकिने बताए । उनले भने, 'हामीले ल्याब नै दर्ता गरी नयाँ-नयाँ आविष्कार गर्ने कार्यक्रम बनाएका छौं ।' उनीहरू भविष्यमा मानवयन्त्र रोबर्ट बनाउने तयारीमा छन् । विद्यार्थीको पेट्रोल आविष्कारपछि मोटरसाइकलमा राखेर प्रयोग गरेका स्थानीय वसन्त श्रेष्ठले मोटरसाइकल सहज रुपमा गुडेको बताउँछन् ।

4:53:00 am

कम्प्युटर जगतमा देखिएको प्रथम भाइरस

सामग्री प्रस्तुति Ram Prasad Panta

- मीनू थापा ( काठमांडू)
सन् १९८६ मा कम्प्युटर जगतमा प्रथम पटक भाइरस देखा परेको थियो । दिमाग अथवा ब्रेन नामाकरण गरिएको उक्त कम्प्युटर भाइरसले फ्लपी डिस्क मार्फत आफ्नो आक्रामक यात्रा तय गर्ने भएकोले त्यतिबेला उक्त भाइरसले जति तहल्का मच्चाएको थियो त्यति मात्रामा आफ्नो प्रभुत्व जमाउन भने असफल भएका थिए । बुट सेक्टर भाइरस भएकैले प्रभावित फ्लपि डिस्कमा लुकेर बस्ने र उक्त डिस्क अर्को कुनै पनि नयाँ कम्प्युटरमा राख्दा पनि त्यसले तत्कालै आफ्नो उपस्थिति जनाउने गर्दथ्यो । हाल लुप्त भैसकेको यो भाइरस पहिलो कम्प्युटर भइरस भएर पनि अहिलेका कम्प्युटर भाइरस जस्ता अति नै हानिकारक तथा विकार सिर्जना गर्ने खालको भने थिएन । सन् १९८६, जनवरीमा पहिलो पटक देखा परेको यो भाइरस पाकिस्तानको एउटा सफ्टवेयरको सुरक्षाको लागि निर्माण गरेको हुन सक्ने अनुमान गरिएता पनि अझै सम्म यसको उद्‌गम स्थलको बारेमा पूर्ण रुपले स्पष्ट हुन सकिएको छैन । सन् १९८४ मा अमेरिकी कम्प्युटर वैज्ञानिक फ्रेड कोहेन ले कम्प्युटरलाई गलत आदेश दिन सक्षम तत्वलाई कम्पुटर भाइरस नामाकरण गरेका थिए । यसको २ वर्ष नबित्दै सन् १९८६ मा यस ब्रेन भाइरसको निर्माण भएको थियो । इन्टरनेटको विकाससँगै हालसम्म यस्ता विभिन्न भाइरसहरुले आफ्नो गति अति नै तिब्र बनाएका छन् र आफ्नो प्रभावलाई शक्तिशाली तुल्याइएका छन् । जसका कारण भर्खरै चलाउँदै गरेको कम्प्युटरको अपरेटिङ सिस्टम नै पुन:प्रतिस्थापन गर्नुपर्ने गरी आफ्नो हानीकारक प्रभाव देखाउन पछि परेका छैनन् ।

12:36:00 am

किन घट्दैछन दुर्लभ बाघ

सामग्री प्रस्तुति Ram Prasad Panta

दुर्लभ वन्यजन्तु बाघको उचित वासस्थानको लागि विश्वमै ख्याति कमाएको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा नै बसे्रनि बाघको संख्या घट्दै गइरहेको छ । यो आरक्षमा बाघको संख्या यसरी बसे्रनि घट्दै जानुले विभिन्न शंका उपशंका उब्जाएको छ । वन्यजन्तुको संरक्षण गर्ने जिम्मेवारी पाएको वन्यजन्तु संरक्षण विभागका उच्च अधिकारीहरु नै यस आरक्षमा बाघको संख्या घट्दै जानुलाई आश्चर्य मानिरहेका छन् भने बाघको संख्या घट्दै गइरहेकामा उनीहरु धेरै चिन्तित देखिदैनन् नत बाघको संख्या घट्नुका कारणबारे नै खोजीनीति गर्न उनीहरु आवश्यक ठान्छन् । बाघको संख्या घट्दै गइरहेको विवरण गर्वकासाथ दिने वन्यजन्तु संरक्षण विभागका उच्च अधिकारीहरु बाघ घट्नुको कारण पहिचान गर्न पट्टि ध्यान दिन सकिरहेका छैनन । यसैकारण पनि उनीहरुको नियतमाथि विभिन्न प्रकारका शंका उपशंका स्वभाविक रुपमा उठ्न उठ्न थालॆको देखिन्छ । सन् २००७।०८ मा लिइएको गणनाअनुसार शुक्लाफाँटा वन्यजन्तु आरक्षमा मुस्किलले जम्मा पाँचवटा मात्रै बाघहरु फेला परेका छन् । जबकी सोही आरक्षमा २००१ म्ा मात्रै २३ वटा बाघ रहेका थिए । सात वर्षको अवधिमा मात्रै १८ वटा बाघ हराएका छन् । गणनालाई हेर्ने हो भने २००१।०२ मा १७ वटा २००२।०३ मा १८ वटा २००४।०५ मा १७ वटा बाघ रहेको सो आरक्षमा २००५। ०६ सम्म आउँदा नौवटामा झर्न पुग्यो भने सन् २००८ सम्ममा आउँदा त बाघको संख्या ह्वात्तै घटेर पाँचवटामा मात्रै सीमित हुन पुगेको देखिन्छ । यसरी बाघको संख्या ह्वात्तै घट्नुले प्रकृति र वन्यजन्तु संरक्षणविद्हरुमा चिन्ता र भय छाएको छ । नेपालमा यदि यस्तैक्रम रहिरहने हो भने बाघ प्ूर्णरुपमा विनासको चपेटामा पर्न सक्छ र बाघका तस्वीरहरु कागजमा मात्रै सीमित हुन्छन् । विभागकै एक उच्च अधिकारी भन्छन् ुबाघको चोरी सिकारी रोक्न नसकेमा नेपालबाट बाघहरु छिट्टै प्ूर्णरुपले लोप भएर जाने देखिन्छ ।ु नेपालमा बाघहरु शुक्लाफाँटालगायत चितवन राष्ट्रिय निकुाज र बर्दिया राष्ट्रिय निकुाजमा मात्रै रहेका छन् । गणनाले प्रस्टरुपमा देखाइसकेको छ की शुक्लाफाँटा त बाघ विनासको चपेटामा परिसकेको छ नै । विभागले शुक्लाफाँटामा बसे्रनि बाघको गणना गर्दै आएको भएता पनि अन्य दुई आरक्ष क्षेत्रमा विगत आठ वर्षदेखि नै गणना लिन सकेको छ्रैन् । संरक्षणविद्हरुले चितवन र बर्दिया राष्ट्रिय निकुाजमा पनि बाघको अवस्था शुक्लाकैजस्तो संकटग्रस्त अवस्थामा रहेको हुन सक्ने अनुमान गरेका छन् । वन्यजन्तु विभागका अनुसार सन् २००१ म्ाा चितवनमा झण्डै ६० र बर्दियामा झण्डै ३२ वटासम्म बाघ रहेका थिए । त्यसपछि ती आरक्ष क्षेत्रमा गणना नगरिएकाले हाल त्यहाँ बाघको संख्या कति छ भनेर भन्न नसकिने अवस्था छ । शुक्लाफाँटाको अवस्थालाइ हेर्ने हो भने चितवन र बर्दियामा पनि विगत सात वर्षको अवधिमा ७० प्रतिशतभन्दा बढी बाघको संख्या घटेको प्रस्टरुपमा अनुमान लगाउन सकिन्छ । जुन निकै दुःखद र चिन्त्ााको विषय हो । दुर्लभ मानिएको बाघ मात्रै नभएर दुर्लभ घडियाल र गैारी गाईको संख्या पनि दिनानुदिन घट्दै गइरहेको तथ्यांक वन्यजन्तु विभागसँग छ । अन्य पंक्षीहरुहको अवस्था पनि यस्तै छ । सरकारी निकाय नाम मात्रका विसं। २०२९ सालमा वन विभाग अन्तर्गत शाखाको रुपमा स्थापना भई राष्ट्रिय निकुाज तथा वन्यजन्तु संरक्षणको कार्य प्रारम्भ गरेको वन्यजन्तु विभागले २०३७ सालदेखि मात्रै विभागको रुपमा काम गर्दै आइरहेका छ । नेपालमा रहेका विभिन्न वनस्पति वन्यजन्तु भ्ूदृष्यहरुको संरक्षण सम्वद्र्धन तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको विभागअन्तर्गत हाल नौवटा राष्ट्रिय निकुाज तीनवटा वन्यजन्तु आरक्ष तीनवटा संरक्षण क्षेत्र तथा एउटा शिकार आरक्ष र ११ वटा मध्यवर्ति क्षेत्र रहेका छन् । विभागदेखि ती आरक्ष साचालन गर्न सयौ कर्मचारी कार्यरत छन् र उनीहरुले वार्षिक करोडौ रुपैयाँ खर्चने गर्छन तर पनि उपलब्धि श्ून्य जस्तै छ । वन्यजन्तुको संरक्षण गर्न उनीहरु प्ूर्णरुपले असफल नै बनिरहेका छन् । सरकारी लगानी बालुवामा पानी सरकारले विभाग अन्तर्गत करोडौ रकम छुट्याएको भएता पनि वन्यजन्तुको संरक्षण र सम्वद्र्धन हुन सकेको छैन् । दुर्लभ मानिएका बाघ गँैडा जस्ता वन्यजन्तुको संख्या बसे्रनि ह्वात्तै घट्दै जान थालेपछि तिनीहरुको संरक्षण गर्न सरकारले छुट्याएको रकम बालुवामा पानी खन्याएसरह बन्न पुगेको छ । सरकारी मोटो रकम खाएर काममा खटिएका कर्मचारी तस्करी रोक्न प्ूर्णरुपमा किन असफल भइरहेका छन् यो अर्को खोजीको विषय बन्न पुगेको छ । पुगेको छ । तस्करहरु सकि्रय विशेष गरि वेला वखत पक्राउ पर्ने बाघका छालाले पनि के पुष्टि गर्छ भने तस्करहरुको ठ्ूलै गिरोह बाघ तथा गैडा मार्ने कार्यमा सकि्रय छ । तस्करहरुले विभिन्न सम्बन्धसुत्रहरु राखी वाघको चोरी सिकारी गरिरहेका छन् । तर सुरक्षा निकाय र आरक्ष प्रशासन तस्करहरुलाई निस्तेज गर्ने कार्यमा असफल बन्दै आइरहेका छन् । तस्करको पहुँच मन्त्रालयसम्म रक्षक नै भक्षक हुनाले गर्दा विगतमा वन विनास हुनुको साथै वन्यजन्तुको तस्करी व्यापकरुपमा हुन पुगेको देखिन्छ । वास्तवमा स्थानीय स्तरका कर्मचारीदेखि उच्च तहका सरकारी कर्मचारीसम्म नै तस्करहरुको पहँुच रहदै आएको देखिन्छ । वन विभागका एक प्ूर्व महानिर्देशक भन्छन् ु एक दुईजना बाहेक अन्य कुनै पनि वन मन्त्रीहरु विगतमा इमान्दार देखिएनन् । २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि हालसम्म झण्डै एक दर्जन वन मन्त्री बनिसकेका छन् । ती मध्ये मुश्किलले मात्र दुई तीन जना मन्त्रीहरु इमान्दार देखिए । अरु सबै वन माफियाको चक्करमा फसे भ्रष्टाचारमा लिप्त हुन पुगे । ुविगतमा धेरै मन्त्रीसँग संगत गरिसकेका ती महानिर्देशकले भने । तर उनले मन्त्रीहरुको नाम भने भन्न चाहेनन् । तपाइँ आफै पत्ता लगाउनुहोला एक दुईजना बाहेक अरु कोही पनि गतिला भएनन् । त्यसैले पनि वन विनासको क्रम हवात्तै बढेर गएको उनको दाबी छ । उनको भनाइलाई विश्वास गर्ने हो भने प्रजातान्त्रिक शासन व्यवस्थाका मन्त्रीहरुमा इमान्दारिता र नैतिकताको अभाव रहेको देखियो । यद्यपि वर्तमान वनमन्त्री मातृका यादव भने वन विनास र वन्यजन्तुको चोरी सिकारी रोक्न अलि बढी नै मिहीनेतका साथ लागिपरेको देखिन्छन् । तर उनी पनि खासै सफल हुन सकिरहेका छैनन् । तस्करको जालो भारतसम्म नेपालमा वन्यजन्तुको तस्करी गर्ने तस्करको जालो भारत सम्म फैलिएको छ । भारतीय तस्करहरुको मिलीमतोमा नेपाली तस्करहरुले तस्करीलाई व्यापक पार्ने गरेका छन् । विशेषगरी भारतमा बाघ संरक्षित क्षेत्रमा पछिल्लो समयमा आएर बाघको अत्याधिक तस्करी भएर वाघ नै सिद्धिएको अवस्थामा त्यहाँका तस्करहरु बाघको खोजी गर्दै नेपाल आउने गरेका छन् र उनीहरुकै योजना र मिलेमतोमा नेपालमा हाल बाघको चोरी सिकारी व्यापकरुपमा बढदै जान थालेको बताइन्छ । राजनीतिक प्रतिवद्धताको खाचो अब वन र वन्यजन्तु संरक्षणको लागि दृढ राजनीतिक इच्छाशक्तिको आवश्यकता देखिएको छ । विशेष गरी सबै राजनीतिक दलले यसको संरक्षण र सम्बद्र्धनकालागि आ- आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएर सोही मुताविकको कार्य गर्नु पर्छ । पदको दुरुपयोग गर्दै वन विनास गर्ने तस्करलाइ जोगाउने धृष्टता कदापि पनि गर्नुहुदैन् । नेपाली सेनाको भुमिका विभिन्न आरक्ष क्षेत्रको सुरक्षाको जिम्मेवारी लिएर वसेको नेपाली सेनाले पनि अब आफ्नो भ्ूमिकालाई बदल्नै पर्ने भएको छ । सेना जस्तो महŒवप्ूर्ण र सशस्त्र पक्ष बस्दा पनि तस्करले कसरी वन्यजन्तुको तस्करी गर्न सक्छन् भन्ने प्रश्नको जवाफ सेनाले दिन सक्नुपर्छ । नत्र सेनाकै भ्ूमिकामाथि पनि शंका उत्पन्न हुन सक्छ । अनि कतिपय ठाउँमा वन्यजन्तुको तस्करीमा सेनाकै संलग्नता देखिनु निकै लाजमर्दो कुरा हो । यस प्रति आप्ुूलाई गौरवशाली इतिहास वोकेको दाबी गर्ने सेना सचेत र इमान्दार वन्नै पर्छ । दण्ड सजायको कडा कार्यान्वयन जरुरी गैडा बाघ हात्ती कस्तुरी मृग चितुवा गौरीगाई मार्ने घाइते बनाउने खरिद गर्ने बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा बाघको छाला बिक्री गर्ने्रलाई ५० हजारदेखि १ लाख रुपैंयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुबै सजाय हुने कानुनी प्रावधान छ । तर यसको कडाइका साथ पालना हुन नसक्दा पनि तस्करहरु प्रोत्साहित हुने गरेका छन् । अतः पक्राउ परकेा तस्करलाइ त्यसै सामान्य कार्वाही गरेर छोड्ने सरकारी प्रवृत्ति नै आत्मघाती छ । यदि वन्यजन्तुको उचित संरक्षण इमान्दारी प्ूर्वक गर्ने हो भने सो नियमको पालना कडाइका साथ गरिनुपर्छ ।
-सागर पण्डित ( राजधानी डेली )

1:29:00 am

क्रिकेटका महान् ब्याट्सम्यान ब्राडम्यान

सामग्री प्रस्तुति Ram Prasad Panta

डन ब्राडम्यानका रूपमा परिचित डोनाल्ड डन ब्राडम्यान विश्वकै महान् क्रिकेटरका रूपमा परिचित छन् । खेल्न छाडेको ६० वर्षसम्म पनि उनले बनाएको कीर्तिमान अरूले तोड्न सकेका छैनन् । आप\mनो समयमा असम्भव लाग्ने कीर्तिमान बनाउन सफल ब्राडम्यान विश्व क्रिकेटका महान् खेलाडीमा अग्रस्थानमा छन् । ९२ वर्षको उमेरमा सन् २००१ मा निधन भएका ब्राडम्यानले १९४८ मा इङ्ल्यान्डमा अन्तिम खेल खेलेका थिए । र, सन्यास लिनुअघि उनले कायम गरेको टेस्ट ब्याटिङ औसत ९९ दशमलव ९४ प्रतिशत छ । इङ्ल्यान्डविरुद्ध १९४८ मा खेलेको अन्तिम टेस्ट इनिङमा जब उनी आप\mनो औसत सय पुर्‍याउने क्रममा थिए, इरिक होलिएसले उनलाई डक आउट गरे । उक्त इनिङमा चार रन बनाएका भए उनको औसत सय पुग्ने थियो । 'ब्वाइ र्फम बोरल' का रूपमा परिचित ब्राडम्यानले कायम गरेका कीर्तिमान अझै पनि निराश भएका बखत अस्ट्रेलियाली युवाका लागि प्रेरणा बन्ने गरेको छ । मुलुकका उनै महान् खेलकुद नायक डन ब्राडम्यानको सयौं जन्मोत्सव अस्ट्रेलियालीले बुधबार भव्यताका साथ मनाए । क्रिकेटका निर्विवाद एकमात्र महान् खेलाडी ब्राडम्यानको जन्म २७ अगस्ट १९०८ मा न्यु साउथ वेल्समा भएको थियो । सानैदेखि क्रिकेटमा रुची राख्ने ब्राडम्यानले अभ्यासको आप\mनै शैली विकास गरेका थिए । बाल्य अवस्थामा गरेको अनौठो अभ्यास शैलीले उनलाई विश्वकै महान् ब्याट्सम्यान बनाउन मद्दत गरेको हो । पानी ट्यांकीका लागि घरछेउमा बनाएको पर्खालमा गल्फ बल ठोक्काउँदै उनी एक्लै अभ्यास गर्थे । सोही अभ्यासबाट उनले कठिनभन्दा कठिन बल पनि सहजै सामना गर्ने क्षमता विकास गरेका थिए । अप्ठ्यारो बलमा सहजै खेल्ने क्षमताका कारण हरेक तेस्रो इनिङमा शतक प्रहार गर्ने खेलाडीका रूपमा पनि उनी स्थापित भए । 'उनको नाम र उनले प्राप्त गरेको सफलता अन्य खेलाडीको पहुँचभन्दा धेरै टाढा छ । उनको समय र त्यसपछिका अन्य खेलाडीका लागि पनि,' रिक्की पोन्टिङ भन्छन्, 'उनको खेल्ने शैली हाम्रोभन्दा विल्कुल फरक थियो ।' केही सौखिन क्रिकेटप्रेमी उनले जोडेको चार रन भेटिएको दाबी गर्छन् । सो चार रन ब्राडम्यानको रन योगफलमा जोडे उनको खेल जीवनको औसत सय हुन जान्छ । 'अझै खेलिरहेको भए पनि उनको औसत विश्वका अन्य ब्याट्सम्यानभन्दा राम्रो नै हुन्थ्यो,' क्रिकेटर माइक हुसे भन्छन्, 'उनी सर्वकालीन महान् ब्याट्सम्यान हुन् र अझै पनि छन् ।' एक्लै अभ्यास गरिरहने ब्राडम्यानले १२ वर्षको उमेरमै स्कुलस्तरीय एक प्रतियोगितामा पहिलो शतक प्रहार गरेका थिए । विश्वमा हरेक खेलका कीर्तिमान बन्छन् र फेरि तोडिन्छन् । टेस्ट क्रिकेटको एक सय ३१ वर्षे इतिहासमा दुई हजार पाँच सय १९ ब्याट्सम्यान जन्मिए, तर ब्राडम्यान जहिले पनि भेट्न नसकिने क्रिकेटरका रूपमा रहेका छन् । उनको सफलता क्रिकेटमा मात्र होइन कुनै पनि खेलकै सर्वाधिक उपलब्धिमूलक मानिन्छ । विस्डनका अनुसार बलले खेल्ने कुनै पनि खेलमा ब्राडम्यान अग्रस्थानमा छन् । विश्वकै महान् खेलाडी मानिएका फुटबलर पेले पनि उनीभन्दा पछि रहेका छन् । उनले ब्याटिङ औसतमा मात्र नभई आप\mनो समयमा विभिन्न कीर्तिमान बनाएका थिए । तीमध्ये अझै पनि केही कीर्तिमान उनकै नाममा छ । २२ औं जन्मोत्सव मनाउनुअघि नै उनले धेरै कीर्तिमान बनाएका थिए । २० वर्षे खेल जीवनमा उनले एकै लयमा रन जोडिरहे । अस्ट्रेलियाका पूर्वकप्तान विल उडफुलको शब्दमा भन्नुपर्दा उनी टोलीका लागि तीन ब्याट्सम्यान बराबर थिए । कप्तान र प्रशासकका रूपमा जहिले पनि उनी आक्रामक र मनोरञ्जनात्मक क्रिकेटको पक्षमा रहे । जसका कारण उल्लेख्य संख्यामा दर्शक तान्न पनि उनी सफल भए । खेल जीवनबाट सन्न्यास लिएपछि पनि उनी प्रशासक, छनोटकर्ता र लेखकका रूपमा तीन दशकसम्म सक्रिय रहे । सन्न्यास लिएको ५० वर्षपछि पनि उनी अझै विश्वकै आइकन खेलाडीका रूपमा रहेका छन् । महान् खेलाडीको सम्मानमा अस्टे्रलियाले उनको तस्बिरअंकित हुलाक टिकट र सिक्का बनाउने गरेको छ । जीवित रहेकै अवस्थामा संग्रहालय बनाइएका उनी एकमात्र अस्ट्रेलियन हुन् । उनको स्मृति दिवसका अवसर पारेर २७ अगस्टमा रोयल अस्ट्रेलियन मिन्टले पाँच डलरको स्वर्ण मुद्रामा उनको तस्बिर कुँदेर सार्वजनिक गरेको छ ।
उच्च ब्याटिङ औसत- ९९।९४
उच्च शृंखला ब्याटिङ औसत -पाँच टेस्ट शृंखला) - २०१।५०
शतक कीर्तिमान - ८० इनिङमा २९ शतक -३६।२५ प्रतिशत औसतमा)
दोहोरो शतक - १२ वटा
शृंखलामा दोहोरो शतक- ३ वटा
एक दिनमा सर्वाधिक रन - ३०९ रन -सन् १९३०)
एकै प्रतिद्वन्द्वीविरुद्ध सर्वाधिक रन - इङ्ल्यान्डविरुद्ध ५,०२८
एक शृंखलामा सर्वाधिक रन - ९७४ रन -सन् १९३०)