स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

7:40:00 am
सामग्री प्रस्तुति Ram Prasad Panta

    नेपाल दोस्रो स्थानमा

माल्दिभ्सले भारतको नयाँ दिल्लीमा सञ्चालन भइरहेको साफ च्याम्पियनसिपको समूह ‘बी’ मा मंगलबार पहिलो स्थान हात पारेको छ । माल्दिभ्सले जवाहरलाल नेहरु स्टेडियममा भएको आफ्नो अन्तिम लिग खेलमा बंगलादेशलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थान हात पारेको छ । नेपाल भने दोस्रो स्थानमा रह्यो । Read More ...........

नेपाल बाहिरिने अवस्थामा

काठमाडौं, मंसिर २०- एसिसी ट्वान्टी-२० कपमा मंगलबार कुवेतसँग पाएको १ रनको सनसनी विजयको खुशी नेपालले ३ घन्टा भन्दा बढी मनाउन सकेन्।  Read More ................ 

  विवाह बाहिरको सम्बन्धको थप नतिजा

 लौन मेरो श्रीमानलाई के भयो-भयो । बान्ता भ'कोभा'कै छ, के खानु भो-भो, होस् नै छैन । जीउ पूरै छारे रोगमा झैं कामेको कामेइ छ । लौन छिटो हेरिदिनु न । छिटो...लौन छिटो... ।' करिब २ वर्ष जतिको बच्चा बोकेकी दिदी राति १० बजेतिर आत्तिँदै आकस्मिक कक्षभित्र छिरिन् । म जुरुक्क उठेँ र बाहिर ट्याक्सीमा रहेका उनका श्रीमानलाई भित्र ल्याउन दौडिएँ । समय खेर नफालिकन हामी दुई नर्स र एक डक्टर उनको उपचारका निम्ति जुट्यौं ।

'दाइले के खानुभएको हो ? कसले देख्यो ?' एकजना भाइले ठूलो स्वरमा बोले, 'दाइले विष खानुभएको ।'
'तुरुन्तै त्यो बट्टा लिएर आउनुस् ।'
ती भाइलाई घरतिर पठायौं र नाकबाट पाइप छिराएर पेट सफा गर्ने कोसिस गर्न थाल्यौं । उनको शरीर झट्का हानेझैं भएर कामिरहेको थियो । आँखा मास्तिर फर्किरहेका थिए, जसलाई कम गर्न नसाबाट औषधी दिइयो, तर काम गरेन । छातीमा लिड तार राखेर मुटुको चाल र काम हेर्ने इसिजी मोनिटर जोड्यौं र अक्सिजन सुरु गर्‍यौं । शरीरमा ९० प्रतिशतभन्दा माथि अक्सिजनको मात्रा हुनुपर्नेमा निकै तल झरेको मेसिनले देखायो ।
'डक्टर, अक्सिजन ४६ प्रतिशतमात्रै', म कराएँ । ( Read More .........)

खेल जित्नु छ भने गोल गर्नुपर्छ - रोबर्ट्स

 

  प्राविधिक रूपमा नेपाली खेलाडी दक्षिण एसियामै अब्बल मानिन्छन् । 'राम्रो खेल्छन्, तर जित्न जान्दैनन्,' राष्ट्रिय टिमबारे धेरैले भन्ने गरेका छन् । त्यसको पुस्ट्याइँ तथ्यांकले गर्छ ।

चौध वर्षअघि काठमाडौंबाट सुरु भएको साफ च्याम्पियनसिप नेपालले जित्न सकेको छैन । अहिलेसम्म फाइनलको स्वाद चाख्न पाएको छैन । सम्भव सात संस्करणमध्ये एकपल्ट -सन् १९९९) मात्र नेपाल अन्तिम चारमा पुगेको थियो । बाँकीreadmore

भक्तपुरमा बर्डफ्लु देखियो

 



भक्तपुर, मंसिर १३ - मध्यपुर ठिमी नगरपालिका–१६ लोकन्थली मनहरा खोला किनारमा चन्द्र बहादुर तामाङको फार्ममा रहेको कुखुरामा बर्डफ्लु देखिएको छ । केन्द्रीय पशु रोग अन्वेषण महाशखा त्रिपुरेश्वरले त्यहाँ बर्डफ्लु भेटिएको पुष्टी गरेको छ ।readmore

7:00:00 am

साहित्य

सामग्री प्रस्तुति Ram Prasad Panta

मैले देखेको सपना

  विगत पाँच वर्षदेखि म त्यो केटीको खोजीमा थिएँ। मेरी पूर्व प्रेमिका…..। नढाँटी भन्छु, म त्यसको हत्या गर्न चाहन्थेँ। मेरो जीवन त्यस्तो विलखबन्द यात्रा थियो जसको वरिपरि केवल भीर थियो र प्रतिगमनको म जन्मजात शत्रु थिएँ। म बारम्बार एउटै कुराले उत्पीडित थिएँ र त्यो मेरो जन्मसँगै अभिन्नरूपमा टाँसिएर आएको जातीय पीडा थियो। गरिवी त त्यसको अभिन्न अंग छँदै थियो। त्यसले मानौ व्यक्तित्व नै धारण गरेर मसाग दुश्मनी गरिरहेको थियो। प्रेममा, विश्वासमा, यात्रामा, मनोविज्ञानमा र जीवनका हरेक पाइलामा चुनौती दिइरहेको थियो र मलाई पराजित पनि गरिरहेको थियो। मेरा साथीहरू त प्रशस्त हुन्थे तर तिनको भीडमा म नितान्त एक्लो हुन्थेँ। त्यसैको फाइदा उठाएर त्यो डिप्रेसनकै पञ्जा फिँजाएर मेरो घाँटी निमोठिरहेको हुन्थ्यो। मलाई दिमागभित्रबाट बारम्बार कसैले आत्मघातका लागि उक्साइरहेझैँ लाग्थ्यो। त्यो मेरो कानमा एकोहोरो घन्टी बजाइरहेको हुन्थ्यो, मानौ म आफैँसँग भनिरहेको हुन्थेँ, मेरो जीवन हारेको जीवन हो। त्यसपछि मेरो किलकिले थिच्दै त्यो भन्थ्यो, तँ मेरो युद्धबन्दी होस्, यस कारण म तँलाई मनलागी यातना दिन्छु। म त्योसँग विद्रोह गरिरहेको हुन्थेँ र बारम्बार त्यसको बन्धनबाट मुक्त हुन छट्पटाइरहेको हुन्थेँ। अन्त्यमा, त्यो मेरो छातीमा एसएलआर तेर्स्याउँथ्यो र मारिदिने धम्की दिन्थ्यो। पछि थाहा हुन्थ्यो, त्यो त मेरो चिरप्रतिद्वन्द्वी उही जात नै हुन्थ्यो। डाक्टर देखाउने हैसियत हुँदो हो त आधुनिक चिकित्सा विज्ञानले मलाई सिजोफ्रेनिक वा यस्तै केही भनिदिनसक्थ्यो। हिमवत् खण्डको हाम्रो महान् समाजशास्त्रले बनाएको सिजोफ्रेनिक यो, एउटा नामी हास्यको विषय हुनसक्थ्यो। गरिवी मलाईreadmore

विचरा

कथाकार ः सुमन बगाले
मान्छे जुन दिन प्यारो हुन्छ त्यो दिन उ मरीसकेको हुन्छ । वाँचुन्जेल कसरी वाच्यो कुनै वास्था हुदैन जब उसको लाश कतै वेवारीसे देखेँ वा कुनै मुर्दा बोक्ने घारोमा लम्पसारीदा मात्र मान्छेको मुखबाट कठ्यै मान्छे मरेछ हेर त विचरा । त्यो दिन त्यो क्षणमात्र हो उ जसको नजरमा परेको छ त्यहि दिन बिचरा हुन्छ । जब म सात वर्षको थिएँ मेरी आमाले यो सँसार छोडीन । म साथमा नै थिए तर काहाबाट आएछन तिम्रा दुतहरु थाहै भएन बाबु पानी पानी भनेकी थिइन म त आफनै सुरमा भिमसेन थानमा चढाएको नेवारी कोदोको पानी ल्याएर थिए दिदैथिएँ एकछिनपछि त हलन चल पशुपति छेउको पिपलको मुडो लडेको झै डšरšग ढलिन । दुइदिन सम्म सँगै बसेँ उठ्छिन कि भनेर तर उठने त काहा हो काहा छन मलाइ नै गन्ध दिन थालिन मैले गुन्डा पारेर राखीदिए । सबै हेर्थे विचरा भनि मन अमिलो पार्थे । त्यसैले त भगवान मलाइ यो विचरा भन्ने शब्द नै मन पर्दैन । मेरी आमालाइ यो गति मा पुराउने पनि थिए होलान् विचरा भन्ने त्यो हुलमा । रातभरी कयौ नारीहरुलाइ नग्न नचाएर मस्ती नारीको अस्तित्वमा झुमी विहान त्यहि पाप पखाल्नलाइ पशुपतिमा धाउनेपनि धेरै देखेको छु मैले । शशीरमा जवानीको रसहुदा सस्तै पैसामा खरिद गरे नानाभाती गरे । के मेरी आमाले कसैको यौनप्यास मेटाउदा गल्ती गरेकी थिइन त मान्छेले आफनो स्वार्थको लागी जिउदै मान्छेलाइ बेच्दा चाही धर्मको हत्या नहुने मेरी आमाले कसैको अथाह प्यास मेटाउदा धर्मको हत्या हुने मेरी आमाले त धर्म गरिन जसको प्यासीपिडालाइ केहि समयको लागी भनेपनि शान्त पार्थिन । जसको लागी हरेक पुरुष आफनो सारा जिवन नै वर्वात गर्न पछि हटैनन् । मेरी आमाले त सर्वसुलभमा प्रदान गर्दै आएकी थिन्ा readmore

साँचो मायाले संसार जित्छ - कोपिला अधिकारी

  आहा क्या रमाइलो - कहिल्यै बिर्सन नसक्ने कुराहरु भएको त्यो दिन। त्यो दिन मेरो स्मरणमा सधैं आइरहन्छ। १४ फेब्रुअरी, जुन दिनलाई अन्तर्राष्ट्रिय स्तरमा मायालु जोडीहरुले एक अर्कामा र्समर्पण हुने आशा र विश्वासमा मनका कुरा व्यक्त गर्दछन्। पश्चिमी संस्कृति भए पनि यो दिनलाई पछिल्ला वर्षरुमा नेपालीहरुले पनि विशेष महत्त्व दिन थालेका छन्। पत्रपत्रिका, रेडियो, टेलिभिजनहरुले पनि यस दिनकै लागि भनी विशेष मसलेदार खुराकहरु पस्किने गरेका छन्। कुरा त्यो दिनको हो- २०६३ साल फागुन २ गते, १४ फेब्रुअरी भ्यालेन्टाइन डे। सो दिनलाई प्रेम दिवसको रुपमा मनाइने गरिन्छ। २०६३ को भ्यालेन्टाइन डे धेरै कुराहरुले फरक छ मेरा लागि। सम्भवतः त्यो दिनमा मैले थाहा पाएदेखि अहिलेसम्मकै बढी हिमपात भएको थियो काठमाडौंमा। हाई, हेलोका थुप्रै साथीहरुसँग कलेजमा भेट भयो। मेरा आँखाहरुले मेरा मिल्ने साथीहरुलाई खोजी रहेको थियो। केही समयपछि राजले मलाई फोन गर्यो। त्यस लगत्तै ऋषिलाई भेटें। हामी तीन जना भएर प्रतिमा र प्रमिसालाईreadmore 

6:39:00 am

खेल जित्नु छ भने गोल गर्नुपर्छ - रोबर्ट्स

सामग्री प्रस्तुति Ram Prasad Panta

प्राविधिक रूपमा नेपाली खेलाडी दक्षिण एसियामै अब्बल मानिन्छन् । 'राम्रो खेल्छन्, तर जित्न जान्दैनन्,' राष्ट्रिय टिमबारे धेरैले भन्ने गरेका छन् । त्यसको पुस्ट्याइँ तथ्यांकले गर्छ ।

चौध वर्षअघि काठमाडौंबाट सुरु भएको साफ च्याम्पियनसिप नेपालले जित्न सकेको छैन । अहिलेसम्म फाइनलको स्वाद चाख्न पाएको छैन । सम्भव सात संस्करणमध्ये एकपल्ट -सन् १९९९) मात्र नेपाल अन्तिम चारमा पुगेको थियो । बाँकी सबै संस्करणमा उसको चुनौती समूह चरणमै टुंगियो । त्यसैले साफ च्याम्पियनसिपमा नेपाल कहिल्यै भाग्यमानी रहेन । यस्तोमा साफ च्याम्पियनसिपको सातौं संस्करण नयाँदिल्लीमा शुक्रबारबाट सुरु हुँदैछ । त्यसमा नेपाली राष्ट्रिय टिम उपाधि चुम्दै पुरानो -अभागी) छवि सुधार्ने अभियानमा छ । 'यो टिम जित्नैपर्ने दबाबमा छ,' बेलायती प्रशिक्षक ग्राहम रोबर्ट्सले भने, 'सबैले सफलता अपेक्षा गरेका छन् । खेलाडीले जित्नैपर्ने चर्को दबाब महसुस गरिरहेका छन् । यस्तो दबाबले खेलाडीलाई जिम्मेवार बनाउँछ र र त्यसले प्रदर्शनमा सकारात्मक प्रभाव पार्नेछ ।'

राष्ट्रिय टिमका खेलाडी गत वर्ष माघदेखि चैतसम्म एएफसी च्यालेन्ज कप छनोटको तयारी र प्रतिस्पर्धामा व्यस्त थिए । आ-आफ्ना क्लबका लागि वैशाखदेखि सहिद स्मारक 'ए' डिभिजन लिगमा । त्यसपछिको छोटो 'ब्रेक' लगत्तै साफ च्याम्पियनसिपको बन्द प्रशिक्षण । यसबीचको दक्षिण-पूर्वी एसियाली तीन देशको एकमहिने भ्रमण । इतिहासमै पहिलोपल्ट यस्तो व्यस्तता र तयारीबाट निखारिएको छ, नेपाली टिम । त्यसैले राम्रो गर्नेमा सबै खेलाडी एकढिक्का छन् ।गोल चाहियोअन्तर्राष्ट्रिय फुटबलमा नेपालले सधंै गोलका लागि संघर्ष गर्दै आएको छ । त्यो क्रम अहिले पनि रोकिएको छैन । 'खेल जित्नु छ भने गोल गर्नुपर्छ,' रोबर्ट्सले भने, 'त्यसैले हाम्रा फरवार्डले गोल गरेको हेर्न चाहन्छु ।' उनको फरवार्ड सूचीमा अनिल गुरुङ, सन्तोष साहुखल, सुजल र जगजित छन् । 'पहिलो रोजाइको फरवार्डको निर्णय भइसकेको छैन,' उनले भने ।

कप्तान सागर, सन्दीप, रोहित चन्द, विराज महर्जन, रोविन श्रेष्ठको डिफेन्स लाइनमा परिवर्तन नहुने रोबर्ट्सले बताए, 'गोलपोस्ट किरण चेम्जोङले सम्हाल्नेछन् । मिडफिल्डमा राजु तामाङ, विजय गुरुङ र भरत हुनेछन् । आवश्यकताअनुसार फरवार्डमा २ वा ३ खेलाडी खेलाउनेछु ।' 'बार्सिलोनाले जस्तै सुन्दर फुटबल पस्कन चाहन्छौं,' नेपाली टिम सम्हाल्न दस महिनाअघि काठमाडौं ओर्लिएका रोबर्ट्सले भने, 'त्यसैले हामी युरोपेली शैली अपनाउनेछौं ।' जवाहरलाल नेहरु स्टेडियममा आवश्यकताअनुसार ५-३-२ वा ५-२-३ को संरचनामा नेपालले खेल्ने उनले बताए ।

1:00:00 am

विवाह बाहिरको सम्बन्धको थप नतिजा

सामग्री प्रस्तुति Ram Prasad Panta

'लौन मेरो श्रीमानलाई के भयो-भयो । बान्ता भ'कोभा'कै छ, के खानु भो-भो, होस् नै छैन । जीउ पूरै छारे रोगमा झैं कामेको कामेइ छ । लौन छिटो हेरिदिनु न । छिटो...लौन छिटो... ।'
करिब २ वर्ष जतिको बच्चा बोकेकी दिदी राति १० बजेतिर आत्तिँदै आकस्मिक कक्षभित्र छिरिन् । म जुरुक्क उठेँ र बाहिर ट्याक्सीमा रहेका उनका श्रीमानलाई भित्र ल्याउन दौडिएँ । समय खेर नफालिकन हामी दुई नर्स र एक डक्टर उनको उपचारका निम्ति जुट्यौं ।
'दाइले के खानुभएको हो ? कसले देख्यो ?' एकजना भाइले ठूलो स्वरमा बोले, 'दाइले विष खानुभएको ।'
'तुरुन्तै त्यो बट्टा लिएर आउनुस् ।'
ती भाइलाई घरतिर पठायौं र नाकबाट पाइप छिराएर पेट सफा गर्ने कोसिस गर्न थाल्यौं । उनको शरीर झट्का हानेझैं भएर कामिरहेको थियो । आँखा मास्तिर फर्किरहेका थिए, जसलाई कम गर्न नसाबाट औषधी दिइयो, तर काम गरेन । छातीमा लिड तार राखेर मुटुको चाल र काम हेर्ने इसिजी मोनिटर जोड्यौं र अक्सिजन सुरु गर्‍यौं । शरीरमा ९० प्रतिशतभन्दा माथि अक्सिजनको मात्रा हुनुपर्नेमा निकै तल झरेको मेसिनले देखायो ।
'डक्टर, अक्सिजन ४६ प्रतिशतमात्रै', म कराएँ ।
डक्टर अक्सिजन दिन लाग्नुभयो । अहा.. अक्सिजनसँग बिरामीको शरीरले कुनै नाता जोड्न चाहेन । हुँदाहुँदै स्वचालित श्वास-प्रश्वास बन्द भयो, हाम्रो कोसिस सफल भएन ।
म बिरामीको छातीमाथि दुई हातले लगातार मसाज गर्न लागेँ र डक्टरले मुखमा राखेको पाइपबाट एम्बु अक्सिजन दिन थाल्नुभयो । बीस-पच्चीस मिनेटको कृत्रिम श्वास-प्रश्वासपछि पनि मुटुले केही सकारात्मक प्रतिक्रिया देखाएन ।
यत्तिकैमा ती भाइ आइपुगे र भने, 'सिस्टर दाइले खानुभएको झोल यही बट्टाको हो ।' त्यो त अग्र्यानोफोस्फोरस पोइजन पो रहेछ । धेरै खाएको र अस्पताल ल्याउन ढिला भएकाले अवस्था गम्भीर भएको कुरा प्रस्ट भयो । कम उमेरको बिरामी भएकोले केही चमत्कार होला कि भनेर हामी प्रयासरत थियौं । अन्ततः ईसीजी मोनिटरमा मुटुको चाल देखाउने रेखा सिधा भयो । एकदम सिधा... । घोषणा भयो- मृत्युको । तपाईंको श्रीमान रहनुभएन । डक्टरको मुखबाट निस्केका यी तीन शब्द सुन्नेबित्तिकै बोकेको छोरोसहित ती दिदी भुइँमा पछारिइन् । परबाट १२ वर्षकी छोरी हतासिँदै आइपुगिन् र आमालाई घचघच्याउन थालिन् ।
आमा के भयो, किन यस्तो गर्नुभा'को, बोल्नु न के भयो....। काखको छोरो एकातिर ठूली छोरी अर्कोतिर रोइरहेका थिए । दिदी केही बोलिनन् । दर्शकको भीडबाट एउटा आवाज आयो, 'जाऊ नानी भित्र..., बाबासँग अन्तिमपल्ट भेट गर ।' अनि ती बच्ची मलाई पछ्याउँदै आइन् र मेरा औंला समाएर तान्न लागिन् । म
झस्किएँ । 'सिस्टर, मेरो बाबा निदाउनुभा'को है..., उहाँ मर्नुभा'को हैन है... ।' उनको यो 'हो या होइन'मा दिनुपर्ने छोटो जवाफ पनि मलाई बडो लामो लाग्यो । म एकटकले हेरिरहेँ । न केही बोल्नसकेँ, न सान्त्वनाका हात उनीमाथि उठाउन नै सकेँ । म झट्ट आफ्नो औंला उनकोे हातबाट हटाएर बाथरुमभित्र छिरेँ । बाक्लो मोटो भित्तो छेडेर बाथरुमभित्र पनि बाहिरको चिच्याहट रुमल्लिरहेको थियो ।
अगाडि भएको ऐनामा आँखा पुग्यो, त्यहाँ आफ्नो नभई उही बच्चीको प्रतिविम्ब थियो । अनि उनका ओँठमा अघिकै प्रश्न । म भक्कानिएँ । आफूलाई सम्हाल्न सकिन र मेरा आँखाबाट पनि आँसु र्झनथाले । केही बेर आफूलाई शान्त पारेर म बाहिर निस्किएँ र विस्तार-विस्तार पाइला चाल्दै उनको मृत बाबालाई सुताएको बेडछेउ गएँ । उपचारको क्रममा लगाइएको अक्सिजन पाइप, छातीका तार, हातका सुई सबै निकालिदिएर सेता कपडाले मुखसम्म छोपिदिएँ ।
फेरि थप एक जीवन आत्महत्याले सिध्यायो ।
उनको आँसु र बोली एकैचोटी पोखियो, 'दाइले व्यवहार दुइटा गर्नुभएको रहेछ, यता भाउजू र दुई छोराछोरी छन्, उता अर्की गर्भवती भइछन् । दुवै परिवारको माया लाग्ने रहेछ । दुवैलाई छोड्न पनि सक्नुभएन, साथमा मिलाएर राख्ने आँट पनि गर्नुभएन । कुनै विकल्प नदेखेर अन्त्यमा आफैंलाई सिध्याइदिनुभयो ।' बल्ल मैले बुझेँ, 'यो त हिजोआज सहर-बजारमा घट्दै गएको एक्स्ट्रा म्यारिटल अफेर -विवाह बाहिरको सम्बन्ध) को थप नतिजा पो रहेछ ।'
जहाँ सधैंजसो साँढेको जुधाइ, बाछाको मिचाइ हुन्छ । साँच्चै डरलाग्दो समय आँखा अगाडि आइपुगेको छ । मन यसै नमिठो भयो र यस्तै नमिठै-नमिठोमा आजको नाइट ड्युटी बित्यो ।
भोलिपल्ट फेरि अर्को नाइट ड्युटी सुरु भयो । आफ्नो ठूलो भाइ, आमाजू र जेठानीलाई लिएर एउटी दिदी राति आठ बजे इमर्जेन्सीमा आइन् । उनको समस्या थियो, महिनावारी भएको दस दिन बितिसक्दा पनि रगत बग्न रोकिएन । उनीसँग व्यक्तिगत विवरण लियौं । उमेर ३० वर्ष, पढाइ १० पास, दुई छोरी एक छोरा, गृहिणी, श्रीमान विदेशमा, महिनावारी नियमित रूपमा हुने र कुनै पनि दीर्घरोग नभएको ।
त्यसपछि उनको रगत र पिसाब जाँचका लागि पठाएर रगत रोकिने औषधी दियौं । १०.३० बजेतिर रिपोर्ट आइपुग्यो । जसमा थियो- युरिन पि्रग्नेन्सी टेस्ट पोजेटिभ । अर्थात् उनी गर्भवती
रहिछन् । भर्खर गर्भपतन भएको र गर्भको केही अंश पाठेघरभित्रै रहेकाले लगातार रगत बगिरहेको पत्ता लाग्यो । हामी स्वास्थ्यकर्मीसँग पनि कुरा लुकाएर बोलेकोमा डक्टर खुब रिसाउनुभयो । अनि रिपोर्टका बारेमा भन्न बेडतिर हिँड्नुभयो ।
'एकछिन डक्टर' मैले भनेँ, 'सुरुमा हामी बिरामीसँग कुरा गरौं, त्यसपछि आफन्तसँग ।' मैले उनका आफन्तलाई हतार-हतार बाहिर पठाएँ र उनको छेउमा गएर रिपोर्टबारे कुरा गरेँ । दिदी जंगिइन्, 'यो हुनै सक्दैन, मैले यस्तो नराम्रो काम कहिल्यै गरेकी छैन, कस्तो हस्पिटल हो, जे पायो त्यही रिपोर्ट निकाल्ने ।' मैले जवाफ दिएँ, 'सबैको अगाडि भिडियो एक्सरे गरेर हेरौं, अनि आफ्नै आँखाले फोटो हेर्नुहोला ।' उनी डराइन् । कालो-नीलो अनुहार भयो, उनको । हात जोड्न लागिन् र गोप्य राखिदिन अनुरोध गरिन् । उनको अप्रेसन कोठामा लगेर पाठेघर सफा गर्नुपर्ने भएकाले रिसाएका डाक्टर आफन्तको हस्ताक्षर लिन बाहिर निस्कनुभयो ।
डक्टर ढोकामा के पुग्नुभएको थियो, मैले बीचमै रोकेँ, 'प्लिज डक्टर, उहाँको घर र माइतीपट्टकिा दुवैथरी यहाँ हुनुहुन्छ, यो रिपोर्टका बारेमा सुनेपछि भोलि यिनको के
होला ? त्यसैले हामी गोपनीयता अपनाएर नै उपचार गर्न सक्छौं, हुँदैन र ?' मेरो कुरा टुंगिन नपाउँंदै डक्टर ममाथि खनिनुभयो, 'कर्म अनुसारको फल हुन्छ । गल्ती गर्नेले परिणाम पनि भोग्नुपर्छ । आज गुपचुप उपचार गरेर पठाउनुहुन्छ । ए...केही हुँदैन रहेछ भनी भोलि फेरि सोही अनुहार दोहोरिएर आउँछ । कहिलेसम्म चुपचाप सेवा गर्नुहुन्छ ? त्यसैले आज नै केही गर्नुस्, ताकि भोलि राम्रो होस् ।'
'हो, डक्टर सबै कुरा ठीक हो, जसले जस्तो कर्म गर्छ, उसले त्यस्तै फल पाउँछ । तर यहाँ कर्मै नगरिकन उनका तीन छोराछोरीले नराम्रो फल पाउने भए । भोलि तेरो आमा यस्ती र उस्ती भनेर घर र माइती दुवैतिरबाट फालिन्छन्, ती बच्चाहरू पनि । आजको हाम्रो सानो झुटले ती बच्चाहरूको जिन्दगी जोगिन्छ । सो प्लिज डक्टर ।' बिरामीको गोप्यता भंग गर्न नहुने आफ्नो धर्म सम्झेर डक्टर केही नरम हुनुभएको आभास
भयो । 'म आज र अहिलेमा अल्मलिएर यी दिदीलाई सबक सिकाउनपट्ट िलागेँ, तर तपाईं उनका बच्चाहरूको भोलिसम्म पुग्नुभयो । सायद यहाँ तपाईर्र्ं नै ठीक हुनुहुन्छ, सिस्टर । हुन्छ, कुरा गोप्य नै रहोस्, तर यी दिदीलाई सचेत त गराउनैपर्छ ।' 'धन्यवाद', म थोरै हाँसेँ । म यसर्थ खुसी भएँ कि ती साना तीन बालबालिकाको जिन्दगी बेवारिसे हुन पाएन ।
यसरी कहिले महिला त कहिले पुरुष एक्स्ट्रा म्यारिटल अफेरको जालो फिँजाउन रफ्तारमा दौडिरहेका छन् । 'महिला र पुरुषमा फरक छैन, जो जसको पनि साथी हुनसक्छ' भन्दै आधुनिकतामा ढल्किन खोज्दा भित्रिएका असामाजिक समस्याहरूले परिवारहरू भटाभट विखण्डन हुँदैछन् । उता दाइ परिवारलाई सुख दिनका लागि बाहिर घोटिएर काम गर्छन्, यता भाउजू नयाँ साथीसँग रमाइरहेकी हुन्छिन् । यता भिनाजूको आयु लामो होस् भनेर दिदी पानीसम्म नपिई व्रत लिन्छिन्, उता भिनाजू टर्रो-मीठो पानी पिउँदै नानीसँग व्यस्त हुन्छन् । अहिलेका अधिकांश पढेलेखेका जागिरदार मानिसहरूको दिनचर्या यस्तो हुनथालेको छ । डक्टर, अफिसर, हाकिम, वकिल, सुरक्षाकर्मी, नेता, अभिनेता सबै दिनानुदिन गासिँदैछन्, यो विनाशकारी डोरोमा । घर-घरमा यस्तो अवस्था आउन थालेपछि विरक्तिएका साना नानीहरूको आउने दिन कसले सपारिदेला ।
लेखक ( मनिता पौडेल) काठमाडौं मोडेल अस्पतालकी स्टाफ नर्स हुन् ।

5:05:00 pm

भक्तपुरमा बर्डफ्लु देखियो

सामग्री प्रस्तुति Ram Prasad Panta

भक्तपुर, मंसिर १३ - मध्यपुर ठिमी नगरपालिका–१६ लोकन्थली मनहरा खोला किनारमा चन्द्र बहादुर तामाङको फार्ममा रहेको कुखुरामा बर्डफ्लु देखिएको छ । केन्द्रीय पशु रोग अन्वेषण महाशखा त्रिपुरेश्वरले त्यहाँ बर्डफ्लु भेटिएको पुष्टी गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले बर्डफ्लु देखिएको क्षेत्र नियन्त्रणमा लिएर रोग काम थाल्न गरेको निर्णय अनुसार पशु विभागका दक्ष जनशक्ति रोगप्रभावित क्षेत्रमा मंगलबार बिहानदेखि खटिएको छ ।
कात्तिक २३ र २४ गते तामाङको फार्ममा ३५ वटा कुखुरा मरेपछि उनले पशु सेवा कार्यालयमा सम्पर्क राखेका थिए । रोग अन्वेषण महाशाखाले शंका लागेर परीक्षणका लागि भेटनरी प्रयोगशाला बेलायत पठाएको थियो । त्यहाँबाट बर्डफ्लुका कारण कुखुरा मरेको पुष्टी भएर आएको छ । रोग प्रभावित क्षेत्रमा ५ सय बढी कुखुरा र हाँसलाई मारिएको छ ।

8:16:00 pm

राजधानीमा २४ सै घन्टा दुईतले मेट्रोबस चलाइने

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौ, मंसिर २ - महानगरपालिकाले २४ सै घन्टा चलाउने गरी मेट्रो बस ल्याउने तयारी गरेको छ । एकै पटक धेरै यात्रु ओसार्ने उद्देश्यले सञ्चालन गरिएको मेट्रो बस दुईतले हुने छ । 
यसका लागि महानगरपालिकाले इच्छुकलाई इच्छापत्र बुझाउन आह्वान समेत गरिसकेको छ । कात्तिक १ गते गरिएको आह्वानपछि जय जनता नामको कम्पनीले इच्छा देखाएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । 'धेरै यात्रु एकै पटक बोक्न सकियोस् भनेर दुईतले बस सञ्चालनका लागि हामीले काम सुरु गरेका छौं,' उनले भने, 'सुरुमा कम्तीमा १० बस ल्याउन लगाउने योजना छ ।'
जय जनताको प्रस्ताव राम्रो लागे बस सञ्चालन गर्न पाउने उनले बताए । 'योग्य नभए पुनः आह्वान गर्छौं,' उनले भने, 'त्यसबाट एउटा कम्पनी छनोट गर्छौं ।' छनोट भएको कम्पनीले आफ्नै लगानीमा बस ल्याउनुपर्छ । यसबाट हुने आम्दानी पनि त्यही कम्पनीले पाउने छ ।
'राजधानीमा साना साधन भएका र सवारी चाप बढी देखिएकाले यस्तो गर्न लागेका हौं,' उनले भने, 'महानगरपालिकाले बस सञ्चालन गर्ने कम्पनीलाई रुट उपलब्ध गराउने, वाषिर्क करमा छुट दिने लगायत व्यवस्था गर्ने छ ।' यस्तो बसमा करिब ८० जना यात्रु बस्न मिल्ने उनले बताए । हाल एउटामा २०/३० जना यात्रु मात्र चढ्न मिल्ने हुँदा बढेको सवारी चाप नियन्त्रणमा यसले सहयोग पुर्‍याउने उनले बताए । राति पनि सञ्चालन हुने भएकाले सुरक्षाको व्यवस्थाको जिम्मा नेपाल प्रहरीलाई दिने तयारी गरिएको छ । 'महानगरीय प्रहरी कार्यालयले एउटा बसमा एक जना प्रहरी दिन सहमति जनाएको छ,' उनले भने, 'राति सञ्चालन हुने बसमा उनीहरू  बस्ने छन् ।'
राति राजधानी आएका, अफिसबाट ढिलो र्फकने व्यक्तिहरुलाई रात्रिकालीन बस सेवाले सहयोग पुग्ने उनले बताए । 'राति आवश्यकता अनुसार २/३ बस मात्र सञ्चालन हुने छन्,' उनले भने, 'विभिन्न स्टेसनमा कुन समयमा बस आइपुग्छ पहिले नै जानकारी गराइने छ ।' यसरी सञ्चालन हुने बस साना रुटमा भने चल्ने छैनन् । चक्रपथका साथै 'क' वर्गमा राखिएका ठूला सडकमा बस सञ्चालन हुने छ ।

8:03:00 am

नेपाल दोस्रो स्थानमा

सामग्री प्रस्तुति Ram Prasad Panta


       माल्दिभ्सले भारतको नयाँ दिल्लीमा सञ्चालन भइरहेको साफ च्याम्पियनसिपको समूह ‘बी’ मा मंगलबार पहिलो स्थान हात पारेको छ । माल्दिभ्सले जवाहरलाल नेहरु स्टेडियममा भएको आफ्नो अन्तिम लिग खेलमा बंगलादेशलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थान हात पारेको छ । नेपाल भने दोस्रो स्थानमा रह्यो ।
                 नेपालले यसअघिको खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो । माल्दिभ्स र नेपाल दुवैको तीनरतीन खेलबाट समान पाँचरपाँच अंक रहेपनि गोल अन्तरले शीर्ष स्थानको निर्णय गरेको हो । माल्दिभ्सले लिग चरणमा चार गोल गरेर दुई गोल खाएको थियो । नेपालले भने तीन गोल गरेर दुई गोल खाएको थियो ।यससँगै प्रतियोगिताबाट पाकिस्तान र बंगलादेशको चुनौती समाप्त भएको थियो । पाकिस्तानको तीन र बंगलादेशको एक अंक रह्यो । नेपाल भने भारतको गोवामा सन् १९९९ मा भएको दोस्रो साफ च्याम्पियनसिपयता दोस्रो पल्ट अन्तिम चारमा पुगेको हो । यसपल्टको सेमिफाइनल समीकरण टुंगो लाग्न अझै बाँकी छ ।
Photo - Goal Nepal .com 
         शुक्रबार हुने सेमिफाइलनमा माल्दिभ्सले समूह ‘ए’ को दोस्रो स्थानमा रहेको टिमको सामना गर्नेछ । यस्तै नेपालले समूह ‘ए’ को पहिलो हुने टिमसँग खेल्नेछ । माल्दिभ्सको जितमा अहमद तारिकले दुई गोल गरे भने अर्को गोल अलि असफखले गरे । बंगलादेशका तर्फबाट सहेदुल सहेदले एक गोल फर्काए ।


7:11:00 am

नेपाल बाहिरिने अवस्थामा

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं, मंसिर २०- एसिसी ट्वान्टी-२० कपमा मंगलबार कुवेतसँग पाएको १ रनको सनसनी विजयको खुशी नेपालले ३ घन्टा भन्दा बढी मनाउन सकेन्। हङकङले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा साविक उपविजेता युएईमाथि ४ विकेटको अप्रत्यासित विजय हात पारेपछि नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ। सुवास खकुरेलले ३२ बलमा ८ चौकासहित ४० रन बनाउदा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २६ रन बनाएको थियो। म्यान अफ द म्याच पृथु बाँस्कोटाले अन्तिम ओभरमा ३ विकेट लिएपछि नेपालले कुवेतको इनिङलाई १९.५ ओभरमा १ सय २५ रनमा सिमित भयो। २००९ मा युएईमा भएको पछिल्लो संस्करणमा विनोद भण्डारीले अन्तिम बलमा छक्का गरी स्कोर बराबरी गरी नेपाललाई कुवेतमाथी बल आउटमा जिताएका थिए।



5:34:00 pm

कोपिला, फूल र प्रेमको भाषा एकै हुन्छ

सामग्री प्रस्तुति Ram Prasad Panta

                अलकत्रे सडक। जहाँ रुखका लामा लामा छायाहरु बिलाएको थियो। हेर्दा लाग्थ्यो यो सडक कुनै बलिष्ठ पुरुषको नाङ्गो छाती हो। ऊ त्यही सडक छेउमा उभिएकी थिई र सोचको गहिरो दहमा डुबेकी थिई। उसले आफू गइरहेको दिशासमेत पत्तो पाएकी थिइन। ठ्याक्कै जानै पर्ने ठाउँ पनि थिएन। भेट्नु पर्ने कोही विशेष मान्छे थिएन। र निरुद्देश्य एकनास हिँडिरहेकी थिई। उसले सोची- ‘साथहरु केही क्षणका लागि रहेछन्। अब जीवनमा मैले एक्लै एक्लै हिंड्नु पर्छ। बाँच्नु पर्ने जीवन लामो छ। काम गरेर थाक्नु पर्ने दिन र आराम गर्नुपर्ने रातहरु धेरै छन्।’
उसले कसिलो ठानेको प्रेमको डोरी भरखरै छिनेकJ थियो। यो विछोडको पीडाले एक्लै रहँदा ऊ आफूमा शून्य महसुस गर्थी। शहरको कोलाहलले उसलाई अलिकति पनि छोइरहेकJ थिएन। आफ्नै मनमा ठूलो कोलाहल मच्चाएर हिंडेकी थिई। नाप्ने हो भने मनभित्रको कोलाहलको डेसिबल सबैभन्दा बढी पुग्छ भन्ने उसको अनुमान थियो।
साँझ परिसकेको थिएन। दिनभर तातेको घाम विस्तारै पहेँलिँदै र रातो बन्दै गएको थियो। उसले पश्चिम भासिन लागेको फुङ्ग बादल छेउको घामको घुर्मैलो रातो डल्लोलाई हेरी। ‘यो मबाट कति टाढा होला-’, साँझको सिरसिरे बतासले उडाएको कपाल त्यतिकै छाडिदिएर उसले सोची- ‘मेरा प्रत्येक सम्बन्ध यही डढेको साँझको सूर्यजस्तो पहेँलिएका छन्। यी सम्बन्धका सीमाहरु मबाट यति परको क्षितिजमा छन् जति दूरीमा छ यो सूर्य।’
उसले निष्ठुरी भइसकेको प्रेमीलाई सम्झी। उसको हातको तातो स्पर्श याद गरी। मैलो बाग्मती सम्झी। जहाँ उनीहरु हात समातेर प्रष्ट नदेखिने सूर्यको छाया हेर्थे। त्यो हिजोलाई उसले अहिलेको आफ्नो जिन्दगीसाग दाँजी र अझ उदास भई। निधारमा लागेको प्रेमीको ओठको दाग झरीले खोपिल्टा परेको बलेसीजस्तो अब विस्तारै मेटिँदै गएको अनुभव गरी। पीडाले छियाछिया पार्ने मन बाहेक प्रेमीको चिनो नीलो चाक्लो रुमाल उसले हराइसकेकी थिई। जो नहराउन्जेल प्रत्येक साँझ आफ्ना गुलाबी गालाहरुमा टाँसेर ऊ त्यसलाई चुमिरहन्थी। जसबाट आउँथ्यो उसको प्रेमीको हरक र मायालु स्पर्श। जुन दिन त्यसलाई हराइ ऊ निकै रोई र सिरानी भिजाइ। एकान्तमा आउने उसको प्रेमीको सुगन्ध त्यही रुमालसँगै हराएको थियो।
यस्तै सोचाइको लम्बाइ बढ्दै गएपछि उसलाई आफ्नो सौन्दर्यको उचाइले आफैलाई किचेको अनुभव भयो। सम्झनाका सिर्कनाहरुले मनको कुनामा यसरी सोँठ्याए कि प्रत्येक प्रहार उसका लागि पीडादायी भइरहर्‍यो। उसलाई आफूभित्रको विश्वासको हिमाल होचिँदै गएको भान भयो। सबै सुन्दरता धूँवाको कालो लप्का र खरानीजस्तो भएर आँखामा देखियो। सोचाइको ऐनामा हेर्दाहेर्दै उसलाई हिजो सुन्दर लागेको उसको प्रेमीको अनुहार विस्तारै कुरुप र भद्दा लाग्दै गयो।
आँखाको नानीमा विगतको सम्झनालाई उसले यसरी हेरी-
प्रत्येक साँझ उनीहरु प्राचीन शहर घुम्थे। मक्किन लागेको ऐतिहासिक सिंढीमा ढेपिएर बसेका हुन्थे। छेवैमा हरियो लेउ लागेको पोखरी थियो। पोखरी छेउमा पहेँलो इँटा छापिएको सफा बाटो थियो। बाटो पुराना घरहरु छुँदै पर्तिर कतै अन्त मोडिएको थियो। उनीहरु बाटो छेउको प्रचीन देवलमा घण्टौँसम्म अडेस लाग्थे। कुनै विदेशी नियोगको सहयोगमा बनेको पार्कमा डुल्थे। हरेक भेटमा उसको प्रेमी उसलाई चुमिरहन्थ्यो र उत्तर आधुनिकजस्तो लाग्ने सोचाइमा भन्थ्यो-’प्रेम पनि अन्तिम सत्य होइन। मात्रै आकर्षणको चुम्बकीयताले पैदा गरेको भ्रम हो। र यो एउटा बाँच्न सिर्जना गरिएको निहुँ हो। यदि यति नहुँदो हो त बाँच्ने बहानामा सबै मान्छेले आत्महत्या गरिसकेका हुन्थे, तिमी र मैले पनि। वा एकले अर्कालाई मारिसकेका हुन्थे। यतिखेर सबै मान्छेसँग प्रेम, विछोड, मृत्यु, घृणा र पूर्वस्मृति जस्ता एक एक वटा बाँच्ने निहुँ छन्। त्यसैले वास्तवमा हामी अवास्तविक हौं। हाम्रो प्रेम अन्तिम सत्य होइन। अन्तिम सत्य असत्य र मृत्यु मात्रै हो, त्यो समयको काँटामा घडी भएर हल्लिरहेको हुन्छ। हावामा उड्ने धुलोका मसिना चक्काजस्तो हाम्रो अनुभूतिको उडानले यस्तै असत्यहरुलाई निहुँ बनाएर बाँच्ने अर्को निहुँ पैदा गरिरहेको छ।’
त्यतिखेर ऊ चौडा फैलिएको नीलो आकाश हेरेर प्रेमीको काखमा पल्टिएकी थिइ। उसले प्रेमीको काखमा सुतेर सुनेका नदीको प्रवाहजस्तै यी कुराको वास्ता गरिन। उसलाई यी सबै आधुनिक गद्य कविताजस्तो लाग्यो। र त्यो एकान्तिक भेटमा उसका कुरा प्रति कुनै विवाद गरिन। विवादमा ऊ सधैँ विफल हुन्थी। विवादमा तर्क गरिरहनु भन्दा प्रेमीको तातो काखमा पल्टिनु सयौँ गुणा लाभदायक हो भन्ने ऊ ठान्थी। र प्रेमीको काखमा पल्टेर रमाइला सपना देख्थी। यस्ता सपना जुन सपनामा सपनाका सबै विशेषताहरु भरिएका हुन्थे।मात्रै उसले प्रेम प्रदर्शन गरिरही। त्यसको प्रमाणमा रुमाल साटी, रुमाल साटिएको प्रेम गाढा हुन्छ भन्ने पुरानो विश्वासमा थियो उसको प्रेमी पनि। टाँसिएर फोटो खिची र सधैँ साथमा फोटो बोकेर हिँडी। उसलाई औधी मन पर्ने उसको त्यो प्रेमीलाई प्रत्येक भेटमा कसिलो शरीरलाई अझ आफूमा कसी। अंगालो हालेर जुङ्गाले नढाकेका राता ओठमा चुम्बन वर्षा गरी। गहुँगोरो गालामा म्वाइ खाई। आँखामा आँखा जोडेर हेरी। कयौँ पल्ट बलिष्ठ पाखुराहरु झड्कारेर आफूतिर तानी। केही नमिलेका औलाहरुलाई खेलाइ रही।
विगतको ऐनामा आफूलाई हेरिरहँदा अँध्यारोसँगै बढ्दै जाने डर र त्रासजस्तै उसको मनमा कुराका शृङ्खलाहरु बढिरहे। उसले मानवीय भावना, गरिमा, प्रेम, कसैको कसैसँगको गहिरो सम्बन्ध-सबै विस्तारै धमिलिँदै गएको अनुभव गरी। अझ प्रेमको कुनै निर्दिष्ट गन्तव्य नहुँदोरहेछ भन्ने उसलाई लाग्यो। ‘के बिहे मात्र प्रेमको निर्दिष्ट गन्तव्य हो ?’, कल्पनाको क्षितिजको गजबार भाँचेर उसले आफैलाई सोधी-’होइन भने आफ्नो जीवनभन्दा प्रिय सम्बन्ध नाघ्नै नसक्ने पहाड र तर्नै नसक्ने समुद्रजस्तो भएर किन टुट्यो ? किन हरायो प्रेमको चीनो नीलो रुमाल ? रुमाल हराउनु र सम्बन्ध टुक्रिनु एकै साथ किन भयो ?’ ऊ अनुत्तरित भइ।
उसले प्रेमको चिनो हराइसकेको रुमाल सम्झी।
र, रुमाल सम्झिँदै उसले अतितका चोक्टाहरु स्मृतिमा नचाइरही।
जेठको उखरमाउलो गर्मीको त्यो दिन उनीहरु टेकुको दोभानमा थिए। चुन पोतिएको त्यहाँको पुरानो देवलको रङ मान्छेको समवेदना र सभ्यताजस्तै पत्रपत्र भएर उप्किँदै गएको थियो। मैलो बाग्मतीलाई बग्ने हतारो थिएन, अल्छे लाग्दो गरी बगिरहेथ्यो। एउटाको देव्रे हातमा अर्काको दाहिने हात घुसारेर उनीहरु त्यो किनारैकिनार हिंडेका थिए। पारीको हरियो चौर र खुला आकाशको रंग त एकै थिएन तर वारी वसेर उनीहरुले पर देखिने पुल, उडिरहेका गिद्ध र कागका बथानहरुलाई एकनास नियालेका थिए। बतासको झोक्काले बिगारेको कपाललाई औलाको काइँयो बनाएर बेला बेला सम्याइरहन्थे। जलवायु परिवर्तनको असरले हुनुपर्छ खुला आकाशमा उत्तरतिरबाट केही राँटा बादल आएर धुम्म भएको थियो र एक्कासी पानी परेको थियो। खोला किनारको देवलको खोपीमा चेपिएर उनीहरु दर्किएको पानीबाट ओतिए। र, एकनास खोलामा परेका पानीका थोपाहरु हेरिरहे। उनीहरुको मनमा चाहिँ पानीका फोका फुटेजस्तै अनेक तरङ्ग आउने र फुट्ने गरिरहेको थियो।
ऊ गुलाबी रङ्गको कुर्तामा थिई। यसले उसको सौन्दर्य निकै खुलेको थियो। उसको प्रेमी घ्यु रङ्गको सर्ट र त्यही रङ्गको पाइन्टमा आएको थियो। गहुँगोरो ऊ पनि निकै ह्याण्डसम देखिएको थियो। चोइटिएको इँटाको टुक्राले ओत लिएर बसेको ठाउँमा बिना सल्लाह सक्दो छिटोछिटो भुँइमा एक अर्काको नाम कोरेका थिए। अनि एक अर्कालाई हेरेर लजाएका थिए। र, फेरि एक अर्काको हत्केलामा नामको वर्णको पहिलो अक्षर लेखेका थिए। हत्केलामा निबले कोर्दा काउकुती लागेर उसले असहज महसुस गरेकी थिई। दुवैले एकअर्काको हत्केलाका किरमिरे रेखाहरुमा सुखको भविष्य कुदेको जिन्दगीको चित्र देखेका थिए। आकर्षक गोला आँखाबाट लत्पतिएर गालामा लागेको गाजले दाग उसले आफ्नो नीलो रुमालले पुछिदिएपछि पुरुष स्पर्शले उसका गुलाबी गालाहरु अझ गुलाबी गुलाबी भएका थिए। कतिसम्म भने अनुहारका मसिना छिर्के दाग पनि प्रष्ट देखिएको थियो। हल्का लिपिस्टिकले केस्रा परेका ओठमा ऊ अझ सुन्दर देखिएकी थिई।
पानी थामिएको थियो।
आकाश उघ्रिँदै थियो तर ढल्किँदो दिनसँगै ऊ विस्तारै उदास हुँदै थिई।
विस्तारै हिँडेको अजिंगरजस्तो नदी किनारको सिँढीमा उसको दाहिने पट्टि ढेप्पिँदै भनेकी थिई-’म किन तिमीलाई विर्सनै नसक्ने भएको छु ? किन यति धेरै सम्झिन्छु र आफूलाई भन्दा तिमीलाई बढी माया गर्न थालेको छु ? मलाई जन्म दिने मेरी आमाको भन्दा बढी तिम्रो माया लाग्छ।’
चमकदार हीराजडित चाँदीको औँठीले अझ खिरिलो देखिएका उसका गोरा औँलाहरु चुमेपछि ऊ बोलेको थियो- ‘प्रेमको भ्रम यहीँबाट शुरु हुन्छ। जस्तो फूल फुल्नुअघि कोपिलामा हुन्छ। कोपिला सधैँ फूलभन्दा म सुन्दर छु भन्ने भ्रममा फूलिरहेको हुन्छ। कोपिला, फूल र प्रेमको भाषा एकै हुन्छ। केही नभनेर पनि फूल बोलिरहेको हुन्छ, मुस्काइ रहेको हुन्छ। केही नभनेर पनि प्रेममा धेरै भइरहेको हुन्छ। तिमीले कहिल्यै नसोच्नू यो प्रेम सागरभन्दा पनि गहिरो हुन्छ वा कहिल्यै नठान्नू यो उदास बगरजस्तो हुन्छ। जिन्दगीलाई आफ्नै आँखाको ऐनामा हेर्नु र सोच्नु कुनै दिन यो सगरजस्तो चौडा मनमा प्रेम गर्न एक चिम्टी ठाउँ पनि बाँकी नरहन सक्छ। आफूलाई औधी मन परेको कुनै चिज क्षणभरमै कुरुप लाग्न पनि सक्छ।’
शास्त्रीय शैलीको जवाफ उसले कम बुझी।
‘तर म त्यस्तो भ्रममा छु जस्तो लाग्दैन। म एकदम ठीक छु। मलाई मेरो मनले भनिरहेछ म साँच्चै प्रेमको दहमा विस्तारै डुब्दैछु। अब जीवन जीवन जस्तो लाग्न थालेको छ। तिमी छौ भन्ने लाग्छ र केही गर्ने उत्साह पैदा भइरहेछ। अब मसँग निराशाका कुनै राँटाहरु बाँकी छैनन्’, उसले एक सासमा ढेपिएरै भनी र उसका गालाहरुमा आफ्ना कोमल हत्केला नचाइ। एक अर्काको अनुहारमा मलिन भएर दुवैले हेरे।
‘तिमीलाई त्यस्तो लाग्नु पनि बेठीक होइन। प्रेम सदभाव हो यो सारा अस्तित्वप्रतिको। प्रेम करुणा हो, यदि त्यसमा दुःखी हुने हो भने त्यो भन्दा माथि दुःखी हुने कुनै ठाउँ हुँदैन। प्रेममा यस्तै हुन्छ। जीवन र खुशी, पीडा र आँसु पनि मगमगाउँछ थुप्रै परसम्म- त्यो क्षितिजभन्दा पनि परसम्म त्यसको सुवास मगमगाइ रहन्छ’, उसले यति भन्यो र उसको चाक्लो निधारमा एक चुम्बन गर्‍यो।
त्यसपछि उसले फेरि अर्को प्रश्न गरिन। बरु त्यसपछि ऊ प्रतिको स्नेह झन बढेको महसुस गरी। साँझ अबेरसम्म उनीहरुले त्यो किनारमा घुमेर आँखाले भ्याएसम्म देखिने परको पहाडलाई हेरिरहे। उसले आफ्नो प्रेम त्यहीँसम्म फैलिएको छ भन्ने ठानी। लोडसेडिङ थिएन। शहरमा बिस्तारै बत्तीहरु बल्न थालेपछि उनीहरु त्यहाँबाट कच्ची सडक हिंड्दै पचली भैरवको मन्दिर पुगेका थिए। उसको पाखुरा आफूतिर तान्दै कुममा टाउको अड्याएर ऊ लस्याक लस्याक हिँडिरहेकी थिई। उनीहरुले घुमेर मन्दिर दर्शन गरेका थिए।
त्यही दिन मन्दिरमा उसले आफ्नो खल्तीको नीलो चाक्लो रुमाल उसको हातमा राखिदिएको थियो। र, गालाहरुमा ओठको ल्याप्चे लगाइदिएर भनेको थियो-’राख यो रुमाल। अब मेरो गन्ध रुमालमा बेरिएर सधैँ तिमीसँगै रहन आएको छ। जहिलेसम्म हामी विधिवत् एक हुँदैनौँ तिमीले यो रुमाल सम्हालेर राख्नू। रुमाल साट्नु प्रेमको सबैभन्दा नजिकको प्रतीक हो। त्यसमा प्रेमीको सुगन्ध बसाउँछ। रुमालको सुगन्धले दिलाउने यादले प्रेमको समर्पण बढाउँछ र प्रेम अझ उचाइमा पुग्छ। जब साटिएको रुमाल हराउँछ त्यसपछि त्यो प्रेम आफै खिईँदै जान्छ। सम्बन्धका चहकिला रेखाहरु क्रमश मेटिँदै जान्छन् र अन्ततः विन्दु समेत नदेखिने गरी त्यो बिलाउँछ। सम्झिनू, साटिएको रुमाल हराउनु प्रेममा असफलताको संकेत र अपसकुन हो।’
केही नबोली उसले त्यो रुमाल आफ्नो कालो हाते ब्यागमा राखेकी थिई। र आफ्नो रातो रुमाल पट्याएर उसको हातमा राखिदिएकी थिई। नबोलेरै दुवैले दुवैलाई हेरेका थिए।
त्यहाँबाट माथि टेकुको मूल सडकसम्म आउँदा झण्डै झुण्डिए जसरी नै ऊ उसको जीउमा ढेपिएकी थिई।
त्यसपछिका दिनहरुमा पनि उनीहरु बंगलामुखी, दक्षिणकाली, सूर्यविनायक, स्वयम्भू, पशुपति डुलेका थिए। मन्दिरभित्रै पसेर दर्शन त गरेनन् तर मनमनै दुवैले एक अर्काको हुने बाचा गरे।
‘तर ठीक उसले भनेजस्तै भयो। मैले रुमाल हराएपछि सम्बन्धका चहकिला रेखाहरु क्रमशः मेटिँदै गए’, काठमाडौँको भीडभाड बसमा कार्यालयबाट घर फर्किँदै गर्दा हराएको रुमालको स्मृतिमा उसले आफूलाई फर्काई- ‘कुनै दिन यस्तो थियो उसलाई नसम्झी गाँस गलाबाट छिर्दैन थियो। एक झल्को उसको तस्वीर नहेरी न निद्रा पर्थ्यो न सपना सम्भव थियो। उसको माया नै आफ्नो जीवनको माया थियो र वास्तविक जीवनजस्तो लाग्थ्यो। तर त्यो प्रेमको पर्खाल आज कसरी गर्ल्याम्म ढल्यो ? म बिस्तारै हराएको रुमाल बिर्सिँदै छु। रुमाल साटेको मान्छेको यादलाई घटाउँदै छु। त्यो क्षितिजभन्दा पनि परसम्म फैलिएको ठानेको मेरो प्रेम किन यसरी खुम्चिएर गयो ? रुमाल साटेको त्यो सपनाको राजकुमारजस्तो मान्छे मेरो प्रेम लत्याएर कुन संसारमा बेपत्ता भयो होला, रुमाल हराए पछि ?’
उसले रुमाल हराएपछि सलले आँसु पुछ्दै रोएको सम्झी। उसको प्रेमीले रुमाल दिँदै मन्दिर अघि भनेको रुमाल हराएपछि सम्बन्धको चहकिलो रेखा पनि विस्तारै मेटिँदै जान्छ भन्ने कुरा मनमा आइरहेको थियो। जसले गर्दा ऊ मनमनै बढी पिरोलिएकी थिइ। कहिल्यै उसले आफ्नो प्रेमीलाई रुमाल हराएको कुरा बताएकी थिइन। शायद त्यो सञ्जोग मात्रै थियो वा वास्तविकता, रुमाल हराएपछि उसको शंका सत्यमा बदलिँदै गएको थियो। त्यसपछि बिनाकारण बिस्तारै उनीहरुको भेट पातलिएको थियो। सम्बन्धको गाढा रेखा फिका बन्दै गएको थियो। उसले आफ्नो प्रेम विस्तारै अतितको दुखान्त घटनामा बदलिदै गएको महसुस गर्दै गएकी थिई। आध्यात्मिक चिन्तनबाट पर रहेको उसको उत्तर आधुनिकजस्तो लाग्ने प्रेमीले भनेको शास्त्रीय र आध्यात्मिकजस्तो कुरा कसरी ठ्याक्कै उसको जीवनमा मेल खायो, ऊ प्रत्येक एकान्तमा सोचिरहन्थी।
उस्तै मांसपिण्डको मुटुमा बग्ने प्रेमको अनुभव र स्वादमा किन अन्तर हुन्छ उसले बुझ्न सकिन। उसले प्रेम गरेको समय क्षणिक भावुकता थियो वा शारीरिक सुन्दरताको आकर्षण मात्रै वा मानवीय समवेदना केही खुट्याउन सकिनँ। यो प्रेमको आरम्भ कसले गर्‍यो होला भन्ने प्रश्नको जवाफ उसले आफूभित्र पाइन र प्रश्नलाई मनमा खेलाइ राखी। तर प्रेमले दिएको बिछोडको पीडा र दुखले कठोर र आँटिलो बनाइ रहेको उसले अनुभव गरी। उसले हिँडिरहेका प्रत्येक प्रेमी मान्छेहरु कसैको भविष्य छैन भन्ठानी। प्रत्येक मान्छेसँग विगत मात्र छ, वर्तमान र भविष्य प्रष्ट छैन भन्ने उसलाई लाग्यो। उसले आगतको असुहाउँदिलो स्वरुपलाई हेर्न खोजी तर सकिन। यस्तै कुरा मनमा खेलाउँदै गए पछि आफूले औधी माया गरेको मानवीय समेदना निथ्रिएको आफ्नो प्रेमीलाई सम्झिँदा रक्तचाप बढ्लाजस्तो हुने आफ्नो समस्या केही कम भएको उसले महसुस गरी। उसलाई लाग्यो निर्भयता मात्रै मान्छेको जीवनको मृत्युसँगको विजय हो। प्रेमसँग हारे पनि मान्छे मृत्यु जितेर बसिरहेको हुन्छ र बस्नु पर्छ। तर भययुक्त नहुनु मात्रै जीवनको सुरक्षा होइन भन्ने पनि उसले ठानी। जीवन असुरक्षित छ र त सुन्दर छ, प्रेम जीवन भन्दा पनि असुरक्षित र सुन्दर रहेछ भन्ने उसलाई लाग्यो।
‘प्रत्येकको मनमा भएको घाउ दुख्नेले मात्र अनुभव गर्न सक्छ, नदुख्नेले अनुमान मात्र गर्ने हो’ उसले मनमै विचार गरी-’जन्म, भेट, प्रेम, विछोड, मृत्यु अचानक हुने रहेछ। यसबाट उत्पन्न हुने प्रत्येक पीडामा मान्छे मन दुखाएर बस्छ। शायद मान्छे मन दुख्छ भन्ने जान्दा जान्दै यी कुरा अङ्गालिरहेको हुन्छ। हेर्नेले देखेका प्रत्येक कुरालाई सत्य ठानेर अनुमान गरिदिन्छ। मेरो हुन नसकेको प्रिय मान्छे ! हो तिमीले भनेको सही रहेछ, देखेको मात्र सत्य ठान्नु मूर्खता रहेछ। र त्यो मूर्खता सबैभन्दा ठूलो भूल रहेछ। जीवन पहिरो झरिरहने भित्तोजस्तो रहेछ, जहाँ पानी पर्दापर्दै वा पानी रहेर घाम लागे पनि पहिरो जाने सम्भावना उत्तिकै हुँदो रहेछ। जीवनको अन्तिम सत्य मृत्यु मात्र रहेछ। मलाई अहिले लागि रहेको छ मृत्यु जीवनको द्वार हो र जीवन हुनुको पहिलो पहिचान पनि हो। मृत्यु भएन भने जीवन शायद जीवनजस्तो हुँदैन। बिछोडिनु प्रेमको मृत्यु हुनु रहेछ। र, बिछोडिनु पनि प्रेम हुनुको अन्तिम खास पहिचान रहेछ। बिछोडिएन भने त्यो प्रेम प्रेमजस्तो नहुने रहेछ। मानेँ, घोप्टो परेर बसेको त्यो नीलो आकाश हेर्दै मैले तिम्रो काखमा पल्टेर सुनेका प्रत्येक कुरालाई माने, जो नदीको छालजस्तो भएर अहिले पनि मेरो मस्तिस्कको भित्तासम्म तरङ्गरिहन्छ।’
ऊसँग अब त्यो रुमाल थिएन र झझल्को बाहेक रुमालसँगै आउने प्रेमीको हरक पनि थिएन।
पुल नजिकै पुगेका पाइला रोकेर रङ खुइलिसकेको पुरानो चौतारोजस्तो ऊ टक्क अडिई। बगेको खोलालाई पश्चिम पारेर अस्ताउँदो सूर्यलाई हेरी। अस्ताउन लागेको सूर्य हल्का खरानी टाँसिएको आगोको झरभराउँदो कोइलाजस्तो भएर क्षितिजको पहाडबाट आफूलाई बिलाउँदै थियो। नजिकैको रुखको कापबाट छिरेर आएको त्यसको तीखो किरण पनि विस्तारै सूर्यसँगै बिलाउँदै गएको उसले हेरिरही।
अब अघि सडकमा देखिएका रुखका छाँयाहरु क्रमशः झन् लामा लामा, भद्दा र छाँया नै नछुट्टिने गरी काला बन्दै थिए।
र, उसको सोचको नीलो दहचाहिँ विस्तारै घट्दै थियो। 
 
                                                                                     Copy :-  Bichar

6:35:00 pm

The Great Hindus Festival Dashain: In Nepal and Abroad

सामग्री प्रस्तुति Ram Prasad Panta

 -By Dirgha Raj Prasai
 
Dashain (Vijaya Dashami) is a traditional cultural festivity. Dashain is the longest and the most auspicious festival in the Nepalese society and all Hindus in the world.. The fifteen days of celebration occurs during the bright lunar fortnight ending on the day of the full moon (Kojagrat Purnima). In this year 2011, it starts from Ghatastamna-Sep-28. The main Dashain is Bijaya Dashami- 6th Oct. 2011.Before Prithvi Narayan Shah (1868), the festival of Dashain and Tihar had been revered as a common culture of all castes. After Prithvi Narayan Shah, created a modern Nepal a new tradition was set by bringing Phulpati and Jamara to Kathmandu from the Gorakhkali Temple by a Magar priest. People from both the religion of Hindu and Buddha take Tika from senior family members in order of precedence after worshipping the main gate on the occasion of Vijaya Dashami.

Before the unification of India by East India Company, India was not called Hindustan. But, before 1868, the King, the creator of greater Nepal- Prithvi Narayan Shah had said that the 'Himawatkhanda-Nepal' was called Hindu region. So, he had said-'Nepal is the real 'Hindusthana' at 1800 Bs (1753, AD). During the time when Himwatkhanda Nepal remained a unified country the current powerful nations were divided into many smaller nations. Bismark had unified Germany, which had existed in the façade of many smaller  nations, a hundred years after Nepal's unification. Italy was also divided into many smaller nations a hundred years before Nepal's unification, which was transformed into a
greater Italy by good sons as Kabur and Gyalibhardi. After the unification of Nepal-1868, the king Prithbinarayan Shah unified all the culture and traditions of these small Hindu states.

The identity of a nation fades away when its cultural belief is in a sequence. To avoid this Hindus, Buddhists and patriotic Nepali people scattered across the world must launch an initiation. We patriotic people of the nation pray to goddess Nava Durga Bhawani to  be prosperous to the Nepalese people all around the world. Including, the all political elements have to work far to come on the track to save the national traditions and culture. Dashain (worshipping Goddess Bhagawati for Power) and Tihar (worshipping Goddess Lakshmi for wealth) is a knot of cultural interrelationship among the Nepali people. Nepalese residing outside the nation take the festival as the identity of Gorkhali Nepali people spread across the world regardless of their caste and they exchange greetings and celebrate the festival in perfect cultural harmony.

Nepal is the pious Hindu country in the lap of the Himalayas, which is beautiful, quiet, the birth place of Buddha and origin of Hinduism. Lord Buddha is believed to be the incarnation of Lord Vishnu- the Hindu God. Besides being the country of Everest it is equally popular with its diverse cultural values. This is the land where civilization began and is also known as the country of 'SANGRILA.' Nepal is as
holy place to Hindus & Buddhists, as Mecca for Muslims and Jerusalem to Jews and Christians.

Nepal is a rich and complex mix of different cultures and traditions, melded over thousands of years into a unique whole. For the western traveler there is much that is familiar, and many surprises. Family and religion are of paramount importance, and are constantly reflected throughout the culture. Culture provides essential information on attitudes, beliefs and behavior in different countries, ensuring that you arrive at your destination aware of basic manners, common courtesies, and sensitive issues. It offers illuminating insights into the culture and society of a particular country. Nepal moves to a different rhythm than the West.

In Darjeeling, Sikkim, Duarsh, Asaam and Deharadun and Bhutan Dashain and Tihar is taken as an occasion of Gorkhas unity. Hindus in India, Burma, Sri Lanka, and Indonesia including other nation around the globe celebrate Dashain in their own ways. Dashain is common festival of poor and rich. Tika, a mixture of cord, red vermilion and rice is placed on the temple of the body by seniors. The ritual starts from Bijaya Dashami and lasts till full moon day with much zeal and merriment. Tika is received from father-mother, father-in-law, mother-in-law, teachers and other revered senior members with blessings. Dashain is also important to Indian Hindus celebrate the occasion without receiving Tika. Vijayadashami is a festival celebrated in various forms across India, Bangladesh and Nepal. It is also called Dasara, Dashahara, Navaratri and Durgotsav.

An Indian Scholar Jasbir Sethi express-' In India, the harvest season begins at this time and so the Mother Goddess is invoked to start the new harvest season and reactivate the vigor and fertility of the soil. This is done through religious performances and rituals which are thought to invoke cosmic forces that rejuvenate the soil. In Bangladesh it is a five day long festival and is celebrated in Mandap (congregation).The largest festival is held at Dhakeshwari temple and Ramkrishna missionary in Dhaka? On the day of Dashahara, clay statues of the Goddess Durga are submerged in rivers.

The Pooja is performed with turmeric and other Pooja items, which are added to the river in order to help the water yield better crops. On this day in the Tretayug, Rama, also called Shri Ram, the seventh incarnation of Vishnu, killed the great demon Ravana who had abducted Rama's wife Sita to his kingdom of Lanka. Rama, his brother Lakshman, their follower Hanuman and an army of monkeys fought a great battle to rescue Sita. The entire narrative is recorded in the epic Ramayana; a Hindu
scripture. Rama had performed "Chandi Homa" and invoked the blessings of Durga, who blessed Rama with secret knowledge of the way to kill Ravana. To mark the return of Lord Ram, in the evening, the residents of Ayodhya lighted their city with millions of earthen lamps (called Deepak). Since then, this day is celebrated in India as Deepawali or Diwali. Dasha-Hara is also known as Navaratra or Durgotsava and is a celebration of Durga's victory.'

Since time infinitive, Dashain is celebrated as a widespread festival and as a symbol of power. According to Hindu mythology, an ogre 'Rakshes' (monsters) by the name of Mahisasur had caused pain and suffering amongst humans. Then goddess Durga Bhawani killed the monster to relieve the humans. Dashain is the festival symbolizing victory of truth over evil. The worshipping of the Nawadurga Bhawani during the Nawaratra (nine night of worship) from Ghatastapana is an ancient tradition. It is mentioned in the Devi-Puran- 'Ram had proposed of launching war against Rawan in Lanka on the occasion of Bijayadashami in Ashwin Shukla Nawaratri'. Similarly, it is mentioned in the Padma-Puran- 'Rama had killed Rawan on the day of Chaitra Shukla Chaturdashi.'

Nepali influenced by Christian religion has been creating numerous illusions with an aim to urge people to boycott the great festival. But some Christians celebrate Dadhain as a cultural value without Tika. There have been efforts to pollute the holly festival with the color of the political-party. Some people belonging to indigenous groups are competing with each other to show there are better by boycotting
Dashain. But indigenous people living abroad are lashing out at the concept. Prof. Gopinarayan Pradhan of Darjeeling said- 'the attempt to reduce the extensive Nepali identity to class based identity is sad.' Swami Prapnanacharya said-'Estadev Mahadev, Parwati and Drawasam and Yumasan. Worshipping Nawadurga in Nawaratra is an ancient tradition. To pollute the ancient culture of receiving Tika on the day of Dashami or Bijayadashami at the right time is not wise.

People observe Tika receiving ceremony as an opportunity to resume past broken relations with their relatives and friends. This is a joyous festivity. Those have chosen to boycott the festival have made a mistake. This is their defeat. What can be achieved from loosing the identity? Dashain is an immense opportunity for the relatives living abroad to come together. The poor people, victims of perennial
shortages, gather some to wear good clothes eat good food and celebrate the festival with joy. In reality it is not a Dashain religion, it is a traditional cultural belief. It should be kept alive. I hope that the Nepalese King- Gyanendra (who is not in thrown since 2008 from the conspirator role by RAW, CIA and Nepalese broker leaders) also come ahead in this year to offer Tika to the people. Then, we feel our glory. I extend to everyone the Greetings on the occasion of Vijaya Dashami 2068Bs
(2011 AD).

8:37:00 am

यौन चाहना पूरा गर्न 'सेक्स टोय'

सामग्री प्रस्तुति Ram Prasad Panta

रत्नपार्कमा कन्डम बेच्ने काम गर्ने दि कन्डम हाउसका मणि सापकोटा 'सेक्स टोय' असुरक्षित यौन व्यवहारबाट उत्पन्न हुने एचआइभी र अन्य यौनरोगको खतरा कम गर्न निकै उपयोगी साधन भएको बताउँछन् 
रोबोटसँग प्रेम र यौनसम्पर्क' पुस्तकमा डेभिड लेभी लेख्छन्, 'सन् २०५० सम्ममा रोबोटले मानिसलाई यौनसन्तुष्टि मात्रै नभई प्रेमी-प्रेमिकाको जस्तो साथ पनि दिनेछ ।' यौनप्रति अनुदार परम्परा भएको नेपालमा 'कन्डम हाउस'को तीव्रतर फैलिएको लोकपि्रयता र युवायुवतीमाझ 'सेक्स टोय'को बढ्दो मागले डेभिडले भनेजस्तो 'रोबो सेक्स'को संसारमा पाइला डोर्‍याउन चाहने युवा जमात नेपालमा पनि तयार भइरहेको देखाउँछ । 
अमेरिका र भारतजस्ता केही राज्यमा 'सेक्स सप' खोल्न र कृत्रिम यौनसाधनको किनबेच गर्न बन्देज गरिएको छ । अनुमति दिइएका राज्यमा पनि सांस्कृतिक, धार्मिक र सामाजिक मूल्य-मान्यताको आधारमा विरोध हुने गरेको छ । तर, नेपालमा कृत्रिम यौनसाधनको बिक्री-वितरण सहज बन्दै छ । यौनसाधनको बिक्री-वितरण खुला भएका देशमा पनि यसको दुरुपयोग ठूला चुनौती बन्दै छन् । बेलायतको उदाहरण लिऊँ, बालबालिकाले पनि कृत्रिम यौनसाधन किन्न थालेपछि सरकारका लागि 'यसको बिक्री खुला गर्ने कि बन्देज गर्ने' भन्ने तनाव आइलागेको छ । यसले के देखाउँछ भने कृत्रिम यौनसाधनको व्यापार गर्ने अनुमति भएका वा नभएका दुवैखाले देशमा समस्या खडा छन् भिन्नखाले । 
पहिलोपटक दुई वर्षअघि नेपालमा खुलेको 'दि कन्डम हाउस'का ग्राहकमा पुरुषभन्दा महिला बढी छन् । हुनेखाने र निकै पढेलेखेका वर्गका नेपाली ग्राहकमा पछिल्लो प्रविधिका महँगा 'सेक्स टोय' (यौन-खेलौना)को आकर्षण बढ्दो छ । 'सेक्स टोय'को व्यापार हुने काठमाडौं खिचापोखरीको 'दि कन्डम हाउस'को उद्देश्य 'नेपाली ग्राहकबीच यौन-सामग्रीको व्यापार बढाउनु' भएको यसका मार्केटिङ अफिसर मणि सापकोटा बताउँछन् । सापकोटाका अनुसार, पुराना प्रयोगकर्ताले दिएको सूचनाको आधारमा थपिने नयाँ ग्राहक पनि बढिरहेका छन् । पुरुषहरू पसलमै आएर निकैबेर मोलतोल गरेर सेक्स टोय किन्छन् भने महिलाहरूचाहिँ पहिले फोनबाट जानकारी लिएर किन्न आउने गरेको उनी बताउँछन् । 
'सेक्स टोय किन्नभन्दा पनि यसबारे बुझ्न आउने केटीहरू बढी हुन्छन्,' उनी भन्छन् । 'दि कन्डम हाउस'मा १५ सय देखि २० हजारसम्मका सेक्य टोय बिक्री हुन्छन् । र, तिनका अधिकांश ग्राहक धरान, पोखरा, इटहरीतिरका काठमाडौंमा आएर बस्ने हुनेखाने वर्गका हुने गरेको सापकोटा बताउँछन् । 'गरिब ग्राहकका लागि १० देखि २० प्रतिशतसम्म छुटमा सेक्स टोय बिक्री गर्छौं,' मणि भन्छन्, 'काठमाडौंका रैथाने ग्राहकचाहिँ यसबारे बुझ्न बढी आउँछन् तर, उनीहरू बढी नै लजाउँछन् ।' 'दि कन्डम हाउसमा होम सर्भिसको पनि सुविधा रहेछ । 'हामीलाई फोन गरेर अर्डर गर्ने ग्राहकचाहिँ काठमाडौंका रैथाने बढी हुन्छन्,' उनी भन्छन् । दि कन्डम हाउसको यो दुईवर्षे कारोबारमा ५०० भन्दा बढी सेक्स टोय बिक्री भइसकेको मणि बताउँछन् । 
बागबजारको 'दि कान्तिपुर कन्डम कलेक्सन' खुलेको आठ महिनामा २५ भन्दा बढी प्रति सेक्स टोयको बिक्री भएको यसका सञ्चालक समीर बोहरा बताउँछन् । 'पसल खुलेको सुरुमा बाटो हिँड्दा पनि मुख छोपेर हिँड्ने मान्छे अहिले सेक्स टोयका ग्राहक बनेका छन्,' समीर भन्छन् । पसलमा पढेलेखेका, उच्च घरानाका, भिआइपी, वकिल, डाक्टरहरू पनि सेक्स टोयबारे बुझ्न र किन्न आउने गरेको उनी बताउँछन् । 'अहिलेसम्मका सेक्स टोयका ग्राहकमा पुरुषभन्दा महिला बढी छन्,' समीरले भने, 'एक दिनअघि मात्रै अस्ट्रेलिया बस्ने आफ्नो श्रीमान्का लागि सेक्स टोय किन्न एउटी महिला आएकी थिइन् । श्रीमान् विदेश गएका श्रीमती पनि किन्न आउँछन् । एक महिनाअघि एकजना विदेश जान लागेका पोखराका केटा आएका थिए, श्रीमतीका लागि किनेर लगे ।' सेक्स टोयबारे बुझ्न दैनिक २५ जनाभन्दा बढी महिला र पुरुष पसलमा आउने गरेको उनले बताए । 
काठमाडौंमा ब्युटिपार्लर चलाइरहेकी एक ३५ वषर्ीया महिलालाई अहिले विदेशमा रहेका उनकै श्रीमान्ले सेक्स टोय पठाइदिएका छन् । 'यौन चाहना पूरा गर्न अरू यौनसाथी बनाउनुभन्दा यस्ता सामग्रीको प्रयोग निकै सुरक्षित हुँदोरहेछ,' दि कान्तिपुर कन्डम कलेक्सनमा सेक्स टोयको फाइदा/बेफाइदाबारे विस्तृत बुझ्न आएका वेला भेटिएकी ती महिलाले सुनाइन् । श्रीमान् बढी नै व्यस्त हुने आफ्ना कतिपय फुर्सदिला महिला साथीले पनि सेक्स टोयको प्रयोग गर्ने गरेको उनी बताउँछिन् । 'मेरो एकजना साथीलाई पहिलेदेखि चिनेजानेको चाइनिज महिलाले कृत्रिम पुरुष जनेन्द्रीय दिएकी छिन्,' कालो टिसर्ट र जिन्स पाइन्टमा ठाँटिएकी उनी भन्छिन्, 'यसको प्रयोगले पतिसँगको सम्बन्ध, सामाजिक प्रतिष्ठा र स्वास्थ्यमा कुनै पनि खाले असर गर्दैन ।' 
'दि कान्तिपुर कन्डम कलेक्सन'मै आवाज निकाल्ने 'सेक्स डल' -नग्न युवतीको पुतली) किनेका एक प्राइभेट कलेजमा मास्टर पढ्दै गरेका अविवाहित युवक कृत्रिम साधनबाट यौनसन्तुष्टि लिनुलाई सभ्य र सुरक्षित यौन सन्तुष्टि र व्यवहार ठान्छन् । 'यसबाट कसैमाथि जबर्जस्ती हुँदैन, न एचआइभी वा अरूखाले यौनरोगको नै डर हुन्छ,' उनी भन्छन्, 'त्यसैले यो निकै आनन्ददायक खेलौना हो ।' यौन-परामर्शदाता डा. बद्री भट्टराई पनि यौनकर्मीकहाँ पुग्नुभन्दा सेक्स टोयको प्रयोग सुरक्षित र स्वच्छ हुने बताउँछन् । 'पहिले-पहिले कन्डम किन्न पनि साह्रै हिचकिचाउने नेपाली समाजमा नक्कली यौनांगको बजार खुल्नुले नेपालीेको यौनप्रतिको धारणामा तीव्र परिवर्तन आइरहेको देखाउँछ,' उनी भन्छन् । 
पुरुष-महिलाबीचको यौनसम्बन्धलाई थुप्रैखाले सामाजिक नीतिनियम र सांस्कृतिक मूल्य-मान्यताले बाँध्ने परम्पराको थालनी भएदेखि नै मानिसमा 'वैकल्पिक यौनसुख'प्रति आकर्षण र उत्सुकता बढेको मानिन्छ । सेक्सको विकल्पको रूपमा 'सेक्स टोय'को जन्म भएको विज्ञहरू बताउँछन् । युवायुवतीमा पारिवारिक हस्तक्षेप, निगरानी घट्दै जानु र यसले विवाह गर्ने उमेर पनि पछाडि सर्दै जानुले उनीहरूको यौनजीवन पनि आफ्नै मर्जीअनुसार चल्दै छ र यौनचाहना पूरा गर्ने माध्यम पनि बदलिँदै छ भन्छन् मानवशास्त्री सुरेश ढकाल । 'आफ्नोअनुकूल प्रयोग गर्न सकिने र यौनसाथीको पनि आवश्यकता नपर्ने हुनाले कृत्रिम यौनसाधनप्रति नेपाली युवायुवतीको आकर्षण बढेको हो,' ढकाल भन्छन् । 
केही वर्षअघिसम्म रत्नपार्कमा कन्डम बेच्ने काम गर्ने दि कन्डम हाउसका मणि सापकोटा 'सेक्स टोय' असुरक्षित यौन व्यवहारबाट उत्पन्न हुने एचआइभी र अन्य यौनरोगको खतरा कम गर्न निकै उपयोगी साधन भएको बताउँछन् । 'असुरक्षित यौन-व्यवहारमा फस्ने र यौनमा निकै कुण्ठित भएर बस्नेहरूलाई सेक्स टोय निकै उपयोगी हुन्छ,' उनी भन्छन् । दैनिक विश्व अर्थतन्त्रमा नजिकिइरहेको नेपाली बजारमा यस्ता वस्तु भित्रिनुलाई सामान्य मान्छन् यौनमनोचिकित्सक डा. सुबोधकुमार पोखरेल । उनको भनाइमा, 'सेक्स टोयले व्यक्तिलाई बढी एकान्तिक र अप्राकृतिक बनाउँदै लैजान्छ ।'
कृत्रिमतामाथिको निर्भरताले अन्ततः मानिसलाई मनोरोगी बनाउन सहयोग गर्ने पोखरेल बताउँछन् । 'यसले मानिसलाई यौनकुण्ठाबाट त मुक्त राख्छ तर, कृत्रिम यौन-व्यवहारको लत बढाउन प्रेरित गर्छ । फेरि नेपालीमाझ यो नितान्त नौलो प्रविधि हो र यसको सही प्रयोग गर्न नजान्दा मान्छे थुप्रैखाले शारीरिक र मानसिक तानवमा फस्छ । आत्मरतिका लागि प्रयोग गर्दा राम्रै हो । तर, यसबाट हुने हानि कम गर्न सरकार, उपभोक्ता बढी सचेत हुनुपर्छ,' पोखरेल भन्छन्, 'यौन परामर्श र उपचारका लागि आएका सेक्स टोय प्रयोग गर्ने केही मान्छे आफ्नो यौनांगमा घाउ लिएर आएका हुन्छन् । यसलाई प्राकृतिक यौनसम्बन्धको विकल्पको रूपमा लिने जमात बढ्दै छ । यसले वैवाहिक जीवन तहसनहस पार्न सक्छ ।'
मानवशास्त्री ढकालको विचारमा, सामाजिक सम्बन्ध टुट्दै जाँदा मानिसले यौनमा निजत्व खोज्न थाल्छ र यो यसैको रूप हो । 'यौनका लागि कृत्रिमतातिर लाग्नु अनौठो कुरा होइन । यो आधुनिक समाजको प्रतिविम्ब हो । पहिले मानिस समाजमा बाँधिएको थियो, अहिले ऊ निजी बन्दै गएको प्रमाण हो सेक्स टोय,' उनी भन्छन्, 'सेक्स टोयले आफ्नै सुखको मात्र बढी मतलब राख्ने नेपाली समाजमा मानिसलाई दायित्वहीन, आफूकेन्दि्रत र व्यक्तिवादी बनाउँदै छ । यो मानिसको बाध्यता र प्रविधिको व्यापारीकरण हो । काठमाडौंमा निष्पिmक्री सेक्स टोय प्रयोग गर्ने मान्छे गाउँमा गएर कन्डम किन्न लजाउँछ । यो स्वतन्त्रताको प्रतीक पनि हो भन्ने लाग्छ ।'

                 गत वर्ष माधवकुमार नेपालले प्रधानमन्त्रीबाट अचानक राजीनामा दिए। उनको राजीनामा अप्रत्याशित थियो, तर युवा ज्योतिष हरिहर अधिकारीले  माधवकुमार नेपाल प्रधानमन्त्री भएकै भोलिपल्ट उनको राजीनामा फलनो समयमा हुन्छ भनेर दिन तोकेका थिए। यो एउटै भविष्यवाणीले यी फुच्चे ज्यो तिषको चर्चा हुन थालेको थियो। विश्वकप क्रिकेट भारतले जित्छ भन्ने अधिकारीको भविष्यवाणी पनि सही सावित भएपछि भने २२ वर्षकै उमेरमा उनी  व्यस्त हुन थालेका छन्। पछिल्लो समयमा उनकै सल्लाहमा नायक राजेश हमालले आफ्नो विवाह दुई वर्ष सारेको बताइादैछ। ५० वर्ष पुग्न लागेका  हमाललाई पहिलोपल्ट विवाहयोग्य  कुनै युवती मन परेकी थिइन्, तर अधिकारीले यो विवाहलाई पनि थप दुई वर्ष पर सारिदिए। विदेशमा पढेका, संसार  बुझेका एवं बल्ल-बल्ल विवाह गर्न लागेका नायक हमालले एउटा फुच्चेले भनेकै भरमा विवाह सार्नु सबैका लागि अचम्मको कुरा हो। आखिर युवा ज्यो तिष अधिकारीसँग कुन त्यस्तो सूत्र छ, जसका पछि राजेश हमाल जस्तो कलाकार पनि लागेका छन् ? उनको भविष्यवाणी कसरी धमाधम मिलिरहेको छ  ? दुई वर्षदेखि एउटा टेलिजिभन च्यानलमा फलादेश शीर्षकको कार्यक्रम चलाइरहेका अधिकारीसँग साप्ताहिकको कुराकानी ः 

तपाईंले नायक राजेश हमालको हुन लागेको विवाहलाई दुई वर्ष पर सारिदिनुभयो भन्ने हल्ला छ, त्यस्तो सल्लाह किन दिनुभयो ?

किनभने राजेश हमालको कुण्डलीमा अहिले विवाहको योग छैन। विवाहको घरमा शत्रुको बास छ। दुई वर्षअघि हमालजीले विवाह गर्नुभयो भने या त उहा ँले पत्नी वियोग सहनुपर्छ या त पारपाचुके हुन्छ। यस्तो हुन्छ भन्ने थाहा भएपछि किन आफ्नो जीवनलाई अप्ठयारो पार्नुहुन्छ भनेर सल्लाह दिएको हुँ।  आखिर साँचो प्रेम हो भने अरू दुई वर्ष कुर्दा पनि प्रेम त मर्ने होइन।

दुई वर्षअघि त्यही युवतीसँग विवाह गर्दा राजेश हमालको विवाह बिग्रने, पछि गर्दाचाहिँ सपर्ने भन्ने कुरा हाँसउठ्दो छैन र ?

सुन्दा अपत्यारिलो अवश्य छ, तर साँचो हो।

अनि यस्तो कुरा राजेश हमालजस्ता संसार बुझेका मानिसले पत्याउनु अचम्म होइन ?

हो, म उमेरले कच्चा अवश्य छु, तर यो मैले गरेको भविष्यवाणीको वैज्ञानिक आधार छ। धेरैलाई ज्योतिषशास्त्रप्रति विश्वास नलाग्न सक्छ, त्यो व्यक्तिको  स्वतन्त्रता हो तर म ठोकेर भन्न सक्छु, राजेशजीले दुई वर्षअघि कुनै हालतमा विवाह गर्नु हुँदैन। राजेशजीले मेरो कुरामा त्यसै विश्वास गर्नु भएको होइन।  उहाँको १३ वर्षको उमेरमा भएको दुर्घटना एवं बुबासँगको खटपटका सम्बन्धमा मलाई कुनै पूर्वजानकारी थिएन। उहाँको जन्म समयबाट फलादेश  निकाल्दा  मैले ती कुरा भनेको थिएँ। त्यसो भएकाले विवाहको कुरा पनि असत्य हुने कुनै कारण छैन।

यो त प्रेममा भाँजो हालेको भयो नि ?

म उहाँको प्रेमिकासँग माफी माग्दै भन्छु, मलाई प्रेमको दुस्मन नमान्नुहोला। किनभने यसमा उहाँहरूकै भलाइ छ।

जुन ज्योतिषशास्त्रको आडमा भविष्यवाणी गर्दै हुनुहुन्छ, यस्ता भविष्यवाणी धेरै ज्योतिषले गरे तर ती पुगेनन्। तपाईंको ज्योतिष गणना सही छ भन्ने तर्क  के छ ?

किनभने म  विज्ञानमा स्नातक गरिररहेको युवा हुँ। ज्योतिषशास्त्रमा कहाँ कमजोरी भयो भन्ने मैले थाहा पाएँ। ज्योतिशशास्त्र विज्ञानकै एउटा भाग हो।  यदि सही अनुसन्धान गर्ने हो भने यसले सही परिणाम दिन्छ।

त्यो सही अनुसन्धान भनेको चाहिँ के हो ?

ज्योतिषशास्त्रले ग्रह नक्षत्रका आधारमा व्यक्तिको जीवन कसरी अघि बढ्छ भन्ने कुराको विश्लेषण गर्छ। आधुनिक विज्ञानको ज्ञान नहुँदा पुरानै पुस्तकका  आधारमा फलादेश गर्ने शैली अहिले प्रचलित छ। हजारौं वर्षअघि लेखिएका पुस्तकमा अहिले परिवर्तन भएका ग्रह नक्षत्रको कुरा उल्लेख छैन। हजार वषर् अघि पृथ्वी जुन स्थानमा थियो, अहिले त्यो स्थानबाट सरिसकेको छ। शून्यमा अडिएका चन्द्रमा, बुध, चन्द्र, बृहस्पतिजस्ता ग्रह पनि ती स्थानमा छैनन्।  समयसँगै सबै कुराले आफ्नो स्थान छाड्दै जान्छन्। फलादेशको शैली पनि पुरानो छ। अहिले विज्ञानले पृथ्वीबाट चन्द्र, सूर्य, बुध, बृहस्पति कुन स्थानमा  कति टाढा छन् भन्ने कुरा राम्रोसँग देखाउन सक्छ। त्यसबाट राम्रो कुण्डली बनाउन सकिन्छ। राम्रो कुण्डली बनाएको खण्डमा उचित रूपमा गणना गर्न  सकिन्छ र सही अनुसन्धान हुन्छ।

कतिपयले त ज्योतिषको गणना पद्धतिलाई नै काल्पनिक भनेका छन्, हामीजस्ता व्यक्तिलाई पनि यो मान्छे ठग्ने मेलो हो भन्ने लाग्छ, कसरी बचाउ  गर्नुहुन्छ ?

सबैभन्दा पहिले त धेरै व्यक्तिले ज्योतिषले भूतका बारेमा भनेका कुरा सत्य निस्कियो भनेको सुन्नुभएकै होला। भविष्य पनि मिलिरहेको छ भन्ने कुरा  माधवकुमार नेपालको राजीनामा र विश्वकप क्रिकेटमा भारतको जितले पनि पुष्टि गरेको छ। यद्यपि म एउटा-दुईवटा कुरा मिल्यो भन्दैमा यो सही हो  भन्दिनँ, सबै सही हुनुपर्छ भन्ने मेरो मान्यता हो। किनभने हामी पृथ्वीमा जन्मन्छौं। जन्मदा जुन ग्रह-नक्षत्र जुन-जुन अवस्थामा हुन्छन्, हामी स्वतः त्यसको  प्रभावमा पर्छौं। अहिले पनि हामीमाथि विभिन्न ग्रहको प्रभाव परिररहेको छ। हाम्रा ग्रह अनुकूल छन् भने हामी अनुकूल अवस्थामा हुन्छौं, ग्रह प्रतिकूल छन्  भने हामीले समस्या भोग्नैपर्छ। यो हजारौं वर्षदेखि अनुसन्धान गरेर प्रमाणित भएको विषय हो।

ग्रह-नक्षत्रका बारेमा शास्त्रहरूले नभनेका कुरा विज्ञानले भनिरहेको छ, पुराना सबै कुराले शास्त्रलाई काटिरहेका छन्। के भन्नुहुन्छ ?

हामीले शास्त्रले भनेका कुरा के पत्याउनु भनेर हेला गरेका रहेछौं। हिजोसम्म म पनि यस्ता कुरामा विश्वास गर्दिनथेँ। जब ज्योतिषशास्त्र अध्ययन गर्न  थालें, आफैं अरूलाई पुराना कुरा बुझाउँदै हिँड्न थालेको छु। हामी आधुनिक विज्ञानमा न्यूटनले रूखबाट स्याउ झरेको देखेपछि पृथ्वीको गुरुत्वाकर्षण  शक्ति पत्ता लगाए भन्छौं तर त्यो सत्य होइन। न्युटन जन्मनुभन्दा हजार वर्षअघि नै भाष्कराचार्यले आफ्नो पुस्तक लीलावतीमा पृथ्वी शून्यमा अडिएको र  हरेक ग्रहको आ-आफ्नो शक्ति रहेको कुरा उल्लेख गरेका छन्। पृथ्वीमा आफूतिर तान्ने शक्ति छ भनेर लीलावतीमा प्रस्ट उल्लेख छ।

तपाईंले आफैं कुनै अनुसन्धान गर्नुभएको छ ?

म विज्ञानको विद्यार्थी भएकाले जुनसुकै भविष्यवाणी पनि लामो अनुसन्धानपछि गर्छु। पुस्तकमा लेखिएका कुरालाई व्यवहारको कसीमा जाँचेर हेर्छु। सुधार  गर्नुपर्ने भए त्यसलाई आफै करेक्सन गर्छु। आजको युगले प्रमाण माग्छ, त्यही भएर प्रमाणित नभै म बोल्दिनँ।

तपाईंले आफंै चित्त बुझेको अनुसन्धानचाहिँ के थियो ?

२०६१ साल माघ १ गते थानकोटमा तत्कालीन विद्रोही माओवादीले प्रहरी चौकीमा आक्रमण गरे। उक्त आक्रमणमा ११ प्रहरीलाई गोली लाग्यो, तीमध्ये  १० जना मरे। मर्नेमध्ये मेरा फुपाजु पनि हुनुहुन्थ्यो। जब मैले ज्योतिषशास्त्र अध्ययन गर्न थालें, फरक-फरक समयमा जन्मिएका, फरक-फरक पारिवारिक  एवं सामाजिक पृष्ठभूमिका व्यक्ति कसरी एउटै समयमा मरे ? भन्ने कुरा मन्थन गरे । त्यसपछि मलाई उक्त घटनाका सम्बन्धमा ज्योतिषशास्त्र अनुसार  अध्ययन गर्न मन लाग्यो। मैले प्रहरी प्रधान कार्यालयबाट उनीहरू जन्मिएको र जागिर खाएको मिति एवं समय ल्याएँ। जन्मिएको मिति गलत पनि हुन  सक्थ्यो, कारण जागिर खान जुन नागरिकता पेस गरिन्छ, त्यसमा उमेर घटाइएको वा बढाइएको हुनसक्छ। त्यसैले उनीहरूले जागिर खाएको मितिलाई  मैले विश्लेषण गरें। अनुसन्धान गर्दै जाँदा मैले के पाएँ भने ती ११ जना प्रहरी भिन्दाभिन्दै समयमा जागिरमा प्रवेश गरे पनि सबैको हाजिर हुने दिनमा  अचम्मको संयोग देखियो। मृत्यु भएका दसै जना  प्रहरीको जागिरमा भर्ना हुने दिन मंगल र शनिको योग परेको थियोअनि जुन दिन र जुन समयमा चौ कीमा आक्रमण भयो, त्यो बेला पनि मंगल र शनिको योग परेको थियो तर जसलाई गोली लागे पनि उनी बाँचे, ती व्यक्तिले जागीरमा प्रवेश गरेको  दिन शनिको योग परेको थियो। उनलाई मंगलले बचायो। यद्यपि शनिका कारण उनले पनि गोली खानुपर्‍यो।

 तर मारिएका धेरै व्यक्तिको कुण्डली हेर्ने हो भने उनीहरू ७० वर्ष बाँच्ने देखिन्छ, यो विरोधाभास किन ?

यसैलाई त ग्रहको योग भनिन्छ। तपाईंलाई कुनै दशा लागेको छ भने फलानो मन्त्र जप्नुहोस् वा फलानो ढुंगाको औंठी लगाउनुस् भनेर सल्लाह दिइन्छ।  आफ्नो प्रतिकूल ग्रहका कारण कुनै अप्ठयारो नपरोस् भनेर त्यसो गरिएको हो। यदि ती प्रहरीलाई त्यतिबेला मंगल र शनिको प्रभावबाट जोगाउन  सकिएको भए त्यो ग्रहको प्रभाव निष्त्रिmय हुन सक्न्थ्यो, फलस्वरूप उनीहरू अहिलेसम्म पनि बाँचिरहेका हुन्थे।

8:47:00 am

बेसी साहिँलीका छोराहरु - अकेला

सामग्री प्रस्तुति Ram Prasad Panta

              आफ्नो नामको पछाडि टाईटल झुण्डयाउने चलनले बेसी-साहिँलीलाइ पनि छाडेन । बाबुआमा मामाले राखिदिएको नाम प्रेमकुमारी भए पनि अर्जेल बाजेको साहिँलो छोरोसंग लगन गाँठो गाँस्सिएपछि तिनी गाउँमा साहिँली भनेर चिनिनथाली । तर साहिँलीको अगाडि ुबेसीु कसरी झुण्डियो त भन्दाखेरी छुट्टै उपकथा नै रहेछ ।
                  बिहे भएको चार पाँच बर्षसम्म पनि काखमा नाति नपरॆपछि अर्जेल बुढोले झण्डै अर्की केटीको चाँजो गरिसकेको थियो तर गाम्का अरु बुढाहरुले पहिले केही समय बिचार गर्न भनेपछि उनी रोकिए र जान्नेहरुलाइ देखाए । तर कसैले पनि यस्सै हो भन्न नसकेपछि बुढोको हड्डी गल्यो । अर्थात बुढोलाइ खपिखानु भएन । उसले साहिँलाको लोग्नेस्वास्नीलाइ तल बेसीमा गएर बस्ने र काखाँ नाति ल्याएर नराखि दिएसम्म खेतिपाति गरेर उतै बस्नू भने । त्यसपछि तिनका बुढाबुढीलाइ बेसीबाट माथि उक्लन निषेध जस्तै भयो । आजकल जस्तो बडाको कुरो काट्ने चलन त्यतिवेला थिएन काईँकुईँ नगरी ती बेसी झरे । काँचो उमेरले गर्दा सुरुमा त तिनले बुढाको हुकूम बेठीक ठानॆ तर पछि बाउले त्यस्सै त यस्तो कुरा नगर्नुपर्ने भन्ने सोँचे । एक त बेसीको अलपत्र खेतवारी त्यसमाथि कुनै जवानबाट पनि बच्चाबच्ची नै नभएपछि बुढो सुर्ताएको हुनुपर्छ भन्ठानेर कस्तैगरी भए पनि बुढो बाउको ईच्छा पूरा गरीछाड्ने अठोटका साथ ती भगिरथ तपस्यामा जुटे । प्रयास यस्तो थियो कि आज भैरहेको राष्ट्रिय सहमतिको यो प्रयास त्यतिवेला भैदिएको भए सायद त्यो पनि छायामा पर्ने थियो कि ! 
                वस्तुभाउ र धान राख्नको लागि बेसीमा गोठ छँदै थियो । पुरानै भए पनि खेतको पराल राख्न टौवा थियो । लोग्नेस्वास्नी अटाउने पहिला बाउ बुढो सुत्नेगरेको पुरानो खाट ज्यौँका त्यौँ थियो । थोरै ठोकठाक कस्कास् गरेपछि डेग् नचल्ने बेजोडको खाट तयार भैहाल्यो । खाट तयार भएपछि लोग्नेस्वास्नीमा खुशीको सिमैै भएन । यस्सो फुस्रद पायो कि त खाटको सदुपयोग गरिहाल्ने ! बिल्कूल त्यसरी जसरी कि गरिमामय संविधानसभाको सदुपयोग हाम्रा आदरणीय सभासदहरुले गर्दैछन् । दुइ दम्पतिले दिन-रात साँझ-बिहान हिउँद-बर्षा भोक-तिर्खा जाडो-गर्मी केही नभनी गरेको भगिरथ प्रयासले आफ्नो असर  देखायॊ । भगवानके घर देर है अँधेर नहीँ भनेझैँ साहिँली दोजिया भई । दुईजनाको भूईँमा खुट्टै भएन । प्रणयको मुक्त आकासमा दुइ दम्पति चरा जस्तै उड्नथाले । भित्ताको त कान हुन्छ भने दुई दुई थान कान हुने प्राणी मानिसले त्यस्तो कुरा चाल नपाउने त कुरै थिएन । सबैले साहिँली दोजीया भएको चाल पाए । जसले पनि अर्जेल बुढा र साहिँला-साहिँलीकै कुरा गर्नथाले ।  छोराबुहारीको कमालले बुढाको कलेटी परेको ओँठमा अनौठो मुस्कान छायो तर कसैले पनि त्यता ध्यानै दिएनन् । त्यो मुस्कानको रहस्य जान्नसकेनन् । सबैले यतिमात्र अनुमान गरे कि छोराछोरी पाउँन बेसीे झर्नुपर्ने रहेछ । अर्जेल बुढा आफ्नो तरकिवप्रति निकै गर्वान्वित भए । नहोउन् पनि किन  तेत्रा बर्षमा नभएको काम छोराबुहारी बेसी झरेकै बर्ष भएको थियो । त्यसले गर्दा जैरीसत्रुको मुखमा बुजो मात्र नलागी गैसकेको ईज्जत समेत जोगिएको थियो । 
          र महिना पुगेपछि साहिँली सुत्केरी भइ । मिहेनत अनुसार पहिलो बेत छोरै भयो । दुई दम्पति त खुशी थिए नै बुढो बाउ लगायत सबै प्रफूल्लित भए । त्यसपछि विधिपूर्वक बच्चाको न्वारन भ्याएपछि बाउ बुढासँग सोध्द्धै नसोधी तिनका लोग्नेस्वास्नी कुम्लोकाम्लो च्यापेर फेरी सुटुक्क बेसी नै झरे ।

पहिलो बेतमै छोरो भएपछि दुई दम्पति हौँसिएका थिए र फेरी त्यसैलाइ निरन्तरता दिनु थियो । पहिलो वर्षको एक्ल्याहाले मार्गप्रशस्त गरिदिएकाले दोस्रो बर्ष जुम्ल्याहा तेस्रो बर्ष तिम्ल्याहा गरी बच्चाबच्चीको त लाईनै लाग्यो र छ भाइ छोरै छोराका धनी भए । एकातर्फ अर्जेल बुढालाइ आफ्नो अक्कलले काम गरेकोमा गर्व थियो भने अर्कातर्फ अल्लारे मोरामोरीले भएका खेतवारीले नै धान्न नसक्नेगरी नातिनातिनाको थुप्रो लाईदेलान् भन्ने चिन्ता पनि थियो ।  र अन्तमा स्थितिलाइ नियन्त्रणमा लिन बुढो सकि नसकी लौरो टेक्दै बेसी झर् यो र दुवै अल्लारेलाइ अघि लाएर गाउँ ल्याईछाडे । 
         यसरी तीनबर्षको भगिरथ प्रयासले बाउ बुढाको काखमा छ भाइ नाति थुपि्रएपछि गाममा साहिँलाका बुढाबुढीले खूवै चर्चा पाए । नपाउन् पनि कसरी  तीन तीन बर्ष डण्डा पेलेका थिए पसिना बगाएका थिए । बेसीमा गएर बच्चाबच्ची पाएकाले गाममा मात्र होईन छिमेकी गाममा पनि साहिँलो ुबेसी साहिँलाु साहिँली ुबेसी साहिँलीु र उनका छ भाइ छोराहरु चाहीँ ुबेसी साहिँलीका छोराहरु भनेर चिनिनथाले ।

दान लिएर-दिएर मात्र हुँदैन । दान लिने-दिने दुवै सुपात्र हुनुपर्दछ । आजसम्मको सिकाइ हो यो । र यही सिकाइ भोलीका दिनमा काम लाग्नेवाला छ । मदारीले बाँदर नचाउने जुन रेला यहाँ सुरु भएको छ त्यो अति भयङ्कर छ । अव यो रोकिनेवाला छैन । नयाँ म्याण्डेटमा नगएसम्म र बहुमतीय या जस्तॊसुकै गठबन्धन र कानूनले यो रेलालाइ रोक्न सक्नेछैन । यो रोकिन फेरी पनि जनता नै कस्सिनुपर्नेछ । 
      नेकपा माओवादी एक नम्वरमा कांग्रेस दोस्रो नम्वरमा र एमाले तेस्रो नम्वरमा हुनुको अर्थ मिलेर देश चलाउनु भन्ने हो न कि बहुमतीय खेलमा लाग्न । निर्वाचन लगत्तै राष्ट्रपतिमा तँछाड् मछाड् नभैदिएको भए टापटिपे गठबन्धनमा बन्ने र भत्कने यस्तो जात्रै नहुन पनि सक्दथ्यो । देशले आज भोग्दैगरेको यो नियति त्यसैको उपज हो र भविष्यमा योभन्दा भयङ्कर नियति देश र देशवासीले भोग्नुपर्नेछ । बाबुराम अगाडि देखिनुमा राम्रो नराम्रो दुइ कारणको सम्मिश्रण छ । शेरबहादुर त आफ्नो चामल बिकाउन असफल भयो नै । तर खोटै नभएका रामचन्द्रको यसपाली पनि अठ्ठार पटक दाल किन गल्न सकेन र राष्ट्रिय बेईजत भयो  यसलाइ राम्रो नराम्रो कुन कारण मान्ने  र आफ्नै पार्टीभित्रबाट गरिने बाबुरामप्रतिको अर्घेल्याईँ पार्टीभित्रै बाबुरामको निरीहपन र उनका सरदारहरुको बोली व्यवहारका बाबजुद पनि पहिलोपल्टमै बाबुरामले एक्कासी ३४० मत ल्यायो । यसलाइ राम्रो या नराम्रोमध्ये कुन कारण भन्ने राम्रो कारणमा-बाबुरामको विद्वता शालिनता माधुर्यता र कार्यकुशलता हुनसक्छ त्यसले उनको लोकपि्रयतामा सुगन्ध थपेको पनि हुनसक्छ । राम्रो कारणमा-अनुभवी शेरबहादुरलाइ अगाडि पर्नै दिईएन किनकि शेरबहादुर त्यो हस्ती थियो जसले राजा ज्ञानेन्द्रको पाउमा देशको सार्वभौमिकता चढाएको थियो र देशमा कू निम्त्याएको थियो । तर रामचन्द्र त त्यो हस्ती थियो जसले शान्तिप्रकृया र संविधान निर्माणको मामिलामा प्रचण्ड र बैद्यलाइ झण्डै झण्डै हराईसकेको थियो भने र राज्यको पुनस्रंरचनाका सवालमा भूत भविष्य र वर्तमानलाइ मध्येनजर गरेर उनले मधेसी मोर्चालाइ पनि लगभग थकाई नै सकेको थियो ।
           देशका दुई ठूला दलहरु बाहिर बस्नु टापटिपे गठवन्धन हुनु सरकार निर्माण गर्न आत्मनिर्णय सहितको स्वायत्तता जस्तो गम्भिर मुद्धामा राजी हुनु गृह नागरिकतासंग जोडिएको मन्त्रालय भएको र विगतमा ४० लाख गैरनेपालीले नेपाली नागरिकता लिएकाले र त्यस्तो दुर्घटना भविष्यमा घट्नसक्ने सम्भाव्यतातर्फ ध्यान नदिईनु वा बेवास्ता गरिनु लगायत महत्वपूर्ण मन्त्रालय मोर्चालाइ दिन सहमत हुनु र पार्टीभित्र-बाहिरबाट अत्यन्तै कुटिलतापूर्वक यस किसिमको अत्यन्तै जीर्ण र जर्जर सरकारको प्रमुख बनाईनु पनि नराम्रा कुरा हुनसक्छन् । तर विज्ञापन राम्राले नखोज्ने नराम्राले मात्रै खोज्ने हुँदा राम्रो कुरा पछि नराम्रो कुरा अगाडि गर्नु उचित हुन्छ । बाबुराम सजग छ होसियार छ र फुकेर कदम चाल्छ भने ऊतिर लक्षित छल-कपट र कुटिलताले हावा खाला होईन भने धेरै पढ्दैमा छवि मात्र राम्रो हुँदैमा र सस्तो स्वदेशी गाडी चढ्दैमा मात्र केही हुनेवाला छैन बाह्रबुँदेको जग र केन्द्रीय समितिको म्याण्डेटमा टेकेर शान्तिप्रकृया नटुंग्याईए जुन लक्ष्य र उद्धेश्यका साथ आफुलाइ अघि सारियो वा बलीको बोको बनाउन खोजिँदैछ त्यो पूरा हुन्छ र आधुनिक नेपालको सपना टाँय टाँय फिस् हुनेछ । अर्थात आया बाबुराम गया बाबुराम ! अस्तु ।
 

1:23:00 pm

माटोको साथ पाएर नेपालको उत्कृष्ट प्रदर्शन

सामग्री प्रस्तुति Ram Prasad Panta

९ गोल खाने नेपाली टोलीको पक्षमा दर्शकहरुले बिहीबार दशरथ रंगशालामा अन्तिम समयसम्म पनि उत्साहजनक हुटिङ गरिरहे। नेपाली टोली के कम। आफ्ना दर्शक, आफ्नो भूमि ! जोर्डनलाई पेलेको पेल्यै गर्‍यो। पहिलो हाफसम्मको खेल पूरै नेपालको पक्षमा रह्यो; भलै नेपाली खेलाडीले गोल भने गर्न सकिरहेका थिएनन्। ४५ मिनेटसम्म खेल हेर्दा यस्तो लाग्थ्यो- यो जाबो जोर्डनी टोलीसँग नेपालले कसरी ९ गोल खायो होला ?सायद नेपाली टोली नेपाली आफ्नो माटोमा बढी शक्तिशाली अनुभव गर्छ। त्यही भएर अम्मानको रंगशालामा ९ गोल खाएको हो कि ! खेलको समाप्तिपछि नेपाली टोलीका कप्तान सागर थापाले त्यस्तै अभिव्यक्ति दिए। सञ्चारकर्मीलाई भने- ‘हामीले मात्र देशको माटो चिन्ने होइन यहाँको माटोले पनि हामीलाई चिन्छ। यहाँ दर्शकको समर्थन हाम्रा लागि अपार छ। यहाँ खेल्दा हामीलाई थकाइको अनुभव नै हुँदैन।’
९ गोल खाएर फर्किएको टोलीलाई साथ दिने दर्शकहरुप्रति कप्तान थापा सद्भाव उत्साहजनक छ। ‘हामी हाम्रा सवै समर्थकलाई सलाम गर्न चाहन्छौ। हामी यहाँ सधै उहाँहरुकै उत्साह र प्रेरणामा उहाँहरुकै लागि खेल्छौ।’
हुन पनि नेपाली दर्शकहरुको अपार समर्थनमा मैदानमा उत्रिएको टोलीले फिफा बरियतामा ९१ औं स्थानमा रहेको जोर्डनलाई सुरुदेखि नै दवाबमा राखेको थियो। राम्रो खेल्ने तर गोल गर्न नसक्ने हाम्रो रोग बिहीबारको खेलमा पनि प्रस्टसँग देखियो। नेपाली टोलीका वेलायती प्रशिक्षक ग्राहम रोबर्ट एकजना ‘कन्भिक्सन’ भएका व्यक्ति हुन्। खेल सुरु हुनुअघि नागरिकन्युजका लागि सोधिएको प्रश्नमा उनले भनेका थिए- ‘९ गोल खाँदैमा जोर्डन हराउनै नसकिने टोली भने हैन, त्यो हारको जिम्मेवारी म लिन्छु। र हामी बदला लिन चाहन्छौं।’
मध्यान्तरमा भिषण वर्षाले मैदान हिलाम्मे बनाएपछि सुरु भएको खेलमा जोर्डनी टोली सम्हालिएर आक्रमक बनेको थियो। ६२ औं मिनेटमा जोर्डनका हसन अल्मुले एक गोल गर्दा हजारौं नेपाली दर्शक स्तब्ध भएका थिए। रंगशाला एकछिन सुनसान बन्यो। जोर्डनको अग्रता सँगै नेपाल आक्रमक बन्यो र स्तब्धता चिर्दै ८० औं मिनेटमा नेपालका भरत खवासले शानदार गोल गरे। ९ गोल खाएको समाचार पढेका घरेलु दर्शक घर फर्किंदा स्कोरबोर्डमा लेखिएको थियो- नेपाल १-जोर्डन १।

जेठ ५,   
               कुमारी आमाबाट जन्मेका सन्तानले वंशजकै आधारमा नागरिकता पाउने गरी सर्वोच्च अदालतले गरेको फैसलाको जिल्लास्थित महिला मानव अधिकार रक्षकहरुले स्वागत गरेका छन् ।
महिला मानव अधिकार रक्षकहरुको सञ्जालका अध्यक्ष लक्ष्मी आचार्य, महिला पैरवी मञ्चका अध्यक्ष कृष्णा राना, विधवा महिला सरोकार केन्द्रका अध्यक्ष हुमा डि.सी. लगायतका महिला अधिकार सम्बद्ध संघसंस्थाहरुले शुक्रवार विज्ञप्ति निकालेर सर्वोच्चको सो फैसलाको स्वागत गरेका हुन् ।
'पचहत्तरै जिल्लाका सिडिओ कार्यालयमा आमाको नामबाट नागरिकता लिन चाहनेलाई बाबुको सोधखोज नगरी नागरिकता दिन परिपत्र गर्नु । बाबु खोज्ने प्रचलन कुरीति हो, यो उन्मूलन गर्न चेतनामूलक शैक्षिक अभियान थाल्नू' सर्वोच्चको फैसला उद्दृत गर्दै विज्ञप्तिमा भनिएको छ,  ' आमाको नामबाट नागरिकता लिनलाई सहज वनाउने सर्वोच्चको सो फैसला अत्यन्त सकारात्मक छ । सर्वोच्चको सो फैसलाको हामी स्वागत गर्दछौं' प्रकाशित विज्ञप्तिमा भनिएको छ, 'सो फैसलामा तदारुकता देखाई तत्काल कार्यान्वयनमा लैजान सम्बद्ध पक्षको ध्यानाकृष्ट पनि गराउँन चाहन्छौं ।'
दोलखाकी एक युवतीलाई नागरिकता दिलाउँदै आइन्दा यस्तो अवस्थाका सबैलाई नागरिकता दिनुपर्ने सर्वोच्चको फैसलामा उल्लेख छ । ती युवतीलाई आमाकै नामबाट नागरिकता दिन सर्वोच्चले सरकारलाई आदेश दिएको थियो । फैसलाको पूर्णपाठ गत विहिबार (जेठ ५ गते ) तयार भएको छ जसमा पचहत्तरै जिल्लाका सिडिओ कार्यालयमा आमाको नामबाट नागरिकता लिन चाहनेलाई बाबुको सोधखोज नगरी नागरिकता दिन परिपत्र गर्नु भन्ने आदेश गृह मन्त्रालयमा दिइएको छ ।
फैसलाले महिलाको आत्मसम्मान र स्वाभिमानको रक्षा गरेको भन्दै जिल्लाका महिला मानव अधिकार रक्षकहरुले नेपाली नागरिकका सन्तानलाई विभिन्न नाममा अनागरिक हुनुको पीडा भोग्दै आउनुपरेको सदियौंदेखिको कुपरम्परा र प्रचलन तोडिएको वताएका छन् ।

7:10:00 am

गृहमन्त्री महराले दिनु भएको सन्देश

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं, ६ जेठ
उपप्रधान एवम् गृहमन्त्री कृष्णबहादुर महराले अपराधिक गतिविधि नियन्त्रणका लागि सुरक्षा निकाय र जनताको सम्बन्धलाई सुदढ् गर्नुपर्ने प्रस्ताव अगाडि सार्नुभएको छ । उहाँले जनतासँगको सम्बन्ध सुदृढ गर्नका लागि मातहतका अधिकारीहरुलाई निर्देशनसमेत दिईसक्नुभएको छ ।
शुक्रबार िसंहदबारस्थित गृहमन्त्रालयमा मन्त्रालयमातहतका उच्चअधिकारीहरुको माझमा गृहमन्त्रालय साचालनसम्बन्धी आफ्नो रोडम्याप प्रस्तुत गर्नुहुँदै गृहमन्त्री महराले जनताको सुरक्षाका लागि कुनै पनि कसुर बाँकी नराख्न निर्देशन दिनुभएको हो । काठमाडौं उपत्यकामा रहेका मन्त्रालयत मातहतका सहसचिव र तीन सुरक्षा निकाय नेपाल प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका डिडाईजीसम्मका उच्च अधिकारीहरुको माझमा मन्त्री महराले आफ्नो रोडम्याप प्रस्तुत गर्नुभएको हो ।
गृहमन्त्री महराले ुसवल राष्ट्रिय एकताको लागि सुदृढ जनसम्बन्ध र प्रभावकारी जनसुरक्षाु नारा लिनुभएको छ । शुक्रबार नै गृहमन्त्रालयमा केही साचारकर्मीहरुको सहभागीतामा गृहमन्त्रीले मन्त्रालयका उच्चअधिकारी र सुरक्षा निकायका उच्चअधिकारीहरुमाझ प्रस्तुत गर्नुभएको आफ्नो रोडम्याप सार्वजनिक गर्नुभएको छ ।
पत्रकार भेटघाटमा मन्त्री महराले शान्ति सुरक्षा सुदृढका लागि सुरक्षा निकाय निष्पक्ष स्वतन्त्र र व्यवसायिक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले भष्टचार नियन्त्रणमा लागीपर्ने छिमेकी मुलुकविरुद्ध कुनै पनि गतिविधि हुन नदिने आफ्नो कार्यक्रममा उल्लेख गर्नुभएको छ । पत्रकारको एक जिज्ञासामा मन्त्री महराले दसवर्षे जनयुद्धको क्रममा राजनीतिक पूर्वाग्रहमा लगाइएका सम्पूर्ण मुद्दाहरु फिर्ता हुनुपर्ने बताउनुभयो । वृहत् शान्तिसंझौताले जनयुद्धकालका मुद्दा खारेज गरिसकेको बताउनुभयो । 
गृहमन्त्री श्री कृष्णवहादुर महराले दिनु भएको सन्देश
१।  अहिले हाम्रो देशको मूल एजेण्डा नयाँ संविधान निर्माण गर्ने र शान्ति प्रकि्रयालाई सकारात्मक निष्कर्षमा पुर्याउने हो । सरकार यही दायित्व पूरा गर्ने दिशामा अघि बढिरहेको  छ । इतिहास र क्रान्तिले सुम्पेको यो दायित्व सम्पन्न गर्ने क्रममा वर्तमान सरकार दृढतापूर्वक लागि परेको छ ।
२।  सशस्त्र द्वन्द र जनआन्दोलनबाट प्राप्त उपलव्धिहरुको संस्थागत विकास गर्दै अघि बढ्नु आजको हाम्रो कर्तव्य हो । बिभिन्न वर्ग क्षेत्र लिङ्ग जातजाति भाषाभाषी एवं धर्म संस्कृतिका जनसमुदायको परिवर्तनको आकांक्षा र समयको आवश्यकतालाई बुझ्न र सही संवोधन गर्न सक्नुमा हाम्रो अहिलेको क्षमता अभिव्यक्त हुन्छ । यही नै नयाँ संविधानले चाहेको मर्म शान्ति प्रकि्रयाको सम्मानजनक निकास र नयाँ नेपालको सार पनि हो ।
यतिवेला हामी संक्रमणकालको उत्कर्षमा छौं । बिगतका सबै क्रान्ति वा जनआन्दोलनका शक्तिहरु वा वर्तमान नयाँ नेपाल निर्माणका सबै सहभागी शक्तिहरु नयाँ संविधान निर्माणको महान वहसमा जुटिरहेको वेला केही स्वार्थी तत्वहरु संक्रमणकालको नाजायज फाईदा उठाउन र समस्या उत्पन्न गर्ने कुचेष्ठा पनि गरिरहेका छन् । संक्रमणकालीन अवस्था निकै संवेदनशील र जटिल त हुन्छ नै । मलाई थाहा छ यस्तोबेला स्थानीय प्रशासन र सम्वन्धित सुरक्षा निकायले एकै पटक कानूनको नियमनकर्ता प्रयोगकर्ताको साथै राजनैतिक सामाजिक अन्तरविरोधहरुको समाधान गर्नु्र पर्ने बाध्यता छ । त्यसमा पनि बृहत शान्ति संझौताको मूल मर्म र विद्यमान अन्तरिम संविधानले निर्दिष्ट गरेको कानूनको पालना गर्नु र गराउनु नै हाम्रो मूल कर्तव्य हो र हुनुपर्छ । दण्डहीनताको अन्त्य र विधिको शासनको स्थापनाको मूल मर्म यही हो ।३।  नेपाली जनताको जिउधनको सुरक्षा गर्नु राज्यको र सरकारको पहिलो दायित्व हो भने सुरक्षित वातावरणमा रहन वाँच्न वा जीविकोपार्जन गर्न पाउनु जनताको मौलिक हक पनि हो । वर्तमान अवस्थामा देशभित्र देखिएको शान्ति सुरक्षामा देखिएका कमी कमजोरीहरुलाई हटाएर आम जनतालाई सुरक्षाको अनुभूति गराउनु सरकारको प्राथमिक कार्यभार हो । यसका लागि सरोकारवालाहरुसंगको बृहत परामर्श र सहकार्य गरी राष्ट्रिय सुरक्षा नीति र आन्तरिक सुरक्षा रणनीति तर्जुमा गर्ने सोचाई सरकारले राखेको जानकारी गराउन चाहन्छु ।

मूल्यांकनको मुख्य आधार सही कार्य सम्पादन नै हो । राजनैतिक आस्थाका आधारमा कार्य सम्पादनको मूल्यांकन गर्ने नीति मैले लिने छैन । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने र गल्ती गर्नेलाई सजाय गर्न काजुस्याई गरिने छैन । कार्य सम्पादनको आधारमा दण्ड र पुरस्कारको नीति अवलम्वन गरिने छ । सरकार राष्ट्रसेवकहरुको पेशालाई मर्यादित सक्षम व्यवसायिक र आधुनीकिकरण गर्दै लैजान प्रयासरत हुनेछ । वास्तवमा राष्ट्रसेवकहरु नै देशका पूर्णकालीन कार्यकर्ताहरु हुन र राष्ट्रिय स्वार्थ र जनताको सेवा नै उनीहरुको पहिलो प्राथमिकता हुनु पर्छ । राष्ट्रिय स्वार्थको अगाडि निजी स्वार्थ गौण राखेर काम गर्नु हुने नै छ भन्ने विश्वास मैले लिएको छु ।

जनता सार्वभौम र सर्वोपरी हुन । जनताको चाहना विपरित कुनै पनि सरकार अगाडी वढ्न सक्दैन र जनतालाई केन्द्रविन्दु नवनाई लागू गरिएको योजना नीति र कार्यक्रमहरु सफल हुंदैनन् भन्ने तथ्यलाई विशेष ध्यान दिनु पर्छ । राज्यले प्रवाह गर्ने सार्वजनिक सेवाहरु जनता केन्द्रित हुनु पर्दछ र सेवा प्रवाहको क्रममा भएका कार्यहरु पारदर्शी पनि हुनु पर्छ । शान्ति सुरक्षा कायम गर्ने र सेवा प्रवाह गर्ने कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुले अधिकारको प्रयोग मात्र होइन जवाफदेहिता वहन गर्न पनि त्यत्तिकै जरुरी छ । तसर्थ जनता माझ पुर् याउने सेवा प्रवाहलाई छिटोछरितो र प्रभावकारी वनाउन सेवा प्रवाह सम्बन्धि कार्यविधिहरु तर्जुमा गर्दै जाने नीति लिइने छ ।

सरकार उच्च मनोवल सहित आफ्नो तोकिएको कार्य सम्पादन गर्न सबै राष्ट्र सेवकलाई आग्रह गर्दछ र भ्रष्टाचार नियन्त्रणमा सबै सरोकारवालाहरुको सहयोग प्राप्त गर्ने विश्वासमा दृढ छ । यसका निमित्त भ्रष्टाचार नियन्त्रण सम्बन्धी कार्यलाई बिशेष प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइने छ ।

गृह प्रशासनसंग सम्वन्धित मौजुदा ऐन नियमहरुको पुनरावलोकन गरी वर्तमान आवश्यकताका आधारमा नयाँ ऐन नियमहरुको तर्जुमा गरिने छ । गृह प्रशासन सुधार संग सम्वन्धि विगतका गठित आयोगहरुका प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिईने छ ।

शान्ति सुरक्षा कायम राख्ने काम स्थानीय जनताको सहयोग र समर्थन विना संभव हुँदैन । त्यसैले नागरिकहरुलाई बर्दी विनाको प्रहरी भनि महत्वका साथ भन्ने पनि गरिन्छ । कार्यसम्पादनको क्रममा साधन र स्रोतको अभाव हुन सक्छ । हाम्रो जस्तो मुलुकमा चाहे जति वा मागे जति साधन र स्रोतको विन्यास सम्भव नहुनु पनि स्वाभाविकै हो । यस्तो स्थितिमा स्थानीय प्रशासन र स्थानीय सुरक्षा निकायहरुले स्थानीय जनतासँगको सहकार्यमा सीमित श्रोतबाट अधिकतम उपलब्धि हासिल गर्ने गरी कार्य नगरी सुख्खै छैन । यसर्थ सुन्दर शान्त एवं समृद्ध नेपालको हाम्रो सपना साकार पार्न ूसवल राष्ट्रिय एकताको लागि सुदृढ जनसम्बन्ध र प्रभावकारी जनसुरक्षाू हाम्रो परिकल्पना हुनेछ ।

    राज्यद्वारा शान्ति सुरक्षा कायम अपराध नियन्त्रण तथा कानूनको परिपालना गराउने क्रममा व्यक्तिको मानव अधिकारको पूर्णातः संरक्षण र सम्मान गर्ने हाम्रो नीति रहनेछ । अपराध अनुसन्धानको सिलसिलामा सुरक्षा निकायको हिरासतमा रहेका व्यक्तिहरु तथा कारागार भित्रका वन्दी तथा थुनुवाहरुमाथि गरिने व्यवहारमा जेनेभा कन्भेन्सन तथा मानवाधिकार सम्वन्धित अन्तर्राष्ट्रिय महासन्धिको पूर्णतः पालना गर्नु हाम्रो कर्तव्य हो ।

राष्ट्रिय अखण्डता सार्वभौकिता एकता तथा स्वाधीनतालाई केन्द्रविन्दु मान्दै र छिमेकी मुलुकहरुको अखण्डता र सार्वभौमिकतालाई सम्मान गर्दै नेपालको कुनै पनि भू-भागमा कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारका गतिविधि गर्न दिइने छैन ।

प्रेस स्वतन्त्रता लोकतन्त्रको गहना हो । राज्यले गरेका असल कामहरु वारे जनतालाई सुसूचित गर्ने र गलत कार्यहरु प्रति खवरदारी गर्न प्रेसको अहम् भूमिका हुन्छ । बिभिन्न अपराधिक समूहहरुबाट भैरहेको प्रेस तथा पत्रकारहरुमाथिको भौतिक आक्रमण तथा मानसिक दवाव निस्तेज पार्दै पत्रकार तथा संचार गृहको पूर्ण सुरक्षा प्रत्याभूति प्रदान गर्दै मिडिया मैत्री नीति र व्यवहार अपनाइनेछ ।

सबैलाई ज्ञान नै छ कि एउटा विशिष्ट राजनीतिक परिस्थितिमा तत्कालीन राज्यसत्ताको विरुद्धमा १० वर्षे जनयुद्ध संचालन भएको थियो । जनयुद्धको क्रममा भएका सुरक्षा कारवाईहरु स्वभाविक नै थिए । तापनि त्यस कालखण्डमा घटेका कुनै घटना वा कारवाहीलाई आधार मानेर माओवादीले कसैप्रति पनि पूर्वाग्रह नराख्ने र राष्ट्र सेवक सुरक्षाकर्मीहरुले पनि आग्रह पूर्वाग्रह नराख्न समेत अपील गर्दछु । हामी सबैले नयाँ परिवर्तनलाई आत्मसात गरिरहेका छौं । तसर्थ हिजोका युद्धरत दुईपक्ष विच कुनै पनि किसिमको मनोवैज्ञानिक दूरी रहन आवश्यक छैन भन्ने कुरामा विशेष जोड दिन चाहन्छु ।

वर्तमान सरकार निर्माण भए पछि केही दृश्य अदृश्य तत्वहरुद्वारा हत्या िहंसाका घटना घटेका छन् र शान्ति सुरक्षा कमजोर वा भययुक्त छ भन्ने देखाउन दुस्प्रयास भएको छ । म यस अघिका घटनामा हताहत हुने र घाइते हुनेहरु प्रति समवेदना र दुःख प्रकट गर्दछु । घटनामा संलग्न अपराधीहरुको खोजी र अनुसन्धान शीघ्र गरी कानूनी दायरामा ल्याई सार्वजनिक गर्न र त्यस प्रकारका कुनै पनि घटना हुन नदिन गृह प्रशासन र सुरक्षा निकाय अहोरात्र सजग र सर्तक हुन निर्देशन दिन चाहन्छु ।

संक्रमकणकालीन अवस्थाको नाजायज फाईदा उठाउन चाहने नियम कानूनको अवज्ञा गर्ने समाजमा अराजकता सिर्जना गर्ने वा अपराध गर्ने पक्षसँग सरकार गृह प्रशासन र मातहतका सबै सुरक्षा निकाय झुक्न सक्दैन । परिस्थितिको वस्तुनिष्ठ आंकलन गरी तथ्य वाहिर निकाल्न हामी इमान्दार वन्नै पर्दछ । गलत तत्वहरुसँग सम्झौता गर्न सकिदैन । म यसमा विश्वस्त छु कि हाम्रा सुरक्षा निकाय यस तर्फ सचेत छन् ।

म परिणाममा बिश्वास गर्ने राजनीतिकर्मी हुँ । त्यसैले मेरो मातहतका निकायबाट पनि त्यही अपेक्षा राख्दछु । म सुरक्षा मापदण्डमा हस्तक्षेप गर्दिन तर सुरक्षा मामिलामा संझौता गरिएको अनुशासनहिनता प्रकट गरिएको आर्थिक अनियमितता गरेको प्रलोभनमा परेको पक्षपात या नातावाद भयो भने हेरेर पनि बस्दिन । म जति सहज र सरल छु कर्तव्यच्यूत हुनेप्रति त्यत्तिकै कठोर पनि छु ।

हाम्रो कार्यक्षेत्र हाम्रो देश नेपाल र नेपाली जनता हो । यसर्थ हाम्रो उद्देश्य देश र जनताका लागि ूसरल प्रशासन र प्रभावकारी सुरक्षाू द्वारा ूसहज र सुलभ जनसेवाू हुनु पर्दछ । हामी इमान्दार सक्षम र उच्च मनोवलयुक्त भएर मात्र सरल प्रशासन र प्रभावकारी सुरक्षा नारालाई व्यवहारिक रुप दिन सक्ने छौं । समग्र देशको हित र विकास गर्न सक्यौ तथा देशवासीहरुको जीवनस्तर माथि उठाउन सक्यौं भने हामी सबैको हित र विकास स्वतः हुन जाने तथ्यलाई हामीले मनन गर्नु पर्दछ । म इमान्दार सक्षम र उच्च मनोवलयुक्त कर्मचारी र सुरक्षाकर्मीको सधैं सम्मान गर्नेछु  र साथमा रहनेछु । ईमान्दार तर असक्षम सक्षम तर अईमान्दार तथा कमजोर मनोवल मेरो विपरित प्रबृत्ति हो । ईमान्दार भएर मात्र कर्तव्यनिष्ठ हुन सकिन्छ । इमान्दार सक्षम र उच्च मनोबलयुक्त व्यक्ति मात्र प्रभावकारी वन्न सक्छ । गल्ती नगरौं र गल्ती गर्नेबाट पनि नडराउँ । ूनविराउ र नडराऊ हाम्रो आदर्श हुनु पर्दछ ।
मेरो एक मात्र केन्द्र देश र नेपाली जनता हुन् । यो देश हामी सबैको हो । देशमा शान्ति सुव्यवस्था कायम राख्न सक्यौं भने हाम्रा सम्भावनाका सबै ढोका खुल्ने छन् । हाम्रो पार्टी र सरकारले देशको विग्रदो शान्ति सुरक्षाको स्थितिमा सुधार ल्याउन र आजको दिन देखि सकेसम्म कुनै अपराधजन्य घटना हुन नपाउन आकस्मिक रुपमा कुनै घटना घटिहाले पनि अनुसन्धानको तीर अन्यत्र मोडेर उम्किने प्रवृत्तिको अन्त गर्ने बिश्वासका साथ मलाई गृह मन्त्रीको जिम्मेवारी सुम्पेको छ । यो जिम्मेवारी सफलतापूर्वक वहन गर्न गृह प्रशासनको सम्पूर्ण संरचना मातहतका सुरक्षा निकायहरु र सम्वन्धित सबै क्षेत्रको निरन्तर सकि्रय सहयोगको अपेक्षा राख्दछु ।

             दुईवर्षे कार्यकाल तोकेर गठन गरिएको संविधानसभाले निर्धारित समयभित्र संविधान निर्माण नगरी वर्षैपिच्छे म्याद थप गर्दै समयावधि लम्ब्याउने सिलसिला जारी राखेपछि संविधानसभाको औचित्य र उपादेयतालाई लिएर मुलुकमा बहस र विवाद प्रारम्भ भएको छ। संविधानसभा सदस्यको जिम्मेवारीलाई आकर्षक जागिर ठान्नेहरू र अतिवामपन्थीहरू, केवल यी दुईथरी मानिस यसको निसर्त निरन्तरताको पक्षमा देखिएका छन्। बाँकी प्रजातन्त्रवादी, स्वतन्त्र नागरिक र देशभक्तहरू वर्तमान संविधानसभाको अन्त्येष्टि गरी ताजा जनादेश या त्यस्तै उपयुक्त विकल्पमा जानु उपयुक्त हुने ठान्दै छन्। दुई वर्षका लागि छानिएका प्रतिनिधिले वर्षैपिच्छे आफैंलाई चुन्दै कार्यकाल थप गर्नु प्रजातान्त्रिक दृष्टिले जायज मानिएको छैन। तर, लज्जाबोध नभएपछि वस्त्रविहीन मानिस सडकमा र समाजमा बेफिक्री घुम्न सक्छ भनेझैं सभासद् रहेका अधिकांश राजनीतिकर्मी जनधारणाविपरीत आफ्नो कार्यकाल लम्ब्याउन तत्पर देखिए, त्यसको अगुवाइ गरे प्रचण्ड र झलनाथले। प्रचण्ड ती नेता हुन् जो राज्यकोष रित्तिनेगरी आफ्ना कार्यकर्ता पालनपोषण गर्नु उचित ठान्छन्, जसले जातीय, क्षेत्रीय र सामाजिक सद्भाव फेरि बहाल हुन मुस्किल पर्ने गरी देशलाई अस्तव्यस्त बनाउन मुख्य भूमिका निर्वाह गरे, धर्मको विरोधको नाममा सनातनी हिन्दू धर्मलाई क्रमशः विस्तापित गरी इसाई धर्मलाई अघोषित रूपमा संरक्षण दिई विस्तार गर्न योगदान पुर्‍याए। झलनाथ त्यस्ता विभीषण हुन् जो आफ्नै लङ्का जलाउन अयोध्याका मानिसले पालेको बाँदर (हनुमान)लाई बाटो देखाउँदै छन्। गिरिजाप्रसादले प्रथम राष्ट्रपति बन्ने प्रलोभनमा परेर प्रजातन्त्र, मुलुक र काङ्गे्रसलाई जुन अवस्थामा पुर्‍याए अब झलनाथ गिरिजाप्रसादले पूरा गर्न बाँकी राखेको एउटा कर्ममा आफूलाई समर्पित गर्दै छन्– 'सर्वहारावर्गका नाममा माओवादी कम्युनिस्ट पार्टीको एकदलीय अधिनायकवादी व्यवस्था स्थापना गर्ने। २०४६ सालमा मदन भण्डारीले आफूलाई पार्टी महासचिवबाट हटाएको बदला लिनु झलनाथको एक मात्र उद्देश्य रहेको देखिन्छ। बहुदलीय जनवादको अवधारणालाई विस्थापित गरी एकदलीय अधिनायकवाद स्थापना गरिँदा मात्र मदन भण्डारीसँग साँचो अर्थमा बदला लिन सकेको हुन्छ भन्ने दृढ अठोटका साथ झलनाथ माओवादीको कथित क्रान्ति प्रक्रियाका सहयोगी बन्न पुगेको अनुमान गर्नु उचित हुनसक्छ। संविधानसभाको कार्यकाल थप गर्दा आफू नेतृत्वको सरकारको आयु वृद्धि हुने र प्रचण्डसँग गरिएको गुप्त सम्झौताअनुसार निश्चित समयमा प्रचण्डलाई सत्ता हस्तान्तरण गर्न पनि पाइने हुँदा झलनाथको प्रथम प्राथमिकता संविधानसभाको कार्यकाल थप गर्नु बनेको छ। प्रचण्ड जो राज्य संयन्त्रहरूको उपयोग गर्दै विधिसम्मत ढङ्गबाट नै सम्पूर्ण राज्यसत्तामाथि आफ्नो नियन्त्रण कायम गर्न चाहन्छन् उनका लागि संविधानसभाको मरण पुनः रोल्पा, रुकुम फिर्ता हुनुसरह हो, त्यसैले प्रचण्ड स्वाभाविक मृत्युबाट संविधानसभालाई जोगाउन जीवन–मरणको सङ्घर्ष गर्दै छन्, उनले यसो गर्नु स्वाभाविक छ। संविधानसभालाई माओवादीले साध्यपूर्तिको रणनीतिक साधनका रूपमा उपयोग गर्न मात्र चाहेको छ, संविधान निर्माणका लागि होइन। यो सत्य बुझ्न ढिलाइ हुँदै जाँदा माओवादीको जरा राज्य–संयन्त्रको नसा–नसामा घुस्दै छ र उसका हातपाखुरा वलिष्ठ हुँदै छन्। धेरै मानिस माओवादीलाई काङ्गे्रस या एमालेको विकल्प ठान्छन्, तर माओवादी स्वयम् आफूलाई कुनै पार्टीविशेषको मात्र विकल्प ठान्दैन। ऊ आफूलाई राज्य–प्रणालीकै विकल्प ठान्छ र सम्पूर्ण सत्ताको मालिक आफू एक्लै बन्ने 'नयाँ' (तर पुरानै हो) प्रणाली स्थापनाको अभ्यासमा छ। उनीहरू शान्ति प्रक्रियामा आएको भ्रम दिँदै क्रान्तिप्रक्रियामा केन्द्रित छन्। यस्तो पृष्ठभूमिमा अन्य स्वतन्त्र नागरिक, प्रजातन्त्रवादी, देशभक्त र चेतनशील एवम् बुद्धिजीवी समुदाय संविधानसभा निरन्तरताको पक्षमा किन क्रियाशील हुने? संविधानसभा जहाँ गैरप्रजातन्त्रवादी र गैरदेशभक्तहरूको बाहुल्य छ, जहाँ देशलाई केन्द्रबिन्दुमा राखेर धारणा बनाउनेहरूभन्दा पार्टी या एउटा निश्चित सिद्धान्त र विचारलाई केन्द्रमा राख्ने या कुनै प्रकारको विचार, क्षमता, योग्यता, प्रतिभा र इमानदारीरहित मानिसहरूको भीड लागेको छ। जसले निरन्तरता पाइरहँदा हिंसा, हिंसात्मक प्रवृत्ति, अराजकता, अनुशासनहीनता र गैरसमृद्धिमुखी प्रवृत्तिको मात्र संरक्षण हुन सक्दछ, त्यस्तो संविधानसभाको कार्यकाल थप्ने या त्यसलाई जीवित राख्ने कुरा गरेर नेपाली जनतालाई कतिसम्म अपमान र उपेक्षा गर्न खोजिँदै छ? एक देशपे्रमी नेपालीले सोच्नैपर्ने बेला आएको छ। विद्यमान संविधानसभाले भइरहेको सामाजिक सद्भाव खलबल्याउने काम गरेको छ, जातीय र क्षेत्रीय एकता र सद्भावलाई बिथोलेको छ, बेथिति र विसङ्गतिलाई संस्थागत गर्ने प्रयास गरिरहेको छ, राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमसत्तालाई दुर्बल तुल्याउन मुख्य भूमिका निर्वाह गरेको छ, नयाँ केही खोज्ने नाममा 'यदुवंशी नाश गर्ने मुसल फेला पारेको' देखाउँदै छ। यही संविधानसभाले संविधान बनाउने हो भने देशको एकता भङ्ग हुने र देश स्थायी रूपले गृहयुद्धको भुमरीमा फस्ने निश्चित छ। यस्तो अवस्थामा वर्तमान संविधानसभाले संविधान निर्माण गरेकोभन्दा नगरेको नै उचित मान्न सकिन्छ। साँच्चै भन्ने हो भने संविधानसभाले संविधान निर्माण गरेरभन्दा नगरेर मुलुकलाई धेरै ठूलो गुन लगाएको छ। यस्तै पृष्ठभूमिमा संविधान निर्माण गरेर जारी गरिएको भए देशले त्यसैबेलादेखि गृहयुद्ध व्यहोर्नुपर्दथ्यो भन्ने पर्याप्त आधारहरू छन्। कम्तीमा तीन वर्षसम्म संविधान नबनाइदिएर देशलाई गृहयुद्धमा जानबाट बचाएकोमा संविधानसभालाई धन्यवाद दिँदै जेठ १४ गते एउटा आतङ्कको अन्त्य गर्न देशवासी तयार हुनुपर्छ। मानिसहरू संविधानसभाको सदस्यले भत्ता खाएकोलाई इस्यु बनाउँछन्। भत्ता ठूलो मुद्दा होइन, अयोग्यहरूले समेत सुवर्ण मौका पाउनुपर्छ भनेर नै लोकतान्त्रिक गणतन्त्र ल्याइएको हुँदा कुनै पनि देशभक्त प्रजातन्त्रवादीहरूले यसमा चित्त दुखाउनु उचित होइन। पढाइमा कमजोर भए पनि वैज्ञानिक, इन्जिनियर, प्राध्यापक, वकिल, पत्रकार, चिकित्सक, व्यवस्थापक, प्रशासक आदि बन्न पाउनुपर्छ भनेर यहाँ कोटा प्रणाली कायम गरिसकिएको छ। यही बुझेर विद्यार्थीले चिट चोर्न पाउनुपर्ने माग गर्दै भव्य जुलुस प्रदर्शनसमेत गरिसकेका छन्। जब चोरेरै पास गर्ने र चोरेर खान पाउने अधिकारलाई सुनिश्चित गर्न लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो भने संविधान निर्माण गर्न अयोग्य रहे भन्दैमा सभासद्हरूले तलब–भत्ता खान पाउनुहुन्न भन्नु सर्वथा उचित होइन। मुख्य कुरा त के हो भने ०६४ सालमा संविधानसभाको निर्वाचन हुँदा पन्ध्र वर्ष पुगेका युवायुवती अहिले अठार वर्ष पूरा भई मतदाता बन्न योग्य भइसकेका छन् र यस्ता युवाको सङ्ख्या दस लाखभन्दा बढी रहेको अनुमान गरिन्छ। यहाँ देशको भविष्यका लागि संविधान बनाइँदै छ भने भावी पुस्ताका लाखौँ युवाको मतलाई बाहिर पारेर संविधान निर्माण गरिनु अनुचित र अनुपयुक्त छ। संविधानसभाका वर्तमान प्रतिनिधि छनोट गर्नेहरूमध्ये तीन वर्षभित्र हजारौँ–हज्ाारले मृत्युवरण गरिसकेका छन्। त्यसर्थ ताजा जनादेश वर्तमानको सर्वाधिक सुन्दर विकल्प हुनसक्छ। अब हुने धाँधलीरहित निर्वाचनले मात्र नेपाली जनताको वास्तविक प्रतिनिधि चयन गर्ने आशा गर्न सकिन्छ। संविधानसभा खासखास पार्टीका खास नेताहरूको बन्धनमा पर्‍यो, सभासद्हरूले स्वतन्त्र भूमिका निर्वाह गर्न पाएनन्। पार्टीका नेताहरूको मुख ताक्ने र 'स्याल हुइँया गर्ने' भूमिका मात्र सभासद्हरूले निर्वाह गरे। हुन त त्यहाँ स्वतन्त्र भूमिका निर्वाह गर्न सक्ने योग्यताका मानिस दस प्रतिशत थिए या थिएनन् यो अध्ययन–अनुसन्धानको विषय हुनसक्छ। देशको संविधानमा पार्टीले आफ्नो विचार–दर्शन थोपर्न प्रयास गरेका कारण सभासद्, संविधानसभा र मुलुक अन्योलमा परेको यथार्थलाई बुझ्ने हो भने विद्यमान सन्तुलन र संरचनाको संविधानसभालाई अरू तीस वर्ष कार्यकाल थप गरिदिए पनि यसले देशकेन्द्रित लोकतान्त्रिक संविधान निर्माण गर्न नसक्ने निष्कर्ष निकाल्न सकिन्छ। प्राप्त लोकतन्त्रलाई संस्थागत गर्नेमा सबै राजनीतिकर्मी केन्द्रित भइदिएका भए संविधान निर्माणका लागि वर्ष दिनको मात्र समय पनि पर्याप्त हुन सक्दथ्यो। तर, संविधानसभा प्रजातन्त्र र अधिनायकवादको विचार मन्थनको थलो बनेको छ। लोकतन्त्रवादीहरू बदलिन मिल्दै नमिल्ने, अधिनायकवादीहरू बदलिन चाहँदै नचाहने भएपछि जहिलेसम्म वर्तमान संविधानसभा रहन्छ त्यहीबेलासम्म विवाद र झमेला यथावत् रहन्छ भनेर बुझ्न सक्नुपर्छ। पाकिस्तानमा दुई वर्षका लागि गठित संविधानसभाको कार्यकाल थप गर्दै साढे सात वर्ष पूरा समय दिँदा पनि त्यसले संविधान निर्माण गर्न नसकेको र त्यस्तो संविधानसभालाई भङ्ग गरी नयाँ निर्वाचनमार्फत नयाँ संविधानसभाको गठन गरिएपछि डेढ वर्षभित्रै मुलुकलाई संविधान दिएको यहाँ स्मरणोचित छ। पाकिस्तानको संविधानसभामा वैचारिक एवम् दार्शनिक विभिन्नता थिएन, केही व्यावहारिक र प्राविधिक विषयमा मात्र समस्या थिए। हामीकहाँ एकथरी लोकतान्त्रिक संविधान निर्माण गर्न चाहने अर्काथरी साम्यवादी दर्शनमा उभिएर एकदलीय अधिनायकवादी चरित्रको संविधान बनाउन चाहने अवस्था जीवित रहिन्जेल संविधानसभाबाट संविधान बन्ने या जारी हुने आशा राख्नु व्यर्थ छ, व्यर्थ कुरामा आशा राखेर हामी सबैले भूल गरेका छौँ। एकपटक निश्चित कार्यकालका लागि भनी निर्वाचित निकायले आफूमा अन्तरनिहित शक्ति र अधिकारको दुरुपयोग गरी अनिश्चित कालसम्म अस्तित्वमा राख्नु प्राकृतिक, राजनीतिक, कानुनी, संवैधानिक र नैतिक हरेक दृष्टिले अनुपयुक्त छ। मनोविज्ञानको नियमअनुसार संवेदनाहरू सामान्य रहेको अवस्थामा लिइने निर्णय मात्र उपयुक्त र दिगो हुनसक्छ। सम्पूर्ण देशवासीलाई उत्तेजित तुल्याउँदै र समाजको एकतालाई गिजोल्दै, स्वयम् सभासद्हरूसमेत तनाव र अवाञ्छित विवादको भुमरीमा रहेर तयार गरिने दस्तावेज मुलुक, लोकतन्त्र र जनताको हितमा हुने कल्पना कदापि गर्न सकिँदैन। संविधानसभामा उत्पन्न सवा दुई सयभन्दा बढी विषयका विवादमध्ये अधिकांश विषयमा सहमति भएको र अब थोरै मात्र विषयका विवाद बाँकी रहेको दाबी प्रचण्ड–झलनाथ गठबन्धनका समर्थकको रहेको छ। तर, मिलेको भनिएका विषय अत्यन्त सामान्य प्रकृतिका थिए र समय गुजार्नका लागि मात्र झिनामसिना विषयमा विवाद पैदा गरिएका थिए भन्ने यथार्थलाई हामीले बुझ्नुपर्छ। कठिन, जटिल र संवेदनशील विषयमा त बहस प्रारम्भ नै भएको छैन। सङ्घीयता, राज्यको आन्तरिक संरचना, शासकीय स्वरूप, प्राकृतिक साधनको उपयोग र उपभोगलगायतका विषयमा जब बहस प्रारम्भ हुनेछ– त्यसपछि सबैलाई महसुस हुनेछ यो संविधानसभाले कहिल्यै पनि संविधान निर्माण गन सक्दैन भन्ने। त्यसैले, संविधान निर्माण गर्नै नसक्ने, निर्माण गरे पनि लोकतान्त्रिक मूल्य–मान्यतासहितको संविधान बनाउन नसक्ने र वर्तमान संविधानसभाले संविधान जारी गरेमा मुलुकमा दीर्घकालिक द्वन्द्वको आरम्भ हुने भएकोले यसको स्वाभाविक मृत्युवरण गराई नयाँ विकल्पमा जान दलहरूबीच सहमति हुनु आजको उपयोगी विकल्प र आवश्यकता हो। सहमति बनाउन सकिँदैन भने विद्यमान समस्या समाधानको एक मात्र अर्को विकल्प 'युद्ध' हो, सबै नेपाली युद्धका लागि तयार हुनुपर्छ। भीष्म पितामहहरू कौरवका पक्षमा नलाग्ने हो भने नेपाली महाभारत अठार दिन पनि नपुग्दै सत्यको विजय भएर टुङ्गिन सक्दछ। 
-घटना र विचार