स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

5:37:00 am

विश्वका १० चर्चितमध्ये ज्ञानेन्द्र पनि

सामग्री प्रस्तुति Ram Prasad Panta

दुई सय ३८ वर्ष लामो राजतन्त्रात्मक परम्परालाई पूर्णविराम लगाउने राजाका रूपमा चित्रित ज्ञानेन्द्रलाई अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्समा प्रकाशित समाचारको आँकडाअनुसार विश्वका दस प्रमुख व्यक्तित्वमा पारिएको हो ।चिनियाँ समाचार संस्था सिन्ह्वाले रोयटर्सलाई उद्धृत गर्दै दिएको तस्बिर-समाचारमा ज्ञानेन्द्रलाई छैटौं नम्बरमा राखिएको छ । सिन्ह्वाले सार्वजनिक गरेको सो सूचीको पहिलो नम्बरमा नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाराक ओबामा रहेका छन् । अमेरिकी इतिहासमा ह्वाइटहाउस प्रवेश गर्ने उनी पहिलो अश्वेत नागरिक भनेर तस्बिर विवरणमा उल्लेख गरिएको छ ।दोस्रो नम्बरमा छन् न्युयोर्कका पूर्वगभर्नर इलियट स्पिजर । एक वेश्यासँगको सम्बन्धबारे समाचार प्रकाशित भएपछि उनको चर्चा विश्वभरि फैलिएको थियो । समाचार सार्वजनिक भएको दोस्रो दिन उनले गभर्नर पदबाट राजीनामा दिएका थिए ।जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदालाई तेस्रो नम्बरमा राखिएको छ । विभिन्न आरोपका कारण विवादमा परेका यासुओले आफ्नो प्रधानमन्त्रीय पूर्णकाल नछिचोल्दै राजीनामा गर्नुपरेको थियो ।त्यसैगरी, रुसका नयाँ राष्ट्रपति दिमित्री मेदमेडेभलाई चौथो, क्युबाका नेता राउल क्यास्ट्रो पाँचौँ, थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा र नेपालका पूर्वराजा ज्ञानेन्द्रलाई छैटौं नम्बरमा राखिएको छ । जनआन्दोलन-२ पछि घोषणा भएको गणतन्त्रपछि पूर्वराजा ज्ञानेन्द्र २९ जेठ साँझ ८:३१ मा नारायणहिटी दरबार त्यागेर नागार्जुन गएका थिए ।गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेको तत्कालीन सरकारले उनलाई नागार्जुनमा बस्ने व्यवस्था मिलाएको थियो । त्यसै दिन उनले नारायणहिटी दरबारमा पत्रकार सम्मेलन गरेर शाहवंशीय विरासत मानिने श्रीपेच र राजदण्ड सरकारलाई हस्तान्तरण गरेको घोषणा गरेका थिए । नागार्जुन दरबारमा रहेका वेला 'ऐतिहासिक संस्मरण' लेख्ने तयारी गरेका पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक भेटघाट पनि गरेका थिए । गत दसैंदेखि महाराजगञ्जस्थित निर्मल निवासमा ज्ञानेन्द्रदम्पती बस्दै आएको छ । पूर्वरानी कोमल शाह भने नागार्जुनभन्दा निर्मल निवासमा बढीजसो बस्दै आएकी थिइन् । ज्ञानेन्द्रले निर्मल निवासमा राप्रपा नेपालका कमल थापालगायत पूर्वसहयोगीहरू, पूर्वक्षेत्रीय प्रशासक एवं निकटस्थ पत्रकारहरूसँग भेटवार्ता गर्दै आएका छन् । हाल ज्ञानेन्द्र निर्मल निवासमा श्रीमतीसहित बुहारी हिमानीसँग बस्दै आएका छन् । एक मात्र छोरा पूर्वयुवराज पारस भने सिंगापुर बस्दै आएका छन् । दसैंपछि पारस दुईपटक नेपाल आएर सिंगापुर फर्केका छन् । दसैं-तिहारपछि दोस्रोपटक नेपाल आएका उनी गत आइतबार सिंगापुर फर्केका छन् । फुर्सदमा रहेका ज्ञानेन्द्र पछिल्ला दिनमा आफ्ना निकट सहयोगीसँग बसेर 'पप्लु' खेल्ने गरेको पारिवारिक स्रोतको भनाइ छ । निकट सहयोगीहरू प्रभुशमशेर, शान्तकुमार मल्ल, भरतकेशर सिंहलगायतको घरैमा गएर ज्ञानेन्द्रले तास खेल्ने र मदिरापान गर्ने गरेको स्रोतले जनाएको छ । उता, रोयटर्सले पूर्वराजा ज्ञानेन्द्रका अलावा ओलम्पिकमा गोल्ड मेडलिस्ट पूर्वखेलाडी मारियन जोन्स र २४ वर्षसम्म आफ्नै छोरीलाई झ्यालसमेत नभएको कालकोठरीमा राखेर निरन्तर बलात्कार गर्ने पिता जोसेफ फ्रिजललाई पनि सूचीमा राखेको छ ।रोयटर्सले प्रस्तुत गरेको यो सूची हेर्दा २००८ मा समाचारका रूपमा सबैभन्दा बढी चर्चित बनेका व्यक्तिहरूको सहभागितालाई आधार बनाइएकोजस्तो लाग्छ । समाचार संस्था रोयटर्सको सहारा लिँदै सिन्ह्वाले सामग्रीका रूपमा तस्बिर र केही 'न्युज लिङ्क' मात्र प्रस्तुत गरेको छ । यस विषयमा समाचार रिपोर्ट भने सम्प्रेषण गरेको छैन ।

4:59:00 am

सहिद घोषणा गर्ने निर्णय

सामग्री प्रस्तुति Ram Prasad Panta

- मुना नायक
पुस ९पाल्पा , सरकारले माओवादी जनयुद्धदेखि मधेस आन्दोलनसम्म मारिएका आठ हजार पाच सय जनालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ । उनीहरुलाई केही समयपछि औपचारिक कार्यक्रम गरी सहिद घोषणा गर्ने छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता कृष्णबहादुर महराले केही समयपछि औपचारिक कार्यक्रम गरी ती व्यक्तिहरुलाई सहिद घोषणा गरिने बताए । माओवादी जनयुद्धदेखि मधेस आन्दोलनका क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्री जनार्दन शर्मा ूप्रभाकरू ले मन्त्रीपरिषदको बैठकमा प्रस्ताव गरेका हुन् । <बर> बैठकमा लोडसेडिङ कमगर्ने विषयमा जलस्रोतमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको विद्युत कार्ययोजनामा पनि छलफल भएको थियो । मन्त्रिपरिषदको आउँदो बैठकले यससम्बन्धी विशेष कार्यक्रमको घोषणा गरिने प्रवक्ता महराले जानकारी दिए । यस्तै सरकाले नेपाल विकास माचको बैठक चैत १३ देखि १५ सम्म काठमाडौँमा गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर् याउने दातृनिकायका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । बैठकमा उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले विभिन्न औद्यागिक प्रतिष्ठानहरुमा मजदुर र व्यवस्थापकबीच बढ्दो तनाव अन्त्यको पहलगर्न प्रधाननमन्त्रीको ध्यानाकर्षण गराएकी थिएन् । बैठकमा विभिन्न देशमा रिक्त रहेका राजदूतको नियुक्तिका बारेमा पनि छलफल भएको जनाइएको छ । यस्तै तराईमा सशस्त्र आन्दोलनरत विभिन्न समूहसँग सरकारी वार्ता टोलीले गरिरहेका वार्ताको समीक्षा र आगामी रणनीतिबारे छलफल भएको बुझिएको छ ।