यौन चाहना पूरा गर्न 'सेक्स टोय'
रत्नपार्कमा कन्डम बेच्ने काम गर्ने दि कन्डम हाउसका मणि सापकोटा 'सेक्स टोय' असुरक्षित यौन व्यवहारबाट उत्पन्न हुने एचआइभी र अन्य यौनरोगको खतरा कम गर्न निकै उपयोगी साधन भएको बताउँछन् रोबोटसँग प्रेम र यौनसम्पर्क' पुस्तकमा डेभिड लेभी लेख्छन्, 'सन् २०५० सम्ममा रोबोटले मानिसलाई यौनसन्तुष्टि मात्रै नभई प्रेमी-प्रेमिकाको जस्तो साथ पनि दिनेछ ।' यौनप्रति अनुदार परम्परा भएको नेपालमा 'कन्डम हाउस'को तीव्रतर फैलिएको लोकपि्रयता र युवायुवतीमाझ 'सेक्स टोय'को बढ्दो मागले डेभिडले भनेजस्तो 'रोबो सेक्स'को संसारमा पाइला डोर्याउन चाहने युवा जमात नेपालमा पनि तयार भइरहेको देखाउँछ । अमेरिका र भारतजस्ता केही राज्यमा 'सेक्स सप' खोल्न र कृत्रिम यौनसाधनको किनबेच गर्न बन्देज गरिएको छ । अनुमति दिइएका राज्यमा पनि सांस्कृतिक, धार्मिक र सामाजिक मूल्य-मान्यताको आधारमा विरोध हुने गरेको छ । तर, नेपालमा कृत्रिम यौनसाधनको बिक्री-वितरण सहज बन्दै छ । यौनसाधनको बिक्री-वितरण खुला भएका देशमा पनि यसको दुरुपयोग ठूला चुनौती बन्दै छन् । बेलायतको उदाहरण लिऊँ, बालब...