आइन्स्टाइन र न्युटनलाई चुनौती दिन
रिजन कार्की नेपाली किशोर हुन् । रिजनको 'रिजन' -गर्न खोजेको काम) प्रमाणित भए उनको मात्र होइन, नेपालकै प्रतिष्ठा उच्च हुनेछ । वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो दाबी पुष्टि गर्न उनी सोमबार अमेरिका उडेका छन् । उनको दाबी हो, 'विश्वले मान्दै आएको आइज्याक न्युटनको गुरुत्वाकर्षण सम्बन्धी नियम र अल्बर्ट आइन्स्टाइनको स्पेस टाइम कर्भेचर सिद्धान्त गलत छ ।' यसै वर्ष विराटनगरको बुढानीलकण्ठ सेकेन्डरी स्कुलबाट एसएलसी दिएका रिजन कार्की विश्वस्वीकार्य वैज्ञानिकलाई चुनौती दिन अमेरिका उडेका हुन् । १६ वषर्ीय कार्कीले न्युटनको गुरुत्वाकर्षणसम्बन्धी नियम र आइन्स्टाइनको स्पेस टाइम कर्भेचर सिद्धान्त गलत भएको प्रमाणित गर्ने दाबी गर्न नासामा नाम दर्ता गराएका हुन् । आफन्तहरूको आर्थिक सहयोगमा नाम दर्ता गराउन सफल रिजन नासाको लगानीमा सम्मेलनमा भाग लिँदै छन् । नासाको आयोजनामा वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय अन्तरिक्ष सम्मेलन -आइएसडिसी) अमेरिकाको फ्लोरिडाको आलान्डोमा मे २८ देखि ३१ सम्म हुँदै छ । अमेरिकी वैज्ञानिकहरूको संस्था नासाले नेसनल स्पेस सोसाइटीमार्फत नेपाली किशोर रिजनलाई सम्मेलनमा भ...