Posts

Showing posts from October 9, 2011

कोपिला, फूल र प्रेमको भाषा एकै हुन्छ

                अलकत्रे सडक। जहाँ रुखका लामा लामा छायाहरु बिलाएको थियो। हेर्दा लाग्थ्यो यो सडक कुनै बलिष्ठ पुरुषको नाङ्गो छाती हो। ऊ त्यही सडक छेउमा उभिएकी थिई र सोचको गहिरो दहमा डुबेकी थिई। उसले आफू गइरहेको दिशासमेत पत्तो पाएकी थिइन। ठ्याक्कै जानै पर्ने ठाउँ पनि थिएन। भेट्नु पर्ने कोही विशेष मान्छे थिएन। र निरुद्देश्य एकनास हिँडिरहेकी थिई। उसले सोची- ‘साथहरु केही क्षणका लागि रहेछन्। अब जीवनमा मैले एक्लै एक्लै हिंड्नु पर्छ। बाँच्नु पर्ने जीवन लामो छ। काम गरेर थाक्नु पर्ने दिन र आराम गर्नुपर्ने रातहरु धेरै छन्।’ उसले कसिलो ठानेको प्रेमको डोरी भरखरै छिनेकJ थियो। यो विछोडको पीडाले एक्लै रहँदा ऊ आफूमा शून्य महसुस गर्थी। शहरको कोलाहलले उसलाई अलिकति पनि छोइरहेकJ थिएन। आफ्नै मनमा ठूलो कोलाहल मच्चाएर हिंडेकी थिई। नाप्ने हो भने मनभित्रको कोलाहलको डेसिबल सबैभन्दा बढी पुग्छ भन्ने उसको अनुमान थियो। साँझ परिसकेको थिएन। दिनभर तातेको घाम विस्तारै पहेँलिँदै र रातो बन्दै गएको थियो। उसले पश्चिम भासिन लागेको फुङ्ग बाद...