स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

10:32:00 am

३ महिनापछि ‘एमआरपी’ अनिवार्य

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं, ७ फागुन- अबका ३ महिनापछि रोजगारीका लागि बिदेसिने नेपालीले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य लिनुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले जेठ १ देखि हस्तलिखित राहदानीमा अन्तिम श्रमस्वीकृति नदिने भन्दै अनिवार्य एमआरपी बनाउन सार्वजनिक सूचना जारी गरेको छ ।अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले सन् २०१५ नोभेम्बरपछि हस्तलिखित राहदानीलाई पूर्ण रूपमा निषेध गर्नेछ । त्यही व्यवस्थाका कारण विदेश जाने कामदारले हस्तलिखित राहदानी लिए १ वर्ष नबित्दै पुनः अर्काे राहदानी परिवर्तन गर्नुपर्ने हुँदा जेठदेखि नै एमआरपीलाई बाध्यकारी बनाइएको विभागले जनाएको छ । एमआरपी काठमाडौंको राहदानी विभागमा मात्र बन्छ ।

वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिनेमध्ये २५ प्रतिशतसँग अझै हस्तलिखित राहदानी छ । रोजगार विभाग प्रवक्ता बद्रीकुमार कार्कीले विदेशमा रहँदा राहदानी बनाउन झन् असहज हुने भएकाले हस्तलिखित राहदानीको म्याद सकिनुअघि नै एमआरपी लागू गर्न खोजिएको बताए । उनका अनुसार नेपाली दूतावासहरूले पनि छिटो एमआरपीमा मात्र श्रमस्वीकृति दिन सुझाव दिइरहेका छन् । “यहीँबाटै एमआरपी लिएपछि विदेशमा दुःख पाइँदैन,” उनले भने, “यात्रा पनि सहज हुन्छ ।”
विदेशबाट राहदानी बनाउनुपर्दा धेरै समय लाग्छ । दूतावासले राहदानी विभागमा सिफारिस गरेको ६–७ महिनापछि मात्र हातमा एमआरपी पर्छ । त्यसमाथि फोटो वा अन्य विवरण नमिले झन् बढी समय लाग्छ ।
म्यानपावरमा नागरिक बडापत्र
विभागले बिदेसिने नेपालीलाई वैदेशिक रोजगारसम्बन्धी जानकारी दिने उद्देश्यले नागरिक बडापत्र राख्न म्यानपावर एजेन्सीलाई १५ दिनको समयसीमा दिएको छ । वैदेशिक रोजगार ऐन ०६४ बमोजिम सबै म्यानपावरले कामदारको लागत खर्च, कामदार तथा म्यानपावरका अधिकार÷दायित्व स्पष्ट खुल्ने गरी बडापत्र राख्नुपर्ने विभागले जनाएको छ ।
“कामदारले विदेश जाँदा कम्तीमा पनि के–के सुविधा पाउँछन्, कानुनी उपचार कसरी लिने भन्ने थाहा पाउनु आवश्यक छ । यसले मात्र वैदेशिक रोजगार यात्रा सहज हुन्छ,” विभागका महानिर्देशक कृष्णहरि पुष्करले भने, “कामदार विभागसम्म आइपुग्दैनन्, म्यानपावरका कार्यालबाटै जानकारी पाऊन् भन्ने उद्देश्यले बडापत्र अनिवार्य बनाइएको हो ।” तोकिएको समयभित्र बडापत्र नराखे कानुनबमोजिम कारबाही हुने उनले बताए ।
कामदारलाई वैदेशिक रोजगारीसम्बन्धी जानकारी नहुँदा म्यानपावर तथा एजेन्टले बढी रकम असुल्ने गर्छन् । सरकारले तोकेको सिलिङभन्दा बढी रकम असुले कामदारले विभागमा उजुरी दिन सक्नेबारे जानकारी पाउन पनि बडापत्र आवश्यक रहेको पुष्करले बताए । “बडापत्रले ठगी धेरै घट्छ,” उनले भने ।
खाडी मुलुकमा ७० हजार र मलेसिायमा ८० हजार रुपैयाँ अधिकतम लागतको सिलिङ रहे पनि म्यानपावरले दोब्बरसम्म उठाउने गरेका छन् ।

10:53:00 pm

नेपालमा कहिले-कहिले भए विमान दुर्घटना ?

सामग्री प्रस्तुति Ram Prasad Panta


अठार जना मान्छे रहेको वायु सेवा निगमको विमान बेपत्ता भए लगत्तै फेरि नेपाली आकाश र जहाजको विषयमा चर्चा हुन थालेको छ । पटकपटक विमान दुर्घटना भैरहँदा नेपाली आकाश असुरक्षित रहेको भन्ने हल्ला पनि विश्वभर फैलिने गर्छ । त्यसो त आईकाओको उड्डयन सुरक्षा प्रतिवेदनले पनि नेपालको उड्डयन सुरक्षामा ५८ प्रतिशत कमजोरी रहेको यसअघि नै देखाइसकेको छ ।
भौगोलिक अवस्था, मौसम फेरबदल, विमानस्थलमा आधुनिक उपकरणको अभाव, पुराना जहाज, कुशल पाइलटको अभाव लगायतका कारणले बिमान दुर्घटना हुने गरेका छन् । नेपाली आकाशमा सन् १९५५ मा कालिंगा एयरको विमान दुर्घटना भएको थियो । सिमरा विमानस्थलमा भएको दुर्घटनामा २ जनाको ज्यान गएको थियो । 
१९५६ मा इण्डियन एयरलाईन्सको विमान काठमाडौंमा दुर्घटना हुदा १४ जनाले ज्यान गुमाउनु पर्योल । सोही एयरलाइन्सको विमान १९५८ मा टिकाभैरवमा दुर्घटना हुदा २० जनाको मृत्यु भयो ।
१९६० मा एन ए सी को बिमान भैरहवामा दुर्घटना हुदा ४ जनाले ज्यान गयो । १९६२ मा नेपाल एयरलाइन्सको विमान ढोरपाटनमा दुर्घटना भयो, जुन घटनामा परी १० जनाको मृत्यु भयो । त्यही कम्पनीको विमान सोही स्थानमा त्यही बर्ष दुर्घटना भयो जसमा ६ जनाको निधन हुन पुग्यो ।
१९६९ मा नेपाल एयरलाइन्सको विमान बतासे डाडामा दुर्घटना हुदा ३५ जनाको ज्यान गयो । १९७० मा नेपाल एयरलाइन्सको विमान दिल्लिमा दुर्घटना हुदा १ जनाको मृत्यु भयो । सोही बर्ष रोयल फ्लाईट जोमसोममा दुर्घटना भयो जसमा १ यात्रुको मृत्यु भएको थियो । यस्तै १९७२ मा रोयल्फ्लाईट धुलिखेलमा दुर्घटना हुंदा ३१ जनाको ज्यान गयो ।
यसैगरी १९७५ मा नेपाल एयरलाइन्सकै विमान काठमाडौंको बौद्धमा दुर्घटना हुंदा ५ जनाको ज्यान गयो भने त्यसको एक बर्षपछि नेपाल एयरलाइन्सको बिमान मेघौलीमा दुर्घटना हुदा ६ जनाको मृत्यु भयो । १९७९ मा भिभिआईपी लाङलाङमा दुर्घटना हुदा ६ जनाको मृत्यु भयो ।
बिराटनगरमा सन् १९८१ मा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुदा १० जनाको मृतयु भयो भने त्यही एयरलाइन्सको बिमान १९८४ मा भोजपुरमा दुर्घटना हुदा १५ जनाले ज्यान गयो । १९८५ मा नेपाल आर्मी सवार विमान दुर्घटना भयो जसमा २५ जनाको ज्यान गयो ।
१९९२ मा थाई एयरको विमान घाङफेदीमा दुर्घटाना हुदा त्यसमा सवार ११३ जनाको मृत्यु भयो भने सोही बर्ष पि आइ एको विमान भट्टेडाडामा दुर्घटना हुदा १६७ जनाको ज्यान गयो जुन अहिले सम्मकै नेपाली आकाशमा भएको बसैभन्दा ठूलो हवाई दुर्घटना हो ।
यसैगरी एभरेष्ट बिमान सिंङ्गापुरमा दुर्घटना हुंदा १८ जनाको मृतयु भयो । १९९५ मा नेपाल एयरलाइन्सको बिमान काठमाडौंमा दुर्घटना भयो जसमा २ जनाको मृत्यु भयो भने त्यसको २ बर्ष पछि कर्णाली एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुदा १ जनाले अकालमै मृत्यु बरण गर्नु पर्‍यो ।
१९९८ मा ए।टि।एस।सि लुम्बिनी विमान म्याग्दीमा दुर्घटना हुदा १८ जनाले ज्यान गुमाउनु पर्योल भने सोही बर्ष एसियन एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुंदा ३ जनाको मृत्यु भयो । १९९८ मा नै एन।एसी।को विमान सोलुखुम्बुमा दुर्घटना हुंदा १ जनाले निधन भयो ।
१९९९ मा नोकेन एयरको विमान जुम्लामा दुर्घटना हुंदा ५ जना र लुफ्थासा एयरको बिमान भसुमासुर डाडामा दुर्घटाना हुदा ५ जनाको नै मृत्यु भयो । १९९९ मानै नोकेन एयरको विमान रामकोटमा दुर्घटना हुदा १५ र सोही बर्ष स्काईलाईनको विमान मकवानपुरमा दुर्घटना हुदा १० जनाको ज्यान गयो ।
यस्तै सन् २००० मा नेपाल एयरलाइन्सको विमान डडेलधुरामा दुर्घटना भयो जसमा सवार २५ जनाको ज्यान गयो । त्यसको एक सालपछि फिष्टेल एयरको विमान रारा तालमा खस्दा ४ जनाको मृत्यु भयो । २००२ मा स्काईलाईनको विमान फेरी सुर्खेतमा दुर्घटना भयो जसमा सवार ४ यात्रुको मृत्यु भयो भने सोही बर्ष कास्कीमा भएको साग्रीला एयरको विमान दुर्घटनामा परि १८ जनाको मृत्यु भयो ।
२००३ मा सिम्रिक एयरको बिमान एभेरेष्ट बेशक्याम्पमा भएको दुर्घटनामा परि २ जनाको मृत्यु भयो । २००४ मा लम्जुङ्गमा यति एयरलाइन्सको बिमान दुर्घटना हुंदा ३ जनाको ज्यान गयो भने रामेछापमा २००५ मा एयर डाइनेष्टिकको विमान दुर्घना पनि ३ जनाको नै मृत्यु भयो ।
२००६ मा जुम्लामा यती एयरलाइन्सको बिमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भयो भने त्यही बर्ष श्री एयरलाइन्सको विमान ताप्लेजुङ्गमा दुर्घटनाग्रस्त हुदा २४ जनाको घटनास्थल मै ज्यान गयो । यसैगरी सन् २००८ मा अनमिनको विमान रामेछापमा दुर्घनामा पर्दा त्यसमा सवार १० जनाको ज्यान गयो भने त्यही बर्ष लुक्लामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी १९ जनाले ज्यान गुमाउनु पर्‍यो ।
सन् २०१० मा मकवानपुरमा भएको अग्नी एयरको विमान दुर्घटनामा १४ जनाको मृत्यु भयो भने खोटाङ्गबाट उडेको तारा एयरको विमान बिच बाटैमा दुर्घटना हुंदा २२ जनाले ज्यान गुमाउनु पर्यो । २०११ मा बुद्ध एयरको बिमान ललितपुरमा दुर्घटना हुंदा १९ जनाको मृत्यु भयो भने अग्नि एयरको विमान मुस्ताङको जोमसोममा १४ मे २०१२ मा दुर्घटना हुँदा १५ जनाको ज्यान जान पुग्यो । 
दुइ वर्ष अघि असोज १२ गते भक्तपुरमा सीता एअरको डोर्नियर विमान दुर्घटना हुंदा विमानमा सवार सवै १९ जनाको मृत्यु भयो ।

7:03:00 am

ज्वानो प्रभावकारी ओखती

सामग्री प्रस्तुति Ram Prasad Panta

सबैका भान्छाहरूमा बेलामौकामा प्रयोग गरिने ज्वानो, मसला मात्रै नभएर धेरै प्रकारका स्वास्थ्य समस्याहरू पर्दा औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । आयुर्वेद चिकित्सा पद्धतीमा यो ‘यवानी’ को रूपमा प्रसिद्ध छ।
झट्टट्ट जिव्रोले स्वाद लिंदा नमिठो लाग्ने भएपनि ज्वानोमा अत्याधिक मात्रामा पोषणतत्वहरू पाइन्छ । यसमा अत्याधिक प्रोटिन पाइने भएकोले शाकाहारी भोजन गर्नेहरूका लागि राम्रो मानिन्छ । ज्वानोमा अन्य पोषक तत्वहरूमा प्रोटिन, आयोडिन, चिल्लो पदार्थ, कार्वोहाइड्रेट, क्याल्सियम र अन्य भिटामीन तथा खनिज पदार्थहरू पाइन्छन्।
यसले मुख्यरूपमा शरीरमा पाचन प्रणालीका अंगहरूलाई मजबुत बनाउँछ । यसमा रहेका विभिन्न रसायनिक तत्वहरूले पाचन अंगहरूमा ग्रन्थीहरूमार्फत रस निकाल्न मद्दत पुयाउँछन् । यसमा वाथनासक गुण भएकोले विभिन्न स्वास्थ्य समस्याहरू कम गर्न मद्दत गर्नुका साथै शरीरमा हुने अन्य दुखाईलाई पनि कम गर्न यसको प्रयोग गरिन्छ । धेरै मानिसहरूले रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ । खकार निकाल्न यसले मद्दत गर्ने भएकोले श्वासप्रश्वास एवं रुघाको समस्याका लागि उपयोगी छ । सुत्केरी हुदा ज्वानोको झोल बनाएर खुवाउने त हाम्रो समाजको पुरानो चलन नै हो । सुत्केरीहरूको लागि यसको झोल लाभदायी मानिन्छ । महिलाहरूलाई बेलाबेलामा हुने पीडादायी महिनावारी तथा प्रसुती ज्वरोमा पनि विभिन्न आयुर्वेदिक समिश्रण औषधीकासाथ यसको प्रयोग गरिन्छ । ज्वानोसंगको अन्य समिश्रण आयुर्वेद उपचार प्रणालीमा पेटको पीडा एवं ग्यास हटाउने, जुका मार्न आदिमा औषधीको रूपमा पनि प्रयोग गरिन्छ ।

हामीले प्रयोग गर्ने मसलाहरूमा ज्वानोको दाना मसिनो हुन्छ । स्वाद पिरो, पर्पराउने र केहि मात्रामा तितो पनि हुन्छ तर वासनादार हुन्छ । यसको खेती समुन्द्र सतहभन्दा ४५०० फिट उचाइमा हुन्छ । खासगरी भारत, इजिप्ट र अल्जेरीया यसको खेतीको लागि प्रसिद्ध छन् । नेपालीहरूले पनि धेरै प्रयोग गर्ने भए तापनि ज्वानो भारतबाट आयात हुन्छ । ज्वानो सानो र ठूलो गरी दुईप्रकारका हुन्छन् । विभिन्न उपचार प्रयोजनका लागि यसको फल र पातबाट विशेष प्रकारको तेल पनि निकालिन्छ ।

7:54:00 pm

मेहबुब आलम र नेपाली क्रिकेट

सामग्री प्रस्तुति Ram Prasad Panta

नेपाली माटोले सन् १९८१ अगस्त ३१ का दिन यस्तो एउटा नाम पायो जो सबैको मन मस्तिष्कमा विराजमान छ | सायद यो नाम नेपाली क्रिकेटकै सबैभन्दा लोकप्रिय,चर्चित र सम्मानित नाम हो | नाम "मेहबुब आलम" |

नेपाली क्रिकेटलाई चिनाउँदाको अवसरमा मेहबुब आलमको नाम अगाडि आउने गर्छ | ICC
INTERCONTINENTAL CUP,मार्च २००४  मा पहिलो श्रेणीमा Debut गरेका आलमले उत्कृष्ट प्रदर्शन गरे | आफ्नो समयमा मेहबुबले "अभाव,अभ्यासको कमी,खेलाडीलाई हेर्ने नजर" लाई चुनौति दिदै आफ्नो राष्ट्रप्रेम र ईच्छाशक्तिलाई कमजोर हुन कहिले दिएनन् | सायद यसैले पनि भन्ने गरिन्छ,मेहबुबको शरीरमा रगत होइन क्रिकेट दौडन्छ | कठिन परिस्थितिमा पनि नेपाली क्रिकेटलाई जिवितै राख्न योगदान दिने महत्वपुर्ण नाम हो मेहबुब आलम | त्यसो त क्रिकइन्फो  ले पनि लेखेको थियो,फुटबल र क्रिकेटबीचको लोकप्रियताको दुरी कम गर्न मेहबुब पुल बन्दै छन् |
केही २०१२ मा जन्मिएका अग्यान क्रिकेटप्रेमीहरु आज पनि डाटा देखाएर मेहबुबलाई कमजोर आँक्न खोज्छन् | यो ठुलो भुल हो | मेहबुब आलम चोटिल हुनुभन्दा अघि २०११ सम्म नेपाली क्रिकेटको सबैभन्दा चर्चित र सफल नाम हो | भन्ने गरिन्छ,एक युगमा एक दिन एकचोटी आउँछ |" यो भनाईलाई नेपाली क्रिकेटमा मुखरित गर्ने मेहबुब कै गिनिज विश्वरेकर्ड हो | मोजाम्बिक सो समय डिभिजन ५  कै टिम थियो,आज कहाँ पुग्यो यसले मतलब राख्दैन 
नेपालले विश्वकपको सपना बुन्दै गर्दा मेहबुबले साउदीलाई हानेको ४२ बलमा ८८ रनको पारी (Highest T20 score of Nepal) महत्वपुर्ण रह्यो | भाग्यभरोसाको साथमा नेपाली टिम युएई पुग्यो | समयले घात गर्यो| मेहबुब चोटिल भए | उनको प्रदर्शन आज न्युजिल्याण्डमा असफल खेलाडी जस्तै भयो | सायद चोट र प्रदर्शनमा समानान्तर सम्बन्ध छ | न उनले पुरा खेल खेले,न त पुरा ओभर गरे न त खेल्ले बल नै धेरै पाए | PNG विरुद्ध मात्र ४ ओभर गराइयो जसमा उनले २० रन खर्चेर इंगल्याण्डबाट टेस्ट र एकदिवशिय खेलेका गेरान्ट जोन्सको विकेट लिए | तर 7 match मा ३१ रन ब्याटबाट र बलिंगमा १ विकेट भन्दै डाटा को आधारमा मेहबुब असफल भए भन्ने अस्वभाविक हल्ला पिटियो |
वर्तमान अवस्थामा आलमको माग उस्तै छ | टिम बाहिर हुदा पनि यिनको चर्चा कहिले घटेन | राष्ट्रिय T20 मा उनले स्पिन बलिंग गरे,कारण चोट तर पनि उनी "Top 3 most economical bowler" मा परे | ब्याटिंग मा त म भन्छु," मेहनतमा भाग्य लागेन" आलमलाई | मेहनत यस अर्थमा उनी भारतमा क्रिकेट खेल्न व्यस्त थिए | क्रिकेटबाट टाढा हुन सकेनन् | कसैको साथ रहेन उनलाई | क्यान ले ३६ जनाको टिम मा नि नाम राखेन | के मेहबुब ३६ जनाको टिममा नि नपर्ने खेलाडी हुन् ? पक्कै होइन
|
भर्खरै भारतको 'सिंहेश्वर' मा भएको खेललाई हवाला दिदै भारतिय पत्रिका "हिंदुस्तान" ले लेखेको छ," मेहबुब आलमको आतिषी पारीले दर्शन रोमान्चित बने | हुन पनि रोमान्चक खेलको अर्को नाम हो मेहबुब आलम | यसैले त उनलाई भारतिय ब्याट्सम्यान विरेन्दर सेहवागसँग तुलना गर्ने नेपाली क्रिकेट प्रेमीको ठुलो भिड छ | पछिल्लो समय धेरै मिडियाले उनको अन्तर्वाता ले लिएको थियो जसउ उनले भनेका थिए "खेलमा प्रदर्शन ठुलो कुरा हो र म टिममा फर्कन आतुर छु |" उनको यही भनाइलाई आज जोड्दा केहीलाई नैतिकताको प्रश्न उठेको छ |


आज सबैले मेहबुबको वापसी चाहेका छन् |९९% fan हरु त्यो खेलाडी सधै टिममा किन पर्छ भन्न् पर्श्न गर्दैगर्दा अर्को तर्फ ९९% fan नै मेहबुबलाई क्याम्पमा बोलाउनुपर्छ भनिरहेका छन् | अब नेपाली क्रिकेटलाई नैरस्यताबाट बचाउन र मेहबुबको लगावको सम्मान गर्दै संघले विगतलाई भुलेर वर्तमानमा पुन: विचार गर्नु जरुरी छ | हैन भने संघको आयु नै संकटमा पर्ने निश्चित जस्तै छ |  (लेखक  :- सुदर्शन यादव)
 - See more at: http://merocricket.com/index.php?action=news&id=109#sthash.BS0RXzex.dpuf

4:46:00 pm

यी पाँच कारणले हार्यो नेपाल...

सामग्री प्रस्तुति Ram Prasad Panta

१२ माघ, काठमाडौ । विश्वकप खेल्ने र एकदिवसीय मान्यता प्राप्त गर्ने निकै ठूलो सपना साचेर न्युजिल्याण्ड पुगेको नेपाली टोली निकै निराश र हतास मनस्थितिमा फर्कने भएको छ । न्युजिल्याण्ड जानुअघि प्रशिक्षक पुबुदु दासानायकेले ट्वान्टी-२० विश्वकपमा छनोट हुनुलाई बोनस भनेका थिए ।
 आगामी विश्वकपमा नेपालले प्रतिष्पर्धा गर्नेमा आफू ढुक्क भएको भन्दै सम्पूर्ण नेपाली जनतालाई आशाको सञ्चार गरेका उनले नेपाललाई भनेजसरी विश्वकपमा पुर्याउन भने सकेनन् । छनोट चरणका कुनै पनि खेलमा जित हासिल गर्न नसकेपछि नेपाल रित्तो हात त्यो पनि नकारात्मक नतिजाका साथ फर्किन लागेको छ । नेपालले उक्त प्रतिष्पर्धामा एक खेल पनि जित्न नसक्दा रेलिगेशनको सामना समेत गर्नुपरेको छ । अर्थात् डिभिजन २ मा विजेताका रूपमा प्रवेश गरेको नेपाल डिभिजन ३ मा झरेको छ ।
 नेपाललाई विश्वकप छनोटका लागि मात्र नभएर उक्त प्रतियोगिता नै जिताउने भन्दै न्युजिल्याण्ड गएका दासानायकेले नेपाललाई कुनै उपलब्धी हासिल गराउन सकेनन् । नेपालले नवौ स्थानका लागि हुने खेलमा समेत पराजय बेहोरे नेपाल अन्तिम स्थानमा पुग्नेछ, १ नम्बरमा पुर्याउने भन्दै बाडेको आश्वाशन विपरित अन्तिम स्थानमा पुगेर ।
 खेलमा हार जित हुनु स्वभाविक हो तर, हारलाई स्विकार गरेर त्यसका कमीकमजोरीलाई केलाएर थप मेहेनत गर्नु पनि उत्तिकै आवश्यक हुन्छ । नेपाल न्युजिल्यान्डमा किन यसरी पछारियो भन्ने प्रश्नको खोजी गर्नु अबको आवश्यकता हो । न्युजिल्यान्डमा भएको खेलमा पराजित हुनु कुनै एक कारण मात्र नभइ अन्य धेरै कारण रहेका छन् । तीनलाई सुक्ष्म रूपले विश्लेषण गरी भएका कमीकमजोरीलाई विचार गरेर ती कमीकमजोरीलाई हटाएर टोलीलाई बलियो बनाएर लैजानु आवश्यक हुन्छ ।
 सरसर्ती हेर्दा देखिएका केहि कमीकमजोरी यस्ता छन्...
- घाँसे पिचको अनुभव नहुनुः न्युजिल्याण्डमा घाँसे पिचमा क्रिकेट खेलिन्छ । तर नेपाली टोलीले यसअघि कहिल्यै पनि घाँसे पिचमा खेल्ने अवसर पाएको थिएन । नेपालका लागी उक्त मैदानमा खेल्नु निकै नयाँ अनुभव थियो । न्युजिल्याण्डमा घाँसे मैदानमा क्रिकेट खेलिने विषयमा पहिले देखीनै ज्ञात भएपनि नेपालमा खेलाडिलाई उक्त पिचमा खेल्नका लागि तयार गर्न नसक्नु नेपालको प्रमुख कमजोरी हो । निकै लामो समयदेखि नै न्युजिल्याण्डमा विश्वकप छनोट खेलिने छ भन्ने थाहा हुँदाहुँदै उक्त खेलमा लागि घाँसे मैदानको पिच तयार गरी सो पिचमा अभ्यास गराउन नसक्नु सबैभन्दा ठूलो कमजोरी हो । यसलाई नेपाल सरकार तथा क्रिकेट एशोसियन नेपाल क्यानले ध्यान दिन नसकेकै हो । विश्वकपको छनोटका लागि जानका लागि तयारीमा लागेको टोलीलाई त्यहाँको वातावरण अनुसार खेल्ने वातावरण तयार गर्न नसक्नुमा खेलाडिलाई दोष दिने ठाऊँ रहँदैन । न्युजिल्याण्डमा खेल्न नसकेको भनेर नेपाली टोलीलाई दोष दिनुअघि नेपाली खेलाडिलाई नेपालमा कसरी अभ्यास गराइएको थियो राम्रोसँग बुझ्नु आवश्यक हुन्छ । खेलाडिले खेल्न सकेनन्, खराब प्रदर्शन गरे भन्दै जति गाली गरेपनि त्यसको पहिलो दोषी सम्बन्धित निकाय नै हो ।

 - अति आत्मविश्वासः ट्वान्टी-२० विश्वकप छनोट प्रतियोगिताबाट छनोट हुँदै विश्वकपसम्म पुग्न सफल भएको नेपाली टोलीमा जस्तोसुकै खेल जितिन्छ भन्ने आत्मविश्वास थियो । आत्मविश्वास बलियो भएको अवस्था र श्रीलंकामा भएको अभ्यास खेलहरुमा सहज जितले नेपाली खेलाडिको आत्मविश्वास निकै माथी उठेको थियो । जस्तो सुकै खेलमा समेत सहजै जित हात पार्न सकिने मनोविज्ञानले नेपाली खेलाडिलाई गाँजेको थियो भने आफूहरूले जसरी पनि जित्ने भन्दै आफ्ना प्रतिष्पर्धीका सबल र कमजोरीलाई नेपाली खेलाडिले केलाउन सकेनन् । उनीहरूले प्रत्येक खेललाई सहज रूपमा लिए । अति आत्मविश्वासका कारण पहिलो खेल गुमाएपछि उनीहरूको मनस्थितिमा निकै गम्भिर प्रभाव पर्न गयो । दवावमा राम्रो प्रदर्शन गर्न नसक्ने नेपाली टोलीको पुरानो बानीले यहाँ पनि छाडेन र खेलमा आफूलाई जितका लागि तयार गर्न सकेनन् ।
- खेलाडी छनोटमा समस्याः खेलाडि छनोटमा समेत विचार पुर्याउन नसक्नु नेपालको जितको अर्को बाधक बन्न पुग्यो । नेपालले आफ्ना पुराना र अनुभवी खेलाडिलाई विश्वास नगरी नयाँ र अनुभवहिन खेलाडिलाई एकैपटक ठूलो प्रतियोगितामा खेल्न लगाउनु नेपालका लागि अर्को पराजयको कारण बन्न पुग्यो । आफ्नो बलियो पक्ष बलिङ भएको र सोही बलिङका कारण नै जित हात पार्दै आएको नेपाली टोलीमा ठुला खेल खेलेको अनुभव नभएका खेलाडिहरू थिएनन् । विषेशगरी सिम बलरलाई साथ दिने उक्त पिचमा प्रशिक्षक पुबुदुले अनुभव हिन बलरहरू सोमपाल कामी, अभिनाश कर्ण र जितेन्द्र मुखियालाई पहिलो रोजाइमा पारे र न्युजिल्याण्ड लगे ।
सोमपाल कामी केही महिनाअघि मात्र नेपाली टोलीमा परेका बलर हुन्छ । उनले यस प्रतियोगितामा उल्लेखनिय प्रदर्शन गर्न नसकेपनि मध्यम प्रदर्शन गरे । तर, अभिनाश कर्ण र जितेन्द्र मुखियाले भने निकै खराब बलिङको नमुना प्रस्तुत गरे । अभिनाश कर्णले मात्र २-३ एकदिवसिय खेलको अनुभव संगालेका थिए भने जितेन्द्रले न्युजिल्याण्डका लागि उड्नुअघि एक पनि एकदिवसीय खेलमा खेलेका थिएनन् । यस हिसाबले नेपाली प्रमुख हतियार हुनुपर्ने सिम बलिङमा निकै कमजोर देखियो । यसका छनोट कर्ताले विचार नपुर्याएकै हो । छनोटका क्रममा नेपालले मेहबुब आलम, सञ्जम रेग्मी, अमृत भट्टराई जस्ता बलरलाई बाहिर राखेर पुर्णरूपमा नयाँ टोली छनोट गर्नु हारको अर्को कारण बन्न पुग्यो । केहि पुराना खेलाडिलाई बेन्चमा मात्र राखेको भएपनि नेपालले आवश्यकता पर्दा ती खेलाडीलाई प्रयोग गर्न सक्ने थियो । तर, खेलाडि छनोटमा विचार समेत पुर्याउन नसक्दा पराजयको अर्को कारण बन्न पुग्यो नेपाली खेलाडि छनोट प्रक्रिया ।

- खेलाडि बिरामी पर्नुः खेलाडि बिरामी पर्नु नेपालका लागि अर्को टाउको दुखाइको कारण बन्यो । नेपालका कप्तान पारस खड्का घाइते हुनु र प्रारम्भिक ब्याट्सम्यान तथा विकेट किपर सुवास खकुरेल घाइते हुनु पनि हारको अर्को कारण बन्न पुग्यो । पारस खड्का ढाडको समस्याका कारण खेल्न नसक्दा एक भरपर्दा खेलाडि तथा कप्तानको अभाव हुन पुग्यो भने फास्ट बलिङमा निकै राम्रो प्रदर्शन गर्न सक्ने ब्याट्सम्यान सुवास खकुरेल घाइते हुँदा नेपालको प्रारम्भिक ब्याटीङ लाइन कमजोर बन्न पुग्यो ।

- ब्याटीङ लाइनअपः नेपालको ब्याटीङ लाइनअप समेत निकै कमजोर रह्यो । सुवास खकुरेल बिरामी परेपछि नेपालले अनिल मण्डल र सुवास खकुरेलको जोडि गुमाउन पुग्यो । अनिलसँग निकै राम्रो साझेदारी गर्न सफल भएका खकुरेल बिरामी परेपछि अनिल मण्डलसँग प्रारम्भिक जोडीका रुपमा कुनै एक ब्याट्सम्यान स्थिर रहन सकेनन् । कहिले एक ब्याट्सम्यानलाई अगाडि ल्याउने त कहिले अर्को ब्याट्सम्यान ल्याउने गर्दा खेलमा ब्याटीङ लाइन सुरूवात देखी नै कमजोर हुन पुग्यो । यस्तै, अन्य खेलाडिको ब्याटीङ लाइनस समेत कमजोर देखियो । कुनै पनि एक ब्याट्सम्यानले आफ्नो एकै स्थानमा प्रदर्शन गरेको पाइएन । यसले गर्दा ब्याट्सम्यानले नियमित रूपमा आफ्नो खेल प्रदर्शन गर्न सकेनन् । सधै फरक जिम्मेवारीसहित खेल्नुपर्दा खेलाडिलाई खेल्न निकै गाह्रो हुन पुग्यो । 
यसरी केही कमजोरीका कारण नेपालले पराजय बेहोर्न पुग्यो भने अन्य कमीकमजोरीहरूलाई पनि केलाएर अघि बढ्नुपर्ने हुन्छ ।
तस्विरः सौजन्यः सोमेश वर्मा
- अभिज्ञ
- See more at: http://nepaliheadlines.com/np/why-nepal-lost-all-games.html#sthash.6Onm4cZ5.dpuf

4:33:00 pm

बाआमा मख्ख पार्ने मज्जाको उपाय

सामग्री प्रस्तुति Ram Prasad Panta

हेमराज अर्याल – छोराछोरी जन्मिँदा निकै खुशी हुने बाबुआमा छोराछोरी हुर्किएपछि उनीहरुले गर्ने व्यवहारबाट प्रायः निराश हुन्छन् । कारण हो, बुढेसकालमा छोराछोरीबाट गरिएको अपेक्षा देख्न नपाउनु । अझ छोराबाट आसभरोसा गर्ने बाबुआमा धेरै हुन्छन् ।
छोरालाई हुकाईबढाई र लेखपढ गराइसकेपछि उसले बुढेसकालमा आफूलाई केही गर्छ भन्ने आशाको त्यान्द्रोले बाआमा बाँच्ने भएकाले उनीहरुको यो आशा कहिल्यै निराशामा नबदलियोस् भन्ने कुरामा निकै ध्यान दिनुपर्छ ।
छोरोलाई पढ्न पठाएको छ, उसले कमाउँछ र मलाई केही गर्छ भन्ने आश हुन्छ उनीहरुमा । त्यही भोलिको सुनौलो दिन सम्झेर बुढाबुढीले घामपानी केही नभनी सकीनसकी काम गरिरहेकै  हुन्छन् । उनीहरुको दुःखकष्ट छोराबुहारी दुबैले बुझ्नु जरुरी छ । जान्यो भने बुढाबुढीलाई खुशी पार्न निकै सजिलो छ । बा–आमा र श्रीमतीलाई सधैं ‘ब्यालेन्स’मा राख्नुपर्छ । त्यसो भएमा घर राम्रोसँग चल्छ, होइन भने भत्किन्छ ।
घरमा बुहारी भित्रिएपछि सबैका बाआमालाई खुशीसँगै डर पनि पैदा हुन्छ । अझ राखनधरन र ऐंचोपैंचो सम्हालेर बस्ने आमालाई त बुहारीको खटनमा बस्नुपर्ने हो कि भन्ने पीर पर्छ । साँच्चै बुहारीको ‘अन्डरमा’ बस्दैछु भन्ने लाग्यो भने बुढाबुढीलाई सबैभन्दा बढी नमजा हुन्छ । बिहे गरेपछि बाआमा भन्दा श्रीमती नजिक हुनु स्वभाविक हो । तर बाआमाबाट पनि धेरै टाढा कहिल्यै हुनु हुँदैन, दुवैलाई ब्यालेन्समा राख्न जान्नुपर्छ ।
बुढा भैसकेका बाआमाको मनमा आशंका हुने काम नगर्ने हो भने उनीहरुले कहिल्यै अपहेलित भएको महसुस गर्दैनन् । खान दिएर मात्रै हुँदैन, सम्मान गर्न जान्नुपर्छ । बुढा बाआमालाई सबैभन्दा बढी मान चाहिने भएकाले छोराबुहारीले त्यसै अनुसार ख्याल गर्नुपर्छ ।
बाआमालाई मान गर्न गाह्रो पनि छैन । स–सना केही कुरामा ध्यान दिए मात्रै पनि उनीहरुलाई मान पुर्याउन सकिन्छ । जागिरे छोराले मेरो कमाई यति छ भनेर बाआमालाई भन्ने । तलब बुझेको दिन सबै पैसा उनीहरुलाई लगेर दिने । अझ आमाको अघिल्तिर पैसा फिंजाइदिने हो भने उहाँले मख्ख परेर पैसा गन्नुहुन्छ ।
आहा मेरो छोरोको कमाई भनेर निकैबेर सुम्सुम्याउनुहुन्छ । त्यहाँबाट ५० या सय रुपैंया झिकेर आफूले राख्नुहोला । नत्र बाबु तिमी नै राख भनेर दिनुहुन्छ ।
बाआमाले कति कमाउँछस् त बाबु भनेर सोध्दा तिमीलाई किन चाहियो, माग्दा दिएकै छु भनेर जवाफ फर्काउने र हजार, दुईहजार अड्कलेर दिने हो भने पनि बाआमा कहिल्यै खुशी हुन सक्दैनन् ।
ऋणधन, ऐंचौपैंचो, बेचबिखन, लेनदेन सबै कुरा बाआमालाई भन्नुपर्छ । व्यवहार आफूलाई सुम्पेको हो भने पनि यसपाली खेतमा यो धान लगाउन लागेको, फलानो बाख्रा बेच्न लागेको, फलानोलाई यति पैंचो दिनुथियो के गरौं भनेर सोध्ने हो भने बाआमाले यसो गर भनेर राम्रो सल्लाह नै दिनुहुन्छ ।
आफूले गर्न खोजेको जस्तो सल्लाह आएन भनेपनि यो यस्तो छ, यसो गर्नुपर्ला त्यसैले मैले गरें है भन्यो भने पनि बाआमालाई पुग्छ । घरमा भएका बाआमालाई थाहै नदिइकन काम गर्ने हो भने उनीहरुमा आशंका बढ्छ ।
घर आउँदा कहीँकतैबाट फलफूल या केही खानेकुरा ल्याएको छ भने पहिले आमा या बालाई लगेर बुझाउँदा उनीहरु त्यसै मख्ख पर्छन् । आज त्यहाँ यस्तो देखें, अनि ल्याएको भन्दा ओहो छोरोले हामीलाई केही कुरा लुकाउँदैन भन्ने उनीहरुमा पर्छ ।
नत्र बाआमालाई भन्दा पहिले श्रीमतीलाई दिने चलन छ भने केही नल्याएको दिन पनि बाआमाले शंका गर्छन्, ‘यसले आज हामीलाई खानेकुरा दिएन, उसकै स्वास्नीलाई बुझायो ।’
अनि बाआमासँग सधैंभरी भलाकुसारी गरिरहनुपर्छ । कतै गएर आएको छ भने आज त्यहाँ यस्तो थियो, फलानोको विवाह यस्तो भयो, दुलाहदुलही यस्ता थिए, आज मेरो अफिसमा यस्तो भयो जस्ता कुरा बाआमालाई भनिदिने । यसो गर्दा आहा मेरो छोरो सबै कुरा भन्छ, केही लुकाउँदैन भनेर बाआमा सन्तुष्ट हुन्छन् ।
बाआमाको लागि सबै छोराछोरी बराबर हुन्छन् । बुढेसकालमा कुनै छोरासँग बसेको छ भने आफ्नो घरमा मीठोमसिनो पाक्दा नजिकै घर भएको अर्को छोरोलाई पनि दिन पाए हुन्थ्यो भन्ने उनीहरुलाई लाग्छ ।
तर सँगै रहेका छोराबुहारीलाई त्यो नलाग्न सक्छ । यस्तोबेला बुढाबुढीको मन बुझेर नजिक घर भएका दाइभाइलाई पनि मीठोमसिनो खानेकुरा बाँडेर खानुपर्छ । पछि उसको घरका मीठोमसिनो पाक्दा पनि लेइदिन्छ ।
बुढाबुढी भएको घरमा आफन्त र इष्टभित्र आउनेजाने भैरहन्छ । जति घरमा मान्छे आए, त्यति फाइदा हुन्छ । कति पाहुना आए भनेर झर्कोफर्को नगरी बाआमाको लागि उनीहरुको मानसम्मान गर्न सक्नुपर्छ । जति धेरैसँग सम्बन्ध भयो, त्यति राम्रो हुने हो ।
बुढाबुढीले झर्कोफर्को गरे भन्ने धेरै छोराबुहारीको गुनासो हुन्छ । झर्कोफर्को गर्नु त  बुढेसकालको लक्षण हो, स्वभाविक रुपमा लिनुपर्छ । शरीर कुप्रनु, दाह्रीकपाल फुल्नु, गाला चाउरी पर्नु जस्तै उमेर ढल्केपछि दिमाग पनि बुढो हुने भएकाले यस्ता लक्षण देखिन्छ ।
 बुढो भएपछि निउँ खोज्छ भन्ने चलन छ । निउँ खोजेको होइन । बुढो भएपछि सबैलाई लोभ लाग्छ । झर्कोफर्को र करकर गर्न मन लाग्छ । यस्तोबेला छोराबुहारी रिसाउन हुँदैन ।
बाआमा बुढो भएछन् भनेर स्वभाविक रुपमा लिन सक्नुपर्छ । उनीहरुको कुरा सुनिदिनुपर्छ । उनीहरुको मनोभावना बुझेर त्यसै अनुसार काम गर्न जान्नुपर्छ ।

7:02:00 am

पानी किन र कति पिउने ?

सामग्री प्रस्तुति Ram Prasad Panta

डा. हेमराज कोइराला
     पानी जीवनको आधार हो । धर्मशास्त्र र दर्शन देखि विज्ञानसम्मले जिवको उत्पत्ति पानीमै भएको तथ्यलाई स्विकारेका छन् । जिवन ज्युनकालागी पानी अत्यन्त महत्वपुर्ण तत्व हो ।
पृथ्वीमा र हाम्रो शरीरमा पनि पानीकै बाहुल्यता छ । तर पनि यसको महत्वलाई बुझ्न नसक्दा हामीले विभिन्न समस्याहरु भोगी रहेका छौ । पानीको महत्वलाई सवैसामु छर्लङ्ग पार्ने र स्वच्छ पानीका स्रोतहरुको संरक्षण संम्वद्र्धन र दिगो विकासका लागी वकालत गर्ने अभिप्रायले १९९३ देखी संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवश हरेक वर्ष मार्च महिनाको २२ तारिकका दिन मनाईदै आईएको छ । पानि सहकारिताको अन्तराष्ट्रिय वर्षको उपनामले सम्वोधन गरेर सधैं झै यस वर्ष पनि विश्व पानी दिवश विश्वभर विभिन्न कार्यक्रमको साथ मनाईदै छ । यसै उपलक्ष्यमा पानीको चिकित्सकीय महत्वलाई बुझेर व्यवहारमा उतार्न हामी सवैको दयित्व हो ।
 
हाम्रो शरिर रचनामा सर्वाधिक ९६० – ७० प्रतिशत० हिस्सा ओगटेको, विभिन्न जैव–रासायनिक क्रियाहरुमा प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न रहेको हाइड्रोजन र अक्सिजनका परमाणुहरुले बनेको यौगीन नै पानी हो ।
 
हाड जस्तो कठोर अंगमा २२ प्रतिशत दाँतमा १० प्रतिशत, छालामा २० प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, माशंपेशीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत र सम्पुर्ण शरीरमा लगभग ७० प्रतिशत पानीको मात्रा छ ।
 
पानिलाई जिवनको घोलक भन्ने उपनामले पनि चिनिन्छ । विभिन्न जैव रसायीनिक तथा उपापचयी क्रियाहरुलाई चाहिने जलिय माध्यम उपलब्ध गराउने देखी यस्ता कृयाहरुमा आंफै पनि संलग्न हुने, विभिन्न तत्वहरुको परिवहन गर्ने गराउने, रक्तचाप तथा शारीरको तापक्रम नियन्त्रण गर्ने, विषक्त पदार्थहरुको निष्काशनमा सहयोग पुर्याने काम पनि पानी ले नै गर्दछ । एउटा बयष्क पुरुषको शरीरमा ५५ देखी ७० प्रतिशत र महिलाको शरीरमा ४५ देखी ६० प्रतिशत पानी हुन्छ । शारीरिक पानीको दुइ तिहाई हिस्सा कोषहरु भित्र हुन्छ भने एक तिहाई हिस्सा रगत र कोषहरुको वरीपरिको खाली ठाउँमा रहन्छ । शरीरमा पानीको संन्तुलन बनाई रहनका लागी लगभग दैनिक ३ देखी ५ लिटर पानीको आवश्यक पर्दछ । जस मध्ये ७०० मिलि पानी खानाको माध्यम भएर प्रवेश गर्दछ भने ३०० मिलि पानी शरीर भित्रै उत्पन्न हुने गर्दछ । बाँकी पानीको पुर्ति भने पानी पिएर नै गर्नु पर्दछ । यसै गरी हरेक दिन ४५० मिलि पानी छालाबाट उडेर ४०० मिलि पानी श्वास सँगै घुलेर १५० मिलि पानी दिशा सँगै मिसिएर र बाँकी पानी पिसाबको रुपमा बाहिर जान्छ ।
 
पानी पिउनुका फाईदाहरुः
१० शरीरमा बोसो लाग्न नदिएर तौल नियन्त्रणमा सहयोग पुर्याउछ ।
२० उपापचयी क्रिया पश्चात जम्मा भएको युरीया, युरीक एसीड, क्रियाटिनिन जस्ता विषाक्त तत्वहरु, सोडियम, पोटासियम, क्यल्सियम, फसफोरस जस्ता इलेक्ट्रोलाईट ९नुन० हरु र अन्य उत्पादहरुलाई निष्काशन गरी रक्त शुद्धिकरणमा सहयोग पुर्याउँछ ।
३० छालाको सौन्दर्यलाई जिवन्त राख्दछ । माशंपेशी तथा स्नायुकोषहरु कार्यक्षमतालाई सुचारु राख्न मद्दत गर्दछ । कोषहरुमा हुने अक्सिडेटिभ स्टे«स निवारण गर्न सहयोग गर्दछ ।
४० पाचन, अवशोषण र मल निष्काशनमा पानीको ठुलो भुमिका छ । पाचन पश्चात आन्द्राहरुमा जम्मा भएका विशाक्त तत्वहरुलाई निकाल्नको लागी पनी पानीको आवश्यकता पर्दछ ।
५० तिख्रा लाग्नु भन्दा अगावै पानी पिउने बानीले टाउको दुख्ने, रक्तचाप घटबढ हुने कमल पित्त, मृगौला तथा पित्तथैलीका पथ्थरी, मोटोपन, जोर्नी दुख्ने अपच अनिन्द्रा एसिडिटी, ग्याष्ट्रि, अल्सर, कब्जियत, अर्स, मधुमेह, चायाँ, पोतो, डण्डिफोर, महिनावारीको गडबढी, श्वेतप्रदर, हार्मोनहरुको गडबढी, क्लोरेस्टेरोल बड्ने घट्ने जस्ता रोग लाग्नबाट बचाउँछ । यि रोग लागेकाहरुले यथेष्ट मात्रामा नियमित पानी पिउने गरे रोग नियन्त्रणमा सहयोग गर्दछ ।
 
कति पिउने पानीः
१० पानीको मात्राको निर्धारण व्यक्तिको कार्य प्रकृति र मौसमा निर्भर गर्दछ । सामान्य काम गर्ने मान्छेले दैनिक ३ देखी ४ लिटर पिउन जरुरी छ । अतिरिक्त श्रम तथा व्यायाम गर्नेहरुले हरेक १०० क्यालोरीको दहनका लागी १०० मिलि अतिरिक्त पानी पिउन जरुरी छ ।
२० सामान्यतया पुरुष भन्दा महिलाहरुको शरीरमा ज्यादा बोसो हुने हुँदा महिलाहरुले ज्यादा पानी पिउन जरुरी छ । सन्तान उत्पादन गर्ने उमेर समुहका, गर्भीणी, बच्चालाई दुध चुसाई रहेकी महिलाहरुलाइृ झन धेरै पानी पिउन आवश्यक छ ।
 
कसरी पिउने पानीः
१० तिर्खा लाग्नु भनेको शरीरमा पानी अभाव भएको सुचना हुनु हो त्यसैले तिर्खा लाग्नु भन्दा पहिले नै पानी पिउने बानी बसालौं । एकै पटक धेरै पानी पिउनु पनी स्वास्थ्यको लागी राम्रो होईन ।
२० बिहान उठ्ने बित्तिकै लगभग १२०० मिलि जती पानी पिउनु स्वास्थकर छ । यसो गर्दा रातभरी सुत्दा हुनसक्ने डिहाईड्रेशन ९निर्जलता० कम गर्न सहयोग गर्दछ ।
३० ठोस भोजन गर्नु भन्दा १ घण्टा पहिले र गरेपछि २ घण्टा पछिसम्म पानी पिउन हुदैन् । भोजन निल्न कठिन भएमा १० मिलि जती पानी लिन सकिन्छ तर भोजन लिई सकेपछि पानी लिएमा पाचन रसहरुको पाचन शक्ती कम हुन जाने हुँदा भोजन पचाउन कठीन हुन्छ । फलतः विभिन्न प्रकारका पेटका रोगहरु लाग्न सक्छन् ।
४० राती सुत्नु भन्दा अगाडी पनी प्रशस्त पानी पिएर सुत्ने गर्नु पर्दछ । यसो गर्दा सुतेको समयमा शरीर निर्जलताको शिकार हुँदैन ।
५० यसका अलवा दैनिक १–१ घण्टाको अन्तरालमा १ देखी २ ग्लास पानी पिई रहनु पर्दछ ।
६० खेल्दा, कुद र परिश्रम गर्नु भन्दा आधा घण्टा पहिले प्रशस्त पानी पिउनु राम्रो हो तर परिश्रम गरीरहेको समयमा वा श्रम पश्चात लगतै पानी पिउदा शरीरमा इलेक्ट्रोलाईट ९नुन० हरुको सन्तुलन बिग्रिन गई आपतकालीन स्थिति पनी आउन सक्छ । साथै श्रमको समयमा पानी पिउदा विश्राम गरीरहेको पाचन प्रणालीलाई अतिरिक्त दवाव पर्न जान्छ ।
७० तिर्खा लागेको बेलामा पानी नै पिउने गरौं कोल्डड्रिङ्गस तथा अन्य पेय होईन ।
८० पिसाबलाई पहेलो हुन नदिउ, स्वस्थ मान्छेमा पहेलो पिसाब आउनु भनेको निर्जलतको लक्षण हो ।