Posts

Showing posts from November 9, 2008

समाचारको स्रोत र स्रोत खुलेको समाचार- यी दुवै विषयको संवेदनशीलता

- ध्रुवहरि अधिकारी 'पत्रकार- सञ्चारमाध्यमले स्रोत र आधार उल्लेख गरी सत्य-तथ्य, वस्तुनिष्ठ एवं सन्तुलित सूचना सम्पे्रषण गर्नुपर्दछ ।'प्रेस काउन्सिल नेपालले प्रकाशित गरेको आचार संहितामा समावेश भएको यस मार्गदर्शनको पालना नेपालका समाचारमाध्यमबाट भैरहेको छ त ? समाचारका सजग उपभोक्ताले यस प्रश्नको उत्तर सकारात्मक शब्दावलीमा दिन हच्किने अवस्था छ । किनभने 'स्थापित' मानिएका ठूला आकारका छापा र ठूलो लगानीमा सञ्चालित प्रसारण माध्यमसमेत पत्रकारिताका मूल्य, मान्यता, मर्यादा र मापदण्डको सम्बन्धमा उदासीन रहन्छन् भने साधन-स्रोत हिसाबले टाक्सिएका, सानो लगानीका माध्यमको अवस्था के होला सहजै अनुमान गर्न सकिन्छ ।कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा । यो नेपाली लोकोक्ति रोगव्याधिको उपचारमा संलग्न चिकित्सक समुदायको लागि त सान्दर्भिक छ नै, त्यसको साथसाथै वैद्य -उपचारक) को थर कायम राखेर नेपालको पत्रकारितामा हात हाल्ने व्यक्तिको हकमा पनि लागू हुँदोरहेछ । साप्ताहिक-पाक्षिक पत्रिका सञ्जालको २३ भाद्रको बैठकले 'विमर्श' का चर्चित वैद्यमाथि गरेको कारबाहीलाई नै यस प्रसंगको ताजा दृष्टान्त मान्न स...

विविध जिल्ला प्रशासनमा कसरी छिरेका थिए ?

- रमेशकुमार पौडेल कात्तिक पाँच गते माओवादी तेस्रो डिभिजनका कमाण्डर विविध साँझ साढे पाँच बजे तिर चितवनको जिल्ला प्रशासन कार्यालयमा आएकै हुन् । यो मेरै आँखाले देखेको कुरा हो । यो दृष्टिभ्रम पनि हुनसक्छ भनेर त्यहाँ आएका व्यक्ति विविध हुन् होइनन् भन्नका लागि क्रस चेक पनि गरेकै हो । पक्का भएपछि मात्रै चितवन पोष्टमा ७ गते समाचार छापियॊ । तर आइतबार रक्षा मन्त्री बादलले विविध त्यहाँ नआएको कुरा सदनमा गरेको सुन्दा अचम्म लाग्यो ।त्यस दिन दिउँसो बादलले चितवन नारायणगढको क्याम्पा चौरमा तिहार मेलाको उद्घाटन गरेका थिए । लगभग चार त्यही बजेको थियो । त्यहाँबाट निस्केर अफिस आइपुग्दा नपुग्दै पाँच बजे जिल्ला प्रशासनका बादलले पत्रकारहरुलाई भेट्ने भन्ने खवर आयो । क्रान्तिकारी पत्रकार संघले सो कार्यक्रम आयोजना गरेको थियो । म लगभग समयमै जिल्ला प्रशासनमा पुगेको थिएँ । तर रक्षमन्त्री बादलले जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन दिइराखेका थिए । प्रशासन कार्यालयको सभा कक्ष भित्र कार्यालय प्रमुखहरु टन्नै थिए । सभाहलको उत्तर तर्फको झ्यालमा गएर केही बेर मैले बादलको कुरा सुने । त्यती बेला उनले जेल सुधारको कुरा गर्दै ...