स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

10:32:00 am

३ महिनापछि ‘एमआरपी’ अनिवार्य

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं, ७ फागुन- अबका ३ महिनापछि रोजगारीका लागि बिदेसिने नेपालीले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य लिनुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले जेठ १ देखि हस्तलिखित राहदानीमा अन्तिम श्रमस्वीकृति नदिने भन्दै अनिवार्य एमआरपी बनाउन सार्वजनिक सूचना जारी गरेको छ ।अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले सन् २०१५ नोभेम्बरपछि हस्तलिखित राहदानीलाई पूर्ण रूपमा निषेध गर्नेछ । त्यही व्यवस्थाका कारण विदेश जाने कामदारले हस्तलिखित राहदानी लिए १ वर्ष नबित्दै पुनः अर्काे राहदानी परिवर्तन गर्नुपर्ने हुँदा जेठदेखि नै एमआरपीलाई बाध्यकारी बनाइएको विभागले जनाएको छ । एमआरपी काठमाडौंको राहदानी विभागमा मात्र बन्छ ।

वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिनेमध्ये २५ प्रतिशतसँग अझै हस्तलिखित राहदानी छ । रोजगार विभाग प्रवक्ता बद्रीकुमार कार्कीले विदेशमा रहँदा राहदानी बनाउन झन् असहज हुने भएकाले हस्तलिखित राहदानीको म्याद सकिनुअघि नै एमआरपी लागू गर्न खोजिएको बताए । उनका अनुसार नेपाली दूतावासहरूले पनि छिटो एमआरपीमा मात्र श्रमस्वीकृति दिन सुझाव दिइरहेका छन् । “यहीँबाटै एमआरपी लिएपछि विदेशमा दुःख पाइँदैन,” उनले भने, “यात्रा पनि सहज हुन्छ ।”
विदेशबाट राहदानी बनाउनुपर्दा धेरै समय लाग्छ । दूतावासले राहदानी विभागमा सिफारिस गरेको ६–७ महिनापछि मात्र हातमा एमआरपी पर्छ । त्यसमाथि फोटो वा अन्य विवरण नमिले झन् बढी समय लाग्छ ।
म्यानपावरमा नागरिक बडापत्र
विभागले बिदेसिने नेपालीलाई वैदेशिक रोजगारसम्बन्धी जानकारी दिने उद्देश्यले नागरिक बडापत्र राख्न म्यानपावर एजेन्सीलाई १५ दिनको समयसीमा दिएको छ । वैदेशिक रोजगार ऐन ०६४ बमोजिम सबै म्यानपावरले कामदारको लागत खर्च, कामदार तथा म्यानपावरका अधिकार÷दायित्व स्पष्ट खुल्ने गरी बडापत्र राख्नुपर्ने विभागले जनाएको छ ।
“कामदारले विदेश जाँदा कम्तीमा पनि के–के सुविधा पाउँछन्, कानुनी उपचार कसरी लिने भन्ने थाहा पाउनु आवश्यक छ । यसले मात्र वैदेशिक रोजगार यात्रा सहज हुन्छ,” विभागका महानिर्देशक कृष्णहरि पुष्करले भने, “कामदार विभागसम्म आइपुग्दैनन्, म्यानपावरका कार्यालबाटै जानकारी पाऊन् भन्ने उद्देश्यले बडापत्र अनिवार्य बनाइएको हो ।” तोकिएको समयभित्र बडापत्र नराखे कानुनबमोजिम कारबाही हुने उनले बताए ।
कामदारलाई वैदेशिक रोजगारीसम्बन्धी जानकारी नहुँदा म्यानपावर तथा एजेन्टले बढी रकम असुल्ने गर्छन् । सरकारले तोकेको सिलिङभन्दा बढी रकम असुले कामदारले विभागमा उजुरी दिन सक्नेबारे जानकारी पाउन पनि बडापत्र आवश्यक रहेको पुष्करले बताए । “बडापत्रले ठगी धेरै घट्छ,” उनले भने ।
खाडी मुलुकमा ७० हजार र मलेसिायमा ८० हजार रुपैयाँ अधिकतम लागतको सिलिङ रहे पनि म्यानपावरले दोब्बरसम्म उठाउने गरेका छन् ।

10:53:00 pm

नेपालमा कहिले-कहिले भए विमान दुर्घटना ?

सामग्री प्रस्तुति Ram Prasad Panta


अठार जना मान्छे रहेको वायु सेवा निगमको विमान बेपत्ता भए लगत्तै फेरि नेपाली आकाश र जहाजको विषयमा चर्चा हुन थालेको छ । पटकपटक विमान दुर्घटना भैरहँदा नेपाली आकाश असुरक्षित रहेको भन्ने हल्ला पनि विश्वभर फैलिने गर्छ । त्यसो त आईकाओको उड्डयन सुरक्षा प्रतिवेदनले पनि नेपालको उड्डयन सुरक्षामा ५८ प्रतिशत कमजोरी रहेको यसअघि नै देखाइसकेको छ ।
भौगोलिक अवस्था, मौसम फेरबदल, विमानस्थलमा आधुनिक उपकरणको अभाव, पुराना जहाज, कुशल पाइलटको अभाव लगायतका कारणले बिमान दुर्घटना हुने गरेका छन् । नेपाली आकाशमा सन् १९५५ मा कालिंगा एयरको विमान दुर्घटना भएको थियो । सिमरा विमानस्थलमा भएको दुर्घटनामा २ जनाको ज्यान गएको थियो । 
१९५६ मा इण्डियन एयरलाईन्सको विमान काठमाडौंमा दुर्घटना हुदा १४ जनाले ज्यान गुमाउनु पर्योल । सोही एयरलाइन्सको विमान १९५८ मा टिकाभैरवमा दुर्घटना हुदा २० जनाको मृत्यु भयो ।
१९६० मा एन ए सी को बिमान भैरहवामा दुर्घटना हुदा ४ जनाले ज्यान गयो । १९६२ मा नेपाल एयरलाइन्सको विमान ढोरपाटनमा दुर्घटना भयो, जुन घटनामा परी १० जनाको मृत्यु भयो । त्यही कम्पनीको विमान सोही स्थानमा त्यही बर्ष दुर्घटना भयो जसमा ६ जनाको निधन हुन पुग्यो ।
१९६९ मा नेपाल एयरलाइन्सको विमान बतासे डाडामा दुर्घटना हुदा ३५ जनाको ज्यान गयो । १९७० मा नेपाल एयरलाइन्सको विमान दिल्लिमा दुर्घटना हुदा १ जनाको मृत्यु भयो । सोही बर्ष रोयल फ्लाईट जोमसोममा दुर्घटना भयो जसमा १ यात्रुको मृत्यु भएको थियो । यस्तै १९७२ मा रोयल्फ्लाईट धुलिखेलमा दुर्घटना हुंदा ३१ जनाको ज्यान गयो ।
यसैगरी १९७५ मा नेपाल एयरलाइन्सकै विमान काठमाडौंको बौद्धमा दुर्घटना हुंदा ५ जनाको ज्यान गयो भने त्यसको एक बर्षपछि नेपाल एयरलाइन्सको बिमान मेघौलीमा दुर्घटना हुदा ६ जनाको मृत्यु भयो । १९७९ मा भिभिआईपी लाङलाङमा दुर्घटना हुदा ६ जनाको मृत्यु भयो ।
बिराटनगरमा सन् १९८१ मा नेपाल एयरलाइन्सको विमान दुर्घटना हुदा १० जनाको मृतयु भयो भने त्यही एयरलाइन्सको बिमान १९८४ मा भोजपुरमा दुर्घटना हुदा १५ जनाले ज्यान गयो । १९८५ मा नेपाल आर्मी सवार विमान दुर्घटना भयो जसमा २५ जनाको ज्यान गयो ।
१९९२ मा थाई एयरको विमान घाङफेदीमा दुर्घटाना हुदा त्यसमा सवार ११३ जनाको मृत्यु भयो भने सोही बर्ष पि आइ एको विमान भट्टेडाडामा दुर्घटना हुदा १६७ जनाको ज्यान गयो जुन अहिले सम्मकै नेपाली आकाशमा भएको बसैभन्दा ठूलो हवाई दुर्घटना हो ।
यसैगरी एभरेष्ट बिमान सिंङ्गापुरमा दुर्घटना हुंदा १८ जनाको मृतयु भयो । १९९५ मा नेपाल एयरलाइन्सको बिमान काठमाडौंमा दुर्घटना भयो जसमा २ जनाको मृत्यु भयो भने त्यसको २ बर्ष पछि कर्णाली एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुदा १ जनाले अकालमै मृत्यु बरण गर्नु पर्‍यो ।
१९९८ मा ए।टि।एस।सि लुम्बिनी विमान म्याग्दीमा दुर्घटना हुदा १८ जनाले ज्यान गुमाउनु पर्योल भने सोही बर्ष एसियन एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुंदा ३ जनाको मृत्यु भयो । १९९८ मा नै एन।एसी।को विमान सोलुखुम्बुमा दुर्घटना हुंदा १ जनाले निधन भयो ।
१९९९ मा नोकेन एयरको विमान जुम्लामा दुर्घटना हुंदा ५ जना र लुफ्थासा एयरको बिमान भसुमासुर डाडामा दुर्घटाना हुदा ५ जनाको नै मृत्यु भयो । १९९९ मानै नोकेन एयरको विमान रामकोटमा दुर्घटना हुदा १५ र सोही बर्ष स्काईलाईनको विमान मकवानपुरमा दुर्घटना हुदा १० जनाको ज्यान गयो ।
यस्तै सन् २००० मा नेपाल एयरलाइन्सको विमान डडेलधुरामा दुर्घटना भयो जसमा सवार २५ जनाको ज्यान गयो । त्यसको एक सालपछि फिष्टेल एयरको विमान रारा तालमा खस्दा ४ जनाको मृत्यु भयो । २००२ मा स्काईलाईनको विमान फेरी सुर्खेतमा दुर्घटना भयो जसमा सवार ४ यात्रुको मृत्यु भयो भने सोही बर्ष कास्कीमा भएको साग्रीला एयरको विमान दुर्घटनामा परि १८ जनाको मृत्यु भयो ।
२००३ मा सिम्रिक एयरको बिमान एभेरेष्ट बेशक्याम्पमा भएको दुर्घटनामा परि २ जनाको मृत्यु भयो । २००४ मा लम्जुङ्गमा यति एयरलाइन्सको बिमान दुर्घटना हुंदा ३ जनाको ज्यान गयो भने रामेछापमा २००५ मा एयर डाइनेष्टिकको विमान दुर्घना पनि ३ जनाको नै मृत्यु भयो ।
२००६ मा जुम्लामा यती एयरलाइन्सको बिमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भयो भने त्यही बर्ष श्री एयरलाइन्सको विमान ताप्लेजुङ्गमा दुर्घटनाग्रस्त हुदा २४ जनाको घटनास्थल मै ज्यान गयो । यसैगरी सन् २००८ मा अनमिनको विमान रामेछापमा दुर्घनामा पर्दा त्यसमा सवार १० जनाको ज्यान गयो भने त्यही बर्ष लुक्लामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी १९ जनाले ज्यान गुमाउनु पर्‍यो ।
सन् २०१० मा मकवानपुरमा भएको अग्नी एयरको विमान दुर्घटनामा १४ जनाको मृत्यु भयो भने खोटाङ्गबाट उडेको तारा एयरको विमान बिच बाटैमा दुर्घटना हुंदा २२ जनाले ज्यान गुमाउनु पर्यो । २०११ मा बुद्ध एयरको बिमान ललितपुरमा दुर्घटना हुंदा १९ जनाको मृत्यु भयो भने अग्नि एयरको विमान मुस्ताङको जोमसोममा १४ मे २०१२ मा दुर्घटना हुँदा १५ जनाको ज्यान जान पुग्यो । 
दुइ वर्ष अघि असोज १२ गते भक्तपुरमा सीता एअरको डोर्नियर विमान दुर्घटना हुंदा विमानमा सवार सवै १९ जनाको मृत्यु भयो ।