स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

4:53:00 am

कम्प्युटर जगतमा देखिएको प्रथम भाइरस

सामग्री प्रस्तुति Ram Prasad Panta

- मीनू थापा ( काठमांडू)
सन् १९८६ मा कम्प्युटर जगतमा प्रथम पटक भाइरस देखा परेको थियो । दिमाग अथवा ब्रेन नामाकरण गरिएको उक्त कम्प्युटर भाइरसले फ्लपी डिस्क मार्फत आफ्नो आक्रामक यात्रा तय गर्ने भएकोले त्यतिबेला उक्त भाइरसले जति तहल्का मच्चाएको थियो त्यति मात्रामा आफ्नो प्रभुत्व जमाउन भने असफल भएका थिए । बुट सेक्टर भाइरस भएकैले प्रभावित फ्लपि डिस्कमा लुकेर बस्ने र उक्त डिस्क अर्को कुनै पनि नयाँ कम्प्युटरमा राख्दा पनि त्यसले तत्कालै आफ्नो उपस्थिति जनाउने गर्दथ्यो । हाल लुप्त भैसकेको यो भाइरस पहिलो कम्प्युटर भइरस भएर पनि अहिलेका कम्प्युटर भाइरस जस्ता अति नै हानिकारक तथा विकार सिर्जना गर्ने खालको भने थिएन । सन् १९८६, जनवरीमा पहिलो पटक देखा परेको यो भाइरस पाकिस्तानको एउटा सफ्टवेयरको सुरक्षाको लागि निर्माण गरेको हुन सक्ने अनुमान गरिएता पनि अझै सम्म यसको उद्‌गम स्थलको बारेमा पूर्ण रुपले स्पष्ट हुन सकिएको छैन । सन् १९८४ मा अमेरिकी कम्प्युटर वैज्ञानिक फ्रेड कोहेन ले कम्प्युटरलाई गलत आदेश दिन सक्षम तत्वलाई कम्पुटर भाइरस नामाकरण गरेका थिए । यसको २ वर्ष नबित्दै सन् १९८६ मा यस ब्रेन भाइरसको निर्माण भएको थियो । इन्टरनेटको विकाससँगै हालसम्म यस्ता विभिन्न भाइरसहरुले आफ्नो गति अति नै तिब्र बनाएका छन् र आफ्नो प्रभावलाई शक्तिशाली तुल्याइएका छन् । जसका कारण भर्खरै चलाउँदै गरेको कम्प्युटरको अपरेटिङ सिस्टम नै पुन:प्रतिस्थापन गर्नुपर्ने गरी आफ्नो हानीकारक प्रभाव देखाउन पछि परेका छैनन् ।

12:36:00 am

किन घट्दैछन दुर्लभ बाघ

सामग्री प्रस्तुति Ram Prasad Panta

दुर्लभ वन्यजन्तु बाघको उचित वासस्थानको लागि विश्वमै ख्याति कमाएको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा नै बसे्रनि बाघको संख्या घट्दै गइरहेको छ । यो आरक्षमा बाघको संख्या यसरी बसे्रनि घट्दै जानुले विभिन्न शंका उपशंका उब्जाएको छ । वन्यजन्तुको संरक्षण गर्ने जिम्मेवारी पाएको वन्यजन्तु संरक्षण विभागका उच्च अधिकारीहरु नै यस आरक्षमा बाघको संख्या घट्दै जानुलाई आश्चर्य मानिरहेका छन् भने बाघको संख्या घट्दै गइरहेकामा उनीहरु धेरै चिन्तित देखिदैनन् नत बाघको संख्या घट्नुका कारणबारे नै खोजीनीति गर्न उनीहरु आवश्यक ठान्छन् । बाघको संख्या घट्दै गइरहेको विवरण गर्वकासाथ दिने वन्यजन्तु संरक्षण विभागका उच्च अधिकारीहरु बाघ घट्नुको कारण पहिचान गर्न पट्टि ध्यान दिन सकिरहेका छैनन । यसैकारण पनि उनीहरुको नियतमाथि विभिन्न प्रकारका शंका उपशंका स्वभाविक रुपमा उठ्न उठ्न थालॆको देखिन्छ । सन् २००७।०८ मा लिइएको गणनाअनुसार शुक्लाफाँटा वन्यजन्तु आरक्षमा मुस्किलले जम्मा पाँचवटा मात्रै बाघहरु फेला परेका छन् । जबकी सोही आरक्षमा २००१ म्ा मात्रै २३ वटा बाघ रहेका थिए । सात वर्षको अवधिमा मात्रै १८ वटा बाघ हराएका छन् । गणनालाई हेर्ने हो भने २००१।०२ मा १७ वटा २००२।०३ मा १८ वटा २००४।०५ मा १७ वटा बाघ रहेको सो आरक्षमा २००५। ०६ सम्म आउँदा नौवटामा झर्न पुग्यो भने सन् २००८ सम्ममा आउँदा त बाघको संख्या ह्वात्तै घटेर पाँचवटामा मात्रै सीमित हुन पुगेको देखिन्छ । यसरी बाघको संख्या ह्वात्तै घट्नुले प्रकृति र वन्यजन्तु संरक्षणविद्हरुमा चिन्ता र भय छाएको छ । नेपालमा यदि यस्तैक्रम रहिरहने हो भने बाघ प्ूर्णरुपमा विनासको चपेटामा पर्न सक्छ र बाघका तस्वीरहरु कागजमा मात्रै सीमित हुन्छन् । विभागकै एक उच्च अधिकारी भन्छन् ुबाघको चोरी सिकारी रोक्न नसकेमा नेपालबाट बाघहरु छिट्टै प्ूर्णरुपले लोप भएर जाने देखिन्छ ।ु नेपालमा बाघहरु शुक्लाफाँटालगायत चितवन राष्ट्रिय निकुाज र बर्दिया राष्ट्रिय निकुाजमा मात्रै रहेका छन् । गणनाले प्रस्टरुपमा देखाइसकेको छ की शुक्लाफाँटा त बाघ विनासको चपेटामा परिसकेको छ नै । विभागले शुक्लाफाँटामा बसे्रनि बाघको गणना गर्दै आएको भएता पनि अन्य दुई आरक्ष क्षेत्रमा विगत आठ वर्षदेखि नै गणना लिन सकेको छ्रैन् । संरक्षणविद्हरुले चितवन र बर्दिया राष्ट्रिय निकुाजमा पनि बाघको अवस्था शुक्लाकैजस्तो संकटग्रस्त अवस्थामा रहेको हुन सक्ने अनुमान गरेका छन् । वन्यजन्तु विभागका अनुसार सन् २००१ म्ाा चितवनमा झण्डै ६० र बर्दियामा झण्डै ३२ वटासम्म बाघ रहेका थिए । त्यसपछि ती आरक्ष क्षेत्रमा गणना नगरिएकाले हाल त्यहाँ बाघको संख्या कति छ भनेर भन्न नसकिने अवस्था छ । शुक्लाफाँटाको अवस्थालाइ हेर्ने हो भने चितवन र बर्दियामा पनि विगत सात वर्षको अवधिमा ७० प्रतिशतभन्दा बढी बाघको संख्या घटेको प्रस्टरुपमा अनुमान लगाउन सकिन्छ । जुन निकै दुःखद र चिन्त्ााको विषय हो । दुर्लभ मानिएको बाघ मात्रै नभएर दुर्लभ घडियाल र गैारी गाईको संख्या पनि दिनानुदिन घट्दै गइरहेको तथ्यांक वन्यजन्तु विभागसँग छ । अन्य पंक्षीहरुहको अवस्था पनि यस्तै छ । सरकारी निकाय नाम मात्रका विसं। २०२९ सालमा वन विभाग अन्तर्गत शाखाको रुपमा स्थापना भई राष्ट्रिय निकुाज तथा वन्यजन्तु संरक्षणको कार्य प्रारम्भ गरेको वन्यजन्तु विभागले २०३७ सालदेखि मात्रै विभागको रुपमा काम गर्दै आइरहेका छ । नेपालमा रहेका विभिन्न वनस्पति वन्यजन्तु भ्ूदृष्यहरुको संरक्षण सम्वद्र्धन तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको विभागअन्तर्गत हाल नौवटा राष्ट्रिय निकुाज तीनवटा वन्यजन्तु आरक्ष तीनवटा संरक्षण क्षेत्र तथा एउटा शिकार आरक्ष र ११ वटा मध्यवर्ति क्षेत्र रहेका छन् । विभागदेखि ती आरक्ष साचालन गर्न सयौ कर्मचारी कार्यरत छन् र उनीहरुले वार्षिक करोडौ रुपैयाँ खर्चने गर्छन तर पनि उपलब्धि श्ून्य जस्तै छ । वन्यजन्तुको संरक्षण गर्न उनीहरु प्ूर्णरुपले असफल नै बनिरहेका छन् । सरकारी लगानी बालुवामा पानी सरकारले विभाग अन्तर्गत करोडौ रकम छुट्याएको भएता पनि वन्यजन्तुको संरक्षण र सम्वद्र्धन हुन सकेको छैन् । दुर्लभ मानिएका बाघ गँैडा जस्ता वन्यजन्तुको संख्या बसे्रनि ह्वात्तै घट्दै जान थालेपछि तिनीहरुको संरक्षण गर्न सरकारले छुट्याएको रकम बालुवामा पानी खन्याएसरह बन्न पुगेको छ । सरकारी मोटो रकम खाएर काममा खटिएका कर्मचारी तस्करी रोक्न प्ूर्णरुपमा किन असफल भइरहेका छन् यो अर्को खोजीको विषय बन्न पुगेको छ । पुगेको छ । तस्करहरु सकि्रय विशेष गरि वेला वखत पक्राउ पर्ने बाघका छालाले पनि के पुष्टि गर्छ भने तस्करहरुको ठ्ूलै गिरोह बाघ तथा गैडा मार्ने कार्यमा सकि्रय छ । तस्करहरुले विभिन्न सम्बन्धसुत्रहरु राखी वाघको चोरी सिकारी गरिरहेका छन् । तर सुरक्षा निकाय र आरक्ष प्रशासन तस्करहरुलाई निस्तेज गर्ने कार्यमा असफल बन्दै आइरहेका छन् । तस्करको पहुँच मन्त्रालयसम्म रक्षक नै भक्षक हुनाले गर्दा विगतमा वन विनास हुनुको साथै वन्यजन्तुको तस्करी व्यापकरुपमा हुन पुगेको देखिन्छ । वास्तवमा स्थानीय स्तरका कर्मचारीदेखि उच्च तहका सरकारी कर्मचारीसम्म नै तस्करहरुको पहँुच रहदै आएको देखिन्छ । वन विभागका एक प्ूर्व महानिर्देशक भन्छन् ु एक दुईजना बाहेक अन्य कुनै पनि वन मन्त्रीहरु विगतमा इमान्दार देखिएनन् । २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि हालसम्म झण्डै एक दर्जन वन मन्त्री बनिसकेका छन् । ती मध्ये मुश्किलले मात्र दुई तीन जना मन्त्रीहरु इमान्दार देखिए । अरु सबै वन माफियाको चक्करमा फसे भ्रष्टाचारमा लिप्त हुन पुगे । ुविगतमा धेरै मन्त्रीसँग संगत गरिसकेका ती महानिर्देशकले भने । तर उनले मन्त्रीहरुको नाम भने भन्न चाहेनन् । तपाइँ आफै पत्ता लगाउनुहोला एक दुईजना बाहेक अरु कोही पनि गतिला भएनन् । त्यसैले पनि वन विनासको क्रम हवात्तै बढेर गएको उनको दाबी छ । उनको भनाइलाई विश्वास गर्ने हो भने प्रजातान्त्रिक शासन व्यवस्थाका मन्त्रीहरुमा इमान्दारिता र नैतिकताको अभाव रहेको देखियो । यद्यपि वर्तमान वनमन्त्री मातृका यादव भने वन विनास र वन्यजन्तुको चोरी सिकारी रोक्न अलि बढी नै मिहीनेतका साथ लागिपरेको देखिन्छन् । तर उनी पनि खासै सफल हुन सकिरहेका छैनन् । तस्करको जालो भारतसम्म नेपालमा वन्यजन्तुको तस्करी गर्ने तस्करको जालो भारत सम्म फैलिएको छ । भारतीय तस्करहरुको मिलीमतोमा नेपाली तस्करहरुले तस्करीलाई व्यापक पार्ने गरेका छन् । विशेषगरी भारतमा बाघ संरक्षित क्षेत्रमा पछिल्लो समयमा आएर बाघको अत्याधिक तस्करी भएर वाघ नै सिद्धिएको अवस्थामा त्यहाँका तस्करहरु बाघको खोजी गर्दै नेपाल आउने गरेका छन् र उनीहरुकै योजना र मिलेमतोमा नेपालमा हाल बाघको चोरी सिकारी व्यापकरुपमा बढदै जान थालेको बताइन्छ । राजनीतिक प्रतिवद्धताको खाचो अब वन र वन्यजन्तु संरक्षणको लागि दृढ राजनीतिक इच्छाशक्तिको आवश्यकता देखिएको छ । विशेष गरी सबै राजनीतिक दलले यसको संरक्षण र सम्बद्र्धनकालागि आ- आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएर सोही मुताविकको कार्य गर्नु पर्छ । पदको दुरुपयोग गर्दै वन विनास गर्ने तस्करलाइ जोगाउने धृष्टता कदापि पनि गर्नुहुदैन् । नेपाली सेनाको भुमिका विभिन्न आरक्ष क्षेत्रको सुरक्षाको जिम्मेवारी लिएर वसेको नेपाली सेनाले पनि अब आफ्नो भ्ूमिकालाई बदल्नै पर्ने भएको छ । सेना जस्तो महŒवप्ूर्ण र सशस्त्र पक्ष बस्दा पनि तस्करले कसरी वन्यजन्तुको तस्करी गर्न सक्छन् भन्ने प्रश्नको जवाफ सेनाले दिन सक्नुपर्छ । नत्र सेनाकै भ्ूमिकामाथि पनि शंका उत्पन्न हुन सक्छ । अनि कतिपय ठाउँमा वन्यजन्तुको तस्करीमा सेनाकै संलग्नता देखिनु निकै लाजमर्दो कुरा हो । यस प्रति आप्ुूलाई गौरवशाली इतिहास वोकेको दाबी गर्ने सेना सचेत र इमान्दार वन्नै पर्छ । दण्ड सजायको कडा कार्यान्वयन जरुरी गैडा बाघ हात्ती कस्तुरी मृग चितुवा गौरीगाई मार्ने घाइते बनाउने खरिद गर्ने बिक्री गर्ने वा हस्तान्तरण गरी लिने दिने तथा बाघको छाला बिक्री गर्ने्रलाई ५० हजारदेखि १ लाख रुपैंयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुबै सजाय हुने कानुनी प्रावधान छ । तर यसको कडाइका साथ पालना हुन नसक्दा पनि तस्करहरु प्रोत्साहित हुने गरेका छन् । अतः पक्राउ परकेा तस्करलाइ त्यसै सामान्य कार्वाही गरेर छोड्ने सरकारी प्रवृत्ति नै आत्मघाती छ । यदि वन्यजन्तुको उचित संरक्षण इमान्दारी प्ूर्वक गर्ने हो भने सो नियमको पालना कडाइका साथ गरिनुपर्छ ।
-सागर पण्डित ( राजधानी डेली )

1:29:00 am

क्रिकेटका महान् ब्याट्सम्यान ब्राडम्यान

सामग्री प्रस्तुति Ram Prasad Panta

डन ब्राडम्यानका रूपमा परिचित डोनाल्ड डन ब्राडम्यान विश्वकै महान् क्रिकेटरका रूपमा परिचित छन् । खेल्न छाडेको ६० वर्षसम्म पनि उनले बनाएको कीर्तिमान अरूले तोड्न सकेका छैनन् । आप\mनो समयमा असम्भव लाग्ने कीर्तिमान बनाउन सफल ब्राडम्यान विश्व क्रिकेटका महान् खेलाडीमा अग्रस्थानमा छन् । ९२ वर्षको उमेरमा सन् २००१ मा निधन भएका ब्राडम्यानले १९४८ मा इङ्ल्यान्डमा अन्तिम खेल खेलेका थिए । र, सन्यास लिनुअघि उनले कायम गरेको टेस्ट ब्याटिङ औसत ९९ दशमलव ९४ प्रतिशत छ । इङ्ल्यान्डविरुद्ध १९४८ मा खेलेको अन्तिम टेस्ट इनिङमा जब उनी आप\mनो औसत सय पुर्‍याउने क्रममा थिए, इरिक होलिएसले उनलाई डक आउट गरे । उक्त इनिङमा चार रन बनाएका भए उनको औसत सय पुग्ने थियो । 'ब्वाइ र्फम बोरल' का रूपमा परिचित ब्राडम्यानले कायम गरेका कीर्तिमान अझै पनि निराश भएका बखत अस्ट्रेलियाली युवाका लागि प्रेरणा बन्ने गरेको छ । मुलुकका उनै महान् खेलकुद नायक डन ब्राडम्यानको सयौं जन्मोत्सव अस्ट्रेलियालीले बुधबार भव्यताका साथ मनाए । क्रिकेटका निर्विवाद एकमात्र महान् खेलाडी ब्राडम्यानको जन्म २७ अगस्ट १९०८ मा न्यु साउथ वेल्समा भएको थियो । सानैदेखि क्रिकेटमा रुची राख्ने ब्राडम्यानले अभ्यासको आप\mनै शैली विकास गरेका थिए । बाल्य अवस्थामा गरेको अनौठो अभ्यास शैलीले उनलाई विश्वकै महान् ब्याट्सम्यान बनाउन मद्दत गरेको हो । पानी ट्यांकीका लागि घरछेउमा बनाएको पर्खालमा गल्फ बल ठोक्काउँदै उनी एक्लै अभ्यास गर्थे । सोही अभ्यासबाट उनले कठिनभन्दा कठिन बल पनि सहजै सामना गर्ने क्षमता विकास गरेका थिए । अप्ठ्यारो बलमा सहजै खेल्ने क्षमताका कारण हरेक तेस्रो इनिङमा शतक प्रहार गर्ने खेलाडीका रूपमा पनि उनी स्थापित भए । 'उनको नाम र उनले प्राप्त गरेको सफलता अन्य खेलाडीको पहुँचभन्दा धेरै टाढा छ । उनको समय र त्यसपछिका अन्य खेलाडीका लागि पनि,' रिक्की पोन्टिङ भन्छन्, 'उनको खेल्ने शैली हाम्रोभन्दा विल्कुल फरक थियो ।' केही सौखिन क्रिकेटप्रेमी उनले जोडेको चार रन भेटिएको दाबी गर्छन् । सो चार रन ब्राडम्यानको रन योगफलमा जोडे उनको खेल जीवनको औसत सय हुन जान्छ । 'अझै खेलिरहेको भए पनि उनको औसत विश्वका अन्य ब्याट्सम्यानभन्दा राम्रो नै हुन्थ्यो,' क्रिकेटर माइक हुसे भन्छन्, 'उनी सर्वकालीन महान् ब्याट्सम्यान हुन् र अझै पनि छन् ।' एक्लै अभ्यास गरिरहने ब्राडम्यानले १२ वर्षको उमेरमै स्कुलस्तरीय एक प्रतियोगितामा पहिलो शतक प्रहार गरेका थिए । विश्वमा हरेक खेलका कीर्तिमान बन्छन् र फेरि तोडिन्छन् । टेस्ट क्रिकेटको एक सय ३१ वर्षे इतिहासमा दुई हजार पाँच सय १९ ब्याट्सम्यान जन्मिए, तर ब्राडम्यान जहिले पनि भेट्न नसकिने क्रिकेटरका रूपमा रहेका छन् । उनको सफलता क्रिकेटमा मात्र होइन कुनै पनि खेलकै सर्वाधिक उपलब्धिमूलक मानिन्छ । विस्डनका अनुसार बलले खेल्ने कुनै पनि खेलमा ब्राडम्यान अग्रस्थानमा छन् । विश्वकै महान् खेलाडी मानिएका फुटबलर पेले पनि उनीभन्दा पछि रहेका छन् । उनले ब्याटिङ औसतमा मात्र नभई आप\mनो समयमा विभिन्न कीर्तिमान बनाएका थिए । तीमध्ये अझै पनि केही कीर्तिमान उनकै नाममा छ । २२ औं जन्मोत्सव मनाउनुअघि नै उनले धेरै कीर्तिमान बनाएका थिए । २० वर्षे खेल जीवनमा उनले एकै लयमा रन जोडिरहे । अस्ट्रेलियाका पूर्वकप्तान विल उडफुलको शब्दमा भन्नुपर्दा उनी टोलीका लागि तीन ब्याट्सम्यान बराबर थिए । कप्तान र प्रशासकका रूपमा जहिले पनि उनी आक्रामक र मनोरञ्जनात्मक क्रिकेटको पक्षमा रहे । जसका कारण उल्लेख्य संख्यामा दर्शक तान्न पनि उनी सफल भए । खेल जीवनबाट सन्न्यास लिएपछि पनि उनी प्रशासक, छनोटकर्ता र लेखकका रूपमा तीन दशकसम्म सक्रिय रहे । सन्न्यास लिएको ५० वर्षपछि पनि उनी अझै विश्वकै आइकन खेलाडीका रूपमा रहेका छन् । महान् खेलाडीको सम्मानमा अस्टे्रलियाले उनको तस्बिरअंकित हुलाक टिकट र सिक्का बनाउने गरेको छ । जीवित रहेकै अवस्थामा संग्रहालय बनाइएका उनी एकमात्र अस्ट्रेलियन हुन् । उनको स्मृति दिवसका अवसर पारेर २७ अगस्टमा रोयल अस्ट्रेलियन मिन्टले पाँच डलरको स्वर्ण मुद्रामा उनको तस्बिर कुँदेर सार्वजनिक गरेको छ ।
उच्च ब्याटिङ औसत- ९९।९४
उच्च शृंखला ब्याटिङ औसत -पाँच टेस्ट शृंखला) - २०१।५०
शतक कीर्तिमान - ८० इनिङमा २९ शतक -३६।२५ प्रतिशत औसतमा)
दोहोरो शतक - १२ वटा
शृंखलामा दोहोरो शतक- ३ वटा
एक दिनमा सर्वाधिक रन - ३०९ रन -सन् १९३०)
एकै प्रतिद्वन्द्वीविरुद्ध सर्वाधिक रन - इङ्ल्यान्डविरुद्ध ५,०२८
एक शृंखलामा सर्वाधिक रन - ९७४ रन -सन् १९३०)

12:59:00 am

राष्ट्रिय दौरा शुरुवाल पलायन भएछ

सामग्री प्रस्तुति Ram Prasad Panta

-डिग बहादुर तामांग मेरिल्याण्ड, अमेरिका
शीरको पोशाक शीरटोपी
राष्ट्रिय पोशाक दौरा सुरुवाल
पाउको पोशाक जुत्ता
नेपालको राष्ट्रिय पोशाक भन्थे
अब त नयाँ नेपालसँगसँगै
नेपालीको राष्ट्रिय पोशाक नै
नेपालबाट कतै पलायन भए छ ।
दक्षिण तिर कि उत्तरतिर हो ?
म परें अलमल यता जाने कि उता
शाखा अधिकृत भन्दा माथिका
कर्मचारीहरुले अनिवाय रुपमा लाउनु पर्ने
हाम्रो राष्ट्रिय पोशाक दौरासुरुवाललाई
उपराष्ट्रपति परमानन्द झाको धोती र कुर्थालेहिर्काएपछि,
नेपालबाट अन्तै पलायन भै सकेछ ।
नयाँ प्रधानमन्त्रीको पालासम्ममा त
नेपालको राष्ट्रिय पोशाक सुट र्टाई हुन पुगेछ ।
यहि हो नयां नेपालको राष्ट्रियता ?
नयाँ नेपालको आगमन सँगसँगैमलाई लाग्यो
अब राष्ट्रिय दौरा शुरुवाल पनि दक्षिणतिर
हो कि उत्तर तिर पलाएन भएछ ।।
साभार - नेपाली पोस्ट

-# तपाईंले किन परराष्ट्र मन्त्रालनै रोज्नुभयो? अन्तराष्ट्रिय जगतमा नेपालको छवि केही वर्षयता धुमिल हुदै गएको छ। नयां परिस्थितिमा नेपालको पहिचान, राष्ट्रिय हित, अन्तराष्ट्रिय सम्बन्धलाई नयां ढंगले अगाडि बढाउन र नेपालको परराष्ट्रनीतिलाई सही र समयसापेक्ष बनाउन, नेपालको छवि अन्तराष्ट्रिय जगतमा उच्च बनाउन पनि मैंले परराष्ट्र मन्त्रालय रोजेको हुं। -# नेपालको छवि किन धुमिल भएको हो? हाम्रो आन्तरिक घटनाक्रम र राजनीतिले तथा कूटनीतिक प्रयत्नको पर्याप्त तयारी नहुनाका कारण हाम्रो छवि धुमिल भएको हो। -# प्रचण्डको पहिलो विदेश भ्रमण किन चीन भयो? ओलम्पिकको उद्घाटन र समापन समारोहमा विभिन्न देशका राजनीतिज्ञ, राष्ट्रपति र सरकार प्रमुखहरु आइरहेका छन्। त्यसमा हाम्रो प्रधानमन्त्री जानु उपयुक्त हुन्छ। यसले देशको इज्जत र प्रतिष्ठा पनि बढ्छ। चीनसंगको हाम्रो पुरानो सम्बन्धलाई अझ दह्रो पार्छ। -# प्रचण्ड प्रधानमन्त्री भएपछि भारत जाने परम्परालाई तोड्नुभयो नि? रम्परा र चलन चलाउँदा चल्ने हो। भारत जानुभएन चीन जानुभयो भन्नुको मतलब हामी भारतसंग टाढा छौं भन्ने होइन। -# प्रधानमन्त्री भारतसंग टाढिदैहुनुहुन्छ भन्ने विश्लेषण भइरहेको छ नि त? भारतसंग टाढिन जानुभएको कदापि होइन। हामी भारत र चीन दुवै छिमेकी मुलुकसंग मित्रताका आधारमा अगाडि बढ्नुपर्छ भन्नेमा प्रष्ट छौं। भारतसंग हाम्रो निकै निकट सम्बन्ध छ। -# भारतसंग के के कारणले निकटता छ? नेपाल र भारतबीच खुल्ला सीमा छ। हामीबीचको भाषा, संस्कृतिमा एकरुपता छ। दुई देशमा आवतजावत पनि खुल्ला छ। जनस्तरको पनि उत्तिकै सम्बन्ध छ। हामी धेरै विषयमा भारतसंग जोडिएका छौं। सम्बन्धका हिसाबले चीन र भारत दुवैसंग समान मित्रवत सम्बन्धलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ। कोही टाढा कोही नजिकको भन्नु हुदैन। -# तपाईं पहिला चीन या भारत कुन देश जानुहुन्छ? भारत भ्रमणमा जाने पहिलादेखिनै तय भएको थियो। जो परराष्ट्रमन्त्री भएको भएपनि भदौ १३ गते बिमस्टेक सम्मेलनमा जानुपर्ने हुन्थ्यो। म बिम्स्टेकको सम्मेलनमा सहभागी हुन १२ गते भारत जानेछु। मेरो पहिलो भ्रमण भारतबाट हुन्छ। -# भारतमा कसलाई भेट्नुहुन्छ? बिमस्टेकको बैठकमा सहभागी हुन जाने हो। बैठकमा ६–७ वटा मुलुकका विदेशमन्त्रीहरुसंग भेट हुन्छ। भारतमा रहदा मन्त्री, राजनीतिज्ञका अलावा सरकारी अधिकारीहरुसंग भेट्ने कार्यक्रम छ। -# भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई पनि भेट्नुहुन्छ? भारतीय प्रधानमन्त्रीलाई भेट्ने सम्भावना छ। भेट तय गर्नेबारे कुरा अगाडि बढिरहेको छ। -# कोशीबांधबारे भारतीय पक्षसंग कुरा हुन्छ? कोशीबांधबारे महत्वका साथ कुरा गर्छु। मेरो भ्रमणको महत्वपूर्ण पक्षमध्ये कोशीबांधको विषय पनि हो। त्यसबारे द्विपक्षीय हित र सम्बन्ध विस्तारबारे पनि छलफल हुन्छ। -# सन्धी खारेज गर्नुपर्छ भन्ने आवाज उठिरहेको छ, त्यसबारे कुरा गर्नुहुन्छ? यसपटकको बैठकमा सन्धी खारेजीबारे कुनै एजेण्डा छैन। त्यसबारे त पूरा तयारी गर्नुपर्ने हुन्छ। अहिले सन्धिबारे कुनै छलफल हुदैन। -# फोरमले सरकारको नेतृत्व दाबी गरेको अवस्थामा किन मन्त्रीमै चित्त बुझायो? फोरमलाई सरकारको नेतृत्वका लागि कसैले दिएपो। प्रधानमन्त्री कसैले दिने कुरा गरेको थिएन। अहिले सहमतिको सरकार बनेको छ। हामी यसलाई अगाडि बढाउने पक्षमा छौं। -# सरकारको कति समय चल्ला? भर्खर त सरकार बनेको छ। सरकारले पूर्णता पनि पाएको छैन भने अहिलेनै आयु तोक्ने कुरा रहदैन। -# यतिसम्म संगै जान्छौं त भन्न सक्नुहोला नि, छ महिना कि एक वर्ष? यो सरकारले पूरा अवधिभर कार्य गर्छ। -# एमालेले सपथ नलिएको अवस्थामा पूरा अवधिभर कार्य गर्ने आधार के? एमालेहरु पनि सरकारमा आउनुहुन्छ। त्यसबारे कुरा भइरहेको छ। अरु सात आठवटा पार्टी पनि सरकारमा सहभागी हुनुहुनेछ। राष्ट्रिय सहमति बनिसकेको छ। साझा नीति तथा कार्यक्रममा हस्ताक्षरनै भइसकेको छ -# राप्रपा जसरी फोरम राजनीतिक खेलमा लाग्ला? फोरम भनेको आन्दोलनबाट आएको पार्टी हो। राप्रपा र फोरमलाई दाँज्न मिल्दैन। फोरमको भूमिका राप्रपाको जस्तो त हुनैसक्दैन। -# प्रधानमन्त्रीलाई हटाउन बीचमै लाग्ने त होइन? हाम्रो साझा नीति तथा कार्यक्रम बनेको छ। सबैले त्यसलाई पालना गर्नुपर्छ। हामीले आचारसंहिता र कार्यप्रणाली तोकेका छौं। त्यो आधारमा अगाडि बढ्नुपर्छ। कसैले कसैलाई ढाल्नुपर्ने कुरा आउदैन। -# तपाईंहरुले बनाएको कार्यक्रम सरकारमा बसेर कार्यान्वयन गर्न सक्नुभएन भने नि? कार्यक्रम कार्यान्वयन भएन, माओवादीले व्यवहार सुधारेन भने हामी पछि हट्छौं र सरकारबाट बाहिरिन्छौं। जतिपनि सहमति भएको छ त्यो कार्यान्वयन भएन भने सरकारमा बस्नुुको औचित्य रहनेछैन। -# सहमतिअनुसार काम नभए तपाईंहरु सबैले राजीनामा दिनुहुन्छ? त्यसपछि हामी सरकारमा रहनुको कुनै अर्थ रहदैन। हामी केही गरौं भनेर सरकारमा आएका हौं। मुलुकलाई दीगो शान्तिको अवस्थामा पुर्‍याउन, आर्थिक क्रान्तिको दिशामा पुर्‍याउन पो सरकारमा गएका हौं। -# त्यसपछि अर्को समिकरण बनाउन लाग्नुहुन्छ? त्यो कल्पना अहिले नगरौं। अहिलेको प्राथमिकता सबैले साझा नीति तथा कार्यक्रम पालना गर्ने र व्यवहारमा उतार्ने हो। तत्काल शंका उठाउनु गलत हो। -# मधेश आन्दोलनका क्रममा सरकारसंग भएको सम्झौता पूरा भयो? भाद्र १३ गते र फागुन १६ गते भएको सम्झौता कार्यान्वयनको दिशामा छ। साझा नीति तथा कार्यक्रममा सहमति कार्यान्वयन गर्ने स्पष्ट उल्लेख छ। कार्यान्वयन गर्ने प्रतिवद्धता जाहेर भएको छ र हुन्छ। -# कार्यान्वयनका लागि सरकारमा जान लाग्नुभएको हो? कार्यान्वयनका लागि मात्र सरकारमा जान लागेको होइन। -# तपाईंको पार्टीभित्र सरकारमा जाने नजानेबारे विवाद भएको हो? पार्टीभित्र छलफल र बहस हुनु स्वाभाविक हो। सरकारमा जानेबारे पार्टीले निर्णय गरेको हो। साझा नीति तथा कार्यक्रम पारित गरेर सरकारमा गएका हौं। गुनासो भन्नेकुरा मानव जातिको स्वभाव हो। -# तपाईको प्रचण्डसंग कसरी मिलन भयो? प्रचण्ड माओवादी नेता हुन्। क्रान्तिकारी विचारलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता पबोकेका नेता हुन्। त्यसै कारणले हामी एक ठाउंमा आइपुगेका हौं। म पनि परिवर्तन र अग्रगमनको विचारधारालाई समर्थन गर्छु। -# नेपाली कांग्रेसलाई माइनस गरेर जादैहुनुहुन्छ नि? कांग्रेसका साथीहरुले सरकारमा आउनेबारे पुनविचार गर्नुपर्छ। हामी कांग्रेसलाई पाखा लगाउने, होच्याउने, माइनस गर्ने पक्षका होइनौं। -# कांग्रेस प्रतिपक्षमा बसेबाट के अपेक्षा गर्नुहुन्छ? कांग्रेस प्रतिपक्षमा बसेपनि हामी सहयोगको अपेक्षा गर्छौं। प्रतिपक्षको पनि सहयोगी धर्म हुन्छ। लोकतन्त्रका लागि प्रतिपक्षले महत्वपूर्ण भूमिका खेल्नसक्छ। — देशान्तर

1:40:00 am

अख्तियारको हार आरोपीको जित

सामग्री प्रस्तुति Ram Prasad Panta

- श्रीधर खनाल/नयाँ पत्रिका
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मुद्दा चलाएका सबैजसोले विशेष अदालतबाट सफाइ पाउन थालेका छन् । पछिल्लो एक वर्षमा गैरकानुनी सम्पत्ति कमाएको आरोपमा परेका १६ वटा मुद्दाको फैसला भएको छ, सोह्रैवटा मुद्दामा आरोपीले सफाइ पाएका छन् । अदालतबाट सफाइ पाउनेमा नायब सुब्बादेखि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव गोकर्ण पौडेलसम्म छन् । कोइराला प्रधानमन्त्री हुँदा गैरकानुनी सम्पत्ति आर्जन गरी लुकाएको आरोपमा अख्तियारले पौडेलमाथि अनुसन्धान अगाडि बढाएको थियो । गुल्मीको सामान्य परिवारबाट आएका पौडेलको आम्दानी कोइरालाको स्वकीय सचिव भएपछि नाटकीय रूपमा बढेको अख्तियारको अनुसन्धानले देखाएको छ । अख्तियारले दुई करोड ६ लाख रुपैयाँ स्रोत नखुलेको सम्पत्ति जोडेको आरोपमा पौडेलविरुद्ध मुद्दा दर्ता गरेको थियो । तर, विशेष अदालतले अख्तियारको दाबी पुष्टि गर्ने कानुनी आधार नभएको भन्दै आरोपीलाई सफाइ दिएको छ । सफाइ दिइएका मुद्दामा राजस्व समूहमा भएको संस्थागत भ्रष्टाचारसँग सम्बन्धित मुद्दाहरूसमेत छन् । अख्तियारले ३१ साउन, २०५९ मा राजस्व प्रशासनका २२ कर्मचारीको घरमा छापा मारेको थियो । अर्थ मन्त्रालयका सहसचिव श्रीराम पन्तलाई विशेष अदालतले सफाइ दिएको छ । अख्तियारले पन्तले आर्जन गरेको एक करोड १७ लाख रुपैयाँबराबरको सम्पत्ति गैरकानुनी भएको दाबी गरेको थियो । अख्तियारको छापामा परेका भन्सार विभागका शाखा अधिकृत देवीप्रसाद भण्डारीले समेत अदालतबाट सफाइ पाएका छन् । भण्डारीले आर्जन गरेको ६७ लाख ७८ हजार रुपैयाँ गैरकानुनी भएको अख्तियारको दाबी थियो । पूर्वमन्त्री गोविन्दराज जोशीलाई सफाइ दिन विशेष अदालतले जगाएको पुरानो कानुनको फाइदा पूर्वसहसचिव सावित्री राजभण्डारीले पनि पाएकी छिन् । पूर्वप्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीकी श्रीमती सावित्रीलाई मुद्दा चलाउँदा अख्तियारले केशवलाई भने विपक्षी बनाएको थिएन । अमेरिकामा बस्ने राजभण्डारीकी छोरी मोनिकाको नाममा सावित्रीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाएको अख्तियारले जनाएको छ ।अदालतबाट सफाइ पाउनेमा लाउडा विमान भाडाको विषयमा अनियमितताको आरोप लगाइएका नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष हरिभक्त श्रेष्ठसमेत छन् । लामो समयसम्म फैसला नभएको यस मुद्दामा विशेष अदालतले अख्तियारको मागदाबी नपुग्ने निर्णय गरेको थियो । फैसलामा चित्त नबुझाएर अख्तियार सर्वोच्च अदालत पुगेको छ ।यो एक वर्षमा नक्कली प्रमाण-पत्रको मुद्दामा भने अख्तियारको मागदाबी पुगेको ठहर विशेष अदालतको छ । विशेष अदालतको अभिलेखअनुसार गत आर्थिक वर्षमा नक्कली प्रमाण-पत्रसँग सम्बन्धित ४२ मुद्दा फैसला भएका छन् जसमा ३८ जनलाई दोषी ठहर गरिएको छ । तीन मुद्दामा मात्र सफाइ दिइएको छ भने एउटा मुद्दा खारेज गर्ने निर्णय भएको छ ।निर्णयगत र घुससँग सम्बन्धित १३ मुद्दा फैसला भएकामा सात मुद्दाका अभियुक्तले सफाइ पाएका छन् । पाँच मुद्दामा भ्रष्टाचार गरेको ठहर भएको छ भने एउटा मुद्दामा आंशिक रूपमा भ्रष्टाचार भएको निर्णय गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर विजयनाथ भट्टराईसँग सम्बन्धित मुद्दा विशेष अदालतले निर्णय गर्न नसकेर सर्वोच्च अदालत पठाएको छ । अख्तियारका कानुनी सल्लाहकार नन्दबहादुर सुवेदी अदालत बढी उदार भएकाले दोषीहरूले धमाधम सफाइ पाएको बताउँछन् । उनी भन्छन्, 'हामीले कमजोर ठानेका मुद्दामा समेत पहिला अख्तियारका पक्षमा फैसला हुन्थे । तर, अहिले प्रशस्त भ्रष्टाचार भएको र बलियो प्रमाण भएका मुद्दामा समेत अदालतले सफाइ दिन थालेको छ ।'अख्तियारले सुरुवातमा विशेष अदालतमा दर्ता गरेका मुद्दा अनुसन्धानमा केही कमजोरी रहेको अधिकारीहरू बताउँछन् । त्यस्ता कमजोरी हटाएर दर्ता गरिएका मुद्दामा पनि अदालतले सफाइ दिएपछि अहिले अख्तियार सर्वोच्च अदालतको फैसला कुरेर बसेको छ । अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको कुनै पनि मुद्दा फैसला हुन सकेको छैन ।सर्वोच्चको फैसलापछि मात्र नयाँ रणनीति बनाउने पक्षमा छ अख्तियार । 'सर्वोच्चबाट पनि हारियो भने नयाँ ढंगले सोच्नुपर्ला,' अख्तियारका कानुनी सल्लाहकार सुवेदीको भनाइ छ । आर्थिक वर्ष २०६४/०६५ मा सफाइ पाउनेहरू
गोकर्ण पौडेल २,०६,३०,९१६।५३
पूर्वसहसचिव, सावित्री राजभण्डारी २,९३,१५,३०७.८३
सहसचिव, नगेन्द्रप्रसाद घिमिरे, १,६९,७६,५३८।९३
उपसचिव, मुरारीवहादुर कार्की १,६३,६७,५६०।९२
सिडिइ डिल्लीरमण निरौला ६४,१०,५७८।००
सह-सचिव, प्रेमप्रसाद सुवेदी, ९६,१३,७७९।८८
युवराज शर्मा, व।का।नि। १०१४५२५१।९१
चक्रबन्धु अर्याल २६०८१५६१।३१
गुरुप्रसाद ढकाल १,७५,८९,२३३।६६
डा। लक्ष्मीराज पाठक ६९,४३,४४४।३६
नासु श्यामकुमार बस्नेत ३५,९३,५४०।९५
नासु श्यामकुमार बस्नेत ३५,९३,५४०।९५
शाखा अधिकृत देवीप्रसाद भण्डारी ६७,७८,४२६।६६
सहसचिव श्रीराम पन्त १,१७,६७,३२६।७१
नासु डोलराज शर्मा ३,५२,८७,४६७।४७

1:25:00 am

एक सय सात वर्षीय साधुद्वारा साधुनीको हत्या

सामग्री प्रस्तुति Ram Prasad Panta

झापा। पिण्ड खाने बेला भइसकेका झापाको सुरुंगा-७ स्थित कोटीहोममा १०७ वर्षीय साधुले कोटीहोममै बस्ने ८५ वर्षीया साधुनीको हत्या गरेका छन् । प्राप्त समाचारअनुसार साधु जीवनाथ ति_िम्सना र साधुनी चन्द्रमाया विकबीच सामान हराएको विषयमा भएको विवादले उग्ररुप लिएपछि ति_िम्सनाले विकको टाउकोमा मुंग्रो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडले हत्यारा १०७ वर्षीय वृद्ध साधु ति_िम्सनालाई पक्राउ गरेको छ । प्रहरीले साधु ति_िम्सनाको भान्सामा प्रयोग हुने मसला खाने तेललगायतका सामानहरु हराउने गरेको र साधुनी विकले चोर्ने गरेको विषयमा वादविवाद हुँदा साधु ति_िम्सनाले आक्रोशमा आएर टाउकोमा मुंग्रो प्रहार गरेको बयान दिएको बताएको छ । यसैबीच नाच हेर्न जाँदा भएको सामान्य विवादमा धनुषाको यदुकोहा-१ का मुख्तार दर्जीले एक किशोरको गोली हानी हत्या गरेका छन् । यदुकोहा गाविसबाट कृष्णअष्टमीको अवसरमा आयोजित नाच हेर्नका लागि नुन्नुपट्टी गइरहेको अवस्थामा १८ वर्षीय मुख्तार दर्जी र १७ वर्षीय जितनारायण यादवबीच विवाद उत्पन्न भएको थियो । त्यही विवादका क्रममा दर्जीले एक्कासी यादवको पेटमा गोली प्रहार गरी हत्या गरेका हुन् । घटनापछि प्रहरीले हत्यारा दर्जीलाई पेस्तोलसहित पक्राउ गरेको छ ।

2:22:00 am

फुटेर होइन जुटेर अगाडि बढ्न आह्वान

सामग्री प्रस्तुति Ram Prasad Panta

राष्ट्रपति डा। रामवरण यादवले सोमबार सप्तकोशीको तटबन्ध फूटेर डूबानग्रस्त बनेको सुनसरीको विभिन्न क्षेत्रको हवाई तथा स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ । भदौ २ गते दिउँसो सुनसरीको पश्चिमकुसाहास्थित सप्तकोशीको नदीको दुईवटा स्पर भत्केर बाढी मानववस्तीतर्फ प्रवेश गरेपछि सुनसरीका आधादर्जन गाउँविकास समिति डुवानमा परेका थिए । डुबानग्रस्त क्षेत्रको निरीक्षण भ्रमणको क्रममा उहाँले डुबानका कारण अवरुद्ध बनेको पुर्वपश्चिम राजमार्गमा भएको कटान त्यसले निम्त्याएको अप्ठेरो र प’ननिर्माणको संभावनाको बिषयमा अधिकारीहरुसँग कटानस्थलमै छलफल समेत गर्नुभएको थियो । त्यहाँको वस्तुस्थिति बुझेर राष्ट्रपति यादवले सुनसरीको सदरमुकाम इनरुवास्थित विभिन्न अस्थायी शिविरहरुको निरीक्षण समेत गर्नुभएको थियो । सो अवसरमा विस्थापितहरुले राष्ट्रपति समक्ष राहात वितरण प्रकि्रया व्यवस्थित नभएको बाढीमा अझै आफ्ना आफन्त फसेका केही आफन्त सम्पर्कमा नआएका घरबार बगेको गुनासो गरेका थिए । राष्ट्रपतिले विस्थापितहरुको व्यवस्थापन तथा त्यस क्षेत्रमा देखिएका सबै समस्याको दीर्घकालीन समाधानका लागि आफुले सरकारलाई सचेत गराउनेमा जोड दिनुभएको थियो । मुलुकमा आइपरेको यस्तो विपतिमा सबै नेपालीलाई फुटेर होइन जुटेर अगाडि बढ्न समेत राष्ट्रपतिले आह्वान गन’्रभएको छ । विस्थापितहरुलाई राखिएका शिविरहरुको निरीक्षणपछि आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरुले सप्तकोशीको तटबन्ध कटानका कारण राहात व्यवस्थापन तथा वितरणमा देखिएको कमीकमजोरी र आगामी दिनमा भारतसँग गरिने सम्झौताहरुको बिषयमा सरकारी स्तरबाट देखाउन’पर्ने सचेतनाको बिषयमा राष्ट्रपति यादवको ध्यानाकर्षण गरेका थिए ।

5:23:00 am

नेपालमा २८ देशका सैनिक

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं, ८ भदौ नेपालको औपचारिक सैन्य सम्बन्ध सात देशसित मात्रै भए पनि २८ देशका सैन्य अधिकारीहरू नेपालमा खटिएका छन् । उनीहरूले अनौपचारिक रूपमा नेपालको 'सैन्य गुप्तचरी' गरी आफ्नो देशका सैनिक हेडक्वार्टरमा रिपोर्ट पठाउने गर्छन् । नेपालको औपचारिक सैन्य सम्बन्ध भएका देशहरू बेलायत, अमेरिका, भारत, रुस, पाकिस्तान, चीन र बंगलादेश हुन् । तर, २८ देशले ४० जना सैन्य अधिकारी 'नेपाल हेर्न' नियुक्त गरेका छन् । उनीहरूमध्ये १४ जना नेपालमै बस्छन् भने २५ जना भारतको नयाँदिल्ली र एकजना बंगलादेशको ढाकामा बसेर नेपालका सैन्य गतिविधि नियालिरहेका छन् । नेपालको सबैभन्दा पुरानो सैन्य सम्बन्ध भारतसित छ । सन् १९४७ देखि नेपालको सैन्य कूटनीति भारतसित औपचारिक रूपमा स्थापित भएको हो । अमेरिकासित १९६७ देखि र त्यसपछि क्रमशः चीन र पाकिस्तानसित सैन्य सम्बन्ध विस्तार भएको हो । अन्य देशमा रहेका नेपाली सैन्य अधिकारीले आफ्ना देशका सैनिक अधिकृतहरूलाई तालिमको व्यवस्था मिलाउने र सेनालाई चाहिने हतियारलगायतका सरसामानको बन्दोबस्त गर्ने काम गर्छन् । नेपाली सैन्य अधिकारीले गुप्तचरीको भूमिका भने प्रभावकारी रूपमा निभाउन नसकेको परराष्ट्रविद्हरू बताउँछन् । नेपाल हेर्ने अन्य देशका सैन्य अधिकारीले नेपालको बारेमा नियमित रूपमा आफ्नो हेडक्वार्टरलाई रिपोर्ट गर्दै आएका छन् । देखिने रूपमा भने उनीहरू सामान्य सैन्य कूटनीतिक क्रियाकलापमा मात्रै संलग्न हुन्छन् । भारतसहित चीन, पाकिस्तान, बेलायत र अमेरिकाका सैन्य अधिकारीहरू काठमाडौंमै छन् । परराष्ट्र मन्त्रालयको रेकर्डअनुसार छिमेकी राष्ट्र भारतले कर्नेल मनमोहनसिंह दानोआको नेतृत्वमा ६ जना सैनिक नेपाल हेर्न खटाएको छ । उनीहरूमध्ये दुईजना भारतीय पूर्वगोर्खा सैनिकको पेन्सन वितरण गर्न धरान र पोखरामा खटिएका छन् । पिपिओ -पेन्सन पेइङ अफिस) इन्चार्जका रूपमा भारतीय सेनाका लेफि्टनेन्ट कर्नेल विकास चाबला श्रीमती तमानुसहित पोखरामा बस्दै आएका छन् । यसैगरी मेजर अमृत अउल धरानमा पिपिओका इन्चार्जका रूपमा कार्यरत छन् । उनी श्रीमती अनुजासहित धरानमै बस्छन् । मेजर एनसी खुमान सहायक सैन्य सहचारीका रूपमा लैनचौरस्थित दूतावासमा कार्यरत छन् । मेजर भुपाल सिंह पनि सहायक सैन्य सहचारीको हैसियतमा खटिएका छन्, काठमाडौंस्थित दूतावासमा । भारतीय सेनाका मेजर एके भोस्ले पनि दूतावासमै कार्यरत छन् । चीनले वरिष्ठ कर्नेल चेङ जिझोङलाई नेपालस्थित राजदूतावासमा सैन्य सहचारीका रूपमा खटाएको छ । उनको हैसियत राजदूतपछि तेस्रो हो । उनीसँगै चिनियाँ सेनाका क्याप्टेन युके पनि नेपालमा छन् । पाकिस्तानले कर्नेल अख्तर नवाजलाई सैन्य सहचारीका रूपमा नेपालस्थित दूतावासमा खटाएको छ । उनी रक्षान्दासहित काठमाडौंमा बस्दै आएका छन् । बेलायतले कर्नेल जर्मी एलिसलाई नेपालमा सैन्य सहचारीका रूपमा खटाएको छ । उनीसहित तीनजना बेलायती सैनिक नेपालको सैन्य क्षेत्र हेर्नका लागि काठमाडौंमा छन् । बेलायतका मेजर निक अकोट सहसैनिक सहचारीका रूपमा काठमाडौंमा कार्यरत छन् । बेलायतकै मेजर जोन हवार्ड पनि काठमाडौंमा खटिएका छन् । अमेरिकाले दुई सैनिकलाई नेपालको सैन्य गुप्तचरी गर्न खटाएको छ । अमेरिकी सेनाका कर्नेल ब्रायन र मेजर प्याटि्रक केली काठमाडौंस्थित दूतावासमा खटिएका छन् । पmान्सले कर्नेल प्याटि्रक सेराडेललाई नेपालको समेत सैनिक सहचारीको जिम्मेवारी दिएको छ । कर्नेल सेराडेल दिल्लीमा बस्छन् । जर्मनीले नेपाल हेर्ने गरी कर्नेल माइकल स्कुथलाई सैन्य सहचारीका रूपमा खटाएको छ । उनको कार्यालय नयाँदिल्लीमा छ । अफगानिस्त्ाानले दिल्लीस्थित दूतावासमा कार्यरत मेजर जनरल अब्दुल खालिक चिरालाई नेपाल हेर्ने जिम्मेवारी दिएको छ । अफगानिस्तानकै कर्नेल मसुद स्टानाजीले पनि नेपालको सैन्य कूटनीति हेर्छन् । दिल्लीस्थित आवासीय दूतावासमार्फत नेपालको मामला हेर्दै आएको क्यानडाले कर्नेल ग्यारी रिउमलाई यस प्रयोजनमा खटाएको छ । उनले दिल्लीमा रहेर नेपालको समेत जिम्मेवारी सम्हालेका छन् । गणतन्त्र चेकले पनि दिल्लीमा रहेको आवासीय दूतावासमार्फत कर्णेल जिन्दि्रच हेकरलाई नेपालको सैन्य मामिला हेर्न खटाएको छ । दिल्लीमै आवासीय दूतावास रहेको हंगेरीले लेफि्टनेन्ट कर्नेल कारोले बेल्सोलाई सो जिम्मेवारी दिएको छ । रुसले कर्नेल अलेक्जेन्डर आई पास्केन्कोलाई नेपाल हेर्ने गरी सैन्य सहचारीका रूपमा खटाएको छ । उनी बंगलादेशको राजधानी ढाका बसेर नेपालसमेत हेर्दै आएका छन् । नेपालमा आवासीय दूतावास नराखेको इटलीले पनि कर्नेल ज्युसेप ज्युन्टीलाई दिल्लीमार्फत नेपाल हेर्ने जिम्मेवारी दिएको छ । दिल्लीमै रहेको केन्या उच्चायोगलेे नेपाल हेर्न कर्नेल इडी चिवेलाई सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । नयाँदिल्लीमै कार्यालय रहेको माल्दिभ्स उच्चायोगले सैन्य सहचारीका रूपमा कर्नेल अब्दुल्लाहलाई दिल्लीबाटै नेपालको सैन्य मामिला हेर्न लगाएको छ । दिल्लीमा कार्यालय राखिएको नाइजेरिया उच्चायोगका तर्फबाट नेपाल हेर्न क्याप्टेन हमिदु उसमान जाफेजीलाई सुरक्षा सल्लाहकारका रूपमा खटाइएको छ । फिलिपिन्सले पनि कर्नेल एलेक्स सी कापिनालाई दिल्लीमा रहेको आवासीय दूतावासमार्फत नेपाल हेर्न लगाएको छ । यसैगरी रोमानियाले दिल्लीमा रहेको दूतावासमार्फत नै लेफि्टनेन्ट कर्नेल लियोनार्दो दिनुलाई नेपाल हेर्न खटाएको छ । उनी पनि दिल्लीमै बस्छन् । भारतको चाणक्यपुरीमा रहेको आवासीय दूतावासमार्फत सिंगापुरले कर्नेल पर्दित कुमार तिवारीलाई नेपालका लागि सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । तिवारीले दिल्लीमा बस्ोर नेपालको समेत जिम्मेवारी निर्वाह गर्दै आएका छन् । स्लोभाकले पनि दिल्लीमा रहेको दूतावासमा रहेका कर्नेल भ्लादिमिर गि्रजरलाई नेपालसमेत हेर्ने जिम्मेवारी दिएको छ । नयाँदिल्लीमा रहेको सुडान दूतावासले बि्रगेडियर अब्देल एमएम अली मुतालाबलाई नेपाल हेर्न तोकेको छ । दिल्लीमै रहेको स्विस दूतावासले नेपाल हेर्नका लागि सैन्य सहचारीका रूपमा बि्रगेडियर जनरल पाउल केलिनलाई खटाएको छ । उनले दिल्लीमै रहेर नेपाल हेर्दै आएका छन् । टर्कीले कर्नेल इस्माली इसिकीलाई यो जिम्मेवारीमा राखेको छ । दिल्लीस्थित दूतावासमा रहेर कर्नेल इस्मालीले नेपालका लागि सैन्य सहचारीको काम गरिरहेका छन् । दिल्लीमै रहेको दूतावासमार्फत नेपाल हेर्दै आएको युक्रेनले दुई कर्नेललाई नेपालका लागि नियुक्त गरेको छ । कर्नेलद्वय इहोर लिकारेन्को र ओल्हे हुलाक नेपालको सैन्य मामला हेर्न हुन् । युनाइटेड अरब इमिरेट्सले पनि दिल्लीमा रहेको दूतावासमार्फत नेपाल हेर्न कर्नेलद्वय स्टाफ पाइलट अहम्मद इब्राइम युसुफ अल नुइसी र स्टाफ इन्जिनियर सुहेल मुबारक अल घुफ्लीलाई खटाएको छ । भियतनामले दिल्लीमार्फत कर्नेल ली भान थाहँलाई खटाएको छ भने जाम्बियाले बि्रगेडियर जनरल एसएल गंगोलालाई सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । दिल्लीमार्फत नै जिम्बाबेले 'विङ कमान्डर' एस जोरेराजालाई सैनिक सहचारीका रूपमा नेपाल हेर्न लगाएको छ । इजरायलले कर्नेल जोसेफ टर्गम्यानलाई नेपाल हेर्ने गरी पठाएको छ । उनी दिल्लीमा श्रीमती अभिजिलसहित दिल्लीस्थित इजरायली दूतावासमा बस्दै आएका छन् । नेपालमा रहेका विदेशीहरूको तुलनामा नेपालबाट अन्य देशमा खटाइएका सैनिक सहचारीको संख्या न्यून छ । नेपालका जम्मा ६ जना सैनिक अधिकृत विदेशमा रहेका नेपाली नियोगमा खटिएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशमा सहायक रथी राज राना सैनिक सहचारीको जिम्मेवारीमा छन् । चीनमा कर्नेल राजेन्द्रबहादुर कार्की छन् । पदावधि सकिएका कार्की नेपाल फर्किने तयारीमा छन् भने उनको स्थानमा कर्नेल गणेशबहादुर भण्डारीलाई पठाइन लागेको छ । भारतमा कार्यरत कर्नेल पदमविलास कार्की पनि फर्किने तयारीमा छन् । उनको स्थानमा कर्नेल अशोकनरसिंह राणालाई दिल्ली पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकामा हाल कर्नेल हेमन्तराज कुँवर सैनिक सहचारीका रूपमा खटिएका छन् । पदावधि सकिएका कुँवर काठमाडौं फर्किने तयारीमा छन् भने कुँवरको ठाउँमा सरकारले कर्नेल शमशेर ठकुराठीलाई खटाउने तयारी गरेको छ । संयुक्त राष्ट्रसंघीय स्थायी नियोगमा कर्नेल पूर्ण सिलवाल छन् । उनीअघि देवेन्द्रबहादुर मेधासी कार्यरत थिए । नेपाल हेर्न खटाइएका विदेशी सैनिक सहचारीहरूलाई वर्षमा एकपटक सेनाको वाषिर्कोत्सव समारोहमा बोलाउने गरिएको छ भने कामविशेषले पनि उनीहरू नेपाल आइरहन्छन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी रमीन्द्र क्ष्ाेत्री सैनिक सम्बन्ध स्थापना भएका मुलुकबाट सैनिक तालिमलगायतको सहयोग नेपाली सेनलाई प्राप्त भइरहेको बताउँछन् । बेलायत, अमेरिका, भारत, चीन र पाकिस्तानमा नेपाली सेनालाई सहायक रथीस्तरको तालिमका लागि अवसर प्राप्त भइरहेको उनले जानकारी दिए । नेपालले आवश्यकता हेरेर मात्रै सैन्य सहचारी नियुक्त गर्नुपर्ने परराष्ट्रविद्हरूको सुझाव छ । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे भन्छन्, 'विदेशमा निष्त्रिmय रहेर बसेकाहरूलाई सक्रिय तुल्याउनुपर्छ । जहाँ आवश्यक छैन उनीहरूलाई फिर्ता बोलाउनुपर्छ ।' परराष्ट्र मन्त्रालयका प्रवक्ता हीराबहादुर थापा सैन्य सहचारीहरूमार्फत नेपालले अन्य मुलुकसँग र अन्य मुलुकले नेपालसँग सैन्य सम्बन्ध स्थापना गरेको बताउँछन् । -पर्शुराम काफ्ले/नयाँ पत्रिका

5:19:00 am

अब एसियाली बढी खतरामा !

सामग्री प्रस्तुति Ram Prasad Panta

थुप्रै एसियाली-अमेरिकीको जीवनमा परिवारको स्थान विशेष रहेको छ । उनीहरूका लागि शक्ति र सहयोगको मुख्य स्रोत परिवार रहेको हुन्छ । यो पूर्वीय वा एसियाली समाजको संस्कृति हो । तर, जब यस संस्कृतिमा गडबडी आउँछ अनि थाहै नपाई मानिस मात्र होइन, पूरै परिवारले पीडा पाउँछ । यसको उदाहरण हालै अमेरिकामा रहेका एसियालीका बीचमा भेटिएको छ । अमेरिकामा भएको एउटा सर्वेक्षणका अनुसार एसियाली मूलका अमेरिकीहरू परिवार संरचनाको फरक संस्कृतिमा सहज हुन सकिरहेका छैनन् । र, यसका कारण अमेरिकामा सबैभन्दा बढी आत्महत्या प्रयास गर्नेमा एसियाली मूलका अमेरिकी रहने गरेका छन् । युनिभर्सिटी अफ क्यालिफोर्नियाका मनोवैज्ञानिक डेभिसका अनुसार गरिबी र निराशाजस्ता नकारात्मक कुराले भन्दा एसियाली मूलका अमेरिकीलाई पारिवारिक-द्वन्द्वले बढ्ता असर पार्छ । पारिवारिक द्वन्द्वको जोखिम आत्महत्यासम्म पुग्नसक्ने चेतावनी डेभिसले दिएका छन् । राज्यले लगानी गरेको २००३ नेसनल ल्याटिनो एन्ड एसियन अमेरिकन स्टडीले गरेको प्रारम्भिक अनुसन्धानमा १८ वर्षभन्दा बढी उमेरका २००० एसियाली जनतालाई प्रश्न सोधिएको थियो । यस अध्ययनको प्रतिवेदन अगस्ट १७ मा बोस्टनमा सम्पन्न अमेरिकन साइकोलोजिकल एसोसिएसनको बैठकमा प्रस्तुत गरिएको थियो । यस प्रतिवेदनले एसियाली-अमेरिकीमा पारिवारको असर कस्तो हुन्छ भन्ने देखाएको छ । कहिलेकाहीँ काउन्सिलिङ खोज्न गएका सीमान्तकृत जनजातिका नागरिकलाई मानसिक स्वास्थ्यकर्मीले राम्रो व्यवहार नगर्ने पनि प्रतिवेदनमा बताइएको छ । 'सामान्यतः एसियाली-अमेरिकीले आफ्ना मनोवैज्ञानिक समस्याका बारेमा खुलेर कुरा गर्ने कमै सम्भावना छ,' साइकोलेजी एन्ड एसियन अमेरिकन स्टडिजका प्रोफेसर स्ट्यान्ली स्यु भन्छन् । आफ्ना व्यक्तिगत समस्यालाई एसियाली मूलका अमेरिकीले कमै खोल्ने गरेको पनि सामुदायिक कार्यकर्ताले बताएका छन् । सहयोग पाउने अवसर हुँदाहुँदै पनि एसियाली-अमेरिकीले मानसिक स्वास्थ्यकार्यकर्ताको सहयोग लिने निकै झिनो सम्भावना भएको अध्ययनले देखाएको छ । उनीहरू सांस्कृतिक रूपमा स्विकारिएका परम्परागत अनुशासन र पारिवारिक व्यवस्थामा भर पर्छन् । 'एसियाली संस्कृतिमा पारिवारिक मेलमिलाप र पारिवारिक एकतालाई महत्त्व दिइने भएकाले एसियाली मूलका मानिसहरूको आत्महत्याको व्यवहारको अध्ययन गर्न पारिवारिक द्वन्द्वलाई प्रमुखता दिनुपर्छ,' स्ट्यान्ली भन्छन् । उनले प्रश्न सोधेका २.७ प्रतिशत एसियाली-अमेरिकीले आफ्नो जीवनको कुनै समयमा आत्महत्या प्रयास गरेको बताएका छन् । संयुक्तराज्य अमेरिकामा एक प्रतिशत देखि ४.६ प्रतिशत आत्महत्याको प्रयास हुने गरेको बताइएको छ । पारिवारिक समस्या भएका एसियाली-अमेरिकीमा आत्महत्याको जोखिम अन्य एसियाली अमेरिकीभन्दा तीनगुणा बढी हुने गरेको छ । चीनियाँ मूलका अमेरिकी महिला र एसियन अमेरिकन विद्यार्थीहरूको समूहमा अन्यको भन्दा आत्महत्याको जोखिम बढी भएको अध्ययनमा बताइएको छ । चीनियाँ वृद्ध महिलामा पारिवारिक विखण्डनले आत्महत्याको जोखिम निम्त्याउने सम्भावना छ । 'यी धेरै महिलाले आफ्नो सम्पूर्ण जीवन परिवारका लागि समर्पित गरेका हुन्छन् । अचानक छोराछोरीले घर छोड्छन् । त्यस प्रकारको ठूलो परिवार नपाएपछि उनीहरूले आत्महत्या गर्ने सम्भावना बढी हुन्छ,' स्ट्यान्ली भन्छन् । एसियाली मूलका विद्यार्थीहरूमा चाहिँ पारिवारिक अपेक्षाले गर्दा समस्या उत्पन्न हुने गरेको छ । 'हामीसँग राम्रो तथ्यांक त छैन तर, सफलताको कमीका कारण धेरै निराश हुने गरेका छन्,' स्ट्यान्ली भन्छन्, 'ग्रेड 'ए' को सट्टा ग्रेड 'बी' ल्याउनु प्रायः विद्यार्थीका लागि पाप गरेसरह हँुदैन, तर संस्कृति र पारिवारिक संरचना जहाँ पुरानो पुस्ताले नयाँ पुस्ताका लागि गरेको समर्पण भित्री रूपमा गढेको हुन्छ ।' परिवारको त्यो अपेक्षा पूरा गर्न नसक्दा विद्यार्थीले 'लज्जाबोध' महसुस गर्ने स्ट्यान्ली बताउँछन् । आप्रवासी बाबु-आमाका सन्तान र अमेरिकामा पढ्न गएका एसियाली मूलका विद्यार्थीबीच यो जोखिम बढी छ । एसियाली संस्कृतिमा परिवारको स्थान उच्च भए पनि परिवारभित्र उत्पन्न हुने समस्या हल गर्नु सबैभन्दा जटिल रहेको स्ट्यान्ली बताउँछन् । 'एसियाली मुलुकका अमेरिकी परिवारमा आत्महत्यासँग सम्बन्धित द्वन्द्वहरूको पहिचान गर्नु र त्यस्ता पारिवारिक समस्यालाई रोक्न हाम्रो अध्ययनले सल्लाह दिन्छ,' स्ट्यान्ली भन्छन् ।

4:47:00 am

ओबामाका उपराष्ट्रपति उम्मेदवार जो विदेल

सामग्री प्रस्तुति Ram Prasad Panta

वासिङ्टन/ संयुक्तराज्य अमेरिकाका डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार बाराक ओबामाले उपराष्ट्रपतिका उम्मेदवार शनिबार बिहान चयन गरेका छन् । ओबामाले डेलावेरका सिनेटर जो विदेनलाई डेमोक्रेटिक पार्टीका उपराष्ट्रपतिका उम्मेदवार चयन गरेका हुन् । विदेन विदेशनीति र रक्षा मामिलामा दक्ष भएको बताएको छ । वेबसाइटमार्फत् ओबामाले उपराष्ट्रपतिको चयनको घोषणा गरेका थिए । चन्दाका लागि अपिल गर्दै ओबामा र उपराष्ट्रपतिका उम्मेदवार जो विदेलको तस्बिर वेबमा राखिएको थियो । त्यसपछि टेक्स्ट म्यासेजमार्फत् उपराष्ट्रपति चयनको जानकारी दिइएको थियो । 'बाराकले सिनेटर जो विदेललाई हाम्रा उपराष्ट्रपतिका उम्मेदवार चयन गरेका छन्,' टेक्स्टमा लेखिएको थियो । ६५ वषीय विदेलले ३० वर्षभन्दा बढीको सिनेटको अनुभव संगालेका छन् । उनी राम्रो वक्ताको रूपमा चिनिन्छन् । उनी वैदेशिक सम्बन्ध कमिटीको अध्यक्ष, न्यायिक कमिटीको अध्यक्ष भइसकेका छन् । उपराष्ट्रपतिको मुख्य फाइनलिस्टमा हिलारी क्लिन्टन, कान्सासका गर्भनर काथलिन सेविलियस र टेक्सासकी प्रतिनिधि चेट इडवार्डस रहेका छन् । लिस्टमा परेका तुलनामा विदेलको रक्षा र वैदेशिक मामिलामा बढी अनुभव भएको बताइन्छ । यी दुई मामिलामा रिपब्लिकन पार्टीका उम्मेदवार जोन म्याकेनभन्दा ओबामाको अनुभव कम रहेको छ । वैदेशिक र रक्षा मामिलाको अनुभवबाहेक विदेलको 'श्रमिक वर्ग' को पृष्ठभूमि रहेको छ । विदेलको यस पृष्ठभूमिले ओबामालाई निकै फाइदा पुग्ने देखिन्छ । डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार छनोटको चुनावमा श्रमिकवर्गको मत हिलारी क्लिन्टनतर्फ गएको थियो । विदेल २९ वर्षको उमेरमा १९७२ मा सिनेटमा निर्वाचित भएका थिए । तर, पद सम्हाल्नुअघि नै ट्रयाक्टर दुर्घटनामा उनकी श्रीमती र १३ महिने छोरीको मृत्यु भयो । छोरालाई राखिएको अस्पतालको शय्याको छेउमा उनले आफ्नो कार्यकालको पहिलो शपथ खाएका थिए । उपराष्ट्रपतिको चयनको घोषणा फैलनेबित्तिकै रिपब्लिकन पार्टीका चुनावी अभियान प्रवक्ताले आलोचना गरिसकेका छन् । प्रवक्ता बेन पोर्रिटले एक विज्ञप्तिमार्फत् ओबामाको वैदेशिक नीतिको मूल्यांकन कमजोर भएको बताए । साथै, २००७ मा विदेलले अमेरिकी टेलिभिजन एबिसीलाई दिएको अन्तर्वार्ता उद्धृत गरे । अन्तर्वार्तामा विदेलले ओबामा अझै राष्ट्रपति बन्न तयार नभएको बताएका थिए ।

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका प्रधानमन्त्री बेन जिया बाओबीच आइतबार बेइजिङस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई देशका प्रधानमन्त्रीबीच नेपाल र चीनका आपसी सहयोग सम्बन्धी छलफल भएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । भेटका अवसरमा दुवै नेताले दुवै देशका जनतालाई आपसी लाभ पुग्ने खालका सहयोग र द्विपक्षीय सम्बन्ध अझ विस्तार गर्न आ-आफ्नो सरकारकातर्फबाट प्रतिबद्धता व्यक्त गरेका थिए । सो अवसरमा चिनियाँ प्रधानमन्त्रीले एउटा ठूलो देश र उसको सानो छिमेकी देशबीच आपसी सम्मान र समानताका आधारमा रही कसरी सुदृढ सम्बन्ध कायम गर्न सकिन्छ भन्ने नमुना चीन-नेपाल सम्बन्धले प्रस्तुत गरेको चर्चा गरे । उनले नेपाली जनताले चुनेका सामाजिक व्यवस्था र विकासको बाटोलाई चीनले सम्मान गर्ने प्रतिबद्धता पनि जनाएका थिए । साथै, उनले प्रधानमन्त्री प्रचण्डको नेतृत्व र सबै दलको संयुक्त प्रयासबाट नेपाल शान्ति र सामाजिक, आर्थिक रूपान्तरणलाई संस्थागत गर्न सफल हुने विश्वास व्यक्त गरे । त्यस अवसरमा चिनियाँ प्रधानमन्त्रीले नेपालमा हालै आएको बाढीबाट पीडित जनताको सहयोगार्थ चीनको तर्फबाट तीन लाख अमेरिकी डलर सहयोग गर्ने पनि घोषणा गरे । प्रधानमन्त्री प्रचण्डले सो सहयोगका लागि चिनियाँ प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति हु जिन्ताओबीच आइतबार भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड चीनका राष्ट्रपति हुले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा आयोजना गरेको दिवाभोजमा समेत सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्डले आइतबार नै बेइजिङ ओलम्पिकग्राममा गई शान्तिपर्खालमा हस्ताक्षर गरेका छन् । सो अवसरमा नेपालका प्रधानमन्त्रीलाई ओलम्पिकग्रामका मेयरले स्वागत गर्दै ओलम्पिकग्रामले ओलम्पिक खेलकुदका लागि उपलब्ध गराएका सुविधाबारे जानकारी गराएका थिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले ओलम्पिकग्राममा रहेका नेपाली खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीलाई पनि भेटेका छन् । प्रचण्ड बेइजिङस्थित बर्ड नेस्टमा आयोजित उनन्तीसौं ओलम्पिक खेलकुद समापन समारोहमा सहभागी भएका भए । समापन समारोहमा प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी सीता, सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, चीनका लागि नेपाली राजदूत टंकप्रसाद कार्की, निमित्त मुख्य सचिव माधव पौडेल, परराष्ट्र मन्त्रालयका सचिव ज्ञानचन्द्र आचार्य लगायत नेपाली प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो । रासस

4:19:00 am

कोशीमा बगेकाको दुई सय शव भेटियो

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं । कोशीमा आएको बाढीमा पानीको बहाव घट्न थालेपछि बाढीले बगाएर ज्यान गुमाएका दुई सयभन्दा बढीको शव भारतको बिहार राज्यमा भेटिएको समाचार प्राप्त भएको छ । बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको विभिन्न गाउँमा ती शव शनिबार फेला पारिएको बताइएको छ । यद्यपि ती शव नेपालीका हुन् या भारतीयका भन्ने खुल्न सकेको छैन । स्थानीय साचारकर्मीहरु र सर्वसाधारणलाई उद्धृत गर्दै भारतीय साचार माध्यमले शव भेटिएको समाचार प्रकाशित गरिरहेका छन् । यसअघि सोही स्थानमा २७ वटा शव फेलापरेको पनि उनीहरुले जानकारी दिएका छन् । यद्यपि ती शव पनि कस्का हुन् भन्ने यकिन हुन नसके पनि शवको कपडा र अन्य हुलियाका आधारमा मृतकहरु नेपाली भएको आशंका गरिएको छ । यसबारे सुनसरी प्रशासनले केही बताएको छैन । सप्तकोशी डुबानबाट प्रभावित दुवै देशका बासिन्दाको हुलिया समान रहेकाले शव पहिचान गर्न कठिनाई भइरहेको भारतीय पक्षकाले बताएको छ । यद्यपि त्यसबारे अझै केही जानकारी नआएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । ती शवको यकिन पहिचान गर्न शनिबार एक टोली गोप्य रुपमा त्यसतर्फ पठाएको बुझिएको छ । नेपालका चार गाविस डुबाएको कोशीको बाढीले भारतको हनुमाननगर अन्यहा अररिया पासवनपुर मनीपुर भवानीपुरलगायत स्थान पनि डुबाएको छ । जसका कारण त्यहाँका चार लाखभन्दा बढी स्थानीयबासी प्रभावित भएका छन् । यसैबीच हिजो सुनसरी जिल्ला अधिकारी दुर्गा भण्डारीले हजारौं डुबानपीडितलाई उद्धार गरिएको बताएका छन् । यता जनमोर्चा नेपाले कोशी बाँध फुट्नुमा भारत दोषी रहेको भन्दै सबै क्षतिपूर्ति भारतले बेहोर्नुपर्ने र नेपाली जनतासित माफी माग्नुपर्ने माग गरेको छ ।