Posts

Showing posts from March 8, 2009

मेरो मनको कुराहरु

Image
यो मन त मेरो नेपाली नै हो

इराकमा नेपाली पत्रिका सुरुवात .....

नेपालीहरु बिश्वको जुनसुकै कुनामा पुगेता पनी समय र परिस्थिती अनुसार केहीनकेही गरिरहेका हुन्छन् आफ्नो घर-आगन देखि परको देशमा पनी आफ्नो नेपालीपन भुल्न सक्दैनन् त्यसोत इराकमा पुगेका नेपालीहरुले पनी एकै हप्ता भित्रमा तीन वटा नेपाली साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरेका छन्। गत फेब्रअरी २४ मा ताजी नाम राखेर पत्रिका प्रकाशन सुरु गर्ने प्रकाशकहरुमा सम्पादक;दिल गर्बुजा मगर,सहसम्पादक;टेक बहादुर थापा,कानुनी सल्लाहकार पदम कार्की,डिजाईनर तथा परिकल्पनाकार नरजङ्ग् थापा रहेका छन्।देश बिदेशको खबर,समसामयिक लेखरचनाहरु,साहित्य,मनोरञ्जन,बिभिन्न गतिविधीहरु आदी पढ्न सकिन्छ पत्रिकामा। यो पत्रिकाको अंक एक बर्ष एकको सम्पादकियमा वर्तमान सरकारको कार्यशैली आशा लाग्दो नभएको उल्लेख गर्दै लेखिएको छ-सरकार स्वयमले निराशा फैलाउन थालेको छ सरकार भनेको देशको नेत्रित्व हो।जनतालाई आशाबादी तुल्याईरहनु उसको प्रथम कर्तब्य हो निरासा बाडेर राज्य चल्दैन। ईराक बाट नेपालीहरुको पहिलो पत्रिका ताजी प्रकाशन भएको हप्ता दिन नपुग्दै मार्च एक तारिखको दिन संयुक्त रुपमा बलाद ताईम्स र बुक्कासाहित्य संगालो नामको साप्ताहिक पत्रिक...