प्रवास आउने रहरसँगै जोखिमवाट बाँचौ र वचाउ
- राजन रिमाल कुवैत हवाली हाम्रो नेपाली समाजमा केहि बर्ष पहिला पुरुषहरु मात्र देश छोडि रोजि रोटिका लागी विदेश जाने गर्दथे तर आजको परिवेश त्यस्तो छैन महिला पनि पुरुष सरह कमाउन र आत्म निर्भर रहन सक्छन भन्ने कुरा समाजमा प्रष्ट देखिएको छ । आजकल नेपालका कतिपय जिल्ला र गाँऊमा महिलाहरु विदेशिने लहरै चलेको छ भन्दा फरक नपर्ला । साँच्चै भन्न पर्दा सबै नेपालीको यो नै मुख्य रोजगारिको आधार बनेको छ । खासगरी नेपाली महिलाहरु बिदेशिनुको कारण हाम्रा नाङगा आँखाले हेर्दा गरिबी मात्रै देखे पनि लुकेका कारणहरु अरु धेरै छन जस्तै ः देशको बिग्रदो आर्थिक राजनैतिक अबस्था अशिक्षा बेरोजगारी समबन्ध बिच्छेद स्वतन्त्र जिउने चाहाना समाजको भड्किलो देखाशेखी चेतनाको कमी लैङगिक बिभेद र अन्य छन भने कुवेतको हकमा दलालहरुको चंगुलमा फस्नु वा विना पैसा घर बाट भागेर पनि कुवेत आउन मिल्ने अबस्था हो भन्न सकिन्छ । खासगरी खाडीमा कुवेत बहराईन ओमन साउदी अरब कतार र लेबनान जस्ता मुलुकमाहरुमा नेपाली महिलाहरुले धन कमाउने आशमा कष्टकर जिवन बिताई रहेका छन । यी मुलुक मध्ये केहि मुलुकहरुलाई महिलाका लागी असुरक्षित गन्तब्य भनेर सरकारले बन्द गरे पन...