Posts

Showing posts from August 25, 2024

प्रहरी अधिकारीले सर्वोच्चमा दिए रिट

Image
काठमाडौं । उमेर हदका कारण अवकाशमा जान लागेका पाँच प्रहरी अधिकृतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाशलाई कार्यान्वयन नगर्न माग गर्दै उनीहरु सर्वोच्च पुगेका हुन् । सर्वोच्च पुग्नेहरुमा एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुर छन् । उनीहरुले दिएको रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।  पद अनुसारको उमेरहदका कारण उनीहरु अनिवार्य अवकाशमा जाँदैछन् । जसकारण प्रहरी किताबखानाले उनीहरुलाई अवकाशको पत्र समेत पठाइसकेको छ । आफूहरुलाई पठाइएको अवकाश पत्र उमेर हदको विषय समेत ऐनमा उल्लेख गरेर कार्यान्वयन गराउनु भन्ने यसअघिको सर्वोच्चको फैसला अनुसार नभएको उनीहरुको जिकिर छ । उनीहरुले प्रहरी किताबखानाको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरेका छन् । ज्ञवाली यही २६ गते एआईजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा जाँदैछन् । बाँकी चार जना पनि ३० वर्षे सेवा अवधि बाँकी नै रहे पनि पद अनुसारको उमेर हदका कारण त्यस भन्दा अघि नै अवकाशमा जाँदैछन् । यसअघि एसएसपी ज