Posts

Showing posts from 2024

प्रहरी अधिकारीले सर्वोच्चमा दिए रिट

Image
काठमाडौं । उमेर हदका कारण अवकाशमा जान लागेका पाँच प्रहरी अधिकृतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाशलाई कार्यान्वयन नगर्न माग गर्दै उनीहरु सर्वोच्च पुगेका हुन् । सर्वोच्च पुग्नेहरुमा एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुर छन् । उनीहरुले दिएको रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।  पद अनुसारको उमेरहदका कारण उनीहरु अनिवार्य अवकाशमा जाँदैछन् । जसकारण प्रहरी किताबखानाले उनीहरुलाई अवकाशको पत्र समेत पठाइसकेको छ । आफूहरुलाई पठाइएको अवकाश पत्र उमेर हदको विषय समेत ऐनमा उल्लेख गरेर कार्यान्वयन गराउनु भन्ने यसअघिको सर्वोच्चको फैसला अनुसार नभएको उनीहरुको जिकिर छ । उनीहरुले प्रहरी किताबखानाको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरेका छन् । ज्ञवाली यही २६ गते एआईजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा जाँदैछन् । बाँकी चार जना पनि ३० वर्षे सेवा अवधि बाँकी नै रहे पनि पद अनुसारको उमेर हदका कारण त्यस भन्दा अघि नै अवकाशमा जाँदैछन् । यसअघि एसएसपी ज

क्षति र जोखिम कम गर्न आवश्यक पूर्वतयारीका काम भइरहेको छ - प्रम दाहाल

Image
मकाउ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद्बाट पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहत सामग्री वितरणमा सक्रिय हुन निर्देशन दिनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । Read More  प्रधानमन्त्री दाहालले बाढी पहिरोबाट हुनसक्ने क्षति र जोखिम कम गर्न आवश्यक पूर्वतयारीका काम भइरहेको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले सुरक्षा सतर्कता अपनाउन सम्पूर्ण नागरिकमा अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अनुरोध पनि गर्नुभएको छ ।