स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

4:59:00 am

सहिद घोषणा गर्ने निर्णय

सामग्री प्रस्तुति Ram Prasad Panta

- मुना नायक
पुस ९पाल्पा , सरकारले माओवादी जनयुद्धदेखि मधेस आन्दोलनसम्म मारिएका आठ हजार पाच सय जनालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ । उनीहरुलाई केही समयपछि औपचारिक कार्यक्रम गरी सहिद घोषणा गर्ने छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता कृष्णबहादुर महराले केही समयपछि औपचारिक कार्यक्रम गरी ती व्यक्तिहरुलाई सहिद घोषणा गरिने बताए । माओवादी जनयुद्धदेखि मधेस आन्दोलनका क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्री जनार्दन शर्मा ूप्रभाकरू ले मन्त्रीपरिषदको बैठकमा प्रस्ताव गरेका हुन् । <बर> बैठकमा लोडसेडिङ कमगर्ने विषयमा जलस्रोतमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको विद्युत कार्ययोजनामा पनि छलफल भएको थियो । मन्त्रिपरिषदको आउँदो बैठकले यससम्बन्धी विशेष कार्यक्रमको घोषणा गरिने प्रवक्ता महराले जानकारी दिए । यस्तै सरकाले नेपाल विकास माचको बैठक चैत १३ देखि १५ सम्म काठमाडौँमा गर्ने निर्णयसमेत गरेको छ । बैठकमा नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर् याउने दातृनिकायका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । बैठकमा उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले विभिन्न औद्यागिक प्रतिष्ठानहरुमा मजदुर र व्यवस्थापकबीच बढ्दो तनाव अन्त्यको पहलगर्न प्रधाननमन्त्रीको ध्यानाकर्षण गराएकी थिएन् । बैठकमा विभिन्न देशमा रिक्त रहेका राजदूतको नियुक्तिका बारेमा पनि छलफल भएको जनाइएको छ । यस्तै तराईमा सशस्त्र आन्दोलनरत विभिन्न समूहसँग सरकारी वार्ता टोलीले गरिरहेका वार्ताको समीक्षा र आगामी रणनीतिबारे छलफल भएको बुझिएको छ ।

0 तपाईका प्रतिक्रियाहरु: