स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

5:16:00 am

चाँदनी चोक नेपालभर प्रतिबन्धित

सामग्री प्रस्तुति Ram Prasad Panta

हालै मात्र प्रदर्शनमा आएको हिन्दी चलचित्र चाँदनी चोक टु चाइनामा ँगौतम बुद्ध भारतमा जन्मेको’ भन्ने बेहोरा उल्लेख भएका कारण त्यसको विरोध भएपछि सरकारले नेपालभर सो चलचित्रको प्रदर्शनमाथि प्रतिबन्ध लगाएको छ। चलचित्रको न्यारेसनका क्रममा पाँचै मिनेटभित्र गौतम बुद्ध भारतमा जन्मेको भन्दै व्याख्या गरिएकाले सो चलचित्रको प्रदर्शन रोक्नुपर्ने माग गर्दै बुधबार राजधानीमा व्यापक विरोध र नाराबाजीका साथ प्रदर्शन भएपछि चलचित्र विकास बेडको सल्लाहमा सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार बिहानै सम्बन्धित हलहरूलाई चाँदनी चोक टु चाइना प्रदर्शन नगर्न आदेश दिएको थियो।यस सम्बन्धमा मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले एक प्रेस विज्ञप्ति जारी गरी उक्त चलचित्रको प्रदर्शनप्रति बढ्दो जनविरोधलाई ध्यानमा राखी नेपालका पचहत्तरै जिल्लामा त्यसको प्रदर्शन रोक्ने सम्बन्धमा सबै जिल्ला प्रशासन कार्यालयलाई आवश्यक निर्देशनका लागि गृह मन्त्रालयलाई अनुरोध गरिएको जनाएका छन्।विज्ञप्तिमा जनाइएअनुसार अन्तर्राष्ट्रिय रूपमा नै सो चलचित्रको प्रदर्शन रोक्नका लागि कूटनैतिक पहल गरिदिनका लागि परराष्ट्र मन्त्रालयमा अनुरोध भइसकेको छ। मन्त्रालयले सो चलचित्रको न्यारेसनमा गौतम बुद्ध भारतमा जन्मेका थिए भन्ने वाक्यांश रहेकोमा केन्द्रीय चलचित्र जाँच समितिले सो वाक्य हर्टाई र्सार्वजनिक प्रदर्शनको अनुमति दिएको र वैधानिक वितरकमार्फत वितरण भएका चलचित्रमा त्यस प्रकारको वाक्यांश नरहेको तर अवैध भिडियो वा अन्य माध्यमबँट ल्याइएका चलचित्रमा सेन्सर गर्न नसकिने पनि जनाएको छ।जय नेपाल हलका सञ्चालक नकिम उद्दिनका अनुसार हलहरूमा चलेका प्रिन्टमा गौतम बुद्ध भारतमा जन्मेको भन्ने वाक्यांश संलग्न थिएन। ँहामीले सेन्सर भएको फिल्म चलाएका हौं। यूएफओ प्रिन्टमा पनि सेन्सर भएका सिन काटेर देखाउने गरेका छौं’, नकिमले नेपाल समाचारपत्रसँग भने- ँसेन्सर भएपछि यो यो सिन सेन्सर भएको छ, त्यो हटाइदिनू भनेर खबर गरिदिन्छौं र उताबाट त्यहीअनुसार ती सिन र डाइलग हटाएर मात्र यूएफओ प्रिन्ट आउँछ।चाँदनी चोक टु चाइनामा पनि सेन्सरले गौतम बुद्धसम्बन्धी डाइलग हटाएपछि हामीले त्यो हटाएर मात्र चलाएका थियौं। मन्त्रालयबाट त्यो फिल्म नचलाउनू भनेर खबर आएपछि देखाएनौं’ -उनले भने। चाँदनी चोक टु चाइनाको विवादास्पद प्रसंगले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा पनि स्थान पायो। स्रोतका अनुसार बैठकले परराष्ट्र मन्त्रालयलाई सो चलचित्रको प्रदर्शन सबै देशमा रोकी ँगौतम बुद्ध भारतमा जन्मिएको’ भन्ने भ्रमपर्ूण्ा तथ्य सच्याउन अनुरोध गर्न निर्देशन दियो। यसैबीच नेपाल चलचित्र निर्देशक समाजले चाँदनी चोक टु चाइनालाई सरकारले देशभर प्रतिबन्धित गरेकोमा त्यसको स्वागत गरेको छ। समाजले सो चलचित्रलाई विश्वभर प्रतिबन्धित गर्न तथा ँगौतम बुद्ध भारतमा जन्मेका हुन्’ भन्ने भ्रमपूर्ण तथ्य रहेका सबै पुस्तक तथा अन्य सामग्रीमाथि पनि रोक लगाउन कूटनैतिक पहल गर्नसमेत आग्रह गरेको छ। उता चलचित्र पत्रकार संघले एक विज्ञप्ति जारी गरी सो चलचित्रले बौद्ध धर्मावलम्बीको प्रतिष्ठामा आँच पुर्याएकोमा घोर भर्त्सना गरेको छ। बलिउडका र्सवाधिक महँगा नायक अक्षयकुमारद्वारा अभिनित सो चलचित्र गत शुक्रबारबाट प्रदर्शनमा आएको थियो। एजेन्सीका अनुसार पछिल्लो समयमा हिट चलचित्र दिँदै आएका अक्षयकुमारको यो चलचित्र भने व्यवसायको आरम्भमै असफल साबित भएको छ। चलचित्र प्रदर्शनमा आएको भोलिपल्टैबाट बक्स अफिसमा यो चलचित्र Šलप साबित भएको र यसको असफलतालाई लिएर अक्षयकुमार नयाँ दिल्लीमा पुगे ।

0 तपाईका प्रतिक्रियाहरु: