साँचो मायाले संसार जित्छ - कोपिला अधिकारी
आहा क्या रमाइलो - कहिल्यै बिर्सन नसक्ने कुराहरु भएको त्यो दिन। त्यो दिन मेरो स्मरणमा सधैं आइरहन्छ। १४ फेब्रुअरी, जुन दिनलाई अन्तर्राष्ट्रिय स्तरमा मायालु जोडीहरुले एक अर्कामा र्समर्पण हुने आशा र विश्वासमा मनका कुरा व्यक्त गर्दछन्। पश्चिमी संस्कृति भए पनि यो दिनलाई पछिल्ला वर्षरुमा नेपालीहरुले पनि विशेष महत्त्व दिन थालेका छन्। पत्रपत्रिका, रेडियो, टेलिभिजनहरुले पनि यस दिनकै लागि भनी विशेष मसलेदार खुराकहरु पस्किने गरेका छन्। कुरा त्यो दिनको हो- २०६३ साल फागुन २ गते, १४ फेब्रुअरी भ्यालेन्टाइन डे। सो दिनलाई प्रेम दिवसको रुपमा मनाइने गरिन्छ। २०६३ को भ्यालेन्टाइन डे धेरै कुराहरुले फरक छ मेरा लागि। सम्भवतः त्यो दिनमा मैले थाहा पाएदेखि अहिलेसम्मकै बढी हिमपात भएको थियो काठमाडौंमा। हाई, हेलोका थुप्रै साथीहरुसँग कलेजमा भेट भयो। मेरा आँखाहरुले मेरा मिल्ने साथीहरुलाई खोजी रहेको थियो। केही समयपछि राजले मलाई फोन गर्यो। त्यस लगत्तै ऋषिलाई भेटें। हामी तीन जना भएर प्रतिमा र प्रमिसालाई खोज्दै गयौं। त्यो दिन कक्षाकोठा पनि सुनसान थियो। सबै जना क्यान्टिन र भृकुटीमण्डपको पार्कमा रमिरहेका थिए। हामी पनि क्याम्पसको क्यान्टिनतिरै लाग्यौं। प्रतिमा र प्रमिसा पनि क्यान्टिनबाट आइरहेका थिए। अन्य दिनको भन्दा प्रमिसाको अनुहार रंग उत्रिएको, टेन्सनले छटपटाएको जस्तो देखेर हामी छक्क पर्यौं। प्रतिमा पनि त्यति खुसी देखिएको थिइन। एक्कासि प्रमिसा मलाई अंगालो हालेर रुन थाली र भनी ‘मायाको नाममा मान्छेहरु किन आत्मसम्मान बेच्छन् ? अनि क्षणिक सन्तुष्टिका लागि किन अरुको आत्मसम्मानमा चोट पुर्याउँछन् ? म अचम्ममा परें र डराएँ पनि। कतै प्रमिसाले हाम्रो प्लानिङको बारेमा थाहा त पाइनन् ? सबै कुरा मैले प्रतिमाबाट थाहा पाएँ। हामी क्यान्टिङ आउनुभन्दा अगाडि हाम्रा कक्षासाथीहरुमध्ये प्रविणले प्रमिसालाई प्रपोज गरेको रहेछ। प्रमिसाविना बाँच्न नसक्ने वाचा अनि हात काटेर रगतले भित्ताभरि प्रमिसा लेखेको देखेर, प्रमिसाले सम्झाइरहेकी थिई प्रवीणलाई। ‘प्रवीण यस्तो नगर, मैले तिमीलाई साथीबाहेक अरु केही सोचेकी छैन’, प्रवीणको चिरा परेको हातको हत्केलामा सल च्यातेर बाँध्दै थिई प्रमिसा। पछाडि सबै साथीहरु हाँसिरहेका थिए। केही छिनपछि प्रवीणले भन्यो- ‘नाटकको लागि पनि हात काट्नु पर्यो’, पछि मात्र थाहा भयो उनीहरुको ग्रुपले माया अभिव्यक्तिको नाटक गरेको रहेछ।
यो घटनालगत्तै प्रवीणको ग्रुप क्यान्टिनबाट बाहिरियो। प्रतिमा र प्रमीसा हामीहरुलाई खोज्दै र अघिल्लो घटनाको बारेमा सोच्न बसिरहेका थिए। केही समयपछि रवीन्द्र, सनम, कौशल, कमलहरु आए। त्यो घटनाको बारेमा बोल्न नपाउँदै रवीन्द्रले प्रमिसालाई अनुभूत मायारुपी रातो गुला दिँदै भन्यो, ‘यु वन बि माइ भ्यालेनटाइन -’ गुलाब लिएर प्रमिसाले हाँसो छोड्दै भनी ‘अफ कोर्स ....। एक्चुअली मैले पनि तिमीलाई आज प्रपोज गर्छु भनेर सोचेको थिएँ तर आई एम लेट।’हो र प्रमिसा तिमी मलाई साँच्चै मन पराउँदै आइ डन्ट विलिव। के यो विपना नै हो रवीन्द्रको बोली सुनेर सनम, कमल, कौशल सबैले एकै स्वरमा भने- सँ’च्चै प्रमिसा तिमीले नाइँ भनेको भए शायद रवीन्द्रले जे पनि गर्थे। तिमीलाई देखेदेखि तिम्रो पुजारी भएको थियो रवीन्द्र। ए हो र यतिसम्म नाटक गर्न भ्यायो रवीन्द्रले। हा..हा... सबै छक्क परे प्रमिसाको कुराले। साँचो र झूटो माया र कुरा थाहा पाउन गाह्रो भयो प्रमिसालाई। रवीन्द्रले सबैको अगाडि तिमी भयौ भने मात्र मेरी नभए कसैकी हुन्नौं भनी उनीमाथि अभद्र व्यवहार गरेको रहेछ। यो थाहा पाएपछि म, राज र प्रतिमा, प्रमिसा सधैं हामी बस्ने ठाउँ उही भृकुटी मण्डपको पार्कमा गयौं। प्रमिसाको सबै कुरा सुन्दा राज र मेरा आँखाहरु नबोली एक अर्कासँग कुरा गरिरहे ... अनि हाम्रो प्लानिङ फेल भएको महसुस गरिरहयौं। ऋषिलाई फोन गर्दा मोबाइल अफ थियो। कहाँ गएको हो हामीलाई भन्दा पनि भनेन। धेरै समय कुर्यौं भृकुटी भण्डपमा ऊ आउँदा पनि आएन। त्यहाँको माहोल गजबको थियो। सबैको आ-आफ्नै ग्रुप, प्रेमीप्रेमिकाको जोडी, हातमा गिफ्ट अनि रातो गुलाब। ऋषिलाई खोजेर ल्याउन म गएँ क्याम्पसतिर। १७ नम्बरको कोठा जहाँ इकोनोमिक्स पढाइ हुन्थ्यो। सर त हुन हुन्थेन। अनि विद्यार्थीहरु पनि कोही थिएनन्। त्यहाँ कोठाअगाडि सेतो गुलाबले लेखिएको थियो- प्रमिसा। म छक्क परें, आज किन प्रमिसालाई यो सब भइरहेको छ। पाइला चाल्दै गएँ। अनि अगाडि बेन्चमा गुलाबी गुलाबले लेखिएको थियो। मेरो आत्मा मात्र तिमी। प्रमिसा- आर्श्चर्य चकित हुँदै अगाडि बढ- ‘तिम्रो साथ, मेरो बरदान, तिम्रो जीवन मेरो पहिचान। तिम्रो प्रियसी उही ऋषि।’ यतिसम्मको गुलाब ल्याएर बगैंचा नै क्लासभित्र बनाउन भ्याएछ ऋषिले भनी हाँसे पनि मँ .... के हो ऋषि यो सब ? म कसरी भनौं, तिमी पनि के बुझ्छौं र अरुको माया बुझ्न, आफूले पनि ठक्कर खाएको हुनुपर्छ।
तिमी त, ऋषिको कुरा सुनेर मैले सोधें भन्न खोजेको के ऋषि ? हामी यति मिल्ने साथी, कति बेला ? कहिलेदेखि प्रमिसालाई मन पराउन थाले मलाई केही थाहा छैन ? मात्र यति थाहा छ पलपल सास फेर्दा उसको याद आउँछ, उसको पीडा सुन्दा धड्कन रोकिएझैं लाग्छ ? साँच्चै कोपिला माया र भावना नाप्ने कुनै यन्त्र भएको भए प्रमिसाले झूटो माया र साँचो भावना बुझ्ने थिई --- म ऊविना बाँच्न सक्दिन र फेरि उसको सामु मुख खोल्न पनि सक्दिन। अनायासी मममा अनेकौं प्रश्नहरु उब्जिन थाले.। मेरो दुवै जना मिल्ने साथी प्रमिसा अनि ऋषि। मैले ऋषिको कुरा प्रमिसलाई सुनाउन पनि सकिन। ऋषिलाई त्यही छोडेर केही नबोली आफूलाई लाचार ठान्दै म फेरि आएँ भृकुटी मण्डपमा। सबै जना घर फर्कियौं। म र राज एउटा बाटो हुँदै सामाखुसीतिर आयौं। प्रमिसा र प्रतिमा वानेश्वर। राजले मलाई भन्यो मैले सबैको अगाडि प्रमिसालाई प्रपोज गरेको भए के हुन्थ्यो ? साँच्चै भ्यालेन्टाइन डे आउनुभन्दा अगाडि राज र मैले एउटा प्लानिङ गरेका थियौं। मनका कुरा अभिव्यक्त गर्ने कलेजमा कुनै कार्यक्रम बनाएर सबैका सामु राजले प्रमिसालाई प्रपोज गर्ने र विवाहका लागि प्रस्ताव सहित आफू उनको मायामा डुबिसकेको अभिनय गर्ने र उनको प्रतिक्रिया पाएपछि रियालिटी बताउने । तर हामीभन्दा धेरै अगाडि प्रवीणको ग्रुप अनि रवीन्द्रको व्यवहारले हाम्रो कुरा राख्ने मौका नै गुमिसकेछ। कलेजमा जब हामी मिल्ने साथी भयौं, त्यति बेला नै हामी पाँच जनाले प्रतिबद्धता भनौं या हाम्रो मित्रता सधैं निःस्वार्थ रुपले अगाडि बढाउन एउटा वाचा गरेका थियौं। हामी पाँच जनामध्ये कसैले कसैलाई प्रेमीप्रेमिकाको रुपमा नलिने आत्मीय साथी दुखसुख बाँड्ने र आफ्ना केही कुरा नलुकाउने प्रण गरेका थियौं। राजको प्रपोजले कस्तो प्रतिक्रिया आउला अनि कस्तो माहोल बन्ने हो र यो दिनलाई अविस्मरणीय बनाउन राज र मैले त्यो योजना बनाएका थियौं। राज पनि आफ्नो घरतिर लाग्यो। तर म त्यो दिन सोच मग्न भएँ। ऋषिको भावनाले साँच्चै मलाई सोचनीय बनायो। जबजब भ्यालेन्टाइन डे आउँछ मलाई ती दिनहरुको यादले पछ्याइरहेको हुन्छ। साँच्चै यो माया भन्ने चिज कस्तो ? अनि माया व्यक्त गर्ने शैली कस्तो ? भन्छन् साँचो मायाले संसार जित्छ अनि झूटो मायाले जीवन नर्कमा पुर्याउँछ। ऋषिले प्रमिसालाई गर्ने माया अनि प्रमिसाले उसको ब्वाइफ्रेन्डलाई गर्ने माया, ती दुई जनाको माया दुई किनाराको। के यस्तै नै हुन्छ मायामा। अनि माया व्यक्त गर्नका लागि यही दिनलाई नै पर्खनुपर्छ।
Comments