स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

11:19:00 am

दिनदहाडै नेपाली भुमि भारतद्वारा अतिक्रमण

सामग्री प्रस्तुति Ram Prasad Panta

- केशवराज जोशी
काचनपुरको दक्षिणीक्षेत्र रौतेलीविचुवा गाविस-९ झिलमिलामा रहेको दशौं बिगाह नेपाली भुमिमा भारतीय पक्षले दिनहु अतिक्रमण गरी खेती लगाइ रहेको छ ।झिलमिलामा पर्ने सीमा स्तम्भ नम्बर २८ र २९ को बिचमा पर्ने नेपाली भुमि भारतले ट्रयाक्टर लगाएर जोत्न थालेको छ । भने झण्डै १४÷१५ विघा हालसालै जोतेर उखु खेती गरेको देखिएको छ ।भारतीय पक्षले दुई सीमा स्तम्भ भन्दा दुई सय मिटर वर नेपाली भुमिसम्म अतिक्रमण गरी खेती लगाइसकेका छन् ।झिलमिलाका स्थानियवासी माने रोकायाले दिएको जानकारी अनुसार विगत भन्दा यो समयमा भारतले नेपाली भुमि दिनहु अतिक्रमण थालेको छ । विषेश गरेर सोक्षेत्रमा भारतले बर्षातमा बढी अतिक्रमण गर्ने गरेको स्थानियहरुको भनाई छ । त्यस्तै सीमा स्तम्भ नम्बर २८ र २९ को बिचमा पर्ने साविक पिल्लर पनि भारतले सार्ने योजना अनरुप साविक सीमा छेउछाउमा माटो निकाल्न सुरु गरेको छ । आइतबार अतिक्रमित झिलमिला क्षेत्रको सीमानामा पुग्दा एक भारतीय नम्बर प्लेटको ट्रयाक्टर दिउसै नेपाली भुमि जोतिरहेको थियो । नेपाली भुमि किन यसरी जोतिरहेको भनि ट्रयाक्र चालकलाई गरिएको प्रश्नमा चालकले माथिबाट जोत््न लगाएको प्रतिकि्रया दिए । यसरी दिदहाडै नेपाली भुमि अतिक्रमण भइरहदा स्थानिय प्रशासन भने वेखवर रहेको छ । झिलामिला क्षेत्रका स्थानिय बासिन्दाहरुले ५÷६ महिनादेखि लगातार नेपाली भुमि अतिक्रमणबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउदा समेत अतिक्रमण रोक्न कुनै खाले पहल नभएको स्थानिय माने रोकायाले बताउनुभयो । सीमा स्तम्भ नं। २९ भन्दा झण्डै दुई किलोमिटर वर झिलामिला प्रहरी चौकी छ तर प्रहरीहरु प्नि अक्तित्रमण बारे बेखबर थिए । सो सीमाना आइतबार संवाददातासंगै झिलामिला प्रहरी चौकीका हवल्दार दानिसंह साउद पनि अक्तिक्रमण भइरहेको स्थानमा पुगेका थिए । त्यसपछि मात्र हवल्दार साउदले आफ्नो माथिल्लो निकायमा अतिक्रमणबारे जानकारी गराएका थिए । त्यसबाट पनि प्रष्ट हुन्छ भुमि अक्तित्रमण बारे हाम्रो नेपाली प्रहरी प्रशासन कति लाचार छ भनेर ।

0 तपाईका प्रतिक्रियाहरु: