स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

4:33:00 am

बलादमा नेपालीहरुलॆ धुमधामसँग दशै मनाए

सामग्री प्रस्तुति Ram Prasad Panta

- राम प्रसाद पन्त र जिवन पौडेल
हिन्दूहरुको महान् चाड बडादशैको महत्वपुर्ण मानिने टिकाको दिन इराकको बलादस्थित कुलाक कम्पनी र पिपिआईमा रहेका नेपाली दाजुभाइ अनि दिदीबहिनीहरुले आपुनो घरपरिवारलाई सम्झिदै धुमधाम सँग दशै मनाए । नेपालीहरु विश्वको कुनै पनि ठाँऊमा जे-जस्तो अवस्थामा रहेपनि उनिहरुले आफ्नो भाषा धर्म र संस्कृति अनि रितिरिवाजलाई भुलेका हुदैनन् भन्ने उदाहरण ईराकमा कार्यरत नेपालीहरुले पनि देखाएका छन् । विभिन्न क्षेत्रमा कार्यरत आफ्ना दाजुभाइहरु मिलेर उक्त कार्यक्रमको आयोजना गरीएको थियो । आफ्नो देश अथवा घरपरिवारबाट टाढा रहेपनि आफु भन्दा ठुला दाजुहरुबाट रातो टिका लगाउनेको पनि कार्यक्रममा ठुलो उपस्थिति रहेको थियो । त्यसै भिडमा केहि खाली निघारै भए पनि शुभकामनाहरु आदानप्रदान गर्नमा व्यस्त देखिन्थ्यो भने केहि संगतिको तालमा आफ्ना दुःखहरु विसर्िएर रमाउनमा नै व्यस्त देखिन्थ्यो । आफ्ना घर परिवार छोडेर पैसा कमाउने आशामा आएका नेपालीहरुले आपुनो परम्परालाई नबिसर्ी सबै नेपाली मिलि दशै मनाए । त्यस अवसरमा टिका कार्यक्रम तथा लोकगीतको नृत्य कायक्रमहरुको पनि आयोजना गरिएको थियो । करिब ७ः०० बाट शुरु भएको कार्यक्रम रातको ११ बजे सम्म चलेको थियो । त्यस अवसरमा दुवै कम्पनीमा कार्यरत नेपालीहरुको दुवै कायक्रममा ठूलो मात्रामा उपस्थिीत रहेको थियो । यसरी ईराकमा कार्यरत नेपालीहरुले एक आपसमा आफ्ना दूःख र पिडा विसर्िएर आफ्नो बडादशैंलाई यो वर्षको लागि विदा गरे । ईराकमा रहेका नेपालीले मनाएको बडादशै देख्नेहरु सबै आफु नेपालमा नै रहेको र आफ्नै घर-परिवारसँग मनाई रहेको अभास गर्दै थिए एक अर्कामा ।

0 तपाईका प्रतिक्रियाहरु: