हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु
नयाँ बर्षको शुभकामना
Get link
Facebook
X
Pinterest
Email
Other Apps
नव बर्ष 2066 को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना। साथै नवबर्षले तपाईमा नया जोश जागर र उमङ्ग ल्याओस। तपाईले चालेका प्रतेक् पाइलाहरुले सगरमाथाको शिखर चुम्न सफल होउन,साथै सुस्वास्थ्य एबम दिर्गायुको कामना ।।।
जुन आकाशमा विस्तारै देखियो। मैले साह्रै कर गरेपछि त्यस साँझ उसले भन्यो—’घटनाको पीडा मैले अनुभव गरेको छु। सुन्नेले मात्रै अनुमान गरिदिन सक्छ। उसले यसलाई कुनै चलचित्रको कथा ठानिदिन सक्छ। यो घटना सम्झेपछि मलाई रक्तचाप बढ्लाजस्तो हुन्छ। पृथ्वी हल्लिएजस्तो हावाका लप्काहरु एकैचोटी तातो मुस्लो बनेर आएजस्तो हुन्छ। आज म मेरो मुखबाट अन्तिम पटक यस विषयमा भन्दैछु। सत्य राम राम यसपछि म कसैलाई पनि यस विषयमा चिम्टी पनि बताउने छैन।’ मध्ययम स्तरको शहरीया रेष्टुरेन्टमा ऊसाग मेरो यो तेश्रो भेट थियो। रेष्टुरेन्टको माथिल्लो तलामा हामी थियौँ। टेबुलमा केही नेपकिन पेपर थियो। अँग्रेजीमा लेखिएको मेनु हामीलाई हेरिरहेको थियो। र सँगै नुन र चिनीका छुट्टा छुट्टै डब्बा थिए। ऊ एकछिन रोकियो। मैले वेटरलाई बोलाएँ। थप एक बोतल ल्याउन भनेँ। काँचको सानो कदको गिलास, चीसो पानीकोबोतल र हृवीस्कीको ठूलो बोत्तल हाम्रो अघि केही क्षण नविराइ हाजिर भयो। ऊ अझै चुपचाप थियो। मैले दुवै गिलासमा आधा आधा हृवीस्की लगाएँ। र छेवैको वोतलबाट पानी खन्याएँ। उसले आफ्नो बोतलमा पानी नभर्न भन्यो। ‘पानी नहाली पिउँदा बढी कडा हुन्छ नि।’ ‘केही छैन मैले धेर...
काठमाडौं/ भारतको हैदरावादमा हुने एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । प्रमुख प्रशिक्षक विराटकृष्ण श्रेष्ठ तथा सहायक प्रशिक्ष्ाक उपेन्द्रमान सिंह र बालगोपाल महर्जनले २५ सदस्यीय टोलीको छनोट गरेका हुन् । डिफेन्डर राकेश श्रेष्ठको नेतृत्वमा रहने टोलीको गोलरक्षकमा रितेश थापा, विकास मल्ल र समित राजभण्डारी रहेका छन् । यसैगरी, अन्य डिफेन्डरमा अन्जन केसी, लोकबन्धु गुरुङ, विराज महर्जन, सागर थापा, सुमन सुवेदी, चुनबहादुर थापा, रविन श्रेष्ठ र विकास सिंह क्षेत्री रहेका छन् । मिडफिल्डका लागि विजय गुरुङ, विसन गौचन, नीराजन खड्का, भोला सिलवाल, अनन्तराज थापा, पर्वत पाण्डे, रञ्जित श्रेष्ठ, राजु तामाङ र सन्दीप राई छन् । यसैगरी फरवार्डमा सन्तोष साहुखल, युगलकिशोर राई र नीराजन रायमाझी छन् । 'हाम्रो अवस्था, म्याचको नेचर र समूहका प्रतिद्वन्द्वीअनुसार खेलाडी छनोट गरेका छौं,' प्रमुख प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने, 'खेलाडीको अनुभव, नेतृत्वक्षमता र पर्सनालिटीलाई पनि छनोटको आधार बनाइएको छ ।' प्रशिक्षणका क्रममा खेलाडीको प्रदर्शन, यसअघिका खेलमा गरेको प...
Comments