दिपावली-2067 को हार्दिक शुभकामना

- दीपा रेग्मी
नेपालमा मनाइने दोस्रो ठुलो पर्वको रूपमा तिहारलाई लीने गरिन्छ | जसरि नवरात्री नौ दिन सम्म मनाईन्छ, त्यसै गरि तिहारलाई पांच दिन सम्म मनाउने प्रचलन छ जसलाई यम पंचक भनिन्छ | यस पर्वमा काग, गाई आदिको पुजा गरेर मानब र प्रकृति बीचको सौन्दर्यतालाइ आत्मसात गरिन्छ | यहि तिहार पर्वको मूल मर्म हो | दिपावलीको रमझम सबैतिर छाएको हुन्छ | सबैको मनमा आनन्दको बर्षा हुन्छ | देउसी भैलो गाएर मनोरंजन गरिन्छ | लक्ष्मी पुजा गरेर वर्षा भरि आर्थिक आभाव नहोस भनि माताजी संग प्रार्थना गरिन्छ | खुसि खुसि बाच्न सकौं भनेर मनाइने यस पर्वले हामीलाई “तमसो मा ज्योतिर्गमय” को आवास दिन्छ | जीवनका अज्ञान रूपी अन्धकारलाई हटाएर प्रकाशको दिब्य आलोकमा प्रवेश गर्न सकौं भन्ने संदेश यस पर्बले दिएको हुन्छ | अभाव ग्रस्त जीवनलै परिपूर्ण बनाएर आत्म ज्योतिको दिब्य प्रकाशको अनुभूति गर्न सकौं भन्ने संदेश दिपावलीले दिएको छ भन्दा फरक नपर्ला | प्रकृति भोग्य होइनन यी त सहगामिनी हुन् भन्ने कुरा यो पर्व बाट थाहा हुन्छ | किनकि सर्बत्र चेतान्सील मानवले काग, कुकुर, गाइ, आदिको पुजा गर्नुलाई नै हाम्रो धर्म प्रकृति प्रेमी हो भन्न सकिन्छ | अनि भगवानले गितामा भन्नु हुन्छ ” स्वीनी चईब स्वपाकेच पन्दिता समदर्शिन ” सबै प्राणीमा रहेको आत्मा र तिमीमा रहेको आत्मा मा कुनै भेद छैन | आत्मिक ध्रिष्टि ले हेर्दा सबै भित्र एउटी परमात्मा को निवास हुने हुँदा सबैको पुजा गर्नु भागवत पुजा नै हो जसको अनुभूति ठुला योगीहरू गर्दछन |

यस पर्ब को अर्को पक्ष्य हो भाई तिहार | दिदि बहिनिलाइ टिका लगाईदिने मेवा – मिष्ठान खुवाउने, मखमली फूल को माला लगिदिने आदि मनोहर व्यवहार ले भाई बहिनीको प्रेम को उजागर गरेको छ | यमराजलाई बहिनि यमुना ले बार बार बोलौन्दा पनि व्यस्तताले बहिनि को घर मा नआएको हुँदा यासैदिन्को लागि बहिनि यमुनाले घर आउन को लागि बचन बर्ध बनौछिन र यमराज पनि यमुनाको घरमा पुग्छिन | बहिनि ले भाई यमराज लै स्नान गर्न लगाएर , तेल लागैदियिन | टिका र माला पनि लागैदियिन | मेवा मिष्ठान हरू सम्पर्ण गरिन | बहिनि को प्रेम पूर्ण सम्मान ले यमराज अतिशय प्रसन्न भएर बर माग्न को लागि आग्रह गरे |यमुनाले हरेक बर्ष आफ्नो घरमा आइ पुञ्ज स्वीकार गर्न बिन्ति गरिन | यमराज ले तताहस्तु भनेर बिदा भए र हरेक बर्ष बहिनि को घरमा जान थाले | यसै पौराणिक कथा को आधारमा हामि यो पर्वलाई मनाउने गर्दछौं | यस दिन भाई पुजा गर्नाले यमराज को भय हुदैन भन्ने पौराणिक मान्यता छ |

Comments

Popular posts from this blog

तिमी पीडा नायक हौ।

नेपाली राष्ट्रिय टोलीको घोषणा