साहित्य
मैले देखेको सपना
विगत पाँच वर्षदेखि म त्यो केटीको खोजीमा थिएँ। मेरी पूर्व प्रेमिका…..। नढाँटी भन्छु, म त्यसको हत्या गर्न चाहन्थेँ। मेरो जीवन त्यस्तो विलखबन्द यात्रा थियो जसको वरिपरि केवल भीर थियो र प्रतिगमनको म जन्मजात शत्रु थिएँ। म बारम्बार एउटै कुराले उत्पीडित थिएँ र त्यो मेरो जन्मसँगै अभिन्नरूपमा टाँसिएर आएको जातीय पीडा थियो। गरिवी त त्यसको अभिन्न अंग छँदै थियो। त्यसले मानौ व्यक्तित्व नै धारण गरेर मसाग दुश्मनी गरिरहेको थियो। प्रेममा, विश्वासमा, यात्रामा, मनोविज्ञानमा र जीवनका हरेक पाइलामा चुनौती दिइरहेको थियो र मलाई पराजित पनि गरिरहेको थियो। मेरा साथीहरू त प्रशस्त हुन्थे तर तिनको भीडमा म नितान्त एक्लो हुन्थेँ। त्यसैको फाइदा उठाएर त्यो डिप्रेसनकै पञ्जा फिँजाएर मेरो घाँटी निमोठिरहेको हुन्थ्यो। मलाई दिमागभित्रबाट बारम्बार कसैले आत्मघातका लागि उक्साइरहेझैँ लाग्थ्यो। त्यो मेरो कानमा एकोहोरो घन्टी बजाइरहेको हुन्थ्यो, मानौ म आफैँसँग भनिरहेको हुन्थेँ, मेरो जीवन हारेको जीवन हो। त्यसपछि मेरो किलकिले थिच्दै त्यो भन्थ्यो, तँ मेरो युद्धबन्दी होस्, यस कारण म तँलाई मनलागी यातना दिन्छु। म त्योसँग विद्रोह गरिरहेको हुन्थेँ र बारम्बार त्यसको बन्धनबाट मुक्त हुन छट्पटाइरहेको हुन्थेँ। अन्त्यमा, त्यो मेरो छातीमा एसएलआर तेर्स्याउँथ्यो र मारिदिने धम्की दिन्थ्यो। पछि थाहा हुन्थ्यो, त्यो त मेरो चिरप्रतिद्वन्द्वी उही जात नै हुन्थ्यो। डाक्टर देखाउने हैसियत हुँदो हो त आधुनिक चिकित्सा विज्ञानले मलाई सिजोफ्रेनिक वा यस्तै केही भनिदिनसक्थ्यो। हिमवत् खण्डको हाम्रो महान् समाजशास्त्रले बनाएको सिजोफ्रेनिक यो, एउटा नामी हास्यको विषय हुनसक्थ्यो। गरिवी मलाईreadmoreविचरा
कथाकार ः सुमन बगाले
मान्छे जुन दिन प्यारो हुन्छ त्यो दिन उ मरीसकेको हुन्छ । वाँचुन्जेल कसरी वाच्यो कुनै वास्था हुदैन जब उसको लाश कतै वेवारीसे देखेँ वा कुनै मुर्दा बोक्ने घारोमा लम्पसारीदा मात्र मान्छेको मुखबाट कठ्यै मान्छे मरेछ हेर त विचरा । त्यो दिन त्यो क्षणमात्र हो उ जसको नजरमा परेको छ त्यहि दिन बिचरा हुन्छ । जब म सात वर्षको थिएँ मेरी आमाले यो सँसार छोडीन । म साथमा नै थिए तर काहाबाट आएछन तिम्रा दुतहरु थाहै भएन बाबु पानी पानी भनेकी थिइन म त आफनै सुरमा भिमसेन थानमा चढाएको नेवारी कोदोको पानी ल्याएर थिए दिदैथिएँ एकछिनपछि त हलन चल पशुपति छेउको पिपलको मुडो लडेको झै डšरšग ढलिन । दुइदिन सम्म सँगै बसेँ उठ्छिन कि भनेर तर उठने त काहा हो काहा छन मलाइ नै गन्ध दिन थालिन मैले गुन्डा पारेर राखीदिए । सबै हेर्थे विचरा भनि मन अमिलो पार्थे । त्यसैले त भगवान मलाइ यो विचरा भन्ने शब्द नै मन पर्दैन । मेरी आमालाइ यो गति मा पुराउने पनि थिए होलान् विचरा भन्ने त्यो हुलमा । रातभरी कयौ नारीहरुलाइ नग्न नचाएर मस्ती नारीको अस्तित्वमा झुमी विहान त्यहि पाप पखाल्नलाइ पशुपतिमा धाउनेपनि धेरै देखेको छु मैले । शशीरमा जवानीको रसहुदा सस्तै पैसामा खरिद गरे नानाभाती गरे । के मेरी आमाले कसैको यौनप्यास मेटाउदा गल्ती गरेकी थिइन त मान्छेले आफनो स्वार्थको लागी जिउदै मान्छेलाइ बेच्दा चाही धर्मको हत्या नहुने मेरी आमाले कसैको अथाह प्यास मेटाउदा धर्मको हत्या हुने मेरी आमाले त धर्म गरिन जसको प्यासीपिडालाइ केहि समयको लागी भनेपनि शान्त पार्थिन । जसको लागी हरेक पुरुष आफनो सारा जिवन नै वर्वात गर्न पछि हटैनन् । मेरी आमाले त सर्वसुलभमा प्रदान गर्दै आएकी थिन्ा readmore
Comments