स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

4:46:00 pm

यी पाँच कारणले हार्यो नेपाल...

सामग्री प्रस्तुति Ram Prasad Panta

१२ माघ, काठमाडौ । विश्वकप खेल्ने र एकदिवसीय मान्यता प्राप्त गर्ने निकै ठूलो सपना साचेर न्युजिल्याण्ड पुगेको नेपाली टोली निकै निराश र हतास मनस्थितिमा फर्कने भएको छ । न्युजिल्याण्ड जानुअघि प्रशिक्षक पुबुदु दासानायकेले ट्वान्टी-२० विश्वकपमा छनोट हुनुलाई बोनस भनेका थिए ।
 आगामी विश्वकपमा नेपालले प्रतिष्पर्धा गर्नेमा आफू ढुक्क भएको भन्दै सम्पूर्ण नेपाली जनतालाई आशाको सञ्चार गरेका उनले नेपाललाई भनेजसरी विश्वकपमा पुर्याउन भने सकेनन् । छनोट चरणका कुनै पनि खेलमा जित हासिल गर्न नसकेपछि नेपाल रित्तो हात त्यो पनि नकारात्मक नतिजाका साथ फर्किन लागेको छ । नेपालले उक्त प्रतिष्पर्धामा एक खेल पनि जित्न नसक्दा रेलिगेशनको सामना समेत गर्नुपरेको छ । अर्थात् डिभिजन २ मा विजेताका रूपमा प्रवेश गरेको नेपाल डिभिजन ३ मा झरेको छ ।
 नेपाललाई विश्वकप छनोटका लागि मात्र नभएर उक्त प्रतियोगिता नै जिताउने भन्दै न्युजिल्याण्ड गएका दासानायकेले नेपाललाई कुनै उपलब्धी हासिल गराउन सकेनन् । नेपालले नवौ स्थानका लागि हुने खेलमा समेत पराजय बेहोरे नेपाल अन्तिम स्थानमा पुग्नेछ, १ नम्बरमा पुर्याउने भन्दै बाडेको आश्वाशन विपरित अन्तिम स्थानमा पुगेर ।
 खेलमा हार जित हुनु स्वभाविक हो तर, हारलाई स्विकार गरेर त्यसका कमीकमजोरीलाई केलाएर थप मेहेनत गर्नु पनि उत्तिकै आवश्यक हुन्छ । नेपाल न्युजिल्यान्डमा किन यसरी पछारियो भन्ने प्रश्नको खोजी गर्नु अबको आवश्यकता हो । न्युजिल्यान्डमा भएको खेलमा पराजित हुनु कुनै एक कारण मात्र नभइ अन्य धेरै कारण रहेका छन् । तीनलाई सुक्ष्म रूपले विश्लेषण गरी भएका कमीकमजोरीलाई विचार गरेर ती कमीकमजोरीलाई हटाएर टोलीलाई बलियो बनाएर लैजानु आवश्यक हुन्छ ।
 सरसर्ती हेर्दा देखिएका केहि कमीकमजोरी यस्ता छन्...
- घाँसे पिचको अनुभव नहुनुः न्युजिल्याण्डमा घाँसे पिचमा क्रिकेट खेलिन्छ । तर नेपाली टोलीले यसअघि कहिल्यै पनि घाँसे पिचमा खेल्ने अवसर पाएको थिएन । नेपालका लागी उक्त मैदानमा खेल्नु निकै नयाँ अनुभव थियो । न्युजिल्याण्डमा घाँसे मैदानमा क्रिकेट खेलिने विषयमा पहिले देखीनै ज्ञात भएपनि नेपालमा खेलाडिलाई उक्त पिचमा खेल्नका लागि तयार गर्न नसक्नु नेपालको प्रमुख कमजोरी हो । निकै लामो समयदेखि नै न्युजिल्याण्डमा विश्वकप छनोट खेलिने छ भन्ने थाहा हुँदाहुँदै उक्त खेलमा लागि घाँसे मैदानको पिच तयार गरी सो पिचमा अभ्यास गराउन नसक्नु सबैभन्दा ठूलो कमजोरी हो । यसलाई नेपाल सरकार तथा क्रिकेट एशोसियन नेपाल क्यानले ध्यान दिन नसकेकै हो । विश्वकपको छनोटका लागि जानका लागि तयारीमा लागेको टोलीलाई त्यहाँको वातावरण अनुसार खेल्ने वातावरण तयार गर्न नसक्नुमा खेलाडिलाई दोष दिने ठाऊँ रहँदैन । न्युजिल्याण्डमा खेल्न नसकेको भनेर नेपाली टोलीलाई दोष दिनुअघि नेपाली खेलाडिलाई नेपालमा कसरी अभ्यास गराइएको थियो राम्रोसँग बुझ्नु आवश्यक हुन्छ । खेलाडिले खेल्न सकेनन्, खराब प्रदर्शन गरे भन्दै जति गाली गरेपनि त्यसको पहिलो दोषी सम्बन्धित निकाय नै हो ।

 - अति आत्मविश्वासः ट्वान्टी-२० विश्वकप छनोट प्रतियोगिताबाट छनोट हुँदै विश्वकपसम्म पुग्न सफल भएको नेपाली टोलीमा जस्तोसुकै खेल जितिन्छ भन्ने आत्मविश्वास थियो । आत्मविश्वास बलियो भएको अवस्था र श्रीलंकामा भएको अभ्यास खेलहरुमा सहज जितले नेपाली खेलाडिको आत्मविश्वास निकै माथी उठेको थियो । जस्तो सुकै खेलमा समेत सहजै जित हात पार्न सकिने मनोविज्ञानले नेपाली खेलाडिलाई गाँजेको थियो भने आफूहरूले जसरी पनि जित्ने भन्दै आफ्ना प्रतिष्पर्धीका सबल र कमजोरीलाई नेपाली खेलाडिले केलाउन सकेनन् । उनीहरूले प्रत्येक खेललाई सहज रूपमा लिए । अति आत्मविश्वासका कारण पहिलो खेल गुमाएपछि उनीहरूको मनस्थितिमा निकै गम्भिर प्रभाव पर्न गयो । दवावमा राम्रो प्रदर्शन गर्न नसक्ने नेपाली टोलीको पुरानो बानीले यहाँ पनि छाडेन र खेलमा आफूलाई जितका लागि तयार गर्न सकेनन् ।
- खेलाडी छनोटमा समस्याः खेलाडि छनोटमा समेत विचार पुर्याउन नसक्नु नेपालको जितको अर्को बाधक बन्न पुग्यो । नेपालले आफ्ना पुराना र अनुभवी खेलाडिलाई विश्वास नगरी नयाँ र अनुभवहिन खेलाडिलाई एकैपटक ठूलो प्रतियोगितामा खेल्न लगाउनु नेपालका लागि अर्को पराजयको कारण बन्न पुग्यो । आफ्नो बलियो पक्ष बलिङ भएको र सोही बलिङका कारण नै जित हात पार्दै आएको नेपाली टोलीमा ठुला खेल खेलेको अनुभव नभएका खेलाडिहरू थिएनन् । विषेशगरी सिम बलरलाई साथ दिने उक्त पिचमा प्रशिक्षक पुबुदुले अनुभव हिन बलरहरू सोमपाल कामी, अभिनाश कर्ण र जितेन्द्र मुखियालाई पहिलो रोजाइमा पारे र न्युजिल्याण्ड लगे ।
सोमपाल कामी केही महिनाअघि मात्र नेपाली टोलीमा परेका बलर हुन्छ । उनले यस प्रतियोगितामा उल्लेखनिय प्रदर्शन गर्न नसकेपनि मध्यम प्रदर्शन गरे । तर, अभिनाश कर्ण र जितेन्द्र मुखियाले भने निकै खराब बलिङको नमुना प्रस्तुत गरे । अभिनाश कर्णले मात्र २-३ एकदिवसिय खेलको अनुभव संगालेका थिए भने जितेन्द्रले न्युजिल्याण्डका लागि उड्नुअघि एक पनि एकदिवसीय खेलमा खेलेका थिएनन् । यस हिसाबले नेपाली प्रमुख हतियार हुनुपर्ने सिम बलिङमा निकै कमजोर देखियो । यसका छनोट कर्ताले विचार नपुर्याएकै हो । छनोटका क्रममा नेपालले मेहबुब आलम, सञ्जम रेग्मी, अमृत भट्टराई जस्ता बलरलाई बाहिर राखेर पुर्णरूपमा नयाँ टोली छनोट गर्नु हारको अर्को कारण बन्न पुग्यो । केहि पुराना खेलाडिलाई बेन्चमा मात्र राखेको भएपनि नेपालले आवश्यकता पर्दा ती खेलाडीलाई प्रयोग गर्न सक्ने थियो । तर, खेलाडि छनोटमा विचार समेत पुर्याउन नसक्दा पराजयको अर्को कारण बन्न पुग्यो नेपाली खेलाडि छनोट प्रक्रिया ।

- खेलाडि बिरामी पर्नुः खेलाडि बिरामी पर्नु नेपालका लागि अर्को टाउको दुखाइको कारण बन्यो । नेपालका कप्तान पारस खड्का घाइते हुनु र प्रारम्भिक ब्याट्सम्यान तथा विकेट किपर सुवास खकुरेल घाइते हुनु पनि हारको अर्को कारण बन्न पुग्यो । पारस खड्का ढाडको समस्याका कारण खेल्न नसक्दा एक भरपर्दा खेलाडि तथा कप्तानको अभाव हुन पुग्यो भने फास्ट बलिङमा निकै राम्रो प्रदर्शन गर्न सक्ने ब्याट्सम्यान सुवास खकुरेल घाइते हुँदा नेपालको प्रारम्भिक ब्याटीङ लाइन कमजोर बन्न पुग्यो ।

- ब्याटीङ लाइनअपः नेपालको ब्याटीङ लाइनअप समेत निकै कमजोर रह्यो । सुवास खकुरेल बिरामी परेपछि नेपालले अनिल मण्डल र सुवास खकुरेलको जोडि गुमाउन पुग्यो । अनिलसँग निकै राम्रो साझेदारी गर्न सफल भएका खकुरेल बिरामी परेपछि अनिल मण्डलसँग प्रारम्भिक जोडीका रुपमा कुनै एक ब्याट्सम्यान स्थिर रहन सकेनन् । कहिले एक ब्याट्सम्यानलाई अगाडि ल्याउने त कहिले अर्को ब्याट्सम्यान ल्याउने गर्दा खेलमा ब्याटीङ लाइन सुरूवात देखी नै कमजोर हुन पुग्यो । यस्तै, अन्य खेलाडिको ब्याटीङ लाइनस समेत कमजोर देखियो । कुनै पनि एक ब्याट्सम्यानले आफ्नो एकै स्थानमा प्रदर्शन गरेको पाइएन । यसले गर्दा ब्याट्सम्यानले नियमित रूपमा आफ्नो खेल प्रदर्शन गर्न सकेनन् । सधै फरक जिम्मेवारीसहित खेल्नुपर्दा खेलाडिलाई खेल्न निकै गाह्रो हुन पुग्यो । 
यसरी केही कमजोरीका कारण नेपालले पराजय बेहोर्न पुग्यो भने अन्य कमीकमजोरीहरूलाई पनि केलाएर अघि बढ्नुपर्ने हुन्छ ।
तस्विरः सौजन्यः सोमेश वर्मा
- अभिज्ञ
- See more at: http://nepaliheadlines.com/np/why-nepal-lost-all-games.html#sthash.6Onm4cZ5.dpuf

0 तपाईका प्रतिक्रियाहरु: