स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल पनि बन्ने र पानी जहाजमा पनि चलाउने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले रेल र पानी जहाज मजाकमा उडाउने विषय नभएको बताए । उनले भने, ‘हेर्दाहेर्दै इष्टटिमोरमा समुन्द्रबाट जान्छौं । जलमार्गबाटै ढुवानी गर्छौं ।’ ‘पानी जहाज निदाएका बेला देखेको सपना ब्यूँझिएको बेला भनेको होइन’ उनले अघि भने । Read More...
पानी जहाजको योजनालाई विपक्षी सांसदहरुले दिवासप्ना भनेको उल्लेख गर्दै उनले भने, ठीकै भन्नुभयो । मैले दिउँसै देखेको सपना हो, राति होइन ।’ मंगोलियासँग २६५ वटा पानीजहाज रहेको उदारहण दिँदै प्रधानमन्त्री ओलीले पानी जहाज र रेल मजाकमा उडाउने विषय नभएको बताए । काठमाडौं वीरगञ्ज रेल ५ वर्षमा बनाउने सहमति भइसकेको भन्दै उनले काठमाडौं केरुङ जोड्ने रेलका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको बताए । उनले अघि भने, हाम्रो रेलबाट ढुवानी गर्छौं । हामीलाई नपरेको बेला भाडामा पनि लगाउँछौं ।’ काठमाडौंमा मेट्रो रेल चलाउने सहमति महानगरले गरिसकेको भन्दै प्रधानमन्त्री ओलीले सम्भाव्यता अध्ययन सकिए लगतै निर्माण सुरु हुने बताए । onlinekhabar

1 तपाईका प्रतिक्रियाहरु:

Unknown said...

Hi Everyone. Click the link to Read funny gau khane katha with answer.