स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

6:42:00 am

तीन छोराछोरीसहित सिंगापुर

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं, २ साउन पूर्वराजा ज्ञानेन्द्रका छोरा पारसले देश छाडेको १६औं दिनमा बुहारी हिमानीले पनि नेपाललाई 'बाइबाइ' भनेकी छिन् । पति पारससँगै बस्न उनी बिहीबार अपराह्न तीन छोराछोरीसहित सिंगापुर उडेकी छिन् । पारस पहिला सिंगापुर जाने र त्यहाँ आफ्ना लागि घर र छोराछोरीका लागि स्कुल खोजेपछि श्रीमती र छोराछोरीलाई बोलाउने समाचार नयाँ पत्रिकाले १८ दिनअघि छापेको थियो । पूर्वनिर्धारित कार्यक्रमअनुसार पारसले १६ दिनअघि र हिमानीले बिहीबार नेपाल छाडेका हुन् । पारसजस्तै हिमानी पनि सिल्क एयरको एमआई ४११ उडानबाट उडेकी हुन् । उनका साथमा धीरेन्द्रकी कान्छी छोरी दिलासा पनि सिंगापुर गएकी छिन् । हिमानीले आफन्तसहित १२ः१५ मा निर्मल निवास छोडेकी थिइन् । बा.२च १८८२ नम्बरको निजी कारमा पछिल्लो सिटमा बसेर १२ः३० मा उनी त्रिभुवन विमानस्थल पुगेकी थिइन् । पाँचजना सैनिक तथा सशस्त्र प्रहरीको कडा सुरक्ष्ाा घेराभित्र उनी विमानस्थल पुगेको सुरक्षा स्रोतले जनाएको छ । हिमानीलाई बिदाइ गर्न विमानस्थलमा धीरेन्द्रका ज्वाइँद्वय डा. राजीव शाही र अविनेश शाह पनि पुगेका थिए । अविनेश दिलासाका श्रीमान् हुन् । गम्भीर मुद्रामा रहेकी हिमानी निर्मल निवासबाट निस्केपछि कसैसँग नबोलेको सुरक्ष्ाा स्रोतले जनाएको छ । विमानस्थलमा पुग्दा पनि उनी भावुक थिइन् । उनले अनुहार लुकाउन चाहेकी थिइन् । फोटोग्राफरहरूले तस्बिर लिन खोज्दा उनले कपालले अनुहार छोपिन् । १ः१५ मा उड्नुपर्नेमा जहाज ढिलो भएका कारण हिमानी १ः३० मा उडेकी थिइन् । विमानस्थल पुग्नासाथ उनी भिभिआइपी कक्षबाट भित्र प्रवेश गरेकी थिइन् । पारसको परिवारका पाँचैजना सिंगापुर गएपछि खाली भएको निर्मल निवासको सुरक्षा सेना र सशस्त्र प्रहरीले दिइरहेका छन् ।

0 तपाईका प्रतिक्रियाहरु: