स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

बेइजिङ/ चीनमा नक्कली या कृत्रिम सौन्दर्य प्रतियोगिताको आयोजना गरिँदैछ । त्यसलाई 'मिस प्लास्टिक सर्जरी' नाम दिइएको छ । त्यस प्रतियोगितामा विश्वभरका प्लास्टिक सर्जनहरूले आफ्नो दक्ष्ाता प्रदर्शन गर्ने अवसर पाउनेछन् । सरकारी सञ्चारमाध्यमका अनुसार आगामी अक्टोबरमा यो प्रतियोगिता हुनेछ । त्यसमा प्लास्टिक सर्जरी गराएका महिलाहरूले मात्र भाग लिन पाउनेछन् । उनीहरूले आफ्नो सौन्दर्य प्राकृतिक नभएर मानवको शिल्पकला भएको प्रमाणित गर्नुपर्नेछ । चाइना डेली अखबारका अनुसार चीनमा बढी संख्यामा महिलाहरू प्लास्टिक सर्जरी गराउँदै छन् । त्यहाँ प्रत्येक वर्ष सौन्दर्यमा २० अर्ब युआन खर्च हुने गरेको छ । चीनमा लाखौं ब्युटिपार्लर खुलेका छन् । करिब ६० लाख मानिसले रोजगारी पाएका छन् । सौन्दर्य नै सफलताको मार्ग हो भन्ने विश्वासले गर्दा ब्युटिपार्लरमा जाने क्रम बढेको त्यस अखबारले जनाएको छ ।

0 तपाईका प्रतिक्रियाहरु: