आखिर किन आक्रामण हुन्छ राष्ट्रिय अस्मितामाथि
-Ram Prasad panta " Anjan Banbasi" दिन असोज २७ गते विहान हुनु पर्छ विहान कामहरु सकेपछि नेपालको समाचार हेर्नु पर् यो भन्दै कम्प्यूटरमा बस्छु आफ्नो डियुटी रातिमा भएकोले विहानै समाचार हेर्ने गर्दछु केहि नेपालका समाचार साईटहरु खोल्दै जान्छु प्रमुख समाचार जताततै विषय राष्ट्रिय झण्डा फेरिनु पर्छ भन्ने माओबादीको माग हेर्दा केहि जस्तो लागेन समाचारहरु पढ्दै जादा कता-कता नेताहरुलाई गालि मात्र गर्न आयो मनले मानेन ति नेताहरुसँग रिसमात्रै आयो परापूर्वककाल देखि रहँदै आएको ´झण्डा आखिर परिवर्तन चाहि किन गर्नु पर्ने भएछ पूर्खाले हामीलाई निशानी स्वरुप छोडेर गएको हाम्रो त्यही निशानी माथिको यो प्रहार मलाई असहय भयो हामी नेपालीको रौं-रौंमा रगत सरी दौडिरहेको हाम्रो यो निशानी माथि आक्रामण गरेको छ माओवादीले यो अझैँ पनि विश्वास लागिरहेको छैन । रातो र चन्द्र सूर्य अंकित झण्डा पूर्खाले दिएको यो निशानि माथि किन माओबादी आज आँखा लगाउँदै छ त किन बारम्बार राष्ट्रिय अम्मिता माथि आक्रमण गरिरहन्छ यस्तै प्रश...