Posts

Showing posts from 2014

३ महिनापछि ‘एमआरपी’ अनिवार्य

काठमाडौं, ७ फागुन- अबका ३ महिनापछि रोजगारीका लागि बिदेसिने नेपालीले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य लिनुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले जेठ १ देखि हस्तलिखित राहदानीमा अन्तिम श्रमस्वीकृति नदिने भन्दै अनिवार्य एमआरपी बनाउन सार्वजनिक सूचना जारी गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले सन् २०१५ नोभेम्बरपछि हस्तलिखित राहदानीलाई पूर्ण रूपमा निषेध गर्नेछ । त्यही व्यवस्थाका कारण विदेश जाने कामदारले हस्तलिखित राहदानी लिए १ वर्ष नबित्दै पुनः अर्काे राहदानी परिवर्तन गर्नुपर्ने हुँदा जेठदेखि नै एमआरपीलाई बाध्यकारी बनाइएको विभागले जनाएको छ । एमआरपी काठमाडौंको राहदानी विभागमा मात्र बन्छ । वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिनेमध्ये २५ प्रतिशतसँग अझै हस्तलिखित राहदानी छ । रोजगार विभाग प्रवक्ता बद्रीकुमार कार्कीले विदेशमा रहँदा राहदानी बनाउन झन् असहज हुने भएकाले हस्तलिखित राहदानीको म्याद सकिनुअघि नै एमआरपी लागू गर्न खोजिएको बताए । उनका अनुसार नेपाली दूतावासहरूले पनि छिटो एमआरपीमा मात्र श्रमस्वीकृति दिन सुझाव दिइरहेका छन् । “यहीँबाटै एमआरपी लिएपछि विदेशमा दुःख पा...

नेपालमा कहिले-कहिले भए विमान दुर्घटना ?

अठार जना मान्छे रहेको वायु सेवा निगमको विमान बेपत्ता भए लगत्तै फेरि नेपाली आकाश र जहाजको विषयमा चर्चा हुन थालेको छ ।  पटकपटक विमान दुर्घटना भैरहँदा नेपाली आकाश असुरक्षित रहेको भन्ने हल्ला पनि विश्वभर फैलिने गर्छ । त्यसो त आईकाओको उड्डयन सुरक्षा प्रतिवेदनले पनि नेपालको उड्डयन सुरक्षामा ५८ प्रतिशत कमजोरी रहेको यसअघि नै देखाइसकेको छ । भौगोलिक अवस्था, मौसम फेरबदल, विमानस्थलमा आधुनिक उपकरणको अभाव, पुराना जहाज, कुशल पाइलटको अभाव लगायतका कारणले बिमान दुर्घटना हुने गरेका छन् । नेपाली आकाशमा सन् १९५५ मा कालिंगा एयरको विमान दुर्घटना भएको थियो । सिमरा विमानस्थलमा भएको दुर्घटनामा २ जनाको ज्यान गएको थियो ।   १९५६ मा इण्डियन एयरलाईन्सको विमान काठमाडौंमा दुर्घटना हुदा १४ जनाले ज्यान गुमाउनु पर्योल । सोही एयरलाइन्सको विमान १९५८ मा टिकाभैरवमा दुर्घटना हुदा २० जनाको मृत्यु भयो । १९६० मा एन ए सी को बिमान भैरहवामा दुर्घटना हुदा ४ जनाले ज्यान गयो । १९६२ मा नेपाल एयरलाइन्सको विमान ढोरपाटनमा दुर्घटना भयो, जुन घटनामा परी १० जनाको मृत्यु भयो । त्यही कम्पनीको विमान सोही स्थानमा त्यही बर्ष दुर्...

ज्वानो प्रभावकारी ओखती

सबैका भान्छाहरूमा बेलामौकामा प्रयोग गरिने ज्वा नो, मसला मात्रै नभएर धेरै प्रकारका स्वास्थ्य समस्याहरू पर्दा औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । आयुर्वेद चिकित्सा पद्धतीमा यो ‘यवानी’ को रूपमा प्रसिद्ध छ। झट्टट्ट जिव्रोले स्वाद लिंदा नमिठो लाग्ने भएपनि ज्वानोमा अत्याधिक मात्रामा पोषणतत्वहरू पाइन्छ । यसमा अत्याधिक प्रोटिन पाइने भएकोले शाकाहारी भोजन गर्नेहरूका लागि राम्रो मानिन्छ । ज्वानोमा अन्य पोषक तत्वहरूमा प्रोटिन, आयोडिन, चिल्लो पदार्थ, कार्वोहाइड्रेट, क्याल्सियम र अन्य भिटामीन तथा खनिज पदार्थहरू पाइन्छन्। यसले मुख्यरूपमा शरीरमा पाचन प्रणालीका अंगहरूलाई मजबुत बनाउँछ । यसमा रहेका विभिन्न रसायनिक तत्वहरूले पाचन अंगहरूमा ग्रन्थीहरूमार्फत रस निकाल्न मद्दत पुयाउँछन् । यसमा वाथनासक गुण भएकोले विभिन्न स्वास्थ्य समस्याहरू कम गर्न मद्दत गर्नुका साथै शरीरमा हुने अन्य दुखाईलाई पनि कम गर्न यसको प्रयोग गरिन्छ । धेरै मानिसहरूले रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ । खकार निकाल्न यसले मद्दत गर्ने भएकोले श्वासप्रश्वास एवं रुघाको समस्याका लागि उपयोगी छ । सुत्केरी हुदा ज्वानोको झोल बनाए...

मेहबुब आलम र नेपाली क्रिकेट

Image
नेपाली माटोले सन् १९८१ अगस्त ३१ का दिन यस्तो एउटा नाम पायो जो सबैको मन मस्तिष्कमा विराजमान छ | सायद यो नाम नेपाली क्रिकेटकै सबैभन्दा लोकप्रिय,चर्चित र सम्मानित नाम हो | नाम "मेहबुब आलम" | नेपाली क्रिकेटलाई चिनाउँदाको अवसरमा मेहबुब आलमको नाम अगाडि आउने गर्छ | ICC INTERCONTINENTAL CUP,मार्च २००४  मा पहिलो श्रेणीमा Debut गरेका आलमले उत्कृष्ट प्रदर्शन गरे | आफ्नो समयमा मेहबुबले "अभाव,अभ्यासको कमी,खेलाडीलाई हेर्ने नजर" लाई चुनौति दिदै आफ्नो राष्ट्रप्रेम र ईच्छाशक्तिलाई कमजोर हुन कहिले दिएनन् | सायद यसैले पनि भन्ने गरिन्छ,मेहबुबको शरीरमा रगत होइन क्रिकेट दौडन्छ | कठिन परिस्थितिमा पनि नेपाली क्रिकेटलाई जिवितै राख्न योगदान दिने महत्वपुर्ण नाम हो मेहबुब आलम | त्यसो त क्रिकइन्फो  ले पनि लेखेको थियो,फुटबल र क्रिकेटबीचको लोकप्रियताको दुरी कम गर्न मेहबुब पुल बन्दै छन् | केही २०१२ मा जन्मिएका अग्यान क्रिकेटप्रेमीहरु आज पनि डाटा देखाएर मेहबुबलाई कमजोर आँक्न खोज्छन् | यो ठुलो भुल हो | मेहबुब आलम चोटिल हुनुभन्दा अघि २०११ सम्म नेपाली क्रिकेटको सबैभन्दा चर्चित र सफल नाम हो | भन्ने गर...

यी पाँच कारणले हार्यो नेपाल...

१२ माघ, काठमाडौ । विश्वकप खेल्ने र एकदिवसीय मान्यता प्राप्त गर्ने निकै ठूलो सपना साचेर न्युजिल्याण्ड पुगेको नेपाली टोली निकै निराश र हतास मनस्थितिमा फर्कने भएको छ । न्युजिल्याण्ड जानुअघि प्रशिक्षक पुबुदु दासानायकेले ट्वान्टी-२० विश्वकपमा छनोट हुनुलाई बोनस भनेका थिए ।   आगामी विश्वकपमा नेपालले प्रतिष्पर्धा गर्नेमा आफू ढुक्क भएको भन्दै सम्पूर्ण नेपाली जनतालाई आशाको सञ्चार गरेका उनले नेपाललाई भनेजसरी विश्वकपमा पुर्याउन भने सकेनन् । छनोट चरणका कुनै पनि खेलमा जित हासिल गर्न नसकेपछि नेपाल रित्तो हात त्यो पनि नकारात्मक नतिजाका साथ फर्किन लागेको छ । नेपालले उक्त प्रतिष्पर्धामा एक खेल पनि जित्न नसक्दा रेलिगेशनको सामना समेत गर्नुपरेको छ । अर्थात् डिभिजन २ मा विजेताका रूपमा प्रवेश गरेको नेपाल डिभिजन ३ मा झरेको छ ।   नेपाललाई विश्वकप छनोटका लागि मात्र नभएर उक्त प्रतियोगिता नै जिताउने भन्दै न्युजिल्याण्ड गएका दासानायकेले नेपाललाई कुनै उपलब्धी हासिल गराउन सकेनन् । नेपालले नवौ स्थानका लागि हुने खेलमा समेत पराजय बेहोरे नेपाल अन्तिम स्थानमा पुग्नेछ, १ नम्बरमा पुर्याउने भन्दै बाडेको आश्वा...

बाआमा मख्ख पार्ने मज्जाको उपाय

हेमराज अर्याल – छोराछोरी जन्मिँदा निकै खुशी हुने बाबुआमा छोराछोरी हुर्किएपछि उनीहरुले गर्ने व्यवहारबाट प्रायः निराश हुन्छन् । कारण हो, बुढेसकालमा छोराछोरीबाट गरिएको अपेक्षा देख्न नपाउनु । अझ छोराबाट आसभरोसा गर्ने बाबुआमा धेरै हुन्छन् । छोरालाई हुकाईबढाई र लेखपढ गराइसकेपछि उसले बुढेसकालमा आफूलाई केही गर्छ भन्ने आशाको त्यान्द्रोले बाआमा बाँच्ने भएकाले उनीहरुको यो आशा कहिल्यै निराशामा नबदलियोस् भन्ने कुरामा निकै ध्यान दिनुपर्छ । छोरोलाई पढ्न पठाएको छ, उसले कमाउँछ र मलाई केही गर्छ भन्ने आश हुन्छ उनीहरुमा । त्यही भोलिको सुनौलो दिन सम्झेर बुढाबुढीले घामपानी केही नभनी सकीनसकी काम गरिरहेकै  हुन्छन् । उनीहरुको दुःखकष्ट छोराबुहारी दुबैले बुझ्नु जरुरी छ । जान्यो भने बुढाबुढीलाई खुशी पार्न निकै सजिलो छ । बा–आमा र श्रीमतीलाई सधैं ‘ब्यालेन्स’मा राख्नुपर्छ । त्यसो भएमा घर राम्रोसँग चल्छ, होइन भने भत्किन्छ । घरमा बुहारी भित्रिएपछि सबैका बाआमालाई खुशीसँगै डर पनि पैदा हुन्छ । अझ राखनधरन र ऐंचोपैंचो सम्हालेर बस्ने आमालाई त बुहारीको खटनमा बस्नुपर्ने हो कि भन्ने पीर पर्छ । साँच्चै बुहारीको ‘अन्...

पानी किन र कति पिउने ?

डा. हेमराज कोइराला      पानी जीवनको आधार हो । धर्मशास्त्र र दर्शन देखि विज्ञानसम्मले जिवको उत्पत्ति पानीमै भएको तथ्यलाई स्विकारेका  छन् । जिवन ज्युनकालागी पानी अत्यन्त महत्वपुर्ण तत्व हो । पृथ्वीमा र हाम्रो शरीरमा पनि पानीकै बाहुल्यता छ । तर पनि यसको महत्वलाई बुझ्न नसक्दा हामीले विभिन्न समस्याहरु भोगी रहेका छौ । पानीको महत्वलाई सवैसामु छर्लङ्ग पार्ने र स्वच्छ पानीका स्रोतहरुको संरक्षण संम्वद्र्धन र दिगो विकासका लागी वकालत गर्ने अभिप्रायले १९९३ देखी संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवश हरेक वर्ष मार्च महिनाको २२ तारिकका दिन मनाईदै आईएको छ । पानि सहकारिताको अन्तराष्ट्रिय वर्षको उपनामले सम्वोधन गरेर सधैं झै यस वर्ष पनि विश्व पानी दिवश विश्वभर विभिन्न कार्यक्रमको साथ मनाईदै छ । यसै उपलक्ष्यमा पानीको चिकित्सकीय महत्वलाई बुझेर व्यवहारमा उतार्न हामी सवैको दयित्व हो ।   हाम्रो शरिर रचनामा सर्वाधिक ९६० – ७० प्रतिशत० हिस्सा ओगटेको, विभिन्न जैव–रासायनिक क्रियाहरुमा प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न रहेको हाइड्रोजन र अक्सिजनका परमाणुहरुले बनेको यौगीन नै पानी हो ...