Posts

Showing posts from 2010

दिपावली-2067 को हार्दिक शुभकामना

Image
- दीपा रेग्मी नेपालमा मनाइने दोस्रो ठुलो पर्वको रूपमा तिहारलाई लीने गरिन्छ | जसरि नवरात्री नौ दिन सम्म मनाईन्छ, त्यसै गरि तिहारलाई पांच दिन सम्म मनाउने प्रचलन छ जसलाई यम पंचक भनिन्छ | यस पर्व मा काग, गाई आदिको पुजा गरेर मानब र प्रकृति बीचको सौन्दर्यतालाइ आत्मसात गरिन्छ | यहि तिहार पर्वको मूल मर्म हो | दिपावलीको रमझम सबैतिर छाएको हुन्छ | सबैको मनमा आनन्दको बर्षा हुन्छ | देउसी भैलो गाएर मनोरंजन गरिन्छ | लक्ष्मी पुजा गरेर वर्षा भरि आर्थिक आभाव नहोस भनि माताजी संग प्रार्थना गरिन्छ | खुसि खुसि बाच्न सकौं भनेर मनाइने यस पर्वले हामीलाई “तमसो मा ज्योतिर्गमय” को आवास दिन्छ | जीवनका अज्ञान रूपी अन्धकारलाई हटाएर प्रकाशको दिब्य आलोकमा प्रवेश गर्न सकौं भन्ने संदेश यस पर्बले दिएको हुन्छ | अभाव ग्रस्त जीवनलै परिपूर्ण बनाएर आत्म ज्योतिको दिब्य प्रकाशको अनुभूति गर्न सकौं भन्ने संदेश दिपावलीले दिएको छ भन्दा फरक नपर्ला | प्रकृति भोग्य होइनन यी त सहगामिनी हुन् भन्ने कुरा यो पर्व बाट थाहा हुन्छ | किनकि सर्बत्र चेतान्सील मानव ले काग, कुकुर, गाइ, आदिको पुजा गर्नुलाई नै हाम्रो धर्म प्रकृति प्रेमी हो भन्न सकि...

राज्यद्वारा साढे २ वर्षमा ५७ जनाको हत्या : ओएचसिएचआर

संयुक्त राष्ट्रसङ्‍घीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपालले सन् २००८ जनवरीदेख २०१० जुनसम्म ५७ जनाको मृत्यु हुने गरी ३९ घटना भएका जनाएको छ। ती सबै घटनामा सुरक्षाफौजद्वारा गैरकानुनीरूपमा घातक बल प्रयोग गरिएका विश्वसनीय आरोप भएको पनि उसको दाबी छ।तराईमा भएका गैरन्यायिक हत्याका आरोपहरूको अनुसन्धान शीर्षक दिइएको सरोकारहरूका सारसङ्क्षेपमा उक्त जानकारी उल्लेख छ।सन् २००६ मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेयता सार्वजनिक सुरक्षा कायम गर्ने कुरा सरकारका लागि सबैभन्दा ठूला चुनौतीमध्ये एक रहेको कुरालाई उच्चायुक्तको कार्यालय स्वीकार गर्छ भन्दै उक्त सारसङ्क्षेपमा उच्चायुक्तको कार्यालय आपराधिक गतिविधिविरुद्ध लड्ने, सार्वजनिक सुरक्षा बढाउने तथा कानुनको सम्मान अभिवृद्धि गर्ने सरकारका प्रयासहरूको समर्थन गर्छ भनिएको छ। तर यी पहलहरू अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्ड र नेपालको अन्तरिम संविधानअनुरूप हुनुपर्ने कुरामा जोड दिने पनि उसले बताएको छ। विशेष सुरक्षा कारबाहीको मानवअधिकारमाथि पर्ने प्रभावहरूलाई सम्बोधन गर्ने तथा राज्यका पात्रहरूद्वारा गरिएका गलत कार्य भएका आरोपहरूबारे अनुसन्धान गर्न प्...

प्रवास आउने रहरसँगै जोखिमवाट बाँचौ र वचाउ

- राजन रिमाल कुवैत हवाली हाम्रो नेपाली समाजमा केहि बर्ष पहिला पुरुषहरु मात्र देश छोडि रोजि रोटिका लागी विदेश जाने गर्दथे तर आजको परिवेश त्यस्तो छैन महिला पनि पुरुष सरह कमाउन र आत्म निर्भर रहन सक्छन भन्ने कुरा समाजमा प्रष्ट देखिएको छ । आजकल नेपालका कतिपय जिल्ला र गाँऊमा महिलाहरु विदेशिने लहरै चलेको छ भन्दा फरक नपर्ला । साँच्चै भन्न पर्दा सबै नेपालीको यो नै मुख्य रोजगारिको आधार बनेको छ । खासगरी नेपाली महिलाहरु बिदेशिनुको कारण हाम्रा नाङगा आँखाले हेर्दा गरिबी मात्रै देखे पनि लुकेका कारणहरु अरु धेरै छन जस्तै ः देशको बिग्रदो आर्थिक राजनैतिक अबस्था अशिक्षा बेरोजगारी समबन्ध बिच्छेद स्वतन्त्र जिउने चाहाना समाजको भड्किलो देखाशेखी चेतनाको कमी लैङगिक बिभेद र अन्य छन भने कुवेतको हकमा दलालहरुको चंगुलमा फस्नु वा विना पैसा घर बाट भागेर पनि कुवेत आउन मिल्ने अबस्था हो भन्न सकिन्छ । खासगरी खाडीमा कुवेत बहराईन ओमन साउदी अरब कतार र लेबनान जस्ता मुलुकमाहरुमा नेपाली महिलाहरुले धन कमाउने आशमा कष्टकर जिवन बिताई रहेका छन । यी मुलुक मध्ये केहि मुलुकहरुलाई महिलाका लागी असुरक्षित गन्तब्य भनेर सरकारले बन्द गरे पन...

दिनदहाडै नेपाली भुमि भारतद्वारा अतिक्रमण

- केशवराज जोशी काचनपुरको दक्षिणीक्षेत्र रौतेलीविचुवा गाविस-९ झिलमिलामा रहेको दशौं बिगाह नेपाली भुमिमा भारतीय पक्षले दिनहु अतिक्रमण गरी खेती लगाइ रहेको छ ।झिलमिलामा पर्ने सीमा स्तम्भ नम्बर २८ र २९ को बिचमा पर्ने नेपाली भुमि भारतले ट्रयाक्टर लगाएर जोत्न थालेको छ । भने झण्डै १४÷१५ विघा हालसालै जोतेर उखु खेती गरेको देखिएको छ ।भारतीय पक्षले दुई सीमा स्तम्भ भन्दा दुई सय मिटर वर नेपाली भुमिसम्म अतिक्रमण गरी खेती लगाइसकेका छन् ।झिलमिलाका स्थानियवासी माने रोकायाले दिएको जानकारी अनुसार विगत भन्दा यो समयमा भारतले नेपाली भुमि दिनहु अतिक्रमण थालेको छ । विषेश गरेर सोक्षेत्रमा भारतले बर्षातमा बढी अतिक्रमण गर्ने गरेको स्थानियहरुको भनाई छ । त्यस्तै सीमा स्तम्भ नम्बर २८ र २९ को बिचमा पर्ने साविक पिल्लर पनि भारतले सार्ने योजना अनरुप साविक सीमा छेउछाउमा माटो निकाल्न सुरु गरेको छ । आइतबार अतिक्रमित झिलमिला क्षेत्रको सीमानामा पुग्दा एक भारतीय नम्बर प्लेटको ट्रयाक्टर दिउसै नेपाली भुमि जोतिरहेको थियो । नेपाली भुमि किन यसरी जोतिरहेको भनि ट्रयाक्र चालकलाई गरिएको प्रश्नमा चालकले माथिबाट जोत््न लगाएको प्रतिक...

साँचो मायाले संसार जित्छ - कोपिला अधिकारी

आहा क्या रमाइलो - कहिल्यै बिर्सन नसक्ने कुराहरु भएको त्यो दिन। त्यो दिन मेरो स्मरणमा सधैं आइरहन्छ। १४ फेब्रुअरी, जुन दिनलाई अन्तर्राष्ट्रिय स्तरमा मायालु जोडीहरुले एक अर्कामा र्समर्पण हुने आशा र विश्वासमा मनका कुरा व्यक्त गर्दछन्। पश्चिमी संस्कृति भए पनि यो दिनलाई पछिल्ला वर्षरुमा नेपालीहरुले पनि विशेष महत्त्व दिन थालेका छन्। पत्रपत्रिका, रेडियो, टेलिभिजनहरुले पनि यस दिनकै लागि भनी विशेष मसलेदार खुराकहरु पस्किने गरेका छन्। कुरा त्यो दिनको हो- २०६३ साल फागुन २ गते, १४ फेब्रुअरी भ्यालेन्टाइन डे। सो दिनलाई प्रेम दिवसको रुपमा मनाइने गरिन्छ। २०६३ को भ्यालेन्टाइन डे धेरै कुराहरुले फरक छ मेरा लागि। सम्भवतः त्यो दिनमा मैले थाहा पाएदेखि अहिलेसम्मकै बढी हिमपात भएको थियो काठमाडौंमा। हाई, हेलोका थुप्रै साथीहरुसँग कलेजमा भेट भयो। मेरा आँखाहरुले मेरा मिल्ने साथीहरुलाई खोजी रहेको थियो। केही समयपछि राजले मलाई फोन गर्यो। त्यस लगत्तै ऋषिलाई भेटें। हामी तीन जना भएर प्रतिमा र प्रमिसालाई खोज्दै गयौं। त्यो दिन कक्षाकोठा पनि सुनसान थियो। सबै जना क्यान्टिन र भृकुटीमण्डपको पार्कमा रमिरहेक...

प्रचण्ड धुलिखेलमा

काठमाडौं, एकीकृत माओवादी अध्यक्ष प्रचण्ड दुई दिनपछि सुरु हुने केन्द्रीय समितिको बैठकमा पेस गर्ने राजनीतिक तथा सांगठनिक प्रतिवेदन तयार पार्न बुधबार धुलिखेल पुगेका छन् । बिहान १० बजेतिर धुलिखेल पुगेका प्रचण्ड त्यहाँको द्वारिका होटलमा बसेका छन् । उनी बिहीबार काठमाडौं र्फकने कार्यक्रम छ । 'पार्टीको आन्तरिक कामका लागि आउनुभएको हो, केन्द्रीय समितिको बैठकको तयारी पनि हुन्छ,' प्रचण्डका स्वकीयसचिव समीर दाहालले नयाँ पत्रिकासँग भने । प्रचण्डका साथमा पार्टीका पोलिटब्युरो सदस्य एवं ताम्सालिङ राज्यसमितिका इन्चार्ज अग्नि सापकोटा पनि छन् । राजनीतिक संकटमोचनको उपाय खोजी र भावी योजना निर्माण गर्न माओवादीले ७ जेठमा केन्द्रीय समितिको बैठक बोलाएको छ । दलहरूबीच राजनीतिक सहमति नबन्दा संविधानसभाको म्याद थप्ने विषयमा अन्योल भैरहेका वेला प्रमुख प्रतिपक्षी दलको बैठकलाई महत्त्वका साथ हेरिएको छ । प्रचण्डले गतसाता सम्पन्न पोलिटब्युरो बैठकले लिएका निर्णय, त्यसपछि विकसित राजनीतिक घटनाक्रमका साथै दलहरूबीच भैरहेको वार्ताको प्रगतिबारे प्रस्तुतिकरण गर्नेछन् । 'तेस्रो जनआन्दोलन' समीक्षा र पार्टीले लिनुपर्न...