Posts

Showing posts from 2011
Image
     नेपाल दोस्रो स्थानमा माल्दिभ्सले भारतको नयाँ दिल्लीमा सञ्चालन भइरहेको साफ च्याम्पियनसिपको समूह ‘बी’ मा मंगलबार पहिलो स्थान हात पारेको छ । माल्दिभ्सले जवाहरलाल नेहरु स्टेडियममा भएको आफ्नो अन्तिम लिग खेलमा बंगलादेशलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थान हात पारेको छ । नेपाल भने दोस्रो स्थानमा रह्यो । Read More ........... नेपाल बाहिरिने अवस्थामा काठमाडौं, मंसिर २०- एसिसी ट्वान्टी-२० कपमा मंगलबार कुवेतसँग पाएको १ रनको सनसनी विजयको खुशी नेपालले ३ घन्टा भन्दा बढी मनाउन सकेन्।  Read More ................     विवाह बाहिरको सम्बन्धको थप नतिजा   लौन मेरो श्रीमानलाई के भयो-भयो । बान्ता भ'कोभा'कै छ, के खानु भो-भो, होस् नै छैन । जीउ पूरै छारे रोगमा झैं कामेको कामेइ छ । लौन छिटो हेरिदिनु न । छिटो...लौन छिटो... ।' करिब २ वर्ष जतिको बच्चा बोकेकी दिदी राति १० बजेतिर आत्तिँदै आकस्मिक कक्षभित्र छिरिन् । म जुरुक्क उठेँ र बाहिर ट्याक्सीमा रहेका उनका श्रीमानलाई भित्र ल्याउन दौडिएँ । समय खेर नफालिकन हामी दुई नर्स र एक डक्टर उनक...

साहित्य

Image
मैले देखेको सपना   विगत पाँच वर्षदेखि म त्यो केटीको खोजीमा थिएँ। मेरी पूर्व प्रेमिका…..। नढाँटी भन्छु, म त्यसको हत्या गर्न चाहन्थेँ। मेरो जीवन त्यस्तो विलखबन्द यात्रा थियो जसको वरिपरि केवल भीर थियो र प्रतिगमनको म जन्मजात शत्रु थिएँ। म बारम्बार एउटै कुराले उत्पीडित थिएँ र त्यो मेरो जन्मसँगै अभिन्नरूपमा टाँसिएर आएको जातीय पीडा थियो। गरिवी त त्यसको अभिन्न अंग छँदै थियो। त्यसले मानौ व्यक्तित्व नै धारण गरेर मसाग दुश्मनी गरिरहेको थियो। प्रेममा, विश्वासमा, यात्रामा, मनोविज्ञानमा र जीवनका हरेक पाइलामा चुनौती दिइरहेको थियो र मलाई पराजित पनि गरिरहेको थियो। मेरा साथीहरू त प्रशस्त हुन्थे तर तिनको भीडमा म नितान्त एक्लो हुन्थेँ। त्यसैको फाइदा उठाएर त्यो डिप्रेसनकै पञ्जा फिँजाएर मेरो घाँटी निमोठिरहेको हुन्थ्यो। मलाई दिमागभित्रबाट बारम्बार कसैले आत्मघातका लागि उक्साइरहेझैँ लाग्थ्यो। त्यो मेरो कानमा एकोहोरो घन्टी बजाइरहेको हुन्थ्यो, मानौ म आफैँसँग भनिरहेको हुन्थेँ, मेरो जीवन हारेको जीवन हो। त्यसपछि मेरो किलकिले थिच्दै त्यो भन्थ्यो, तँ मेरो युद्धबन्दी होस्, यस कारण म तँलाई मनला...

खेल जित्नु छ भने गोल गर्नुपर्छ - रोबर्ट्स

Image
प्राविधिक रूपमा नेपाली खेलाडी दक्षिण एसियामै अब्बल मानिन्छन् । 'राम्रो खेल्छन्, तर जित्न जान्दैनन्,' राष्ट्रिय टिमबारे धेरैले भन्ने गरेका छन् । त्यसको पुस्ट्याइँ तथ्यांकले गर्छ । चौध वर्षअघि काठमाडौंबाट सुरु भएको साफ च्याम्पियनसिप नेपालले जित्न सकेको छैन । अहिलेसम्म फाइनलको स्वाद चाख्न पाएको छैन । सम्भव सात संस्करणमध्ये एकपल्ट -सन् १९९९) मात्र नेपाल अन्तिम चारमा पुगेको थियो । बाँकी सबै संस्करणमा उसको चुनौती समूह चरणमै टुंगियो । त्यसैले साफ च्याम्पियनसिपमा नेपाल कहिल्यै भाग्यमानी रहेन । यस्तोमा साफ च्याम्पियनसिपको सातौं संस्करण नयाँदिल्लीमा शुक्रबारबाट सुरु हुँदैछ । त्यसमा नेपाली राष्ट्रिय टिम उपाधि चुम्दै पुरानो -अभागी) छवि सुधार्ने अभियानमा छ । 'यो टिम जित्नैपर्ने दबाबमा छ,' बेलायती प्रशिक्षक ग्राहम रोबर्ट्सले भने, 'सबैले सफलता अपेक्षा गरेका छन् । खेलाडीले जित्नैपर्ने चर्को दबाब महसुस गरिरहेका छन् । यस्तो दबाबले खेलाडीलाई जिम्मेवार बनाउँछ र र त्यसले प्रदर्शनमा सकारात्मक प्रभाव पार्नेछ ।' राष्ट्रिय टिमका खेलाडी गत वर्ष माघदेखि चैतसम्म एएफसी च्या...

विवाह बाहिरको सम्बन्धको थप नतिजा

'लौन मेरो श्रीमानलाई के भयो-भयो । बान्ता भ'कोभा'कै छ, के खानु भो-भो, होस् नै छैन । जीउ पूरै छारे रोगमा झैं कामेको कामेइ छ । लौन छिटो हेरिदिनु न । छिटो...लौन छिटो... ।' करिब २ वर्ष जतिको बच्चा बोकेकी दिदी राति १० बजेतिर आत्तिँदै आकस्मिक कक्षभित्र छिरिन् । म जुरुक्क उठेँ र बाहिर ट्याक्सीमा रहेका उनका श्रीमानलाई भित्र ल्याउन दौडिएँ । समय खेर नफालिकन हामी दुई नर्स र एक डक्टर उनको उपचारका निम्ति जुट्यौं । 'दाइले के खानुभएको हो ? कसले देख्यो ?' एकजना भाइले ठूलो स्वरमा बोले, 'दाइले विष खानुभएको ।' 'तुरुन्तै त्यो बट्टा लिएर आउनुस् ।' ती भाइलाई घरतिर पठायौं र नाकबाट पाइप छिराएर पेट सफा गर्ने कोसिस गर्न थाल्यौं । उनको शरीर झट्का हानेझैं भएर कामिरहेको थियो । आँखा मास्तिर फर्किरहेका थिए, जसलाई कम गर्न नसाबाट औषधी दिइयो, तर काम गरेन । छातीमा लिड तार राखेर मुटुको चाल र काम हेर्ने इसिजी मोनिटर जोड्यौं र अक्सिजन सुरु गर्‍यौं । शरीरमा ९० प्रतिशतभन्दा माथि अक्सिजनको मात्रा हुनुपर्नेमा निकै तल झरेको मेसिनले देखायो । 'डक्टर, अक्सिजन ४६ प्रति...

भक्तपुरमा बर्डफ्लु देखियो

भक्तपुर, मंसिर १३ - मध्यपुर ठिमी नगरपालिका–१६ लोकन्थली मनहरा खोला किनारमा चन्द्र बहादुर तामाङको फार्ममा रहेको कुखुरामा बर्डफ्लु देखिएको छ । केन्द्रीय पशु रोग अन्वेषण महाशखा त्रिपुरेश्वरले त्यहाँ बर्डफ्लु भेटिएको पुष्टी गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले बर्डफ्लु देखिएको क्षेत्र नियन्त्रणमा लिएर रोग काम थाल्न गरेको निर्णय अनुसार पशु विभागका दक्ष जनशक्ति रोगप्रभावित क्षेत्रमा मंगलबार बिहानदेखि खटिएको छ । कात्तिक २३ र २४ गते तामाङको फार्ममा ३५ वटा कुखुरा मरेपछि उनले पशु सेवा कार्यालयमा सम्पर्क राखेका थिए । रोग अन्वेषण महाशाखाले शंका लागेर परीक्षणका लागि भेटनरी प्रयोगशाला बेलायत पठाएको थियो । त्यहाँबाट बर्डफ्लुका कारण कुखुरा मरेको पुष्टी भएर आएको छ । रोग प्रभावित क्षेत्रमा ५ सय बढी कुखुरा र हाँसलाई मारिएको छ ।

राजधानीमा २४ सै घन्टा दुईतले मेट्रोबस चलाइने

काठमाडौ, मंसिर २ - महानगरपालिकाले २४ सै घन्टा चलाउने गरी मेट्रो बस ल्याउने तयारी गरेको छ । एकै पटक धेरै यात्रु ओसार्ने उद्देश्यले सञ्चालन गरिएको मेट्रो बस दुईतले हुने छ ।  यसका लागि महानगरपालिकाले इच्छुकलाई इच्छापत्र बुझाउन आह्वान समेत गरिसकेको छ । कात्तिक १ गते गरिएको आह्वानपछि जय जनता नामको कम्पनीले इच्छा देखाएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । 'धेरै यात्रु एकै पटक बोक्न सकियोस् भनेर दुईतले बस सञ्चालनका लागि हामीले काम सुरु गरेका छौं,' उनले भने, 'सुरुमा कम्तीमा १० बस ल्याउन लगाउने योजना छ ।' जय जनताको प्रस्ताव राम्रो लागे बस सञ्चालन गर्न पाउने उनले बताए । 'योग्य नभए पुनः आह्वान गर्छौं,' उनले भने, 'त्यसबाट एउटा कम्पनी छनोट गर्छौं ।' छनोट भएको कम्पनीले आफ्नै लगानीमा बस ल्याउनुपर्छ । यसबाट हुने आम्दानी पनि त्यही कम्पनीले पाउने छ । 'राजधानीमा साना साधन भएका र सवारी चाप बढी देखिएकाले यस्तो गर्न लागेका हौं,' उनले भने, 'महानगरपालिकाले बस सञ्चालन गर्ने कम्पनीलाई रुट उपलब्ध गराउने, वाषिर्क करमा छुट दिन...

नेपाल दोस्रो स्थानमा

Image
        माल्दिभ्सले भारतको नयाँ दिल्लीमा सञ्चालन भइरहेको साफ च्याम्पियनसिपको समूह ‘बी’ मा मंगलबार पहिलो स्थान हात पारेको छ । माल्दिभ्सले जवाहरलाल नेहरु स्टेडियममा भएको आफ्नो अन्तिम लिग खेलमा बंगलादेशलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थान हात पारेको छ । नेपाल भने दोस्रो स्थानमा रह्यो ।                   नेपालले यसअघिको खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो । माल्दिभ्स र नेपाल दुवैको तीनरतीन खेलबाट समान पाँचरपाँच अंक रहेपनि गोल अन्तरले शीर्ष स्थानको निर्णय गरेको हो । माल्दिभ्सले लिग चरणमा चार गोल गरेर दुई गोल खाएको थियो । नेपालले भने तीन गोल गरेर दुई गोल खाएको थियो ।यससँगै प्रतियोगिताबाट पाकिस्तान र बंगलादेशको चुनौती समाप्त भएको थियो । पाकिस्तानको तीन र बंगलादेशको एक अंक रह्यो । नेपाल भने भारतको गोवामा सन् १९९९ मा भएको दोस्रो साफ च्याम्पियनसिपयता दोस्रो पल्ट अन्तिम चारमा पुगेको हो । यसपल्टको सेमिफाइनल समीकरण टुंगो लाग्न अझै बाँकी छ । Photo - Goal Nepal .com            शुक्रबार ...

नेपाल बाहिरिने अवस्थामा

Image
काठमाडौं, मंसिर २०- एसिसी ट्वान्टी-२० कपमा मंगलबार कुवेतसँग पाएको १ रनको सनसनी विजयको खुशी नेपालले ३ घन्टा भन्दा बढी मनाउन सकेन्। हङकङले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा साविक उपविजेता युएईमाथि ४ विकेटको अप्रत्यासित विजय हात पारेपछि नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ।  सुवास खकुरेलले ३२ बलमा ८ चौकासहित ४० रन बनाउदा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २६ रन बनाएको थियो। म्यान अफ द म्याच पृथु बाँस्कोटाले अन्तिम ओभरमा ३ विकेट लिएपछि नेपालले कुवेतको इनिङलाई १९.५ ओभरमा १ सय २५ रनमा सिमित भयो। २००९ मा युएईमा भएको पछिल्लो संस्करणमा विनोद भण्डारीले अन्तिम बलमा छक्का गरी स्कोर बराबरी गरी नेपाललाई कुवेतमाथी बल आउटमा जिताएका थिए।

कोपिला, फूल र प्रेमको भाषा एकै हुन्छ

                अलकत्रे सडक। जहाँ रुखका लामा लामा छायाहरु बिलाएको थियो। हेर्दा लाग्थ्यो यो सडक कुनै बलिष्ठ पुरुषको नाङ्गो छाती हो। ऊ त्यही सडक छेउमा उभिएकी थिई र सोचको गहिरो दहमा डुबेकी थिई। उसले आफू गइरहेको दिशासमेत पत्तो पाएकी थिइन। ठ्याक्कै जानै पर्ने ठाउँ पनि थिएन। भेट्नु पर्ने कोही विशेष मान्छे थिएन। र निरुद्देश्य एकनास हिँडिरहेकी थिई। उसले सोची- ‘साथहरु केही क्षणका लागि रहेछन्। अब जीवनमा मैले एक्लै एक्लै हिंड्नु पर्छ। बाँच्नु पर्ने जीवन लामो छ। काम गरेर थाक्नु पर्ने दिन र आराम गर्नुपर्ने रातहरु धेरै छन्।’ उसले कसिलो ठानेको प्रेमको डोरी भरखरै छिनेकJ थियो। यो विछोडको पीडाले एक्लै रहँदा ऊ आफूमा शून्य महसुस गर्थी। शहरको कोलाहलले उसलाई अलिकति पनि छोइरहेकJ थिएन। आफ्नै मनमा ठूलो कोलाहल मच्चाएर हिंडेकी थिई। नाप्ने हो भने मनभित्रको कोलाहलको डेसिबल सबैभन्दा बढी पुग्छ भन्ने उसको अनुमान थियो। साँझ परिसकेको थिएन। दिनभर तातेको घाम विस्तारै पहेँलिँदै र रातो बन्दै गएको थियो। उसले पश्चिम भासिन लागेको फुङ्ग बाद...

The Great Hindus Festival Dashain: In Nepal and Abroad

 -By Dirgha Raj Prasai   Dashain (Vijaya Dashami) is a traditional cultural festivity. Dashain is the longest and the most auspicious festival in the Nepalese society and all Hindus in the world.. The fifteen days of celebration occurs during the bright lunar fortnight ending on the day of the full moon (Kojagrat Purnima). In this year 2011, it starts from Ghatastamna-Sep-28. The main Dashain is Bijaya Dashami- 6th Oct. 2011.Before Prithvi Narayan Shah (1868), the festival of Dashain and Tihar had been revered as a common culture of all castes. After Prithvi Narayan Shah, created a modern Nepal a new tradition was set by bringing Phulpati and Jamara to Kathmandu from the Gorakhkali Temple by a Magar priest. People from both the religion of Hindu and Buddha take Tika from senior family members in order of precedence after worshipping the main gate on the occasion of Vijaya Dashami. Before the unification of India by East India Company, India was not called Hindustan. But...

यौन चाहना पूरा गर्न 'सेक्स टोय'

रत्नपार्कमा कन्डम बेच्ने काम गर्ने दि कन्डम हाउसका मणि सापकोटा 'सेक्स टोय' असुरक्षित यौन व्यवहारबाट उत्पन्न हुने एचआइभी र अन्य यौनरोगको खतरा कम गर्न निकै उपयोगी साधन भएको बताउँछन्  रोबोटसँग प्रेम र यौनसम्पर्क' पुस्तकमा डेभिड लेभी लेख्छन्, 'सन् २०५० सम्ममा रोबोटले मानिसलाई यौनसन्तुष्टि मात्रै नभई प्रेमी-प्रेमिकाको जस्तो साथ पनि दिनेछ ।' यौनप्रति अनुदार परम्परा भएको नेपालमा 'कन्डम हाउस'को तीव्रतर फैलिएको लोकपि्रयता र युवायुवतीमाझ 'सेक्स टोय'को बढ्दो मागले डेभिडले भनेजस्तो 'रोबो सेक्स'को संसारमा पाइला डोर्‍याउन चाहने युवा जमात नेपालमा पनि तयार भइरहेको देखाउँछ ।  अमेरिका र भारतजस्ता केही राज्यमा 'सेक्स सप' खोल्न र कृत्रिम यौनसाधनको किनबेच गर्न बन्देज गरिएको छ । अनुमति दिइएका राज्यमा पनि सांस्कृतिक, धार्मिक र सामाजिक मूल्य-मान्यताको आधारमा विरोध हुने गरेको छ । तर, नेपालमा कृत्रिम यौनसाधनको बिक्री-वितरण सहज बन्दै छ । यौनसाधनको बिक्री-वितरण खुला भएका देशमा पनि यसको दुरुपयोग ठूला चुनौती बन्दै छन् । बेलायतको उदाहरण लिऊँ, बालब...

मलाई प्रेमको दुस्मन नमान्नुहोला- युवा ज्योतिष अधिकारी

Image
                 गत वर्ष माधवकुमार नेपालले प्रधानमन्त्रीबाट अचानक राजीनामा दिए। उनको राजीनामा अप्रत्याशित थियो, तर युवा ज्योतिष हरिहर अधिकारीले  माधवकुमार नेपाल प्रधानमन्त्री भएकै भोलिपल्ट उनको राजीनामा फलनो समयमा हुन्छ भनेर दिन तोकेका थिए। यो एउटै भविष्यवाणीले यी फुच्चे ज्यो तिषको चर्चा हुन थालेको थियो। विश्वकप क्रिकेट भारतले जित्छ भन्ने अधिकारीको भविष्यवाणी पनि सही सावित भएपछि भने २२ वर्षकै उमेरमा उनी  व्यस्त हुन थालेका छन्। पछिल्लो समयमा उनकै सल्लाहमा नायक राजेश हमालले आफ्नो विवाह दुई वर्ष सारेको बताइादैछ। ५० वर्ष पुग्न लागेका  हमाललाई पहिलोपल्ट विवाहयोग्य  कुनै युवती मन परेकी थिइन्, तर अधिकारीले यो विवाहलाई पनि थप दुई वर्ष पर सारिदिए। विदेशमा पढेका, संसार  बुझेका एवं बल्ल-बल्ल विवाह गर्न लागेका नायक हमालले एउटा फुच्चेले भनेकै भरमा विवाह सार्नु सबैका लागि अचम्मको कुरा हो। आखिर युवा ज्यो तिष अधिकारीसँग कुन त्यस्तो सूत्र छ, जसका पछि राजेश हमाल जस्तो कलाकार पनि लागेका छ...

बेसी साहिँलीका छोराहरु - अकेला

              आफ्नो नामको पछाडि टाईटल झुण्डयाउने चलनले बेसी-साहिँलीलाइ पनि छाडेन । बाबुआमा मामाले राखिदिएको नाम प्रेमकुमारी भए पनि अर्जेल बाजेको साहिँलो छोरोसंग लगन गाँठो गाँस्सिएपछि तिनी गाउँमा साहिँली भनेर चिनिनथाली । तर साहिँलीको अगाडि ुबेसीु कसरी झुण्डियो त भन्दाखेरी छुट्टै उपकथा नै रहेछ ।                   बिहे भएको चार पाँच बर्षसम्म पनि काखमा नाति नपरॆपछि अर्जेल बुढोले झण्डै अर्की केटीको चाँजो गरिसकेको थियो तर गाम्का अरु बुढाहरुले पहिले केही समय बिचार गर्न भनेपछि उनी रोकिए र जान्नेहरुलाइ देखाए । तर कसैले पनि यस्सै हो भन्न नसकेपछि बुढोको हड्डी गल्यो । अर्थात बुढोलाइ खपिखानु भएन । उसले साहिँलाको लोग्नेस्वास्नीलाइ तल बेसीमा गएर बस्ने र काखाँ नाति ल्याएर नराखि दिएसम्म खेतिपाति गरेर उतै बस्नू भने । त्यसपछि तिनका बुढाबुढीलाइ बेसीबाट माथि उक्लन निषेध जस्तै भयो । आजकल जस्तो बडाको कुरो काट्ने चलन त्यतिवेला थिएन काईँकुईँ नगरी ती बेसी झरे । काँचो उमेरले गर्दा सुरुमा ...

माटोको साथ पाएर नेपालको उत्कृष्ट प्रदर्शन

Image
९ गोल खाने नेपाली टोलीको पक्षमा दर्शकहरुले बिहीबार दशरथ रंगशालामा अन्तिम समयसम्म पनि उत्साहजनक हुटिङ गरिरहे। नेपाली टोली के कम। आफ्ना दर्शक, आफ्नो भूमि ! जोर्डनलाई पेलेको पेल्यै गर्‍यो। पहिलो हाफसम्मको खेल पूरै नेपालको पक्षमा रह्यो; भलै नेपाली खेलाडीले गोल भने गर्न सकिरहेका थिएनन्। ४५ मिनेटसम्म खेल हेर्दा यस्तो लाग्थ्यो- यो जाबो जोर्डनी टोलीसँग नेपालले कसरी ९ गोल खायो होला ?सायद नेपाली टोली नेपाली आफ्नो माटोमा बढी शक्तिशाली अनुभव गर्छ। त्यही भएर अम्मानको रंगशालामा ९ गोल खाएको हो कि ! खेलको समाप्तिपछि नेपाली टोलीका कप्तान सागर थापाले त्यस्तै अभिव्यक्ति दिए। सञ्चारकर्मीलाई भने- ‘हामीले मात्र देशको माटो चिन्ने होइन यहाँको माटोले पनि हामीलाई चिन्छ। यहाँ दर्शकको समर्थन हाम्रा लागि अपार छ। यहाँ खेल्दा हामीलाई थकाइको अनुभव नै हुँदैन।’ ९ गोल खाएर फर्किएको टोलीलाई साथ दिने दर्शकहरुप्रति कप्तान थापा सद्भाव उत्साहजनक छ। ‘हामी हाम्रा सवै समर्थकलाई सलाम गर्न चाहन्छौ। हामी यहाँ सधै उहाँहरुकै उत्साह र प्रेरणामा उहाँहरुकै लागि खेल्छौ।’ हुन पनि नेपाली दर्शकहरुको अपार समर्थनमा मैदानमा उत्रि...

कुमारी आमाबाट जन्मेका सन्तानलाई नागरिकता - सर्वोच्च अदालत

जेठ ५,                   कुमारी आमाबाट जन्मेका सन्तानले वंशजकै आधारमा नागरिकता पाउने गरी सर्वोच्च अदालतले गरेको फैसलाको जिल्लास्थित महिला मानव अधिकार रक्षकहरुले स्वागत गरेका छन् । महिला मानव अधिकार रक्षकहरुको सञ्जालका अध्यक्ष लक्ष्मी आचार्य, महिला पैरवी मञ्चका अध्यक्ष कृष्णा राना, विधवा महिला सरोकार केन्द्रका अध्यक्ष हुमा डि.सी. लगायतका महिला अधिकार सम्बद्ध संघसंस्थाहरुले शुक्रवार विज्ञप्ति निकालेर सर्वोच्चको सो फैसलाको स्वागत गरेका हुन् । 'पचहत्तरै जिल्लाका सिडिओ कार्यालयमा आमाको नामबाट नागरिकता लिन चाहनेलाई बाबुको सोधखोज नगरी नागरिकता दिन परिपत्र गर्नु । बाबु खोज्ने प्रचलन कुरीति हो, यो उन्मूलन गर्न चेतनामूलक शैक्षिक अभियान थाल्नू' सर्वोच्चको फैसला उद्दृत गर्दै विज्ञप्तिमा भनिएको छ,  ' आमाको नामबाट नागरिकता लिनलाई सहज वनाउने सर्वोच्चको सो फैसला अत्यन्त सकारात्मक छ । सर्वोच्चको सो फैसलाको हामी स्वागत गर्दछौं' प्रकाशित विज्ञप्तिमा भनिएको छ, 'सो फैसलामा तदारुकता देखाई तत्काल कार्यान्वयनम...

गृहमन्त्री महराले दिनु भएको सन्देश

काठमाडौं, ६ जेठ उपप्रधान एवम् गृहमन्त्री कृष्णबहादुर महराले अपराधिक गतिविधि नियन्त्रणका लागि सुरक्षा निकाय र जनताको सम्बन्धलाई सुदढ् गर्नुपर्ने प्रस्ताव अगाडि सार्नुभएको छ । उहाँले जनतासँगको सम्बन्ध सुदृढ गर्नका लागि मातहतका अधिकारीहरुलाई निर्देशनसमेत दिईसक्नुभएको छ । शुक्रबार िसंहदबारस्थित गृहमन्त्रालयमा मन्त्रालयमातहतका उच्चअधिकारीहरुको माझमा गृहमन्त्रालय साचालनसम्बन्धी आफ्नो रोडम्याप प्रस्तुत गर्नुहुँदै गृहमन्त्री महराले जनताको सुरक्षाका लागि कुनै पनि कसुर बाँकी नराख्न निर्देशन दिनुभएको हो । काठमाडौं उपत्यकामा रहेका मन्त्रालयत मातहतका सहसचिव र तीन सुरक्षा निकाय नेपाल प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका डिडाईजीसम्मका उच्च अधिकारीहरुको माझमा मन्त्री महराले आफ्नो रोडम्याप प्रस्तुत गर्नुभएको हो । गृहमन्त्री महराले ुसवल राष्ट्रिय एकताको लागि सुदृढ जनसम्बन्ध र प्रभावकारी जनसुरक्षाु नारा लिनुभएको छ । शुक्रबार नै गृहमन्त्रालयमा केही साचारकर्मीहरुको सहभागीतामा गृहमन्त्रीले मन्त्रालयका उच्चअधिकारी र सुरक्षा निकायका उच्चअधिकारीहरुमाझ प्रस्तुत गर्नुभएको आफ्नो रोडम्याप सार्वजन...

किन थप्ने संविधानसभाको आयु? –देवप्रकाश त्रिपाठी

             दुईवर्षे कार्यकाल तोकेर गठन गरिएको संविधानसभाले निर्धारित समयभित्र संविधान निर्माण नगरी वर्षैपिच्छे म्याद थप गर्दै समयावधि लम्ब्याउने सिलसिला जारी राखेपछि संविधानसभाको औचित्य र उपादेयतालाई लिएर मुलुकमा बहस र विवाद प्रारम्भ भएको छ। संविधानसभा सदस्यको जिम्मेवारीलाई आकर्षक जागिर ठान्नेहरू र अतिवामपन्थीहरू, केवल यी दुईथरी मानिस यसको निसर्त निरन्तरताको पक्षमा देखिएका छन्। बाँकी प्रजातन्त्रवादी, स्वतन्त्र नागरिक र देशभक्तहरू वर्तमान संविधानसभाको अन्त्येष्टि गरी ताजा जनादेश या त्यस्तै उपयुक्त विकल्पमा जानु उपयुक्त हुने ठान्दै छन्। दुई वर्षका लागि छानिएका प्रतिनिधिले वर्षैपिच्छे आफैंलाई चुन्दै कार्यकाल थप गर्नु प्रजातान्त्रिक दृष्टिले जायज मानिएको छैन। तर, लज्जाबोध नभएपछि वस्त्रविहीन मानिस सडकमा र समाजमा बेफिक्री घुम्न सक्छ भनेझैं सभासद् रहेका अधिकांश राजनीतिकर्मी जनधारणाविपरीत आफ्नो कार्यकाल लम्ब्याउन तत्पर देखिए, त्यसको अगुवाइ गरे प्रचण्ड र झलनाथले। प्रचण्ड ती नेता हुन् जो राज्यकोष रित्तिनेगरी आफ्ना कार्यकर...