स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

भरतपुर। गणतन्त्र बहुमुखी क्याम्पसको स्वामित्वमा रहेको भरतपुर मैदानमा अनाधिकृत रुपमा नेपाली सेनाले व्यारेक राख्ने सुरसार गरिरहेको छ । नेपाली सेनाले देउखुरीको गढवाबाट व्यारेक उठाइसकेपछि कसैलाई जानकारी नै नदिई शनिबार बिहानैदेखि भरतपुर मैदानमा त्रिपाल र तारबार बार्नुका साथै धमाधम टहराहरु बनाउन शुरु गरेको छ । नेपाली सेनाको यस्तो गैरजिम्मेवारीपूर्ण कार्यको सबैतिरबाट तीव्र विरोध भइरहेको छ । स्थानीय बासिन्दा विद्यार्थी बुद्धिजीवी व्यापारी सबैले सेनाको उक्त कि्रयाकलापप्रति आक्रोश व्यक्त गरेका छन् । यसैबीच विभिन्न विद्यार्थी संघ संगठनहरुले संयुक्तरुपमा विज्ञप्ती निकाली नेपाली सेनाको उक्त कार्यप्रति आपत्ति प्रकट गरेका छन् । फिल्डलाई क्याम्पसको हितमा प्रयोग गर्नका लागि पहल भइरहेको साथै जिल्ला परिषद्ले स्टेडियम बनाउन प्रस्ताव पारित गरिसकेको अवस्थामा बिना कुनै जानकारी रातारात व्यारेक राख्न खोज्नु निन्दनीय भएको वक्तव्यमा उल्लेख गरिएको छ । वक्तव्यमा क्याम्पसको पठनपाठनमा समेत असर पर्ने भएकोले त्यहाँबाट तत्काल सेना हटाउन जिल्ला प्रशासन र सैनिक व्यारेकमा अनुरोध पनि गरेका छन् । तत्काल सेना नहटेमा कडा आन्दोलनमा उत्रिने विद्यार्थीहरुले चेतावनीसमेत दिएका छन्

0 तपाईका प्रतिक्रियाहरु: