स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

3:23:00 am

बुलेट-प्रुफ ब्रा अब महिला प्रहरीलाई

सामग्री प्रस्तुति Ram Prasad Panta

जर्मनीका महिला प्रहरीको सुरक्षाका लागि 'बुलेट-प्रुफ ब्रा' को प्रयोग सुरु गरिने भएको छ । महिला प्रहरीको सामान्य ब्रामाथि बुलेट-प्रुफ ब्रा लगाउनुपर्ने बाध्यता भएकाले यो पूर्ण सुरक्षित नभएको जर्मन प्रहरीले बताएको छ । हैमवर्गकी प्रहरी वरिष्ठ अधिकारी कार्मन किबेटले भने 'गोली लाग्दा बुलेट-प्रुफ ज्याकेटमा भएको धातु र प्लास्टिकको सानो टुक्रा भित्र धकेलिन्छ । यो टुक्रा महिला प्रहरीको सामान्य ब्रा छिचोल्दै शरीरभित्र छिर्न सक्छ । सामान्य ब्रा सुरक्षाका लागि खतरा छ त्यसैले यसलाई परिवर्तन गर्न जरुरी छ ।' बुलेट-प्रुफ ब्राको दुई महिनासम्म महिला प्रहरीमा परीक्षण गरिएको थियो । त्यसपछि यसलाई युनिर्फमको हिस्सा नै बनाइएको छ । यो ब्रा सामान्य सेतो रङको खेलकुद ब्राजस्तो देखिन्छ । यसमा जर्मन भाषामा 'प्रहरी' लेखिएको छ । प्रत्येक महिला प्रहरीलाई आफ्नो साइजअनुसार तीन ब्रा दिइने बताइएको छ । जर्मन प्रहरीले तीन किसिमका ब्रा डिजाइनलाई अनुमति दिएको छ । जर्मन प्रहरी प्रवक्ताका अनुसार 'हामी हाम्रो कर्मचारीको सुरक्षालाई सबैभन्दा माथि राख्छौँ । यसको नमुना नयाँ बुलेट-प्रुफ ब्रा हो ।' जर्मनीमा तीन हजार महिला प्रहरीले यस ब्राको प्रयोग गर्न सक्छन् र महिला प्रहरीलाई यसको प्रयोग गर्न आग्रह गरिँदैछ । तर, यो नयाँ ब्रा लाउने/नलाउने प्रहरीको व्यक्तिगत इच्छामा भर पर्ने बताइएको छ ।

0 तपाईका प्रतिक्रियाहरु: