स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

11:33:00 pm

यस्तो पनि हुदोरहेछ नि ८६ श्रीमती, १७० सन्तान

सामग्री प्रस्तुति Ram Prasad Panta

नाइजेरियाका मोहम्मद बेलो आबुवाकर ८४ वर्षका भए । ८४ वर्षको उमेरमा उनले ८६ श्रीमती बिहे गरेका छन् भने कम्तीमा एक सय ७० छोराछोरीका बाबु बनिसकेका छन् । पूर्वशिक्ष्ाक तथा धर्मगुरु आबुवाकार आफ्ना श्रीमती तथा छोराछोरीका साथ नाइजेरियाको नाइजर स्टेटमा बस्छन् । भगवान्को सहयोगले ८६ श्रीमतीलाई व्यवस्थापन गर्न सकेको उनी बताउँछन् । '१० श्रीमती हुने मानिस त ढलेर मथ्र्याे होला, तर मलाई भगवान्ले शक्ति दिनुभएको छ । त्यसैले म ८६ श्रीमतीलाई पनि नियन्त्रण गर्न सक्ष्ाम छु,' उनले भने । आफू श्रीमती खोज्न नगएको तर, श्रीमती आफ्नो उपचार गर्ने कलाले मोहित भएर आफूतिर आकषिर्त भएको उनी बताउँछन् । 'म उनीहरूलाई खोज्दै गएको होइन । उनीहरू मसँग आएका हुन्,' उनी भन्छन् । भगवान्ले नै आफूलाई ८६ बिहे गर्न अह्रराएको उनीको दाबी छ । तर, नाइजेरियाका धर्मगुरु यो मान्न तयार छैनन् । उनीहरू आबुवाकारको परिवार धार्मिक समुदाय भएको आरोप लगाउँछन् । अधिकांश मुस्लिम विद्वान्हरूका अनुसार कुरानले पुरुषले सबै श्रीमतीलाई समान व्यवहार गर्न सक्ने अवस्थामा चार श्रीमतीसम्म बिहे गर्न मात्र छुट दिएको छ । तर, आबुवाकर यो मान्न तयार छैनन् । उनी श्रीमती बिहे गर्ने आफ्नो कौशलतामा भरपर्ने बताउँछन् । उनका श्रीमती र छोराछोरी उनको प्रशंसाका गीत गाउँछन् । उनका धेरै श्रीमती उनीभन्दा धेरै कम उमेरका छन् । कतिपय श्रीमती त उनका छोराछोरीभन्दा पनि कम उमेरका छन् । आवुबाकरकोमा उपचार गर्न जाँदा प्रेममा परेको उनका श्रीमतीहरू बताउँछन् । आवुबाकरले हेरेपछि आफ्नो रोग निको भएको उनीहरू दाबी गर्छन् । 'आबुवाकरलाई भेटेपछि मेरो टाउको दुख्ने निको भयो,' सारिफात बेलो अवुबाकर भन्छिन् । २५ वर्षको हुँदा उनले ७४ वर्षका आबुवाकरसँग बिहे गरेकी हुन् । ग्यानियत मुहम्मद बिलोले अबुवाकरसँग बिहे गरेको २० वर्ष भयो । स्कुल पढ्दापढ्दै सरसल्लाहका लागि आमाले उनलाई अबुवाकरकहाँ लगेकी थिइन् । अबुवाकरले पछि उनलाई बिहेको प्रस्ताव राखे । तर, बूढो मानिससँग बिहे नगर्ने भनेर पहिले त उनले अस्वीकार गरिन् । तर, आफूले बिहे गरेको मानिससँग सम्बन्धविच्छेद भएपछि उनीले अबुवाकरको प्रस्ताव स्वीकार गरिन् । 'म अहिले संसारकै सबैभन्दा सुखी महिला भएकी छु । ८६ श्रीमती भएका मानिसलाई कसरी श्रीमतीको राम्रो ख्याल गर्ने भन्ने थाहा हुन्छ,' उनी भन्छिन् । अबुवाकर र उनका कुनै पनि श्रीमती काम गदर्ैैनन् । महाजम्बो परिवार धान्ने अर्काे कुनै आयस्रोत पनि छैन । परिवार धान्ने आयस्रोतका बारेमा उनी खुलस्त बताउँदैनन् ।

0 तपाईका प्रतिक्रियाहरु: