स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

3:26:00 am

'ए’ डिभिजन क्लब एन्फामा दर्ता

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं, २२ साउन अखिल नेपाल फुटबल संघ (एन्फा) मा आठवटा 'ए' डिभिजन क्लब दर्ता भएका छन् । क्लब दर्ता गर्न तोकिएको अन्तिम समय १९ साउनसम्ममा ती क्लबहरू एन्फामा दर्ता भएका हुन् । एन्फामा दर्ता भएका क्लबमा पmेन्ड्स, थ्री स्टार, ब्वाइज युनियन -अरुण वैद्य अध्यक्ष रहेको) र जाउलाखेल रहेका छन् । यसैगरी, विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरीको टोली पनि एन्फामा दर्ता भएका छन् । न्युरोड टिम -एनआरटी) पनि एन्फामा दर्ता भएको छ । तर, एनआरटीका महासचिव विनय श्रेष्ठले एन्फामा दर्ता नभएको र फुटबलका दुवै संघमा क्लब दर्ता नगर्ने सोचाइ रहेको नयाँ पत्रिकालाई बताए । यद्यपि, स्रोतका अनुसार एनआरटी सचिव नवीन सुवालको हस्ताक्षरमा क्लब एन्फामा दर्ता भइसकेको छ । एन्फामा संकटा, मनाङमस्र्याङ्दी, आरसिटी र मच्छिन्द्र दर्ता भएका छैनन् । एन्फाले जारी गरेको सार्वजनिक सूचनामा दर्ता नभएको क्लब स्वतः एक डिभिजन तल झर्ने उल्लेख थियो । तर, क्लब झार्ने वा नझार्ने विषयमा बैठकपछि निर्णय गरिने जानकारी एन्फा प्रवक्ता ललितकृष्ण श्रेष्ठले दिए । एन्फासँगै नेपाल फुटबल संघले पनि क्लबलाई दर्ता गर्न आह्वान गरेको थियो । नेपाल फुटबल संघले साउनको मसान्तसम्म दर्ता समय तोकेेकाले क्लब दर्ता प्रक्रिया अझै जारी रहेको छ । हालसम्म नेपाल फुटबल संघमा 'ए' डिभिजनमा संकटा, आरसिटी र मनाङमस्र्याङ्दीलगायतका क्लब दर्ता भइसकेका छन् । 'विभागीय टोलीले नेपाल फुटबल संघमा पनि दर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्,' नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरले भने । दुई साताअघि भएको छलफलमा नेपाल प्रहरी, नेपाल आर्मीका प्रतिनिधि उपस्थित भएर सो प्रतिबद्धता व्यक्त गरेको तुलाधरले जानकारी दिए । अन्तिमपटक लिग हुँदा 'ए' डिभिजनका १५ क्लब थिए । नेपाल फुटबल संघले पनि दर्ता नगरिएका क्लब स्वतः एक डिभिजन तल झर्ने सूचना सार्वजनिक गरेको थियो । दुई फुटबल संघको नियमका कारण एक संघमा माथिल्लो डिभिजनमा रहेको क्लब अर्कोमा तल्लोमा रहने निश्चित भएको छ । यसैगरी 'बी' डिभिजनका लागि काठमाडौं, बाँसबारी, बौद्ध टुसाल, स्वयम्भू, कोइलापानी कोल्डस्टार -नवलपरासी), वीरगन्ज युथ क्लब, हिमालयन शेर्पा र कुमारी क्लब गरी आठ टोली एन्फामा दर्ता भएका छन् । कुल १६ 'बी' डिभिजन टोली रहेकोमा १० टोली नेपाल फुटबल संघसँग नजिक छन् । तीमध्ये सानो गौचरण युथ क्लब तटस्थ रूपमा बस्ने भएको छ । 'हामीले खेल्ने-नखेल्ने निर्णय गरेका छैनौं, हामी तटस्थ नै रहने छौं,' सानो गौचरणका अध्यक्ष तरुण राईले बताए । एन्फामा दर्ता भएका आठमध्ये दुई टोलीलाई भर्खरै माथि लगिएको हो । यसैगरी, गत साता भएको छनोट प्रतियोगिताबाट 'सी' डिभिजनका लागि छनोट भएका श्री भगवती टोखा क्लब, भारसिटी युवा क्लब, चारुमति र मध्यपुर युथ एसोसिएन एन्फामा दर्ता भएका छन् । यसैगरी, 'सी' डिभिजनका लागि एन्फामा दर्ता भएका अन्य क्लबमा सानेपा, क्यानन, सामाजिक युवा, नवज्योति, नक्साल युवामण्डल, सक्षम नगर युवा, च्यासल, सातदोबाटो युथ, श्री कुमारी र गरुडा क्लब दर्ता भएका छन् । बालमुकुन्द नेपाल/नयाँ पत्रिका

0 तपाईका प्रतिक्रियाहरु: