स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

3:05:00 am

कार्वाही पछि गुण्डागर्दी तिर

सामग्री प्रस्तुति Ram Prasad Panta

नेपाली जनप्रगतिशील मञ्च कतारले संगठनको नियम विपरित ठगी दलाली र गुटबन्दी गर्दै हिडेको भनेर कार्वाही गरेका व्यक्तिहरुले अहिले गुण्डागर्दी पनि सुरु गरेको पत्ता लागेको छ। संगठनमा आङ्खनो पक्षमा निकै व्यक्तिहरु छन् भन्ने भ्रम श्रृजना गरिरहेको अवस्थामा सम्पूर्ण क्षेत्रिय तथा एरिया समितिहरुले विज्ञप्ती मार्फत उक्त षड्यन्त्रको पर्दाफास गर्दै ठगी दलाली को पक्षमा नरहेको स्पष्ट गरेपछि अत्तालिएका मुठ्ठीभर व्यक्तिहरुले नया षड्यन्त्रको सुरुवात गरेका छ। नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष जनार्दन गिरीको घरबाट फोन आए अनुसार पटक पटक फोन गरि घरमा छोरीहरुलाई तिम्रो बुबालाई कतारमा ज्यान मार्ने षड्यन्त्र हुदैछ त्यसैले उहालाई कतारमा राजनीति गर्न छोडेर घर आउन भन्नु , म उहाको साथी हो हामीले भनेको उहाले मान्नुहुन्न त्यसैले मैले घरमा फोन गरेको हो भन्दै बारम्वार फोन गर्ने गरेको र पछिपछि त झन् फोन गर्ने र उठाएपछि सुनेर मात्रै बस्ने गरेको पनि बताएको छ। अध्यक्ष गिरीकी छोरी गोमा गिरीले बताए अनुसार आफूलाई नेपाली जनप्रगतिशील मञ्च कतारको केन्द्रिय सदस्य कृष्णदेव यादव भनेर परिचय दिएको बताएकि थिइन्। साथै ९८४१९२४६८१,९८०७८१२७६० लगायत १०,१२ बटा नम्बरहरु बाट फोन आएको पनि बताएकी थिइन्। स्वयं जनार्दन गिरीे भने आङ्खनो घरको फोन नम्बर अहिले मञ्चको कोषाध्यक्षबाट कार्वाहीमा परेका केशबराज सुवेदी बाहेक कसैलाई पनि थाहा नभएको बताउनुहुन्छ। नेपाली जनप्रगतिशील मञ्चलाई तहसनहस बनाउने उद्धेश्यले संगठन भित्र घुसेका व्यक्तिहरुलाई बेलैमा पहिचान गरि कार्वाही गरेपछि अत्तालिएका व्यक्तिहरुले नै यो किसिमको घृणित षड्यन्त्र गरेको दावी गर्नु हुन्छ। फोन गरेको भनिएको व्यक्ति नेपाली जनप्रगतिशील मञ्च गठन हुने वित्तिकै नेपाल फिर्ता भइसकेको र हालसम्म कसैसंग पनि सम्पर्क नभएकोले विकृत मानसिकताका व्यक्तिहरुले उक्त व्यक्तिको नाम प्रयोग गरिएको हो ? गिरीले थप्नुभयो। त्यस्तै ३ अगस्ट बेलुका उक्त विषयमा केशवराज सुवेदीसंग बुझ्न जादा उल्टै जनार्दन गिरीलाई अब तेरो ज्यानको खैरियत छैन , तेरो ज्यान खतरामा छ जोगिएर हिड भनेर थर्काएकोले घर परिवारलाई आतंकित बनाउने कुकार्य पनि यिनीहरुले नै गरेको हो भनी नीज गिरी संगै गएका मञ्चका केन्द्रिय सदस्य दिल बहादुर खड्काले बताउनु भएको छ।

0 तपाईका प्रतिक्रियाहरु: