स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

11:41:00 pm

गोरीमा युद्ध तीव्र १५ सयभन्दा बढी मारिए

सामग्री प्रस्तुति Ram Prasad Panta

रुसी युद्धविमानले जर्जियाबाट चोइटिएको क्ष्ाेत्र ओस्सेतियाबाट नजिकमा पर्ने गोरीको मध्यगाउँमा रहेको सैन्यक्ष्ाेत्रमा आक्रमण गरेको छ । सैन्य-इलाकामा आक्रमण गरेको भए पनि जर्जियाका अधिकारीले कैयौं सर्वधारणको मृत्यु भएको बताएका छन् । जर्जियाको संसद्ले राष्ट्रपतिको आदेशअनुरूप १५ दिनसम्मका लागि युद्धको घोषणा गरेको छ । यसअघि, रुसले दक्षिण ओस्सेतियाको राजधानी त्सखिन्भालीलाई 'स्वतन्त्र' बनाएको बताएको थियो । तर, जर्जियाले यसमा आफ्नो नियन्त्रण कायम रहेको बताएको छ । रुसले दक्ष्ािणी ओस्सेतियामा थप सैनिक पठाउने घोषणा सैनिकअधिकारीले गरेका छन् । जर्जियाली पक्ष्ालाई युद्धबिरामका लागि बाध्य बनाउन रुसले यो कदम चालेको राष्ट्रपति दिमित्री मेदभेदेभले बताएका छन् । दुई रुसी युद्धक विमानलाई जर्जियायाली क्षेत्रमा झारिदिएको रुसी सैनिक अधिकारले स्वीकारेका छन् । ओस्सेतियाका पृथकवादी समूहविरुद्ध जर्जियाले बिहीबार आक्रमण गरेको थियो । त्यस आक्रमणको बदलामा रुसले आफ्ना सैनिक जर्जियाको सीमा क्ष्ाेत्रमा पठाएको थियो । सोभियत संघ-कालमा ओस्सेतिया जर्जियाको भू-भागको रूपमा रहेको थियो । सोभियत संघ विघटनसँगै ओस्सेतियाले आफंैलाई स्वतन्त्र घोषणा गरेको थियो । तर, संयुक्त राष्ट्रसंघका कुनै पनि सदस्य मुलुकले यसलाई मान्यता दिएनन् । दुई दिनदेखि जारी रहेको युद्धमा आफ्ना १५ सैनिकसहित १५ सय मानिसको मृत्यु भएको रुसी विदेशमन्त्री सेर्गी लाभरोभले बताए । अमेरिकी विदेश मन्त्री कोन्डेलिजा राइसले रुसलाई आफ्ना सैनिक फिर्ता बोलाएर जर्जियाको सीमा सम्मान गर्न आग्रह गरेकी छिन् ।

0 तपाईका प्रतिक्रियाहरु: